श्रीमद्भगवद्गीता चतुर्थ अध्याय

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

श्रीभगवान उवाच



इमं विवस्वते योगं ंप्रोक्तवानहमव्ययम् ।
विवस्वान्मनवे प्राह मनुरिक्ष्वाकवेब्रवीत ।।१
मैले यो (सत्य, ज्ञान) अविनाशी योगलाई सूर्यलाई भनेको थिएं । सूर्यले मनुलाई र मनुले इक्ष्वाकुलाई भने ।
एवं परम्पराप्राप्तमिमं राजर्षयो विदुः ।
स कालेनेह महता योगो नष्टः परन्तपः ।।
हे परन्तप, यसरी परम्पराबाट प्राप्त योगलाई राजर्षिहरुले जाने । त्यो योग धेरै समय यस लोकमा लोप भयो ।
स एवायं मया तेsद्य योगः प्रोक्तः पुरातन ः ।
भक्तोsसि मे सखा चेति रहस्यं ह्येतदुत्तमम् ।।३।।
मेरो मक्त र सखा हौ त्यसैले त्यही यो पुरातन योग आज मैले तिमीलाई भनें । किनभने यो ज्यादै उत्तम रहस्य हो ।

अर्जुन उवाच
अपरं भवतो जन्म परं जन्म विवस्वत ः ।
कथमेतद्विजानीयां त्वमादौ प्रोक्तवानिति ।।४
तपार्यंको जन्म अपर हो र सूर्यको जन्म पर (पुरानो) हो । तपाईंले आदिमा यो योग भन्नु भएको थियो यस प्रकारको कुरा कसरी बुझ्नु ?
श्रीभगवानुवाच
बहूनि व्यतीतानि जन्मानि तव चार्जुन ।
तान्यहं वेद सर्वाणि न त्वं वेत्थ परन्तप ।।
हे परन्तप अर्जुन तिम्रो र मेरा अनेकानेक जन्म भएका छन् । मैले ती सबै जानेको छु तर तिमीले जान्दैनौ ।
अजोsद्रपि सन्नव्ययात्मा भूतानामीश्वरोsपि सन् ।
प्रकृति स्वामधिष्ठाय सम्भवात्ममायया ।। ६
अजन्मा र अविनाशी भएता पनि समस्त प्राणीको ईश्वर भैकन पनि आफ्नो प्रकृतिलाई अधीन गरेर आफ्नै योगमायाले प्रकट हुने गर्छु ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।७
हे भारत, जुन जुन बेला धर्मको ग्लानि हुन्छ र अधर्मको अभ्युत्थान हुन्छ त्यस त्यस समय म आफूलाई सिर्जना गर्छु । र प्रकट गर्छु ।
परित्राणाय साधूनां विनाशाय च दुष्कताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।८
सज्जनहरुको परित्राण, उद्धार गर्न, दुष्कृत्यहरुको विनाश गर्न र धर्म संस्थापना गर्न युग युगमा प्रकट हुने गर्छु । म सम्भव छु ।
जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्त्वतः ।
त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सो द्रर्जुन ।।९
हे अर्जुन, मेरो जन्म र कर्म दिव्य छ भन्ने कुरा जसले तत्त्वतः, यथार्थमा, बुझेको छ, त्यसले देह त्यागेपछि पुनः जन्म लिनु पर्दैन बरु मलाई प्राप्त गर्छ ।
वीतराग भयक्रोधा मन्मया मामुपाश्रिताः ।।१०
बहवो ज्ञानतपसा पूता मद्भावमागताः ।।
राग, भय, क्रोधबाट पार पुगेको ईश्वरमय (ममा अवस्थित) भइ म ईश्वरमा पूर्णतः आश्रित अनेकौं ज्ञानतपले पवित्र भएका मेरो भावलाई प्राप्त भएका छन् ।
ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।
मम वत्र्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।। ११
हे पार्थ, जसले मलाई जसरी भजन गर्छ मैले उसलाई त्यसै गरी भज्छु, व्यवहार गर्छु । किनभने मानिसहरुले सबै प्रकारले मेरो मार्गके अनुसरण गर्छन् ।
काङ्क्षन्तः कर्मणां सिद्धिं यजन्त इह देवता ।
क्षिप्रं हि मानुषे लोके सिद्धिर्भवति कर्मजा ।।१२
यस मनुष्यलोकमा कर्मको सिद्धिको आकांक्षा राख्नेहरु देवताको पूजन गर्छन् । किनभने कर्मजा सिद्धि तुरुन्तै प्राप्त हुने गर्छ ।
चातुवण्र्यं मया सृष्टं गुणकर्मविभागशः ।
तस्य कर्तारमपि मां विद्ध्यकर्तारमव्ययम् ।।१३
मैले सिर्जना गरेको चार वर्ण गुण कर्म विभागपूर्वक हो । तर त्यसको कर्ता भए तापनि मलाई अकर्ता जान ।
न मां कमाृणि लिम्पन्ति न मे कर्मफले स्पृहा ।
इति मां योsभिजानाति कर्मभिर्न स बध्यते ।।१४
कर्मका फलमा मेरो स्पृहा छैन । मलाई कर्मले लिप्त गर्दैनन् । यस प्रकार जसले मलाई तत्त्वले जान्दछ त्यो कर्मबन्धनमा पर्दैन ।
एवं ज्ञात्वा कृतं कर्म पूर्वैरपि मुमुक्षुभिः ।
कुरु कर्मैव तस्मात्त्वं पूर्वैः पूर्वतरं कृतम् ।।१५
मुमुक्षु पुर्खाहरुले यसै कुराको जानकारी पाएर नै कर्म गरेका हुन् । त्यसैले तिमीले पनि पुर्खाहरुले गरे झैं कर्म गरेका हुन् ।
किं कर्म किमकर्मेति कवयोsप्यत्र मोहिताः ।
तत्ते कर्म प्रवक्ष्यामि यज्ज्ञात्वा मोक्ष्यसेsशुभात् ।।१६
कर्म के हो? अकर्म के हो ? यस कुरामा यहां त बुद्धिमान पनि मोहित छन् । त्यस कर्मको कुरालाई मैले राम्ररी बताउ“छु । जसलाई जानेर तिमी अशुभ कुराबाट मुक्त हुनेछौ ।
कर्मणो ह्यपि बोद्धव्यं बोद्धव्यं च विकर्मणः ।
कर्मणाश्च बोद्धव्यं गहना कर्मणो गतिः ।।१७
कर्म (फलासक्ति सहितको काम) जान्नु पर्छ । यसको विपरीत पनि जान्नु पर्छ । र अकर्म (फलासक्ति त्यागेर गरेको कर्म ) पनि जान्नु पर्छ । फलको आशा राखेर गरेको त्याग पनि कर्म हो ।
कर्मण्य कर्म यः पश्येदकर्मणि च कर्म यः ।
स बुद्धिमान्मुष्येषु स युक्तः कृत्स्नकर्मकृत् ।।१८
जसले कर्ममा अकर्म देख्छ अनि अकर्ममा कर्म देख्छ त्यो मानिस बुद्धिमान्, त्यो योगी र सबै कर्म गर्नेवाला हो ।
यस्य सर्वे समारम्भा कामसंकल्प वर्जिताः ।
ज्ञानाग्नि दग्धकर्माणं तमाहुः पण्तिं बुधाः ।।
जसको सम्पूर्ण आरम्भ बिना कामना र संकल्प हुन्छन् । कर्म ज्ञान अग्निले दग्ध भएका छन् त्यसलाई बुद्धिमानले पण्डित भनिन्छ ।
त्यक्त्वा कर्मफलासंगं नित्यतृप्तो निराश्रय ः ।
कमैण्यभिप्रवृत्तोsपि नैव किञ्चित करोति सः ।।२०
कर्मफलमा आसक्ति त्याग गरेर संसारको आश्रयरहित छ र नित्यतृप्त छ । उसले राम्ररी कर्ममा प्रवृत्त भइकन पनि वास्तवमा केही पनि गर्दैन ।
निराशीर्यचित्तात्मा त्यक्तसर्वपरिग्रहः ।
शारीरं केवलं कर्म कुर्वन्नाप्नोति किल्बिषम् ।।२१
जसको अन्तःकरण र इन्द्रियसहति शरीर नियन्त्रित छ, सबै परिग्रह त्याग गरेको छ , आशारहित र केवल शरीर सम्बन्धी कर्म गर्दा पनि त्यसलाई किल्बिष हु.दैन ।
यदृच्छालाभसन्तुष्टो द्वन्द्वातीतो विमत्सरः ।
समः सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते ।।२२
यादृच्छिक प्राप्त भएको मा जो सन्तुष्ट रहनछ, जसमा ईष्र्याको सर्वथा अभाव छ, सबै द्वन्द्वहरुबाट अतति छ, सिद्धि र असिद्धिमा सम छ, यस्तो कमृयोगीले केही गर्दागर्दै पनि त्यस कर्ममा बांधिदैन ।
गतसंगस्य मुक्तस्य ज्ञानावस्थितचेतसः ।
यज्ञायाचरतः कर्म समग्रं प्रविलीयते ।।२३
जसको आसक्ति अब छैन, जो मुक्त छ, चेतना जसको ज्ञानमा अवस्थित छ, केवल यज्ञका लागि मात्र आचरण गर्ने यस्तो मानिसका सबै कर्म विलीन हुनजान्छन् ।
ब्रह्मार्पण ब्रह्म हविर्बब्रह्माग्नौ ब्रह्मणा हुतम् ।
ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्मसमाधिना ।।२४।।
जुन यज्ञमा सु्रवा आदिको अर्पण ब्रह्म हो । हवि पनि ब्रह्म हो । ब्रह्मरुप कर्ताद्वारा ब्रह्मरुप अग्निमा आहुति रुप क्रिया पनि ब्रह्म हो । त्यस ब्रह्म कर्म रुपी यज्ञद्वारा प्राप्त गन्तव्य ब्रह्म (समाधि) हो ।
दैवमेवापरे यज्ञं योगिनः पर्युपासते ।
ब्रह्माग्नावपरे यज्ञं यज्ञेनैवोपजुह्वति ।।२५
अरु केही योगी दैव यज्ञको राम्ररी उपासना गर्छन् । अरु केही ब्रह्म (परब्रह्म परमात्मारुप अग्निमा) यज्ञद्वारा आत्मरुप यज्ञको अवन गर्छन् ।
श्रोत्रादीनीन्द्रयाण्यन्ये संयमाग्निषु जुह्वति ।
शब्दादीन्विषयानन्य इन्द्रियाग्निषु जुह्वति ।।२६
अन्यले श्रोत्रआदि समस्त इन्द्रियलाई संयमरुप अग्निमा हवन गर्छन् । अन्यले शब्दादि विषयहरुलाई (इन्द्रियद्वारा ग्रहण गरेपनि) इन्द्रियरुप अग्निमा हवन गर्छन् ।
सर्वाणीन्द्रियकर्माणि प्राणकर्माणि चापरे ।
आत्मसंयमयोगाग्नौ जुह्वति ज्ञानदििपते ।।२७
अरु केहीले सर्ब इन्द्रियका कर्म र प्राणका कर्म ज्ञानको दीपकमा आत्मसंयमित अग्निमा हवन गर्छन् । अरु केहीले द्रव्य यज्ञ, तप यज्ञ, योग यज्ञ, र अरु केहीले संशितव्रत लिने यति र स्वाध्याय ज्ञानयज्ञ गर्ने (ज्ञानी) पनि छन् ।
अपाने जुह्वति प्राणे प्राणेsपानं तथापरे ।
प्राणापनगतिरुद्ध्वा प्राणायामपरायणाः ।।
अपरे नियताहाराः प्राणापानपरायणाः ।
सर्वेsप्येते यज्ञविदो यज्ञक्षपितकल्पषा ः ।।२९–३०
अरु केही अपान वायुमा प्राणवायुलाई हवन गर्छन् । त्यसै गरी प्राणवायुमा अपानवायु र अरु केही नियमित आहार गर्नेले प्राणायाम परायण भएर प्राण र अपानको गति रोकेर प्राणलाई प्राणमा नै हवन गर्छन् । यी सबै यज्ञद्वारा पापको नाश गर्ने यज्ञविद् हुन् ।
यज्ञशिष्टामृतभुजो यान्ति ब्रह्म सनातनम् ।
नायं लोको sस्त्यंयज्ञस्य कुतोsन्यः कुरुसत्तम ।।३१
हे कुरुश्रेष्ठ, यज्ञले बचेका अमृततुल्य भोजन गर्ने सनातन परब्रह्म परमात्मालाई प्राप्त हुन्छन् र यज्ञरहितका लागि यो मनुष्यलोक पनि छैन र अन्य लोकका के कुरा? एवं बहुविधा यज्ञा वितता ब्रह्मणो मुखे ।
कर्मजान्विद्धि तान्सर्वानेवं ज्ञात्वा विमोक्ष्यसे ।।३२
यस प्रकार धेरै प्रकारका यज्ञ ब्रह्मको मुखमा विस्तारले गरिएको छ । ती सबैको कर्मजा जान । यस प्रकार तत्त्वले जानेर तिमी मुक्त हुनेछ ।
श्रेयान्द्रव्यमयाद्यज्ञाज्ज्ञानयज्ञः परन्तपः ।
सर्वं कर्माखिलं पार्थ ज्ञाने परिसमाप्यते ।।३३
हे परन्तप द्रव्यमय यज्ञभन्दा ज्ञानयज्ञ श्रेष्ठ छ, यावन्मात्र सर्व कर्म ज्ञानमा समाप्त हुन्छन् ।
तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया ।
उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः ।।३४
त्यस (तत्त्वदर्शी) लाई बुझ, राम्ररी प्रणाम गर, सेवा गर, राम्ररी प्रश्न गर, उनी तत्त्वदर्शी ज्ञानीले तिमीलाई तत्त्वज्ञानको उपदेश गर्ने छन् ।
यज्ज्ञात्वा न पुनर्मोहमेवं यास्यसि पाण्डव ।
येन भूतान्यशेषेणsद्रक्ष्यस्यात्मन्यथो मयि ।।३५
जसलाई जानेर फेरि यस प्रकारको मोहलाई प्राप्त हुने छैनौ । हे पाण्डव, यस ज्ञानद्वारा सबै प्राणीलाई अशेष भावले आफ्नैमा र पछि मलाई (परमात्मा) देख्नेछौ ।
अपि चेदसि पापेभ्यः सर्वेभ्यः पापकृत्तम ः ।
सर्वं ज्ञानप्लवेनैव वृजिनं सन्तरिष्यसि ।।३६
यदि सबै पापीहरु भन्दा पनि पापकृत् छ भने ज्ञानरुपी डुंगाबाट नै सबै वृजि (पापसमुद्र) तर्नेछौ ।
यथैधांसि समिद्धो sग्निर्भस्मसात्कुरुते sर्जुन ।
ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरुते ।।३७
हे अर्जुन, जसरी अगिलने समिधालाई भस्मसात् गर्छ त्यसै गरी ज्ञानरुपी अगिलने सबै कर्महरुलाई भस्म गरीदिन्छ ।
न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ।
तत्स्वयं योगसंसिद्धः कालेनात्मनि विन्दति ।।
यस संसारमा ज्ञान बराबर पवित्र अर्को केही पनि छैन । त्यसलाई योगसंसिद्ध पुरुषले धेरै समय लगाएर आफैं प्राप्त गर्छ ।
अज्ञश्चाश्रद्धधानाश्च संशयात्मा विनश्यति ।
नायं लोकोsस्ति न परो न सुखं संशयात्मनः ।।४०
अज्ञानी र श्रद्धाविहीन संशयीहरु नाश हुन जान्छन् । संशयीहरुका लागि न यो लोक छ, न परालोक छ, न सुख छ ।
योगसन्न्यस्तकर्माणं ज्ञानसञ्छिन्नसंशयम् ।
आत्मवन्तं न कर्माणि निबध्नन्ति धनञ्जय ।।४१
हेधनञ्जय योग सन्न्यस्त कर्म गरेर जसका संशय ज्ञानले छिन्नभिन्न गरिदिएका छन् । आत्मवन्त (आफूलाई नियन्त्रण गरेको) मानिसलार्य कर्मले बांधेका हुंदैनन् ।
तस्माद्ज्ञानसम्भूतं हृत्स्थं ज्ञानासिनात्मनः ।
छित्वैनं संशयं योगमातिष्ठोत्तिष्ठ भारत ।।४२ ।।
हे भारत, त्यसैले हृदयमा स्थित अज्ञान जनित आफ्नो संशयलाई ज्ञानरुप तरवारले काटेर योगमा स्थित होउ र उठ (युद्ध गर) ।
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे ज्ञानकर्मसन्न्यासयोगो नाम चतुर्थोद्ध्याSय ः।। यस प्रकार श्रीमद्भगवद्गीतारुपी उपनिषद्, ब्रह्मविद्या, योगशास्त्र, एवं श्रीकृष्ण र अर्जुन वार्तालापमा ज्ञानकर्मसन्न्यास नाम गरेको चौथो अध्याय समाप्त भयो ।