श्रीमद्भगवद्गीता पृष्ठभूमि
|
|
यो विकिपुस्तक संग्रह हो ! [ संग्रह खोल्ने ] [ पि.डि.एफ ] [ छापिएको पुस्तकको रुपमा अनुरोध गर्नुहोस् ] [ सहायता ] |

महाभारत कथा अनुसार, राजा दुष्यन्त र शकुन्तलाबाट बालक भरतको जन्म भएको हो । यस वंशमा राजा शान्तनु जन्मे । उनकी पत्नी गंगाबाट देवव्रत भीष्म र मत्स्यगन्धाबाट चित्रांगद र विचित्रवीर्य जन्मे । चित्रांगद निस्सन्तान मरे । विचित्रवीर्यको विवाह भयो । सन्तान नहुँदै उनको पनि मृत्यु जयो । भीष्मले राज्यको रेखदेख गरे पनि उनले राजगद्दीमा पनि नबसने र विवाह पनि नगर्ने शपथ खाएका थिए । व्यासले नियोग गरेर दुई पत्नीहरुबाट धृतराष्ट्र तथा पाण्डुको जन्म भयो ।
धृतराष्ट्र जन्मँदै दृष्टिविहीन जन्मे । पाण्डुलाई जन्मँदै पहेंले रोग थियो । दृष्टिविहीनलाई राजगद्दी नपाइने स्मृतिको विधान भएकोले राज्य उत्तराधिकार पाण्डुले प्राप्त गरे । धृतराष्ट्र तथा पाण्डु दुवैको सन्तान हुन ढिलो भयो । यसबाट दुखी भएर पाण्डुले वनमा केही समय पस्या गर्न जाने विचार गरे । आफू फर्की नआउञ्जेल उनले राज्य दाजुको जिम्मा लगाए ।
वनमा पाण्डुका सन्तान जन्मिए । तर पाण्डुको त्यहीं मृत्यु भयो । पाण्डुको मृत्यु पछि कुन्तीले राजकुमार लिएर हस्तिनापुर आइन् ।
धृतराष्ट्रले ज्येष्ठ पाण्डुपुत्रलाई राज्य दिन अनिच्छा गरे किनभने दुर्योधनले राजगद्दी आफूले चलाउन चाहेको थियो । पाण्डवहरुको वधका प्रयास गरिए तर सबै असफल रहे । त्यस पछि पाण्डुपुत्रहरुलाई खाण्डव वन सफा गरेर राज्य चलाउन भनियो । बाध्य भएर उनीहरुले त्यहाँ इन्द्रप्रस्थ नगर बनाए र राज्य संचालन गर्न थाले ।
राजा दुष्यन्त र शकुन्तलाको सन्तान भरतका वंशहरुको कथा भएकोले यसको नाम सुरुमा जयभारत थियो पछि भारत संहिता र वृहद् आकारले महाभारत प्रसिद्ध भयो ।
कुरुक्षेत्र युद्ध र गीताको पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]
दुर्योधनले इन्द्रप्रस्थ राज्य पनि खोस्नका लागि षडयन्त्र गर्दै उनीहरुलाई जुआ खेल्न आमन्त्रित गर्र्यो ।
जुआमा पाण्डवहरुले राज्य हारे । वनवास र अज्ञातवास भोग्न बाध्य भए । थप शर्त के थियो भने अज्ञातवासमा उनीहरुलाई कसैले चिन्यो भने पुनः वनवास र अज्ञातवास बस्नु पर्ने थियो तर यो अवधि पूरा गरेमा उनीहरुको राज्य फिर्ता दिने सहमति गरिएको थियो ।
दुर्योधनले पाण्डवहरुको राज्यलाई जुआमा कपटपूर्ण तरिकाले जितेपछि शर्त अनुसार उनीहरुले १२ वर्ष वनवास र एक वर्ष अज्ञातवास भोगे । यस पछि पनि दुर्योधनले पाण्डवलाई बिना युद्ध राज्य फिर्ता नदिने अडान राख्यो । फलस्वरुप दुवै पक्षले युद्धका लागि सेना जम्मा गरे तथा युद्ध भूमिको रुपमा कुरुक्षेत्र रोजेर युद्धका नियमहरु बनाए । निर्धारित दिनमा युद्ध सुरु भयो ।
युद्ध भूमिमा अर्जुनलाई अचानक मोह भए पछि भगवान् श्रीकृष्णले आकस्मिक परिस्थितिको सामना गर्दै अर्जुनलाई जुन उपदेश दिनु भयो । त्यो श्रीमद्भगवद्गीता वा गीता वा गीता उपनिषदको नामले विख्यात छ ।
गीताका वक्ता र श्रोता
[सम्पादन गर्नुहोस्]
वैशम्पायनले परीक्षित पुत्र जनमेजयलाई सर्पयज्ञमा सुनाएको घटना जान्ने जिज्ञासा भएका शौनकादि अठासी हजार ऋषिहरुलाई सूतले ज्ञानको यस विशाल भण्डारलाई हस्तान्तरण गरेको कुरा महाभारतमा वर्णित छ । त्यसैले वर्तमानमा उपलब्ध महाभारत सूत र शौनकको वार्तामा आधारित छ ।
श्रीकृष्णको यो उपदेश सबैका लागि सुलभ हुनुमा पाण्डु पुत्र अर्जुनका साथै दिव्यदृष्टि प्राप्त सञ्जय, श्रोता धृतराष्ट्र, रचयिता व्यास, लेखक गणेश, सम्पादक वैशम्पायन, कथा सुन्ने शौनक आदि ऋषि, कथा वाचक सूत, र जिज्ञासा गर्ने राजा जनमेजय सबैको योगदान छ ।
भगवान् श्रीकृष्ण
[सम्पादन गर्नुहोस्]गीता पाठ गर्नु अघि निम्नलिखित श्लोक भन्ने गरिन्छ । जसमा सुरुमा भगवान् श्रीकृष्ण र नरश्रेष्ठ अर्जुनलाई नमस्कार गर्ने कुरा बताइएको छ-
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।
कृष्णको जन्म जेलमा भएको हो । उनको जन्म हुनु धेरै अघि आठौं गर्भको रुपमा धराको अन्याय र अत्याचार नाश गर्न ईश्वरको अवतार हुने आकाशवाणी भएको घटना भागवत कथामा उल्लेख छ । आठौं गर्भ ज्यादै विशेष भएकोले सातौं गर्भमा त्यसको पूर्व तैयारी गरिएको थियो । तर कृष्णलाई आठौं सन्तान भन्न मिल्दैन । जीवित जन्मको दृष्टिले उनी सातौं सन्तान हुन् । तर गर्भको दृष्टिले भने उनी आठौं गर्भ हुन् । यसरी भगवान कृष्ण एक असाधारण गर्भ र असाधारण जन्म थिए ।
भगवान कृष्णको जीवनमा दम्भ, अहंकार, र अनिर्णयको सानो गन्ध पनि कहीं पाईंदैन। पाण्डवका हितैषीको रुपमा प्रत्येक चरणमा उनीहरुलाई निर्णायक भइ सहयोग गरेको पाइन्छ। त्यसैले कृष्णको मृत्यु हुनासाथ उनीहरु निरीह बने ।
नरश्रेष्ठ अर्जुन
[सम्पादन गर्नुहोस्]गीताका मुख्य जिज्ञासु अर्जुन हुन् । अर्जुनको जन्म धृतराष्ट्रका भाई पाण्डुकी जेठी पत्नी कुन्तीका कान्छा सन्तानको रुपमा भएको हो । एउटा ऋषिको शापले गर्दा पाण्डु स्त्री प्रसंग गर्न असमर्थ थिए । त्यसैले कुन्तीले ऋषि दुर्वासाबाट प्राप्त मन्त्रहरुको प्रयोग गरेर देवताहरु आह्वान गरिन् । यसबाट उनले पाण्डुका लागि आफ्नो गर्भबाट युधिष्ठिर, भीम र अर्जुन तथा माद्रीको गर्भबाट नकुल र सहदेवलाई जन्म गराएकी थिइन् । मन्त्र परीक्षणको क्रममा कुन्तीले विवाह नहुंदै जन्माएको सन्तान कर्ण हुन् । इन्द्रद्वारा उत्पन्न गराइएकोले अर्जुनको एउटा नाम ऐन्द्रि पनि हो ।
गीताको यो विकीपुस्तक
[सम्पादन गर्नुहोस्]
श्रीमद्भगवद्गीता एक यस्तो ग्रन्थ हो जसमाथि लाखौं प्रवचन, हजारौं भाष्य, टीका, र अनुवाद छन् । सामाजिक सञ्जालमा विभिन्न भाषाका गीता रोजेर पढ्न पाइन्छ । युट्युबमा यसका श्रव्य दृश्य र केवल श्रव्य सामग्री पनि उत्तिकै छन् । ब्रेललिपिमा समेत यो उपलब्ध छ । जसले जुन भाषा र प्रविधिमा बुझ्न सक्छ उसलाई सोही भाषा र प्रविधिमा गीता उपलब्ध छ । र पनि लेख्ने क्रम रोकिएको छैन ।
वर्तमानमा गीतालाई यसरी उपलब्ध गराउनुमा ओरिएन्टल पुस्तकालयको योगदान छ । जहां सुखथङ्करको नेतृत्वमा महाभारतका पाण्डुलिपिहरु संकलन, सम्पादन, र प्रकाशनको श्रमसाध्य कार्य गरिएको थियो । सो क्रममा नेपालबाट पाण्डुलिपि संकलन गरिएको थियो भन्ने उल्लेख पाइन्छ । तर सुखथङ्करको जीवनकालमा आदिपर्व मात्र प्रकाशित हुनसक्यो । उनको मृत्युपछि डा. राधाकृष्णनले सम्पूर्ण महाभारत सार्वजनिक गरेका हुन् । पछिल्लो चरणमा गीता र महाभारत सर्वसुलभ हुनुमा गीताप्रेसको भूमिका रहेको छ । गीताप्रेसले उत्तर र दक्षिण क्षेत्रका पाण्डुलिपिहरुको पुनः सम्पादन, अनुवाद र प्रकाशन गरेर सम्पूर्ण महाभारत प्रकाशित गरेको छ । टी भी धारावाहिकले पनि महाभारतलाई सबैले बुझ्ने भाषामा घर घर पुर्र्याउन सहयोग गरेका हुन् । अब विकिपिडिया,यु ट्युब र विकिपुस्तकहरुले यही काम गरिरहेका छन् । जसमा धेरै लेखकहरुले स्वैच्छिक योगदान गरिरहेका छन् ।
गीता दर्शनको शास्त्र हो । जसले आफ्नो समयका सबै दर्शनको अभूतपूर्व समन्वय गरेको छ । तथापि के भन्न सकिन्छ भने गीताको प्रस्तुति काव्यात्मक र सरल छ । यसको अर्थ बुझ्न संस्कृतको सामान्य ज्ञान भए पुग्छ ।
गीताका प्रत्येक अध्यायको नाम त्यसका अन्तमा लेखिएको छ । यसका गीताका सुरुका छ अध्यायलाई ज्ञानयोग, सातदेखि १३ अध्यायलाई भक्तियोग र अन्तिम छ अध्यायहरुलाई कर्मयोग भनिएको छ। सबभन्दा महत्त्वपूर्ण कुरा गीताले आफ्नो समयसम्मका सबै दर्शनलाई बडो सुन्दरतापूर्वक समन्वय गरीदिएको छ ।
यो विकिपुस्तक सन्त महात्माहरुको प्रवचन, गीताका टीकाकारहरुको व्याख्या, सामाजिक संजालहरुमा भेटिएका गीतासंग सम्बन्धित सामग्री, अडियो, भिडियो, टी भी धारावाहिक, अन्तर्वार्ता,तथा गीता स्वाध्याय आदि अनेकौं सामग्रीका आधारमा लेखिएको छ जसका केही सन्दर्भ यथास्थान उल्लेख गरिएको छ । कुनै कुनै श्लोकको व्याख्या गर्न रेखाचित्र वा चित्र प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएका रेखाचित्र मौलिक हुन् । तर चित्रहरु भने मुख्यतः गुगलको गीता इमेजेज, विकीपेडिया, गीताप्रेस गोरखपुर तथा इस्कोन सोसाइटी तथा युग निर्माण योजनाबाट साभार गरिएका छन् । यी सबैको सन्दर्भ यथास्थान गरिएको छ ।
गीताका विभिन्न संस्करणमा केही श्लोकमा पाठान्तर पाइन्छ । त्यसैले यस विकीपुस्तकमा व्याख्याका लागि गीता प्रेसबाट प्रकाशित गीता शाङ्कर भाष्यका श्लोकलाई आधार मानिएको छ ।
जसरी अग्निलाई बत्ती बालेर तथा गण्डकीलाई जल चढाएर प्रसन्न गराइन्छ । भगवान् कृष्णका यी वाणी यस पुस्तककको रुपमा उहाँलाई नै समर्पण गर्दछु ।
डा. बाबुराम ज्ञवाली
brgewali_2008@yahoo.com
अध्यायहरू बनाउने वा सम्पादन गर्ने
[सम्पादन गर्नुहोस्]- श्रीमद्भगवद्गीता गीता महात्म्य
- श्रीमद्भगवद्गीता प्रथम अध्याय
- श्रीमद्भगवद्गीताको पुष्पिका
- श्रीमद्भगवद्गीता द्वितीय अध्याय
- श्रीमद्भगवद्गीता तृतीय अध्याय
- श्रीमद्भगवद्गीता चतुर्थ अध्याय
- श्रीमद्भगवद्गीता पञ्चम अध्याय
- श्रीमद्भगवद्गीता षष्ठम अध्याय
- श्रीमद्भगवद्गीता सप्तम अध्याय
- श्रीमद्भगवद्गीता अष्टम अध्याय
- श्रीमद्भगवद्गीता नवम अध्याय
- श्रीमद्भगवद्गीता दशम अध्याय
- श्रीमद्भगवद्गीता एकादश अध्याय
- श्रीमद्भगवद्गीता द्वादश अध्याय
- श्रीमद्भगवद्गीता त्रयोदश अध्याय
- श्रीमद्भगवद्गीता चतुर्दश अध्याय
- श्रीमद्भगवद्गीता पञ्चदश अध्याय
- श्रीमद्भगवद्गीता षोडश अध्याय
- श्रीमद्भगवद्गीता सप्तदश अध्याय
- श्रीमद्भगवद्गीता अष्टादश अध्याय
- गीता पाठका विधिहरु
- श्रीमद्भगवद्गीता/विशेष योगदानकर्ताहरू
सन्दर्भ
[सम्पादन गर्नुहोस्]अडगडानन्द, (सन् १९८०), यथार्थगीता, श्रीमद्भगवद्गीता वि.सं.२०७३ I (इन्टरनेटबाट)
अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।
अपूर्वानन्द, (सन् २००२), श्रीमद्भगवद्गीता पदच्छेद, अर्थ, व्याख्या, कलकत्ता ः रामकृष्ण मठ ।
अपूर्वानन्द, (वि.सं.२०७१), अनुवादक बाबु राम ज्ञवाली, शंकराचार्यको जीवनी, विद्यार्थी पुस्तक भण्डार।
अम्बेडकर, भीमराव, (वि.सं.२०५३), भगवान् बुद्ध र उहाँको धर्म अनुवादक ललितरत्न शाक्य , पोखरा ः दायक सभा ।
अर्याल, मदन प्रसाद, (वि.सं.२०६३), विदुर, चाणक्य र भर्तृहरिका नीतिहरू, काठमाडौं ः रमादेवी अर्याल ।
अहमद, इकबाल, (१९९६), पैगम्बर हजरत मोहम्मद, इलाहाबादः लोकभारती ।
आचार्य, श्रीराम शर्मा, (सन् २०११), सांख्य एवं योग, मथुरा ः युग निर्माण योजना ।
आचार्य, श्रीराम शर्मा, (सन् २०१०), १०८ उपनिषद्, मथुरा ः युग निर्माण योजना ।
आचार्य, श्रीराम शर्मा, (सन् १९९१), गायत्री महाविज्ञान, मथुरा ः युग निर्माण योजना ।
आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।
आनन्द अरुण, (सन् २००६), सन्त दर्शन, काठमाडौं ः ओशो तपोवन ।
आप्टे, वामन शिवराम, (मिति उल्लेख नभएको) संस्कृत–हिन्दी शब्दकोश, सम्पादक उमा प्रसाद पाण्डेय, नई दिल्ली ः कमल प्रकाशन ।
ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।
उपाध्याय, हरिभाउ, (सन् १९६७), भागवत धर्म, वाराणसी ः सस्ता साहित्य मण्डल ।
एक्सोडस– (सन् २००७),बाइबिल ओल्ड टेस्टामेन्ट, विकीपीडिया, अक्टोबर २१, सन् २००७ ।
ऋग्वेद संहिता भाग १ र २, (वि.सं.२०६७), सम्पादक प्रसन्नचन्द्र गौतम, काठमाडौं ः कुलचन्द्र गौतम स्मृति संस्था ।
ओशो, (सन् १९९२), सर्वसार उपनिषद्, पूना ः रेबेल बुक्स ।
ओशो, (सन् १९८०), गीता दर्शन खण्ड १–६, पूना ःरेबेल बुक्स ।
कँडेल, घनश्याम, (वि.सं.२०७३), धृतराष्ट्र, काठमाडौं ः नेपालय प्रकाशन ।
कृष्णमूर्ति, जे, (सन् १९८३), प्रथम और अन्तिम मूक्ति, अनुवादक दयाल शरण वर्मा, वाराणसी ः मोतीलाल बनारसीदास ।
कबीर अमृतवाणी भाग १, भाग २, भाग ३, (वि.सं.२०७१), माघ २०,वि.सं.२०७१, यु टयुब (राकेश काला) ।
कार्की,नीलम, (वि.सं.२०७४), योगमाया, काठमाडौं ः सांग्रिला प्रकाशन ।
कौटिल्यको अर्थशास्त्र, (वि.सं.२०२४), अनुवादक– केशव प्रसाद अर्याल, सम्पादक पं.सोमनाथ शर्मा, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
खप्तड स्वामी, (वि.सं.२०५१), धर्म विज्ञान सार संक्षेप, सम्पादक चूडानाथ भट्टराय, काठमाडौं ः बबी शाह ।
गोल्छा, हुलासचन्द्र, (वि.सं.२०५३), महावीर वद्र्धमान, कान्तिपुर दैनिक, वि.सं.२०५२चैत १५, काठमाडौं ः कान्तिपुर पब्लिकेशन्स ।
गीताप्रेस, (वि.सं.२०७५), श्रीमद्भगवद्गीता (नेपाली), गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६७), शुक सुधासागर, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस,(वि.सं.२०६७),स्तोत्र रत्नावली, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६५), महाभारत पाँच खण्ड, गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६५), कल्याण, सन्तवाणी अङ्क, अङ्क २९, (संशोधित), गोरखपुर ः गीताप्रेस ।
गीताप्रेस, (वि.सं.२०६४), ईशादि नौ उपनिषद्, गोरखपुरः गीताप्रेस ।
गोयन्दका, जयदयाल, (वि.सं. २०७०),गीता तत्त्व विवेचनी, गोरखपुर ः गीताप्रेस ।
गौड, रामदास, (वि.सं.१९९५), हिन्दुत्त्व, काशी ः शिवप्रसाद गुप्त।
जायसवाल, के पी, (सन् १९७५), हिन्दु पोलिटी, द बेंगलोर पब्लिशिंग हाउस ।
ज्ञवाली, बाबुराम(वि.सं.२०८२), श्रीमद्भगवद्गीता ः अध्यात्म कला र विज्ञान, रुपन्देही ः नवजागृति डिस्ट्रीब्युटर ।
ज्ञवाली, बाबुराम (२०७६), आधा जिस्ता, गुल्मी ः किरण पुस्तकालय ।
ज्ञवाली, बाबुराम (२०७४), जीव जगत र जनार्दन, रुपन्देही ः ज्ञानज्योति प्रकाशन, रुन्धती ट्रष्ट ।
ज्ञवाली, बाबुराम (२०७३), सहज ज्ञानले दुख निवारण, रुपन्देही ः ज्ञानज्योति प्रकाशन, रुन्धती ट्रष्ट ।
ज्ञवाली, बाबु राम, (वि.सं.२०७२), जीवनको दोस्रो पाना (वैचारिक गम्भीरताका दृष्टिले श्रीमद्भगवद्गीता दोस्रो अध्यायको अध्ययन), रुपन्देही, नेपाल ः ज्ञानज्योति प्रकाशन ।
ज्ञवाली, बाबु राम, (वि.सं.२०७०), ऋग्वेदबारे केही वैज्ञानिक तथ्यहरु, मिर्मिरे (सांस्कृतिक विशेषांक), वर्ष ४२, अंक १, पूर्णांक ३२०, बैशाख जेठ २०७०, काठमाडौं ः नेपाल राष्ट्र बैंक ।
ज्ञवाली, बाबु राम, (सन् २०१३), द मदर अफ् निश्रेयस अभ्युदय..., योग सन्देश, दिसम्बर २०१३, हरिद्वार ः पतञ्जलि योगपीठ, दिव्य योग मन्दिर ट्रष्ट ।
ज्ञवाली, सलील, (सन् २००२), पूर्वीय सभ्यता, काठमाडौं ः ओरेन्टल प्रकाशन गृह ।
सन्त ज्ञानेश्वर, (वि.सं.२०७०), ज्ञानेश्वरी (गीता), जेठ ६ वि.सं.२०७३ मा इन्टरनेटबाट प्राप्त
ज्ञानेश्वर, उमेशपुरी, (सन् २०१४), मनको वशमें कैसे करें, (ध्यानके विकासकी मनोवैज्ञानिक साधना), हरिद्वार ः रणधीर प्रकाशन ।
जलोटा, अनूप, (वि.सं.२०७०), श्रीमद्भगवद्गीता (सी डी) ।
तिलक, बाल गंगाधर, (सन् २००७), श्रीमद्भगवद्गीता या कर्मयोग शास्त्र, दिल्ली ः साधना पकेट बुक्स ।
दयानन्द सरस्वती, (सन् २०१३), सत्यार्थ प्रकाश, दिल्ली ः आर्ष साहित्य प्रचार ट्रष्ट ।
देवकोटा, राजेश्वर, (वि.सं.२०५४), द्वन्द्वको अवसान, साझा प्रकाशन ।
प्रपन्नाचार्य, (वि.सं.२०५०), वेदमा के छ ? काठमाडौं ः साझा प्रकाशन ।
पन्थी, टीकाराम, (वि.सं.२०६५),सांस्कृतिक संवीक्षण, रूपन्देही ः विश्व हिन्दु महासंघ ।
पन्थी, टीकाराम, (वि.सं.२०६४), अर्वाचीन रेसुङ्गा (यदुकानन्दकालीन रेसुङ्गा), तम्घास, गुल्मी ः किरण पुस्तकालय ।
पौड्याल, जयदेव, (वि.सं.२०४६) शङ्कराचार्य रचित तत्त्व बोधको अनुवाद, काठमाडौं ः श्री ५ को सरकारको छपाखाना, सिंहदरबार ।
ब्रह्मानन्द, (सन् २०००), श्रीरामकृष्ण उपदेश, नागपुर ः रामकृष्ण मठ ।
बर्नर, डेभिड, (वि.सं.२०५८), डाक्टर नभएमा, अनुवादक योगेन्द्र प्रधानाङ्ग र साथीहरु, काठमाडौं ः त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान ।
बसु, बुद्धदेव, (सन् २००४), महाभारतेर कथा (बाङ्लाबाट हिन्दी अनुवाद), दिल्ली ः भारतीय ज्ञानपीठ ।
बेनेट, जे जे र ठाकुरलाल मानन्धर,(वि.सं.२०६७), अनन्तको यात्रा, काठमाडौं ः योगेन्द्रभक्त श्रेष्ठ ।
म्याक्समुलर, एफ. (१९७१), रामकृष्ण, हिज लाइफ एन्ड सेईङ्ग्स, रामकृष्ण मठ, नागपुर । (फागुन १२, वि.सं.२०७२ मा इन्टरनेटबाट प्राप्त )
मजगैयाँ, रामप्रसाद, (वि.सं.२०४६), श्री स्वर्गद्वारी महाप्रभु चरित्र, दाङ्ग, बिजौरी ः रामप्रसाद उपाध्याय मजगैयाँ ।
मनुस्मृति, (सन् १९९१), गणेशदत्त पाठक अनुवादक, वाराणसी ः ठाकुर प्रसाद बुकसेलर ।
मिश्र, विद्यानिवास, (वि.सं.२०४२)महाभारतका काव्यार्थ, नयी दिल्ली ः नेशनल पब्लिसिंग हाउस ।
राधाकृष्णन (मिति नभएको), श्रीमद्भगवद्गीता, दिल्ली ः राजकमल प्रकाशन ।
रामसुखदास, (वि.सं.२०६७), गीता दर्पण, गोरखपुर ः गीताप्रेस ।
रोलाँ, रोम्याँ, (सन् २००९), रामकृष्ण की जीवनी अनुवादक धनराज विद्यालंकार, सम्पादक डा. रघुराज गुप्त, नागपुर ः रामकृष्ण मठ ।
लेभी, सिल्भाँ, (सन् २००७), नेपाल, हिन्दु अधिराज्यको इतिहास (दोस्रो खण्ड), अनुवादक डिल्लीराज उप्रेती, ललितपुर ः हिमाल किताब ।
वियोगी हरि, (सन् २००१), हिन्दु धर्म, नईदिल्ली ः सस्ता साहित्य मण्डल ।
शर्मा, डी एस, (वि.सं.२०५५), हिन्दु धर्मको क ख ग अनुवादक कुलशेखर शर्मा, गीता समुदय प्रकाशन ।
सदानन्द, (सन् २००९), वेदान्तसार, नागपुर ः रामकृष्ण मठ ।
सद्धातिस्स, (सन् २०००), बुद्ध ः जीवन और दर्शन अनुवादक विटठलदास मोदी, नई दिल्ली ः सस्ता साहित्य मण्डल ।
हर्षानन्द, (सन् १९९०) अल एबाउट गीताको हिन्दी अनुवाद गीतासार, नागपुर ः रामकृष्ण मठ ।
हिमाल मेडिया प्रकाशन, (वि.सं.२०५७), एक शय वर्षका १०१ नेपाली, हिमाल बैशाख अंक, प्रधान सम्पादक कनकमणि दीक्षित, हिमाल मेडिया प्रकाशन ।