श्रीमद्भगवद्गीता
पृष्ठभूमी
[सम्पादन गर्नुहोस्]श्रीमद्भागवत गीताहिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो ।यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो । यसमा १८ अध्याय छन् । यसलाई मोक्षशास्त्र पनि भनिन्छ । भगवद्गीता अनुमानत आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए । यो संजय र धृतराष्ट्रको संवादमा प्रश्नोत्तर प्रकारले लेखिएको छ यसमा १८ अध्याय छन् भने ७०० सौ पद्यात्मक संस्कृतश्लोक छन् । यसमा अनुष्टुप छन्दको अधिक प्रयोग भएको छ । स्तुति आदि पद्यमा अन्य छन्दको पनि प्रयोग गरिएको छ यसको प्रथम अध्यायमा अर्जुनले खेद व्यक्त गरेको हुनाले अर्जुन विषादयोग अध्याय भनिएको छ । यस्तै प्रकारले अर्जुन र कृष्णको संवाद अनुसार अन्य अध्यायको पनि नाम राखिएको छ यसमा एकेश्वरवाद, कर्म योग, ज्ञानयोग, भक्ति योगको अध्याय क्रम अनुसार सुन्दर ढंगले चर्चा भएकोछ । यो ऐतिहासिक ग्रन्थ महाभारतको भीष्मपर्व अन्तर्गत दिइएको उपनिषद हो यसमा अनित्य देह भन्दा नित्य आत्मा को निरूपण गरिएकोछ। यसलाई मोक्ष ग्रन्थ पनि भनिएको छ ।
अध्यायहरू बानाउने वा सम्पादन गर्ने
[सम्पादन गर्नुहोस्]- श्रीमद्भगवद्गीता गीता महात्म्य
- श्रीमद्भगवद्गीता प्रथम अध्याय
- श्रीमद्भगवद्गीता द्वितीय अध्याय
- श्रीमद्भगवद्गीता तृतीय अध्याय
- श्रीमद्भगवद्गीता चतुर्थ अध्याय
- श्रीमद्भगवद्गीता पञ्चम अध्याय
- श्रीमद्भगवद्गीता षष्ठ अध्याय
- श्रीमद्भगवद्गीता सप्तम अध्याय
- श्रीमद्भगवद्गीता अष्ट अध्याय
- श्रीमद्भगवद्गीता नव अध्याय
- श्रीमद्भगवद्गीता दशौ अध्याय
- श्रीमद्भगवद्गीता एकादश अध्याय
- श्रीमद्भगवद्गीता द्वादश अध्याय
- श्रीमद्भगवद्गीता त्रयोदश अध्याय
- श्रीमद्भगवद्गीता चतुर्दश अध्याय
- श्रीमद्भगवद्गीता पञ्चदश अध्याय
- श्रीमद्भगवद्गीता षोडश अध्याय
- श्रीमद्भगवद्गीता सप्तदश अध्याय
- श्रीमद्भगवद्गीता अष्टादश अध्याय
- श्रीमद्भगवद्गीता/विशेष योगदानकर्ताहरू
यो विकिपुस्तक संग्रह हो ! [ संग्रह खोल्ने ] [ पि.डि.एफ ] [ छापिएको पुस्तकको रुपमा अनुरोध गर्नुहोस् ] [ सहायता ] |
श्रीमद्भगवद्गीता अध्याय एक
[सम्पादन गर्नुहोस्]अर्जुन विषादयोग
[सम्पादन गर्नुहोस्]धृतराष्ट्र उवाच
[सम्पादन गर्नुहोस्]धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः ।
मामकाःपाण्डवाश्चैव किमकुर्वत सञ्जय ।।१।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]धृतराष्ट्र उवाच (धृतराष्ट्रले भने)
धर्मक्षेत्रे (धर्मक्षेत्र) कुरुक्षेत्रे (कुरुक्षेत्रमा) समवेताः (जम्मा भएका) युयुत्सवः (युद्धको इच्छाले) मामकाः (मेरा छोराहरु – दुर्योधन आदि ) पाण्डवाः च एव (र पाण्डवहरु – युधिष्ठिर आदिले) किम् अकुर्वत (के गरे) सञ्जय (हे सञ्जय) ।
धृतराष्ट्रले भने –
हे सञ्जय, धर्मक्षेत्ररुपी कुरुक्षेत्रमा युद्धका इच्छाले जम्मा भएका मेरा छोराहरु दुर्योधन आदि र पाण्डुका छोराहरु युधिष्ठिर आदि ले के गरे ?१।।
व्याख्या
[सम्पादन गर्नुहोस्]गीतामा कुरुक्षेत्र नाम गरेको युद्ध भूमिलाई धर्मक्षेत्र पनि भनिएको छ । हस्तिानापुर नजिकको क्षेत्र नै त्यो युद्धक्षेत्र हो भन्ने मानिएको छ । अघि ‘कुरु’ नाम गरेका उनीहरुका पूर्वज राजाले यज्ञका निम्ति सुनको हलोले त्यस भूमिलाई जोतेका हुनाले त्यस भूमिको नाम ‘कुरुक्षेत्र’ रहेको हो । पछि देवराज इन्द्रले राजा कुरुलाई यस्तो वरदान दिए— ‘यस पवित्र भूमिमा तपस्या अथवा युद्ध गर्दा जसले प्राण त्याग्ला उसले विशेष सद्गति प्राप्त गर्ने छ ।’ त्यसैले यस क्षेत्रको नाम धर्मक्षेत्र पनि हो । धर्मक्षेत्र भएकैले युद्ध गर्नका लागि त्यो स्थान रोजिएको थियो ।
गीता ग्रन्थमा धृतराष्ट्रले केवल एक पटक मात्र प्रश्न गरेका छन् । यस बाहेक धृतराष्ट्रका प्रश्न छैनन् । धृतराष्ट्रले सोधेका छन्– ‘अनि, त्यस धर्मक्षेत्र कुरुक्षेत्रमा युद्धका लागि जम्मा भएका मेरा छोराहरु तथा पाण्डुका छोराहरुले के गरे ?’
धृतराष्ट्रका यस भनाईको व्यक्त भाव युद्धको बारेमा जानकारी लिनु हो तर निहितार्थ अव्यक्त जिज्ञासा हो– ‘युद्धमा कसको पलडा भारी छ ? के मेरा छोराहरुले राज्य गर्न पाउलान् ?’
गीताको पहिलो श्लोकमा निहित प्रश्नले धृतराष्ट्रको सम्पूर्ण मनोविज्ञानको जानकारी प्राप्त हुन्छ । धृतराष्ट्र शब्दको अर्थ हुन्छ राष्ट्रको जिम्मा लिएको, राज्यको रेखदेखकर्ता । पाण्डवहरुलाई राज्य हस्तान्तरण गर्ने जिम्मेवारी आफ्नो छ भन्ने जान्दाजान्दै राज्य दुर्योधनको भइदिए हुन्थ्यो ठूलो विरोधाभास पनि उनको मनमा छ । उनले पाण्डवहरुलाई स्नेह गर्छन्, उनका लागि विलाप पनि गर्छन् तर आफ्ना छोराहरुले मात्र निष्कण्टक राज्य सुख भोगुन् भन्ने पनि चाहन्छन् । समुद्रको पानीको माथिको सतह र भित्रको पानी एक साथ दुई विपरीत दिशामा बगे जस्तै उनको मन दुई विपरीत दिशामा हिँडीरहेको हुन्छ । धृतराष्ट्रको व्यक्तित्व खण्डित मनोविज्ञानको उदाहरण हो ।
दुर्योधन आदिलाई मेरा छोरा र युधिष्ठिर आदिलाई पाण्डवका छोरा भन्ने भनाई उनको आत्मकेन्द्रित मनोविज्ञानको द्योतक पनि हो । धृतराष्ट्रको यस्तो मनोविज्ञानको कारण उनी जन्मान्ध हुनु हो । उनले प्रकाश र अन्धकारको अन्तर जानेनन् । सोही कारणले राज्यको अधिकार प्राप्त भएन । उनीसँग कन्याहरु स्वेच्छाले विवाह गर्ने तैयार थिएनन् त्यसैले उनीसंग भीष्मले गान्धारीको विवाह बलपूर्वक गराइदिएका हुन् । पति जन्मान्ध छ भन्ने जानेर गान्धारीले जीवनभरिका लागि आफ्ना आँखामा पट्टी बाँधेर अन्धकारलाई रोजेकी हुन् । यसले गर्दा धृतराष्ट्र अझ विचलित हुन पुगे । तर धृतराष्ट्रको नेत्रहीन भएकोले नै गीताको अमर उपदेश सारा जगत्ले प्राप्त गर्न सकेको छ ।
जेठो भए पनि नेत्रहीनताको कारणले उत्तराधिकार नपाएको कुराले धृतराष्ट्रलाई निकै मानसिक पीडा थियो । यस कारण नीतिज्ञ भइकन पनि उनले कतिपय सन्दर्भमा त्रुटि गरेको देखिन्छ । विशेष गरी द्रौपदीको चीरहरणमा उनको मौनता महाभारतमा उनको सबभन्दा ठूलो त्रुटिको रुपमा देखा पर्छ ।
धृतराष्ट्रको दृष्टिहीनता सांकेतिक पनि हुनसक्छ । उनी दृष्टिकोणविहीन राजा हुन् किनभने उनी आफूले देखेर होइन छोराले देखेका निर्णयलाई मात्र देख्छन् ।
सञ्जय उवाच
[सम्पादन गर्नुहोस्]दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा ।
आचार्यमुपसंगम्य राजा वचनमब्रवीत ।।२।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]सञ्जय उवाच (सञ्जयले भने)
राजा दुर्योधनः (राजा दुर्योधनले) तदा (त्यसपछि) दृष्ट्वा (देखेर) तु (अनि) पाण्डव अनीकम् (पाण्डव सेनाको) व्यूढम् (व्यूह रचना) आचार्यम् (आचार्य द्रोणको) उपसंगम्य (नजिकमा पुगेर) वचनम् (यस प्रकार वचन) अब्रवीत (भन्यो) ।
सञ्जयले भने— त्यसबेला व्यूहाकारमा सजाएको पाण्डव सेनालाई देखेर राजा दुर्योधनले आचार्य द्रोणको नजीकमा पुगेर यसो भन्यो ।।२।।
व्याख्या
[सम्पादन गर्नुहोस्]दुर्योधन शब्दको अर्थ हुन्छ कसैले जित्न नसक्ने, दुर्जेय योद्धा अर्थात् असल योद्धा, सुयोधन । ‘द्वन्द्वको अवसान’ उपन्यासका लेखकले भगवान् कृष्णको शान्ति प्रस्ताव अस्वीकार गर्ने दुर्योधनको मनोविज्ञानलाई देशको सार्वभौमसत्ता र अक्षुण्णतासँग सम्बन्धित गरेका छन् । पाँच गाउँ मात्र होइन सियोको टुप्पो बराबर विभाजन पनि हस्तिनापुरका सार्वभौमसत्ताको विभाजन हो । देशको सार्वभौमसत्ता अक्षुण्ण रहनु पर्छ भन्ने उसको मनोविज्ञान छ । युद्धले राष्ट्रको अक्षुण्णता र अविभाज्यताको निर्णय गर्छ भन्ने उसको मान्यता देखिन्छ किनभने उसले भन्छ– राज्यसत्ताको उपभोग कि पाण्डवहरुले गर्ने छन् कि मैले गर्ने छु ।
सञ्जयले दुर्योधनका लागि गरेको सम्बोधनले सञ्जयको मनोविज्ञान स्पष्ट हुन्छ । जयदयाल गोयन्दकाले यस सम्बोधनका तीन कारण बताएका छन्–
१. राजाको अर्थ शासक, राजा वा युवराज हुन्छ । हस्तिानापुरको कार्यकारी वैधानिक (डी–जुरे) राजा धृतराष्ट्र भए तापनि वास्तविक (डी–फ्याक्टो) राजा दुर्योधन नै हो ।
२. उनी नवनियुक्त सचिव हुन् । राजा धृतराष्ट्रको उत्तराधिकारीलाई सम्मान गर्नु उनको स्वाभाविक कर्तव्य हो ।
३. यस शब्दको प्रयोगले महाभारत रचयिताका दृष्टिमा कौरव र पाण्डव समान छन् भन्ने पनि स्पष्ट हुन्छ ।
पहिलो र दोस्रो श्लोकलाई गीताको प्रस्तावना भन्न सकिन्छ । दोस्रो श्लोकदेखि बीसौं श्लोकसम्म युद्ध क्षेत्रको वर्णन छ । जसमा युद्धशास्त्रको शब्दावली– अनीक, चमू (सेना) र व्यूढ (व्यूह), रथी, महारथी आदि प्रयोग गरिएको छ । बीसौं श्लोक देखि श्रीकृष्ण र अर्जुन बीच संवाद प्रारम्भ हुन्छ ।
एक अनीकमा नौ हात्ती, ४५ अश्व, १३५ पैदल सैनिकको संख्या हुन्छ । चमूमा ७२९ हात्ती, ७२९ रथ, २१८७ अश्व, ३६४५ पैदल सैनिक हुन्छन् । व्यूहको अर्थ सैन्य टुकडीको संरचनात्मक बनावट जस्तै शकट व्यूह, चक्रव्यूह ।
पश्यैताम् पाण्डुपुत्रणामाचार्य महतीं चमूम् ।
व्यूढां द्रुपद पुत्रेण तव शिष्येण धीमता ।। ३ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]आचार्य (हे आचार्य, हे गुरु) पाण्डुपुत्राणाम् (पाण्डुका पुत्रहरुको) महतीम् (ठूलो) चमूम् (सेना) पश्यैताम् (हेर्नुहोस्) तव (तपाईंका) शिष्येण (शिष्य) धीमता (बुद्धिमान, बाठो) द्रुपद पुत्रेण (द्रुपदका छोरा, प्रद्युम्नले) व्यूढाम् (सैन्य व्यूह रचना गरिएको छ) ।
हे आचार्य, पाण्डवको त्यो ठूलो सैन्यलाई हेर्नुहोस्, जसको व्यूह रचना तपाईंका बुद्धिमान (बाठो) शिष्य, द्रुपदका छोरा, धृष्टद्युम्नद्वारा गरिएको छ ।।३।।
व्याख्या
[सम्पादन गर्नुहोस्]
‘तपाईंको बुद्धिमान शिष्य, द्रुपदपुत्रले बनाएको सैन्य व्यूह हेर्नु होस् ।’ आचार्य द्रोणलाई गरेको यस अभिधात्मक सम्बोधनको लाक्षणिक अर्थ के हो भने तपाईंको अपमान गर्ने राजा द्रुपदको छोरो, जुन धूर्त छ, तपाईंसंग धनुर्विद्या सिकेर त्यो आज तपाईंलाई नै मार्न भनी आएको छ, सतर्क रहनु होला ।
धृष्टद्युम्नलाई पाण्डव सेनाको सेनापति नभनेर द्रुपदपुत्र सम्बोधन गरेर दुर्योधनले आचार्य भित्रको क्रोधलाई भड्काएको पनि हुनसक्छ किनभने द्रुपदसँग आचार्य द्रोणको शत्रुता छ ।
अत्र शूरा महेष्वासा भीमार्जुनसमा युधि ।
युयुधानो विराटश्च द्रुपदश्च महारथः ।।४।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अत्र (यहाँ) शूरा (वीर) महा इष्वासा (ठूला धनुर्धारी) भीम अर्जुन समा (भीम र अर्जुन जस्ता) युधि (योद्धा) युयुधानः (युयुधान, सात्यकि) च (तथा) विराटः (राजा विराट) द्रुपदः च (तथा राजा द्रुपद) महारथः (महारथी)।
यहाँ (पाण्डवको सेनामा) ठूला धनुर्धारी, युद्धमा भीम र अर्जुन जस्ता धेरै वीरहरु छन्, जस्तै— युयुधान अर्थात् सात्यकि, विराट, महारथी—द्रुपद ।। ४ ।।
धृष्टकेतुश्चेकितानःकाशिराजश्च वीर्यवान् ।
पुरुजित्कुन्तिभोजश्च शैव्यश्च नरपुङ्गवः ।।५।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]च (तथा) धृष्टकेतु ः (धृष्टकेतु) चेकितानः (चेकितान) काशिराजः च वीर्यवान् (तथा पराक्रमी काशीनरेश) पुरुजित् (राजा पुरुजित्) कुन्तिभोज ः (कुन्तीभोज) च (र) नरपुङ्गवः (नरश्रेष्ठ) शैव्यः (शिविराज, शैव्य)।
तथा धृष्टकेतु, चेकितान, पराक्रमी काशीराज, राजा पुरुजित, कुन्तीभोज, र सबैका सम्माननीय शैव्य ।। ५ ।।
युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान् ।
सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथः ।।६।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]च (तथा) विक्रान्त (पराक्रमी) युधामन्युः (युधामन्यु) उत्तमौजाः च वीर्यवान् (वीर्यवान् उत्तमौजा) सौभद्रः (सुभद्रापुत्र अभिमन्यु) च द्रौपदेयाः (तथा द्रौपदीका पुत्रहरु) सर्व एव महारथः (यी सबै महारथी छन्) ।
पराक्रमी—युधामन्यु, बलिया—उत्तमौजा, सुभद्रापुत्र अभिमन्यु, र द्रौपदीका पाँच पुत्रहरु, यी सवका सब महारथी हुन् ।। ६ ।।
व्याख्या
दुर्योधनले वीरता र युद्धकौशलमा भीम र अर्जुन सर्वाधिक प्रसिद्ध छन् भनेर प्रशंसा गर्दै धृष्टद्युम्नसहितका १९ जना वीरहरुको नाम लिएको छ ।
प्राचीन युद्धशास्त्रमा चार प्रकारका योद्धाको विवरण पाइन्छ– अतिरथी, महारथी, रथी तथा अर्धरथी । असंख्य सेनासंग एक्लै युद्ध गर्ने योद्धाहरुलाई अतिरथी भनिन्छ । यो सबभन्दा ठूलो योद्धा हो । दशहजार सेनासंग एक्लै लड्ने योद्धालाई महारथी र जोडा बनेर अर्थात् एउटासंग मात्र लड्नेलाई रथी तथा यसभन्दा कम अर्थात् दुई जना भएर एउटासंग लड्न सक्नेलाई अर्धरथी भन्दछन् । स्त्री, बालक, वृद्ध, हतियार नभएका, हतियार सकिएका, गुहार माग्ने र सुतेका बेला युद्ध गर्नुलाई युद्धको नियम विपरीत मानिएको छ ।
पाण्डव पक्षका योद्धालाई गीतामा महेष्वासा–महान् इष्वासा अर्थात् ठूला धनुर्धारी भनिएको छ । यसको साङ्केतिक अर्थ हुन्छ, महान् ईशमा वास दिलाउने । त्यसैले स्वामी अडगडानन्दले यसलाई एक जटिल आन्तरिक संघर्ष मानेका छन् । समाधिको अवस्थामा अहङ्कार, अविवेक आदि सारा विकार भित्र विलीन हुनजान्छन् ।
पाण्डव पक्षका योद्धा
[सम्पादन गर्नुहोस्]
अभिमन्यु–
अभिमन्युको जन्म भगवान कृष्णकी बहिनी सुभद्राको गर्भबाट भएको हो । अभिमन्यु गर्भमा छँदा अर्जुनले सुभद्रालाई चक्रव्यूहको रहस्य सुनाएका थिए । त्यसैले चक्रव्यूह भित्र प्रवेश गर्ने क्षमता अभिमन्युमा जन्मजात थियो । तर सुभद्रा निदाए पछि अर्जुनले सो रहस्य पूरा सुनाउन पाएनन् । त्यसैले अभिमन्युलाई बाहिर निस्कन आउँदैनथयो । अभिमन्युको विवाह राजा विराटकी कन्या उत्तरासंग भएको थियो । (महाभारत कथा अनुसार राजा विराटले सुरुमा ज्येष्ठ उपपाण्डवसंग सुभद्राको विवाह प्रस्ताव गरेका थिए । तर कृष्णको प्रयासले त्यो विवाह अभिमन्युसंग हुन गएको हो ।) अर्जुनलाई अन्यत्रै युद्धमा अल्झाएर युधिष्ठिरलाई बन्दी बनाउने योजना अनुरुप आचार्य द्रोणलाई सो चक्रव्यूह रचना गर्न लगाइएको थियो । त्यस चक्रव्यूहमा प्रवेश गर्न अभिमन्यु बाहेक कोही समर्थ थिएन । गर्भावस्थामा चक्रव्यूह भेदनको रहस्य सुनेको बालक अभिमन्युले चक्रव्यूहमा प्रवेश गर्यो । तर जयद्रथ आदि योद्धाले त्यसलाई चारैतिरबाट घेरेर हत्या गरीदिए । पछि अर्जुनले कृष्णको सहायताले जयद्रथसँग त्यस हत्याको बदला लिए ।
काशीराज–
पाण्डव पक्षका एउटा योद्धा काशीका राजा हुन् । जसको नाम अभिभू बताइएको छ ।
कुन्तीभोज–
कुन्त देशका राजाको नाम कुन्ती भोज हो । उनले शूरसेनकी छोरी वसुदेवकी बहिनी पृथालाई सन्तानको रुपमा पालेका थिए ।त्यसैले पृथालाई कुन्ती पनि भनिन्छ ।
चेकितान–
वृष्णिवंशी चेकितान एक महारथी योद्धा थिए । उनीसँग आफ्नो एक अक्षैहिणी सेना थियो । जसलाई लिएर उनले पाण्डव पक्षलाई युद्धमा सघाएका थिए । चेकितानको वध दुर्योधनका हातबाट भएको हो ।
द्रुपद–
पाञ्चाल देशका राजा द्रुपदले भरद्वाज ऋषिसंग शिक्षा लिएका थिए । त्यसैले भरद्वाज पुत्र द्रोण र द्रुपदमा मित्रता भएको थियो । विद्या समाप्त भएपछि मित्रसंग सहयोग माग्न द्रुपदको दरबारमा पुगेका द्रोणको गरीबीलाई उनले सभामा नै उपहास गरे । यस अपमानको बदला लिन र जीविकोपार्जनको जोहो गर्न आचार्य द्रोण घर छोडेर भौंतारिन बाध्य बने । यसै क्रममा अकस्मात् कौरव पाण्डव बालकहरुसंग भेट भए पछि भीष्मले धनुर्विद्या सिकाउन दरबारमा नियुक्त गरे । महाभारत ग्रन्थमा धृष्टद्युम्नलाई द्रुपदले द्रोणको वध गर्न जन्माएको र प्रशिक्षण दिएको विवरण पनि छ । द्रौपदी र धृष्टद्युम्न राजा द्रुपदका जुम्लायाहा सन्तान् हुन् । यस बाहेक शिखण्डी द्रुपदको अर्को सन्तान हो ।
धृष्टकेतु–
धृष्टकेतु चेदिराज्यका राजा थिए । उनको मृत्यु द्रोणका हातबाट भएको हो । कृष्णका शत्रु शिशुपाललाई पनि चेदिराज भनिन्छ । भीमकी एउटी श्रीमती चेदि राज्यकी थिइन् ।
धृष्टद्युम्न–
द्रौपदीका भाई धृष्टद्युम्न पाण्डवसेनाका सेनापति थिए । यिनलाई द्रुपदपुत्र भनिएको छ ।
पाण्डवपुत्रहरु–
पाण्डवका पाँच पुत्र, विन्द्य, प्रतिविन्द्य, सुतसोम, श्रुतकीर्ति, सुतकर्म, लाई उपपाण्डव पनिभनिन्छ । यिनहरुको अनुहार पाँच पाण्डवसंग मिल्थ्यो भनिएको छ । अश्वत्थामाले झुक्क्याएर सबैको वध गरेको थियो ।
पुरुजित्–
कुन्तीभोजका भाईको नाम पुरुजित् हो । उनीलाई पुरु देशको राजा भनिन्छ ।
युधामन्यु र उत्तमौजा–
यी दुवैजना दाजु भाई हुन् । जसलाई अर्जुनका रथका दुवै पाङ्ग्राको सुरक्षा गर्ने जिम्मेवारी दिइएको थियो ।
युयुधान–
वृष्णि वंशी सत्यक पुत्र सात्यकीको एउटा नाम युयुधान हो । उनी यदुवंशी राजा शिविका नाति थिए । उनलाई पूरै महाभारत युद्धमा कसैले हराउन सकेको थिएन । त्यसैले उनलाई अपराजित सात्यकी पनि भनिन्छ ।
शैव्य–
शिविदेशका राजा शैव्यकी कन्या देविकासंग युधिष्ठिरको विवाह भएको थियो अर्थात् राजा शैव्य युधिष्ठिरका ससुरा थिए ।
अस्माकं तु विशिष्टा ये तान्निबोध द्विजोत्तम ।
नायका मम सैन्यस्य संज्ञार्थं तान् ब्रवीमि ते ।।७।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]द्विज उत्तम (हे ब्राह्मण श्रेष्ठ, आचार्य) अस्माकम् तु (हाम्रा पनि) विशिष्टाः ये (जुन मुख्य मुख्य योद्धा छन्) तान् (तिनीहरु) निबोध (जानकारी लिनु होस्, सुन्नुहोस्) मम सैन्यस्य (मेरो सेनाका) नायकाः (सेनानायक) संज्ञार्थम् (चिनाउनका लागि) तान् (तिनीहरु) ते (तपाईंलाई) ब्रवीमि (भन्छु अर्थात् सुन्नुहोस्) ।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]भवान् (हजुर स्वयं) भीष्मः च (तथा भीष्म) कर्णः च (तथा कर्ण) च समितिञ्जयः (तथा युद्ध विजयी) कृपः (कृपाचार्य) तथा एव च (यसै गरी) अश्वत्थामा (अश्वत्थामा) विकर्णः च (र विकर्ण) तथा (तथा) सौमदत्तिः (सोमत्तको पुत्र अर्थात् भूरिश्रवा) ।
हजुर आफैं, पितामह भीष्म, कर्ण, युद्धविजयी— कृपाचार्य, यसै गरी अश्वत्थामा, विकर्ण र सोमदत्तको पुत्र अर्थात् भूरिश्रवा ।। ८ ।।
भवान्भीष्मश्च कर्णश्च कृपश्च समितिञ्जयः ।
अश्वत्थामा विकर्णश्च सौमदत्तिस्तथैव च ।।८।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अन्ये (अन्य) बहवः (अनेक) शूरा (शूरवीर) मत् अर्थे (मेरा लागि) त्यक्तजीविताः (ज्यान दिन तैयार) सर्वे (सबै) नानाशस्त्रप्रहरणाः (नाना प्रकारका अस्त्र शस्त्र चलाउन जान्ने) च (तथा) युद्धविशारदाः (युद्ध कलामा निपुण छन्) ।
यी बाहेक अरु पनि अनेक शूरवीरहरु छन्, ती सबै मेरो निम्ति ज्यान दिन तैयार छन् । यी सबै नाना प्रकारका शस्त्रास्त्र चलाउन सिपालु तथा युद्धकलामा निपुण छन् ।। ९।।
व्याख्या
[सम्पादन गर्नुहोस्]दुर्योधनमा अरु जे सुकै अवगुण भए पनि हीन मानसिकता नभएको व्यक्ति हो । उसले युद्ध स्थलमा सुरुमा नै आफ्ना शत्रुको प्रशंसा गर्न सक्छ । यस्तो परिस्थितिमा सामान्य मानिसले शत्रु पक्षका बहादुरीको प्रशंसा गर्न सक्दैन । शत्रुको प्रशंसा गर्न निकै ठूलो मुटु चाहिन्छ ।
अब दुर्योधनले आचार्यलाई आफ्ना पक्षको बारेमा जानकारी दिन सुरु गर्छ– ‘हजुर, पितामह भीष्म, कर्ण, समितिञ्जय कृपाचार्य, अश्वत्थामा, विकर्ण तथा सोमदत्तको पुत्र– भूरिश्रवा यी हाम्रो पक्षका मुख्य मुख्य योद्धाहरु हुन् ।’
वार्तालाप क्रियामा दुर्योधनको राजसी दक्षता दखिन्छ । जो अगाडि छ, उसको नाम सबभन्दा पहिलो लिनु उचित सम्मानको परिचायक हो । त्यसैले गुरुलाई सम्मानपूर्वक सुरुमा सम्बोधन गर्नु र त्यस पछि उचित मर्यादाक्रममा मिलाएर अन्यको नाम लिएको देखिन्छ । यी सबैको नाम भन्छु भनी उचित मर्यादा बोलीको अर्को विशेषता हो, नाम सुन्नुहोसु भनेको छैन, मैले बताउँछु भनेको छ । आचार्य द्रोण सुन्न वा नसुन्न स्वतन्त्र छन् ।
यस पछि दुर्योधनले भनेको छ– मद् अर्थे त्यक्तजीविता– यी सबै मेरा लागि मर्न तैयार छन् ।
यस भनाईले पनि दुर्योधनको असाधारण अहंकार पनि अभिव्यक्त भएको छ । उसको विचारमा अन्य योद्धाहरुमात्र होइन गुरु द्रोणाचार्य र पितामह भीष्म उसका लागि ज्यान दिन आएका छन् ।
दुर्योधन पक्षका योद्धा
[सम्पादन गर्नुहोस्]अश्वत्थामा–
अश्वत्थामा द्रोणका पुत्र हुन् । उनको बाल्यकाल भीषण गरीबीमा बितेको थियो । द्रोणले पुत्र माथि अत्यधिक स्नेह गर्थे । त्यसैले युद्धमा अश्वत्थामा मारिएको झुटो खबर सुनाएर द्रोणलाई युद्ध विमुख गराइएको थियो । अश्वत्थामा कौरव सेनाका अन्तिम सेनापति हुन् । मृत्यु हुनु अघि दुर्योधनद्वारा उनी सेनापति नियुक्त गरिएका थिए । अश्वत्थामालाई समेत द्रोणले धनुर्विद्या सिकाएका थिए । अश्वत्थामाले दुर्योधनको इच्छा पूरा गर्न पाँच उपपाण्डवहरुको हत्या गरीदिएका थिए । पुत्रहरुको मृत्युमा द्रौपदीको करुण विलाप सुनेपछि क्रोधित भीमले अश्वत्थामाका निधारको मणि निकालेर निर्वासित गरीदिए ।
कृप–
गौतम ऋषिका सन्तानको रुपमा कृप र कृपीको जन्म भएको हो । अप्सराले उनीहरुलाई अनाथ छोडेपछि राजा शान्तनुले दुवै दाजु भाईलाई हुर्काएका थिए । कृपीको विवाह द्रोणाचार्यसंग भएको थियो । पछि कृप परीक्षितका गुरु बने । कृप र द्रोणको विषयमा अनौठो कुरा के भने यी दुवैले ब्राह्मण भएर पनि धनुर्विद्या पढेका थिए । महाभारत युद्धमा बचेका कृप र अश्वत्थामा अष्टचिरञ्जीवीमध्येका दुई मानिन्छन् र आज पनि हिमालय पर्वतमा आफ्ना घाउ र गलतीहरु संगै लिएर हिंडिरहेका छन् भन्ने मानिन्छ ।
कर्ण–
कुन्तीलाई राजा कुन्तीभोजले पालन पोषण गरेका थिए । ऋषि दुर्वासाले उनको अतिथि सेवाबाट प्रसन्न भएर देवता आवाहन गर्ने एक मन्त्र दिए । कुन्तीले यस मन्त्रको परीक्षण गर्न सन्ध्याकालमा डुब्न लागेको सूर्यलाई बोलाइन् । सूर्य तत्काल उपस्थित भएर वर माग्न भने । कुन्ती सानै भएकोले उनले केही माग्न सकिनन् । सूर्यले भने— देवतालाई बोलाइसकेपछि निष्फल फर्कन हुँदैन । तिमीबाट यथासमय एक सुन्दर पुत्रको जन्म हुने छ । यसरी कवच र कुण्डलसहित कर्णको जन्म भयो । कन्या अवस्थामा जन्मएकोले लोकलाजबाट बच्न उनले कर्णलाई गंगामा बगाइदिएकी थिइन् । जसलाई धृतराष्ट्रको सारथी अधिरथकी निसन्तान पत्नी राधाले आफ्नो सन्तानको रुपमा पालेकी हुन् । त्यसैले कर्णलाई राधेय पनि भनिन्छ । सूतले पालेकोले उनको एक नाम सूतपुत्र पनि हो । महाभारतको कथा अनुसार कर्ण अर्जुन र द्रोणभन्दा वीर योद्धा हुन् । एउटा श्लोकमा कर्णलाई कुरुक्षेत्र युद्धको ठूलो र डरलाग्दो लहर भनिएको छ ।
द्रोण–
ऋषि भारद्वाज र घृताचिका सन्तान हुन् द्रोण । उनको जन्म दुनामा भएकोले उनको नाम द्रोण हुन गएको हो । द्रोणको जीवन ज्यादै अभाव र गरीबीमा बितेको थियो । बालक अश्वत्थामाले दूधखानका लागि आफ्ना पितासंग रुँदा उसलाई पिठोमा पानी घोलेर दूध भनेर खुवाउनु पर्नेसम्मको अभाव बेहोरेका द्रोण संयोगवश पाण्डव र कौरवका गुरु बने । भीष्म शरशैयामा परेपछि दुर्योधनले द्रोणलाई सेनापति बनाएको थियो । द्रोणका बारेमा महाभारतमा के भनाई उल्लेख छ भने उनले हातमा शस्त्र लिएर उभिए पछि कुनै महारथीले उनलाई मार्न सक्दैनथ्यो । त्यसैले कुरुक्षेत्रमा अश्वत्थामा हतोहतः भन्ने हल्ला फिंजाइयो । यसबाट दुखी भएर हतियार फालेका द्रोणको सिर पाण्डव सेनाका सेनापति धृष्टद्युम्नले काटेका थिए । द्रोणको बहादुरीले गर्दा उनलाई भीष्म जस्तै युद्धका एक पर्खाल भनिएको छ । आचार्य द्रोण सैन्यशास्त्रका प्रतिपादक मानिएका छन् । उनले रचना गरेको ग्रन्थको नाम धनुर्वेद हो ।
भीष्म–
भीष्मको बाल्यकालको नाम देवव्रत हो र पिताको विवाहका लागि ब्रह्मचर्यको कठोर व्रत लिएकोले उनको भीष्म नाम प्रसिद्ध भएको हो । उनले माता सत्यवतीलाई हस्तिनापुरको राजगद्दीमा जो बस्छ उसको रक्षा मेरो नैतिक कर्तव्य हुनेछ भन्ने आश्वासन दिएको हुनाले त्यस गद्दीमा बसेका दुर्योधनलाई साथ दिए । आफ्नै शपथले उनी बन्धनमा परे । युद्धमा शिखण्डीको साथ लिएर अर्जुनले घाइते बनाई भुईंमा लडाए पछि भीष्मले दक्षिणायन भरि कष्ट भोगेर उत्तरायण हुनासथा देहत्यागेका थिए ।
गुरु परशुरामसंग शस्त्र विद्या लिएका भीष्मलाई संग्राम विजयी भनिन्छ । अर्थात् जुन युद्धमा उनी सहभागी हुन्छन् उनी अवश्य विजयी हुन्छन् । भीष्मलाई धर्मशास्त्र र अर्थशास्त्र मात्र होइन कामशास्त्रको ज्ञाता पनि बताइएको छ ।
विकर्ण–
दुर्योधनका १०० भाईमध्येको विकर्ण एउटा हो । विकर्ण दुर्योधन र दुःशासन पछिको सन्तान हो । उसले दुर्योधनलाई हरेक अवसरमा साथ दिएको थियो ।
सोमदत्ति–
भूरिश्रवा बाह्लिकको नाति र सोमदत्तको पुत्र हो । उसको अर्को नाम सोमदत्ति पनि हो । उसको वध पाण्डव पक्षका सात्यकीले गरेका थिए ।
अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितम् ।
पर्याप्तं त्विदमेतेषां बलं भीमाभिरक्षितम् ।। १० ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अपर्याप्तम् (अपर्याप्त) तत् (त्यो) अस्माकम् (हाम्रो) बलम् (सेना, बल) भीष्म (पितामह भीष्मले) अभिरक्षितम् (राम्ररी रक्षा गरेको) पर्याप्तम् (पयाप्त) तु (तर) इदम् (यो) एतेषाम् (यी पाण्डवहरुको) बलम् (सेना) भीम अभिरक्षितम् (भीमले राम्ररी रक्षा गरेको) ।
भीष्मले राम्ररी रक्षा गरेको यो हाम्रो सेना अपर्याप्त छ तर भीमसेनले रक्षा गरेको पाण्डवहरुको त्यो सेना पर्याप्त छ ।। १० ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]यस श्लोकको अर्थका विषयमा टीकाकारहरुबीच मतभेद छ । महाभारत ग्रन्थमा केही जटिल श्लोक पाइन्छन् जसको अर्थ बारे आजसम्म विवाद रहेको छ । यी श्लोकलाई कूटश्लोक भनिन्छ । महाभारतको एक भाग भएकोले गीतामा पनि केही यस्ता श्लोक पाइन्छन् जसको अर्थको विषयमा टीकाकारहरु एकमत छैनन् । त्यसैले के मानिन्छ भने भगवान् कृष्ण बाहेक गीतालाई छर्लङ्ग बुझ्नसक्ने केवल व्यास, गणेश र सरस्वती हुन् । अर्जुन र सञ्जयले पनि पूरै गीता बुझ्न सकेका छैनन् ।
पर्याप्त शब्दको अर्थ हुन्छ मापनीय वा चाहिए जति । स्वामी ईश्वरानन्दका अनुसार, यहाँ यो अर्थ मिल्दैन किनभने दुर्योधनको सेना ११ अक्षौहिणी र पाण्डवहरुका सात अक्षौहिणी छन् । त्यस कारण प्रसङ्गानुसार पर्याप्त शब्दको अर्थ हो थोरै र अपर्याप्तको अर्थ हो धेरै । उनको विचारमा, कौरव सेनाको युद्ध क्षमता अपुग छ भन्ने दुर्योधनलाई छैन । स्वामी रामसुखदासको भनाई फरक छ । उनका अनुसार, दुर्योधनको मनमा आफ्नो निश्चित विजयबारे आशङ्का थियो किनभने आफूले अन्याय गरेको छू भन्ने कुरा उसको मनमा थियो, त्यसैले आफ्नो सेनालाई उसले अपर्याप्त भनेको हो । उनको विचारमा दुर्योधनले पाण्डव पक्षका १९ जना महारथीहरुको नाम लिंदा आफ्ना पक्षका केवल सात जनाको नाम मात्र लिनुलाई उसको मनमा भएको आशंकाको रुपमा लिन सकिन्छ ।
तर दुर्योधनमा जुन अहङ्कार छ, त्यसलाई ध्यानमा राख्दा पर्याप्त शब्द नै सही छ । दुर्योधनको दृष्टिमा राज्यच्युत भएका, वनवास र अज्ञातवास भोगेका पाण्डवहरु तुच्छ छन् । राज्यका हकदार पनि छैनन्, त्यसैले उनीहरुसंग जेजति धन, सम्पत्ति वा सेना छ त्यो उनीहरुको स्तर अनुसार पर्याप्त छ, सात अक्षौहिणी सेना पनि उनीहरुलाई कम छैन । दुर्योधन, जसलाई आचार्य द्रोण र भीष्म ज्यान दिन तैयार छन् उसलाई सबैले बिना दुविधा सहयोग गर्नु पर्छ । आफू चक्रवर्ती राज्यको मालिक भएकोले एघार अक्षैहिणी सेना पनि उसको दृष्टिमा अपर्याप्त (थोरै) छ ।
दुर्योधनको अहंकारले अर्जुन र धृष्टद्युम्नलाई आफ्नो बराबरको योद्धा देख्दैन तर भीमलाई आफ्नो बराबर मान्छ । त्यसैले उसले सेनापति धृष्टद्युम्नलाई होइन, भीमलाई पाण्डव सेनाको रक्षक ठान्दछ ।
अयनेषु च सर्वेषु यथाभागमवस्थिता ः।
भीष्मेवाभिरक्षन्तु भवन्तः सर्व एव हि ।।११।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]भवन्तः (तपाईंहरु) सर्वे एव हि (सबैले नै) सर्वेषु (सबैले) यथाभागम् (आफ्नो क्षेत्र अनुसारका) च (तथा) अयनेषु (मोर्चाहरुमा) अवस्थिताः (रहेर) भीष्मम् (भीष्मको) एव (नै) अभिरक्षन्तु (चारैतिरबाट रक्षा गर्नुहोस्)।
अब तपाईंहरु सबैले युद्धका सबै मोर्चाहरुमा अर्थात् अयनमा (आआफ्नो तोकिएको स्थानमा) रहेर सेनापति भीष्म पितामहको सबैतिरबाट रक्षा गर्नुहोस् ।। ११ ।।
तस्य संजनयन्हर्षं कुरुवृद्ध पितामहः ।
सिंहनादं विनयाद्यौच्चै शङ्खं दध्मौ प्रतापवान् ।। १२ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]तस्य (त्यस दुर्योधनलाई) हर्षम् (खुशी) संजनयन् (उत्पन्न गराउन) कुरुवृद्ध (कुरुवृद्ध) प्रतापवान् (महाप्रतापी) पितामहः (पितामह भीष्मले) सिंहनादम् (सिंह गर्जना जस्तै) उच्चै (उच्च) विनद्य (ध्वनिको) शङ्खम् (शंख) दध्मौ (बजाए) ।
यसरी दुर्योधन र द्रोणाचार्यको कुराकानीसँगै दुर्योधनलाई खुशी उत्पन्न गराउन महाप्रतापी कुरुवृद्ध पितामह भीष्मले सिंहको जस्तै ठूलो स्वरमा गर्जना गरेर शङ्ख बजाए ।। १२ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]दुर्योधनको अधर्म नीतिमा आचार्य द्रोणको अनुमति थिएन, विनाशकारी यस युद्धदेखि पनि उनी सहमत थिएनन् । सम्भवतः त्यसै कारण दुर्योधनका यति कुरा सुनेर पनि आचार्यले केही प्रतिक्रिया दिएको देखिएन । अनि दुर्योधन केही क्षण अकमक्क परेको होला र युद्धका सेनापति भीष्मको रक्षाका निम्ति योद्धाहरुलाई अह्राउन थालेको होला । यो कुरा श्लोकमा अन्तिर्निहित छ । युद्धमा सेनापतिको सुरक्षा सर्वाधिक महत्त्वपूर्ण कुरा हो । सेनापति असुरक्षित छ भने कमजोर सेनाले पनि बलियो सेनामाथि विजय प्राप्त गर्छ । भीष्मलाई त्यस युद्धमा अरुसंग कुनै भय थिएन, केवल शिखण्डीको भय थियो ।
भीष्म कुरुवंशीमा वृद्ध हुनाले उनीलाई दुर्योधनको हृदयको भाव थाहा थियो । पितामह हुनाले आत्मीयता पनि थियो र युद्धको सेनापति भएकोले दुर्योधनका मनको भयनाश गर्न, उसलाई खुशी पार्न गर्जना गर्दै शङ्खध्वनि गर्नुभयो ।
ततः शंखाश्च भेर्यश्च पणावानकगोमुखाः ।
सहसैवाभ्यहन्यन्त स शब्दस्तुमुलोऽभवत् ।।१३।।
व्याख्या
[सम्पादन गर्नुहोस्]युद्धशास्त्रको नियम अनुसार, युद्ध सुरु गर्न शङ्ख बजाएर त्यसको संकेत दिनु पथ्र्यो । यसको सुरुआत सेनापतिले गर्नु पर्थ्यो । त्यसैले भीष्मले ध्वनि गरे पछि अरुले आफू तयार रहेको सूचना गर्दै शङ्ख, नगरा, ढोल, मृदङ्ग, नर्सिंहा आदि बाजाहरु बजाए ।
डरलाग्दो शब्द किन गरियो ? दुर्योधनलाई खुशी गराउन । दुर्योधन योद्धा छ । जिद्दी छ । असंवेदनशील छ । त्यसैले उसलाई युद्धको कर्कश स्वरले आनन्द दिन्छ तर सञ्जयलाई युद्धको ध्वनि प्रिय लाग्दैन त्यसैले उनले भनेका छन्, डरलाग्दो नमिठो आवाज चारैतिर फैलियो ।
(पाण्डवहरुद्वारा शंखनाद)
ततः श्वेतैर्हयैर्युक्ते महति स्यन्दने स्थितौ ।
माधवः पाण्डवश्चैव दिव्यौ शङ्खौ प्रदध्मतुः ।। १४।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]ततः (यस पछि) श्वेतैः (सेता) हयैः (घोडाहरु) युक्ते (भएको) महति (ठूलो) स्यन्दने (रथमा) स्थितौ (स्थित, बसेका) माधवः (भगवान् श्रीकृष्ण) पाण्डवः च (तथा अर्जुन) एव (ले पनि) दिव्यौ शङ्खौ (दिव्य शंख) प्रदध्मतुः (बजाए)।
यस पछि सेता घोडाहरु भएको ठूलो रथमा बसेका श्रीकृष्ण र अर्जुन दुवैले दिव्य शङ्खहरु बजाए ।।१४।।
पाञ्चजन्यं हृषीकेशो देवदत्तं धनञ्जय ः ।
पौण्ड्रं दध्मौ महाशङ्खं भीमकर्मा वृकोदर ः ।।१५।।
अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिरः ।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]पाञ्चजन्यम् हृषीकेशो (श्रीकृष्णले पाञ्चजन्य) देवदत्तम् धनञ्जयः (अर्जुनले देवदत्त) पौण्ड्रं महाशङ्खं (पौण्ड्र नामको महाशंख) भीमकर्मा (भयानक कर्म गर्ने) वृकोदरः (भीमसेन) दध्मौ (बजाए)
हृषीकेश– श्रीकृष्णले पाञ्चजन्य, धनञ्जय– अर्जुनले देवदत्त, उग्रकर्म गर्ने भीमसेनले पौण्ड्र नामक महाशङ्ख बजाए ।। १५ ।।
अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिरः ।
नकुलः सहदेवश्च सुघोषमणिपुष्पकौ ।। १६।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]कुन्तीपुत्रो (कुन्ती पुत्र) राजा युधिष्ठिरः (राजा युधिष्ठिरले) अनन्तविजयम् (अनन्त विजय) नकुलः (नकुल) सहदेवः च (र) (सहदेवले) सुघोषमणिपुष्पकौ (सुघोष र मणिपुष्पक नाम गरेका शंखहरु बजाए) ।
कुन्तीपुत्र राजा युधिष्ठिरले अनन्तविजय, नकुलले सुघोष र सहदेवले मणिपुष्पक नाम गरेको शङ्ख बजाए ।। १६ ।।
काश्यश्च परमेष्वास शिखण्डी च महारथः ।
धृष्टद्युम्नो विराटश्च सात्यकिश्चापराजिताः ।।१७।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]काश्यः च (तथा काशीराज) परम इष्वासः (ठूला धनु भएका) शिखण्डी च महारथः (तथा शिखण्डी महारथी) धृष्टद्युम्नः (धृष्टद्युम्न) विराटः च (तथा विराट) सात्यकिः च (तथा सात्यकी) अपराजिताः (अपराजित) ठूला धनुर्धारी—काशीराज, महारथी—शिखण्डी, धृष्टद्युम्न, राजा– विराट्, र अपराजित—सात्यकिले पनि शंख बजाए ।। १७ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]काश्यः च (तथा काशीराज) परम इष्वासः (ठूला धनु भएका) शिखण्डी च महारथः (तथा शिखण्डी महारथी) धृष्टद्युम्नः (धृष्टद्युम्न) विराटः च (तथा विराट) सात्यकिः च (तथा सात्यकी) अपराजिताः (अपराजित)
ठूला धनुर्धारी—काशीराज, महारथी—शिखण्डी, धृष्टद्युम्न, राजा– विराट्, र अपराजित—सात्यकिले पनि शंख बजाए ।। १७ ।।
द्रुपदो द्रौपदेयाश्च सर्वशः पृथिवीपते ।
सौभद्रश्च महाबाहुः शंखान्दध्मुः पृथक् पृथक् ।। १८।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]पृथिवीपते (हे महाराज) च (यस्तै) द्रुपदः (द्रुपद) द्रौपदेयः (द्रौपदीका पाँच पुत्रहरु) च (तथा) महाबाहुः (महाबाहु) सौभद्र ः (सुभद्रा पुत्र अभिमन्यु) सर्वशः (सबैले) पृथक् पृथक् (छुट्टा छुट्टै, आआफ्ना) शङ्खान् (शंखहरु) दध्मुः (बजाए) ।
हे महाराज, यस्तै राजा—द्रुपद, द्रौपदीका पाँच पुत्र, तथा महाबाहु अभिमन्यु सबै वीरहरुले छुट्टा छुट्टै आआफ्ना शङ्ख बजाएर आफू तयार भएको सूचना दिए ।। १८ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]कौरव सेनाको शङ्खघोष पछि पाण्डव सेनाले शङ्ख बजाएका छन् । यो के कुराको संकेत हो भने कौरव युद्धलाई तयारी अवस्थामा छन्, तर पाण्डवहरु अझै दोधारे छन्, सुरक्षात्मक युद्धमा छन् ।
कौरवले युद्ध घोषणाको शङ्ख बजाए पछि र पाण्डवहरुले त्यसको प्रत्युत्तर नदिएको देखेर पार्थसारथी श्रीकृष्णले रण स्वीकारसूचक शङ्ख बजाउनु भयो । सामान्यतः युद्धमा सेनापतिले रणसूचक शङ्ख बजाएपछि मात्र अरु सैन्यले शङ्ख बजाउँछन् । सारथीले सबभन्दा पहिले शङ्ख बजाउने चलन हुँदैन ।
श्रीकृष्णले शङ्ख बजाए पछि अर्जुन, भीम, युधिष्ठिर, नकुल, सहदेव र अन्य महारथीहरुले क्रमशः शङ्ख बजाए । प्रत्येकका शंखहरुको नाम यस प्रकार छ– श्रीकृष्णको शंख पाञ्चजन्य, अर्जुनको देवदत्त, भीमसेनको पौण्ड्र, युधिष्ठिरको अनन्तविजय, नकुलको सुघोष र सहदेवको मणिपुष्पक ।
अर्जुन र भीमले युद्धसूचक शङ्खध्वनि गरे पछि मात्र युधिष्ठिरले शङ्खध्वनि गर्नाले के कुरा बुझिन्छ भने युधिष्ठिरमा युद्ध लिप्सा र उन्माद छैन । अर्को शब्दमा अर्जुन र भीम युद्धलाई तयार भइसक्दा पनि युधिष्ठिर अनिर्णित जस्ता छन् ।
भगवान् श्रीकृष्णले शङ्ख बजाएपछि अरुले त्यसको अनुकरण गरे । यसबाट पाण्डवहरुका लागि श्रीकृष्ण केवल अर्जुनका रथ हाँक्ने सारथी मात्र होइनन्, पाण्डव सेनाको पूर्ण जिम्मेवारी लिने अभिभावक हो भन्ने बुझिन्छ ।
स घोषो धार्तराष्ट्राणां ह्दयानि व्यदारयत् ।
नभश्व पृथिवीं चैव तुमुलो व्यनुनादयन् ।। १९।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]सः घोषः (त्यस आवाजले) नभः च (आकाश र ) पृथिवीम् च एव (पृथ्वी पनि) तुमुलः (भयानक) व्यनुनादयन् (गुञ्जायमान भयो) धार्तराष्ट्राणाम् (धृतराष्ट्रका पुत्रहरुका) हृदयानि (हृदय) व्यदारयत् (विदीर्ण भयो, चिरियो) ।
शङ्खहरुको त्यस भयानक आवाजले आकाश, पृथ्वी सबै गुञ्जायमान भयो । त्यस आवाजले धृतराष्ट्रका सन्तानहरुको हृदय चिरियो ।।१९।।
व्याख्या
[सम्पादन गर्नुहोस्]कौरव पक्षको सेना ठूलो छ । सन्तान पनि १०० भार्ई छन् तर उनले बजाएको शङ्खध्वनि, ढोल मृदङ्ग आदि चर्को आवाजले पनि पाण्डवहरु प्रतिक्रियाविहीन छन् तर पाण्डव पक्षको शङ्खध्वनि जब सुरु भयो यी सबै कर्कश ध्वनिले दुर्योधनका भार्ईहरुको मुटु काँप्यो, हृदय छिया छिया भयो । हुन त, सञ्जयलाई दिव्य दृष्टि प्राप्त छ र उनले कौरवको मनोभाव थाहा पाएको हुनसक्छ, तर यो उनको अनुमान मात्र पनि हुनसक्छ किनभने उनलाई के लागेको छ भने पाण्डवहरु अन्यायमा परेका छन् ।
अथ व्यवस्थितान् दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वजः ।
प्रवृत्ते शस्त्रसंपाते धनुरुद्यम्य पाण्डवः ।। २०।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अथ (अब यस पछि) कपिध्वजः (कपिध्वज अर्जुनले) धार्तराष्ट्रान् (धृतराष्ट्रका पुत्रहरुलाई) व्यवस्थितान् दृष्ट्वा (युद्धका लागि जम्मा भएको देखेर) पाण्डवः (पाण्डवले) शस्त्रसंपाते (शस्त्र चलाउन) धनुः (धनु) उद्यम्य (उठाएर) प्रवृत्ते (तम्सिए) ।
अब यस पछि कपिध्वज अर्जुनले धृतराष्ट्रका पुत्रहरुलाई युद्धका लागि जम्मा भएको देखेर पाण्डव अर्जुनले पनि धनु उठाएर शस्त्र चलाउन तम्सिए ।। २० ।।
हृषीकेशं तदा वाक्यमिदमाह महीपते ।
अर्जुन उवाच
[सम्पादन गर्नुहोस्]सेनयोरुभयोर्मध्ये रथं स्थापय मेऽच्युत ।।२१।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]महीपते (हे महाराज) तदा (त्यस पछि) हृषीकेश् (हृषीकेश श्रीकृष्णलाई) इदम (यो) वाक्यम् (वाक्य) आह (भने)
अर्जुन उवाच (अर्जुनले भने)
अच्युत (हे अच्युत) उभयोः (दुवै) सेनयो ः (सेनाको) मध्ये (बीचमा) मे (मेरो) रथम् (रथ) स्थापय (अड्याउनुहोस्) ।। २१ ।।
हे महाराज, त्यस पछि अर्जुनले हृषीकेश श्रीकृष्णलाई यस प्रकारका वाक्य भने— हे अच्युत, दुवै सेनाको बीचमा मेरो रथलाई लगेर अड्याउनुहोस् ।।२१।।
व्याख्या
[सम्पादन गर्नुहोस्]यहाँ अर्जुनको एक विशेष नामले बोलाइएको छ– कपिध्वज । यस नामका पछाडि एउटा कथा छ । अर्जुनले मत्स्यवेध गरेर द्रौपदीलाई स्वयंवर गरेर ल्याउँदा कुन्तीले सबै भार्ईले बराबर बाँडिलिनु भन्ने आकस्मिक वचनको मान राख्न उनी पाँच भाईकी पत्नी बनिन् । यस बेला पाण्डव दाजु भाईबीचको एकता वैमनस्यमा रुपान्तरण नहोस् यसका लागि देवर्षि नारदको सुझाव अनुसार, पाण्डवहरुले एक नियम बनाए । यस अनुसार द्रौपदीसँग एक समयमा केवल एक जना पाण्डव साथ रहन्थे । सो समयमा महलमा अन्य भाईहरुको प्रवेश वर्जित थियो । यस निषेध समयमा अन्य गई हाले भने उसले स्वनिर्वासनमा बस्नु पर्ने नियम बनाएका थिए । सुरुमा युधिष्ठिरसंग रहने उनको समयावधि थियो । यस्तोमा, एक जना किसानले रुँदै अर्जुनसंग गुहार माग्यो– ‘दस्युहरुले मेरा सबै गाई लुटेर लगे, रक्षा गर्नु होस् ।’ तर अर्जुनका हतियार महल भित्रै थिए, जहाा द्रौपदी र युििधष्ठिर थिए । उनले महल भित्रबाट हतियार ल्याएर किसानको रक्षा गरे तर आफूले बनाएका नियम उल्लङ्घन पनि गरे, त्यसैले स्वनिर्वासनमा हिंडे । उनी घुम्दै रामेश्वरम् पुगे । त्यहाँ उनले वानरले बनाएको रामसेतु देखेर आश्चर्य मान्दै भने– ‘रामचन्द्र जस्ता धनुर्धारीले त बाणको पुल पो बनाउनु पर्थ्यो। असहाय वानरसंग पनि सहायता लिने ?’
रामलाई यसरी भनेको सुनेर साधु वेशमा रहेका हनुमानले असन्तुष्ट भएर सोधे– ‘के तिमीले त्यस्तो पुल बनाउन सक्छौ ?’
अर्जुनले गर्वसाथ भने– ‘किन नसक्नु ? ’ अनि उनले बाण हानेर तत्काल पुल बनाउन सुरु गरे ।
हनुमानलाई अर्जुनको यो घमण्ड मन परेन । त्यसैले हनुमानले बाणले पुल बनाउन अर्जुनले गरेको प्रयासलाई निष्फल बनाइदिए । निरन्तर असफल भए पछि अर्जुनले अपमानित अनुभव गर्दै आत्महत्या गर्न तयार भए ।
भगवान विष्णुले आफैं आएर अर्जुनलाई रोके । धनुर्धारी भएकोमा घमण्ड नगर्न सुझाव दिए । साथै हनुमानले पनि अन्यायपूर्वक असफल गराएकोमा उनीलाई अर्जुनका रथको ध्वजामा बसेर युद्ध अवधि भरी सुरक्षा दिन आदेश दिए । यसै कारण अर्जुनको एक नाम कपिध्वज हुन गएको हो ।
यावदेतान्निरीक्षेऽहं योद्धुकामानवस्थितान् ।
कैर्मया सह योद्धव्यमस्मिन् रणसमुद्यमे ।। २२ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]योद्धुकामान् (युद्धको इच्छाले) अवस्थितान् (जम्मा भएका) यावत् एतान् (यिनीहरु सबैलाई) निरीक्षे अहम् (मैले हेर्छु) कैः सह (को को सँग) मया (मैले) अस्मिन् (यस) रणसमुद्यमे (युद्ध संग्राममा) योद्धव्यम् (युद्ध गर्नु पर्नेछ) ।
युद्धको इच्छाले को को जम्मा भएका रहेछन् यिनीहरु सबलाई मैले हेर्छु – यहाँ युद्ध गर्न को को आएका छन् ? मैले यस संग्राममा को को माथि शस्त्र उठाउनु पर्ने छ ?२२।।
योत्स्यमानानवेक्षेऽहं य एतेऽत्र समागताः ।
धार्तराष्ट्रस्य दुर्बुद्धेर्युद्धे प्रियचिकीर्षव ः ।। २३ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अत्र (यहाँ) युद्धे (युद्धमा) समागताः (आएका) दुर्बुद्धे (दुर्बुद्धि) धार्तराष्ट्रस्य (धृतराष्ट्रको पुत्र, दुर्योधन) प्रियचिकीर्षव ः (प्रिय चाहने, कल्याण चाहने) यः एते योत्स्यमानान् (युद्ध गर्ने यी सबै लडाकुहरु) अहम् (मैले) अवेक्षे (हेर्छु) । यहाँ युद्धमा आएका दुर्बुद्धि दुर्योधन र त्यसको कल्याण चाहनेहरु यी सबै लडाकुहरुलाई मैले हेर्छु ।। २३ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]अर्जुनले युद्धलाई तयार भएका कौरव सेनालाई देखेर वीरतापूर्वक हातमा गाण्डीव धनु त उचाले तर विचार नगरीकन र कृष्णको सल्लाह नलिईकन अर्जुन केही पनि काम गर्दैनथे । त्यसैले पहिले विचार विमर्शका निम्ति कौरवपट्टिका योद्धाहरुलाई हेर्ने इच्छा गरे । अर्को कुरा जहिले जटिल परिस्थितिमा प्रत्येक बुद्धिमान मानिसले आफ्ना शुत्र र मित्रको पहिचान गर्न चाहन्छ । अर्जुन बाहेक अरुले यस बारेमा आफ्नो बुद्धि प्रयोग गरेनन् । अन्य सबै योद्धाहरु चाहे त्यो कौरव पक्षको होस् वा पाण्डव पक्षको, अरुका तर्क स्वीकार गरेर लड्न आए । तर अर्जुनले मात्र फरक तरीकाले सोचे – हिजोसम्मका वार्तामा जे भयो, भयो तर आज वास्तवमा दुश्मन भएर को को आएको छ, हेरुँ त ? अठारह अक्षौहिणी सेनाको बीचमा यस्तो विचार गर्ने केवल एक अर्जुन थिए । उनी युद्धलाई उत्सुक व्यक्तिको रुपमा देखा पर्दैनन् । तर दुर्योधन युद्ध पिपासु मात्र होइन दुर्बुद्धि पनि हो । अर्काको अंश खाने भएकोले दुर्योधन दुर्बुद्धि पनि हो ।
सञ्जय उवाच
[सम्पादन गर्नुहोस्]एवमुक्तो ह्षीकेषो गुडाकेशेन भारत ।
सेनयोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तमम् ।२४।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]सञ्जय उवाच (सञ्जयले भने)
एवम् (यस्तो) उक्तः (भनेपछि) हृषीकेषः (श्रीकृष्णले) गुडाकेशेन भारत (गुडाकेश अर्जुन) सेनयो ः उभयोः (दुवै सेनाको) मध्ये (बीचमा) रथ उत्तमम् (उत्तम रथ) स्थापयित्वा (अड्याउनु भयो) ।
सञ्जयले भने
हे महाराज, गुडाकेश अर्जुनले यस्तो भनेपछि श्रीकृष्णले दुवै सेनाको ठीक मध्यमा अर्जुनको उत्तम रथलाई लगेर अड्याउनु भयो ।। २४ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]गुडाकेश भारतको रथ उनका सारथी भगवान् श्रीकृष्णले दुवै सेनाको बीचमा जहाँ पितामह भीष्म र आचार्य द्रोण थिए, त्यहाँ लगेर अड्याउनु भयो ।
गुडाका र ईश मिलेर गुडाकेश बनेको छ । निद्रा र आलस्य दुवैलाई जितेकोले अर्जुनको एक नाम गुडाकेश पनि हो । अर्जुनको एक नाम भारत पनि हो । धेरै अघि यस वंशका पूर्वज भरत नामका राजा थिए उनको राज्य हिमालय देखि लिएर समुद्र पर्यन्त थियो, उनले राज गरेको क्षेत्रलाई शास्त्रहरुमा भारतवर्ष भनिएको छ । भारतको अर्थ हो भरत वंशका । राजा दुष्यन्त र मेनका पुत्री शकुन्तलाको सन्तान भरतले राज्य गरेको क्षेत्रलाई भारतवर्ष भनिन्छ र उनको वंशजलाई भरतवंशी वा भारत भनिन्छ। भरतवंशका भएकोले दुर्योधन युधिष्ठिर आदि अरुलाई पनि भारत सम्बोधन दिन सकिन्छ तथापि अर्जुनका नातिले भरतवंशको उत्तराधिकार प्राप्त गरेकोले अर्जुनलाई यो सम्बोधन सबभन्दा उपयुक्त छ ।
भीष्मद्रोणप्रमुखतः सर्वेषां च महीक्षिताम् ।
उवाच पार्थ पश्यैतान्समवेतान्कुरुनिति ।। २५ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]भीष्मद्रोण (भीष्म र द्रोणका) च (तथा) सर्वेषाम् (सबै) प्रमुखतः (अगाडी) महीक्षिताम् (राजाहरुका) इति (यस प्रकार) उवाच (भन्नु भयो) पार्थ (हे पार्थ) समवेतान् (जम्मा भएका) कुरुन् (कौरवहरुलाई) पश्यैतान् (हेर) ।
तथा भीष्म, द्रोण तथा सबै राजाहरुका अगाडि भगवान् श्रीकृष्णले यस्तो भन्नु भयो– हे पार्थ, युद्धका लागि जम्मा भएका यी कौरवहरुलाई हेर ।। २५ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]महाभारतको युद्ध एक युगान्तकारी युद्ध थियो । त्यसैले अन्तिम दर्शनको चाहना अर्जुनको थियो । निर्णायक युद्धको शत्रु को हो र मित्र को हो ? यो जान्ने इच्छा उनलाई भयो । तर यस अन्तिम दर्शनमा अर्जुनले के देख्छन् भने अर्जुनका लागि सर्वाधिक प्रिय पितामह भीष्म र सर्वाधिक सम्मानित आचार्य द्रोण सबभन्दा अगाडि उभिएका छन् । अर्जुनसँग युद्ध गर्नका लागि, मर्न मार्न भनेर । अरु पनि यस्तै मानिस छन् । यो अर्जुनका लागि अप्रत्याशित घटना हुन पुग्यो ।
पितामह भीष्म र आचार्यका अगाडि उभिएकोले सम्भवतः उनीहरुको स्नेह र माया सम्झना भयो । अनि अर्जुनको मन चञ्चल, अस्थिर र मोह ग्रस्त भयो । एकाएक अर्जुनलाई युद्धबाट विमुख हुन मन लाग्यो ।
तत्रापश्यत्स्थिान्पार्थः पितृनथ पितामहान् ।
आचार्यान्मातुलान्भ्रातृन्पुत्रान्पौत्रान्सखींस्तथा ।।२६।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]तत्र (त्यहाँ) पार्थः (अर्जुनले, पार्थले) अपश्यत् (देखे) पितृन् (काकाहरु) अथ (अनि) पितामहान् (पितामहहरु) आचार्यान् (आचार्यहरु) मातुलान् (मामाहरु) भ्रातृन् (दाजुभाईहरु) पुत्रान् (छोराहरु) पौत्रान् (नातिहरु) तथा (तथा) सखीन् (साथीहरु) स्थितान् (उभिएका छन्) ।
त्यहाँ पार्थले के देखे भने युद्धमा काकाहरु, अनि पितामहहरु, आचार्यहरु, मामाहरु, दाजुभाईहरु, छोरानातिहरु, तथा साथीहरु उभिएका छन् ।। २६।।
श्वशुरान् सुहृदश्चैव सेनयोरुभयोरपि ।
तान्समीक्ष्य स कौन्तेयः सर्वान्बन्धूनवस्थितान् ।। २७।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]च एव (त्यसै गरेर) सः (ती) कौन्तेयः (कौन्तेयले) समीक्ष्य (देखे) श्वशुरान् (ससुराहरु) सुहृदः (इष्ट मित्र, सुहृद्) सेनयोः उभयोः अपि (दुवै सेनामा) सर्वान् (सबै) बन्धून् (बन्धु बान्धवहरु) तान् (तिनीहरु) अवस्थितान् (जम्मा भएका छन्)।
त्यसै गरेर ती कौन्तेयले के देखे भने ससुराहरु, सुहृद् तथा इष्ट मित्रहरु, सबै बन्धु बान्धवहरु सब जम्मा भएका छन् ।। २७ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]युद्ध भूमिमा अरु सबैले हतियारधारी सैनिक र योद्धा देखेका छन् तर अर्जुनलाई बन्धुबान्धव देखिएका छन् । अस्त्रशस्त्र लिएका भूरिश्रवादिलाई काकाहरुको रुपमा देख्छन् । भीष्म र सोमदत्तलाई देख्दैनन् हजुरबुबा देख्छन्, द्रोण र कृप देख्दैनन् आचार्यवर्ग देख्छन् । शल्य र शकुनि देख्दैनन् मामाहरु देख्छन् । दुर्योधनादिलाई देख्दैनन् दाजुभाईहरु देख्छन् । लक्ष्मण (दुर्योधनको पुत्र) र वृषसेन (कर्णको पुत्र) आदि देख्दैनन् छोरानातिहरु देख्छन् । द्रुपदलाई देख्दैनन् ससुरालाई देख्छन् । यस्तै गरेर अन्य अश्वत्थामा, जयद्रथ, कृतवर्मा , भगदत्तादि देख्दैनन्, सहपाठी, सुहृ्द, र मित्रहरु देख्छन् । अर्जुनको हेर्ने दृष्टिकोणमा आकस्मिक परिवर्तन देखिएको छ र यसको प्रारम्भ भीष्म र द्रोणबाट भएको हो ।
यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने जसलाई अर्जुनले नातेदार देखे दुर्याधनले तिनीहरुलाई मर्न र मार्न तत्त्पर भएका सैनिक मात्र देख्यो । यसबाट अर्जुन युद्ध पिपासु होइनन् भन्ने स्पष्ट हुन्छ ।
शल्य माद्रीका भाई हुन् । उनी आफ्ना भाञ्जाहरु पाण्डवलाई सहयोग गर्न मद्रदेशबाट हिँडेका थिए । सेनाको एक टुकडीले बाटोमा शल्यको अत्यन्त सम्मान गरे। जसबाट प्रसन्न भएर उनले आफू तिनीहरुलाई नै सहयोग गर्न आएको भनी वचन दिए । पछि के थाहा हुन आयो भने त्यो सेना टुकडी दुर्योधनको थियो । त्यसैले शल्य दुर्योधनका सेनाको सेनापति कर्णका सारथी बने पनि पाण्डवहरुको विजय होस् भन्ने उनको चाहना रहन्थ्यो । त्यसैले उनले शल्यलाई निरन्तर हतोत्साहित गरीरहे ।
शकुनिको चरित्र महाभारतमा प्रसिद्ध छ, उनी गान्धारीका भाई हुन् । दुईपटक भएको जुवामा पाण्डवहरुलाई यिनैको कपट चालले हराएको हो ।
जयद्रथ दुर्योधनको जुवाईं भएकोले अर्जुनको नातेदार तथा इष्ट मित्र हुन पुग्यो ।
कृतवर्मा नारायणी सेनाका प्रमुख हुन् । नारायणी सेनालाई भगवान् कृष्णले दुर्योधनलाई सहयोगस्वरुप दिएर आफूले पाण्डवहरुलाई सहयोग गर्नु भएको थियो ।
नरकासुरको पुत्र भगदत्त अर्जुनको परममित्र तथा भगवान् कृष्णको शत्रु थियो । भगदत्त युद्धमा दुर्योधनका तर्फबाट लडेको थियो ।
कृपया परयाऽऽविष्टोविषीदन्निदमव्रवीत् ।
अर्जुन उवाच
[सम्पादन गर्नुहोस्]दृष्ट्वेमं स्वजनं कृष्ण, युयुत्सं समुपस्थितम् ।। २८ ।।
सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति ।
वेपथुश्च शरीरे मे रोमहर्षश्च जायते ।।२९।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]परया (अत्यधिक) कृपया (करुणाले) आविष्टः (आविष्ट भएर) विषीदन् (विषादग्रस्त, दुखी, खिन्न) इदम् (यो कुरा) अब्रवीत् (भने)
अर्जुन उवाच (अर्जुनले भने)
दृष्ट्वा (देखेर) इमम् (यी) स्वजनम् (स्वजन) कृष्णम् (हे कृष्ण) युयुत्सम् (युद्धको इच्छाले) समुपस्थितम् (उपस्थित)
मम (मेरा) गात्राणि (अंगहरु) सीदन्ति (शिथिल हुन्छ) च (तथा) मुखम् (मुख) परिशुष्यति (सुक्छ) च (तथा) मे (मेरो) शरीरे (शरीरमा) वेपथुः (थर्थर हुन्छ) रोमहर्षश्च (जिरिङ्ग, रोमाञ्च) जायते (हुन्छ) ।
(यस प्रकार दुवै सेनामा खडा भएका आफ्ना ती बन्धुवर्गलाई देखेर) अर्जुनलाई साह्रै करुणा लाग्यो र खिन्न भएर अर्जुनले भगवान् श्रीकृष्णलाई यस प्रकार भने–
हे कृष्ण, युद्ध गर्ने इच्छाले अगाडि उभिएका आफन्तीहरु देखेर मेरा अंग शिथिल हुन्छन् । मुख सुक्छ । शरीर थर्थर कामिरहेको छ । रोमाञ्च भइरहेको छ ।।२८–२९।।
गाण्डीवं स्रंसते हस्तात्त्वक्चैव परिदह्यते ।
न च शक्नोेम्यवस्थातुं भ्रमतीव च मे मनः ।।३०।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]गाण्डीवम् (गाण्डीव धनु) स्रंसते (खस्छ, सर्छ) हस्तात् (हातबाट) त्वक् च एव (तथा छाला) परिदह्यते (पोल्छ) अवस्थातुम् (उभिन) च न शक्नोमि (तथा सकिरहेको छैन) च (तथा) मे (मेरो) मनः (मन) भ्रमति इव (भ्रमित झैं, रिंगटा लागे जस्तो भएको छ ।
हातले गाण्डीव धनु समाउन सकिरहेको छैन (हात गलेका छन्) । छाला भत्भती पोल्छ। उचित तरीकाले उभिन सकिरहेको छैन । मन पनि बेहोश भई रिंगटा लागे जस्तो भएको छ ।।३०।।
व्याख्या
[सम्पादन गर्नुहोस्]दुवै सेनामा भएका आफ्ना ती बन्धुवर्गलाई देखेर अर्जुनलाई करुणा लाग्यो । युद्धमा उभिएका स्वजन देखे पछि अर्जुनलाई जिरिङ्ग भयो हात खुट्टा गले, मुख सुक्यो, मन अनियन्त्रित भयो ।
अज्ञानबाट उत्पन्न ममताजन्य चित्तको भाव यहाँ कृपा (करुणापूर्ण) शब्दले जनाइएको छ । चित्तमा उत्पन्न भएको विक्षेपले अर्जुनको मन र शरीर दुवैमा प्रतिक्रिया उत्पन्न हुन गयो ।
एउटा चीनियाँ नीतिकथा छ । एक जना किसानले बारीमा काम गर्दागर्दै कोदालो छोडेर केही कामले घर भित्र गयो । एक छिनपछि किसान बारीमा खन्न फर्क्यो । त्यहाँ कोदालो रहेनछ । वरिपरि हेर्यो । कतै छैन । कहाँ गयो ? यहीं राखेको थियो । छिमेकीको छोरो एक छिन अघि त्यहीं थियो । कहीं त्यसैले त लगेन ? पक्का लग्यो ।
एक छिन पछि छिमेकीको छोरो बाहिर निस्केर आयो । किसानले हेर्यो । बिलकुल चोर जस्तै आँखा छल्दै आएको देखियो । उसको हिंडाइ हेर्दा चोर जस्तै लाग्यो ।
ऊ त्यहाँ कसैसंग बोल्यो । बोल्दा पनि चोर जस्तै ।
तीन दिन पछि बारी सफाई गर्दा किसानले कोदालो त्यहीं कुनामा पातले ढाकिएको भेटायो । अब किसानले छिमेकीका छोराको मुख हेर्यो । सज्जन जस्तो । हिंडाइ पनि सज्जन, बोलाइ पनि सज्जन, हेराइ पनि सज्जन ।
मान्छेको मन जस्तो छ, त्यही देखिन्छ । यसलाई मनोविज्ञानमा जेस्टाल्टवाद भनिन्छ । यस अनुसार, मानिसको हेराई उसको मनोविज्ञानमा भर पर्छ ।
अर्जुनले भगवान श्रीकृष्णलाई भर्खरै सोधेका थिए– ‘मसंग युद्ध गर्न को को आएका छन्, हेरुँ ?’
अर्जुन त्यहाँ नातेदार स्वागत गर्न पुगेका थिएनन् । तर अचानक उनलाई मोह भयो । मोह भनेको जुन कुरा जसरी देख्नु पर्ने थियो त्यसरी नदेख्नु हो । अर्का शब्दमा यदि मानिसले यथार्थ र वैज्ञानिक विश्लेषण गर्न सक्दैन भने त्यसलाई मोह भएको भनिन्छ । अर्जुनको भनाईले पनि यो कुरा स्पष्ट हुन्छ– मेरो मन चञ्चल, अस्थिर भएको छ, मलाई भ्रम भइरहेको छ, उभिन सकिरहेको छैन, हतियार बोक्न सकिरहेको छैन । जीवनका अनेक परिस्थितिमा मानिसको मन अचानक परिवर्तन हुने गर्छ । अर्जुनलाई त्यही भयो ।
अर्जुनले भीष्म, द्रोण आदिलाई हतियार उठाएको यो नै प्रथम पटक होइन । गुप्तवासमा राजा विराटका गाईहरु खोसेर लिएर जाने भीष्म, द्रोण, कर्ण आदिलाई अर्जुनले वाण प्रहार गरेर लखेटेका थिए । त्यसबेला जसलाई नातेदार देखेनन्, अहिले नातेदार देख्न थाले ।
निमित्तानि च पश्यामि विपरीतानि केशव ।
न च श्रेयोऽनुपश्यामि हत्वा स्वजनमाहवे ।।३१।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]च (तथा) केशव (हे केशव) निमित्तानि (साइत, लक्षण) विपरीतानि (विपरीत, अशुभ) पश्यामि (देख्छु) च (त्यसैल आहवे (युद्धमा) स्वजनम् (स्वजन) हत्वा (मारेर) श्रेयः (कल्याण, भलो) न अनुपश्यामि (देख्दिन)।
तथा, हे केशव, मैले सबै लक्षणहरु पनि विपरीत देख्छु । यस कारण पनि युद्धमा स्वजनलाई मारेर मैले कल्याण देख्दिन ।। ३१ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]निमित्तको अर्थ यहाँ युद्धको साइत हो । अर्जुनले अब युद्धको साइतलाई आधार मानेर युद्धबाट बच्न चाहेका छन् । प्राचीन समयमा युद्धमा विजयी हुनका लागि शुभ साइतहरु पनि ध्यानमा राखिन्थ्यो । युद्ध शास्त्रमा युद्ध अभियानको क्रममा खुल्ला मौसम, हल्का हावा चल्नु, ग्रह नक्षत्रको उचित अवस्था, चराहरुले मीठो स्वरमा कराउनु, बाटोमा फूलहरु फुलेको हुनु इत्यादि युद्धका बाह्य साइत मानिएको छ भने शुभ अंग फर्फराउनु, मन प्रसन्न रहनु इत्यादि आन्तरिक साइत बताइएको छ । युद्ध शास्त्रको ज्ञाता भएकोले अर्जुनले युद्धका यस पक्षको चर्चा गरेका छन् । उनले बायाँ आँखा फर्फराउनु, मन अशान्त हुनु इत्यादिलाई आन्तरिक अशुभ साइत देख्न थालेका छन् । यद्यपि यी सबै लक्षण अर्जुनका पराजयको साइत थिएनन् । अशुभ सूचक पनि थिएनन् । अर्जुनको मनले विपरीत निर्णय गरे पछि उत्पन्न भएका लक्षण थिए । त्यसैले यसलाई साइतको रुपमा लिन मिल्ने थिएन । तर अर्जुनले भनिरहेका छन्– ‘साइत पनि विपरीत छ ।’ तर साथै के पनि भन्दै छन् भने मलाई विजय, राज्य, सुख भोग केही चाहिएन । उनको मनमा दुई विपरीत दिशामा बाँडिएको देखिन्छ ।
न काङ्क्षे विजयं कृष्ण, न च राज्यं सुखानि च ।
किं नो राज्येन गोविन्द, किं भोगैर्जीवितेन वा ।।३२।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]कृष्ण (हे कृष्ण) न काङ्क्षे (इच्छा छैन) विजयम् (विजयको) च राज्यम् (राज्यको पनि) न सुखानि च (तथा सुखको पनि चाहना छैन) गोविन्द (हे गोविन्द) नः (हामीलाई) राज्येन (राज्यले) किम् (के हुन्छ) भोगैः (भोगहरुले) वा (अथवा) जीवितेन (बाँचेर पनि) किम् (के हुन्छ) ?
हे कृष्ण, मैले यसरी प्राप्त हुने विजय, राज्य तथा सुख केही पनि चाहन्नँ । किनभने हे गोविन्द, हामीलाई राज्य प्राप्त भए के गरौंला ? भोगहरुले के हुन्छ ? अथवा बाँचेर पो के हुन्छ ?३२।।
व्याख्या
[सम्पादन गर्नुहोस्]अर्जुनले युद्धका साइत मात्र विपरीत देखि रहेका छैनन् । उनलाई युद्ध गर्ने इच्छा पनि छैन । तर साथै के पनि भन्दै छन् भने मलाई विजय, राज्य, सुख भोग केही चाहिएन । युद्धका साइत विपरीत छन् भन्नुको अर्थ हो यस्तो युद्धमा विजय शंकास्पद हुन्छ । युद्धको शुभ साइतको एक महत्त्वपूर्ण लक्षण हो युद्धको मानसिक तयारी । मनोवैज्ञानिक रुपमा युद्धका लागि तयार नभएको खण्डमा युद्धमा विजय हुने सम्भावना कम हुन्छ ।
येषामर्थे काङिक्षतं नो राज्यं भोगाः सुखानि च ।
त इमेऽवस्थिता युद्धे प्राणांस्त्यक्वा धनानि च ।।३३।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]येषाम् अर्थे (जसका लागि) काङ्क्षितम् (इच्छा गर्छौं) नः (हामीले) राज्यम् भोगाः सुखानि च (राज्य, भोग र सुख) ते इमे (तिनीहरु सबै) अवस्थिता ः (अवस्थित छन्) युद्धे (युद्धमा) प्राणान् (प्राण) त्यक्वा (त्यागेर) धनानि च (तथा धन) ।
जसका निम्ति हामीलाई राज्य, भोग, तथा सुखहरु चाहिएका छन् तिनीहरु सबै आआफ्नो ज्यान र धनको आशा छाडेर युद्ध गर्न तयार छन् ।। ३३ ।।
आचार्याः पितरः पुत्रास्तथैव च पितामहाः ।
मातुलाः श्वशुराः पौत्राः श्यालाः सम्बन्धिनस्तथा ।।३४।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]आचार्याः (आचार्यहरु, गुरुहरु) पितरः (काकाहरु) पुत्राः (छोरा भतिजाहरु) तथा (तथा) पितामहाः (पितामहहरु) मातुलाः (मामाहरु) श्वशुराः (ससुराहरु) पौत्राः (नातिहरु) श्यालाः (सालाहरु) तथा एव च (यस्तै गरेर) सम्बन्धिनः (नातेदार) ।
यस युद्धमा आचार्यहरु, काकाहरु, भतिजाहरु, तथा पितामहहरु, मामाहरु, ससुराहरु, नातिहरु, सालाहरु तथा यस्तै गरेर अरु नातासम्बन्धीहरु पनि छन् ।। ३४।।
व्याख्या
[सम्पादन गर्नुहोस्]परिवारसंग अत्यन्त संवेदनशील हुने व्यक्तिले अर्जुनका वाक्यको गहिराई अनुभव गर्न सक्छन् । त्यसैले होला विद्वानहरुले गीतालाई पाठ्य पुस्तक (टेक्स्ट बुक) होइन, अभ्यास पुस्तक (वर्क बुक) भनेका छन् ।
हामीले जसका लागि सुखको आकाङ्क्षा गर्छौं, ती सबैलाई हामीले आफ्नो परिवार भन्छौं । जसलाई केही दिनाले हाम्रो खुशी बढ्छ उनैलाई हामी इष्ट मित्र भन्छौं । जससंग दुख बाँडेर हलुका अनुभव गर्छौं उसलाई सम्बन्धी, नातेदार भन्छौं । सर्वाधिक खुशीको क्षणमा मानिसले सबभन्दा पहिले जुनसंग आफनो खुशी बाँड्न चाहन्छ, तिनीहरुलाई नै प्रियजन भनिन्छ । जसरी बाफ पानी हुनासाथ त्यसमा आफैं तौल उत्पन्न हुन्छ त्यसै गरी प्रियजन पासमा हुँदा सुख बढेर आउँछ । दुख भोग्दा प्रियजन पासमा छन् भने दुखको ताप स्वतः घट्छ ।
येषामर्थे काङ्क्षितं नो राज्यं भोगाः सुखानि च... मा अर्जुनले गहन परिवार मनोविज्ञान मात्र व्यक्त गरेका छैनन्, उनले युद्धको एक कुरुप विरोधाभास पनि प्रस्तुत गरेका छन् । हामीले जसका लागि धन सम्पत्ति जम्मा गर्न चाहन्छौं । त्यही धन सम्पत्ति खर्च गरेर उनै काका, भतिजा, बाजे, मामा आदि नातेदारहरु मर्न मार्न भनेर युद्धभूमिमा अगाडि उभिएका छन् । पुरुषार्थ नगरी धन आर्जन हुँदैन । मानिसले अनेक कष्ट भोगेर धन जम्मा गर्छन् । अनेक आवश्यकता त्याग गर्नु पर्छ । अनेक आवश्यकता असन्तुष्ट राख्नु पर्छ । अनि बल्ल आफ्ना प्रियजनका लागि धन जम्मा गर्न सकिन्छ । यसरीदुख काटेर जुटाइदिएको धन जसका लागि जम्मा गरिएको थियो, उसले सोही धनले हतियार किनेर मार्न अगाडि आएको छ । गहन पीडाको भाव अर्जुनको भनाईमा देखिन्छ ।
एतान्न हन्तुमिच्छामि घ्नतोऽपि मधुसूदन ।
अपि त्रैलोक्यराज्यस्य हेतोः किं नु महीकृते ।।३५।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]एतान् (यिनीहरुले) घ्नतः अपि (मलाई मारे पनि) हन्तुम् (मारुन्) मधुसूदन (हे मधुसूदन) त्रैलोक्यराज्यस्य (तीन लोक, स्वर्ग, मत्र्य, र पातालको राज्यका) हेतोः (लागि) अपि (पनि) न इच्छामि (इच्छा छैन) महीकृते (पृथ्वीका लागि) किम् नु (के भन्नु) ?
यिनीहरु मलाई मार्दछन् भने पनि मारुन्, तर हे मधुसूदन, म पृथ्वीको त के कुरा तीनलोक अर्थात् स्वर्ग, मत्र्य, र पातालको राज्य पाए पनि आफ्ना बन्धुबान्धवलाई मार्न चाहन्न ।। ३५ ।।
निहत्य धार्तराष्ट्रान्नः का प्रीतिः स्याज्जनार्दन ।
पापमेवाश्रयेदस्मान्हत्वैतानाततायिनः ।।३६।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]जनार्दन (हे जनार्दन) एतान् (यी) धार्तराष्ट्रान् (धृतराष्ट्रका पुत्र, कौरवलाई) निहत्य (मारेर) नः (हामीलाई) का (के, किन) प्रीतिः (सुख) स्यात् (हुनेछ) आततायिनः (आततायीहरुलाई) हत्वा (मारेर) अस्मान् (हामीलाई) पापम् एव (पाप मात्रै) आश्रयेत् (लाग्ने छ)।
हे जनार्दन, कौरवहरुलाई मारेर हामीलाई के आनन्द होला ? तथापि यी अत्याचारीहरुलाई माररयौं भने हामीलाई त केवल पाप लाग्ने छ ।।३६।।
तस्मान्नार्हा वयं हन्तुं धार्तराष्ट्रान्स्वबान्धवान् ।
स्वजनं हि कथं हत्वा सुखिनः स्याम् माधव ।। ३७।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]तस्मात् (त्यसैले) धार्तराष्ट्रान् (धृतराष्ट्रका पुत्र) स्वबान्धवान् (आफ्ना बन्धुहरु) हन्तुम् (हत्या गर्न) न अर्हा (योग्य छैन) हि (किनभने) माधव (हे माधव) वयम् (हामी) स्वजनम् (आत्मीय जनलाई) हत्वा (मारेर) कथम् (कसरी) सुखिनः (सुखी) स्याम् (हुनेछौं) ।
त्यसैले हामीले आफ्ना बन्धु धृतराष्ट्रका पुत्र मार्नु योग्य छैन किनभने हे माधव, आत्मीयजनलाई नै मारे पछि हामी कसरी सुखी हुन्छौं ?३७।।
व्याख्या
[सम्पादन गर्नुहोस्]यसरी उनको मन दुई विपरीत दिशामा बाँडिएको देखिन्छ । उनले परस्पर विपरीत कुरा गरिरहेका छन् । अर्जुनको मनमा अत्यन्त विरोधाभासी र विपरीत विचार प्रवाहित भइरहेका छन् । अर्जुनको अर्थ हो अऋजु अर्थात् जटिल, टेढो । जसको मन अत्यन्त टेढो छ । आधा मनले उनीहरुलाई अत्याचारी देखेको छ भने आधा मनले आचार्य, पितामह, काका जस्तो मायालु देखेको छ । अर्जुनलाई के निश्चय पनि छ भने उनी गाण्डीव धनु लिएर युद्धमा अगाडि बढेपछि उनले सबैलाई मार्न सक्छन् । साथै उनीहरुले नै मारुन् पनि भनेका छन् । तिनीहरुलाई मारेर स्वर्ग पाए पनि निरर्थक छ । तिनीहरु अत्याचारी छन्, तिनीहरु प्रियजन हुन् । उनीलाई मारेर हामी कसरी सुखी हुन सक्छौं ?
प्रत्येक मानिसको मन अर्जुन हुन्छ । विपरीत कुरा सोच्ने । अझ अर्जुन बहादुर मात्र छैनन् बुद्धिमान पनि छन् । अर्जुन शस्त्र, शास्त्र र संगीतका ज्ञाता थिए । त्यसैले उनको मनोविज्ञान अझ जटिल छ । उनले जुन जुन कुराको ज्ञान लिए ती सबैलाई व्यवहारमा ल्याएका छन् । उनले गुरु द्रोणसँग सिकेको धनुर्विद्या, इन्द्रको दरबारमा सिकेको गन्धर्व विद्या सबैलाई व्यवहारमा ल्याएका छन् ।
यद्यप्येते नपश्यन्ति लोभोपहत चेतसः ।
कुलक्षयकृतं दोषं मित्रद्रोहे च पातकम् ।।३८।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यद्यपि (हुन त) एते (यिनीहरुले) लोभः (लोभले) चेतसः (चित्त) अपहत (वशमा परेको छ) कुलक्षयकृत् (कुलनाशको) दोषम् (दोष) च (तथा) मित्रद्रोहे (मित्रद्रोहको) पातकम् (पाप, नीच काम) न पश्यन्ति (देख्दैनन्) ।
हुन त, यिनीहरुको चित्त लोभको वशमा परेको छ र त्यसैले उनीहरुले कुलनाश र मित्र द्रोहको पाप देख्दैनन् ।। ३८ ।।
कथं न ज्ञेयमस्माभिः पापादस्मान्निवर्तितुम् ।
कुलक्षय कृतं दोषं प्रपश्यद्भिर्जनार्दन ।।३९।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]जनार्दन् (हे जनार्दन) कुलक्षयकृतम् (कुलनाशको) दोषम् (दोष) प्रपश्यद्भिः (देखर जानेर पनि) अस्मान् (हामी) पापात् (पापबाट) निवर्तितुम् (मुक्त हुनु पर्छ) अस्माभिः (हामीले) कथम (किन) न ज्ञेयम् (नबुझ्ने) ?
तर हे जनार्दन, कुलनाशको यो दोष राम्ररी देखेर जानेर पनि यस पापबाट मुक्त हुनु पर्छ भन्ने कुरा हामीले किन नबुझ्ने ? के यस पापबाट मुक्त हुने प्रयास हामीले गर्नु पर्दैन ? ३९ ।।
कुलक्षय प्रणश्यन्ति कुलधर्माः सनातनाः ।
धर्मे नष्टे कुलं कृत्स्नमधर्मोऽभिभवत्युत ।।४०।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]कुलक्षय (कुल नाश भएपछि) सनातनाः (सनातनदेखि चलिआएका) कुलधर्माः (कुलधर्म) प्रणश्यन्ति (नाश हुन्छन्) उत (अनि) धर्मे नष्टे (कुलधर्म नष्ट भए पछि) कृत्स्नम् कुलम् (समस्त कुललाई) अधर्मः (अधर्मले, पापले) अभिभवति (राम्ररी ढाक्छ) ।
किनभने कुलको नाश भएपछि सनातन कुलधर्म नाश हुन्छन्, अनि कुलधर्म नष्ट भए पछि समस्त कुललाई अधर्मले ढाक्छ ।।४०।।
व्याख्या
[सम्पादन गर्नुहोस्]कुलघात वा जाति हत्यालाई शास्त्रहरुमा ठूलो दोष मानिएको छ । दोस्रो युद्धमा हिटलरलाई लागेको मुख्य दोष नै जाति हत्या हो । अर्जुनले पनि यहाँ जाति नाशको गम्भीर कुरा उठाएका छन् । अर्जुनले भनेका छन्– ‘कुल क्षय हुँदा कुलको मान्यता, सभ्यता, संस्कृति, धर्म सबै नष्ट हुन्छन् ।’
सभ्यता, धर्म, र संस्कृति नाश भए पछि बाँकी रहेका व्यक्तिहरु पनि निर्जीव जस्ता हुन पुग्छन् । व्यक्ति र समाजको जीवन्तता उसको सभ्यता र संस्कृतिमा हुन्छ । जुन समाजले आफ्नो सभ्यता, संस्कृति सुरक्षा गर्न सक्दैन उसका र उसका सन्ततिको भविष्य पनि अन्धकारमय हुन जान्छ ।
अधर्माभिभवात्कृष्ण प्रदूष्यन्ति कुलस्त्रियः ।
स्त्रीषु दुष्टासु वाष्र्णेय जायते वर्णसंकरः ।।४१।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]कृष्ण (हे कृष्ण) अधर्म (अधर्म, पाप) अभिभवात् (भए पछि, फैलिए पछि) प्रदूष्यन्ति (दूषित हुन्छन्) कुलस्त्रियः (कुल स्त्रीहरु) स्त्रीषु (स्त्रीहरु) दुष्टासु (दूषित भए पछि, बिग्रिए पछि) वाष्र्णेय (हे वाष्र्णेय) वर्णसंकरः (वर्णसंकर) जायते (सन्तान जन्मन्छन्) ।
हे कृष्ण, अधर्म फैलिएपछि कुल स्त्रीहरु दूषित हुन्छन् । हे वाष्र्णेय, स्त्रीहरु दूषित भए पछि वर्णसंकर सन्तान जन्मन्छन् ।।४१।।
व्याख्या
[सम्पादन गर्नुहोस्]वृष्णि वंशमा जन्म भएकोले कृष्णको एउटा नाम वाष्र्णेय पनि हो । अर्जुनले त्यही नाम सम्बोधित गर्दै भनेका छन्– ‘हे वाष्र्णेय, कुलमा अधर्म फैलिए पछि कुलीन स्त्रीवर्गमा पनि स्वाभावजन्य उच्छृङ्खलता आउँछ र परिवारमा जुन क्रमबद्धता थियो त्यहाँ एक क्रमभङ्ग उत्पन्न हुन्छ ।’
युद्धमा स्त्री माथि गरिने अत्याचार बाहेक युद्ध समाप्तिमा काम संरचना असन्तुलित भएको कारणले पनि संकर सन्तानमा वृद्धि हुन्छ । जसलाई जहाँ र जसरी सन्तान उत्पादन गर्नु भनेर कुल, समाज र परम्पराले निर्धारित गरेको छ, त्यो नभई अन्यथा हुन जान्छ । यो नै संकरता हो । स्त्री र पुरुषको चरित्रमा आएको यस प्रदूषणले परिवार र त्यसको संरचना पनि दूषित हुन्छ । त्यसैले स्त्रीषु दुष्टाषु, यो एक द्विमार्गी कथन हो किनभने पुरुष दूषित नभई स्त्री मात्र दूषित हुँदैनन् । तथापि यसको दुष्प्रभाव स्त्रीहरुले झेल्नु पर्छ ।
संकर सन्तान जन्मनाले परिवार संरचना दूषित हुन्छ अनि समाज नै दूषित हुन जान्छ । समाजमा विकृति आएपछि कुलमा चलिआएका संस्कृति परम्परा सबैको नाश हुन्छ । अनि समाज अधर्मले ग्रसित हुन्छ । अधर्म अर्थात् शास्त्रले जे जे कुरा निषेध गरेको थियो, कुल परम्परामा जे कुरा निषेध थियो त्यो एक वास्तविकता भइदिन्छ । त्यसैलाई अर्जुनले अधर्म भनेका छन् । निषेधलाई स्वीकार गर्नु अर्जुनको दृष्टिमा अधर्म हो ।
संकरो नरकायैव कुलघ्नानां कुलस्य च ।
पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रियाः ।।४२।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]संकर ः (वर्णसंकर) नरकाय एव (नरक नै हो) कुलघ्नानाम् (कुलघातीहरुको) कुलस्य (कुलको) च (तथा) हि (किनभने) एषाम् (यी मानिसहरुका) पिण्ड (पिण्ड) उदकक्रियाः (तर्पण क्रिया) लुप्त (लोप हुनाले) पितरः (पितृहहरु) पतन्ति (नरकमा खस्छन्) ।
वर्णसंकर सन्तानले कुलघातीहरुलाई र सम्पूर्ण कुललाई निश्चित रुपमा नरकमा लैजान्छन् । पिण्डदान र तर्पण क्रिया लुप्त हुनाले तिनीहरुका पितृहरु पनि नरकमा खस्छन् ।। ४२ ।।
व्याख्या
[सम्पादन गर्नुहोस्]अधर्मको एउटा उदाहरण दिँदै अर्जुनले पिण्ड र जलको क्रिया लोप हुनुलाई अशुभ मान्दै यसले अधर्म बढाउने तर्क गरेका छन् । यसले अर्जुनको समयमा पिण्ड र तर्पणका क्रियाहरु मुक्तिका लागि मात्र नभएर कुलको जीवन्तताका समेत महत्त्वपूर्ण रहेको स्पष्ट हुन्छ । यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने अर्जुनले शास्त्रको आधारमा आफ्नो कृत्य जाँचेका छैनन् बरु आफूले एउटा निर्णय लिए पछि त्यसलाई पुष्टि गर्न शास्त्रको सहारा लिएका छन् । त्यसैले अर्जुनका कुरा सत्य भए पनि प्रासंगिक छैनन् ।
दोषैरेतैः कुलघ्नानां वर्णसङ्रकारकैः ।
उत्साद्यन्ते जातिधर्माः कुलधर्माश्च शाश्वतः ।।४३।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]कुलघ्नानाम् (कुलघाती) एतैः (यिनै) वर्णसङ्करकारकैः (वर्ण संकरकारक) दोषैः (दोषले) शाश्वतः (सनातन) जातिधर्माः (जाति धर्म) च (र) कुलधर्माः (कुलधर्म) उत्साद्यन्ते (समूल नष्ट हुन्छन्) ।।४३ ।।
कुलघाती यिनै वर्ण संकरकारक दोषहरुले सनातन जातिधर्म र कुलधर्म पनि समूल नष्ट हुन्छन् ।।४३।।
उत्सन्न कुलधर्माणां मनुष्याणां जनार्दन ।
नरकेद्रनियतं वासो भवतीत्यनुशुश्रम् ।। ४४।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]जनार्दन (हे जनार्दन्) उत्सन्न (नाश भएका) कुलधर्माणाम् (कुलधर्म) मनुष्याणाम् (मानिसहरुको) नरके (नरकमा) अनियतम् (अनिश्चितकालसम्म) वासः (वास) भवति (हुन्छ) इति अनुशुश्रम् (यस्तो सुनका छौं)।
हे जनार्दन, कुलधर्म नाश भएका मनुष्यहरुको धेरै कालसम्म नरकमा बास हुन्छ भन्ने कुरा गुरु पूर्वजहरुका मुखबाट हामीले सुनेका छौं ।।४४।।
व्याख्या
[सम्पादन गर्नुहोस्]कुलधर्म कसरी नाश हुन्छ सो कुरा अर्जुनले व्याख्या गरिरहेका छन् । युद्धमा भाग लिने युवकहरु नै हुन्छन् जुन राष्ट्रको मुख्य पूँजी हो । यी सबै मरे पछि वृद्ध, बालक र विधवाहरु मात्र शेष हुन्छन् । केवल असहायहरुबाट राष्ट्रको रक्षा हुन सक्तैन । फलस्वरुप राष्ट्रीय सभ्यता, जातीय संस्कृति तथा कुलबाट देश हीन दशामा पुग्दछ । जातीय संस्कृति नष्ट भएपछि जातिकै समूल नाश हुन्छ । चलिआएको सदाचार लोप भएपछि कुलमा उच्छृङ्खलता फैलिन्छ र कुलको पतन हुन्छ । यस प्रकार आफ्नो राष्ट्रीय सभ्यता, जातीय संस्कृति, कुल परम्पराका सदाचार तथा आफ्नो पूर्व इतिहासमा गौरव मान्ने कोही पनि हुँदैन । भविष्यमा युवक हुने बालकहरु पनि शुभ संस्कार नपाएपछि सभ्यताहीन हुन जान्छन् । अनि त उनीहरु हाम्रा सन्तान भनिन लायक पनि रहने छैनन् । विधवाको संख्या पनि धेरै भए पछि तिनीहरुको रक्षक र शिक्षकको समेत अभाव हुन जान्छ । जसले गर्दा उनीहरुमा स्वाभावगत दोषहरु उत्पन्न हुन्छन् । अन्ततोगत्वा कुलमा वर्णसंकर सन्तान उत्पन्न हुन्छन् । यसरी कुलमा रक्तसंकरता भएपछि कुलको शुद्धता, परम्परागत सदाचार, र वैदिक सभ्यता आदि सबै नष्ट हुनेछन् । राज्य सुखका निम्ति यत्रो महान् अनर्थ गर्नु साह्रै अनुचित हो । यही भविष्यको भीषण चित्रलाई देखेर अर्जुन अत्यन्तै व्याकुल भए । युद्धका परिणामको चिन्ता हो यो ।
निर्दोषहरुको मृत्यु बाहेक युद्धको अर्को पीडादायक पक्ष हो महिलाहरुको अपमान । युद्धमा नारी र बालबालिका सारै प्रताडित र अपमानित हुन जान्छन् । द्वितीय विश्व युद्धमा यौन दासी बनाइएकाहरुले त्यस बसेलाका पीडादायक दिनहरुको सम्झना गर्छन् । महाभारतको युद्ध, जुन निश्चित नियम बनाएर लडिएको थियो, त्यसमा त महिलाहरु दूषित हुने आशंका गरिएको छ भने ती युद्धहरु जसमा कुनै नियम छैन, झुक्याएर हमला गरिन्छ, मानवरहित अस्त्र शस्त्र प्रयोग गरिन्छ, त्यसमा त अन्याय र अधर्मको लेखा जोखा नै हुने भएन । न्याय र धर्ममा बाँच्नु स्वर्गवास हो तर अन्याय र अधर्मका बीच बाँच्नु नर्कवास हो ।
अहो वत् महत्पापं कर्तुंव्यवसिता वयम् ।
यद्राज्यसुखलोभेन हन्तुं स्वजनमुद्यताः ।।४५।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अहो (दुख, आश्चर्य, क्षोभको अभव्यिक्ति) वत् (धिक्कार) वयम् (हामीले) महत् पापम् (ठूलो पापको) कर्तुम् व्यवसिता (उद्यम गरेका छौं) यत् (किनभने) राज्यसुखलोभेन (राज्य सुखको लोभले) हन्तु (मार्न) स्वजनम् (आफ्नै परिवारका मानिसहरु) उद्यताः (उद्यत छौं, तम्सिएका छौं) ।
अहो, धिक्कार छ, जान्दाजान्दै पनि राज्य र सुखका लोभले स्वजनहरुलाई मार्न तम्सिएका छौं । धिक्कार छ, हामीले ठूलो पापको उद्यम गरेका छौंैं ।।४५।।
यदि मामप्रतीकारमशस्त्रं शस्त्रपाणयः ।
धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत् ।।४६।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यदि (यदि) अप्रतीकारम् (प्रतिकार, बचावट नगर्ने) अशस्त्रम् (शस्त्रहीन) माम् (मलाई) शस्त्रपाणयः (हातमा शस्त्र लिएका) धार्तराष्ट्रा (धृतराष्ट्रका पुत्र, कौरव) रणे (रणमा, युद्धमा) हन्युः (मारुन्) तत् (त्यो) मे (मेरालागि) क्षेमतरम् (बढी कल्याणकारी) भवेत् (हुनेछ) ।
कुनै प्रतिकार नगरी बसेको, हतियार नभएको मलाई यदि हातमा शस्त्र लिएका कौरवहरुले आएर मारे भने त्यसरी युद्धमा मर्नु मेरालागि बरु कल्याणकारी हुनेछ ।।४६।।
व्याख्या
[सम्पादन गर्नुहोस्]जुनसुकै युद्ध निर्मम हुन्छ । त्यसको परिणाम अकल्पनीय हुन्छ । द्वितीय विश्वयुद्धमा मित्र सेनालाई अक्षीय शक्तिका सेनाले नराम्ररी पराजित गर्न थाले । यसपछि आइन्स्टाइनले राष्ट्रपति रुजवेल्टलाई परमाणु बम बनाउने सल्लाह दिए किनभने हिटलरले बम बनाउने प्रयोग गर्दै थियो र ऊ सफल भएमा जर्मन विश्वविजेता हुने थियो । तर अमेरिका परमाणु बम बनाउन सफल भयो । हिरोशिमा र नागासाकीमा परमाणु बम खसालिसके पछिको दृश्य आइन्स्टाइनले देखे, खबर उनले पढे । हजारौं मानिस विस्फोटमा मरे । हजारौं जीवित जलिरहेका थिए । घाइते मानिस रोइरहेका थिए कराइरहेका थिए । यो पछुतो आइन्सटाइनलाई जीवनभर भयो । उनले मर्ने समयमा भने– ‘बरु सिकर्मी भएर जन्मन पाउँ तर वैज्ञानिक भएर अब मेरो जन्म नहोस् ।’ विश्व युद्धमा खसालिएको परमाणु बमको प्रभाव जापानमा आजसम्म जन्मने बालकहरुमा पर्दैछ भनिन्छ । जबकि त्यस युद्धसंग वर्तमान पुस्तालाई केही लिनु दिनु छैन ।
प्रथम विश्व युद्धमा नौ करोड जनसङ्ख्या सखाप भयो । मर्नेहरु सबै सैनिक मात्र थिएनन् । घाइते भएका तथा युद्धजनित भोकमरी, रोग र यस्तै अन्य कारणले मृत्यु भएका र हराएका मानिसको संख्या लाखौं छ । द्वितीय विश्वयुद्धमा पनि छ देखि नौ करोडको मृत्यु भएको थियो । बेपत्ता र घाइतेको संख्या यसभन्दा कैयौं गुना बढी छ ।
जनसंख्याशास्त्री माल्थसले जनसङ्ख्यालाई छिटो घटाउने प्राकृतिक कारणहरुमा भोकमरी, बाढी–भुईंचालो र रोगव्याधिका साथमा युद्धलाई पनि समावेश गरेका छन् । युद्ध मानवीय कारणले उत्पन्न हुन्छ तर त्यसलाई प्राकृतिक भनिन्छ किनभने युद्धको प्रारम्भ मानिसको हातमा छ । मेलमिलाप मानिसको हातमा हुन्छ । तर युद्ध सुरु भइसके पछि जीत–हारको परिणाम मानिसको हातमा हुँदैन । कसले जित्छ त्यो पनि भन्न सकिंदैन । द्वितीय विश्व युद्धमा हार पनि हुन सक्छ भन्ने कुरा सोचेको भए हिटलरले युद्ध घोषणा गर्ने थिएन । युद्धको मानसिकता एक यस्तो रोग हो, जसको ओखती मानिससंग छैन । युद्ध नचाहनेहरु पनि लड्न बाध्य हुन्छन् ।
यस्तो निराशाजनक परिणाम दिने युद्धमा सहभागी हुन आएकोमा अर्जुन आफैंले आफैंलाई धिक्कार गर्छन् । यति मात्र होइन हतियारविहीन भएको समयमा धृतराष्ट्रका पुत्रहरुले मारिदिउन् भन्ने कामना पनि गर्न थाल्छन् ।
सञ्जय उवाच
[सम्पादन गर्नुहोस्]
एवमुक्त्वार्जुनः संख्ये रथोपस्थ उपाशिवत् ।
विसृज्य सशरं चापं शोकसंविग्नमानसः ।।४७।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]सञ्जय उवाच (सञ्जयले भने)
एवम (यस प्रकार) उक्त्वा (भनेर) अर्जुनः (अर्जुन) सङ्ख्ये (युद्ध भूमिमा) सशरम् चापम् (बाणसहतिको धनु) विसृज्य (छोडेर, फालेर) शोकसंविग्नमानसः (शोकले व्याकुल, शोकाकुल चित्त) रथ (रथको) उपस्थ (पछाडि, भित्र पट्टी) उपाशिवत् (बसे) ।
सञ्जयले भने
युद्ध भूमिमा भगवान् श्रीकृष्णलाई यस प्रकारका कुरा भनेर हातको बाण सहतिको धनुष फालेर शोकले व्याकुल चित्त भएका अर्जुन रथका पछाडि गएर बसे ।।४७।।
व्याख्या
[सम्पादन गर्नुहोस्]कर्तव्य र अकर्तव्यको निर्णय गर्न नसकी व्याकुल भएर अत्यन्त दुविधायुक्त भइ तीव्र मानसिक तनावको कारणले उत्पन्न थकानले गर्दा उभिन नसकी रथको भत्रिी भागमा गएर थचक्क बसे ।
कर्तव्यको त्याग, त्याग होइन, निष्क्रियता हो, सतोगुणी होइन, तमोगुणी कार्य हो । अर्जुनको अहिले यही हाल छ । शोक, मोह, कृपा अथवा करुणा मनका धर्म हुन् । यिनको वेग ज्यादा भए पछि मानसिक शक्ति दुर्बल हुन्छ । अनि यसको प्रभाव शरीरका रक्तवाही नाडीमा पर्दछ अनि तुरुन्तै अङ्गप्रत्यङ्गका प्रत्येक अणुको ओजशक्ति नष्ट हुन्छ । मनको कठिन समस्या हल गर्न नसकेर यदि यो अवस्था धेरै दिनसम्म रह्यो भने मनुष्य हिस्टीरिया जस्तो डरलाग्दो मानसिक रोगको शिकार हुन्छ । मृत्यु पनि हुन सक्छ ।
शरीर शिथिल हुनु, मुख सुक्नु, कम्प हुनु, रोमाञ्च हुनु, मन भ्रान्त हुनु इत्यादि मूच्र्छाका पूर्वरुप प्रबल मनोविकारका लक्षण हुन् । यसरी मोहजनित निर्णय व्यक्तिगत रुपमा पनि हानिकारक हुन्छ ।
चित्तको अवस्था बिग्रने बित्तिकै शरीरमा मनको सम्पूर्ण नियन्त्रण ढीला हुन्छ, त्यसकारण चित्तलाई चारैतिरबाट रक्षा गर्नुपर्दछ । चित्त स्वस्थ भएपछि मात्र कर्तव्य र अकर्तव्यलाई प्रकाश गर्ने व्यवसायात्मिका बुद्धि अर्थात् स्थिर बुद्धिको उदय हुन्छ ।
अर्जुनको विचार ठीक छ तापनि यो महायुद्ध अनिवार्य छ । अनेकौं दृष्ट अदृष्ट कारणहरुबाट भएको हुनाले केवल अर्जुन एउटाले युद्धभूमि त्याग्दैमा युद्ध रोकिने छैन। सैकडौं सन्धिका चर्चाहरु निष्फल भैसकेका छन् । आधा राज्य र पाँच गाउँ मात्र होइन, सियोको टुप्पो जतिको अधिकार पनि बिना युद्ध नपाइने भइसकेको छ । अब अर्जुनले युद्ध नगर्नु भनेको अन्यायका अगाडि आत्म समर्पण गर्नु हो । भगवत् कृपाले अर्जुनलाई निमित्त बनाएर धर्मनीतिकै आधारमा युद्ध गर्नु अनिवार्य छ । तर धर्मको सूक्ष्म गति र कर्मको गहन तत्त्व अहिले अर्जुनले बुझेका छैनन् किनभने उनीलाई मोह भएको छ ।
ॐ तत्सत् इति श्रीमद्भगवद्गीतासूपनिषत्सु बह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे अर्जुनविषादयोगो नाम प्रथमोऽध्यायः।।
यस्ता प्रकारले श्रीमद्भागवद्गीता रुपी उपनिषद्मा ब्रह्मविद्या अन्तर्गतको योगशास्त्रमा श्रीकृष्ण–अर्जुन संवाद अन्तर्गतको अर्जुनविषाद योग नाम गरेको पहिलो अध्याय समाप्त भयो ।
पुष्पिका
[सम्पादन गर्नुहोस्]श्रीमद्भगवद्गीताको प्रत्येक अध्यायको अन्तमा लेखिएको वाक्यलाई पुष्पिका वा पुष्पाञ्जलि भनिन्छ । यस पुष्पिकामा गीताको नाम, अध्यायको नाम र अध्याय संख्या यति कुरा समेटिएको छ । उदाहरणका लागि पहिलो अध्यायको पुष्पिकामा निम्नलिखित कुराहरु उल्लेख गरिएको छ–
१. ॐ तत् सत् इति
२. श्रीमद्भगवद्गीता
३. सु–उपनिषद्
४. ब्रह्मविद्यायाम्
५. योगशास्त्रे
६. श्रीकृष्णार्जुनसंवाद
७. अर्जुनविषाद योग, प्रथम अध्याय (अध्यायको नाम र सङ्ख्या)
अध्यायको नाम र संख्या बाहेक अन्य छ कुराहरु यथावत छन् । त्यसमध्ये श्रीमद्भगवद्गीता, उपनिषद्, ब्रह्मविद्या, योगशास्त्र तथा श्रीकृष्णार्जुन संवाद यी पाँच गीताका नाम हुन् ।
१. ॐ तत् सत् इति । ॐ, तत्, र सत् यति तीन प्रकारको नामले ब्रह्मको स्मृति हुन्छ । ॐ निराकार ईश्वरका लागि प्रयोग गरिने संकेत हो । तत् सत्...भने पछि आफूले ईश्वर समर्पणका लागि गरेको हरेक कृत्यमा रहेको कमी पूरा हुनजान्छ । माङ्गलिक कार्यमा यसको प्रयोगले शुभकार्यको फल प्रभावकारी हुन्छ भन्ने मानिन्छ ।
इतिको अर्थ हुन्छ समाप्त भयो ।
२. श्रीमद्भगवद्गीता । श्रीमद्को अर्थ हो ऐश्वर्ययुक्त । सम्मानपूर्वक नाम लिनका लागि श्री सहित उच्चारण गर्नु पर्छ । गीता ग्रन्थलाई पनि सम्मानपूर्वक श्रीमद्भगवद्गीता भन्नु पर्छ । छोटकरीमा उच्चारण गर्दा समेत ससम्मान श्रीगीता वा गीताजी भन्ने गरिन्छ । गीता स्त्रीलिङ्गी शब्द भएकोले गीतामाता पनि भन्ने गरिन्छ ।
श्रीमद्भगवद्गीताको अर्थ हुन्छ भगवानका श्रीमुखबाट निस्केको वाणी, गीत । वाणीका लागि गीतभन्दा कलात्मक, सुन्दर र सम्मानित अर्को विशेषण छैन । त्यसैले गीता एक सुन्दर र संगीतमय काव्य पनि हो ।
३. सु–उपनिषद् । अर्जुनले म तपाईंको शिष्य भएँ (२.७) भनेर विनम्रतापूर्वक शिक्षा दिन अनुरोध गरेपछि गीताको उपनिषद् भाग प्रारम्भ भई १८.६३ देखि १८.६५ मा समाप्त हुन्छ । व्युत्पत्ति अनुसार उपनिषद् शब्दका विविध अर्थ हुन्छन््– एउटा अर्थ हुन्छ गुरुका चरण नजीक आसनमा बस्नु । यसको अर्को अर्थ हुन्छ गूढ वा रहस्य ज्ञान, जुन विशेष व्यक्तिलाई मात्र दिइन्छ । एउटा अर्को अर्थ हुन्छ एकान्तमा दिइएको ज्ञान । उपनिषद्का अन्य ग्रन्थ मध्ये गीता किन फरक छ भने सबै उपनिषद्को रचनाकार अज्ञात छ । जबकि गीताका रचनाकार व्यास हुन् । यसको औपनिषदिक स्वरुपले यसलाई दर्शनको रुप दिन्छ । उपनिषद्का कठिन ज्ञानलाई गीतामा काव्यात्मक रुपमा प्रस्तुत गरिएको छ । गीता ग्रन्थमा एक असल शिष्यले प्रश्न सोध्ने र एक महान शिक्षकले उत्तर दिने कला पनि सिकाइएको छ । यस दृष्टिले यो कला हो । यो अध्यात्मशास्त्र हो ।
४.ब्रह्मविद्यायाम् । ब्रह्मविद्या अन्तर्गत । तथापि अर्थ हो अध्यात्मशास्त्र । त्यस ज्ञानलाई पनि ब्रह्मविद्या भनिन्छ जसले जगत्को मूल कारण बताउँछ । जसले परमात्मासँग सम्बन्ध जोड्न सिकाउँछ । गीता (१०.३२) मा ब्रह्म विद्यालाई सर्वोच्च बताइएको छ । प्रस्थान त्रयी मध्ये गीता एक हो, अन्य दुईवटा वेद र ब्रह्मसूत्र हुन् । ब्रह्म विद्या नाम गरेको कुनै छुट्टै शास्त्र उपलब्ध छैन । उपनिषद्को विषय वस्तुलाई ब्रह्मविद्या मानिन्छ । गीता २.११ देखि १८.६६ सम्म आत्माको अजरता अमरताको जुन ज्ञान दिइएको छ, त्यो गीता उपदेशको ब्रह्मविद्या खण्ड हो । सरलता, संक्षिप्तता, काव्यात्मकता र प्रस्तुतिका दृष्टिले ब्रह्मविद्याका सबै ग्रन्थमध्ये गीता अनुपम मानिन्छ ।
५. योगशास्त्र । विषादयोगदेखि मोक्ष सन्न्यासयोगसम्म गीता सम्पूर्णतः योग शास्त्र हो । युज (प्रयोग) धातुबाट योग शब्द बनेको छ । जसको अर्थ हुन्छ राम्ररी जोड्नु । योग शब्दको प्रयोग दर्शन, ज्योतिष, गणित, व्याकरण लगायतका क्षेत्रमा गरिन्छ ।
अर्जुनले कृष्णको भनाईमा आाफूलाई जोडेर कर्तव्यपथमा अग्रसर भएका हुन् । गीताको विश्लेषण वैज्ञानिक र क्रमबद्ध छ । यसका साथै गीताले मानव मात्रको कल्याणमा आफूलाई केन्द्रित गरेको छ । त्यसैले यो योग शास्त्र हो । योग शास्त्रको छुट्टै पुस्तक योग दर्शन पनि पाइन्छ । शास्त्रको अर्थ अनुशासन, सूत्र, व्यवस्था, वा व्याख्या हो । गीता १५.२० मा गुह्य कुरा बताउने ग्रन्थलाई शास्त्र भनिएको छ । जुन कुरा वेदसंग सम्बन्धित हुन्छ त्यसलाई पनि शास्त्र भनिन्छ । गीतामा योगको अनुशासन समेत व्याख्या गरिएकोले पनि यो योगदर्शन हो ।
यस विशेषताले गर्दा गीतालाई वास्तविक विज्ञान र आदर्श विज्ञान दुवै भनिन्छ ।
६. कृष्णार्जुनसंवाद । श्रीकृष्ण र अर्जुन संवाद अन्तर्गत । यद्यपि गीतामा धृतराष्ट्र उवाच र सञ्जय उवाच पनि छ तर गीतामा मुख्यतः अर्जुनका प्रश्न र भगवान् श्रीकृष्णका उत्तरहरु छन् । यस दृष्टिले गीता वास्तवमा कृष्णार्जुन संवाद हो । विशेष गरी गीताको १.२० देखि सुरु भई १८.७३ मा समाप्त भएको भाग कृष्णार्जुन संवाद हो । यो संवाद काव्यात्मक, सुबोध र मधुर हुनुका साथै दर्शनका सबै पुस्तकहरुमध्ये अत्यन्त कुशलतापूर्वक गरिएको छ । त्यसैले गीता कला पनि हो ।
श्रीमद्भगवद्गीता अध्याय दुई
[सम्पादन गर्नुहोस्]साङ्ख्य योग
[सम्पादन गर्नुहोस्]सञ्जय उवाच
[सम्पादन गर्नुहोस्]तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम् ।
विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः ।।१।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]तम् (त्यस) तथा (अनि) कृपया आविष्टम् (बिचरो बनेका) श्रुपूर्णाकुलेक्षणम् (आँखाभरि आँसु भएका)विषीदन्तम् (विषादगस्त) इदम् (यो) वाक्यम् (वाक्य) उवाच (भन्नु भयो) मधुसूदनः (मधुसूदन कृष्णले)।
सञ्जयले भने (सञ्जय उवाच)–
गहभरी आँसु गरी शोकले बिचरो अर्जनुलाई मधुसूदन (कृष्ण) ले यो वचन भन्नुभयो ।।१।।
व्याख्या
[सम्पादन गर्नुहोस्]सञ्जयले भने –
मधुसूदनको अर्थ हो मधु नामक दैत्यको संहारकर्ता । पुराण कथाहरुमा सृष्टिको सुरुमा भगवान् विष्णुले मधु र कैटभ दैत्यको नाश गर्नु भएको थियो भन्ने उल्लेख पाइन्छ । साथै भगवान् कृष्णलाई भगवान् विष्णुको अवतार मानिन्छ । मधुसूदनको सांकेतिक अर्थ पनि छ । मधुको अर्थ मद हो । मद नाश गर्ने कारणस्वरूप श्रीकृष्णलाई यस श्लोकमा मधुसूदन भनिएको हो । अहङ्कारको मधु नाश नभई तत्त्व ज्ञान हुँदैन ।
श्रीभगवानुवाच
[सम्पादन गर्नुहोस्]कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम् ।
अनार्यजुष्टमस्र्वग्यमकीर्तिकरमर्जुन ।। २ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]श्रीभगवानुवाच (श्रीभगवानले भन्नुभयो)–
कुतः (कहाँबाट) त्वा (तिमीलाई) कश्मलम् (दोषपूर्ण) इदम् (यो) विषमे (विषम अवस्था) समुपस्थितम् (उपस्थित भयो) अनार्यजुष्टम् (अनार्यका लागि योग्य) अस्र्वग्यम् (स्वर्गनजाने) अकीर्तिकरम् (कीर्ति नदिने) अर्जुन ।
श्रीभगवानले भन्नुभयो
हे अर्जुन, यस विषम परिस्थितिमा अनार्यले गर्ने, अस्वर्गप्रद तथा अकीर्तिकारक कामकुरा तिमीलाई कहाँबाट आयो ?२।।
व्याख्या
[सम्पादन गर्नुहोस्]अर्जुनको अप्रत्याशित व्यवहार देखेर चकित भएर सोध्नु हुन्छ– हे अर्जुन, यो असमयको व्यवहार दोषपूर्ण छ । यस्तो किनभयो । यस्तो अश्रेष्ठ व्यवहार किन ?
कश्मलको यहाँ दुई अर्थ छ– धमिलो (अशुद्ध) र मोहकारक । दुवैतिरबाट रण–स्वीकारसूचक शङ्खध्वनि भैसकेर शस्त्र छुट्न तयार थिए । यस्तो समयमा अर्जुनले म युद्ध गर्दिनँ भनेर जवाफ दिंदा अचानक प्रतिकूल परिस्थिति उत्पन्न भयो । त्यसैले अर्जुनको विचार कश्मल छ । जुन कुरा देख्नुपर्ने हो त्यो नदेखेर अर्कै कुरा देखेकोले यो मोहकारक पनि छ । युद्धमा आएर विपक्षीलाई पूजनीय देख्नु मोहकारक हो ।
भगवान् श्रीकृष्णले अर्जुनलाई प्रेमपूर्वक सोध्नु भयो– ‘हे अर्जुन, यस विषम परिस्थितिमा यस्तो मोह तिमीलाई किन भयो ? यसले तिमीलाई तीनवटा हानि गर्छ– अनार्यजुष्ट बनाउँछ, स्वर्ग प्रदान गर्दैन, अकीर्तिकारक छ ।’
आर्यको अर्थ हो श्रेष्ठ । कर्तव्यपरायण हुनु र सदाचरण गर्नु आर्यजुष्ट हो । यसको विपरीत कर्म अनार्यजुष्ट हो । अनार्यजुष्ट अर्थात् अश्रेष्ठको आचरण । यस्तो आचरण जुन वर्तमानका लागि हानिकारक र भविष्यका लागि अकीर्तिकारक छ । जसले स्वर्ग प्रदान गर्दैन, अर्थात् मृत्यु उपरान्त पनि अमर्यादा भइरहन्छ । एक बहादुर योद्धा युद्धबाट भागेको कुराले अपमान दिइरहनेछ । वैदिक सनातन आर्य मतावलम्बीका तीन आदर्श छन्– आर्यत्व, स्वर्ग, र कीर्ति । स्वर्ग भनेको मृत्युपश्चात्को सम्मानित स्थान हो । कीर्ति भनेको मरणोपरान्त प्राप्त हुने यश हो । कीर्ति (२.२) र यश (१०.३३) लाई गीताले अन्तर गर्दछ । यस जीवनमा प्राप्त हुने प्रसिद्धिलाई यश र मृत्यु पश्चात प्राप्त हुने प्रसिद्धिलाई कीर्ति भनिएको छ ।
अकबरले बीरबलसंग प्रश्न गरे–‘बीरबल, सबै मानिसहरूले आफन्त मरे पछि स्वर्गे हुनु भो भन्छन् । वास्तवमा को को स्वर्ग पुगे कसरी थाहा पाउन सकिन्छ ? ’
बीरबल–‘जो मरे पछि मानिसहरूले पीर गर्छन्, जसको गुणगान गाइरहन्छन् । त्यो स्वर्ग पुगेको रहेछ भन्ने थाहा पाइन्छ । जो मरेपछि मानिसहरूले वास्ता गर्दैनन्, त्यो स्वर्गमा छैन भन्ने थाहा हुन्छ ।’
स्वर्ग भनेको कीर्ति हो । अपकीर्ति नै नर्क हो ।
क्लैव्यं मा स्म गमः पार्थ नैतत्त्वयुपपद्यते ।
क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप ।। ३ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]क्लैव्यम् (कायरता) मा स्म गमः (नदेखाउ) पार्थ (हे पृथापुत्र) न एतत् उपपद्यते (यो सुहाउँदैन) क्षुद्रम् हृदयदौर्बल्यम् (हृदयको क्षुद्र दुर्बलता) त्यक्त्वा (त्यागेर) उत्तिष्ठ (उठ) परन्तप (शत्रुलाई पीडा दिने)।
हे पार्थ, कायरता नदेखाउ । तिमीलाई यो सुहाउने कुरा होइन । हे परन्तप, हृदयको क्षुद्र दुर्बलतालाई त्याग अनि, (युद्धका लागि) उठ ।।३।।
व्याख्या
[सम्पादन गर्नुहोस्]पार्थको अर्थ हो पृथा पुत्र । पृथा कुन्तीको त्यो नाम हो जसबाट उनी कृष्णका बुबाको बहिनी (फुपू) को रूपमा चिनिन्छन् । त्यसैले यो आत्मीय सम्बोधनको प्रतीक हो । त्यसै गरी परन्तप नाम पनि विशिष्ट छ । शत्रुलाई ताप दिने । योद्धा अर्जुन । अहिले देखिएको जस्तो कायर अर्जुन होइन । यी दुई नाम पुकारेर भगवान् श्रीकृष्णले अर्जुनलाई मानसिक रूपमा बल प्रदान गर्ने विधि प्रयोग गर्नु भएको छ । जब कसैले आफूलाई मानसिक रूपमा अति अशक्त ठान्छ, उसलाई शारीरिक मात्र होइन मानसिक निकटता पनि आवश्यक पर्छ ।
संस्कृत शब्द क्लीवका विभिन्न अर्थ हुन्छन्– नपुंसक, सन्तान जन्माउन अयोग्य, पुरुषार्थहीन, डरछेरुवा, नीच, अधम, अनुपयुक्त, शक्तिहीन, अथवा तेस्रो प्रकृति । तर गीतामा यो कायरको अर्थमा प्रयोग भएको छ ।
श्रीकृष्णले अर्जुनलाई उपदेश किन दिनु भयो ? युद्धको सेनापति हो– धृष्टद्युम्न । बलियो योद्धा हो– भीम । अर्जुनले युद्ध नगरेको भए पनि युद्ध त निश्चित छ । महाभारत युद्धमा पाण्डवका विजयको जिम्मेवारी युधिष्ठिरले लिनु पर्ने भएता पनि उनलाई केवल धर्माधर्मको मात्र चिन्ता थियो । उनले युद्ध चाहेका छैनन् । भीमलाई दुर्योधन र दुःशासनसंग बदला लिनका लागि यो युद्ध चाहिएको छ, न्यायको प्रतिष्ठासंग उनको सरोकार थिएन । धृष्टद्युम्नको उद्देश्य केवल एउटा छ । त्यो हो द्रोणाचार्यसंग बदला लिनु ।
महाभारत युद्धको परिणाम प्रति समग्र रूपमा जिम्मेवार वास्तवमा कृष्ण हुन् । वास्तविकता के हो भने अर्जुनका सारथी भगवान् कृष्णले अर्जुनलाई वास्तविक रक्षक ठान्नु हुन्छ । भगवान् कृष्णलाई के कुरा राम्ररी थाहा छ भने अर्जुन यदि युद्धबाट भाग्छन् भने युद्धको जटिलतामा वृद्धि हुन्छ । एउटा वास्तविक सेनापति नै युद्धबाट भागेपछि त्यस युद्धको के गति होला ? अर्जुन युद्धबाट आफू मात्र भागेको थिएन, उसले लाखौं योद्धाहरूलाई आफ्नो गतिमा पुर्याउनेवाला थियो । युद्धका भगौडा सैनिकको पाप समाजले समेत बेहोर्नु पर्ने हुन्छ । अनि युद्धको अन्तमा एउटा कुराको निर्णय हुने थियो । त्यो के भने न्यायको प्रतिष्ठा हुने कि अन्यायको ? समाजमा नैतिक मूल्य मान्यतालाई बचाई समाजलाई विखण्डन हुनबाट रोक्नु थियो ।
यस परिस्थितिको समाधानका लागि भगवान् श्रीकृष्णले करुणापूर्ण दृष्टिले आफ्ना मित्र र महाभारत युद्धको एक महारथीलाई हेर्नु भयो । यस कमजोरीको कारण के हो र यस्तो असमयमा यो मोह किन भयो ? त्यसको खोजी गर्नु भयो । अनि हाँस्दै कर्तव्य पूरा नगर्दा हुने हानि र पूरा गर्दा प्राप्त हुने लाभहरू व्याख्या गर्न थाल्नु भयो ।
अर्जुन उवाच
[सम्पादन गर्नुहोस्]कथं भीष्ममहं सङ्ख्ये द्रोणं च मधुसूदन ।
इषुभिः प्रतियोत्स्यामि पूजार्हावरिसूदन ।। ४।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अर्जुन उवाच (अर्जुनले भने)—
कथम् (कसरी) भीष्मम् अहम् (मैले भीष्मलाई) सङ्ख्ये (युद्धभूमिमा) द्रोणम् च (अनि द्रोणलाई) मधुसूदन (हे मधुसूदन) इषुभिः (बाण) प्रतियोत्स्यामि (प्रतिप्रहार गर्न सक्छू( पूजा अर्हाः (पूजा योग्य) अरिसूदन (हे अरि सूदन) ।
अर्जुनले भने
हे कृष्ण, युद्ध भूमिका यी भीष्म र द्रोण, जुन पूजा योग्य छन्, लाई मैले बाणको प्रति प्रहार गर्न कसरी सक्छु ?४।।
अर्जुनलाई शस्त्र ज्ञान मात्र होइन शास्त्र ज्ञान पनि छ । तर मन विचलित छ । त्यसैले आत्तिएर, व्याकुल भएर दुई दुई नामले बोलाइरहेका छन्– हे मधुसूदन, हे अरिसूदन । युद्धमा भीष्म र द्रोणलाई छोडेर अरुसंग युद्ध गर्न पाएको भए शायद उनी यति विचलित हुने थिएनन् तर त्यो पनि असम्भव थियो । दुवै जना व्यूहको मुखमा थिए । एक जना सेनापति र अर्को उपसेनापतिको रूपमा । त्यसैले अर्जुनले विचलित भएर भन्छन्– ‘यस्ता पूजनीय, महानुभाव र गुरूहरूलाई मारेर भौतिक सम्पत्ति एकत्रित गर्नुभन्दा बरु भिक्षा मागेर खाउँला ।’
गीताले प्रतिस्पर्धी जीवनको एक कटु यथार्थ व्यक्त गरेको छ ? जहिले पनि आफ्नो जीवनको निर्णायक प्रतिस्पर्धामा आफ्नो सबभन्दा नजिकका संग नै शत्रुताको सामना गर्नु पर्छ । अर्को शब्दमा, मानिस सबभन्दा असुरक्षित आफ्नो निकटतम व्यक्तिसंग नै हुन्छ ।
यस श्लोकको एउटा सांकेतिक अर्थ हो जीवको पाशबद्धता । स्वामी रामकृष्णका अनुसार जीव पाशबद्ध हुन्छ, शिव पाश मुक्त छ । घृणा, भय, जाति–अभिमान, गोपनताको इच्छा यी सबै पाश हुन् । अहंकाररुप अज्ञानले मानिसलाई भगवानभन्दा भिन्न बनाउँछ । जीवको अहंका नाश भए पछि त्यो ईश्वरबाट अलग छैन भन्ने बुझ्छ ।
गुरूनहत्वा हि महानुभावान्,
श्रेयो भोक्तुं भैक्ष्यमपीह लोके ।
हत्वार्थकामांस्तु गुरूनिहैव,
भुञ्जीय भोगान्, रूधिरप्रदिग्धान् ।। ५ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]गुरून् (गुरुहरुलाई) अहत्वा हि (न मारेर नै) महानुभावान् (महानुभावहरु) श्रेयः (श्रेय छ) भोक्तुं (भाग्नु) भैक्ष्यम् (भिक्षा) अपि (पनि) इह लोके (यस लोकमा) हत्वा (मारेर) अर्थकामान् (अर्थ र कामका वशीभूत) तु (तर) गुरून् (गुरुहरु) इह एव (यो नै) भुञ्जीय (भोग्नु) भोगान् (भोगहरु) रूधिरप्रदिग्धान् (रगतले सिंचिएका) ।
महानुभाव (भीष्म) र गुरूलाई नमारेर बरु भिक्षा माग्नु श्रेयस्कर छ । अर्थकामी गुरूहरूलाई मारेर सुख भोग्नु भनेको त उनकै रगतले मुछिएका भोग भोग्नु हो ।।५।।
व्याख्या
[सम्पादन गर्नुहोस्]अर्थ शब्दले राजशक्तिलाई पनि जनाउँछ त्यसैले अर्थकामान् भनेको राज्य सुखभोग इच्छुक हो । यसको अर्को अर्थ पनि छ– अर्थ र कामका वशीभूत भएका । सामान्य मानिसहरू अर्थकामान् नै हुन्छन् । तर स्वामी ईश्वरानन्दको छुट्टै तर्क छ–अर्जुनले अर्थकामान् भनी सम्बोधन गर्दा युद्धको परिस्थितिलाई ध्यानमा राखेका होलान् । युद्ध हुनुभन्दा पहिले द्रोण, शल्य र कृपाचार्यलाई नमस्कार गर्न र युद्धमा उनीमाथि हतियार चलाउने आज्ञा लिन युधिष्ठिर गएका थिए । युधिष्ठिरको विनम्रता प्रशंसा गर्दै सबैले एक एक गरी भनेका थिए–‘मानिस अर्थको दास हुन्छ, अर्थ कसैको दास हुँदैन । यो सत्य कुरा हो । हे राजन्, कौरवहरूले मलाई अर्थबलले बाँधेका छन् । के गरूँ ? म बाध्य छु ।’ तिमीले जुन विनम्रता देखायौ यसले गर्दा तिमी विजयको आशीर्वाद प्राप्त गर्न योग्य छौ ।
उनीहरु अर्थकामान् छन् भन्नुको अर्थ के पनि हो भने उनीहरुको क्रियाकलाप धर्मानुकूल छैन । जुन बेला अर्थ र काम धर्मानुकूल हुन्छन्, त्यो मात्र उचित क्रियाकलाप हो । यस अर्थमा गुरु र महानुभवाहरुका क्रियाकलाप सम्मानित पनि छैनन् । स्वयं भीष्मले भनेका छन्– जब मानिसहरुले निर्मल चित्त राखेर धैर्यपूर्वक अर्थार्जनको प्रयास गर्छन्, यस्तोमा उचित काल, कारण, र परिस्थिति अनुसार अर्थ, काम र धर्म आपसमा सन्तुलित हुन्छन् । (महाभारत शान्ति पर्व १२३.३)
न चैतद्विद्मः कतरन्नोगरीयो,
यद्वा जयेम यदि वा नो जयेयुः ।
यानेव हत्वा न जिजीविषाम–
स्तेऽवस्थिताः प्रमुखे धार्तराष्ट्राः ।।६।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]च एतत् (अनि यो) न विद्मः (थाहा छैन) कतरत् (दुवैमा कुनचहिं) नः (हामीलाई) गरीयः (श्रेष्ठ छ) यद् वा जयेम (अथवा विजयी हुने छौं) यदि वा नः जयेयुः (अथवा विजयी हुने छैनौं ) यान् एव हत्वा (जसलाई मारेर) न जिजीविषामः (जीवित रहन चाहना गर्ने छैनौं) ते अवस्थिताः (तिनी अवस्थित छन्) प्रमुखे (अगाडि नै) धार्तराष्ट्राः (धृतराष्ट्रका पुत्र) ।
हामीलाई भिक्षा र युद्धमा कुन कार्य श्रेष्ठ छ ? यो थाहा छैन । अनि के पनि थाहा छैन भने हामीले उनीहरूलाई जित्छौं कि उनीहरूले हामीहरूलाई जित्छन् ? जसलाई मारेर हामी बाँच्न चाहन्नौं तिनै धृतराष्ट्रका सन्तान युद्धका लागि प्रमुख (अगाडि) भएर उभिएका छन् ।।६।।
व्याख्या
[सम्पादन गर्नुहोस्]अर्जुन दुविधाग्रस्त छन् । उनीहरुले मार्न सक्छन् कि मैले ? भिक्षा मागेर जीवनयापन गर्नु ठीक कि युद्ध गरेर राज्य प्राप्त गर्नु ? युद्ध गरुँ त पूजनीय वर्गसंग अशोभनीय व्यवहार गर्नुपर्दछ । न गरुँ भने रणक्षेत्रमा आएर फर्कनु योद्धाको कर्तव्य होइन ।
कार्पण्यदोषोपहतस्वभावः,
पृच्छामि त्वां धर्मसम्मूढचेताः ।
यच्छ्रेयः स्यान्निश्चितं ब्रुहि तन्मे
शिष्यस्तेऽहं शाधि मां त्वां प्रपन्नम् ।। ७ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]कार्पण्यदोषः (कृपणता दोषले) उपहतस्वभावः (स्वभाव नष्ट भएकोले) पृच्छामि त्वाम् (तपाईंलाई सोध्छु) धर्मसम्मूढचेताः (कर्तव्यको बारेमा चित्त मोहित भएको) यत् श्रेयः (जुन श्रेयस्कर) स्याद् (हुनेछ) निश्चितम् (निश्चित) ब्रुहि तत् मे (त्यो मलाई भन्नुहोस्) शिष्यः ते अहं (म तपाईंको शिष्य) शाधि (उपदेश) माम् मलाई) त्वाम् (तपाईंका) प्रपन्नम् (शरण परें) ।
कृपणता दोषले मेरो स्वाभाविक ज्ञान नष्ट भयो । कर्तव्याकर्तव्य निर्णय गर्न नसकेर तपाईलाई सोध्छु– मेरो निम्ति जुन श्रेयकारक छ त्यो भन्नुहोस् । म तपाईंको शिष्य भएँ मलाई शिक्षा दिनुहोस् ।।७।।
व्याख्या
[सम्पादन गर्नुहोस्]यहाँ अर्जुनलाई ठूलो कर्मसङ्कट परेको छ । एकातिर शिष्टाचार विरोध र अर्कातिर कर्तव्यको त्याग । अनि आफ्नै बन्धुवर्गसंग लड्नुपर्ने ? कृपणको अर्थ हुन्छ सानो, क्षुद्र । कायर, छुचो, र दुखी अवस्थामा मानिसको मन खुम्चिन्छ । त्यसैले भनिन्छ– किन चाउरिस मरिच, आफ्नै पिरले । दुखमा सबैको मन सानो हुनजान्छ र खुशीमा मन विस्तार हुन्छ । आफ्नो दुख प्रकट गरे पछि अर्जुनले आफ्नो कृपणता दोष र अज्ञानलाई स्वीकार गर्दै भगवान् कृष्णलाई गुरू बनेर उचित बाटो देखाइदिन अनुरोध गरेका छन् ।
न हि प्रपश्यामि ममानुपद्याद्,
यच्छोकमुच्छोषणमिन्द्रियाणाम् ।
अवाप्य भूमावसपत्नमृद्धं,
राज्यं सुराणामपि चाधिपत्यम् ।।८।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]न हि प्रपश्यामि (देख्दै देख्दिनँ) मम (मेरा) अपनुपद्याद् ( हटाउन सक्ने) यत् (जुन) शोक उत्शोषणम् (सुकाउने) इन्द्रियाणाम् (इन्द्रियहरुलाई) अवाप्य (प्राप्त गरेर) भूमौ (भूमि, राज्य) असपत्नम् (बाधारहित) ऋृद्धम् राज्यम् (सम्पन्नशाली राज्य) सुराणाम् अपि (देवताहरुको ) च आधिपत्यम् (आधिपत्यमा नै भएको) ।
किनभने समस्त पृथ्वीको ऐश्वर्य भएको निष्कण्टक राज्य अथवा स्वर्गको इन्द्रपद पाए पनि इन्द्रियलाई सुकाउने मेरो यो तीव्र शोक हटाउने कुरा म केही देख्दिनं ।।८।।
व्याख्या
[सम्पादन गर्नुहोस्]शिष्यलाई त्यस बेलासम्म उपदेश दिनु निरर्थक हुन्छ जबसम्म उसमा विनम्रता भाव उदय हुँदैन । विनम्रताको भाव त्यस बेलासम्म उदय हुँदैन जबसम्म शिष्यले आफूलाई गुरूका अगाडि समर्पण गर्दैन । त्यसैले ज्ञानका लागि सबभन्दा महत्त्वपूर्ण कुरा हो पूर्ण समर्पण । यस आठौं श्लोकमा गरेको अर्जुनको प्रार्थनाको उत्तरमा भगवान् श्रीकृष्णले १८.६६ मा अर्जुनको मात्र होइन, शरणागति हुने प्रत्येक व्यक्तिको पूर्ण जिम्मेवारी आफूले लिने घोषणा गर्नुभएको छ ।
सञ्जय उवाच
[सम्पादन गर्नुहोस्]एवमुक्त्वा हृषीकेशं गुडाकेशः परन्तपः ।
न योत्स्य इति गोविन्दमुक्त्वा तूष्णीं बभूव ह ।। ९।।
पदच्छेद र शब्दार्थ–
सञ्जय उवाच (सञ्जयले भने)
एवम् उक्त्वा (यसरीभनेर) हृषीकेशं (हृषीकेश, भगवान् कृष्ण) गुडाकेशः परन्तपः (गुडाकेश अर्जुन) न योत्स्य (युद्ध गर्दिन) इति (यस प्रकार) गोविन्दम् उक्त्वा (गोविन्दलाई) तूष्णीं (शान्त) बभूव (भए) । (ह केवल सम्बोधनका लागि प्रयोग भएको छ, जसरी हामी नेपालीमा हइ भन्छौं) ।
सञ्जयले (धृतराष्ट्रतर्फ सम्बोधित भएर) भने—
परन्तप गुडाकेश (अर्जुन) ले श्रीकृष्णलाई यी कुराहरू भन्दै म युद्ध गर्दै गर्दिनं भनी मौन भए ।।९।।
तमुवाच हृषीकेशः प्रहसन्निव भारत ।
सेनयोरुभयोर्मध्ये विषीदन्तमिदं वचः ।।१०।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]तम् (त्यस) उवाच (भन्नु भयो) हृषीकेशः (हृषीकेश) प्रहसन् इव (हाँसे जस्तो गरेर) भारत (भरतवंशी अर्जुनलाई) सेनयोः उभयोः (उभय सेनाका) मध्ये (बीचमा) विषीदन्तम् (विषादग्रस्त) इदम् वचः (यस्तो वाक्य) ।
(सञ्जयले भने) (हे महाराज) विषादमा परेका अर्जुनसंग दुवै सेनाको बीचमा श्रीकृष्णले मुसुक्क गर्दै यस प्रकार भन्नुभयो ।।१०।।
व्याख्या
[सम्पादन गर्नुहोस्]अर्जुनले युद्ध गर्दै गर्दिनँ भनेको सुनी भगवान् कृष्णले उसको मोहजनित भावलाई हटाउने विचारले प्रहसन् इव– मुसुक्क हाँसे झै भन्न थाल्नुभयो । यहाँ अर्जुनको उपहास गरिएको होइन । यो त, मायालु पिताले औषधि खान अटेरी गर्ने अबोध शिशु माथि माया गरेर हाँसे जस्तै हो । यस्तो हाँसोलाई भक्ति साहित्यमा कृपा कटाक्ष भनिन्छ ।
आचार्य शङ्करले पहिलो अध्यायको धर्मक्षेत्रे कुरुक्षेत्रेदेखि दोस्रो अध्यायको विषीदन्तमिदं वचः सम्मका विषय वस्तुलाई गीता उपदेशको प्रस्तावना मानेका छन् । यस पछि गुरुको रुपमा भगवान् कृष्णका अमर उपदेश सुरु हुन्छ ।
श्रीभगवानुवाच
[सम्पादन गर्नुहोस्]अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादाँ्श्च भाषसे ।
गतासूनगतसूंश्च नानुशोचन्ति पण्डिताः ।।११।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]श्रीभगवानुवाच (श्रीभगवानले भन्नुभयो ) अशोच्यान् (चिन्ता नगर्नु पर्ने कुरा) अनु शोचः (बारम्बार चिन्ता गरिरहनछौं) त्वं (तिमी) प्रज्ञावादान् (बुद्धिमान झैं) च भाषसे (अनि बोल्छौ) गत असून् (प्राण गएका) अगत असून् च (तथा प्राण नगएकाहरुको) न अनुशोचन्ति पण्डिताः (विद्वान्ले चिन्ता गरिरहँदैनन्) । तिमी शोक गर्न नपर्नेका लागि शोक गर्दैछौ तर कुरा भने प्रज्ञावान् जस्ता गरिरहेका छौ । ज्ञानीजनले मृत र जीवितका लागि शोक गर्दैनन् ।।११।।
व्याख्या
[सम्पादन गर्नुहोस्]गीताको मुख्य ब्रह्म ज्ञानको उपदेश यहाँ देखि सुरु हुन्छ । अ बाट सुरु भएको यो श्लोकले वास्तविक गीता ज्ञानको प्रारम्भ यहाँबाट सुरु भएको छ भन्ने संकेत गर्दछ ।
ज्ञान जीवनको दोस्रो पानामा हुन्छ । पहिलो पाना रित्तो हुन्छ । पहिलोमा केवल अज्ञान हुन्छ ।’ गीताको पहिलो अध्याय विषादको अध्याय हो भने दोस्रो अध्याय ज्ञानको अध्याय हो । ओशो रजनीशका अनुसार, ‘दोस्रो अध्याय जीवनको दोस्रो पाना हो ।’
बुद्धले बताएका चार आर्य सत्य यस प्रकार छन्–
१. दुख छ ।
२. दुखको कारण छ ।
३. दुख निवारणका उपाय छन् । र
४. दुखको अन्त हुन सक्छ ।
योग दर्शनमा यसलाई हेय (दुख), हेय हेतु (दुखको कारण), हान (दुख नाश), र हानोपाय (दुखनाशका उपाय) भनेर व्याख्या गरिन्छ ।
यदि चार आर्य सत्यलाई केवल दुईमा रूपान्तरण गर्ने हो भने यस प्रकार हुनजान्छ– दुख छ, त्यसलाई (ज्ञानद्वारा) निवारण गर्न सकिन्छ । त्यसैले गीताको मान्यता के छ भने विषाद नभई ज्ञान प्राप्त हुनसक्दैन ।
असुको अर्थ हो प्राण वा श्वास । त्यसैले गतासूनको अर्थ हो जसको प्राण गइसकेको छ तथा अगतासून्को अर्थ हो जसको प्राण अझै गएको छैन । ज्ञानीेले गतासून र अगतासून दुवैको विषयमा शोक गर्दैन । अर्जुनले जुन कारणले शास्त्र तर्क तेस्र्याएका छन् त्यस मनोभावलाई बुझेरै भगवान कृष्णले गुरुको रुपमा बोलेको पहिलो श्लोकमा भन्नु भएको छ– तिमी शोक गर्न नपर्नेका लागि शोक गर्दैछौ तर कुरा भने पण्डितका जस्ता गरिरहेका छौ ।
ज्ञानीले किन शोक गर्दैन सो कारण अर्को श्लोकमा बताइएको छ ।
न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपाः ।
न चैव न भविष्यामः सर्वे वयमतः परम् ।।१२।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]न तु (तर के होइन भने) अहम् (म) जातु (कुनै समयमा) आसम् (थिइनँ) न त्वं (न तिमी) न इमे जनाधिपाः न च एव (न यी राजाहरु नै) न भविष्यामः ( भविष्यमा हुने छैन) सर्वे (सबै) वयमतः (हामी) परम् (पर, पश्चात्) ।
कुनै समयमा म थिइनं, तिमी थिएनौं वा यी राजाहरू थिएनन् भन्ने कुरा होइन । (अनि) के नठान भने भविष्यमा पनि हाम्रो अस्तित्व हुने छैन ।।१२।।
व्याख्या
[सम्पादन गर्नुहोस्]कुनै समयमा म थिइनँ, तिमी थिएनौं वा यी राजाहरू थिएनन् भन्ने कुरा होइन । के नठान भने भविष्यमा पनि हाम्रो अस्तित्व हुने छैन । सधैं रहने आत्मतत्व केवल एउटा हुन्छ, त्यसैले अद्वैत सिद्धान्त प्रतिपादक आचार्य शङ्करले भनेका छन्– ’यहाँ बहुवचनको प्रयोग शरीरहरुलाई गरिएको हो । आत्मालाई होइन । ब्रह्मतत्त्वको बहुवचन हुँदैन ।’
देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा ।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ।।१३।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]देहिनः (शरीरधारीहरु) अस्मिन् यथा देहे (जसरी यस शरीरमा) कौमारम् (कुमार अवस्था) यौवनम् (युवा अवस्था) जरा (वृद्धावस्था) तथा देहान्तरप्राप्तिः (तथा अर्को देह प्राप्ति हुन्छ) धीरः तत्र (त्यस अवस्थामा धैर्यवान्) न मुह्यति (मोहति हुँदैन) ।
जसरी यस शरीरको कुमार, यौवन, वृद्धावस्था हुन्छ । अनि अर्को देह प्राप्त हुन्छ । यस्तोमा धीर व्यक्ति मोहित हुँदैन ।।१३।।
व्याख्या
[सम्पादन गर्नुहोस्]संसारमा देखिने सबै वस्तुको आकार, गुण, स्वभाव इत्यादि मात्र परिवर्तन हुने गर्दछ । तर त्यसको एक भाग भाग यथावत् रहन्छ । यथावत रहने भागलाई नै अविनाशी तत्त्व भनिन्छ । तत्त्वको अर्थ हो त्यो मूल कुरा । विज्ञानको सबभन्दा प्राथमिक उदाहरण लिन सकिन्छ– ठोस, तरल र ग्यासको । ठोसका विशेषता र तरल तथा ग्यासका विशेषता बिलकुल फरक हुन्छन् । ठोसले ठाउँ लिन्छ, तौल हुन्छ, जहाँ राख्यो त्यहीं रहन्छ । तरलको तौल भए तापनि उसले लिने ठाउँ फरक हुन्छ । उसको आकार अनिश्चित हुन्छ । ओरालो पाएमा दगुर्छ । अनि ग्यासलाई ठोस र तरल जस्तो जमीनमा वा भांडोमा राख्न सकिंदैन । तौल पनि नगण्य हुन्छ । यो चापका आधारमा बहने गर्छ । हिउँ ठोस हो, पानी तरल हो र बाफ ग्यास हो । तर पानीको मूल तत्त्व (हाइड्रोजन पराक्साइड) तीनवटैमा एकै हुन्छ । यही कुरा जीवनका लागि पनि सही छ ।
गर्भमा बालकहरुको परीक्षण गर्ने चिकित्सकहरुले एउटा नयाँ कुरा प्रकाशमा ल्याएका छन् । भन्छन्, बालक गर्भमा रुन्छ, हाँस्छ, नाच्छ । यति मात्र होइन सपना पनि देख्छ । यदि बालक गर्भमा हाँस्छ, रुन्छ, सपना देख्छ भने त्यो उसले कहिले सिक्यो ? यसको व्याख्या मनोविज्ञानले कसरी गर्न सक्छ ? मनोविज्ञानले त के मान्छ भने जन्म लिए पछि मात्र संवेदनाहरुको विकास हुन्छ । यसले के मान्छ भने बालकमा अरुलाई हाँसेको देख्दा हाँस्ने र रोएको देख्दा रुने संवेगहरु विकास हुन्छन् । तर गर्भको बालकका संवेदना ? यो त परामनोविज्ञानको विषय भयो । यसको व्याख्या गीताले गर्छ । यदि गर्भमा जीवन छ, संवेदना छ, क्रिया छ, प्रतिक्रिया छ, सपना छ, विचार छ, भने जहाँबाट त्यो निरन्तरता आइरहेको छ, कृष्णले त्यसै निरन्तरताको कुरा गर्नु भएको छ । यो सबै पहिले पनि थियो, भविष्यमा पनि हुनेछ । आज छ, भोलि छैन भन्ने होइन । हिजो थिएन, आज छ भन्ने पनि होइन ।
स्वामी विवेकानन्दले यस कुरालाई अलि सजिलो गरी भनेका छन्– ‘हिन्दु दर्शनले मानिसको वर्तमान जीवनलाई एक विशाल निरन्तरताको सानो भाग मान्दछ ।’ यसभन्दा अगाडिको र यसभन्दा पछाडिको जीवन अझ धेरै हुन्छ । जसको बारेमा हामीलाई थाहा हुँदैन तर कृष्ण जस्तालाई भने थाहा हुन्छ ।
हामी एउटा ठूलो वर्तुलको नगण्य सानो भाग हौं । जसरी एउटा वृत्तको ज्यादै सानो खण्ड सरल रेखा देखिन्छ, जबकि त्यो सरल रेखा होइन । त्यसै गरी वर्तमान जीवन सरल रेखा जस्तो एक बिन्दुबाट सुरु भएर अर्को बिन्दुमा समाप्त भएको देखिन्छ । तर पनि यो एक अति विशाल– अनन्त चक्रको एक अत्यन्त सानो भाग हो । यदि विशाल निरन्तरतालाई नियमित भन्ने हो भने वर्तमान जीवन आकस्मिकता हो । यसको नियमित भाग वर्तुल छ, आकस्मिक भाग सरल छ । नियमित भाग अनन्त छ तर आकस्मिकको सुरु पनि छ र अन्त पनि छ ।
भगवान् श्रीकृष्णका लागि मृत्यु जस्तो कुनै घटना चक्र विवरण छैन त्यसैले भगवान् श्रीकृष्णका लागि समाप्त भन्ने कुरा पनि छैन । हामीहरुले जुन कुरालाई मृत्यु भन्ठान्छौं, भगवान् कृष्णका लागि त्यो केवल देहान्तर हो । मृत्यु भन्नुको अर्थ हो समाप्ति । तर देहान्तर भनेको एक निरन्तरता, अन्तरणीयता हो । स्वामी रामकृष्णले मृत्युलाई कोठा फेर्नु भन्थे । देह भनेको कोठा, देही भनेको यस कोठामा बसोबास गर्ने– कोठावाल, भाडावाल ।
कुमार अवस्थाको समाप्ति युवा अवस्था र युवा अवस्थाको समाप्ति वृद्ध अवस्था हो । यदि एउटा अवस्था समाप्त भएपछि सबै कुरा समाप्त हुन्छन् भने पुरानो अवस्थाको बारेमा थाहा नपाउनु पर्ने हो । तर एउटा अवस्था सकियो र अब अर्को अवस्थामा छु भनेर शरीरमा बसेर मूल्याङ्कन, निरीक्षण र अनुगमन गर्ने को हो ? एउटा कोठा सरे पछि पुरानो कोठामा के भएको थियो त्यो नयाँ कोठालाई केही थाहा हुँदैन । डेरावाललाई दुवै कोठाको बारेमा थाहा हुन्छ । किनभने डेरावाल एक निरन्तरता हो । एउटा शहर गयो र अर्को शहरमा पुगें भनेर जान्ने यात्रु हो वाहन होइन । यस कुरालाई स्पष्ट गर्दै भगवान् श्रीकृष्णले भन्नु हुन्छ– देहीले यो कुरा जान्दछ । देहान्तर पनि यात्रा गरे जस्तै अनुभव हो । के पूर्व जन्मको अनुभव कसैले वास्तवमा भन्न सक्छ ? प्रायः समाचारमा यस्ता खबरहरु प्रकाशित हुने गरेका छन् जसमा साना बालकहरु कुनै नयां स्थानमा पुग्दा आफ्फनो पूर्वजन्मको स्मरण गर्छन् । पूर्वजन्मका माता, पिता, पति वा पत्नीका अनुभव सुनाउँछन् । जस्ताको तस्तै । र यी कुराहरु आश्चर्यजनक रूपमा सत्य साबित भएका छन् । जबकि ती व्यक्तिको वर्तमानमा कुनै सम्बन्ध भएको पाईंदैन । यस्ता घटनाहरु केवल पुनर्जन्म मान्ने समाजमा मात्र भइरहन्छन् भन्ने होइन नमान्ने समाजमा पनि घटिरहेका हुन्छन् ।
यस सम्बन्धमा भागवतमा उल्लेख छ– मानिसहरुमा पाँच वर्षको उमेरसम्म आफ्ना पूर्वजन्मको स्मरण रहन्छ । त्यसपछि यस जन्मका कृत्यले पुराना संस्मरणलाई धमिलो बनाउँदै लैजान्छन् । हिप्नोटाइज गरेर बचपन, शैशवावस्था हुँदै गर्भ र त्यस पूर्वका कुराहरु स्मरण गराउन सकिन्छ । यस सम्बन्धमा धेरै प्रयोग भएका पनि छन् ।
परमहंस रामकृष्णले विवेकानन्द आदि शिष्यहरुलाई समाधिमा पुर्याएर उनका पूर्वजन्मको बारेमा सोधेको कुरा जीवनीकारहरुले उल्लेख गरेका छन् । उनका जीवनी लेखकहरु श्रद्धावान् भक्त मात्र थिएनन् । अतिमानवीय शक्तिको बारेमा बिल्कुल विश्वास नगर्ने यथार्थवादी पनि थिए ।
जस्तो वासना हुन्छ उस्तै स्मृति हुन्छ । त्यसैले जाति, देश, कालले छेकिएका भए तापनि अनुकरण वासनाहरु समान क्षेत्रमै क्रमबद्ध भएर प्रकट हुन्छन् । तिब्बती धर्मगुरू लामाको उत्तराधिकारी छनौट गर्ने क्रममा मृतक लामाका रुचि जुन बालकमा देखिन्छन् त्यसैलाई लामाको अवतारको रूपमा छनौट गर्ने परम्परा छ । यसरी पूर्व जन्मका संस्कार हुन्छन् र ती सर्छन भन्ने कुरा बौद्ध धर्ममा पनि मान्य छन् ।
मात्रास्पर्शास्तु कौन्तेय, शीतोष्णसुखदुःखदाः ।
आगमापायिनोऽनित्यास्ताँस्तितिक्षस्व भारत ।। १४।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]मात्रास्पर्शास्तु (तर मात्रा र स्पर्शले) कौन्तेय (हे कुन्तीपुत्र), शीतोष्णसुखदुःखदाः (जाडो गर्मी सुखदुख दिने) आगम् अपायिनः (आउने जाने) अनित्याः (नित्य छन्) तान् (तिनीहरु) तितिक्षस्व (तितिक्षा गर) भारत (हे भरतवशंशी, अर्जुन)।
जाडोगर्मी, सुखदुख यी सब मात्रा र स्पर्शले जानिन्छन् । तर हे कौन्तेय, यी आउँछन्, जान्छन् । त्यसैले अनित्य छन् । हे भरतवंशी (अर्जुन), तिनीहरूलाई सहन गर ।।१४।।
जीवात्माको यस शरीरमा कुमार, यौवन, वृद्धावस्था हुन्छ । अनि अर्को देह प्राप्त हुन्छ । यो जानेर धीर व्यक्ति मोहित हुँदैन । धेरै थोरै जानिने कुरा मात्रा हो र तातो चिसो जानिने कुरा स्पर्श हो । मात्रा र स्पर्शको जानकारी प्राप्त हुने आधार हो– इन्द्रिय र विषयको सम्बन्ध । जसले यो कुरा बुझेको छ, ऊ धीर पुरुष हो । धीर पुरुष त्यो तराजु हो जसले मात्रा र स्पर्शको मापन गर्छ तर त्यसमा लिप्त हुँदैन । तर स्वयं त्यसबाट अप्रभावित रहन्छ । त्यसलाई तितिक्षा गर्छ । तितिक्षा तिज्बाट बनेको छ जसको अर्थ हुन्छ, सहन गर्नु वा त्याग्नु । तितिक्षा कसले गर्न सक्छ ? जो धीर हुन्छ । यो कुरा अर्को श्लोकमा बताइएको छ ।
यं हि न व्यथन्त्येते पुरुषं पुरुषर्षभ ।
समदुःखसुखं धीरं सोऽमृतत्वाय कल्पते ।। १५।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यम् हि (जसलाई) न व्यथन्ति (व्यथित गर्दैनन्) एते (यिनी) पुरुषम् (मानिसलाई) पुरुषर्षभ (हे पुरुषश्रेष्ठ) समदुःखसुखं (सुखदुखमा एक समान मान्ने) धीरम् (धैर्यवान्) सः (ऊ) अमृतत्वाय (अमरताका लागि) कल्पते (योग्य मानिन्छ) ।
हे पुरुषश्रेष्ठ, किनभने सुखदुख सम भएका जुन धीर पुरुषलाई विषय र इन्द्रियका संयोगहरुले विचलित पार्न सक्तैनन्, त्यसले अमरता (मुक्ति) पाउन सक्तछ ।।१५।।
धीर वा समदर्शी व्यक्ति सांसारिक विषयलाई देखेर चञ्चल हुँदैन । रामायणकारले भनेका छन्– जब रामलाई राज्याभिषेकको घोषणा भयो, उनी हर्षित भएनन् । अनि जब त्यो राज्याभिषेक समारोह वनवास समारोहमा रूपान्तरण भयो उनको निधारमा विषाद्को रेखा पनि थिएन । दुवै अवस्थामा उनी पूर्णतः निर्विकार रहे । धीर पुरुषले मात्र सत् असत्को तत्त्व जान्दछ । यस कुरालाई आउने श्लोकहरुमा व्याख्या गरिएको छ ।
नासतो विद्यते भावो नाभावो विद्यते सतः।
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्वदर्शिभिः ।।१६।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]न असतः (असत छैन) विद्यते भावः ( सत्ता यो जानिन्छ) न अभावः विद्यते सतः (सतको अभाव छैन) उभयः (दुवैको) अपि (पनि) दृष्टः (देखिन्छ) अन्तः (तत्त्व) तु (तर) अनयोः (यी) तत्त्वदर्शिभिः(तत्त्वदर्शीहरुद्वारा) ।
असत् वस्तुको भाव (सत्ता) हुँदैन, सत् वस्तुको अभाव हुँदैन । सत् असत् यी दुवैको (उभय) तत्त्व जान्नेले (मात्र यो कुरा) राम्ररी देखेका हुन्छन् ।।१६।।
अविनाशी तु तद्विद्धि येन सर्वमिदं ततम् ।
विनाशमव्ययस्यास्य न कश्चित्कर्तुमर्हति ।।१७।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अविनाशी तु (तर अविनाशी) तत् (त्यसलाई) विद्धि (जान) येन (जुन) सर्वम् इदम् (यो सबै) ततम् (त्या) विनाशम् (विनाश) अव्ययस्य (अव्ययको) अस्य (यस) न कश्चित् कर्तुम् अर्हति (कसैले गर्न सक्दैन) ।
जसद्वारा यो समस्त विश्व व्याप्त छ, त्यसैलाई अविनाशी जान । यस अव्ययको नाश कसैले पनि गर्न सक्तैन ।।१७।।
व्याख्या
सत् को अर्थ हो अविनाशी र असत् को अर्थ हो नाशवान् । सत् शब्दबाट बनेका छन् । सत् को अर्थ हो– छ, रहिरहन्छ । जुन हुनाले सबै वस्तुको अस्तित्व व्यक्त हुन्छ, त्यही सत्ता हो । त्यही सत् हो । सत्ता र अस्तित्व यी दुवै सत् धातुले बनेका छन् । आचार्य शङ्करका अनुसार– नास्तित्व भन्नाले जुन छैन भन्ने जानिन्छ । हुँदै नभएको वस्तुको कल्पना त हामीले गर्न पनि सक्दैनौं । जुन कुरा छ त्यसैलाई छैन भन्ने हो । व्याकरणीय दृष्टिले समेत छैन र होइन भन्दा पनि पहिले सकारात्मक आउँछ अनि बल्ल नकारात्मक, जस्तै, छ र इन, हो र इन इत्यादि । मनोविज्ञानमा यस्तो घटना अर्थात् ‘छ पनि र छैन पनि’ लाई एउटा नाम दिइन्छ– फाइ फेनोमेना । जस्तै चलचित्रका दृश्य । गतिले गर्दा सबै सजीव देखिन्छ ।
रोटी छ भने पीठोको अस्तित्व छ भन्ने जानिन्छ । जसरी रोटीको अस्तित्व पीठोले गर्दा छ त्यसै गरी संसारको अस्तित्त्व जुन तत्त्वले गर्दा छ त्यसैलाई सत् भनिएका छ । आचार्य शङ्करको दृष्टिमा जगत् हो, मिथ्या हो । मिथ्याको अर्थ असत्य होइन । असत्यको त अस्तित्त्व नै हुँदैन । तर मिथ्या सत् र असत् को मिश्रण हो । सत्यको कारणले जगत् भासित हुन्छ । यो छ तर पनि छैन । उनले यसलाई स्पष्ट गर्न कपडाको उदाहरण दिएका छन् । हामीले जसलाई कपडा देख्छौं आचार्यको दृष्टिमा त्यो केवल धागो हो । त्यसैले वस्त्र मिथ्या हो धागो सत्य हो । यसै गरी यो संसार त्यस शक्तिको छायाँ हो जसलाई हामीले ईश्वर भन्छौं । शीशा भित्रका प्रतिबिम्ब जस्तै ।
अर्को प्रचलित उदाहरण छ मृगतृष्णाको । गर्मी याममा मरुभूमिमा प्रकाशको अपवर्तनले गर्दा केही पर जमीनमा पानी टिलपिलाए जस्तो लाग्छ । वरिपरि रुखहरू भए त्यसको छायाँ पोखरीमा परेर हल्लिएको जस्तो देखिन्छ । लाग्छ टाढाबाट पोखरी भित्र हेर्दै छौं । नजीक गयो भने त्यहाँ पानी पनि हुँदैन, पोखरी पनि हुँदैन । छायाँ पनि हुँदैन । तर फेरि अलि पर अर्को पोखरी, पानी र त्यसमा छायाँ देखिन्छ । छ पनि र छैन पनि । मरुभूमिमा तिर्खाएको मृगले त्यही पानी खोज्दै खोज्दै प्राण त्याग गर्छ । त्यसैले संस्कृतमा मृगतृष्णा शब्द बनेको हो ।
अर्जुनले शास्त्र तर्क तेस्र्याएर युद्ध गर्दिन भनेका छन् त्यसैले भगवान् श्रीकृष्णले अर्जुनलाई दर्शनका विचारबाट बुझाइरहनु भएको छ । यदि शिष्यले दार्शनिक प्रश्न गर्छ भने गुरूले बाध्य भएर दार्शनिक उत्तर दिनु पर्छ । बौद्धिकताको प्रत्युत्तर सामान्यतया बौद्धिकता नै हुन्छ ।
भगवान् कृष्णले तर्कद्वारा मृत्यु भय वा असत्यको अस्तित्व छैन भन्ने कुरा बुझाइरहनु भएको छ– असत् वस्तुको सत्ता हुँदैन, सत् वस्तुको अभाव हुँदैन । गीतामा सत्लाई अविनाशी, नित्य, सनातन, अप्रमेय, क्षेत्रज्ञ जस्ता नामले उल्लेख गरिएको छ ।
अन्तवन्त इमे देहाः नित्यस्योक्ताः शरीरिणः ।
अनाशिनोऽप्रमेयस्य तस्माद्युध्यस्व भारत ।। १८।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अन्तवन्तः ((नाशवान्) इमे (यी) देहाः (शरीर) नित्यः (नित्य) उक्ताः (भनिन्छ) शरीरिणः (शरीरी, शरीरको मालिक) अनाशिनः (अविनाशी) अप्रमेयस्य (अप्रमेय) तस्मात् (त्यसैले) युध्यस्व (युद्ध गर) भारत (हे भरतवंशी, अर्जुन) ।
(तर) यो नित्य, अविनाशी, अप्रमेय, (जुन छ, त्यसलाई) शरीरी भनिएको छ । त्यसकारण, हे भरतवंशी (अर्जुन), युद्ध गर ।।१८।।
व्याख्या
[सम्पादन गर्नुहोस्]सत् र असत् को व्याख्या गर्दै शरीरलाई असत् र शरीरीलाई सत् भनिएको छ । यसलाई अझ स्पष्ट गर्दै शरीरीका तीनवटा गुण बताइएको छ– नित्य, अविनाशी, र अप्रमेय । नित्यको अर्थ हुन्छ जुन सँधैं एकनास छ । अविनाशीको अर्थ हुन्छ जुन ह्रास वा समाप्त हुँदैन तथा प्रमेयको अर्थ हो जसलाई निश्चित मान्यता, सिद्धान्त, आगमन र निगमन तर्कका आधारमा प्रमाणित गर्न सकिन्छ । त्यसैले अप्रमेयको अर्थ हुन्छ नाप्न वा प्रमाणित गर्न नसकिने । यी शब्दावलीले गीताले यहाँ तर्कशास्त्रको भाषा प्रयोग गरेको देखिन्छ ।
आफ्नो कुरा पुष्टि गर्न सामान्यतया निगमन तथा आगमन तर्क प्रयोग गरिन्छ । निगमन तर्क विधिमा एक सामान्य सत्यलाई आधार मानेर विशिष्ट तथ्यमा सत्यापन गरिन्छ । यस विधिलाई माथिबाट तल जाने तर्क वा नियमबाट तथ्यतर्फ जाने विधि पनि भनिन्छ । आगमन विधिमा तथ्यहरूका आधारमा निष्कर्ष प्राप्त गरिन्छ । अर्को शब्दमा ज्ञात तथ्यबाट अज्ञातका लागि अनुमान गर्ने तर्कलाई आगमन भनिन्छ । त्यस अनुमानलाई सामान्य सत्य भनिन्छ ।
उपनिषदमा तर्कशास्त्रका निम्नलिखित छवटा विधि वर्णन प्रयोग गरिएको छ–
१.प्रत्यक्ष– इन्द्रियहरूबाट प्राप्त ज्ञानलाई प्रत्यक्ष प्रमाण, तथ्यका आधारमा प्राप्त ज्ञान, भनिन्छ । कुनै कुरा आँखाले देखेपछि त्यो छ भन्ने प्रमाणित हुन्छ । जस्तै आगो बाल्दा धुवां निस्केको देखेपछि आगो बलेको ठाउँमा धुवां निस्कन्छ भन्ने जानकारी प्राप्त हुन्छ । प्रत्यक्ष विधिलाई आगमन तर्क पनि भनिन्छ ।
२.अनुमान– अन्मान विधिको अर्थ अप्रत्यक्ष वा आगमन तर्क हो । जुन कुरा इन्द्रियद्वारा सोझै जान्न सकिंदैन, त्यसलाई दुईवटा प्रत्यक्ष ज्ञानलाई सम्बन्धित गराएर जानिन्छ । धेरै टाढा धुवाँ पुत्ताएको देखे पछि आगो नदेखिएपनि त्यहाँ आगो बलेको छ भन्ने अनुमान गरिन्छ ।
३.उपमान– उपमान भनेको ज्ञात तथ्यबाट अज्ञात तथ्यको बारेमा जानकारी प्राप्त गर्नु । कहिल्यै बाघ नदेखेको मानिसले बाघ कस्तो हुन्छ भनेर सोधेमा ठीक बिरालो जस्तै तर ठूलो हुन्छ भन्ने जानकारी पाउँछ । यस आधारमा उसले वनमा गएको बेलामा बिरालो जस्तो तर ठूलो जन्तु देखेर यही बाघ हो भनेर चिन्न सक्छ ।
४.शब्द– यो ज्ञान प्राप्त गर्ने वर्णनात्मक, विश्लेषणात्मक विधि हो। यस विधिमा श्रुत शब्दको अर्थग्रहणका आधारमा निष्कर्ष प्राप्त गरिन्छ । उदाहरणका लागि, विदेशमा भ्रमण गरेर आएका मानिसले त्यहाँका अग्ला भवन, फराकिला सडकका कुरा गर्दा हामीले पनि ती कुराको अनुमान गर्छौं ।
५.अर्थापत्ति– यो एक प्रकारको परिकल्पना हो । कसैले खाएको कहिल्यै देखिदैन तर सदा मोटो ताजा देखिन्छ । यस आधारमा उसले कसैले नदेख्नेगरी खाँदो होला भन्ने अनुमान गर्न सकिन्छ । यस्तो जानकारीको आधार कुनै प्रत्यक्ष वा अप्रत्यक्ष तथ्य हुँदैन केवल सैद्धान्तिक तर्क मात्र हुन्छ ।
६.अनुपलब्धि– माथिका तर्कले सिद्ध गर्न नसकेको कुरा छैन भन्ने प्रमाणित हुन्छ । त्यसैले अन्तिम तर्कलाई अनुपलब्धि प्रमाण भनिन्छ । यसको अर्थ हो जसको बारेमा कुरा गर्दै छौं त्यो छैन ।
शरीरी अर्थात् शरीरको मालिकलाई यी सबै तर्कको आधारमा जाँंच गर्दा कुनैमा पनि मिल्दैन । यो शरीरमा छ तर शरीरलाई जस्तै यसलाई प्रत्यक्ष देखाउन सकिंदैन । शरीर भित्र रहेकोले यसको अनुमान गर्न पनि मिल्दैन । जुन कुरा छ त्यसको अनुमान के गर्नु ? उपमान गर्नका लागि ठीक त्यस जस्तो अर्को उदाहरण केही छैन । शरीर भित्र रहेर जसले जीवन दिइरहेको छ, त्यसलाई अर्थापत्ति गरी अनुमान गर्न झनै मिल्दैन । यी पाँचवटा तर्कले सिद्ध गर्न नसक्नेलाई तर्कशास्त्रमा अनुपलब्धि प्रमाण भनिन्छ अर्थात् त्यो कुरा छैन । तर शरीरीलाई छैन भन्न पनि मिल्दैन । यो अभाव पनि होइन । भावरुप हो । यो छ, त्यसैले जीवन छ । यो नभएमा शरीर भइकन पनि नभए बराबर हुन्छ । अस्तित्त्व छ तर प्रत्यक्ष गर्न सकिंदैन । देखाउन नसक्नाले नास्तित्व भन्न पनि मिल्दैन, त्यसैले यसलाई अप्रमेय भनिन्छ ।
जसरी घर मालिक घरभन्दा फरक हुन्छ । जसरी उद्यमी र उद्यम फरक हुन्छ अथवा जसरी श्रम र श्रमिक फरक हुन्छ, त्यसै गरी शरीर र शरीरी फरक हुन्छ । त्यसैले यसलाई शरीरी, देही, यो, असली म, जीव, आत्मा वा परमात्मा भनिन्छ । तर यी सबै संकेतसूचक शब्द हुन् । नाम होइनन् ।
संस्कृतको आत्मा भन्ने शब्द आत्मन् बाट बनेको छ, जसको अर्थ हुन्छ– म आफू, मेरो ‘म’ । के कुरा स्पष्ट छ भने आत्मा शब्द केवल संकेत हो । यो कुनै देखाउन सकिने वस्तु होइन ।
शरीरी भनेपछि यसले शरीरसँग सम्बन्ध देखाउँछ तर यो शरीरका गुण दोषबाट अप्रभावित रहन्छ । स्वामी रामकृष्णले शरीर र शरीरीलाई छुट्ट्याउन भन्ने गर्थे – ‘अहम् दुई प्रकारको हुन्छ एउटा सक्कली अहम् र अर्को नक्कली । एउटा सिरहाने हो र अर्को त्यसको खोल हो । मेरो घर, मेरो छोरा यो असली होइन । म उनको दास, म उनको सन्तान र म स्वयं त्यही नित्य मुक्त ज्ञानस्वरुप हूँ, यो सक्कली अहम् हो ।’ जतिलाई मेरो भन्छौं त्यसमा स्वामित्व छ । त्यसैलाई बुद्धले अनत्ता भनेका छन् । जसको स्वामित्व छ त्यो म, अत्ता ।
बुद्ध जब कपिलवस्तु आए यशोधराले सोधिन्– ‘आर्य, के जुन कुरा तपाईंले बोधिवृक्ष मुनि प्राप्त गर्नु भयो, त्यो यहाँ दरबारमा प्राप्त हुने थिएन ?’
भनिन्छ, उनी मौन बसे । उत्तर दिएनन् ।
कुनै शिष्यले बुद्धलाई सोध्यो–‘ तपाईंले यति लामो साधना गरेर के पाउनु भयो ?’
बुद्धले भने– ‘केही पाइन । जुन पहिले देखि नै थियो, त्यसलाई जानें ।’
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यः (जसले) एनम् (यसलाई) वेत्ति (जान्दछ) हन्तारम् (मार्ने) यः च (अनि जसले) एनं (यसलाई) मन्यते (मान्दछ) हतम् (मरेको) उभौ तौ (ती दुवै) न विजानीतः (जान्दैनन्) न अयं (न यसले) हन्ति (मार्छ) न हन्यते (न मारिन्छ) ।
जसले यसलाई हत्या गर्छु भन्दछ र जसले यो मर्छ भनी बुझ्छ ती दुवैथरीले वास्तविक कुरा नजानेर हो । यसले कसैलाई मार्दा पनि मार्दैन र कसैले मारेर यो मर्दा पनि मर्दैन ।।१९।।
व्याख्या
[सम्पादन गर्नुहोस्]यसलाई मार्छु भन्नु र यो मर्छु भन्नु दुवै असत्य हुन् । शरीरी अर्थात् आत्माको अमरताको यो सिद्धान्त गीताले उपनिषदबाट ग्रहण गरेको छ । यो गीताको मौलिक सिद्धान्त होइन तथापि पुनर्जन्म सिद्धान्तलाई गीताले वैज्ञानिकस्वरुप प्रदान गरेको छ भन्न सकिन्छ । आत्माको अमरता प्रमाणित गरेपछि मात्र अध्याय चारमा जीवको यो पुनरागमन प्रतिपादन गरिएको छ । जुन उसका कर्मको आधारमा हुन्छ, त्यसैले पुनर्जन्म परवश हुन्छ भनिएको छ । यसको उद्देश्य आत्मिकको हो भन्ने कुरा बताइएको छ । अमरताको मान्यता बताएपछि यसलाई पुष्टि गर्न आउने श्लोकहरुमा सोही कुरालाई विभिन्न विधिले व्याख्या गरिएको छ ।
न जायते म्रियते वा कदाचिन्–
नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे ।। २०।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]न जायते (न जन्मन्छ) म्रियते वा (वा मर्छ) कदाचित् (कहिल्यै) न अयम् (न यो) भूत्वा (भइसक्यो) भविता (हुनेछ) वा (अथवा) न भूयः (हुने छैन) अजः (अजन्मा) नित्यः (नित्य) शाश्वत (सनातन) अयम् (यो) पुराणः (पुरानो) न हन्यते ( मारिँदैन) हन्यमाने शरीरे (शरीर मर्दा पनि) ।
न यसको जन्म हुन्छ, न मृत्यु वा कदाचित् एक पटक भयो तर अब फेरि हुँदैन– त्यो पनि होइन (अर्थात् यो जन्मरहित र मृत्युरहित छ)। यो अजन्मा, नित्य, शाश्वत र सबभन्दा पुरानो (सुरुमा) छ । (त्यसैले) शरीर नाश हुँदा पनि यसको नाश हुँदैन) ।।२०।।
व्याख्या
[सम्पादन गर्नुहोस्]अमरता के हो यसको व्याख्या गर्दै भनिएको छ– यो जन्मरहित, नित्य, शाश्वत, र सबैभन्दा पहिलेदेखि नै छ । वृद्धि, ह्रास,परिवर्तन केही हुँदैन । तर शरीरले भने जन्म लिन्छ, बढ्छ, परिवर्तन हुन्छ, र समाप्त हुन्छ । यसको अर्थ के हो भने यो विकाररहित छ ।
शरीर र शरीरीलाई अन्तर गर्न निम्नलिखित विशेषता बताइएको छ–१.अजन्मा २. नित्य, ३. शाश्वत, ४.सबैभन्दा पुरानो ।
अजन्मा अर्थात्, उत्पत्तिरहित । शरीरको उत्पत्ति छ शरीरीको उत्पत्ति छैन । जुन कुरा आफैं छ, त्यसको विनाश हुँदैन । अजन्मा र जन्मरहित भन्नु एउटै हो ।
नित्य अर्थात् स्थायी अस्तित्व । शरीरको अस्तित्व अस्थायी छ तर शरीर निर्माण हुनु अघि पनि शरीरी थियो र शरीर विनाश पछि पनि यो शरीरी रहन्छ ।
शाश्वतको अर्थ हो सधैं एक नासले रहने, अपरिवर्तनीय , (सनातन। त्यसैले यसको वृद्धि वा ह्रास केही हुँदैन । जुन वस्तु बढ्छ, त्यो एक समयपछि घट्न थाल्छ । उदाहरणका लागि शरीर शिशु, बाल,किशोर,युवा,अधबैंशे हुँदै सुरुमा बढ्छ पछि घट्छ । ह्रास हुने वस्तु अन्तमा समाप्त हुन्छ । तर शरीरी ह्रास नहुने भएकोले अविनाशी रहन्छ ।
पुराणको अर्थ हो पुरानो । कुनै पनि प्रारम्भभन्दा पनि पहिलेको । यसको अर्थ जीर्ण वा थोत्रो होइन । शरीरी शरीरभन्दा पुरानो हो । शरीरी भएकोले उसका लागि शरीर बन्छ ।
वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् ।
कथं स पुरुषः पार्थ, कं घातयति हन्ति कम् ।।२१।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]वेद (जान) अविनाशिनम् (अविनाशी) नित्यम् (नित्य) यः (जुन) एनम् (यस– देही–लाई) अजम् (नजम्ने) अव्ययम् (व्यय नहुने) कथम् (कसरी) सः (त्यो) पुरुषः (मानिस) पार्थ (हे पृथापुत्र अर्जुन), कम् (कसलाई) घातयति (मार्छ) हन्ति (मार्छ) कम् (कसलाई) ।
यसलाई अविनाशी, नित्य, अज तथा अव्यय जान । (त्यसो भए) हे पार्थ, त्यसले कसरी र कसलाई मार्ला वा मार्न लगाउला ?२१।।
व्याख्या
[सम्पादन गर्नुहोस्]आत्माको अमरता के हो ? यो अविनाशी छ, नित्य छ, अजन्मा छ, अव्यय छ, त्यो नै अमर हुन्छ । प्रकृतिको सामान्य नियम के हो भने जुन उत्पन्न हुन्छ, त्यो नाश हुन्छ । यदि कुनै कुरा यस्तो छ, जसलाई नाश गर्न सकिंदैन भने स्पष्टतः त्यसलाई उत्पन्न गर्न पनि सकिंदैन । अज भनेको जन्मरहित (तर अस्तित्व भएको), नित्य (सुरु र अन्त नभएको तर बीचमा जुन अस्तित्व छ त्यो सबै भएको), शाश्वत् (जस्तो छ सधैं त्यस्तै रहने) ।
गर्भमा मानिसको निर्माण कसरी हुन्छ ? चिकित्साशास्त्र अनुसार, हात खुट्टा बन्नु अघि शरीर, शरीर अघि हड्डी, त्यस अघि ढाड, त्यसभन्दा पनि पहिले मस्तिष्क निर्माण हुन्छ । तर मस्तिष्क बन्नुभन्दा पहिले पनि त्यो उपस्थित हुन्छ जसका लागि मस्तिष्क निर्माण हुन्छ । जो असली मालिक छ, त्यो सबभन्दा पहिले हुन्छ । पहिला घर मालिक हुन्छ, अनि बल्ल घर बन्छ । त्यसैलाई यहाँ पुरानो भनिएको हो । कुनै कुरा मर्दैन भने यसको विपरीत हुन्छ त्यो जन्मंदा पनि जन्मंदैन । आत्माको सम्बन्धमा दुवै कुरा सही छन् ।
जबसम्म अज्ञान रहन्छ त्यहाँसम्म स्थूल शरीर र सूक्ष्म शरीरको वियोग भइरहन्छ, त्यस बेलासम्म भय रहन्छ । यही संयोग र वियोगलाई जन्म–मृत्यु भन्ने व्यवहार भएको छ ।
वासांसि जीर्णानि यथा विहाय,
नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा–
न्यन्यानि संयाति नवानि देही ।।२२।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]वासांसि (वस्त्रहरु) जीर्णानि (जीर्ण, थोत्रा) यथा (जसरी) विहाय (त्यागेर) नवानि (नयाँ) गृह्णाति (लगाउँछ) नरः (मानिस) अपराणि (अरु, अन्य) तथा (त्यसै गरी) शरीराणि (शरीरहरु) विहाय (त्यागेर) जीर्णानि (जीर्णहरु) अन्यानि (अन्य) संयाति (प्राप्त गर्छ) नवानि देही (नयाँ शरीर) ।
जसरी मनुष्यले जीर्ण, थोत्रो कपडा फालेर नयां लगाउँछ, त्यसै गरी देहीले पनि भोगद्वारा पुरानो भएको शरीरलाई छोडेर नयां शरीर लिन्छ ।।२२।।
व्याख्या
[सम्पादन गर्नुहोस्]भगवान् कृष्णका लागि शरीर वास्तविक सत्य होइन यो एक बाह्य आवरण हो जस्तो पुतलीको आवरण झुसिल्कीरा हुन्छ । तर अर्जुनले आफूलाई के बुझेका छन् ? झुसिल्कीरा कि पुतली ? झुसिल्कीरा र पुतलीमा असली को हो ? जसलाई पुतलीको जीवन चक्र थाहा छ उनीहरूले के जानेका छन् भने झुसिल्कीरा एक खोल मात्र हो । पुतलीको अण्डा र पुतलीका बीचको एक अवस्था मात्र हो । लार्भाको विकसित रुप । पुतलीको सुरक्षा कवच । झुसिल्कीराले आफ्नो खोल छोड्न तैयार हुन्छ भने त्यो पुतली हो । तर खोल छोड्न तैयार छैन् भने झुसिल्कीरा मात्रै हो । समाप्ति हो । त्यही झुसिल्कीरा जसलाई हाँगामा हिंड्न पनि धौधौ छ । पात चाटेर जेनतेन जीवन निर्वाह गर्न बाध्य छ । पुतली बनेपछि आफूले मन पराएको फूलको रस चुस्छ । जुन रुखमा मन लाग्छ उडेर त्यहाँ पुग्छ– बन्धनमुक्त र अपरिमित स्वतन्त्र ।
जब शरीरको त्याग केवल वस्त्र त्याग गर्नु जस्तो हो भन्ने बुझिन्छ अनि निर्भयता स्वतः घटित हुन्छ । जब झुसिल्कीराले म पुतली हुँ भन्ने बुझ्छ अनि उसलाई आफूमा आउने सम्पूर्ण रुपान्तरण ज्ञान उपलब्ध हुन्छ । अनि झुसिल्कीराले आफ्नो झुस जति फाल्न सहर्ष तैयार हुन्छ ।
अविनाशी हुनका लागि विशेषताहरु अर्को श्लोकमा बताइएको छ–
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।। २३ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]न एनम् छिन्दन्ति (यसलाई काट्दैन) शस्त्राणि (शस्त्राणि) न एनम् दहति (यसलाई जलाउँदैन) पावकः (आगोले) न च एनम् क्लेदयन्ति (यसलाई पानीले भिजाउँदैन) आपः (जलले) न शोषयति (सुकाउँदैन) मारुतः (हावाले) ।
यसलाई शस्त्रले काट्न सक्दैन (त्यसैले अच्छेद्य छ) । यो आगोले जलाउन सक्दैन (त्यसैले अदाह्य हो) । यसलाई पानीले भिजाउन सक्दैन (त्यसैले अक्लेद्य हो) ।
अच्छेद्योऽयमदाह्योऽयमऽक्लेद्योऽशोष्य एव च ।
नित्यः सर्वगतःस्थाणुरचलोऽयं सनातनः ।। २४ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अच्छेद्यः (काटिँदैन) अयम् (यो) अदाह्यः (अदाह्य छ) अयम् (यो) अक्लेद्यः (भिजिँदैन) अशोष्यः एव च (अनि सुकदैन पनि) नित्यः नित्य) सर्वगतः (सर्वव्यापक) स्थाणुः (नहल्लिने) अचलः (स्थिर) अयम् (यो) सनातनः सनातन छ) ।
अनि यसलाई वायुले सुकाउन पनि सक्दैन (त्यसैले यो अशोष्य हो) । यो त नित्य, सर्वव्यापक, स्थाणु, अचल र सनातन छ ।
व्याख्या
[सम्पादन गर्नुहोस्]आत्मा किन अमर हुन्छ ? किनभने यो अच्छेद्य, अदाह्य, अक्लेद्य, अशोष्य, नित्य, सर्वव्यापक, स्थाणु, अचल र सनातन छ । यो अच्छेद्य छ– निराकार भएकोले यसलाई टुक्र्याउन वा काट्न सकिंदैन । यो अदाह्य छ– आगोले बालेर यो डढ्दैन । अशोष्य छ– हावाले कपडा भित्रको पानी सुकाए जस्तो यसलाई सुकाउन सुक्दैन । अक्लेद्य छ– पानीले यसलाई भिजाउन सक्दैन । यो नित्य छ । यो सर्वव्यापक छ । कुनै एक स्थानमा छ र अन्यत्र छैन भन्ने होइन । स्थाणु अर्थात् नडग्ने छ । चलायमान पनि छैन, स्थिर छ । सनातन छ । जुन कुरा अनादि कालदेखि अनन्त कालसम्म एकनास छ, जसको निर्माण वा विनाश हुँदैन, त्यसलाई सनातन भन्दछन् । सूर्यचन्द्र पनि सनातन छैनन् । यिनीहरू पनि जन्मने र मर्ने हुन्छन् ।
अव्यक्तोऽयमचिन्त्योऽयमविकार्योऽयमुच्यते ।
तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ।। २५ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अव्यक्तः (अव्यक्त) अयम् (यो) अचिन्त्यः (मनले नजानिने) अयम् (यो) अविकार्यः (अविकारी) अयम् (यो) उच्यते (भनिन्छ) तस्मात (त्यसैले) एवम् (यस प्रकार) विदित्वा (जानेर) एनम् (यसलाई) न अनुशोचितुम् अर्हसि (शोक गर्नु उचित छैन) ।
यसलाई इन्द्रियले व्यक्त गर्न नसकिने, मन बुद्धिले चिन्तन गर्न नसकिने, विकाररहित भनिएको छ । यसरी बुझेर यस (देही) लाई यस प्रकार राम्ररी बुझेर (तिमीले) शोक गर्नु उचित छैन ।।२५।।
व्याख्या
[सम्पादन गर्नुहोस्]त्यो अव्यक्त छ । जुन वस्तुमा रुप, रस, गन्ध, स्पर्श तथा शब्द यी मध्ये कुनै गुण हुन्छ, त्यो वस्तु कुनै न कुनै इन्द्रियद्वारा व्यक्त गर्न सकिन्छ । तर जसलाई कुनै पनि प्रमाणले व्यक्त गर्न सकिंदैन, त्यसलाई अव्यक्त भनिन्छ । चिन्तन गर्ने चित्त वा मन हो । बुद्धि र अहङ्कार यसैका अवस्थान्तर मात्र हुन ।
त्यो अचिन्त्य छ अर्थात् त्यो कल्पनातीत छ । मनले देख्न नसकिने भएकाले नै अचिन्त्य भनिएको हो ।
त्यो अविकारी छ । जो सदा एकनास नरहेर बराबर बदलिंदै रहन्छ त्यसलाई विकारी भन्दछन । देहको मालिक सदा एकरस हुनाले निर्विकार छ । यस परम तत्त्वलाई जानेपछि कसैलाई पनि शोक मोह हुन सक्तैन ।
न जायते म्रियते... भने पछि अब त्यसलाई पुष्टि गर्नका लागि यी व्याख्या कुरा बुझाउने विभिन्न तरिकाहरू हुन् । एउटा दयालु गुरूले शिष्यलाई अनेक विधिद्वारा एउटै कुरा दोहोर्याइ तेहेर्याइ बुझाउने प्रयास गर्छ । भगवान् श्रीकृष्णले त्यही गर्नु भएको छ । त्यसैले भगवान् कृष्णलाई महानतम् शिक्षक पनि भनिन्छ ।
कुनै जटिल सिद्धान्त बुझाउनु पर्यो भने शिक्षकले त्यसलाई अनेक प्रकारले व्याख्या गर्छ । मौखिक व्याख्या गर्छ । त्यसलाई रेखाचित्र वा चित्र बनाएर फेरि उही कुरा भन्छ, तालिका वा तथ्याङ्कबाट पुष्टि गर्छ । गणितीय उदाहरणबाट व्याख्या गर्छ । सम्भव भए प्रयोग गरेर देखाउँछ । तर यो सब फरक फरक कुरा होइन, एउटैकुराको विभिन्न व्याख्या मात्र हो । कहिलेकाहीं यसको विपरीत प्रभाव हुनजान्छ । जुन कुरा ज्यादै सजिलो छ, त्यो कहिलेकाहीं जटिल हुनजान्छ । अनि लाग्छ यो कुनै जटिल सिद्धान्त हो । यही समस्या आध्यात्मिक शास्त्रहरूमा पनि छ ।
अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम् ।
तथापि त्वं महाबाहो नैवं शोचितुमर्हसि ।।२६।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अथ (अथवा) च एनम् (अनि यसलाई) नित्यजातम् (सधैं जन्मने) नित्यं वा मन्यसे मृतम् (वा सधैं समाप्त हुने मान्छौ भने) तथापि (त्यसपछि पनि) त्वम् (तिमी) महाबाहो (हे महाबाहु) न एवम् शोचितुम् अर्हसि (यसमा पनि शोक गर्नु उचित छैन) ।
अथवा (अब अर्को तरिकाले बुझ) यदि तिमीले यसलाई नित्य नमानेर शरीरका साथै जन्मने हुन्छ (शरीर मर्नासाथ सबै कुरा मर्छन्) भन्ठान्छौ भने पनि हे महाबाहो (वीर अर्जुन) तिमीले यतिविधि अफशोच गर्नु मुनासिब छैन ।
अथवा यसरी बुझ यस शब्दावलीले के कुरा स्पष्ट हुन्छ भने भगवान् कृष्णले अर्जुनलाई कुनै फरक दृष्टिकोणले बुझाउने प्रयास गर्नु भएको छ । स्वामी ईश्वरानन्दका अनुसार यो दृष्टिकोण गीताको होइन, यो अरुको भनाई हो । यदि अर्जुनको दृष्टिकोण भगवान् कृष्णको भन्दा फरक छ भने उसले यस दृष्टिकोणले बुझ्न सक्छन् । यस फरक दृष्टिकोणलाई आधुनिक समयमा भौतिकवादी दृष्टिकोण– मेटेरियलिस्टिक एप्रोच भनिन्छ । यी श्लोकहरूको उपस्थितिले के अनुमान गर्न सकिन्छ भने कृष्णको समयमा पनि यी विचार राख्ने व्यक्तिहरू थिए होलान् ।
जातस्य हि धु्रवो मृत्योध्र्रुवं जन्म मृतस्य च ।
तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।।२७।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]जातस्य (जन्म भएको) हि धु्रवः ( निश्चित नै छ) मृत्यु ः (मृत्यु) ध्रुवम् (निश्चित्) जन्म मृतस्य च (मृतकको फेरि जन्म हुन्छ नै) तस्मात् (त्यसैले) अपरिहार्य (उपाय नभएको) अर्थे (विषयमा) न त्वं शोचितुमर्हसि (तिमीले शोक गर्नु उचित छैन) ।
(किनभने) जुन कुरा उत्पत्ति हुन्छ, त्यो अवश्य नष्ट हुन्छ । जन्म पछि मृत्युको क्रम निश्चित छ । त्यसकारण यस्तो अपरिहार्य अर्थ (उपाय नभएको विषय) मा तिमीले शोक गर्नु हुँदैन ।।२७।।
व्याख्या
[सम्पादन गर्नुहोस्]संसारमा सबै कुरा नाशवान छन् भन्ने दृष्टिकोणहरुमध्ये सबभन्दा चर्चित दर्शनलाई चार्वाक भनिन्छ । चार्वाक मतमा केवल चार तत्त्व प्रमुख छन्, पृथ्वी, जल, तेज, र वायु । आकाश तत्त्व भन्ने कुरा छैन । बौद्ध दर्शन जस्तो यसले अरु सबैलाई शून्य मान्छ । चार महाभूत उत्पत्तिको कारण के हो भन्ने कुरा यस दर्शनमा स्पष्ट गरिएको छैन ।
यस दर्शन अनुसार, जुन कुरा प्रत्यक्ष इन्द्रियले जानिन्छ त्यो मात्र सत्य हुन्छ । अनुमान विधि ज्ञानका लागि प्रमाण हुन सक्दैन किनभने यसबाट केवल सम्भावना उत्पन्न गर्न सकिन्छ । अनुमान भनेको प्रत्यक्ष ज्ञानलाई भूतकाल वा भविष्यकालमा गरिएको विस्तार मात्र हो । यस्तो विस्तार असम्भव र निरर्थक हुन्छ ।
सुख दुख सबै यसै संसारमा भोगिने कुरा हुन् । दुख छ भनेर यस संसारको सुख छोडेर कल्पित सुख र स्वर्गको खोजी गर्ने मूर्ख हुन् । माछामा काँडा छन् भनेर माछा खांदै नखाने ? गाईवस्तुले खेती खाइदिन्छ भनेर खेती गर्न छोडिदिने ?
बाल, युवा, र वृद्ध एक अवस्थाको समाप्ति र अर्को अवस्थाका कुरा हुन् । बाल्यावस्थाको स्मृति युवामा र युवा स्मृति वृद्धमा कसरी सर्छ भन्ने विषयमा चार्वाक मत के छ भने बालपनका संस्कार युवा शरीर र युवापनका संस्कार वृद्ध शरीरलाई हस्तान्तरित हुनजान्छन् । यस हस्तान्तरणले गर्दा पुराना स्मृतिहरू रहिरहन्छन् । कुनै आत्माको कारणले स्मृति हस्तान्तरण भएको होइन ।
आत्मा भन्ने वस्तुको अस्तित्व छैन । चेतना शरीरको गुण हो । यो शरीर नै आत्मा हो । यसलाई सिद्ध गर्ने तीन तरिकाहरू चार्वाक मतमा छन्– तर्क, अनुभव र आयुर्वेद प्रमाण ।
तर्कका आधारमा यस दर्शनले के मान्दछ भने शरीर रहुञ्जेल आत्मा हुन्छ, त्यस पछि हुँदैन । अनुभव के छ भने म दुर्बल छु, म गोरो छु इत्यादि शरीरका अनुभव हुन् । म भनेको त्यही शरीर हो । जसरी पान, चूना, कत्था र सुपारी मिसाउँदा आफैं रातो रङ्ग उत्पन्न हुन्छ । त्यसै गरी भूमि, जल, तेज र वायु यी चार कुराको संयोगले शरीरमा चेतना आफैं उत्पन्न हुन्छ । यसलाई आयुर्वेद प्रमाण भनिन्छ ।
यस मतमा ईश्वर भनेको राजा वा शासक हो जसले असल र खराबको निर्णय गरी दण्ड र पुरस्कार दिन्छ । जब यस संसार बाहेक अन्यत्र स्वर्ग नर्क छैन भने धर्मको फल भन्नु फजुल कुरा हो । सुख र धर्म तथा दुख र अधर्मको सम्बन्ध भनेको कोइलीको मधुर बोली प्रभाव र कागको कर्कश बोली प्रभाव जस्तै स्वाभाविक हो । कसैले दिने प्रभाव होइन ।
जुन कामले शरीरलाई सुख पुर्याउँछ । इन्द्रिय तृप्ति हुन्छ, त्यो गर्नु पर्छ । इन्द्रिय आनन्द लिन जुन कुरा बाधक हुन्छ त्यसलाई समाप्त गर्नु पर्छ । स्त्री, पुत्रादिबाट प्राप्त सुख मात्र सुख हो । त्यसैको प्राप्ति पुरुषार्थ हो । यस मतमा अर्थ र काम नै पुरुषार्थ हो ।
‘अथवा’ शब्दले यस वैकल्पिक सिद्धान्तलाई संकेत गरेको छ । मानौं अर्जुनको कुरा नै सही छ– जन्मबाट जीवन सुरु हुन्छ र मृत्युमा सबै समाप्त हुन्छ । भीष्म आदि सबै योद्धा मर्छन् । यदि अर्जुनको भनाई नै सत्य हो नै हो भने पनि मर्नेका लागि शोक गर्नु अनुचित छ । मर्यो भनेर शोक गर्ने ? यस्तो अपरिहार्य विषयलाई किन शोक गर्ने ? तात्पर्य के हो भने जन्मनेहरुको मरण अवश्यंभावी हुनाले अपरिहार्य कुरामा शोक गर्नु मूर्खता हो ।
डेविढ बर्नरको एउटा प्रसिद्ध पुस्तक छ– डाक्टर नभएमा । यो नेपालमा सबैभन्दा धेरै बिक्री भएको पुस्तकमध्ये पर्छ । स्वस्थ रहनसक्ने, रोगबाट बच्ने, र रोग लागेमा गर्नु पर्ने सम्पूर्ण जानकारी यस पुस्तकमा उपलब्ध छ । सकभर औषधि खानबाट बच्नु पर्छ भन्ने सुझाव पनि दिइएको छ । चिकित्सकको सल्लाहका नियमहरू पनि छन् । तर निष्कर्षमा डेविड बर्नरले आफ्नो सम्पूर्ण अनुभवको सार स्पष्ट शब्दमा लेखेका छन्– ‘मृत्युलाई स्वीकार्नु पर्छ ।’ उनले भनेका छन्– ‘आफ्नो जीवन पर्यन्त बाँचिसकेको छु भन्ने विचार गर्ने मानिसहरू साधारणतया मर्नदेखि डराउँदैनन् । मृत्यु जेसुकै भए तापनि जीवनको स्वाभाविक अन्त हो । वृद्धावस्था अथवा दीर्घरोगले सताइएका व्यक्तिहरू मर्न लागेको बेलामा अस्पतालमा बस्नुभन्दा आफ्ना प्यारा नातेदारहरूका साथ आफ्नो परिचित वातावरण भएको घरमा बस्न चाहन्छन् । केही मानिसहरू मर्न डराउँछन् । उनीहरूले ज्यादै कष्ट भोगिरहेका भए तापनि यो परिचित संसार त्यागेर जान उनीहरूलाई गाह्रो परिरहेको हुन्छ । प्रत्येक समाजमा मृत्यु र मृत्युपछिको जीवनका बारेमा आफ्नै किसिमको विश्वास गर्ने पद्धति हुन्छ । यस किसिमका विचार, विश्वास तथा परम्पराले गर्दा मृत्युको सामना गर्न मान्छेलाई केही सान्त्वना मिल्न सक्छ ।...हामी सबैले मर्नु पर्छ । मृत्युलाई स्वीकार गर्न दिनु मरणासन्न व्यक्तिलाई मदत गर्नु हो ।’
अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत ।
अव्यक्तनिधनान्येव तत्र का परिदेवना ।।२८।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अव्यक्त (अव्यक्त छन्) आदीनि (सुरुमा) भूतानि (प्राणीहरु) व्यक्त (व्यक्त छन्) मध्यानि (मध्यमा) भारत (हे भरतवंशी, अर्जुन) अव्यक्तनिधनान् एव (निधन पछि अव्यक्त हुने नै छन्) तत्र (त्यसमा) का (किन) परिदेवना (रुवाबासी, पश्चाताप) ।
हे भरतवंशी (अर्जुन), समस्त भूतवर्ग पहिले अव्यक्त थिए, बीचमा प्रकट भएका छन् । नाश भएपछि फेरि अव्यक्त हुने छन् । अनि त्यस्तो कुरामा के को रुवाबासी ?२८।।
व्याख्या
[सम्पादन गर्नुहोस्]बोलीचालीको भाषामा जसलाई हामीले समाप्त वा नाश भनेर बुझ्छौं, दर्शनमा त्यसलाई प्रलय हुनु भनिन्छ । लयको एउटा अर्थ हो संगीतको लय, समन्वय ताल । समष्टिको तालमा मिसिनु लय हो । वास्तवमा प्रकृतिको नाश कहिल्यै पनि हुँदैन । यदि प्रकृति समाप्त हुन्छ भने फेरि त्यसको सृष्टि कसरी र कसले गर्छ ? शून्यबाट अनन्त कुार उत्पादन हुनसक्दैन । त्यसैले सृष्टिकालमा अव्यक्त प्रकृतिबाट व्यक्त जगत् प्रकट हुन्छ । जगत पुनः लय भएपछि अव्यक्त हुनजान्छ । यो बारम्बार भइरहन्छ । यही सृष्टि र लय हो । लय भनेको समाप्ति होइन र प्रकट हुनु प्रारम्भ होइन । केवल एक अर्कामा रूपान्तरण हो । यो कुरा बुझ्नेले कसैको मृत्युमा रुवाबासी गर्नु पर्दैन । महाभारत स्त्री पर्व २.९३ मा यसैलाई दर्शन र आदर्शन शब्द प्रयोग गरिएको छ ।
आश्चर्यवत्पश्यति कश्चिदेनम्
आश्चर्यवद्वदति तथैव चान्यः ।
आश्चर्यवच्चैनमन्यः श्रृणोति
श्रुत्वाप्येनं वेद न चैव कश्चित् ।। २९ ।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]आश्चर्यवत् (आश्चर्यवत्) पश्यति (हेर्छ) कश्चिद् (कसैले) एनम् (यसलाई) आश्चर्यवत् (आश्चर्यवत्) वदति ( बोल्छन्) तथा एव (त्यसै गरी) च अन्यः (र अन्यले) आश्चर्यवत् च (अनि आवश्र्यवत्) एनम् (यसलाई) अन्यः अन्यले) श्रृणोति (सुन्छन्) ।
कसैले यसलाई अचम्म मानेर हेर्छन् । कसैले अचम्म मानेर यसको बयान गर्छन् । अरु कसैले अचम्म मान्दै सुनेर बसेका हुन्छन् । कोही (त कस्ता हुन्छन् भने) यस विषयमा जति सुने पनि (कुरै) बुझ्दैनन् ।।२९।।
व्याख्या
[सम्पादन गर्नुहोस्]भगवानले पुनः अब गीताको दृष्टिकोणले अर्जुनलाई बुझाउन सुरु गर्नु हुन्छ– ‘कसैले यसलाई अचम्म मानेर हेर्छन् । कसैले अचम्म मानेर यसको बयान गर्छन् । अरु कसैले अचम्म मान्दै सुनेर बसेका हुन्छन् । कोही त कस्ता हुन्छन् भने यस विषयमा जति सुने पनि कुरै बुझ्दैनन् ।’
यो समस्या सधैंको हो । कसैले यसलाई बुझ्न चाहँदैन । कसैले बु झ्न त बुझ्छ तर अत्यन्त कठिनाई साथ । कसैले आफूले त राम्ररी बुझ्छ तर अरुलाई बुझाउनमा रुचि लिंदैन । कसैले यसलाई जति गरे पनि बुझ्दैन । अन्य कसैले आफूले त बुझ्छ, अरुलाई बुझाउन सक्दैन । कोही कस्ता लालबुझक्कड हुन्छन् भने केही जान्दैनन् तर सबै जानेको स्वाङ् पारेर संसारलाई झुक्याइ रहेका हुन्छन् ।
भगवान् श्रीकृष्णका लागि यो अत्यन्त सरल कुरा हो । तर एउटालाई बुझाउन जुन विधि सरलतम हुन्छ अर्कालाई त्यो जटिलतम र दुर्बोध्य हुनसक्छ । कसलाई कुन कुराले बुझाउँदा ठीक हुन्छ यो पत्ता लगाउनु नै एक कठिन काम हो ।
देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत ।
तस्मात्सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि ।।३०।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]देही (देही, देहको मालिक) नित्यम् (नित्य) अवध्यः (अवध्य) अयम् (यो) देहे (शरीरमा) सर्वस्य (सबैका) भारत (हे भरतवंशी, अर्जुन) तस्मात् (त्यसैल्े) सर्वाणि भूतानि (सबै प्राणीहरुमा) न त्वम् शोचितुम् अर्हसि (तिमीले शोक गर्नु उचित छैन) ।
हे भरतवंशी, (सुन) । समस्त प्राणीका देहमा रहेको देही अबध्य छ । त्यसकारण तिमीले कुनै प्राणीका निम्ति पनि शोक गर्नु योग्य (उचित) छैन ।।३०।।
व्याख्या
[सम्पादन गर्नुहोस्]जुन कुरा कहिल्यै मर्दैन, र जसलाई कसैले मार्न पनि सक्दैन, त्यसका लागि शोक गर्न उचित नहुने कुरा व्याख्या गर्नु भएको छ ।
आज वैज्ञानिकहरु गहिरो अध्ययन र बारम्बारका प्रयोगबाट गीताको यसै निष्कर्षमा पुगेका छन् । उनीहरुले भन्छन्– कुनै वस्तुको पदार्थ भाग कहिल्यै नष्ट गर्न सकिंदैन । यसलाई उनीहरुले म्याटर नाम दिएका छन् । कुनै पदार्थमा रहेको पिण्ड (mबकक) र ऊर्जा (भलभचनथ) मा उनीहरुले अन्तर गर्दछन् । सुरुमा पदार्थको शक्ति वा ऊर्जा भागलाई मात्र अविनाशी भनिन्थ्यो तर आधुनिक विज्ञानले पिण्डलाई शक्तिमा र शक्तिलाई पिण्ड वा स्थूलमा रूपान्तरण गर्ने विधिको विकास गरिसकेको छ । यो आइन्स्टीनको मास इनर्जी रूपान्तरण समीकरणमा आधारित छ ।
स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि ।
धर्म्याद्धि युद्धाच्छ्रेयोऽन्यत्क्षत्रियस्य न विद्यते ।।३१।।
पदच्छेद र शब्दार्थ=
[सम्पादन गर्नुहोस्]स्वधर्मम् अपि च ( अनि स्वधर्मलाई नै) अवेक्ष्य (निरीक्षण गर्दा) विकम्पितुम् अर्हसि (विचलित हुनु उचित छैन) धम्र्यात् हि ( किनभने धर्मयुक्त) युद्धात् (युद्धभन्दा) श्रेयः (श्रेयस्कर) अन्यत् (अर्को) क्षत्रियस्य (क्षत्रियका लागि) न विद्यते (छैन) ।
(तत्त्व दृष्टितिरको ख्याल नगरी) केवल स्वधर्मलाई मात्र लिने हो भने पनि तिमी आफ्नो कर्तव्य पथबाट विचलित हुनु ठीक छैन किनभने क्षत्रियका लागि धर्मयुद्धभन्दा कल्याणकारी अरु केही छैन ।।३१।।
व्याख्या
[सम्पादन गर्नुहोस्]हिन्दु परम्परामा स्वधर्मले विभिन्न व्यक्तिका सन्दर्भमा विभिन्न रुप लिएको हुन्छ । उदाहरणका लागि एक सैनिकको कर्तव्य एक चिकित्सकको भन्दा फरक हुन्छ । एउटाले ज्यान लिन्छ भने अर्कोले ज्यान बचाउँछ । यसै गरी एक शिक्षकको कर्तव्य एक विद्यार्थीको कर्तव्य भन्दा फरक हुन्छ इत्यादि । समाजका सबै सदस्यहरुले आआफ्नो कर्तव्य सहयोग र सद्भावनापूर्वक पालन गरेमा मात्र सम्पूर्ण समाजको हित सुरक्षित हुन्छ । आफ्नै विरुद्ध विभाजित घर नष्ट हुन जान्छ ।
गीतामा स्वधर्मको अर्थ हो, कर्तव्यबोध । जुन कुनै मानिसलाई उसको प्रकृति, अवस्थिति धर्मशास्त्रद्वारा निर्धारित छ । के भन्नु नपर्ला भने स्वधर्म नै पहिलो धर्म हो । यस्ता स्वधर्मलाई कहिल्यै पनि त्याग्नु हुँदैन । यसको पालन मात्र श्रेयस्कर हुन्छ ।
स्वधर्मको अर्थ कसै कसैले वर्णाश्रम धर्म लिने गरेका छन् । तर यस श्लोकमा वर्ण नभनिएकोले स्पष्टतः यो वर्ण धर्मको कुरा होइन । यो व्यक्तिगत धर्म हो । व्यक्तिगत रुचि, विशेषता र गुण अनुसारको क्रिया । ब्राह्मण पुत्र भइकन पनि परशुरामको स्वधर्म क्षत्रिय हो । उनी रामसंग पनि लड्न तैयार छन् । आफ्नै शिष्य भीष्मसंग भयङ्कर युद्ध गर्छन् । द्रोण र कृप धनुर्वेदका आचार्य थिए । भीमको स्वधर्म सेवक प्रकृतिको छ । कुनै सोच विचार नगरी केवल अह्राएको काम फत्ते गर्छन् । युधिष्ठिरको स्वधर्म ब्राह्मण हो । जहिले पनि उचित अनुचित मूल्याङ्कन गर्छन् । उनले संन्यास लिन सक्छन् तर अर्जुनले त्यो गर्न सक्दैनन् । किनभने उनी ज्यादै सक्रिय छन् । अर्जुन पूर्णतया क्षत्रिय स्वधर्मको व्यक्ति हो । उसको स्वधर्म न्यायको पक्षमा युद्ध गर्नु हो । न्यायको पक्षमा संग्राम अर्थात् धर्मयुद्ध । यो युद्ध त्याग्नु भनेको अन्यायको पक्ष पोषण गर्नु हो ।
मानिसहरू गुण अनुसार पनि चिनिन्छन् । कसैले कठोर इन्द्रिय निग्रह गर्न मन पराउँछन् । कसैले प्रशस्त सुख भोग गर्न मन पराउँछन् । कसैले सेवा मन पराउँछन् । कसैले व्यावसायिक जीवन मन पराउँछन् । जसमा ज्ञानको तीव्र चाहना छ त्यसको स्वधर्म हो– ब्राह्मण । जसमा धनार्जनको तीव्र इच्छा छ उसको स्वधर्म वैश्य र जसलाई सेवा कार्य मन पर्छ उसको स्वधर्म शूद्र हो । अर्जुनको जुन स्वाभाविक वृत्ति छ, त्यस अनुसार अर्जुनमा शूरवीरता छ, मालिकपनको भाव छ, उत्कृष्ट धारणा शक्ति छ । यो सबै क्षत्रियको गुण हो । अनि यस्तो व्यक्ति कतिञ्जेलसम्म युद्ध नगरी बस्न सक्ला ?
यस कुरालाई आउने श्लोकमा स्पष्ट गरिएको छ ।
यदृच्छया चोपपन्नं स्वर्गद्वारमपावृतम् ।
सुखिनः क्षत्रियाः पार्थ लभन्ते युद्धमीदृशम् ।।३२।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यदृच्छया (यादृच्छिक, आफैं) च उपपन्नम् (प्राप्त भएको) स्वर्गद्वारम् (स्वर्गको ढोका) अपावृतम् (खुलेको) सुखिनः (भाग्यमानी) क्षत्रियाः (क्षत्रियहरुलाई) पार्थ (हे पार्थ) लभन्ते (प्राप्त हुनछ) युद्धम् इदृशम् (यस प्रकारको युद्ध) ।
हे पार्थ, आफैं प्राप्त हुन आएको, स्वर्गको खुल्ला ढोका जस्तो यस प्रकारको युद्ध भाग्यवान् क्षत्रियहरूले मात्र पाउँछन् ।।३२।।
व्याख्या
[सम्पादन गर्नुहोस्]यादृच्छिकको अर्थ हुन्छ बिना कुनै प्रयास प्राप्त । अर्जुनले युद्ध पिपासु भएर युद्धका लागि निहुँ खोजेको होइन । अर्जुनले आक्रमण गरेको होइन, आइपरेको युद्धमा सुरक्षाका लागि प्रत्याक्रमण उसको कर्तव्य हो, किनभने अर्जुन प्रकृतितः योद्धा हो । अपावृत्त स्वर्गको द्वार भनेको जुन आवृत्त छैन, खोलिएको छ । एक योद्धाले अन्यायको विरोधमा युद्ध गर्न तैयार हुँदा स्वर्गका देवताहरुले पनि ढोका खोलेरसम्मान गर्छन् भन्ने मानिएको छ । बहादुर योद्धाका लागि यो भाग्यले पाउने कुरा हो ।
गीताले हिंसा सधैं गलत र अहिंसा सधैं उचित भन्दैन । यसले हिंसाको समर्थन गरेको होइन बरु हिंसा वा अहिंसालाई निरपेक्ष हेर्नु हुँदैन भन्ने सन्देश दिएको हो । उदाहरणका लागि, त्यो आततायी जसले हजारौं निरपराध र अबोधको हत्या गर्न गर्नसक्छ, त्यस्तो एक जनाको जीवन लिँदा हुने हिंसा ऊ जीवित भएमा हुने हजारौंको जुन हत्या हुनसक्छ त्यसको तुलनामा अत्यन्त गौण हो । बरु हजारौंको जीवनदानले गर्दा पुण्य नै प्राप्त हुन जान्छ ।
अथ चेत्वमिमं धर्म्यं संग्रामं न करिष्यसि ।
ततः स्वधर्मं कीर्तिं च हित्वा पापमवाप्स्यसि ।।३३।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अथ (अथवा) चेत् तु ((तर यदि) इमम् धम्र्यम् संग्रामम् (यो धर्मयुक्त युद्ध) न करिष्यसि (गर्ने छैैनौ) ततः (भने त्यसबाट) स्वधर्मम् कीर्तिम् च (स्वधर्म र कीर्ति) हित्वा (गुमाएर) पापम् अवाप्स्यसि (पापको भागी हुनेछौ) ।
यदि कदाचित तिमीले यो धर्मयुक्त युद्ध गरेनौ भने त्यसबाट स्वधर्म र कीर्ति दुवैलाई गुमाएर पापको भागी हुनेछौ ।।३३।।
व्याख्या
[सम्पादन गर्नुहोस्]अगाडि आएको चुनौतीलाई स्वीकार गर्नु अर्जुन जस्ता बहादुरको स्वधर्म हो, भाग्नु होइन । न्यायको पक्षमा दृढतापूर्वक उभिनु अर्जुनको स्वधर्म हो । यसबाट भाग्नु स्वधर्मपालन नगर्नु र कीर्ति गुमाउनु हो । जीवन एक युद्ध हो । त्यसमा आएको हाँकलाई समाधान नगरी कुनै मानिसले पनि जीवनमा सफलता प्राप्त गर्न सक्दैन । यस्तो युद्ध भौतिक र आध्यात्मिक दुवै सफलताका लागि आवश्यक हुन्छ । गीताको सन्देश यही हो ।
अहिंसा सिद्धान्तमा अन्याय र हिंसाको प्रति उत्तर प्रतिहिंसा नभएता पनि कुनै पनि प्रकारको प्रतिकार नगर्नु अहिंसा होइन,त्यो त आत्मसर्पण हो ।
आइन्सटीनले भनेका छन्– खराब काम गर्नेहरूले गर्दा यस संसारको नाश हुने छैन बरु त्यसलाई मूक दर्शक बनेर हेर्नेहरूले गर्दा हुनेछ ।
अर्जुनले अन्यायको विरुद्धमा देखाएको कायरता अहिंसा होइन, पाप हो ।
(तत्व दृष्टितिरको ख्याल नगरी) केवल स्वधर्मलाई मात्र लिने हो भने पनि तिमी आफ्नो कर्तव्य पथबाट विचलित हुनु ठीक छैन किनभने क्षत्रियका लागि धर्मयुद्धभन्दा कल्याणकारी अरु केही छैन ।।३१।।
अकीर्ति चापि भूतानि कथयिष्यन्ति तेऽव्ययाम् ।
सम्भावितस्यचाकीर्तिर्मरणादतिरिच्यते ।।३४।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अकीर्तिं (अपकीर्ति) च अपि (अनि) भूतानि (मानिसहरुले) कथयिष्यन्ति (भन्ने छन्) ते अव्ययाम् (तिमीलाई निरन्तर) सम्भावितस्य (प्रतिष्ठित, सम्माननीयहरुका लागि) च अकीतिः (अपकीर्ति) मरणाद् (मर्नुभन्दा पनि) अतिरिच्यते (अति रिच्– बढी हुनेछ)
(यति मात्र होइन अरु पनि अनिष्ट छ ।) लोकले चिरकालसम्म तिम्रो अपयश गाउने छ । सभ्य व्यक्तिका लागि अपयश मरणभन्दा पनि बढी (खराब) हो ।।३४।।
भयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथाः ।
येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम् ।। ३५।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]भयात् (भयले) रणात् (युद्धबाट) उपरतम् मंस्यन्ते (भागेको मान्ने छन्) त्वाम् (तिमीलाई) महारथाः (महारथीहरुले) येषाम् च (अनि जसले) त्वम् (तिमीलाई) बहुमतः (ठूलो महत्त्व) भूत्वा (दिन्थे) यास्यसि (प्राप्त हुनेछ) लाघवम् (लघुतालाई) ।
(दुर्याधन, कर्ण आदि) महारथीहरूले तिमीलाई डराएर युद्धबाट भागेको ठान्ने छन् । अघि जसले तिमीलाई ठूलो महत्त्व दिन्थे, उनीहरूले तिमीलाई तुच्छ ठान्ने छन् ।।३५।।
अवाच्यवादाँश्च बहुन्वदिष्यन्ति तवाहिताः ।
निन्दन्तस्तव सामर्थ्यं ततो दुःखतरं नु किम् ।।३६।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अवाच्यवादान् च (अनि अवाच्य वचन) बहुन् (धेरैले) वदिष्यन्ति (बोल्ने छन्) तव अहिताः (तिम्रो अहितमा) निन्दन्तः (निन्द्या गर्ने छन्) तव (तिम्रो) सामथ्र्यम् (सामथ्र्य) ततः (त्यसभन्दा) दुःखतरम् (बढ्ता दुख) नु (अनि) किम् (के होला) ? तिम्रा शत्रुहरू तिम्रो सामर्थ्यलाई निन्दा गर्दै अनेकौं अवाच्य (भन्ने नहुने) वचनहरू बोल्ने छन् । त्यसभन्दा बढी दुख अरु के होला ।।३६।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]हतः वा (अथवा मारियौ भने) प्राप्स्यसि (प्राप्त गर्ने छौ) स्वर्गम् (स्वर्ग) जित्वा वा (अथाव जित्यौ भने) भोक्ष्यसे ( भोग गर्नेछौ) महीम् (पुथ्वीको) तस्मात् (त्यसैले) उत्तिष्ठ (उठ) कौन्तेय (कुन्ती पुत्र अर्जुन), युद्धाय कृतनिश्चय (युद्धलाई दृढ होउ) । युद्धमा मारियौ भने स्वर्ग जाने छौ र विजयी भयौ भने पृथ्वीको राज्य प्राप्त हुने छ । त्यसैले हे कौन्तेय, उठ । युद्धलाई दृढ होउ (धैर्य नगुमाउ ।)।।३७।। अर्जुनले युद्धका परिणाम देखाएर युद्धबाट बच्न चाहेका छन् । त्यसैले भगवान् कृष्णले युद्धका परिणामहरू यस प्रकार सूचीबद्ध गर्नु भएको छ–
युद्ध नगर्दाका परिणाम | युद्ध गर्दाका परिणाम | ||
---|---|---|---|
सकारात्मक | नकारात्मक | सकारात्मक | नकारात्मक |
बाँच्न पाइने | पापको भागी हुनुपर्ने | स्वर्ग प्राप्ति | मृत्यु |
-- | बाँचुन्जेल अवाच्य सुन्नु पर्ने,समाजमा अपयश हुने | राज्यको सुखभोग | -- |
-- | डराएर भाग्यो भनी सबैले घृणा गर्ने | स्वधर्म पालनको यश | -- |
-- | शत्रुले सामर्थ्यको निन्दा गर्ने | -- | शत्रुले पनि कीर्ति गाउने |
दुवैको तुलना गर्दै भगवान् भन्नु हुन्छ– ‘हे अर्जुन, युद्धको त्याग गर्दा उचित छ कि युद्धको सामना गर्नु ? तुलना गरी हेर अनि निर्णय लेउ । हेर, युद्ध गर्नुमा नै श्रेय देखिन्छ ।’
डेल कार्नेगी, व्यवहार शास्त्रका उत्कृष्ट पुस्तक लेखक, हजारौं सफल व्यक्तिका जीवनको प्रेरक, को एउटा चर्चित कृति छ–हाउ टु स्टप वरीईंग एन्ड स्टार्ट लिभिंग । जसमा गीतामा बताइएको जस्तै विधि बताइएको छ । उनले यस विधिको प्रयोग गरेर धेरैलाई चिन्ता मुक्त गरेका थिए ।
त्यस पुस्तकमा लेखिएको छ– यदि तपाईंलाई ज्यादै विपरीत परिस्थिति सामना गर्नु परेको छ भने चिन्ता गरेर काम चल्दैन । यस्तोमा अनिर्णित रहनुभन्दा तपाईंले कुनै निर्णय लिए पछि त्यसबाट हुनसक्ने असल र खराब परिणामहरूको सूची बनाउनुहोस् । विभिन्न निर्णयमा भएका असल र खराब परिणामहरू तुलना गर्नुहोस् । जसमा कम जोखिम छ, त्यसलाई छनौट गर्नुहोस् । त्यसलाई छनौट गर्दा आइपर्ने परिस्थितिका लागि तैयार भएर बस्नुहोस् ।
सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ ।
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।३८।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]सुखदुःखे (सुख होस् कि दुख) समे कृत्वा (समान बुझेर) लाभालाभौ (लाभहानि) जयाजयौ (जयपराजय) ततः (त्यस पछि) युद्धाय (युद्धमा) युज्यस्व (जोडिनाले) न एवं पापमवाप्स्यसि (यस प्रकार पाप लाग्ने छैन) ।
सुखदुख, लाभहानि, विजय पराजय सबैलाई एकै देखेर युद्ध गर । यसो गर्नाले तिमीलाई पाप लाग्ने छैन ।।३८।।
व्याख्या
[सम्पादन गर्नुहोस्]तर युद्ध गर्दा अर्जुनले वीरगति प्राप्त गर्न सक्छन् वा विजयी हुनेछन्। वीरगति प्राप्त गरे भने स्वर्ग प्राप्ति हुनेछ र विजयी भएमा राज्यसत्ता प्राप्त हुनेछ ।
युद्धबाट भाग्नका लागि सुरुमा अर्जुनले अनेक शास्त्रीय तर्क गरेका थिए । त्यसैको जवाफमा भगवान् कृष्णले भन्नु भएको छ– ’यस लोकका सुखको कल्पना गर कि स्वर्गका सुखको ? दुवै दृष्टिले उपलब्धि युद्ध गर्नुमा छ । युद्ध नगर्नु भनेको सबै गुमाउनु हो । तर युद्ध गर्नु भनेको राज्य प्राप्ति वा स्वर्ग प्राप्ति हो ।’ दुवै दृष्टिले युद्ध नै राम्रो विकल्प भएकोले अर्जुनलाई धैर्य नगुमाउन अर्ति दिँदै भगवानले भन्नु हुन्छ– सुखदुख, जयपराजयको भावना नराखीकन युद्ध गर्यौं भने मनको बेचैनी समाप्त हुनेछ ।
अर्जुन आध्यात्मिक ज्ञानका निष्ठावान जिज्ञासु हुन् । उनले सकाम कर्म वा कामनाहरूबाट प्रेरित कार्यहरूमा रुचि राख्दैनन् । तर पनि उनको स्वधर्म अनुसार उनी त्यस मार्गका लागि योग्य थिएनन् जसमा सबै कर्मको त्याग निहित थियो । त्यसैले भगवान् श्रीकृष्णले के घोषणा गरीदिनु भएको छ भने अर्जुनको सामर्थ्य केवल कार्य गर्नु हो, त्याग गर्नु होइन तर उनले परिणामतर्फ ध्यान नदिंदै कर्म गर्नु पर्छ ।
एषा तेऽभिहितासाङ्ख्ये बुद्धिर्याेगे त्विमां श्रृणु ।
बुद्धया युक्तो यया पार्थ धर्मबन्धं प्रहास्यसि ।।३९।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]एषा (यहाँ सम्म) ते (तिमीलाई) अभिहिता (भनियो) साङ्ख्ये (ज्ञानयोगको) बुद्धिः (बुद्धि, विचार) योगे (कर्मयोग) तु इमाम् (अनि अब यसलाई) श्रृणु (सुन) बुद्ध्या युक्तः (बुद्धि युक्त भएपछि) यया (जुन) पार्थ (हे पृथा पुत्र, अर्जुन) कर्मबन्धम् (कर्मको बन्धन) प्रहास्यसि (राम्ररी त्याग गर्नेछौ) ।
यहाँसम्म तिमीलाई आत्मज्ञानको उपदेश गरें । अब यही कुरा कर्मयोगको दृष्टिकोणले सुन । हे पार्थ, यस बुद्धि (विचार) ले युक्त भएपछि तिमी कर्मबन्धनलाई राम्ररी त्याग गर्न सक्ने छौ ।।३९।।
व्याख्या
[सम्पादन गर्नुहोस्]मुक्तिका लागि गरिने साधनाका दुई प्रमुख मार्ग छन्– ज्ञान मार्ग र कर्म मार्ग । अर्को शब्दमा ज्ञान सैद्धान्तिक तरिकाले पनि प्राप्त गर्न सकिन्छ र प्रयोग गरे पनि सकिन्छ । यसैलाई बोलीचालीको भाषामा कि पढेर जानिन्छ कि परेर भनिएको हो ।
भगवानले अर्जुनलाई युद्ध गर्ने विषयमा यहाँसम्म जुन जुन बुद्धि वा विचार दिनुभएको छ, ती सबै ज्ञाननिष्ठा अनुसार छन् । अब बताउने विचारहरू कर्मयोगमा आधारित छन् ।
यहाँ प्रयोग गरिएको साङ्ख्य शब्दको अर्थ कपिल साङ्ख्य नभएर ज्ञान हो । त्यसै गरेर योग भनेको हठयोग वा पातञ्जल योग होइन कर्मयोग हो । त्यसै गरी यहाँ बुद्धिको अर्थ उचित लक्ष्यको विचार गर्ने वा तर्क वितर्क गर्ने शक्ति हो । यसपछि श्लोक ४४ सम्म त्यो बुद्धि कस्तो हुनु पर्छ भन्ने कुरा स्पष्ट गरिएको छ ।
आचार्य शङ्करले यस श्लोकको अर्थ गर्दै भनेका छन्– ‘ज्ञान नै सांसारिक शोक, मोह आदि दोष निवारणको युक्ति हो । त्यसलाई कर्मयोग सिद्धान्त र साङ्ख्य सिद्धान्त जुनसुकै मार्गबाट प्राप्त गर्न सकिन्छ ।’
अनि अर्जुनलाई कृष्णका कुरामा रुचि बढोस् यसका लागि भन्नु भएको छ– यो यस्तो बुद्धि हो जसलाई प्राप्त गरेपछि धर्म र अधर्म दुवैका बन्धन नष्ट हुन जान्छन् ।
नेहाभिक्रम नाशोऽस्ति प्रत्यवायो न विद्यते ।
स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात् ।।४०।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]न इह अभिक्रम नाशः अस्ति (यस–कर्मयोग–को नाश छैन) प्रत्यवायः (प्रत्यवाय, प्रतिप्रभाव) न विद्यते (पनि छैन) स्वल्पम् अपि (अति अल्प नै) अस्य (यस कर्मयोग) धर्मस्य (धर्मका परिपालनले) त्रायते (रक्षा गर्छ) महत भयात् (ठूला भयबाट) ।
यसका अभिक्रमको नाश हुँदैन । अनि पालन गर्दा प्रत्यवाय (प्रतिप्रभाव) पनि हुँदैन । यस धर्मको अल्प परिपालनले पनि सबै डरलाग्दा भयबाट सुरक्षा प्रदान गर्छ ।।४०।।
व्याख्या
[सम्पादन गर्नुहोस्]जुन मार्ग भगवान् कृष्णले देखाउँदै हुनुहुन्छ, त्यो पूर्णतया सुरक्षित छ भन्ने कुराको घोषणा गर्नु भएको छ–
छैन अभिक्रम नाश न प्रत्यवाय दोष छ ।
थोरै धर्म पालनले ठूलो भय हटाउँछ ।।
अभिक्रमको अर्थ हुन्छ, सुरुआत, प्राथमिक– इनिसियल । प्रत्यवायको अर्थ हो– साइड इफेक्ट, प्रतिप्रभाव, निराशाजनक प्रभाव । कर्मयोग ज्यादै सुरक्षित मार्ग हो । यसलाई जहाँबाट सुरु गर्यो त्यहींबाट प्रभाव सुरु हुन्छ तर कहीं कतै पनि यसको प्रतिप्रभाव छैन । प्रतिप्रभाव चिकित्साशास्त्रको शब्द हो । आधुनिक चिकित्सा पद्धतिले रोगको कीटाणु सिद्धान्त प्रतिपादन गरेको छ । तिनीहरूलाई नष्ट गर्न जुन औषधि प्रयोग गरिन्छ त्यसलाई प्रतिजैविकी भनिन्छ । तर संगै अर्को चेतावनी दिइन्छ, त्यो के भने, प्रतिजैविकीको प्रयोग गर्दा औषधिको प्रति प्रभावले अर्को समस्या देखा पर्नसक्छ । यस्तो प्रभावलाई गीताशास्त्रमा प्रत्यवाय भनिएको छ ।
आफ्ना स्वाभाविक धर्मको, कर्तव्यको अल्पपालन गर्नेलाई पनि महान् भयबाट सुरक्षा हुन्छ । स्वकर्तव्य पालन गर्न ढिलो भयो भन्नु पर्दैन । जति खेर ज्ञान हुन्छ त्यतिबेला गरिहाल्नु पर्छ । आफ्नो घरमा फर्कन कहिल्यै पनि ढीलो हुँदैन ।
व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन ।
बहुशाखा ह्यनन्ताश्च बुद्धयोऽव्यवसायिनाम् ।।४१।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]व्यवसायात्मिका बुद्धिः (निश्चयात्मिका बुद्धि) एका इह (यस कर्मयोगमा केवल एक) कुरुनन्दन (हे कुरुनन्दन, कुरुवंशी), बहुशाखा (अनेकानेक) ही अनन्ताः च (अनि अननत्) बुद्धयः अव्यवसायिनाम् (अव्यवसायी– छरिएको बुद्धि भएकाहरुको) ।
हे अर्जुन, यस कल्याण पथमा निश्चयात्मिका बुद्धि एउटै छ । निश्चय भावना नभएका व्यक्तिका बुद्धिहरू (वासनानुसार) अनन्त छन् ।।४१।।
व्याख्या
[सम्पादन गर्नुहोस्]व्यावसायिक र अव्यावसायिक बुद्धिमा के फरक छ ? बुद्धि अव्यावसायिक छ भने यसका अनेक सतह हुन्छन् । प्रत्येक सतहले आआफ्नो स्वतन्त्र निर्णय गर्छ । अनि के गर्ने के नगर्ने मनमा द्विविधा उत्पन्न हुन्छ । यस्तोमा मानिसको व्यक्तित्व एक यस्तो लथालिङ्ग घर जस्तो हुनजान्छ, जहाँ अनेकौं नौकर छन् तर मालिक छैन । मनोविज्ञानमा यस अवस्थालाई खण्डित व्यक्तित्व भनिन्छ ।
एउटा नेपाली उखानले यी खण्डित सतहलाई बडो रमाइलो तरिकाले व्याख्या गर्छ–
कान्छी औंला– दशै आयो । बुद्धिको पहिलो सतहले लिएको निर्णय । चाडबाड आयो । के के पाइन्छ भन्ने उत्सुकता ।
अनामिका औंला– खाउँला पिउँला । दोस्रो सतहले लिएको निर्णय । मोज गर्न पाइन्छ । इन्द्रियको सतहले सुखको चाहना गर्छ ।
माझी औंला– कहाँ पाउँला ? तेस्रो सतहले लिएको निर्णय । मोज गर्न पाइन्छ कि पाईंदैन ? दोधारे मन । यो सधैं प्रश्नवाचक हुन्छ ।
चोर औंला–चोरी ल्याउँला । चौथो सतहले लिएको निर्णय । जसरी भए पनि प्राप्त गर्ने इच्छा– मन भित्र वासनाको उत्ताउलो सतह– अनुचित तरिकाले भए पनि इच्छा पूरा हुनैपर्छ ।
बुढी औंठा– धत् पापी । म छुट्टै बसुँला । पाँचौं सतहले लिएको निर्णय । विवेकको परिपक्व सतहले भन्छ– चोर्नु गलत हो । गर्नु हुन्न । कानूनी र नैतिक बन्धन छन् ।
यी पाँचवटा औंला होइनन् । हाम्रो मन बुद्धिका खण्डित सतहहरू हुन् । बुद्धिका यस्ता यस्ता अनेक सतह हुन्छन् । अथवा भनौं यसले क्षण क्षणमा रुप फेर्छ । भिखारी बुद्धिले अझ धेरै पाउनु पर्ने भन्छ । दुष्ट बुद्धिले अमुकले मेरो यो काम बिगार्यो भन्छ । दरिद्र बुद्धिले विकल्पको भय उभ्याएर चिन्ता गर्छ । लम्पट बुद्धिले आशा मात्रै गर्छ । पाजी बुद्धिले निषेध विचार ल्याएर कलह गर्छ । भ्रमित बुद्धिले शङ्का, क्षोभ, विक्षेप, र मनोरथ मात्रै विचार गर्छ । श्रीमन्त बुद्धि सन्तोषी भई शान्त रहन्छ । सन्त बुद्धि सर्वदा भलाइ र शुभ कामनामा प्रसन्न रहन्छ । मुक्त मन बुद्धि निःस्पृह भएर स्वतन्त्र हुन्छ । शून्य मन बुद्धिले दया, करुणा, र मौनद्वारा प्रकाश दिन्छ । पूर्ण उपलब्ध मन बुद्धि ॐ तत्सत्मा विश्राम गर्छ । यिनै व्यावसायिक र अव्यावसायिक बुद्धिका भेद हुन् ।
दबिएका काम विचारले गर्दा बुद्धि खण्डित हुन गई मानिसहरूलाई जटिल मानसिक रोग लाग्छन् भन्ने कुरा फ्रायडले प्रमाणित गरीदिएका छन् । फ्रायड पछिको आधुनिक मनोविश्लेषण विज्ञानका अनुसार मानिस भित्र परस्पर विपरीत वृत्तिहरू हुन्छन् । यस्ता विरोधी वृत्तिहरू ज्यादै तीव्र भएको अवस्थामा मानिसको व्यक्तित्व नै खण्डित हुनजान्छ । कुनै बेला एउटा खण्डले काम गर्छ र कुनै बेला अर्को खण्डले । बहुधा दुवै कार्यहरू एक अर्काको विपरीत हुन्छन् । यस्तो अवस्थालाई मनोविज्ञानमा बहु व्यक्तित्व वा खण्डित व्यक्तित्व (मल्टिपल पर्सनैलिटी वा स्प्लिट पर्सनैलिटी) जस्ता शब्दहरू प्रयोग गरिन्छ । ज्यादै जटिल अवस्थामा यसले मनोरोगको रूप लिन पुग्छ । यस विषयमा युङ्ग र बुहलरले अन्तर्मुख बहिर्मुख सिद्धान्त तथा बुहलरले द्वैधीभाव सिद्धान्त बनाएका छन् । विभिन्न व्यक्तित्व एउटैमा हुँदा जुन बेला एउटा मनोवृत्ति प्रकट हुन्छ अर्को विस्मृत हुन जान्छ । कुनै अर्को अवस्थामा नयाँ व्यक्तित्व प्रकट हुन्छ तर आफ्नो पुरानो व्यक्तित्व मानिसलाई थाहा नै हुँदैन । यस्ता विपरीत कारणले मानिसहरूले गम्भीर प्रकृतिका अपराध समेत गरेका अनेक घटनाहरू भएका छन् । यस विषयमा अनेक टी भी धारावाहिक र चलचित्र पनि निर्माण भएका छन् । डा. राइमरले एउटा व्यक्तिको अध्ययन गरे । त्यो व्यक्ति निकै सज्जन थियो तर खण्डित व्यक्तित्व रोगले गर्दा त्यस भित्रको अर्को व्यक्तित्वले गम्भीर अपराध गर्यो । जेलको सजायँ भोगेर आएको केही दिन पछि उसको भद्र व्यक्तित्व प्रकट भयो । तर अपराध गरेको र जेल काटेको कुनै घटना उसलाई सम्झना रहेन । पुराना सबैकुरा बिर्स्यो ।
व्यवसायात्मिका बुद्धिको अर्थ हो निश्चित लक्ष्य लिएको र त्यसलाई प्राप्त गर्नका लागि आवश्यक तर्क क्षमता भएको बुद्धि । युद्धकाल होस् वा शान्तिकाल, भौतिक उन्नतिका लागि होस् वा आध्यात्मिक, यस्तो बुद्धिको आवश्यकता मानिसलाई हर बखत पर्छ ।
मानसिक अवसाद अनियन्त्रित भएमा मानिसको बुद्धि अव्यावसायिक भई व्यक्तित्व खण्डित हुनसक्छ भन्ने कुरा आजका मनोविश्लेषकहरूले अनेक प्रयोगद्वारा पुष्टि गरेका छन् । यस दृष्टिले गीता मानव मनको गहनतम विश्लेषण, मनोविज्ञान, हो ।
यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः ।
वेदवादरताः पार्थ नान्यदस्तीति वादिनः ।।४२।।
कामात्मानः स्वर्गपरा जन्मकर्मफलप्रदाम् ।
क्रियावशेषबहुलां भोगैश्वर्यगतिं प्रति ।।४३।।
भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।
व्यवसायात्मिका बुद्धिः समाधौ न विधीयते ।।४४।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]याम् इमाम् (यस प्रकारको जुन)ं पुष्पितांम् वाचम् (फुलबुट्टा भरेको बोली) प्रवदन्ति (बोल्छन्) अविपश्चितः (अल्पबुद्धि) वेदवाद (वेद, ज्ञानका कुरामा वादविवाद गरी) रताः (रमाइरहने) पार्थ (हे पृथापुत्र अर्जुन) न अन्यत् अस्ति इति (अर्को थोक केही छैन भनेर) वादिनः (भन्दछन्) काम आत्मानः (कामनामा आसक्त भएका मानिस) स्वर्गपरा (स्वर्ग नै परम् ठान्ने) जन्मकर्मफलप्रदाम् (जन्मरुपी कर्मफल दिने) क्रियाविशेषबहुलाम् (अनेक प्रकारका क्रिायहरुको वर्णन गर्ने) भोग ऐश्वर्यगतिम् प्रति (भोग र ऐश्वर्य प्राप्तका लागि) भोग ऐश्वर्य प्रसक्तानां (भोग र ऐश्वर्यमा आसक्त) तया (त्यस वाणीबाट) अपहृतचेतसाम् (चित्त हरण गर्न सिपालु) व्यवसायात्मिका बुद्धिः (निश्चयात्मिका बुद्धि) समाधौ (सफलता) न विधीयते (प्राप्त हुँदैन) ।
हे पार्थ, अल्पबुद्धि (अविपश्चितः), ज्ञानका कुरामा वादविवाद गर्न रुचाउने (वेदवाद रता), यस (आफूले जानेको) बाहेक अरु केही पनि छैन भन्ठान्ने, स्वर्गको कामना गर्ने, जन्म र कर्मका तथा भोग र ऐश्वर्यका फलमा आसक्त, अनेक प्रकारका क्रिया र कर्मकाण्डमा आसक्त यी फुलबुट्टा भरेर कुरा गर्नेहरू (पुष्पितां वाचं) कुरा गरेर मक्ख पार्नेहरू (अपहृतचेतसाम्) का कुराहरूले बुद्धि खण्डित हुनजान्छ । यसले गर्दा, समाधि (सफलता) प्राप्त हुँदैन ।।४२–४४।।
व्याख्या
[सम्पादन गर्नुहोस्]अल्पबुद्धि, ज्ञानका कुरामा वादविवाद गर्न रुचाउने, आफूले जानेको बाहेक अरु केही पनि छैन भन्ठान्ने, कुरा गर्न सिपालु इत्यादिले गर्दा समाधिको आनन्द प्राप्त हुँदैन ।
वेदवादरताका यहाँ दुई अर्थ छन्– वेदका तर्क दिएर कुरा गर्ने र अर्को ज्ञानका कुरामा विवाद गर्ने ।
तर दुवैलाई यहाँ अविपश्चित् भनिएको छ । यसको मूलधातु चेत् हो । अविपश्चितको अर्थ हो अल्प चेत् भएका, अल्पबुद्धि । त्यसैले अविपश्चित् वेदवादरताः को अर्थ हुन्छ– अल्पबुद्धि तर आफूलाई बुद्धिमान, ज्ञानी ठान्ने ।
व्यापारिक क्षेत्रमा एउटा उखान छ– बोल्नेको पिठो पनि बिक्छ । ज्ञानको क्षेत्र जब व्यापारिक हुन्छ अनि त्यहाँ पनि त्यस्तै हुन थाल्छ । स्वामी रामकृष्णका जीवनमा एक काली भक्त आएको थियो । उसले केही सिद्धि प्राप्त गरेको थियो । यस सिद्धिको चटक देखाएर उसले केही शिष्य पनि बनायो । रामकृष्णले स्वामी विवेकानन्द लगायतका शिष्यलाई त्यस चटकेबाट सावधान रहने निर्देश दिएका थिए । सिद्धि पाएको मानिसहरूसंग टाढा बस्ने ? सुरुमा विवेकानन्दले कुरा बुझेनन् । उनले पछि त्यसबेला कुरा बुझे जब स्त्री लम्पट व्यवहार देखाउँदै त्यो मानिस पतन भयो । पतन पछि उसका सिद्धिहरू पनि समाप्त भए । आज पनि यस्ता पुष्पितां वाचं चटकेको कमी छैन । भगवान् श्रीकृष्णको संकेत यही हो ।
शेक्सपीयरको भनाई छ– अल द्याट ग्लिटर्स इज नट गोल्ड । पहेंलो टल्किने सबै सुन हुँदैन । ज्ञानका कुरा गर्ने सबै ज्ञानी हुँदैनन् । त्यो केवल ढोंग मात्र हुनसक्छ । सुख र ज्ञानको नाममा संसारमा जेजति अज्ञान भइरहेको छ त्यस कुरालाई यस श्लोकमा बताइएको छ । पशु बलिमात्र कहाँ हो र ? मानिहरूले धन, सम्पत्ति, पति, पत्नी, सन्तान इत्यादिका लागि मानव बलिसम्म गरेका घटनाहरू दिनहुँ पत्रपत्रिकाहरूमा प्रकाशित भइरहन्छन् । यो सब किन भइरहेछ ? कुरामा फुलबुट्टा भर्न र वादविवादमा सिपालुले गर्दा । ज्ञानीले वादविवाद गर्दैन । ज्ञानी त विशाल समुद्र जस्तो अविचलित रहन्छ ।
पञ्चतन्त्रको एउटा कथामा अज्ञानी गुरु चेलाको बारेमा बताइएको छ । एउटा ठगले एउटा जोगीसंग ज्यादै मूल्यवान हीरा छ भन्ने चाल पाएछ । तर त्यो उसले कहाँ लुकाएर राखेको छ त्यो पत्ता लगाउन सकेन । अनि एक दिन त्यस जोगीले धुनि जमाएको ठाउँमा पुग्यो । साष्टाङ्ग प्रणाम गरेर आँखाभरी आँसु लिंदै भन्यो– ‘म अब यस संसारदेखि विरक्त भइसकेको छु । मलाई ज्ञान दिनुहोस् । आफ्नो शिष्य बनाउनु होस् ।’
त्यस जोगीलाई के राम्ररी थाहा थियो भने ऊसंग ज्ञान नामको केही चीज नै छैन । यो शिष्य बन्न किन आयो ? उसलाई त्यसमाथि शङ्का लाग्यो । हीरा चोरिन्छ कि भन्ने डरले उसले आजसम्म कसैलाई शिष्य बनाएको पनि थिएन । आज शिष्य नै भेट्न आए पछि अझै डरायो । त्यस ठगलाई धपायो– ’धत्, जा । अरु जोगी खोज् । मैले कसैलाई शिष्य बनाउँदिन ।’
ठगले भन्यो– ’मैले धेरै साधुलाई भेटें । तपाईंमा भए जस्तो ज्ञान अरुमा देखिन । कि त मलाई शिष्य बनाउनुहोस् कि मैले यहीं अन्न जल त्याग गरेर प्राण त्याग्छु ।’
बाध्य भएर शिष्य बनाइदियो । तर सधैं सतर्क रहन्थ्यो । सुत्दा, नुहाउँदा कहिल्यै हीरा चोर्ने मौका मिलेन । महिनौं दिन बिते । अनि दुवै तीर्थ गर्न हिंडे । जोगीले आफ्नो गोडा मालिस गर्न पनि दिन्नथ्यो । टाढै राख्थ्यो । हीराको कुरै गर्दैनथ्यो । धेरै दिनको संगतले अलि ढुक्क पनि भइसकेको थियो । बाटोमा हिंड्दा एक दिन अचानक साधुलाई दिसा लागेछ । शिष्यलाई त्यहीं बस्न भनेर आफू झाडी तिर लागेछ । लंगौंटी खोलेर झाडी बाहिर राख्यो । ठगले यही मौका छोपेको महिनौं दिन बितिसकेको थियो । उसले लंगौटी बोकेर कुद्यो । शौच गरेर हात मुख धोएपछि लंगौटी लगाउन खोज्दा जोगीले त्यो रित्तो देख्यो । शिष्य कता छ ? भनेर शिष्यलाई राखिछोडेको स्थान हेरेको त शिष्य पनि छैन । लँगौटीमा हीरा पनि छैन । कुरा बुझिहाल्यो । अनि टाउको समातेर रुन थाल्यो– ‘धिक्कार छ मलाई । किन शिष्य बनाउन परेको होला । यत्रा दिन त्यसै बसेको थिएँ । यति दुखले बचाएको सम्पत्ति आज एउटा शिष्यको लोभ गर्दा गयो ।’
गुरूचेला दुवै यस्ता धूर्त भए भने कहिल्यै पनि समाधि प्राप्त हुँदैन । कहिल्यै ज्ञान प्राप्त हुँदैन । कहिल्यै तृप्ति हुँदैन । कहिल्यै सफलता प्राप्त हुँदैन ।
त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन ।
निर्द्वन्द्वो नित्यसत्वस्थो निर्योगक्षेम आत्मवान् ।।४५।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]त्रैगुण्य विषया (तीन गुणका विषयमा) वेदा (वेदहरु छन्) निस्त्रैगुण्यो (त्रिगुणातीत) भव (होउ) अर्जुन (हे अर्जुन) निद्र्वन्द्वः (हर्षशोक आदि द्वन्द्वबाट पर) नित्यसत्त्वस्थः (परमात्मामा स्थित भई( निर्योगक्षेम (निर्योगक्षेम) आत्मवान् (आत्मवान् होउ) ।
(उनीहरूका अनुसार) वेदका वर्णन तीन गुणका विषयमा अलमलिएका हुन्छन् । (तर) हे
अर्जुन, निर्द्वन्द्व र सदा तत्त्वमा स्थित हुनु छ भने (तिमी) योगक्षेमका चिन्ताबाट मुक्त भएर आत्मनिष्ठ होउ ।।४५।।
व्याख्या
[सम्पादन गर्नुहोस्]आधुनिक विज्ञानले लगभग १०८ तत्त्वलाई प्रकृति रचनाको आधार माने जस्तै साङ्ख्य योग आदि दर्शनले सत्व, रज, र तम तीनवटा गुणले सृष्टि रचना भएको मान्दछन् । यी तीन गुणले पाँचवटा तत्त्वका आपसी पच्चीस मिश्रणहरूलाई नियन्त्रित गर्छन् । शरीरका पनि स्थूल, लिङ्ग, र कारण तीन भेद हुन्छन् । यस बाहेक ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, र (ज्ञानेन्द्रियका) पाँच विषय हुन्छन् । यी सबैका सम्बन्धको बारेमा वेद र उपनिषदमा जुन विशद् वर्णन गरिएको छ त्यसैलाई यहाँ त्रैगुण्यविषया वेदा भनिएको हो ।
हुनत, ज्ञानका लागि सत्व, रज, र तम कुनै बाधक छैन तर पनि तमभन्दा रज र रजभन्दा सत्वबाट ज्ञान प्राप्तिका लागि सहज हुनसक्छ । तथापि ध्यानमा राख्नु पर्ने कुरा के भने रज र तमले बाँध्छन् नै तर सत्वले पनि बाँधिदिन्छ । मानिस फलामको सिक्रीले मात्र बाँधिन्न, सुनको सिक्रीले पनि बाँधिन्छ । अज्ञानले बाँध्छ नै तर ज्ञानले पनि बाँधिदिन्छ । यसै कुराको व्याख्या भगवानले गर्दै हुनुहुन्छ । अज्ञान वा ज्ञान कुनै कुराले पनि बाँधिनु हुँदैन । अज्ञानीमा लाख खराबी भए पनि एउटा कुरा सकारात्मक हुन्छ । त्यो के भने उसले मैले जान्दिन भन्ने सोचेको हुन्छ । उसमा विनम्रता हुन्छ । तर ज्ञानीले के ठानेको हुन्छ भने मैले सबै कुरा जानेको छु । मैले केही सिक्न जरुरी छैन । त्यसैले सन्त पुरुषहरुले ज्ञानलाई निकृष्ट कोटिको अहंकार मान्दछन् । ज्ञानको दम्भ राख्ने व्यक्ति केवल पुस्तकको भारी बोकेको पशु जस्तो हुन्छ । निस्त्रैगुण्यो भवार्जुन भन्नुको कारण त्यही हो । अज्ञानी ज्ञानीभन्दा हलुका हुन्छ । त्यसैले अज्ञानी, जसलाई हामीले पापी ठान्छौं, छिटै मुक्त हुनजान्छ । अर्कातिर ज्ञानीले मुक्तिका लागि जन्मौंजन्म प्रतिक्षा गरिरहनु पर्छ । यस्ता घटनाको विवरण शास्त्रमा मात्र होइन दैनिक जीवनमा पनि पाइन्छ । डाँकू रत्नाकर मरा मरा भन्ने शब्दबाट तुरुन्त मुक्त भए । रविलाल पत्नी वियोगका घटनाले एकतारे भाकाको रविकृत रामायण लेख्ने कवि बने । लेखनाथ पौड्याल स्वर्गद्वारी महाप्रभुका आदेश अनुसार गर्नाले कवि शिरोमणि बने । सन्त कबीरदासलाई गुरू रामानन्दले यति मात्र आशीर्वाद दिएका थिए– ‘ रामराम भन, बाबु ।’
सम्भवतः क्षुधार्त स्टीभ जब्सको जीवन रुपान्तरण कृष्ण मन्दिरको अलिकति प्रसादले गर्यो र भविष्यमा विश्वप्रसिद्ध कृति फ्रम माइक्रोसफ्ट टु बाहुनडाँडा तैयार भयो ।
स्वामी रामकृष्णले ठुल्ठूला ग्रन्थ पढेका थिएनन् । कसैले शास्त्रीय वादविवाद गर्न खोज्दा उनले आफ्नो अज्ञान प्रकट गर्थे । तर कोही जिज्ञासु आएर सोधेमा उनले सबै कुराको जवाफ दिने गर्थे ।
निर्द्वन्द्व शान्त हुनु छ भने योग क्षेमको चिन्ता त्यस परमशक्तिलाई दिएर आफू मुक्त रहनु पर्छ । यो गीताको महत्त्वपूर्ण सन्देशमध्ये एउटा हो । यसको दुई अर्थ छन् । पहिलो भौतिक जीवनका सुखलाई सन्तहरूले बारम्बार क्षितिज भनेका छन् । यसलाई भेटाउन हिंड्यो भने यो झन् पर पर भाग्छ र यसतिर पिठ्युँ फर्काएर हिंड्यो भने पछि लागेर आउँछ । अर्को हामीले जतिसुकै प्रयास गरे पनि योगक्षेमको निर्णय गर्ने परमशक्ति हो । त्यसको निर्णयकर्ता हामी हुनसक्दैनौं ।
स्वामी रामतीर्थलाई जब निर्योगक्षेमको अनुभव भयो उनले लाहोर विश्वविद्यालयको गणित विषयको प्राध्यापकबाट तुरुन्त राजीनामा दिए । पत्नीले पतिको निर्णयलाई स्वीकार गरिन् । अनि उनीहरू घर छोडेर हिंडे परमात्माले जे गर्छ भन्दै । उसले दिए खाने । सुत्ने ठाउँ दिए सुत्ने । घरबाट निस्केर दिन भरि हिंड्दा पनि रोटीको एक टुक्रा हात परेन । खाली पेट बाटोको धारामा पानी खांदै हिंडे । दुई दिनसम्म खान पाइएन ।
अनि रामतीर्थले श्रीमतीलाई सोधे– ‘तिमीसंग केही छ कि ? नत्र उसले जरुर चिन्ता गर्थ्यो ।’
श्रीमतीले भनिन्छ– ‘तपाईंले सबै कुरा छोडेर हिंड्न भने पछि मैले धनसम्पत्ति ल्याउने कुरै भएन ।’
रामतीर्थ – ’त्यसो भए किन अहिलेसम्म उसले हामीलाई खान नदिएको त ? कि उसले हाम्रो परीक्षा लिएको हो कि तिमीसंग केही हुनैपर्छ । अलि राम्ररी हेर त ।’
अनि रुंदै श्रीमतीले भनिन्छ– ‘स्वामी, विवाहको चिनो भनेर यो मङ्गलसूत्र लिएर आएकी थिएँ ।’
स्वामी रामतीर्थले त्यो गहना मागेर खोलामा हुर्राए । अनि भने– ‘अब बल्ल मनमा शान्ति भयो । अब सब उसले हेर्छ ।’
नभन्दै त्यसको केही बेरपछि उनीहरूलाई कसैले खाने कुरा ल्याइदियो ।
फलाशामा पूर्ण विजय पाउन निद्र्वन्द्व हुनुपर्दछ । सुखदुख, लाभहानि, जयपराजय आदि द्वन्द्वहरू हुन् । यिनमा समबुद्धि राख्नु निर्द्वन्द्व हुनु हो ।
अप्राप्त वस्तुको प्राप्ति योग हो । प्राप्त वस्तुको समुचित रक्षा क्षेम हो । सामान्य मानिस रातदिन योगक्षेमको चिन्तामा लागिरहन्छन् । उनीहरूलाई क्षणभर पनि यसबाट फुर्सत हुँदैन । मानिसहरूले मैले यो गर्छु । यो गरिसकें । यो गर्नु छ । यसपछि सुख प्राप्ति हुन्छ भन्नेमा लागिरहन्छन् । असलमा यो कार्य ईश्वरको हातमा सुम्पनु पर्दछ । यति भएपछि मात्र मनुष्यले शान्ति प्राप्त गर्छ ।
यावानर्थ उदपाने सर्वतः सम्प्लुतोदके ।
तावान् सर्वेषु वेदेषु ब्राह्मणस्य विजानतः ।।४६।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यावान् (जति) अर्थ (प्रयोजन) उदपाने (जलको सानो स्रोत) सर्वतः (सर्वत्र) सम्प्लुत उदके (प्रशस्त पानी भएको ठूलो स्रोत) तावान् (त्यस्तै) सर्वेषु वेदेषु (सबै वेदेषु) ब्राह्मणस्य (ब्रह्मवेत्ता) विजानतः (तत्त्वज्ञ) ।
परिपूर्ण पानीभएको ठूलो जलाशय प्राप्त भए पछि साना साना धारा कुवाँको जति प्रयोजन हुन्छ, ब्रह्मवेत्ता (ब्राह्मण) लाई वेद (ज्ञान) को त्यत्ति प्रयोजन हुन्छ ।।४६।।
व्याख्या
[सम्पादन गर्नुहोस्]सकाम कर्म त्यागेपछि मुमुक्षले स्वर्गादि सुखवाट वञ्चित हुनु पनि त पर्ला ? यसको समाधानमा भगवानले भन्नु भएको छ– ‘चारैतिरबाट पानी जम्मा भएको ठूलो तलाउ वा नदी भेटाए पछि साना साना धारा कुवाँको केही प्रयोजन रहँदैन । त्यस्तै ब्राह्मणलाई वेद निरर्थक हुन्छ।’ यहाँ ब्राह्मणको अर्थ हुन्छ ब्रह्म ज्ञानी, ब्रह्मानन्द प्राप्त । तथा वेदको अर्थ हो ज्ञान वा ससाना आनन्द । अतः यसको अर्थ हुन्छ ब्रह्मानन्द भेट्टाएको ब्रह्मज्ञानीलाई ससाना आनन्द निरर्थक हुन्छन्।
स्वामी रामकृष्णले आफ्ना साधनारत शिष्यहरूलाई भन्ने गर्थे । हेर तिमीहरू हिंड्दै गएपछि पहिला चन्दनको जङ्गल आउँछ । त्यसमा नरोकिनु । अझ पर जानु । पल्लो जङ्गलमा सुनको खानी भेटिने छ । न अलमलिनु । अझ पल्लो जङ्गलमा जानु । हीरा खानी भेटिनेछ । त्यसको लोभमा पनि नफँस्नु । अझ अगाडि जानु । भगवान् श्रीकृष्णले भन्नु भएको पनि त्यही हो । त्यस स्थानमा पुग्नु जहाँ पुगेपछि केही पनि चाहिंदैन । त्यस ठाउँमा फलाम खानी, सुन खानी, हीरा खानी सबै तुच्छ हुन्छन् ।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।४७।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]कर्मणि एव (कर्ममा नै) अधिकारः (अधिकार छ) ते (तिम्रो) मा फलेषु (फलमा छैन) कदाचन (कहिल्यै पनि) मा कर्मफलहेतुःभू (कर्मफलको इच्छाले काम गर्ने न होउ) मा ( नहोउ) ते (तिमी) सङ्गः (आसक्त) तु (अनि) अकर्मणि (कर्म नगर्नेमा) ।
कर्म गर्नुमा तिम्रो अधिकार छ, फल छैन । त्यस कारण तिमी फलको इच्छाले कर्म गर्ने नहोऊ । फेरि फल पाईंदैन भने किन कर्म गर्नु भन्ने विचार पनि नलेउ ।।४७।।
व्याख्या
[सम्पादन गर्नुहोस्]यस श्लोकमा गीताको मौलिक दर्शन छ । जुन आधनिक प्रतिस्पर्धी जीवनका लागि मार्गदर्शक छ । यस श्लोकमा चारवटा कुराहरू स्पष्ट गरिएको छ–
१. कर्मण्येवाधिकारस्ते– कर्म गर्नुमा नै तिम्रो अधिकार छ ।
२. मा फलेषु कदाचन– परिणाममा तिम्रो अधिकार छैन ।
३. मा कर्मफलहेतुर्भूः– तर कर्मफल पाईँदैन भन्ने पनि नसोच ।
४. मा ते सङ्गोऽस्तु अकर्मणि– कर्ममा विरक्तिको भावना पनि नलेऊ ।
यसमा प्रयुक्त शब्द फलेषुको अनर्थ व्याख्या हुने गरेको छ । फलको एक अर्थ पुरस्कार वा रिवार्ड पनि हो । तर यस श्लोकमा फल दुई भिन्न अर्थमा प्रयुक्त भएको छ । यदि कर्म आगत (इनपुट) हो भने कर्मफल प्रतिफल (आउटपुट) हो । तर यो कर्मफल हामीले चाहे अनुसार हुँदैन बरु त्यसको प्रक्रिया अनुसार हुन्छ । यस कुराको व्याख्या श्लोकमा गरिएको छ ।
प्रकृतिको सार्वभौम नियम के हो भने कर्म गर्ने र फल प्रदान गर्ने दुई अलग निकाय हुन्छन् । बिरुवाको जरा र पातले कर्म गर्छन् तर फल दिने काम फूलले गर्छ । मानव जीवनमा पनि यही नियम लागू हुन्छ । खेल खेल्ने र त्यसको निर्णय दिने दुई अलग पक्ष हुन्छन्, हुनै पर्छ । अन्यथा सही परिणाम प्राप्त हुँदैन । आफैंले खेलेर आफैं निर्णय दिन मिल्दैन । किसानले खेती गर्ने हो उत्पादनको परिणाम उसको हातमा हुँदैन । व्यापारीले व्यवसाय गर्न सक्छ नाफा भन्ने कुरालाई अनिश्चित राख्न बाध्य हुन्छ । त्यसैले हिन्दु संस्कृतिले चित्रगुप्तको कल्पना गरेको छ, जसले सबैका कर्मको हिसाब किताब राख्छ र सो अनुसार फल प्रदान गर्छ ।
कर्म गर्नुमा मात्र तिम्रो अधिकार छ– को उपमान्यता के हो भने फलमा अधिकार छैन । तर गीताले के स्पष्ट गरेको छ भने फलमा अधिकार छैन भन्नुको अर्थ फल पाईँदैन भनेको होइन । यद्यपि फल अवश्य प्राप्त हुन्छ तर यस वाक्यले फल पाईंदैन भन्ने मनोविज्ञानको निर्माण हुन गएको छ । यसको परिणाम के हुन गयो भने फल पाईंदैन त्यसैले कर्म पनि नगर्ने ? भगवान् कृष्णले फलाशा नगर्ने तर कर्म गर्ने भन्नु भएको छ । हाम्रा लागि मात्र यी विरोधाभासी वक्तव्य हुन् । भगवान् कृष्णको जीवन फलाशारहितको सक्रियता हो । त्यसैले श्रीकृष्णको जीवन विरोधाभासरहित छ । भगवान् कृष्णको कर्ममा वितृष्णा जगाउने उद्देश्य छैन । तर यो श्लोक जसरी बुझिएको छ त्यसबाट मानिसहरूमा कर्म प्रति वितृष्णा उत्पन्न हुन गएको छ । यसको एउटा मुख्य कारण के हो भने आधुनिक सभ्यताले गर्दा हामीले निष्काम गर्न बिर्सिसकेका छौं । हाम्रो अभिवादन र कुशल क्षेम सोध्नु समेत सकाम भइसकेको छ । बिना काम कसैलाई किन सोध्नु ? तर जसले अभिवादनको क्रिया मात्र पनि भगवान् कृष्णले भने अनुसार फलको इच्छा बिना गर्नसक्छ उसले मात्र यस श्लोकको सही अर्थ बुझ्नसक्छ ।
कर्तव्य पूरा गरे पछि फल पाईंदैन कि भन्ने चिन्ता लिनु पनि अनावश्यक छ । प्राकृतिक नियम के हो भने जसले कर्तव्य पूरा गर्छ उसले अवश्य फल प्राप्त गर्छ र कर्तव्य अनुरूपको नै फल प्राप्त गर्छ । बिरुवा रोपे पछि उचित समयमा उचित फल दिन्छ । राम्रो कर्मको राम्रो फल हुन्छ, नराम्रो कर्मको नराम्रै फल हुन्छ । कुनै कर्मको फल तत्काल हुन्छ, कुनैको फल विलम्बले प्राप्त हुन्छ । यस कुरालाई पनि श्लोकमा स्पष्ट बताइएको छ । साथै के चेतावनी पनि दिइएको छ भने फल प्राप्त हुँदैन भनी निराशाजनक कारणले अकर्मण्य पनि हुनु हुँदैन ।
गीता दर्शन बडो वैज्ञानिक छ । गीताले के मान्दछ भने कसैको कर्म हेरेर त्यसको फल दिने कुनै छुट्टै परमेश्वर कहीं बसेको छैन, जसले जस्तो कर्म गर्छ सो अनुसारको कर्मफल त्यसको लागि नियत छ । स्वतः पाउँछ ।
अर्को शङ्का के हुन्छ भने व्यावहारिक जीवनमा फलको इच्छाले मात्रै कर्म गर्ने चलन छ । जहाँ फल छैन त्यहाँ कर्म गर्न छोडीदिन्छन् । त्यसैले चतुर्थ चरणमा कर्म नगर्नामा तिम्रो इच्छा नहोस् भनी गीतादे सचेत पनि गराएको छ ।
यसको एउटा निहितार्थ पनि छ त्यो के हो भने कर्तव्यलाई प्राथमिकता देउ, अधिकारलाई होइन । वर्तमान विश्वमा अशान्तिको एक कारण गीताका यस श्लोकको अवज्ञा हुनु पनि हो । मानिसहरूले केवल अधिकारको खोजी गर्छन्, कर्तव्य पूरा गर्नेतर्फ ध्यान दिंदैनन् । यदि कर्तव्य पूरा गर्ने हो भने अधिकार आफैं प्राप्त हुन्छ । यस विधिले काम गरिन्छ भने सांसारिक कार्य पनि हुन्छन् र निर्योगक्षेम पनि भइन्छ ।
यस श्लोकको निहितार्थ के पनि हो भने मानिस कर्म गर्न स्वतन्त्र छ । किनभने कर्म उसको इच्छामा भर पर्छ । तथा इच्छा गर्न मानिस स्वतन्त्र छ तर त्यस कर्मको परिणाममा मानिस स्वतन्त्र छैन । हामीले जे इच्छा गर्छौं त्यो परिणाम प्राप्त हुँदैन । परिणाम केवल त्यो प्राप्त हुन्छ, जस्तो कर्म हुन्छ । स्पष्टतः परिणाममा हामी स्वतन्त्र छैनौं, बाँधिएका छौं ।
मनुष्यलाई बुद्धि र कर्म दुवै स्वभावतः प्राप्त छन् । कृपण मनुष्यहरू वासनाद्वारा प्रेरित भएर सकाम कर्मको आश्रय लिन्छन् । उदार मनुष्यहरूले कर्तव्य र अकर्तव्यलाई बुझेर व्यवसायात्मिका बुद्धिको आश्रय लिन्छन् । अनि त्यसै अनुसार कर्म गर्दछन् । यदि कुशलतापूर्वक कर्म गर्नु छ भने त्यसको विधि केवल गीताको विधि हुनसक्छ । त्यसैले के भनिन्छ भने गीता जीवन व्यवस्थापनको कला हो ।
योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय ।
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते ।।४८।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]योगस्थः (योगमा स्थित भइ) कुरु कर्माणि (कर्म गर) सङ्गं त्यक्त्वा (आसक्ति त्याग गरेर) धनञ्जय (हे धनञ्जय अर्जुन) सिद्धि–असिद्ध्योः (सफलता असफलतामा) समः (समान बुद्धि) भूत्वा (हुनु) समत्वं योग (समत्व योग) उच्यते (भनिएको छ) ।
हे अर्जुन, योगमा स्थिर भएर, आसक्तिलाई छोडेर, कार्यको सिद्धि र असिद्धि दुवैमा हर्ष र शोकरहित भएर कर्म गर । यसरी समभाव राख्नुलाई समत्व योग भनिन्छ ।।४८।।
दूरेण ह्यवरं कर्म बुद्धियोगाद्धनञ्जय ।
बुद्धौ शरणमन्विच्छ कृपणाः फलहेतवः ।।४९।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]दूरेण हि (धेरै नै) अवरम् (कम श्रेष्ठ) कर्म (सकाम कर्म) बुद्धियोगात् (बुद्धि योगभन्दा) धनञ्जय (हे धनञ्जय) बुद्धौ (समत्व बुद्धिको) शरणम् (शरण) अन्विच्छ (लेऊ) कृपणाः (क्षुद्र हुन्छन्) फलहेतवः (फलको कामना गर्ने) ।
(किनभने) हे धनञ्जय, (समत्व) बुद्धियोगभन्दा (सकाम) कर्म धेरै नै अवर (तल) छ । त्यसकारण तिमी समत्व बुद्धिको शरण लेऊ । फलको इच्छाले कर्म गर्नेहरू कृपण (सानो) विचारका हुन्छन् ।।४९।।
व्याख्या
[सम्पादन गर्नुहोस्]उदार र सानो चित्त दुवै कर्मको स्वरूप एउटै भए तापनि भावनाको भेदले जमीन र आकाशको अन्तर हुनजान्छ । सकाम कर्म गर्नेहरूमा स्वार्थ भावना नै हुन्छ । तर कर्मयोगीको विचार यसदेखि फरक हुन्छ । त्यसको प्रत्येक कर्म वा दैहिक चेष्टाहरूको पनि केवल कर्तव्यबुद्धि हुन्छ । यही विलक्षणता हुनाले श्लोकमा ‘दूरेण हि अवर’ शब्दको प्रयोग भएको छ । अवरको अर्थ हुन्छ– अश्रेष्ठ । त्यसैले दूरेण हि अवर को अर्थ हुन्छ– धेरै टाढाको अश्रेष्ठ, निम्न स्तरको, कमसल ।
आचार्य शङ्करका अनुसार, कामनापूर्वक गरेको कर्मभन्दा कामना त्यागेर समभावले गरेको कर्म श्रेष्ठ छ । यो नै कर्मभन्दा बुद्धिको श्रेष्ठता हो । सकाम कर्मभन्दा समत्व बुद्धि श्रेष्ठ छ भन्ने वाक्यले गीताको उच्च कोटिको नैतिक सन्देश प्रकट हुन्छ । कर्मको वास्तविक तत्त्व विचार गर्दा खराब र असल भन्ने कुराको निर्णय केवल कर्मको बाहिरी स्वरूपलाई हेरेर मात्र हुँदैन । कर्मकर्ताको बुद्धि अनुसार हुन्छ । कर्म एउटै भए तापनि समत्व बुद्धिद्वारा गरेको र कृपण बुद्धिद्वारा गरेकोमा एउटा शुभ, एउटा अशुभ हुन्छ । त्यसैले यहाँ कर्मभन्दा बुद्धिलाई श्रेष्ठ भनिएको छ । यस समत्व बुद्धिलाई राम्ररी जानेपछि गीताको निष्काम कर्मयोग बुझिन्छ । गीताको यस श्लोकमा भनिएको बुद्धौ शरणमन्विच्छ र बुद्धम् शरणम् गच्छामिको निहितार्थ आपसमा कति मिल्छ हेर्दा आश्चर्य लाग्छ । दुवैको सार के हो भने मुक्त हुनु छ भने ज्ञानको शरणमा जानु पर्छ । बुद्धत्वको अर्थ हो ज्ञान, उच्चतम ज्ञाननिष्ठा । बुद्धियुक्तो...मा बुद्धि भन्नाले समत्वबुद्धि हो । समत्वबुद्धि भन्नाले मलिन वासनारहित शुद्ध एवं उदार व्यवसायात्मिका बुद्धि नै हो । यही सन्तुलित बुद्धि कर्मयोगको जग हो । यो बुद्धि प्राप्त भएपछि त्यसले जे–जे कर्म गर्दछ ती सबै कर्मयोग हुन्छन् । ती कर्मका शुभाशुभ फलद्वारा त्यो लिप्त हुँदैन । गीतामा भगवान् कृष्णले अर्जुनलाई जीवनमा सफलता प्राप्त गर्न बुद्धि कस्तो राख्नु पर्छ भन्ने कुरा दोहोर्याइ तेहर्याइ भन्नु भएको छ । यसलाई समत्वबुद्धि, व्यवसायात्मिका बुद्धि, एक बुद्धि भनिएको छ ।
बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते ।
तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् ।।५०।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]बुद्धियुक्तः (समत्व बुद्धियुक्त) जहाति (त्याग गर्छ) इह (यस संसारमा) उभे (दुवै) सुकृत–दुष्कृते (पुण्य र पाप) तस्मात् (त्यसैले) योगाय (योगमा) युज्यस्व (सम्बन्धित होउ) योगः (योगले) कर्मसु (कर्ममा) कौशलम् (कुशल बनाउँछ)।
व्याख्या
[सम्पादन गर्नुहोस्]समत्व बुद्धियुक्त कर्मयोगी संसारमा रहेर पनि पाप–पुण्य दुवैबाट अलग हुन्छ । त्यस कारण तिमी यही योग गर । योगले कर्ममा कुशलता प्रदान गर्छ ।।५०।।
जसले यसरी कर्म गर्न सक्यो, उसले मात्र यस संसारमा कुशलतापूर्वक कर्म गरेको ठहरिन्छ । अरु सबै अकुशल कर्म हुन् । यी कर्म किन कुशल हुन् भने यसमा गरिएका कर्म चतुर्याईंका साथ हुन्छन् । यस्तो चतुर्याईं जसले गर्दा कर्महरू बन्धनकारक नभएर मुक्तिदायक बन्छन् । उस्तै क्रियाकलाप पनि अकुशल तरिकाले गर्दा पासोमा पार्ने कारण बन्छ र कुशल तरिकाले गर्दा मुक्तिको कारण बन्छ ।
एउटा प्राचीन कथा छ । एउटा राजालाई आफ्ना ग्रह–दशा देखाउने इच्छा भएछ । मन्त्रीहरूले एक विख्यात ज्योतिषीलाई डाकी पठाए । ज्योतिषीले राजाको चिना हेर्यो । अनि भन्यो– ओहो, कति नराम्रो चिना । तपाईंका ग्रह त ज्यादै नराम्रा रहेछन् सरकार । सारा परिवारलाई, सन्तान नराख्ने ग्रह छन्, तपाईंका ।
राजा क्रोधित भयो । अनि भन्यो– यस ज्योतिषीलाई कालकोठरीमा थुनेर राख । यसले यति नराम्रो भविष्य बताउँछ ।
अनि अर्को ज्योतिषीलाई बोलाइयो । उसले चिना हेरेर राजाको मुखमा हेर्यो । अनि मुसुक्क हाँसेर भन्यो– सरकार, हजुर त ज्यादै दीर्घ आयुको हुनुहुँदो रहेछ । तपाईं जति लामो आयु बाँच्न कोही पनि सक्दैन । अचम्मको दीर्घायु रहेछ । हजुर त कति भाग्यमानी ।
राजा प्रसन्न भयो । पुरस्कार दिई बिदा गर्यो ।
आखिर दुवै ज्योतिषीले भनेको कुरा एउटै थियो । केवल अभिव्यक्ति कुशलतामा अन्तर थियो । एउटालाई त्यसै कुराले बन्धन दियो र अर्कालाई पुरस्कार । त्यसैले के भनिन्छ भने पक्षी आफ्नो खुट्टाले गर्दा र मानिस आफ्नो बोलीले गर्दा पासोमा पर्न जान्छ ।
यु क्यान विन पुस्तकका लेखक शिव खेडाले भनेका छन्– ‘सफल मानिसले कुनै फरक काम गर्दैनन्, केवल फरक तरिकाले उही काम सम्पन्न गर्छन् ।’ यो भनेको नै योगः कर्मसु कौशलम् हो ।
शाङ्कर भाष्यमा कौशलको व्याख्या यस्तो छ— ‘त्यसैको नाम कुशलता हो जुन आफ्नु बन्धन गराउने स्वभावलाई छोड्छ ।’ वास्तवमा योगपूर्वक जसले कर्म गर्छ, त्यसभन्दा कुशल र होशपूर्वक कर्म अरु हुनै सक्दैन ।
गीताको ‘योगः कर्मसु कौशलम्’ वाक्यांशले शिक्षाको उद्देश्य माथि पनि प्रकाश पर्छ । शिक्षाको उद्देश्य भनेको व्यक्तिलाई अधिकतम योग्य बनाउनु हो । उसको आन्तरिक र बाह्य योग्यतालाई तिखार्नु हो । अर्थात् कुशलतम कर्म गर्न योग्य बनाउनु नै शिक्षाको उद्देश्य हो । त्यसैले गीता शिक्षाशास्त्र हो ।
कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिणः ।
जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम् ।।५१।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]कर्मजम् (कर्मले उत्पन्न) बुद्धियुक्ता (समत्व बुद्धियुक्त) हि (नै) फलम् त्यक्त्वा (कर्मपलको त्याग गरेर) मनीषिणः (मनीषिहरु) जन्मबन्धविनिर्मुक्ताः (जन्मरुपीबन्धनबाट मुक्त भई) पदम् (परमपद) गच्छन्ति (जान्छन्) अनामयम् शान्तिमय, विकाररहित) ।
समत्व बुद्धियुक्त मनीषीहरू नै कर्मफललाई त्यागेर जन्मरूपी बन्धनबाट मुक्त भइ (दुखशोकादिरहित) अनन्त शान्तिमय पद पाउँछन् ।।५१।।
यदा ते मोहकलिलं बुद्धिव्र्यतितरिष्यति ।
तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च ।।५२।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यदा (जुन समयमा) ते (तिम्रो) मोहकलिलम् (मोहरुपी कालुष्य, दलदल) बुद्धिः (बुद्धिले) व्यतितरिष्यति (राम्ररी पार गर्छ) तदा (त्यस बेला) गन्तासि (प्राप्त गर्नेछौ) निर्वेदम् (वैराग्य, वेदरहितता) श्रोतव्यस्य (पछि सुन्नु पर्ने) श्रुतस्य च (र सुनिसकेको दुवै) ।
जब तिम्रो बुद्धिले मोहरूपी गहन कालुष्यलाई पार गर्नेछ अनि त्यस बेला सकाम विषयमा अघि सुनिसकेको र पछि सुन्नु पर्ने दुवैबाट विरक्त हुनेछौ ।।५२।।
व्याख्या
[सम्पादन गर्नुहोस्]अर्जुनले सुरुमा के सोधेका थिए भने मलाई जुन कुरा कल्याणकारी छ त्यो भन्नुहोस् । यसको समाधानकारक उत्तर भयो– समत्वबुद्धिपूर्वक कर्म गर्नु । यो नै तिम्रो सफलताको आधार हो । युद्धभूमिलाई छोडेर सन्न्यासी हुनुपर्दैन ।
निर्मल कुशाग्रबुद्धि कहिले हुन्छ ? जब बुद्धिले मोहरूपी गहन कालुष्यलाई पार गर्छ । स्वामी रामसुखदासजीले भनेका छन्–’ कुटुम्ब त्यति हानिकारक छैन, जति त्यसको मोह । धन त्यति हानिकारक छैन, जति त्यसको लालसा । कुटुम्बादिको मोह नै कालुष्य हो ।’
श्रीधर स्वामीले यदा ते मोहकलिलं बुद्धिव्र्यतितरिष्यति... को व्याख्या गर्दै भनेका छन्– ‘कलिलं गहनं विदुः’ अर्थात् यस प्रमाणले कलिल शब्दको गहन अर्थ हुन्छ । जीवको आफनो शरीर र धन परिवारमा कति मोह छ भने यसका गहिराइको अन्त छैन । इतिहासका अनेक बहादुर व्यक्ति पनि परिवारभित्र कमजोर साबित भएका छन् । अर्जुन कमजोर हुने कारण पनि पारिवारिक मोह थियो ।
श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला ।
समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि ।।५३।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]श्रुतिविप्रतिपन्ना (सकाम श्रुतिले विचलित) ते (तिम्रो) यदा (जुन बेला) स्थास्यति (स्थिर हुन्छ) निश्चला (अचल) समाधौ (परमात्मामा) अचला (स्थिर) बुद्धिः (बुद्धि) तदा (त्यसबेला) योगम् (योगको यथार्थ स्वरुप) अवाप्स्यसि (प्राप्त गर्ने छौ) ।
सकाम श्रुतिहरूका नाना तरहका वाक्यले विक्षिप्त भएको तिम्रो बुद्धि जब निश्चल भएर ब्रह्ममा स्थिर होला त्यस दशामा तिमीले योगको यथार्थ स्वरूप फेला पार्नेछौ ।।५३।।
व्याख्या
[सम्पादन गर्नुहोस्]सकाम श्रुतिहरूका नाना तरहका वाक्यले विक्षिप्त भएको बुद्धि जब निश्चल भएर ब्रह्ममा स्थिर हन्छ त्यसबेला योगको यथार्थस्वरूप फेला पर्छ ।
साधनावस्थामा ज्ञानयोग र कर्मयोगको भेद रहन्छ तर दुवैको साध्यरूपी शिखर एउटै हुन्छ अर्थात् जुन कुरा कर्मयोगीले प्राप्त गर्छ, त्यही कुरा ज्ञानीले पनि प्राप्त गर्छ ।
जब समत्वयोगको अभ्यास कुशलता बढ्दै जान्छ अनि सबै वाक्यको महत्तात्पर्य बुझिन्छ । यो बुझेपछि बुद्धि ब्रह्मतत्त्वमा गएर स्थित हुन्छ । यही योग हो । यसैलाई शाङ्कर भाष्यमा विवेकप्रज्ञा भनिएको छ । पातञ्जल योगका अनुसार यस प्रज्ञालाई ऋतम्भरा भन्न सकिन्छ ।
अर्जुन उवाच
[सम्पादन गर्नुहोस्]स्थित प्रज्ञस्य का भाषा समाधिस्थस्य केशव ।
स्थितधीः किं प्रभाषेत किमासीत व्रजेत किम् ।।५४।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]अर्जुन उवाच (अर्जुनले सोधे)
स्थित प्रज्ञस्य (स्थित प्रज्ञको) का भाषा (लक्षण के हो?) समाधिस्थस्य (समाधिमा स्थित) केशव (हे केशव) स्थितधीः (स्थिर बुद्धि) किम् प्रभाषेत (कसरी बोल्छ) किम् आसीत (कसरी बस्छ) व्रजेत किम् (कसरी हिँड्छ) ?
हे केशव समाधिमा स्थित भएको स्थित प्रज्ञ कसरी चिनिन्छ ? स्थिर बुद्धि व्यक्ति कसरी बोल्छ ? कसरी बस्छ ? कसरी हिंड्छ ?५४।।
श्रीभगवानुवाच
[सम्पादन गर्नुहोस्]प्रजहाति यदा कामान्सर्वान्पार्थ, मनोगतान् ।
आत्मन्येवात्मना तुष्टः स्थितप्रज्ञस्तदोच्यते ।।५५।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]श्रीभगवानुवाच (श्रीभगवानले भन्नु भयो )–
प्रजहाति (त्याग गर्छ) यदा (जुन बेला) कामान् (कामनाहरु) सर्वान् (सबै) पार्थ (हे पार्थ), मनोगतान् (मनमा स्थित) आत्मनि (आफू) आत्मना (आफैंमा) तुष्टः (सन्तुष्ट) स्थित प्रज्ञः (स्थित प्रज्ञ) तदा (त्यस बेला) उच्यते (भनिन्छ) ।
हे पार्थ, जुन अवस्थामा मनमा रहेका सम्पूर्ण कामनाहरूलाई त्यागेर आफू आफैंमा सन्तुष्ट रहन्छ, त्यस अवस्थालाई स्थितप्रज्ञ भनिन्छ ।।५५।।
अब अर्जुनका जम्मा चार जिज्ञासा छन् । यसको समाधानका क्रममा द्वितीय अध्याय समाप्त हुन्छ । यी जिज्ञासा अर्जुनका मात्र होइनन्, हामी सबैका हुन् । किनभने सबैले के जिज्ञासा गर्छन् भने वास्तविक ज्ञानीलाई कसरी चिन्ने ? यसको आधार अर्जुनका निम्नलिखित प्रश्नहरू छन्–
१. स्थित प्रज्ञलाई कसरी चिन्ने ? लक्षण के हो ?
२. समाधिस्थ स्थिर बुद्धि भएको कसरी बोल्छ ?
३. कसरी बस्छ ?
४. कसरी हिंड्छ ?
स्थित प्रज्ञ भनेको त्यो हो जसको मनलाई चञ्चल गराउन सकिंदैन । स्थिर चित्त । जस्तो कि भगवान् बुद्ध । जस्तो कि महावीर । जस्तो कि गुरु नानक । जस्तो कि शिवपुरी बाबा । जसको मन पूर्णतया स्थिर छ । स्वामी रामकृष्णको जीवन स्थित प्रज्ञको व्यावहारिक उदाहरण हो । उनलाई आफ्नो सुख दुखले कहिल्यै पनि डिगाउन सक्दैनथ्यो । अन्तिम अवस्थामा उनलाई घांटीको क्यान्सर भयो । त्यसको पीडाले उनी छटपटाइ रहन्थे । एउटा भक्तले भन्यो– ‘तपाईंले कालीसंग अरुका लागि के के माग्नु हुन्छ ? दुखाई कम गर्ने आशीर्वाद मात्र भए पनि माग्नु होस् न ?’
रामकृष्णले भने– ‘मैले मन त पूरै उसैलाई दिइसकें अब त्यहाँ म भन्ने केही छैन ।’ आफ्ना लागि उनलाई केही चाहिंदैनथ्यो ।
जब योगीले क्षणभङ्गुुर विषय सुखेच्छाबाट चित्तलाई हटाएर आफ्नो नित्यानन्दस्वरूपमै लगेर निश्चल गराउँछ, त्यस दशामा उसलाई बाह्य क्षणिक सुखको आवश्यकता रहंदैन, अनि त्यो आत्मसुखले नै तृप्त भएको हुन्छ । यस विषयमा कठोपनिषदमा भनिएको छ– जब साधक योगीको हृदयमा रहेका समस्त कामनाहरू छुट्छन् अनि त्यसले अमृत पाउँदछ । (कठोपनिषद् ६.४) जसले ब्रह्म जान्यो त्यो ब्रह्म भइदिन्छ । जसले अमरतालाई जान्यो त्यो अमर नै हुन्छ । जसले मृत्यु मात्र जान्दछ त्यो मर्छ ।
गीताको आत्मन्येवात्मना तुष्टः श्लोकमा प्रथम पटक आत्म शब्द प्रयोग गरिएको छ । यहाँ आत्मन्येवात्मनि को अर्थ हो आफू आफैंमा । यसभन्दा पहिले त केवल संकेतसूचक शब्द यो, त्यो, शरीरी वा देही जस्ता शब्द प्रयोग गरिएका छन् । यसबाट के स्पष्ट हुन्छ भने त्यस शरीरी, देही वा आत्मलाई केवल संकेत गर्न सकिन्छ । बताउन सकिंदैन । यसको कुनै नाम पनि छैन र कुनै नाम दिन पनि सकिंदैन ।
ज्ञानीले पनि सबै प्रकारका क्रिया गर्छ । खान्छ । सुत्छ । रिसाउँछ । खुशी हुन्छ । सुखदुख, रागमोह, भयक्रोध इत्यादिका क्रियाहरू पनि उसले गर्छ । तर स्थितधीका ती क्रियाहरू अज्ञानी मनुष्यका भन्दा फरक हुन्छन् । उसले यी क्रियाहरू होशमा गर्छ । बाटोमा हिंड्दा, कसैसंग कुरा गर्दा त्यो पूर्णतया सजग हुन्छ । उसको वाणीबाट एउटा पनि अनावश्यक कुरा निस्कँदैन । उदाहरणका लागि उसले गलती गर्नेलाई सजायँ दिन्छ । राम्रो गर्नेलाई पुरस्कार पनि दिन्छ । तर सजायँ दिने बेलामा उसमा गल्ती गर्ने माथि क्रोधको भावना हुँदैन । उसका सुधारको आकाङ्क्षा हुन्छ ।
अज्ञानी मनुष्य यी दुख प्रवाहमा परेर आत्तिन्छ, तर जसको प्रज्ञा (बुद्धि) स्थिर छ त्यो योगी दुखसुखलाई केवल मनका धर्म ठानेर अधीर हुँदैन । उसलाई दुख हुँदैन भन्ने कुरा होइन । दुख त अवश्य हुन्छ तर दुखसुखको रहस्य बुझेको हुनाले दुखमा व्याकुल हुँदैन ।
आत्मानन्दमा मग्न हुनाले अरु सुखमा लालायित हुँदैन । देहमा अहम् बुद्धि हुँदैन । त्यस कारण त्यो निर्भय हुन्छ । यस्ता प्रकारले स्थितप्रज्ञ मुनि दुखमा धीर, विषयमा अनासक्त, न्यायमा निर्भय अपराधीमा अक्रोध भएर व्युत्थान काल (समाधिरहित व्यावहारिक अवस्था) मा सबैसंग सामान्य व्यवहार गर्दछ ।
दुखेष्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः ।
वीतरागभयक्रोधः स्थितधीर्मुनिरूच्यते ।।५६।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]दुखेषु (दुखमा) अनुद्विग्नमना ( जसको मन व्याकुल हुँदैन)ः सुखेषु (सुखमा) विगतस्पृहः( आसक्त हुँदैन) वीतरागभयक्रोधः (रीस, राग, भय प्रेम यी सबबाट छुटको छ) स्थितधीः स्थिर प्रज्ञ) मुनिः उच्यते (मुनि भनिन्छ)।
जसको मन दुखमा व्याकुल हुँदैन, सुखमा आसक्त हुँदैन र जो रीस, राग, भय प्रेम यी सबबाट छुटको छ, त्यसलाई स्थितप्रज्ञ मुनि भनिन्छ ।।५६।।
यः सर्वत्रानभिस्नेहस्तत्तत्प्राप्य शुभाशुभम् ।
नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता ।।५७।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यः (जो) सर्वत्र अनभिस्नेहः (कुनै विषयमा पनि आसक्त छैन) तत् तत् (त्यो) प्राप्य (प्राप्त गरेर) शुभ अशुभम् (शुभ र अशुभ) न अभिनन्दति (हर्षित हुँदैन) न द्वेष्टि (दुखित पनि हुँदैन) तस्य (त्यसको) प्रज्ञा (आत्मज्ञान) प्रतिष्ठिता (स्थिर हुन्छ) ।
जो कुनै विषयमा पनि आसक्त छैन, शुभ (अनुकूल) हुँदा हर्ष र अशुभ (प्रतिकूल) हुँदा दुख पनि मान्दैन त्यसको प्रज्ञा प्रतिष्ठित भयो भन्ने बुझिन्छ ।।५७।।
अनुकूल विषय मिलेमा हर्षले फुल्ने, प्रतिकूल परेमा दुखले अधीर हुने स्वभाव चञ्चल चित्त भएका अज्ञानीको हो । तर जसको पहिलेदेखि नै परस्पर विरोधी द्वन्द्व पदार्थमा सम देख्ने अभ्यास दृढ र परिपक्व भएको छ, त्यो भने जस्तो विषयानन्द पाए पनि आनन्दले लट्ठ पर्दैन । त्यसै गरी प्रतिकूल अवस्थामा द्वेषले दग्ध पनि हुँदैन अर्थात् सुखदुखलाई समबुद्धिले भोग्दछ । यही स्थितप्रज्ञ मुनिको आचार व्यवहार हो । स्थित प्रज्ञले आफ्ना इन्द्रियहरू इन्द्रियकै लागि राख्छ । इन्द्रियहरू इन्द्रियका लागि भन्नुको अर्थ हो त्यसको अर्को प्रभाव हुँदैन । अरुले गर्दा उत्तेजित पनि हदैन । दुखी वा खुशी पनि हुँदैन । उसको मनको रिमोट कन्ट्रोल अरूमा होइन ऊ आफैंसंग हुन्छ ।
यदा संहरते चायं कूर्मोऽङ्गानिव सर्वशः ।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।५८।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यदा (जसरी) संहरते (समेट्छ) च अयम् (अनि यो) कूर्मः (कछुवाले) अङ्गान् (अंगहरु) इव (जस्तै) सर्वशः (सबै) इन्द्रियाणी (इन्द्रियहरु) इन्द्रियार्थेभ्यः (इन्द्रिय कै विषयमा) तस्य (त्यसको) प्रज्ञा (आत्मज्ञान) प्रतिष्ठिता (स्थिर हुन्छ) ।
कछुवाले जसरी आफ्ना सारा अङ्गहरू भित्र समेट्छ । त्यसै गरी स्थित प्रज्ञले आफ्ना इन्द्रियहरू इन्द्रियकै लागि राख्छ ।।५८।।
सामान्यतया, इन्द्रियको सुख इन्द्रियलाई हुँदैन । मनलाई हुन्छ । इन्द्रियहरूलाई केवल द्वार मानिन्छ । जसबाट इन्द्रियका विषय रूप, रस, गन्ध इत्यादि प्रवेश गर्छन् । जसरी कोही प्रवेश गर्दा ढोकालाई कुनै प्रभाव पर्दैन । स्थित प्रज्ञका इन्द्रियहरू त्यसै गरी स्थिर रहन्छन् । इन्द्रियले आफ्नो काम गर्छन् । स्वाद इन्द्रिय मार्फत् शरीर र मनलाई पुग्छ । तर त्यसबाट ऊ आफू अप्रभावित रहन्छ । उदाहरणका लागि मीठो भयो भनेर मनलाई धेरै खान मन लाग्दैन । जति चाहिन्छ उत्ति मात्र प्रयोग गर्छ । औषधि खाए जस्तो ।
विषया विनिवर्तन्ते निराहारस्य देहिनः ।
रसवर्जं रसोऽप्यस्य परं दृष्ट्वा निवर्तते ।।५९।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]विषया (विषयहरु) विनिवर्तन्ते (निवृत्त हुन्छन्) निराहारस्य (इन्द्रियहरूद्वारा विषय ग्रहण नगर्ने) देहिनः (मानिसको) रसवर्जं (रागरहन्छ) रसः अपि (राग पनि) अस्य (यसको) परम् दृष्ट्वा (परम् तत्त्वको साक्षात्कार गरेर) निवर्तते (निवारण भइसक्छ) ।
इन्द्रियहरूद्वारा विषय ग्रहण नगर्ने मानिसका विषयहरू त निवृत्त हुन जान्छन् (किनभने उसले ग्रहण नै गर्दैन) तर राग (भने) निवृत्त हुँदैन । आसक्ति रहिरहन्छ । स्थित प्रज्ञको विषय प्रतिको आसक्ति पनि परमतत्त्वको साक्षात्कार गरेर निवृत्त हुनजान्छ ।।५९।।
व्याख्या
[सम्पादन गर्नुहोस्]मनलाई जितेका जितेन्द्रिय भएकोले नै अन्तिम जैन तीर्थंकरलाई जिन र महावीर भनिएको छ । जसले मनलाई जित्छ, त्यो नै सबभन्दा बहादुर हो । त्यसैलाई गीतामा धीर पुरुष भनिएको छ । बुद्धवाणी छ– आकाशमा बिजुली चम्केको बेला दुई जनाबाहेक अरु सबै तर्सिन्छन् । नतर्सिने दुई जनामा एउटा हो जंगलको राजा सिंह र अर्को हो ज्ञानी ।
त्यसैले सन्तहरुले भन्ने गरेका छन्– युद्धमा हजारौं वीरलाई जित्नुभन्दा आफ्नो मनलाई जित्नु कठिन छ ।
यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चितः ।
इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मनः ।।६०।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]यततः हि अपि (यत्न गरेरै पनि) कौन्तेय (हे कौन्तेय) पुरुषस्य (मानिसको) विपश्चितः (मेधावी) इन्द्रियाणि प्रमाथीनि (प्रमथनशील इन्द्रियहरु) हरन्ति (हरण गर्छन्) प्रसभम् (बलपूर्वक) मनः (मन) ।
हे कौन्तेय, प्रमथनशील (हुँडल्ने) स्वभावका इन्द्रियहरूले प्रयत्न गर्ने मेधावी मानिसको मनलाई पनि जबरजस्ती हरण गर्छन् ।।६०।।
व्याख्या
[सम्पादन गर्नुहोस्]इन्द्रियहरुले अत्यन्त मेधावी व्यक्तिको मनलाई पनि बिथोलेर उसको बुद्धिलाई नाश गरीदिन सक्छन् । इन्द्रियहरू वशमा भए पछि बल्ल बुद्धि स्थिर हुन्छ । जसको बुद्धि नष्ट हुन गयो त्यो मानिस आफ्नो श्रेयबाट तल खस्छ ।
श्रेयस् भनेको त्यो कुरा जसले जीवन सुखी र सन्तोषपूर्ण हुन्छ । यसलाई शास्त्रकारहरुले पुरुषार्थ भनेका छन् । पुरुषार्थ चार वटा हुन्छन्– अर्थ, काम, धर्म र मोक्ष । असंयमी यी चारै कुराका लागि अयोग्य हुनजान्छ ।
तानि सर्वाणि संयम्य युक्त आसीत मत्परः ।
वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता ।।६१।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]तानि (तिनीहरु) सर्वाणि (सबै) संयम्य (संयम गरेर) युक्त आसीत (समाहित चित्त) मत्परः (मेरा आश्रित) वशे हि (वशमा भए पछि) यस्य इन्द्रियाणि (जसका इन्द्रिय) तस्य (त्यसको) प्रज्ञा (आत्मज्ञान) प्रतिष्ठिता (स्थिर हुन्छ)।
(त्यसैले) सम्पूर्ण इन्द्रियलाई संयत गरेर युक्त (समाहित चित्त) र समर्पणका साथै मेरा आश्रित (मत्पर) होउ । (किनभने इन्द्रियहरू वशमा भए पछि बल्ल बुद्धि स्थिर हुन्छ । केवल संयम र निषेधबाट इन्द्रियहरू वशमा हुँदैनन् । यसका लागि समर्पणका साथै इष्ट चिन्तन अनिवार्य छ ।)।।६१।।
व्याख्या
[सम्पादन गर्नुहोस्]गीताकारका अनुसार, जीवनको सफलता र असफलता के कुरामा भर पर्छ भने मानिस इन्द्रिय संयम गर्ने छ कि असंयमी ?
इन्द्रियलाई वशमा राखेको मानिसलाई संयमी भनिन्छ, त्यसैले असंयमीको अर्थ हो इन्द्रियका वशमा भएको मानिस । तर मनलाई जबरजस्ती नियन्त्रण गर्नेलाई पनि गीताले सफल मानेको छैन । हुनत, यस्तो मानिसले विषयलाई बलपूर्वक निषेध गरेको हुन्छ तर उसले आसक्तिमाथि विजय प्राप्त गरेको हुँदैन । त्यसैले कुनै पनि समयमा श्रेय अवस्थाबाट तल खस्न सक्छ । कम नियन्त्रकले चेतन अवस्थामा नै संयम गुमाउँछ भने बढी नियन्त्रकले सपनामा वा अचेतनमा संयम गुमाउँछ ।
बलपूर्वक व्रत बस्नेले सपनामा भोज खाइरहेको हुन्छ । बलपूर्वक ब्रह्मचर्य पालन गर्नेको अचेतन मन सजिलै बेकाबू भइदिन्छ । मनसंग लड्दा लड्दा यस्तो नियन्त्रक हार खाइसकेको हुन्छ । महात्मा गान्धी जस्तो सत्यवादी, व्रतपालक र अनुशासितले पनि इन्द्रियसंग हार खाएका थिए । जाग्रत अवस्थामा गान्धीको मन पूर्णतया वशमा हुन्थ्यो तर स्वप्नमा मन बरालिएर कहिलेकाहीं स्वप्न दोष बेहोर्नु परेको कुरा उनले आत्मकथामा उल्लेख गरेका छन् । खाने कुरामा उनले भनेका छन्– ’लामो उपवास पछि सुक्का मेवा (किशमिश आदि) तीन चार वटा खानु पर्नेमा मनले नमान्दा छ सातवटा खाएँ । यस असंयमले मलाई जीवनभरका लागि रोगी बनायो ।’ त्यसबाट उनलाई लामो पखाला चल्यो । शरीर ज्यादै कमजोर भए पछि एक जनाको सहारा बिना गान्धी बसेर उठ्न नसक्ने भए । अनि मनु गान्धीले उनलाई सहारा दिएर हिंड्नु पर्ने भयो । यो अवस्था उनको मृत्युपर्यन्त रह्यो । यो त संसारका एक यस्तो व्यक्तिको अनुभव हो जसलाई कठोर व्रतपालक भनिन्छ ।
कृष्णले यस्तो अवस्थाबाट मुक्ति पाउने उपाय बताउँदै भन्नु हुन्छ– इन्द्रियहरू स्वाभाविक वशमा जसले राख्न सक्यो उसको प्रज्ञा स्थिर हुनजान्छ ।
सफलताका लागि चाहिने अर्को कुरा हो इन्द्रिय निरोध । मनलाई एकाग्र बनाउन कुनै एकमा त्यसलाई केन्द्रित गर्नै पर्छ । आवश्यक परेमा यसका लागि मत्पर होउ पनि भनिएको छ । परायणको अर्थ हो अनुरक्त, लागेको । जस्तै कर्तव्यपरायणको अर्थ हो कर्तव्यमा राम्ररी लागिपरेको । त्यसै गरी मत्परको अर्थ हो मेरो परायण ।
यहाँ मत् भनेको वासुदेव कृष्णको शरीर होइन परमात्मा, ब्रह्म हो किनभने यहाँ कृष्णको प्रसङ्ग नै छैन । जसरी जिन्नलाई व्यस्त राख्न अरु सबैतिरबाट असफल भए पछि लोककथाको नायकले बाँसको लामो लिङ्गोमा चढ्ने र ओर्लने एउटा कठिन काम दिन्छ र बल्ल त्यो चञ्चल जिन्न शान्त हुन्छ, त्यसै गरी मनलाई मत्पर (ईश्वरमा राम्ररी लगाउनेका काम) गरे पछि मात्र शान्त हुनसक्छ ।
ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते ।
सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते ।।६२।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]विषयान् (विषयको) ध्यायतः (चिन्तन गर्ने) पुंसः (मानिसलाई) सङ्गः (आसक्ति) तेषु (त्यसको) उपजायते (उत्पन्न हुन जान्छ) सङ्गात् ( आसक्तिबाट) सञ्जायते (राम्ररी जन्म लिन्छ) कामः (कामना) कामात् (कामनाबाट) क्रोधः (क्रोध) अभिजायते (जन्म लिन्छ) ।
विषयको चिन्तन गर्ने मानिसलाई सो विषयमा आसक्ति हुनजान्छ । आसक्तिबाट कामना (तृष्णा) हुन्छ । कामना पूर्तिमा व्यवधान आउना साथ क्रोध उत्पन्न हुन्छ ।।६२।।
व्याख्या
[सम्पादन गर्नुहोस्]गीतामा क्रोधको अर्थ हो विच्छिन्न कामना । जुन कामना सन्तुष्टिसंग जोडिन्छ त्यसले क्रोध उत्पन्न हुंदैन । किनभने कामना पूर्ण भयो तर जुन कामनाको सम्बन्ध सन्तुष्टिसंग भएन त्यसले क्रोध उत्पन्न गर्छ । कामना सन्तुष्टिसंग नजोडिए पछि असन्तोष उत्पन्न हुन्छ । असन्तोषको मात्रा बढ्यो भने स्मृति भ्रम हुन जान्छ । यस प्रकार क्रोधको सम्बन्ध एकातिर विषयसंग हुन्छ भने अर्कातिर स्मृति भ्रमसंग हुन्छ । स्मृतिभ्रमले उचित अनुचितको भेद गर्न नसक्ने बनाउँछ ।
यस अनुसार, कुनै विषयको चिन्तनले इच्छा वा कामना उत्पन्न हुन्छ । इच्छा र कामनामा थोरै फरक के छ भने इच्छा मनमा उत्पन्न भएर बिलाउन पनि सक्छ । दुई मिनेटभन्दा बढी जुन विचार मनमा अडिन्छ, त्यो इच्छा बन्न जान्छ । इच्छालाई मनबाट हटाउन धेरै मानसिक श्रम गर्नु पर्दैन । जब यो इच्छा निरन्तर मनमा घुमिरहन्छ अनि क्रमशः कामना हुँदै वासनामा रुपान्तरण हुन्छ । बलवान इच्छा नै वासना हो । अब यसलाई मनबाट हटाउन धेरै जटिल हुन्छ । वासनाले आफ्नो पूर्तिको बाटोबाहेक अरु केही देख्दैन । वासना पूर्तिको बाटोमा अवरोध उत्पन्न हुनासाथ क्रोध प्रस्फुटित हुन्छ । क्रोध प्रस्फुटित भएपछि उचित अनुचितको विवेक हराउँछ । जसको मनले उचित अनुचित छुट्ट्याउन सक्दैन उसको बुद्धिले उचित निर्णय गर्न पनि सक्दैन । फलस्वरूप त्यो मानिस श्रेय साधनबाट तल खस्छ ।
त्यसैले सफलताका लागि चाहिने एक महत्त्वपूर्ण कुरा हो इन्द्रिय निरोध । तर केवल संयम र निषेधबाट इन्द्रियहरू वशमा हुँदैनन् । यसका लागि समर्पणका साथै परमशक्तिको चिन्तन अनिवार्य छ ।
यस प्रकार प्राप्त गरेको सफलताले अन्तःकरणको प्रसन्नता मात्र प्रदान गर्दैन मानिसका सबै दुखको समेत नाश गर्छ यो कुरा आउने श्लोकमा स्पष्ट गरिएको छ ।
क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।। ६३।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]क्रोधाद् (क्रोधबाट) भवति (हुन्छ) सम्मोहः (सम्मोह हुन्छ) सम्मोहात् (सम्मोहबाट) स्मृतिविभ्रमः (स्मृति भ्रम हुन्छ) स्मृतिभ्रंशाद् (स्मृति भ्रम भएपछि) बुद्धिनाशः (बुद्धिनाश हुन्छ) बुद्धिनाशात् (बुद्धिनाश भएपछिं) प्रणश्यति (नाश हुन जान्छ) । क्रोधले सम्मोह (मूढता र अविवेक) उत्पन्न हुन्छ । अविवेकबाट स्मृति भ्रम हुन्छ । स्मृति भ्रम भएमा बुद्धि नष्ट हुनजान्छ । बुद्धि नष्ट हुन गएमा (त्यो मानिस आफ्ना अर्थ, काम, धर्म र मोक्ष) सबैतिरबाट अयोग्य हुनपुग्छ ।।६३।।
व्याख्या
[सम्पादन गर्नुहोस्]मानव सभ्यताको मूलमा मानिसको स्मृति क्षमता नै रहेको छ । यसले गर्दा नै मानिस पशुत्वभन्दा माथि उठेको छ । गोरूगाडादेखि अन्तरिक्ष जेटसम्मको विकास स्मृतिमा आधारित छ । विविध भाषा, लिपि र संयन्त्रहरुको आविष्कार स्मृतिको सुरक्षाका लागि नै भएको छ । मनोविज्ञानमा स्मृतिको विश्लेषण सबैभन्दा जटिल विषय मानिन्छ । आधुनिक मनोविज्ञानले स्मृतिलाई चार चरणमा विभाजित गर्छ– मानवीय चेतना, यसको फलस्वरुप सूचनाहरूको कोडिङ्ग, कोड गरिएको सामग्री मस्तिष्कमा भण्डारण, र पुनःस्मरणका साथ उपयोग । स्मृतिले हामीलाई सांसारिक र व्यावहारिक जीवनका समस्याहरू समाधानमा सघाउँछ । विगतका जानकारीहरू हाम्रा मन मस्तिष्कमा सङ्कलित हुन्छन् । कुनै समयमा जब तिनीहरूको आवश्यकता पर्छ, ती पुनः सम्झना आउँछन् र समाधानमा ती सूचनाहरूको उपयोग हुन्छ । हाम्रा कार्य त्यस बेला सुचारु रहन्छन् जब हाम्रो स्मृतिले स्वाभाविक रुपमा काम गर्छ । हाम्रो व्यवहार पूर्णतः स्मृतिमा आधारित छ ।
रागद्वेषवियुक्तैस्तु विषयानिन्द्रियैश्चरन् ।
आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति ।।६४।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]रागद्वेषवियुक्तैः तु (तर आसक्ति र द्वेषबाट मुक्त रहेर) विषयान् (विषयहरुमा) इन्द्रियैः (इन्द्रियहरुद्वारा) चरन् (विचरण गर्दै) आत्मवश्यैः विधेयात्मा ( आफूलाई विधिपूर्वक नियन्त्रणमा राख्ने व्यक्तिले) प्रसादम् (प्रसन्नता) अधिगच्छति (प्राप्त गर्छ) ।
अन्तःकरणलाई विधिपूर्वक नियन्त्रणमा राख्ने व्यक्तिले आसक्ति र द्वेषबाट मुक्त रहेर वशमा गरिएका आफ्ना इन्द्रियद्वारा विषयहरूमा विचरण गर्दै प्रसन्नता प्राप्त गर्छ ।।६४।।
प्रसादे सर्वदुःखानां हानिरस्योपजायते ।
प्रसन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते ।।६५।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]प्रसादे ( प्रसन्नताले) सर्वदुःखानाम् (सबै दुखहरुको) हानिः (समाप्ति) अस्य (यसको) उपजायते (उत्पन्न हुन्छ) प्रसन्नचेतसः (प्रसन्नचित्त व्यक्तिको) हि आशु (तुरुन्तै) बुद्धिः (बुद्धि) परि अवतिष्ठते (राम्ररी स्थिर हुनजान्छ) ।
(वास्तविक) प्रसन्नताले सबै दुखहरुको समाप्त हुनजान्छ । प्रसन्नचित्त (व्यक्ति) को नै बुद्धि तत्काल सही रुपमा स्थिर हुन जान्छ (सही निर्णय गर्न सक्छ) ।।६५।।
व्याख्या
[सम्पादन गर्नुहोस्]जसले इन्द्रिय संयम गर्छ उसको स्मृति उचित हुन्छ । अनि उसको मन र बुद्धि नियन्त्रणमा हुन्छन् । उसले सधैं उचित निर्णय गर्दछ र प्रसन्न रहन्छ ।
उचित स्मृति क्षमता हुनेहरूले नै व्यक्तित्व विकास गर्न सक्छन् । उच्च पदस्थ मानिसहरूको स्मृति सामान्यतया उच्चस्तरको पाइएको छ । बढी स्मृति क्षमता हुने विद्यार्थीहरूले परीक्षामा उच्च अङ्क प्राप्त गर्न सक्छन् । प्रतिस्पर्धामा अगाडि आउन स्मृति क्षमता आवश्यक पर्छ । बुद्धि, धृति, र ज्ञान यी सबै कुराहरू स्मृतिमा आधारित हुन्छन् । उचित स्मृतिको प्रयोगले परमशान्तिको लक्ष्य प्राप्त गर्न सकिन्छ ।
[[चित्र:चित्र २.१ सफलता प्राप्तिका चरणहरु.png|अङ्गुठाकार|]
>
नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना ।
नचाभावयतः शान्तिरशान्तस्य कुतः सुखम् ।।६६।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]न अस्ति ( हुँदैन) बुद्धिः (बुद्धि) अयुक्तस्य (समाहित चित्त नभएको) न च अयुक्तस्य (अनि यस्तो अयुक्त मानिसको) भावना (आत्मज्ञानमा दृढनिष्ठा) न च अभावयतः शान्तिः (भावनारहितलाई शान्ति हुँदैन) अशान्तस्य (अशान्तलाई) कुतः (कहाँ) सुखम् (सुख) ।
(तर) अयुक्त (समाहित चित्त नभएको) मानिसका अन्तःकरणमा निष्काम कर्मयुक्त बुद्धि र भावना (आत्मज्ञानमा दृढनिष्ठा) हुँदैन । भावनारहित मानिसलाई शान्ति कहाँ र अशान्तलाई सुख कहाँ ? ।।६६।।
व्याख्या
[सम्पादन गर्नुहोस्]जसले इन्द्रिय संय मगर्न सक्दैन, उसले सफलता किन प्राप्त गर्दैन ? स्मृतिभ्रम हुँदा कोडिङ्ग, भण्डारण, र पुनः उपयोगका तीन चरणहरुमा समन्वय हुँदैन यसैलाई बुद्धिले निर्णय गर्न नसक्ने स्मृतिभ्रमको अवस्था भनिन्छ । इन्द्रिय संयम गर्न नसक्नेको थाहा नपाउने गरी चित्त विचलित हुन जान्छ । बुद्धिलाई इन्द्रियलेकसरी बराल्छन्, त्यसको सुन्दर उपमा आउने श्लोकमा गरिएको छ ।
इन्द्रियाणां हि चरतां यन्मनोऽनुविधीयते ।
तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि ।।६७।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]इन्द्रियाणाम् (इन्द्रियहरूका) हि चरताम् (विषयहरूमा नै विचरण गरिरहेका) यत् (जुन) मनः (मन) अनुविधीयते (अनुगमन गरिरहन्छ) तत् (त्यही इन्द्रिय) अस्य (यसको अर्थात् असंयमी मानिसको) हरति प्रज्ञाम् (प्रज्ञालाई रण गर्छ) वायुः (वायुले) नावम् इव (डुङ्गा जस्तै) अम्भसि (पानीमा) ।
विषयहरूमा विचरण गरिरहेका इन्द्रियहरूमा जुन इन्द्रियसंग मन रहन्छ त्यस एउटै इन्द्रियले पनि त्यस अयुक्त मानिसको बुद्धिलाई त्यसै गरी हरण (नष्ट) गर्छ जसरी जलमा डुङ्गालाई वायुले (विस्तारै) हरण गरेर गन्तव्यबाट टाढा लैजान्छ ।।६७।।
पानीमा बगेको डुङ्गालाई जसरी हावाले अन्यत्र लिएर हिँड्छ, त्यसै गरी बुद्धि एकातिर बरालिन्छ ।
इन्द्रियहरू कस्ता जबर्जस्त हुन्छन् भने उन्मत्त घोडाले सवारलाई कुमार्गमा लगे झैं उसको मनलाई जर्बजस्ती विषयतिर फर्काइदिन्छन् । त्यसैले श्रीमद्भागवतमा लेखिएको छ–
मात्रा स्वसा दुहिता वा न विवित्तासनो भवेत् ।
बलवानिन्द्रियग्रामो विद्वाँसमपि कर्षति ।।भागवत ९.१९.१७।।
आमा, बैनी, वा छोरी भए तापनि उनीहरूका साथ धेरै दिनसम्म एकान्तमा दुई जना मात्र नबस्नु । किनभने इन्द्रियको फौज अति बलवान् छ । यसले विद्वान्हरूलाई पनि तानेर आफ्नो वशमा गराउँछ ।
तस्माद्यस्य महाबाहो निगृहीतानि सर्वशः ।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।६८।।
====पदच्छेद र शब्दार्थ==== तस्मात् (त्यसैले) अस्य (यसका) महाबाहो (हे महाबाहु) निगृहीतानि (वशमा गरिएका छन्) सर्वशः (सबै प्रकारले) इन्द्रियाणि (इन्द्रियहरु) इन्द्रिय अर्थेभ्यः(इन्द्रियकै लागि छन् भने) तस्य प्रज्ञा प्रतिष्ठिता (उसको आत्मज्ञान प्रतिष्ठित भएको हुन्छ)
(त्यसैले) हे महाबाहु, जुन मानिसका इन्द्रियहरू शब्द, रूप आदि विषयबाट राम्ररी वशमा गरिएका हुन्छन् उसको बुद्धि प्रतिष्ठित (स्थिर) हुन जान्छ ।।६८।।
व्याख्या
[सम्पादन गर्नुहोस्]इन्द्रियाणी इन्द्रिय अर्थमा उपयोग गर्नु गीतामा प्रयोग गरिएको एक विशिष्ट वाक्यांश हो । जसले इन्द्रियका विषयहरुलाई कसरी उपयोग गर्नु पर्छ सो कुरा निरुपण गरेको छ । अर्थात् मनलाई योगयुक्त गराएर इन्द्रियद्वारा अनिषिद्ध विषयको सेवन गर्नु नै इन्द्रिय निरोध हो । गीताले इन्द्रिय दमनको कुरा गरेको छैन, निरोध विधिको उपयोग गर्नु भनिएको छ । जसरी नदीको वेगलाई बाँधेर त्यसको बहाव रोक्न भन्दैन । बरु उचित दिशातिर मोड्नु र बगाउनु पर्दछ । जीवनको सफलता इन्द्रिय दमनमा होइन निरोधमा हुन्छ । महाभारतमा यस समब्नधमा बडो व्यावहारिक चर्चा छ ।
युधिष्ठिरले भीष्मलाई प्रश्न गर्छन्– के धर्म, अर्थ, र काममा परस्पर विरोध छ ? मानिसहरूले आफ्ना कामना सन्तुष्ट गर्दा, धन आर्जन गर्दा धर्ममा हानि हुन्छ ? धर्म गर्दा कामना अतृप्त राख्नु आवश्यक छ ? यसको उत्तरमा महात्मा भीष्मले भनेका छन्– ‘जब मानिसहरूले निर्मल चित्त राखेर धैर्यपूर्वक अर्थार्जनको प्रयास गर्छन्, त्यस्तोमा उचित काल, कारण, र परिस्थिति अनुसार अर्थ, काम, र धर्म आपसमा मिलेको जस्तो देखिन्छन् । त्यति खेर अर्थ, काम, र धर्मलाई छुट्ट्याउन सकिंदैन । त्यसरी आर्जन गरेको अर्थ र त्यसरी गरिएको कामना सन्तुष्टि धर्मको विरुद्ध हुँदैन ।’
त्यसरी कर्म जसले गर्नसक्छ, त्यो सफल हुन्छ ।
या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी ।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः ।।६९।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]या (जुन) निशा (निशा, रात्रि वा निद्रा हो) सर्वभूतानां (सबै प्राणीका लागि) तस्याम् (त्यस बेला) जागर्ति (जागा रहन्छ) संयमी (संयमी) यस्याम् (जुन बेला) जाग्रति (जागा छन्) भूतानि (प्राणीहरु) सा (त्यो बेला) निशा (निशा) पश्यतो (देख्छन्) मुने (मुनिले) ।
सबै प्राणीका लागि जुन निशा हो संयमी त्यसमा जाग्रत बस्छ । जसमा अरु प्राणी जाग्रत बस्छन्, त्यो महात्माका लागि निशा हो ।।६९।।
व्याख्या
[सम्पादन गर्नुहोस्]अन्य सबैका लागि जुन निशा हो संयमी त्यसमा जाग्रत बस्छ । जसमा अरु प्राणी जाग्रत बस्छन्, त्यो महात्माका लागि निशा हो । त्यो योगी संसारमा नै बस्छ तर संसारको प्रभाव त्यसमा पर्दैन ।
या निशा सर्वभूतानि.. यस श्लोकको अर्थ बारे भाष्यकारमा निकै भिन्नता पाइन्छ । आचार्य शङ्करका अनुसार संयमीका लागि बाह्य शरीर निशा हो । अन्य मानिस शरीरका लागि जाग्छन् तर मुनि यसका लागि निदाएको हुन्छ । उनले गीता शाङ्कर भाष्यमा यस श्लोकको अर्थ स्पष्ट गर्न पूर्व पक्ष र उत्तर पक्षका तार्किक विधिको प्रयोग गरेका छन् । यस दृष्टिले यो एक कूट श्लोक हो ।
आचार्य रजनीशले पातञ्जल योगशास्त्रको आधारमा यसको अर्थ स्पष्ट गरेका छन् । संस्कृत शब्द संयमी (सं, यम र अप्) को सामान्य अर्थ हुन्छ, एकाग्रचित्त तर योग शास्त्रमा अन्तिम तीन अवस्थामा पुगेको व्यक्तिलाई संयमी भनिएको छ । पतञ्जलिका अनुसार, यस्तो संयमी वा योगी निद्रामा पनि सतत जाग्रत हुन्छ । योगी वा संयमीको निद्रा यसै प्रकारको हुन्छ । यसलाई निद्रामा ध्यान गरेको अवस्था भनिन्छ । बुद्धको निद्रा यसै प्रकारको थियो भनिएको छ । किनभने उनी निद्रामा पनि जाग्रत थिए । त्यस प्रकाशको अनुभव निद्रामा ध्यान गर्नाले पनि हुन्छ । त्यसैलाई गीतामा या निशा सर्वभूतेषु भनिएको हो ।
आपूर्यमाणमचलप्रतिष्ठं,
समुद्रमापः प्रविशन्ति यद्वत् ।
तद्वत्कामा यं प्रविशन्ति सर्वे,
स शान्तिमाप्नोति न कामकामी ।।७०।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]आपूर्यमाणम् (राम्ररी परिपूर्ण भएको) अचलप्रतिष्ठम् (अचल रहन्छ) समुद्रम् (समुद्रको) आपः(जल) प्रविशन्ति (प्रवेश गर्छन्) यद् वत् (जसरी) तत् वत् (त्यसै गरी) कामाः (कामनाहरु) यम् (जुन मानिसमा) प्रविशन्ति (प्रवेश गर्छन्) सर्वे (सबै) सः (उसले) शान्तिम् (शान्ति) आप्नोति (प्राप्त गर्छ) न कामकामी (भोगको चाहना गर्ने) ।
जसरी सबैतिरबाट परिपूर्ण अचल प्रतिष्ठा भएको समुद्रमा नदीहरूको जलले त्यसमा कुनै विकार उत्पन्न नगरी ठूलो वेगका साथ समाहित हुनजान्छ । त्यसै गरी स्थितप्रज्ञ मानिसमा सारा विषयभोग अलिकति पनि विकार उत्पन्न नगरिकन उसमा समाहित हुन जान्छन् । यस्तो मानिसले परमशान्ति (मोक्ष) प्राप्त गर्छ । भोगको चाहना गर्नेले होइन ।।७०।।
विहाय कामान्यः सर्वान्पुमांश्चरति निःस्पृहः ।
निर्ममो निरहङ्कारः स शान्तिमधिगच्छति ।।७१।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]विहाय (त्याग गरेर) कामान् (कामनाहरु) यः (जुन) सर्वान् (सबै) पुमान् (मानिस) चरति निःस्पृहः निर्ममः (म र मेरो भावरहित) निरहङ्कारः (अहङ्काररहित) सः (उसले) शान्तिम् (शान्ति) अधिगच्छति (प्राप्त गर्छ) ।
जुन मानिसले सम्पूर्ण कामना र भोगहरूलाई त्याग गरेर (केवल जीवन मात्रका लागि चेष्टा गर्छ) तथा जुन निर्मम (म र मेरो भाव अर्थात् अहंभावरहित) एवं स्पृहा (अभिलाषा) रहित आचरण गर्छ त्यसले परमशान्ति प्राप्त गर्छ । (त्यसपछि केही पनि प्राप्त गर्न बाँकी रहँदैन)।।७१।।
व्याख्या
[सम्पादन गर्नुहोस्]भगवान् कृष्णले भन्नु हुन्छ– ’जसरी चारैतिरबाट नदीहरू आइरहँदा पनि समुद्र अचल र प्रतिष्ठित रहन्छ, त्यस अवस्था प्राप्त गर्ने मात्र कामनाहरूबाट अविचलित हुन्छ ।’
स्वामी विवेकानन्दका जीवनको प्रसङ्ग छ । उनले भर्खर संन्यास लिएका थिए । त्यस बेलासम्म उनी नरेन्द्र थिए । भारतवर्ष भरि घुमेर सबैसंग भेटघाटमा व्यस्त थिए । शिकागो सम्मेलनमा जाने तैयारी चल्दै थियो । ज्ञान र साधना दुवै चल्दै थिए ।
नरेन्द्रको सम्मानमा खेतडीका महाराजाले शाही भोजको आयोजना गरे । त्यस पछि मनोरञ्जनका लागि नर्तकीको नाच थियो । सुन्दरीको नृत्य सुरु हुनासाथ विवेकानन्द सभाबाट उठेर बाहिर जान थाले । नर्तकीले एक सुन्दर भजन प्रस्तुत गरी । ढोकातिर जान लागेका नरेन्द्रले यो सुने पछि बाहिर निस्कन सकेनन् । उनी फर्केर आए । पूरै नृत्य निस्पृह भावले हेरे । गीतामा त्यही कुरा स्पष्ट गरिएको छ ।
एषा ब्राह्मी स्थितिः पार्थ नैनां प्राप्य विमुह्यति ।
स्थित्वास्यामन्तकालेऽपि ब्रह्मनिर्वाणमृच्छति ।।७२।।
पदच्छेद र शब्दार्थ
[सम्पादन गर्नुहोस्]एषा (यो) ब्राह्मी स्थितिः (समाधिको अवस्था) पार्थ (हे अर्जुन) न एनाम् प्राप्य विमुह्यति (यसलाई प्राप्त गरेर मोहित हुँदैन) स्थित्वाः (स्थित भएर) अस्याम् (यस अवस्थामा) अन्तकाले (अन्तकालमा) अपि (पनि) ब्रह्मनिर्वाणम् (ब्रह्मनिर्वाण, समाधि, ब्रह्मानन्द) ऋृच्छति (पुग्छ) ।
हे पार्थ, यसरी प्राप्त अवस्था नै ब्राह्मी अवस्था हो । यस्तो महापुरुष ब्रह्मनिष्ठामा स्थित भएर शरीरको अन्तकालमा पनि ब्रह्मनिर्वाण (ब्रह्मानन्द) लाई प्राप्त गर्छ ।।७२।।
व्याख्या
[सम्पादन गर्नुहोस्]ब्रह्म निर्वाणका लागि पूर्णतया शान्त हुनुपर्छ । पूर्णतया शान्त कसरी भइन्छ ? जसले सबै प्रकारका आसक्ति छोडेर निःस्पृह भइ व्यवहार गर्छ । जसलाई ममत्व र अहंकार छैन, त्यसले शान्ति प्राप्त गर्छ । यस्तो स्थितप्रज्ञ, ब्रह्मवेत्ता( ज्ञानीले परमशान्ति (मोक्ष) प्राप्त गर्छ । त्यो नै ब्राह्मी स्थिति हो र यसले निर्वाण प्राप्त गराउँछ ।
ब्रह्म शब्द बृह् धातुबाट बनेको छ । यसको अर्थ हुन्छ– विस्तार हुनु । यसबाट ब्रह्मन्, ब्रह्माण्ड, ब्राह्मण, र ब्राह्मी शब्द बनेको छ । ब्राह्मीको अर्थ हो ब्रह्मको अवस्था । उपनिषद्हरूमा बारम्बार भनिएको छ– ’जसले ब्रह्म अवस्था प्राप्त गर्छ त्यो ब्रह्मवित् (ईश्वररूप) हुन जान्छ ।’ गीतामा यसैलाई ब्राह्मी स्थिति र ब्रह्मनिर्वाणमृच्छति भनिएको छ । ऋच्छतिको त्यही अर्थ हुन्छ जुन अंग्रेजी शब्द रीच (चभबअज) को हुन्छ । लक्ष्य प्राप्त गर्नु वा उपलब्ध हुनु ।
निर्वाणको अर्थ हो विलीन हुनु । समाधि अवस्थामा सबै कुरा त्यही समाधिमा विलीन हुन जान्छन् । केवल एक समाधि मात्र बाँकी रहन्छ । त्यसैले भनिन्छ ब्रह्ममा विलीन हुने अवस्था नै ब्रह्म निर्वाण वा सम्बोधि प्राप्त गर्नु हो । कबीरले यसलाई बुन्द समानी समुन्द में भनेका छन् । ओशो रजनीशले समुन्द समाना बुन्द में भनेका छन् ।
आचार्य शङ्करले भनेका छन्– ’ब्रह्मात्म भाव प्राप्त गर्नेले नै अहं ब्रह्मास्मि को अनुभव गर्नसक्छ ।’ यस अवस्थामा पुगिसकेपछिको अनुभव वर्णन गर्दै आचार्य शङ्करले भनेका छन्– ’म मान्छे पनि होइन । म देवता वा यक्ष पनि होइन । म ब्राह्मण, क्षत्रिय, वैश्य, वा शूद्र पनि होइन, ब्रह्मचारी, गृहस्थ, वानप्रस्थ, वा संन्यासी केही पनि होइन । म केवल निजबोध स्वरूप आत्मा हुँ ।’
यो नै ब्राह्मी अवस्थाको उपलब्धि हो । यही ज्ञानयोग र कर्मयोगको अन्तिम भूमि हो । यही ब्रह्मानन्द हो । ब्रह्मानन्द भनेको त्यो आनन्द हो जुन प्राप्त भए पछि अरु केही चाहिंदैन । त्यसैले बौद्ध दर्शनको निर्वाण र गीताको निर्वाणमा थोरै अन्तर छ । बौद्ध दर्शनमा निर्वाणको अर्थ हो शून्य, सुखदुखरहित अवस्था । गीताको निर्वाण भनेको समाधि हो ।
भगवान् कृष्णले दोस्रो अध्यायको एघारौं श्लोकदेखि नै ’आभासी म’ भन्दा फरक ’असली म‘– देहको मालिक पहिचान गर्ने अनेक तरिका बताउनु भएको छ, जस्तै– निर्योगक्षेम हुनु, निष्काम कर्म, बुद्धिलाई निश्चयात्मिका बनाउनु इत्यादि । अनि के बताउनु भएको छ भने आफ्नो वास्तविक स्वरुप जान्नाले निर्भयता प्राप्त हुन्छ । त्यो नै शान्ति हो । त्यो नै स्थिरता हो । त्यो नै परमानन्द हो । त्यो नै जीवनका वास्तविक सफलताको सोपान हो ।
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे साङ्ख्ययोगो नाम द्वितीयोऽध्यायः ।।
यस प्रकार श्रीमद्भगवद्गीता उपनिषद् यस ब्रह्मविद्यारुपी योगशास्त्रमा श्रीकृष्ण र अर्जुन संवाद अन्तर्गत साङ्ख्ययोग नाम गरेको अध्याय दुई समाप्त भयो । ॐ तत्सत् ।।
== अध्याय १८ ==
श्रीमद्भगवद्गीता
अर्जुन उवाच
[सम्पादन गर्नुहोस्]सन्न्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम् ।
त्यागस्य च हृषीकेश पृथक्केशिनिषूदन ।।१।।
अर्थ
अर्जुनले भने– हे महाबाहु, हे हृषीकेश (अन्तर्यामी) , हे केशिनिसूदन (केशिनाम गरेका असुरको संहार गर्ने), मैले सन्न्यास र त्यागलाई यथार्थरुपमा पृथक् पृथक् जान्न चाहन्छु ।
व्याख्या
अर्जुनले यस श्लोकमा तीनवटा सम्बोधन गरेका छन्, महाबाहो, हृषीकेश, र केशिनिसूदन । कुनै व्यक्तिले अर्कालाई यसरी एक साथ धेरै नामले सम्बोधन गर्नुको दुईअर्थ हुन सक्छ कि त उ सारै हडबडाएको छ कि उसमाथि असाध्य प्रेम उम्लिएर आएको छ । गीताको सुरुमा अर्जुन हडबडाएका, अनिश्चित र विषादग्रस्त थिए । तर विश्वरुपदर्शन पछि उनी केही शान्त भएका छन् । त्यसैले यी बढी सम्बोधन प्रेमका सूचक हुन् भन्न सकिन्छ । हडबडलाई समाप्त गर्ने एक मात्र आधार उनले कृष्णलाई देखेका छन् । यस कारण कृष्णमाथि ज्यादै प्रेम उत्पन्न भयो । अनि यस प्रेमवश धेरै नाम लिएका हुन् । ययस बाहेक धेरै नाम लिएर सम्बोधन गरिएको अध्याय विश्वरुप अध्याय हो । जहां कृष्णको विश्वरुप देखेर आत्तिएका थिए । अब त अर्जुन कर्म गर्न मनमनै तैयार भइसकेका छन् । तर उनलाई त्याग गर्ने कि सन्न्यास लिने ? अर्जुनलाई त्याग र सन्न्यास लाठे र लाठी जस्ता दुइ बिलकुल फरक विषय देखिएका छन् । यसमा फेरि अलमल भयो ।
श्री भगवानुवाच
[सम्पादन गर्नुहोस्]काम्यानां कर्मणां न्यासं सन्न्यासं कवयो विदु ः ।
सर्वकर्मफलत्यागं प्राहुस्त्यागं विचक्षणा ः ।।२।।
अर्थ
विद्वान्हरुले काम्यकर्मको त्यागलाई सन्न्यास ठान्दछन् र अरु विचक्षण (विचारकुशल) ले सबै कर्मको फल त्याग गर्नुलाई त्याग भन्दछन् ।
व्याख्या
कविको अर्थ केवल गद्य वा पद्यमा कविता लेख्ने साहित्यकार होइन । गीताकालमा कविको अर्थ थियो– विश्वको ज्ञान हुने व्यक्ति । ज्ञानको विश्वकोश, विद्वान् । शास्त्रीय ज्ञानको गहिराईसम्म पुगेको । त्यसैले शुक्रलाई कवि भनिन्छ । र उनलाई अमित प्रज्ञ महायशाः भनिएको छ । स्वयं भगवान् कृष्णले आफ्ना विभूतिहरु बताउंदा आफुलाई कविनां उशना कवि भन्नु भएको छ काम्य कर्म भनेका ती कर्महरु जुन कामना पूरा गर्ने उद्देश्यले गरिन्छ । यस्ता काम्य कर्मको त्यागलाई विद्वान्हरुले सन्न्यास भन्दछन् । स्वाभाविक हुने कर्म होइन । सामान्य हिंडडुल गर्नु स्वाभाविक कर्म हो तर कुनै गाडी समाउनका लागि गरिएको कर्म काम्य कर्म हो ।
सामान्य बोलीचालीमा पनि सन्न्यास र त्याग समानार्थी रुपमा प्रयोग हुन्छन् । नेपालमा दशनामी सम्प्रदायलाई सन्न्यासी भनिन्छ । उनीहरु आफुलाई शंकराचार्यका सम्प्रदायका अनुयायी र सन्न्यासीका वंशज बताउ“छन् ।
ऐतिहासिक युगका महानतम ऋषिमध्ये एक आचार्य शंकरका अनुसार, सन्न्यास दुइ प्रकारका हुन्छन– मुख्य र गौण । मुख्य सन्न्यास पनि दुइ प्रकारका हुन्छन् । एक ज्ञान लाभका लागि– विविदिषा र अर्को ज्ञान लाभ अनन्तर– विद्वत्सन्न्यास । गौण सन्न्यास तीन प्रकारको हुन्छ– सात्विक, राजस र तामस । ज्ञान लाभका लागि जुन विविदिषा सन्न्यास हो त्यो गेरुवा वस्त्रधारीका लागि विधान हो । श्रवण, मनन र निदिध्यासन यसको मुख्य साधन हो । यसमा केवल शरीर धारण गर्न जति कर्मको आवश्यकता पर्छ त्यति कर्म मात्रै गर्नु पर्छ । लोकसंग्रह आदि यसको गौण लक्ष्य हो । ज्ञानलाभ पछि स्वतः कर्मत्याग हुन गई भएको विद्वत् सन्न्यासलाई वास्तवमा सन्न्यास भनिन्छ ।
त्यसै गरी आश्रमको रुपमा पनि सन्न्यास एक अवस्था हुन्छ । प्राचीन ऋषिहरुले व्यक्तिको व्यक्तित्व विकासका लागि चार आश्रम ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास अनिवार्य मानेका छन् ।
प्रथम आश्रम ब्रह्मचर्य आश्रम अन्तर्गत व्यक्तिले गुरुको आश्रममा रहेर कठोर अनुशासन पालन गर्दै विद्याध्ययन गर्नु पर्दथ्यो । ब्रह्मचर्य समाप्त भए पछि गृहस्थ आश्रम प्रारम्भ हुन्छ । गृहस्थ आश्रमको आरम्भ २५ वर्षको उमेर पछि मानिएको छ । यस आश्रममा धर्मानुकूल उपायहरुद्वारा विवाह, जीविकोपार्जन, सन्तानको पालन, देव, पिता, अतिथि र आश्रितको यथायोग्य सत्कार गर्नु पर्छ ।
तेस्रो अवस्थालाई वानप्रस्थ र चौथोलाई सन्न्यास भनिएको छ । दुवै अवस्थामा शुद्धतापूर्वक जीवनयापलाई जोड दिइएको छ ।तर तेस्रो अवस्था जिम्मेवारी सन्तानलाई हस्तान्तरण गर्दै नियममा बस्ने अवस्था हो भने चौथो पूर्णतया जिम्मेवारीमुक्त शुद्धता साथ जीवनयापन गर्ने अवस्था हो । यसरी जीवनका चार विभाजनलाई संक्षिप्तमा निम्न्लिखित प्रकार व्यक्त गर्न सकिन्छ –
१. जिज्ञासा र विकासको अवस्था,
२. उद्योग र उपभोगको अवस्था,
३. ज्ञान, अनुभवको सामञ्जस्य अवस्था,
४. आत्म कल्याणको अवस्था ।
यी चार कुराहरुबाट मानव जीवन पूर्ण हुन्छ भन्ने वैदिक मान्यता रहिआएको छ ।
म्याक्समुलरले द लाइफ अफ् रामकृष्ण एन्ड हिज सेईंग्समा भनेका छन्– पहिलो र दोस्रो सबैले बुझ्छन् । तेस्रो र चौथो जीवन पवित्रता र त्यागका साथ बिताउने अवस्था हो तर त्यागपूर्ण जीवन अर्थात् सन्न्यास कस्तो हो यो हामी युरोपेलीलाई थाहा छैन । दुवै जीवनको मुख्य अन्तर के हो भने एउटामा वन बाहिर बस्ने हो जसमा परिवारसंग जीवन बिताउन सकिन्छ । केटाकेटीको रेखदेख हुनसक्छ । हवन पूजा हुनसक्छ । ती सबै कुरा जुन धर्मशास्त्रमा उल्लेख छन्, ती सबै काम गर्न सकिन्छ । अन्तिम जीवनमा एक्लै कसैको सहारा बिना बस्नु पर्छ । सबै कुरा छोडेर बस्नु पर्छ । सन्न्यासका बारेमा स्वामी विवेकानन्दले के भनेका छन् भने विश्वमा यो परम्परा हिन्दुहरुले सुरु गरेका हुन् । यो एक उत्कृष्ट परमपरा हो ।
वास्तवमा सन्न्यास भन्ने शब्दसंग संस्कृत साहित्य र परम्पराका अनुयायीले जति सजिलोसंग बुझ्न सक्छन् त्यति सजिलोसंग युरोपियनले बुझ्दैनन् । उनीहरुको भाषामा यसका लागि कुनै उचित शब्द पनि छैन । कोहीले उनीहरुलाई जंगलमा बस्ने पिछडिएको जाति भनेर पनि बुझ्न सक्छन् । ज्ञानको भण्डार र सबै सुख सयल जानेको भोगेको र त्यागेको भनेर बुझ्न कठिन मान्दछन् । उनीहरुले सुरुमा सन्न्यासीलाई जिप्सी जस्तो कुनै घुमन्ते जाति भनी बुझ्दथे । अलेक्जेन्डरको विवरण दिने इतिहासकारहरुले पनि सन्न्यासीहरुलाई वनमा बस्ने अनौठा व्यक्तिहरु भनेका छन् । युरोपियन समाजमा ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, र सन्न्यास आश्रमको अन्तर पाईंदैन । सनातन वैदिक परम्परामा सामाजिक र गृहस्थभन्दा उच्च स्थानको सम्मान राख्ने यी व्यक्तिहरु युरोपियन दृष्टिकोणले असामाजिक मानिन्छन् ।
संस्कृतमा वानप्रस्थ र सन्न्यास अवस्थाहरुको अलग अलग नाम उल्लेख पाइन्छ तर दुवैको अन्तर के हो भने संसारको सामान्य त्याग वानप्रस्थ हो भने संसारिक तृष्णाको पूर्ण त्याग र सबै कृत्यहरुको परिसमाप्ति, मनमा कुनै चाहना नराख्नु र निश्चित वास स्थान नहुनु सन्न्यास हो । सन्न्यासीको अर्को नाम अवधूत पनि हो । जसको शाब्दिक अर्थ हुन्छ जसका सारा बन्धन समाप्त भए ।
सन्न्यासको प्रसंग बृहदारण्यक उपनिषदमा छ तर त्यस उपनिषदबाट वानप्रस्थ र सन्न्यासको अन्तर स्पष्ट हुंदैन । चारवटै आश्रमको अन्तर स्पष्ट गर्ने वाक्यांश जाबालोपनिषद, खण्ड ४ मा पाइन्छ, राजा जनकले सन्न्यास के हो र कसरी लिनु पर्छ भनी गरेको प्रश्नको उत्तरमा जसमा याज्ञवल्क्यले ब्रह्मचर्य, गृहस्थ, र वानप्रस्थ पछिका सन्न्यासको विवरण दिएका छन् । तुरीयातीतोपनिषदमा अवधूत मार्गको विवरण, नारदपरिव्राजकोपनिषदमा आतुर सन्न्यास लिने तरिका तथा सन्न्यासीले पालन गर्नु पर्ने नियमहरु बताइएको छ ।
आदि गुरु शंकराचार्यले आठ वर्षको उमेरमा आतुर सन्न्यास लिएका थिए । स्नान गर्न जांदा खोलामा उनलाई गोहीले समात्यो । आफु जीवित बस्ने आशा नभए पछि उनले आतुर सन्न्यास लिए । किनभने उनले के सुनेका थिए भने सन्न्यास नलिइकन मुक्ति हुंदैन ।
सन्न्यासी पनि सक्कली र नक्कली हुन सक्छन् । अझ नक्कली सन्न्यासीको चुरीफुरी धेरै हुने गर्छ । सक्कली र नक्कली सन्न्यासीमा त्यही फरक हुन्छ जुन असल मुद्रा र कमसल मुद्रामा हुन्छ । तर असल र कमसल दुवै मुद्रा चलनमा छन् भने स्वाभाविक रुपमा कमसलले असललाई चलन बाहिर गराइदिन्छ । शिवपुरी ब्ाँबाको बारेमा धेरैले मृत्यु पछि मात्र थाहा पाए । पाइलटबाबाले नेपालका साधुसंग योग सिकेको बताएका छन् । जसको बारेमा पाइलटबाबालाई थाहा छ, धेरै नेपालीलाई थाहा छैन ।
तर विचक्षण अर्थात् व्यवहारकुशल मानिसहरुले सबै कर्मको फल त्याग गर्नुलाई त्याग भन्दछन् ।
भनिन्छ, अकबरको दरबारका एक जना मन्त्री बीरबल पनि ज्यादै कुशल व्यक्ति थिए ।
एक दिन अकबरले बीरबललाई सोधे– बीरबल, म ठुलो कि तिम्रो भगवान् विष्णु ?
बीरबलले तत्काल उत्तर दिए– यो पनि कुनै सोध्ने प्रश्न हो र सरकार ? हजुर नै ठूलो ।
अकबरले खुशी भएर भने– किन म ठुलो ? भगवान् विष्णुले गर्न नसक्ने मैले के गर्न सक्छु ?
बीरबल– सरकारले मलाई देश निकाला गर्न सक्नुहुन्छ । भगवान् विष्णुले त्यो गर्न सक्नुहुन्न ।
यद्यपि सजाय“ धेरै दिनसक्ने शक्ति अकबरमा देखियो तर तीनलोकका मालिक विष्णुले देश निकाला कहां गर्ने ? सारा सृष्टि उनैको छ । बीरबल जस्तो व्यक्तिलाई व्यवहारकुशल भनिन्छ ।
त्याज्यं दोषवदित्येके कर्म प्राहुर्मनीषिण ः ।
यज्ञदानतपःकर्म न त्याज्यमिति चापरे ।।३।।
कुनै मनीषीले के भन्दछन् भने कर्म जति सबै दोषयुक्त छन्, त्यसैले त्याग्नु पर्छ । र अन्यले के भन्दछन् भने होइन यज्ञ, दान, र तपको त्याग गर्नु हुंदैन ।
व्याख्या
मनीषीको अर्थ हो जसले मनन गरेर बोल्छ । जसले बोले पछि दुर्जनहरु पनि शान्त हुनजान्छन् । विचार गरेर बोल्नेले कसैको पनि कुभलो बोल्दैन । त्यसैले त्यो माननीय पनि हुन्छ । रघुवंशमा भनेको छ– माननीयो मनीषिणाम्...।
सबै कर्म दोषपूर्ण हुन्छन् । जसरी रोग निको पार्ने औषधिको दोषप्रभाव हुन्छ भन्दैमा त्यसको त्याग गर्नु हुंदैन त्यसै गरी यज्ञ, दान र तपलाई त्याग्नु हु“दैन । यो कुरा केही अन्यले भनेका छन् । यहा“ भगवान् कृष्णले आफ्नो नाम नलिइकन यज्ञ, दान, र तप त्याग गर्नु हु“दैन भन्नु भएको छ । यो कृष्णको विचक्षणताको उदाहरण हो । श्रीकृष्णले यज्ञ, दान, तप त्याग गर्ने कुराको समर्थन नगरेको स्पष्ट बताउनु भएको छ । यी दोषपूर्ण भए पनि गर्दै रहनु पर्छ । किनभने यिनै कर्मले व्यक्तिको आन्तरिक अनुभूति तिख्खर पार्छन् । यहा“निर स्मरणीय के छ भने छान्दोग्य उपनिषदमा केवल तीन कुराहरुलाई धर्मको आधार बताइएको छ– यज्ञ, अध्ययन, र दान ।
कबीरले भनेका छन्– ज्यों गु“गे ही को गुड अन्तरगत ही भावै । कुनै लाटोले गु“ड खायो । सारै मीठो लाग्यो । तर बताउने कसरी ? मुठी पारेर गालामा लगाउने ? तर के यसबाट अरुले त्यसलाई कति मीठो लाग्यो, कस्तो मीठो लाग्यो, बुझ्छन् ? केवल ईशारा वास्तविक अभिव्यक्ति होइन । बोलयो कि दोष हुन जान्छ ।
यहुदीहरु, जुन संसारका प्राचीनतम जाति मध्येको एक हो, मा एउटा अनौठो परम्परा छ । उनीहरुले ईश्वरका लागि प्रयोग हुने शब्द गड, जी ओ डी लाई पूरा लेख्दैनन् । उनीहरुले जी र डीको बीचको ओ लेख्दैनन् । यी दुवै शब्दलाई जोड्न बीचमा धर्को तान्छन् । उनीहरुको मान्यता के हो भने ईश्वर पूर्ण र दोषरहित छ । तर हामी अपूर्ण र दोषयुक्त छौं । त्यसैले हामीले प्रयोग गर्दा त्यसमा कुनै न कुनै दोष हुनजान्छ । दोषपूर्ण लेखेर आफ्नो अपूर्णताको स्वीकारोक्ति हो यो ।
निश्चयं शृणु मे तत्र त्यागे भरतसत्तम ।
त्यागो हि पुरुषव्याघ्र त्रिविधः सम्प्रकीर्तितः ।।४।।
हे भरत श्रेष्ठ, सन्न्यास र त्याग यी दुवैमध्ये त्यागको बारेमा तिमी मेरो निश्चय सुन । हे पुरुषसिंह, त्याग तीन प्रकारको बताइएको छ ।
व्यँख्या
त्यागको एउटा अर्थ हो बहादुर, वीर । जैन धर्मका अन्तिम तीर्थंकरलाई महावीर भनिन्छ । यसको अर्थ हो, सबै कुराको त्याग गरिसकेको । उनले शरीरका वस्त्र समेत सहज त्याग गरे । करपात्रीजीले खाने थालीको समेत त्याग गरे । हातमा थापेर खाना खाने । मस्तराम बाबाले खाना, वस्त्र सारा त्यागे । कसैसंग भिक्षान्न पनि नमाग्ने । कसैले ल्याइदिए खाने, नत्र हप्तौं दिनसम्म भोकै । यदि कुनै शिष्यले खानेकुरा मागेर ल्याइहाल्यो भने छुंदै छुन्नथे । वस्त्र पनि आफैं नलगाउने । शिष्य र भक्त संगै रहेछ भने ओढाई दिन्थ्यो, नत्र निर्वस्त्र । वस्त्र जहां खस्यो, खस्यो । छोड्यो, हिंड्यो । स्वामी रामतीर्थ कुनै पनि कुरा संग्रह गर्दैनथे । स्वामी रामकृष्णले पैसा छुंदैनथे । शिवपुरी बाबाले जन्मथलो, नातेदार धनसमपत्ति सर्वस्व त्याग गरे । न्यूनतममा जीवनयापन गरे । जबकि उनलाई भेट्न भारतका राष्ट्रपति समेत काठमाडौं आएका थिए । जोसमनी सन्त ज्ञानदिलदासले गाउ“ बस्ती त्याग गरेर वनको छेउमा डेरा बनाए । ब्रह्मज्ञानी क्षितिशचन्द्र र खप्तड बाबाले आफ्नो जन्मभूमि त्यागे ।
भगवान श्रीकृष्णले निश्चित समाधान दिइरहनु भएको छ– निश्चयं शृणु, निश्चितं मतम् ।
यज्ञदान तपः कर्म न त्याज्यं कार्यमेव तत् ।
यज्ञो दानं तपश्चैव पावनानि मनीषिणाम् ।।५।।
एतान्यपि तु कर्माणि संगं त्यक्त्वा फलानि च ।
कर्तव्यानीति मे पार्थ, निश्चितं मतमुत्तम् ।।६।।
अर्थ
यज्ञ, दान तथा तपरुप कर्मलाई त्याग्नु उचित छैन (यी क्रिया अवश्य गर्नु पर्छ) किनभने यज्ञ, दान, र तपले मनीषिहरुलाई पवित्र बनाउंछन् ।
तर हे अर्जुन, यी कर्महरु पनि आसक्ति तथा फललाई त्यागेर गर्नु उचित हुन्छ । यस्तो मेरो निश्चित र उत्तम मत छ ।।५–६।।
व्याख्या
महात्मा गान्धी र विनोबाजीले यज्ञको अर्थ परोपकार लगाउ“छन् । मानव जातिका समस्याको हल यज्ञमा नै निर्भर छ । पं.श्रीराम शर्मा आचार्यका अनुसार यज्ञ शब्दका तीन अर्थ हुन्छन् पहिलो देव पूजा, दोस्रँे दान र तेस्रो सामूहिकपन । र यज्ञहरुको वास्तविक लाभ लिनु छ भने सार्वजनिक सहयोगद्वारा गराउनु नै सर्वोत्तम हुन्छ । महाभारत र रामायणको अध्ययनबाट के स्पष्ट हुन्छ भने त्यस कालमा यज्ञ गराउने दायिŒव राज्यको हुन्थ्यो । यसलाई आर्थिक वितरण, राजकीय सूचना सार्वजनिक गर्नु, नागरिक चेतना विस्तार, र राष्ट्रिय विषयहरुमा छलफलका लागि विद्वान्हरु संगको गोष्ठीका रुपमा प्रयोग गरिन्थ्यो । यस बाहेक ठूलो राजकीय उपलब्धि, राजाले सन्न्यास लिंदा वा राज्यारोहण गर्दा पनि यज्ञ हुने गर्थे । यद्यपि वर्तमान समयमा सार्वजनिक यज्ञ योगी नरहरिनाथले गराएको देखिन्छ तर पं. नारायण प्रसाद पोखरेलले समुदायको प्रयोग गरेर यज्ञ विधिबाट भौतिक विकासमा उल्लेखनीय काम गरेर यसको व्यापक प्रयोग गरे । उनले थोरै समयमा दुइ अरबभन्दा बढीको विकास निर्माण कार्य यज्ञ मार्फत् सञ्चालन गरेका हुन् । उनले वि.सं.२०५०को दशकमा पंं.पोखरेलको नेतृत्वमा नेपालमा यज्ञ मार्फत विद्यालय, अस्पताल, सडक, पुल, अनाथ आश्रम, वृद्धाश्रम इत्यादि आर्थिक, सामाजिक र कल्याणकारी कार्य भए । उनको अन्तिम तर अपूर्ण यज्ञ रुपन्देहीमा नै भएको थियो । जहा“ उनको रहस्यमय हत्या हुनपुग्यो । गीतामा यज्ञको महŒव विभिन्न स्थानमा व्याख्या गरिएको छ । तर यज्ञको बारेमा विस्तृत रुपमा अध्याय ३.९–१५मा व्याख्या गरिएको छ ।
गीताको उपलब्ध सबभन्दा पुरानो शांकरभाष्य, जुन आज भन्दा १२०० वर्ष अघि गरिएको हो, मा यज्ञको व्याख्या निम्नलिखित प्रकार गरिएको छ ।
नियत कर्म निःस्वार्थ भई पूरा गर्नु पर्दछ किनभने यज्ञ नै ईश्वर हो । उसका लागि कर्मफल र आसक्तिरहित भएर जुन कर्म गरिन्छ ती कर्म गर्नाले मनुष्य समुदाय कर्मबन्धनबाट मुक्त हुनजान्छ । सृष्टिको शुरुमा यज्ञ र प्रजालाई संगै उत्पन्न गरी जगतको रचयिता ब्रह्माले भन्नु भएको थियो– यस यज्ञ अर्थात् सामूहिक कृत्य र परस्पर सहयोगबाट तिमीहरुले उन्नति गर्नु । अनि तिमीहरुले चिताएको पनि पुग्ने छ ।
यस यज्ञबाट दैविक शक्तिहरुको पनि उन्नति हुनेछ । उनीहरु पानी वर्षाएर तिमीहरुको उन्नतिमा सहयोग गर्नेछन् । यसरी एकले अर्काको उन्नति गर्दै, यज्ञ भावनाद्वारा तिमीहरु सबैले ज्ञान प्राप्त गर्ने छौ ।
यज्ञद्वारा सन्तुष्ट भए पछि देवताहरुले दिएका स्त्री पुत्र आदि इच्छित भोग तिमीहरुलाई दिने छन् । देवता अर्थात् शक्तिहरु । सबै प्राकृतिक शक्ति अनुकूल नभइकन उन्नति गर्न सकिंदैन । आुधनिक विज्ञानले पनि गीतामा जस्तै आज मानसिक शक्तिलाई प्राकृतिक शक्तिको रुपमा स्वीकार गर्दछ ।
ती देवताहरुले दिएका भोग उनीहरुलाई सम्मान नदिइकन जसले केवल आफ्ना शरीरको तृप्तिका लागि मात्र कर्म गर्छ त्यो देवताको भाग खाने भएकोले चोर हो ।
मानव समुदायले प्रकृतिको सम्मान नगरीकन केवल आफ्ना आवश्यकता पूरा गर्न जथाभावी उत्पादन र उपभोग गरेकोले नै वर्तमान समयको भीषण वातावरणीय समस्या उत्पन्न भएको हो भन्नेमा सबै वातावरणविद् एक मत छन् । आजको वातावरण बिगार्नुमा, पशुपंक्षी लोप गराउनुमा, उर्वराशक्ति ह्रास गराउनुमा मानव समुदायले अरबौं खरबौं रुपैया“ खर्च गरेको छ । यो वातावरण सित्तैमा बिग्रेको होइन । तर के त्यत्तिकै लगानीमा पुनरुद्धार हुन सक्छ?
प्राणीहरुको प्रत्यक्ष उत्पत्ति अन्नबाट हुन्छ किनभने उपभोग गरिएको अन्नबाट रगत र वीर्य बन्छ र प्राणी उत्पत्तिको आधार रगत र वीर्य नै हो । अन्नको उत्पत्तिको आधार वर्षा हो र वर्षाको आधार यज्ञ हो । यज्ञानुष्ठान विहित कर्मबाट उत्पन्न हुन्छ । कर्म समुदयलाई वेदबाट र वेद स्वयं परमात्मा हो भन्नेकुरामा ध्यान राख्नु पर्दछ । यसले के सिद्ध हुन्छ भने सर्वव्यापी परम अक्षर परमात्मा सदा यज्ञमा नै प्रतिष्ठित छ तसर्थ यज्ञ क्रिया सृष्टि चक्रको प्रतीक हो । अग्निमा विधिपूर्वक दिइएको आहुति सूर्यसंगै सम्बन्धित हुन जान्छ र सूर्यको आधारमा नै वर्षा हुन्छ । वर्षा भनेको अन्नको आधार हो र प्राणीहरुको जीवन अन्नमा नै भर पर्छ ।
क्रियारुप कर्म, वेदरुप ब्रह्मबाट उत्पत्ति भएको हो । वेदरुप ब्रह्म साक्ष्ाँत् परमात्मा नामक अक्षरबाट उत्पत्ति भएको छ । सबै अर्थहरुलाई प्रकाशित गर्ने भएकोले नै त्यो सर्वगत् हो । यज्ञ विधिमा वेदको प्रधानता भएकोले जसले त्यो गर्छ त्यो सर्वगत हुंदै सदा यज्ञमा प्रतिष्ठित हुन जान्छ । जुन मानिसले जगतको चक्र अनुसार कर्म गर्दैन त्यसको जीवन पापमय भएको हुन्छ । यस्तो केवल इन्द्रिय भोगमा लिप्त मानिस बांच्नु पनि व्यर्थ छ । तसर्थ अज्ञानी अधिकारीले कर्म अवश्य गर्नु पर्छ । अनात्म अधिकारी पुरुषलाई आत्मज्ञानको योग्यता प्राप्त हुनु अघि ज्ञान निष्ठा प्राप्त गर्न कर्मयोगको अनुष्ठान अवश्य गर्नु पर्दछ । शंकराचार्यका अनुसार, आत्मज्ञान प्राप्त गर्न यज्ञानुष्ठान अनिवार्य विधि हो । यो देवता र मनुष्यका बीचमा सम्बन्ध स्थापित गर्ने धार्मिक कृत्य पनि हो ।
यज्ञ आधुनिक विज्ञानको उद्गम बिन्दु पनि हो । आधुनिक विज्ञानको आधार गणित हो र गणितको प्रारम्भ यज्ञको आहुतिहरुबाट भएको हो । गणितको एक महत्वपूर्ण शाखा ज्यामितिको आविष्कार यज्ञवेदीबाट भएको हो । महान् वैज्ञानिक आइन्स्टाइनले स्पष्ट शब्दमा भनेका छन्– हामी वैदिक ऋषिमुनिहरु प्रति ऋणी छौं । किनभने उनीहरुले गणितको आविष्कार गरेका हुन् । गणितको प्रयोग बिना आजको भौतिक विज्ञानले उचाई प्राप्त गर्न सक्दैनथ्यो । सुप्रसिद्ध जीव वैज्ञानिक थोमस हग्बेनले भनेका छन्– वैदिक ऋषिहरुले विश्वलाई शून्य दिए जसले वर्तमान गणित विकसित हुनसक्यो ।
मनुस्मृतिमा भनिएको छ– सत्य युगमा तप, त्रेतामा ज्ञान, द्वापरमा ज्ञानको महत्त्व भए जस्तै कलियुगमा दानको महत्त्व छ । स्वामी अपूर्वानन्दका अनुसार, दान चार प्रकारका हुन्छन्
१. ज्ञान दान
२. विद्या दान
३. प्राण दान
४. अन्न दान
यसमध्ये ज्ञान दान सर्वोत्कृष्ट दान हो । किनभने ज्ञाननै समाधानको अन्तिम साधन हो । यदि ज्ञानले कुनै समस्याको समाधान हुंदैन भने संसारमा कुनै पनि कुराले समाधान हुन सक्दैन । त्यसैले गीता ४.३८ मा भनिएको छ, न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ।
निश्चित मत प्रस्तुत गर्नाले भगवान् कृष्णलाई महानतम गुरु भनिएको हो ।
नियतस्य तु सन्न्यासः कर्मणो नोपपद्यते ।
मोहात्तस्य परित्यागस्तामसः परिकीर्तितः ।।७।।
अर्थ
अनि, तोकिएका कर्मको त्याग, सन्न्यास, हुन सक्दैन । अविवेकीबाट हुने त्यस्तो परित्यागलाई तामस भनिएको छ ।।७।।
व्याख्या
शेरे आफ्नो बिरालोसंग दिक्क पर्यो । अब यसलाई घर नफर्कने गरी कतै छोडेर आउ“छु भन्दै झोलामा हालेर नजीकै जंगलमा छोडेर आयो ।
घर फर्केर आयो । ढोकामा त बिरालो बसिराखेको ।
खपि नसक्नु रिस उठ्यो । अर्को चोटि घनघोर जंगल भित्रै लिएर गयो । अनि बिरालोलाई छोडेर घर फर्किने बेलामा घरमा फोन गर्यो– मैया“, बिरालो घर आयो ?
श्रीमती– अ“, आइपुग्यो ।
शेरेले रिसाएर भन्यो– त्यस अलच्छिना बिरालोलाई तुरुन्तै यहा“ पठाउ त । मैले बाटो बिराए“ ।
बिरालो भनेको हाम्रा सांसारिक इच्छाहरु हुन् । जुन त्याग गर्न खोज्यो झन् गहिरो गरी भित्र बस्छ । शेरेले झैं आफैं बाटो बिराइन्छ ।
सात्त्विक त्यागका विविध उदाहरण इतिहास र पुराणमा पाइन्छन् । महावीरले राजपाठ त्याग गरे । सिद्धार्थले १८ वर्षमा पत्नी यशोधरा र भर्खर जन्मेको पुत्र त्याग गरे । बुद्धत्व प्राप्त भए पछि जब बुद्ध कपिलवस्तु आए, बुद्धलाई दर्शन गर्न सबै आए तर यशोधरा आइनन् । बुद्ध नै सारिपुत्रलाई लिएर भेट्न गए । त्यहां यशोधराले बुद्धको पाउ स्पर्श गरिसके पछि एक गहन प्रश्न गरिन्– जुन सत्य तपाईंले निरञ्जना नदीको तटमा बोधिवृक्षको मुनि प्राप्त गर्नु भयो । के त्यो सत्य यहां छैन ? र यहां त्यसको बोध हुन सक्दैन? बुद्ध निरुत्तर भए ।
पछि आफैंले सहर्ष राहुललाई प्रव्रज्या लिन प्रेरित गरिन् । आफैंले पनि प्रव्रज्या मागिन् । यद्यपि बुद्धले नै यशोधरालाई प्रव्रज्या लिन अनेक आलटाल गरे ।
भनिन्छ, बुद्धले वनमा गरेका तपस्याहरु यशोधराले दरबारमा गरिन् । जब यशोधराले खबर सुनिन् कि बुद्धले एक छाक खान्छन् भुईंमा सुत्छन् र साधारण चीवर लगाउंछन् । उनले पनि दरबारमै बसी सोही अनुसरण गर्थिन् । यशोधराको जीवन त्यागको समुद्र छ । बिलकुल निस्वार्थ ।
रामका साथमा गएकी सीताको जीवनको त्याग बारे त कथा नै बनेको छ । तर लक्ष्मणकी प्रिया, उर्मिला, जसलाई वनमा जान पतिबाट अनुमति प्राप्त भएन । पतिको आज्ञा मानेर चौध वर्ष एक्लै जीवन बिताइन् । उनको जीवनको त्याग अद्भुत छ । ईश्वरभक्ति, आफ्नै मात्र होइन सौताने सासुहरुको निरन्तर सेवा । र निरन्तर लामो प्रतिक्षा ।
दुःखमित्येव यत्कर्म कायक्लेशभयात्त्यजेत् ।
स कृत्वा राजसं नैव नैव त्याग फलं लभेत् ।।८।।
कार्यमित्येव यत्कर्म नियतं क्रियतेद्रर्जुन ।
सङ्गं त्यक्त्वा फलं चैव स त्यागः सात्विको मतः ।।९।।
अर्थ
कर्म गर्नु दुख छ भन्ठानेर शरीरलाई कष्ट हुन्छ भन्ने डरले जसले कर्मलाई त्याग गर्छ, उसले राजस त्याग गरेको छ । त्यस्तो त्याग गरेर पनि त्यागीले त्यागको फल पाउंदैन ।।८।।
हे अर्जुन, कर्म गर्नै पर्दछ भन्ने यस्तो कर्तव्य बुद्धिले आसक्ति र फललाई त्यागेर जुन नियत कर्म गरिन्छ त्यस आसक्ति र फलको त्यागलाई सात्त्विक त्याग भनिन्छ ।।९।।
व्याख्या
स्वामी रामकृष्णले आफ्ना शिष्यहरुलाई भन्ने गर्थे– ईश्वर लाभ नहुञ्जेल सबै कर्म– यज्ञ, दान, तप, पूजा, विधि, ध्यान, स्नान, जप इत्यादि गर्दै रहु । उनले बडो सरल शब्दमा भनेका छन्– फल आएपछि फुल आफैं झर्छ । ईश्वर लाभ पछि कर्ममा आसक्ति आफैं हराउंछ । उनले आफ्ना हातले धनसम्पत्ति छुंदैनथे । स्वामी विवेकानन्दका अनुसार, एक पटक माता सारदाले केही पैसा रामकृष्णको ओच्छ्यानमा राखेर बिर्सिछन् । त्यस रात भरि रामकृष्ण छटपटीले निदाउन सकेनन् । त्यो पैसा त्यहांबाट हटाए पछि मात्र उनी निदाए । उनको त्याग यस्तो थियो । झुक्याएर पनि उनलाई कुनै सांसारिक वस्तुको प्रत्यक्ष अप्रत्यक्ष भोग गराउन सकिंदैनथ्यो ।
उपनिषदहरुमा त्यागका उच्चतम आदर्श प्रस्तुत गरिएका छन् । ईशा उपनिषदको पहिलो श्लोक तेन त्यक्तेन भुञ्जीथा... उसले मात्र वास्तविक भोग गर्छ, जसले त्याग गर्छ...भन्दै त्यागको महिमाबाट प्रारम्भ गरिएको छ ।
गीतालाई पनि उपनिषद् भनिन्छ । यसको हरेक अध्याय एउटा उपनिषद् हो । अठारौं अध्यायलाई मोक्षसन्न्यासयोग भनिएको छ । सन्न्यास नभई मोक्ष हु“दैन । मोक्ष अर्थात् मुक्ति । यस अध्यायमा सम्यक न्यास र मुक्तिको सम्बन्ध बताइएकोा छ । यस अध्यायमा भगवान् कृष्णले तीन प्रकारका त्याग बताउनु हुन्छ । तर व्याख्याको क्रम उल्टो छ । अन्य सबैको क्रम बताउ“दा सात्त्विक, राजस अनि तामस क्रमशः बताइएको छ । तर त्यागको सन्दर्भमा पहिला तामस, अनि राजस र अन्तमा सात्त्विक त्यागको व्याख्या गरिएको छ । यसबाट भगवान् कृष्णको त्यागलाई हेर्ने दृष्टिकोण व्यक्त हुन्छ । अर्को ध्यान दिनु पर्ने कुरा के भने सन्न्यासलाई सात्त्विक, राजस, र तामस भेद गरिएको छैन । यसबाट सन्न्यास प्रति भगवान श्रीकृष्णको स्वाभाविक आदर देखिन्छ । सन्न्यासको अर्थ हो सम्यक् न्यास ।
न द्वेष्ट्यकुशलं कर्म कुशले नानुषज्जते ।
त्यागी सत्त्वसमाविष्टो मेधावी छिन्नसंशयः ।।१०।।
अर्थ
अकुशल कर्मलाई जसले द्वेष गर्दैन र कुशल कर्ममा जो आसक्त हुंदैन, त्यस्तो शुद्ध, सत्त्वगुणयुक्त, संशयरहित र मेधावी नै (सच्चा) त्यागी हो ।
व्याख्या
कुशलको अर्थ हो प्रसन्नता । कुशल मंगल छ ? भनेर सोध्नु भनेको खुशीसाथ हुनुहुन्छ भनेको हो । अकुशल भनेको प्रसन्नता नदिने भनेको हो । त्यसैले कुशल र अकुशल भनेको खुशी दिने र खुशी नदिने काम । जुन मानिस खुशी दिने वा बेखुशी दिने काममा आसक्त हुंदैन । आसक्तको अर्थ हो खुशी दिने कामले खुशी र बेखुशी दिने कामले दुखी हुंदैन । त्यो संशय, अनिश्चिता र द्विविधारहित हुन्छ । त्यो नै बुद्धिमान हो । वास्तविक कुरा बुझे पछि सबै अन्तर समाप्त हुन जान्छन् । संशयहरु छिन्न भिन्न हुन्छन् ।
ठूलो मानिस चकलेट पाएर खुशी हुंदैन । किनभने उसले यसको आसक्ति बेकार हो भन्ने बुझेको छ । जसले संसार बुझेको छ, उ यसमा आसक्त हुंदैन । त्यसैले आचार्य शंकरले भनेका हुन्, जगन्मिथ्या । जगत्लाई हामीले जस्तो देखेका छौं, शंकरले त्यस्तो देख्दैनन् । जापानमा वल्लो घरको पुतलीको पल्लो घरका पुतलीसंग विवाह हुंदा जन्ती बोलाउने र बाजा बजाउने चलन छ । घरका सारा बुढाबढी त्यस विवाहमा सरीक हुन्छन् । भोज हुन्छ । घरका सबै मानिसले उही अभिनय गर्छन् जुन युवायुवतीको विवाहमा हुन्छ । युवकयुवतीको विवाह बहुत ठुलो कुरा हो । तर वृद्धहरुका लागि त्यो पुतली खेल हो । के फरक छ र ?
लोक व्यवहारलाई संगै लिएर जाने उदाहरण हामी भगवान् श्रीकृष्णको जीवनमा पाउंछौं । उनको प्रसन्नता वा अप्रसन्नता, हिंसा वा जीवनदान कुनैमा पनि संशयरहितता छ । आक्रोश वा खुशी छैन । प्रसन्न पनि हुन्छन्, दुखी पनि हुन्छन् तर त्यसमा आसक्ति छैन । न दुखमा, न सुखमा । एकनासको सामान्य अवस्था ।
न हि देहभृता शक्यं त्यक्तुं कर्माण्यशेषतः ।
यस्तु कर्मफलत्यागी स त्यागीत्यभिधीयते ।।११।।
अर्थ
(किनभने) शरीरधारीले सम्पूर्ण कर्मको त्याग गर्न सक्दैन । तर जसले कर्मफलको त्याग गर्छ, उ त्यागी हो, यस प्रकार बताइन्छ ।
व्याख्या
मानिसले कुनै पनि क्रियाकलाप आफ्ना आवश्यकताको पूर्ति हेतु गर्छ । मानिसका आवश्यकता कति छन् ? आवश्यकता भनेको मानिसलाई चाहिने वस्तु र सेवाहरु । सबैलाई थाहा छ मानिसका आवश्यकता अनन्त छन् । त्यसैले अर्थशास्त्रमा यो शब्द कहिल्यै पनि एक वचनको रुपमा प्रयोग हुंदैन । त्यसमा दिनक्कै नयां नयां आवश्यकता थप भइ रहेका हुन्छन्, मृत्युपर्यन्त । मानिसका आर्थिक आवश्यकतालाई तीन भागमा विभाजन गर्न सकिन्छ– अनिवार्य, आरामदायक, र विलासिता । मानिसका अनेक सामाजिक र मनावैज्ञानिक आवश्यकता पनि हुन्छन् । जस्तै, स्नेह, सम्मान, सामाजिक रहनसहन, संस्कृति, भाषा, ज्ञान, र अस्तित्त्वको चाहना । मानिस सामाजिक प्राणी भएकोले उसले परिवारबाट, समाजबाट अनेक प्रकारका चाहना राख्छ । मानसिक क्षमता राख्ने प्राणी भएकोले उसका व्यक्तिगत मानसिक आवश्यकता पनि हुन्छन् । लक्ष्मी प्रसाद देवकोटालाई कसैले कविता नलेख यो अनावश्यक काम हो भने के होला ? लेख्नु उनको मानसिक आवश्यकता हो । कैयौं चित्रकारले चित्र कोरेर लुकाएर राखेका उदाहरण छन् ।
मानिसले विलासिता आवश्यकता पूरै त्याग गर्नसक्छ । आरामदायक आवश्यकता पनि एक हदसम्म त्याग गर्नसक्छ । तर अनिवार्य आवश्यकता त्याग गर्न सक्दैन । मानिसलाई भोक लाग्छ । उसलाई निद्रा लाग्छ, सुरक्षा चाहन्छ । मानिसले आनन्द चाहन्छ । यदि भौतिक आवश्यकता नै मानिसले त्याग गर्न सक्दैन भने सामाजिक, मनोवैज्ञानिक र मानसिक आवश्यकता त अझै सूक्ष्म हुन्छन् । त्यसैले भगवान् कृष्णले भन्नु हुन्छ– कर्म त्याग होइन, कर्मफल त्याग गर्नु पर्छ ।
अनिष्टमिष्टं मिश्रं च त्रिविधं कर्मणः फलम् ।
भवत्यत्यागिनां प्रेत्य न तु सन्न्यासिनां क्वचित् ।।१२।।
अर्थ
कर्मफलको त्याग नगर्ने मानिसलाई कर्मको शुभ, अशुभ, र मिश्रित गरी तीन प्रकारका फल प्राप्त हुन्छ । तर कर्मफल त्याग गर्ने सन्न्यासीलाई (यी तीनै प्रकारका फलमध्ये) केही पनि हुंदैन ।
व्याख्या
जीवनको व्यवसायमा तीन प्रकारका परिणाम प्राप्त हुन्छन्– नाफा, नोक्सान, र मिश्रित अवस्था । यदि जीवनको व्यवसायमा हामीले थोरै परिश्रम गर्दा सोचे अनुरुप वा बढी हात पर्यो भने त्यसलाई वृद्धि वा नाफा वा राम्रो भयो भनिन्छ । तर सोचे विपरीतको फल प्राप्त हुन्छ भने त्यसलाई क्षय वा हानि वा उपलब्धि खोसिएको भनिन्छ । र तेस्रो फल हो दुवैको मिश्रण । दुवैको बराबर मिश्रण हानि (नाफा) रहितताको अवस्था हो । न उधोका लेना न माधोका देना । यसभन्दा कम वा बढीमा हानि वा नाफा हुन्छ । यी सबै अवस्था सामान्य मानिसका लागि हुन् । यस जन्मको नभए विगत जन्मको पनि कर्मफल भोग गर्नुपर्छ । तर शांकरभाष्यमा आचार्य लेख्छन्– सन्न्यासी पूर्णतया मुक्त हुन्छ । उसलाई असल, खराब वा मिश्रित कुनै प्रभाव पर्दैन । किन ? किनभने उसले हानि मात्र होइन नाफा पनि त्याग गरिसकेको हुन्छ ।
तर, जसले नाफाको आशा गर्दैन उसलाई हानिले के प्रभाव पार्न सक्ला ?
पञ्चैतानि महाबाहो कारणानि निबोध मे ।
साङ्ख्ये कृतान्ते प्रोक्तानि सिद्धये सर्वकर्मणाम् ।।१३।।
अर्थ
हे महाबाहु, सम्पूर्ण कर्महरुको सिद्धिका लागि पा“च कारणहरु बताइएका छन्, सुन । यो कुरा सांख्य र कृतान्त दुवैले पुष्टि गर्छन् । ।।१३।।
व्याख्या
सांख्ये भनेको सांख्यशास्त्र वा सांख्य दर्शन हो । विद्वान्हरुले कृतान्तको अर्थ गर्छन् वेदान्त शास्त्र अर्थात् उपनिषद् दर्शन । यहा“ यो अर्थ पनि मिल्छ । तर सर्वसार उपनिषदमा वेदान्तको सम्बन्धमा शताब्दीका महान् वक्ता ओशो रजनीशको विश्लेषण छ– वेदको सही पर्याय हो विज्ञान, साइन्स । त्यसैले वेदान्तको अर्थ हो जहां ज्ञानको पनि अन्त हुन्छ । त्यो अवस्था जब ज्ञान पनि पछि छोडिन्छ, त्यो वेदान्त हो । वेद जुन साधनले जानिन्छ त्यो ब्रह्म हो र ब्रह्म जुन कुराले जानिन्छ त्यो वेदान्त हो । वेद नोईंग हो र वेदान्त बीईंग हो । ज्ञानी र ज्ञानातीतमा जुन अन्तर छ, त्यही अन्तर ज्ञानी र वेदान्तीमा हुन्छ । आचार्य शंकरले पनि वेदान्ती अवस्थालाई धर्माधर्म सबै त्याग गरेको भनेका छन् ।
अधिष्ठानं तथा कर्ता करणं च पृथग्विधम् ।
विविधाश्च पृथक्चेष्टा दैवं चैवात्र पञ्चमम् ।।१४।।
शरीरवाङ्मनोभिर्यत्कर्म प्रारभते नर ः ।
न्याøयं वा विपरीतं वा पञ्चैते तस्य हेतव ः ।।१५।।
तत्रैवं सति कर्तारमात्मानं केवलं तु यः ।
पश्यत्कृतबुद्धित्वान्न स पश्यति दुर्मति ः ।।१६।।
अधिष्ठान (शरीर), कर्ता (मन), करण (इन्द्रिय), प्राणादि वायु (प्राण, अपान, समान, उदान, व्यान) यी चार (कुरा भए) र पांचौं दैव । विविध अनेक प्रकारका चेष्टाका लागि...।
मानिसले मन, शरीर, र वाणीले उचित वा अनुचित जुन कर्म गर्दछ, त्यसका यी पांच हेतु (कारण) हुन्छन् तर यस्तो भए तापनि जुन अकृत (अशुद्ध) बुद्धि भएकोले त्यस, कर्मको, विषयमा केवल आफुलाई कर्ता देख्छ, त्यस मलिन बुद्धि मानिसले यथार्थ देख्दैन ।।१४–१६।।
व्याख्या
परिणामबाट कारण अनुमान गर्न रेवरेन्ड थोमस बेयजद्वारा गणितीय सिद्धान्त प्रतिपादन गरिएको छ । बेयजको के विश्वास थियो भने ईश्वरको चाहना मनुष्य मात्रको सुख र खुशी हो । यसलाई गणितीय रुपमा प्रमाणित गर्न उनले तथ्याङ्क संकलन गरे । उनले त्यसको विश्लेषणका विधि पनि निर्माण गरे । बेयजको यस विधिलाई प्रतिलोम प्रायिकता– इन्वर्स प्रोबेबिलिटी थियोरम पनि भनिन्छ । बेयजको त्यस साध्यबाट जुन परिणाम निस्क्यो संभवतः त्यो उनको विचार अनुसार उपयुक्त भएन । अनि उनले यसलाई प्रकाशित गर्न रुचि लिएनन् । उनको मृत्युका धेरै पछि पियरे साइमन लैप्लास भन्ने गणितज्ञले स्वतन्त्र रुपमा त्यस पाण्डुलिपिलाई पत्ता लगाएर त्यस विवरणलाई गणितीय सिद्धान्तको वर्तमान रुप दिए ।
हिन्दु शास्त्रकारहरुले बारम्बार कारण र परिणाम मात्र होइन परिणाम र कारण सम्बन्ध स्पष्ट गरेका छन् । कुनै घटना भर्खरका कारणको परिणाम मात्र नभएर जन्मौंजन्मका कारणको परिणाम पनि हुनसक्छ । सृष्टिमा घटित हुने घटनाको केवल एक मात्र कारण पनि हुंदैन । अनेकौं कारण हुन्छन् । यसलाई सप्ष्ट गर्न महाभारतमा अनेक उदाहरण छन् । कर्ण पर्वको उदाहरण प्रस्तुत छ । अर्जुनभन्दा बहादुर भइकन पनि कर्ण किन युद्धमा पराजित भयो ? भन्ने प्रश्नको उत्तरमा महाभारतमा कर्णको मृत्युको कारण केवल अर्जुन मात्र होइन भन्ने कुरा यस प्रकार बताइएको छ–
१. आफैंले दिएको आश्वासन–
कुन्तीले कर्णलाई उसका जन्मको रहस्य महाभारत युद्धको पूर्व सन्ध्यामा अचानक बताइन्– बाबु, तिमी राधेय होइनौ । तिमी कौन्तेय हौ । ज्येष्ठ पाण्डव । कुमारी अवस्थामा सूर्य पुत्रको रुपमा जन्माएकाले मैले समाजमा कलंकित हुने भयले त्याग गर्नु पर्यो । भाईहरुसंग युद्ध नगर ।
यो सुनेर कर्ण दुखी भए । तर कुन्तीलाई भने– दुर्योधन मेरो मित्र हो । मैले उसलाई युद्धमा साथ दिने वचन दिइसकेको छु । तर मैले तपाईंलाई के आश्वासन दिन्छु भने तपाईंका पांच पाण्डव सुरक्षित रहनेछन् । मैले अर्जुनलाई मारें भने म समेत पांच जना र अर्जुनले मलाई मार्न सके भने म बाहेक पांच जना । तर म राधेय भएर हुर्कें अब राधेय भएरै मर्न चाहन्छु ।
२. गुरुको कोप–
कर्णले शस्त्र विद्या सिक्नका लागि गुरु द्रोण कहां गएर निवेदन गरे । द्रोणले राजपुत्रहरुलाई सिकाएको स्थानमा एक साधारण सूतपुत्र लिन अस्वीकार गरे । त्यस पछि उनी परशुरामजी कहां पुगे । कर्णले आफुलाई भृगुवंशीय ब्राह्मणको सन्तान बताएर धुनर्विद्या सिक्न थाले । एक दिन परशुरामको शिरलाई कर्णले काखमा राखेर गुरुको सेवा गरिरहेका थिए । यसै समयमा एउटा कीराले भयानक पीडा दिने गरी कर्णको गोडामा टोक्यो तर कर्णले गुरुको सुविधाका लागि सबै सहन गरे । गुरुलाई यो थाहा भयो । कर्णको पीडा सहन गर्ने यो क्षमता देखेर परशुरामलाई उसको जातिको विषयमा शंका भयो । उनले क्रोधित भएर भने– तं ब्राह्मण हुनै सक्दैनस । त“ क्षत्रिय हुनुपर्छ । सांचो कुरा भन त“ को होस् ? नत्र मैले त“लाई सराप दिन्छु ।
कर्णले डराएर भने– म सूतपुत्र राधेय हुं । तर मलाई रथ चलाउन रुचि छैन । मलाई हतियार चलाउनमा रुचि छ । त्यसैले मैले असत्य जानकारी दिएर शिक्षा लिएको हुं ।
परशुरामले भने– गुरुलाई झुक्क्याएर सिकेकोले त्यो ब्रह्मास्त्र विद्याले अन्तिम क्षणमा त“लाई साथ दिने छैन ।
३. इन्द्रको भिक्षा–
सूर्यपुत्र कर्ण कवच कुण्डलसंगै जन्मेका थिए । यी दुवै कुराले कर्ण अजेय थिए । इन्द्रले अर्जुनको रक्षा गर्नका लागि भिक्षु वेशमा गई कर्णको सुरक्षा कवच र तेज बढाउने कुण्डल भिक्षा मागेका थिए । सूर्यले कर्णलाई छद्म वेशमा आएको इन्द्रलाई आफ्नो सुरक्षा कवच नदिन सावधान गरेका थिए । कर्णले सबै कुरा जान्दाजान्दै पनि माग्न आएकोलाई विमुख नफर्काउने आफ्नो नियम अनुसार, आफु असुरक्षित हुने गरी कवच र कुण्डल सहर्ष दान गरेका थिए ।
४.शल्यद्वारा हतोत्साहन–
कर्णका सारथी तथा युधिष्ठिरका मामा शल्य (जुन माद्रीका भाई हुन्) थिए । उनलाई दुर्योधनले झुक्क्याएर आफ्नो पक्षमा मिलाएको थियो । तर उनले युधिष्ठिरलाई वचन दिएका थिए– भाञ्जा, तिमीहरुलाई अन्याय भएको जानेको छु । म तिमीहरुलाई साथ दिन आएको थिएं तर मलाई बाटोमा स्वागत सत्कार गरेर झुक्याइयो । तथापि मैले तिमीहरुको विजयका लागि नै चिन्तन गर्ने छु । उनले कर्णको सारथीको रुपमा रथ चलाउंदा कर्णलाई निरन्तर हतोत्साहित गर्दै भन्ने गर्थे– हे कर्ण तिमीले अन्यायको साथ दिइरहेका छौ । त्यसैले तिमी असफल हुने छौ । फलस्वरुप कर्ण उत्साहहीन हुंदै जान्थे । र उत्साहहीन योद्धाको जीत हु“दैन ।
५.दैव इच्छा–
शास्त्रकारहरुले दैवका विभिन्न अर्थ गरेका छन्– धर्माधर्म, पूर्व संस्कार, अन्तस्करण वा अज्ञात शक्ति । वास्तवमा यी सबैको सामूहिक रुप नै दैव हो । यसलाई दैव इच्छा, अज्ञात कारण वा एक्स फ्याक्टर भन्न सकिन्छ । महाभारतकारका अनुसार, दैव इच्छा के थियो भने अर्जुन सुरक्षित होस् र कर्ण असुरक्षित होस् ।
कर्णको द्वन्द्वपूर्ण मानसिक अवस्था, निष्ठा, र दानलाई आधार बनाएर लेखकहरुले सुन्दर सुन्दर कथाहरु रचना गरेका छन् । यसमा हिन्दीमा कर्ण की आत्मकथा र नेपालीमा द्वन्द्वको अवसान विशेष उल्लेखनीय छन् ।
यस्य नाहंकृतो भावो बुद्धिर्यस्य न लिप्यते ।
हत्वापि स इमा“ल्लोकान्न हन्ति न निबध्यते ।।१७।।
ज्ञानं ज्ञेयं परिज्ञाता त्रिविधः कर्मचोदना ।
करणं कर्म कर्तेति त्रिविधः कर्मसंग्रहः ।।१८।।
जसमा म कर्ता हुं, यस्तो भाव हु“दैन, र जसको बुद्धि शुभाशुभ कर्ममा लिप्त (एकोहोरिएको) हु“दैन, त्यो पुरुष, यी सब लोकलाई मारेर पनि वास्तवमा हत्या गर्दैन, बद्ध पनि हुंदैन ।
ज्ञान, ज्ञेय, र ज्ञाता यी तीन कर्मका प्रेरक हुन् । करण, कर्म, र कर्ता यी तीन कर्मका आश्रय (संग्रहकर्ता ) हुन् ।।१७–१८।।
व्याख्या
मनोविज्ञानको आधुनिक शाखा ज्ञानशास्त्र (काग्निटिभ साइन्स) गीताको यस श्लोकको विस्तार हो । यसमा सिकाई र त्यसलाई व्यवहारमा उतार्ने मानवीय मनोविज्ञानलाई विश्लेषण गरिएको छ । ज्ञान प्राप्त गर्ने तीन चरण र प्राप्त ज्ञानलाई क्रियात्मक रुप दिने तीन चरणका बारेमा वैज्ञानिक विशलेषण गरिएको छ । यसमा एक परिज्ञाता बाहेक सबै कुरा परिभाषित छन् । परिज्ञाता त्यो हो जसले सबै कुरा जान्दछ । (जसले सब कुरा जान्दछ, भन्ने मान्यताको द्वितीय श्रेणीको मान्यता के हुन्छ भने त्यसलाई जान्ने अर्को केही हुंदैन । त्यो अन्तिम हो, त्यसैले त्यो अपरिभााषित छ ।)
तीन प्रकारका ज्ञान र तीन प्रकारका बुद्धि
ज्ञानं कर्मं च कर्ता च त्रिधैव गुणभेदतः ।
प्रोच्यते गुणसङ्ख्याने यथावच्छृणु तान्यपि ।।१९।।
गुणको संख्या गर्नेहरुले ज्ञान, कर्म, र कर्ता गुणका भेदले तीन प्रकारका बताउंछन् । त्यो पनि यथावत्, जस्तो छ त्यस्तै, मैले भन्छु, सुन ।।१९।।
व्याख्या
गुणको संख्या गर्नेहरु भनेको सांख्य शास्त्रकारहरु । यस शास्त्रमा सृष्टिको सम्पूर्ण विवरणलाई २४ वटा संख्याको रुपमा सबभन्दा पहिले प्रस्तुत गर्ने शास्त्र हो सांख्य शास्त्र । यसको कुनै मतले मूल प्रकृति र अन्य प्रकृतिको कुरा गर्छन् भने कुनैले पुरुषको रुपमा ईश्वरलाई पनि समावेश गर्छन् । सांख्यशास्त्रका प्रणेता अक्षपाद गौतम हुन् । उनलाई सांख्यकपिल (आलारकालाम?) पनि भनिन्छ । कपिलसांख्यको मत र बुद्धदर्शनको मत सारमा मिल्छ । गीतामा सांख्य मतका आधार बताइएका २५ तत्त्व निम्नलिखित छन्–
क) १.मूल प्रकृति वा पुरुष,
ख) २. बुद्धि,
ग) ३. अहंकार,
घ) पांच ज्ञानेन्द्रिय– ४.इन्द्रिय, ५.आंखा, ६.कान, ७.नाक, ८.जिब्रो, ९.छाला,
ङ) पांच कर्मेन्द्रिय– १०.मुख, ११.हात, १२.खुट्टा, १३.जननेन्द्रिय (उपस्थ), १४.उत्सर्जन इन्द्रिय (गुदा),
च) पांच ज्ञानेन्द्रियका पांच विषय, १५.रुप, १६.शब्द, १७.गन्ध, १८.रस, १९.स्पर्श, छ) २०. मन (यी सबै इन्द्रियभन्दा माथि),
ज) पांच स्थूलभूत वा महाभूत वा तत्त्व– २१.भूमि, २२.आकाश, २३.वायु, २४.अग्नि, र २५.नीर ।
गीतामा प्रकृतिलाई जड तर सक्रिय मानिएको छ । पुरुषलाई साक्षी चेतन भनिएको छ । केवल विश्व ब्रह्माण्डको अध्यक्षता गर्ने भनिएको छ । तर जड प्रकृति र चेतन पुरुष दुवैको संयोग नभइ केही पनि हुन सक्दैन भन्ने मानिएको छ । यस अवधारणालाई आधुनिक विज्ञानको पदार्थ र ऊर्जा यी दुइ अवधारणाको व्याख्या गर्न प्रयोग गरिएको छ । भौतिक वैज्ञानिक ब्रायन डेभिड जोसेफ्सनका अनुसार– वेदान्त र सांख्यद्वारा नै क्वान्टम सिद्धान्त व्याख्या गर्न सकिन्छ । किनभने यी दुइ सिद्धँन्तले मात्र मस्तिष्क र विचारको नियम दिन्छन् । क्वान्टमको अर्थ यस्तो कुरा हो जुन आधा पदार्थ र आधा तरंग (ऊर्जा) हो ।
परमाणु वैज्ञानिक नील बोहरले परमाणु विज्ञानका गूढ रहस्य पत्ता लागउन उपनिषद अध्ययन गर्थे । उनले भनेका छन्– मलाई जब जब शंका लाग्छ । अरु समाधान पाईंदैन । अनि उपनिषद् खोलेर पढ्छु ।
सुप्रसिद्ध भौतिक शास्त्री ज्याक सर्फातीका अनुसार– सृष्टिको आधार स्पष्ट बुझाउन सांख्य बाहेक अरु कुनै सिद्धान्तले सक्दैन ।
गीतामा कुनै घटनाको कारण र परिणामको सम्बन्धको वैज्ञानिक व्याख्या छ । तर त्यसमा एउटा मान्यता के गरिएको छ भने एउटा अज्ञात तत्त्व अवश्य रहन्छ । जति धेरै कुरा जाने पनि एउटा कुरा फेरि पनि अज्ञात रहन जानेछ । जतिसुकै ठूलो वैज्ञानिक व्याख्या गरिए तापनि केही कमी रहन जान्छ । हिजोका वैज्ञानिक तथ्य आज त्रुटिपूर्ण भएका छन् । आज वैज्ञानिक भनिएको व्याख्या भविष्यमा यसै अज्ञात तत्त्वले गर्दा कुन रुपमा प्रस्तुत हुन जाने हो ? कसले भन्न सक्छ । त्यसैले आज असत्यीकरणको सिद्धान्तलाई दार्शनिकहरुले स्वीकार गर्छन् । भगवान् श्रीकृष्णको गीता व्याख्या आधुनिकतम विज्ञानको पनि व्याख्या हो । भविष्यका लागि पनि यसमा स्थान छ ।
सर्वभूतेषु येनैकं भावमव्ययमीक्ष्यते ।
अविभक्तं विभक्तेषु तज्ज्ञानं विद्धि मामकम् ।।२०।।
पृथक्त्वेन तु यज्ज्ञानं नानाभावान्पृथग्विधान् ।
वेत्ति सर्वेषु भूतेषु तज्ज्ञानं विद्धि राजसम् ।।२१।।
यत्तु कृत्स्नवदेकस्मिन्कार्ये सक्तमहैतुकम् ।
अतत्त्वार्थवदल्पं च तत्तामसमुदाहृतम् ।।२२।।
जुन ज्ञानले सबै प्राणीहरुमा एक अविनाशी भावलाई अविभक्त (एक नास) छ भन्ने बुझिन्छ, त्यो ज्ञानलाई सात्त्विक जान ।।२०।।
तर जुन ज्ञानले सबै प्राणीमा भिन्न भिन्न प्रकारका भाव अलग अलग छ भन्ने बुझिन्छ, त्यस ज्ञानलाई राजस बुझ ।।२१।।
तर जुन ज्ञानले बिना कारण (अहैतुक), अयथार्थलाई यही सम्पूर्ण (कृत्स्न) हो भनेर एउटै (अल्प) कुरामा आसक्ति (ढिपी) गर्दछ । त्यो तामस ज्ञानको उदाहरण हो ।।२२।।
नियतं संगरहितमरागद्वेषतः कृतम् ।
अफलप्रेप्सुना कर्म यत्तत्सात्विकमुच्यते ।।२३।।
यत्तु कामेप्सुना कर्म साहंकारेण वा पुनः ।
क्रियते बुहलायासं तद्राजसमुदाहृतम्।।२४।।
अनुबन्धं क्षयं हिंसामनवेक्ष्य च पौरुषम् ।
मोहादारम्भयते कर्म यत्तत्तामसमुच्यते ।।२५।।
शास्त्रविधि अनुसार, आसक्तिरहित, फलको चाहना नगरिकन, रागद्वेष मुक्त भएर गरिएको कर्मलाई सात्त्विक भनिन्छ ।।२३।।
जुन कर्म कामनायुक्त अर्थात् भोगको चाहनाले वा अहंकारसहित गरिन्छ । अनि त्यो परिश्रम साध्य (असहज) छ, भने त्यो राजस कर्मको उदाहरण हो ।।२४।।
जुन कर्म परिणाममा बन्धनकारक (फंसाउने) र हानिकारक हुन्छ । हिंसा, र सामथ्र्य विचार नगरिकन केवल मोहवश आरम्भ गरिन्छ, त्यस कर्मलाई तामस भनिन्छ ।।२५।।
मुक्तसंगोsनहंवादी धृत्युत्साहसमन्वितः ।
सिद्ध्यसिद्धयोर्निविकारः कर्ता सात्त्विक उच्यते ।।२६।।
रागी कर्मफलप्रेप्सुर्लुब्धो हिंसात्मकोsशुचिः ।
हर्षशोकान्वितः कर्ता राजसः परिकीर्तितः।।२७।।
अयुक्तः प्राकृतः स्तब्धः शठो नैष्कृतिकोsलसः ।
विषादी दीर्घसूत्री च कर्ता तामस उच्यते ।।२८।।
आसक्तिबाट मुक्त, निरहंंकारी, धैर्यवान, उत्साही, कार्य सिद्ध हु“दा वा सिद्ध हुन नसक्दा निर्विकार रहने, र हर्ष शोक जस्ता कुराले अप्रभावित कर्तालाई सात्त्विक भनिन्छ ।।२६।।
आसक्ति राख्ने, कर्मको फल प्रति उत्सुक, लोभी, हिंसात्मक (दुख दिने भाव), अशुद्धाचारी, हर्ष र शोकले छिटो प्रभावित हुने कर्ता राजस हुन्छ ।।२७।।
ढंग नपुर्याइ काम गर्ने (अयुक्त), अटेरी (प्राकृत), ठाडो, मूर्ख, अरुले गरेको काम पनि बिगार्ने (नैष्कृतिक), अल्छी, हरेक कुरामा खोट देख्ने (विषादी), र दीर्घसूत्री (छिटो हुने कामलाई पनि ढिलो गर्ने) लाई तामस कर्ता भनिन्छ ।।२८।।
व्याख्या
राम्ररी विचार गरिएको कामको बारेमा भनिन्छ– वेल बिगन इज हाफ डन । तर त्यो कर्म जुन परिणाम विचार नगरिकन गरिन्छ । आफुले गरेको काममा हिंसाको भावना, प्रतिक्रिया छ छैन भनेर विचार गरिंदैन । यो काम सुरु त गरियो, निरन्तर गरेर यसलाई पार लगाउन सकिन्छ कि सकिंदैन भन्ने कुराको विचार गरिंदैन । केवल मोहवश यसरी गरिएको कर्म तामस हुन्छ ।
एउटा निकै चल्तीको किस्सा छ– जर्मनीले एउटा नयां धातु पत्ता लगायो । त्यसको रौं बराबर पातलो तार बनायो । अनि त्यसमा केही सुधारको आग्रह गर्दै अमेरिकालाई पठाएछ । उसको के विचार थियो भने यसमा अब केही सुधार गर्न सकिंदैन ।
तर अमेरिकाले त्यस तार भित्र प्वाल बनाएर तारलाई नली बनाइदिएछ । अमेरिकाको प्रविधि त्यो भन्दा उन्नत ।
अनि त्यसमा थप सुधार गर्ने भन्ने अनुरोध साथ जापान पठाइएछ । जापानले त्यसमा सुधार गर्ने केही ठाउं देखेनछ । तर त्यसमा यति कुरा थपेछ– मेड इन जापान ।
जापानी मोटर गाडी प्रसिद्ध छन् तर गाडीको आविष्कार जापानले गरेको होइन । यी सब केवल मेड इन जापान हुन् ।
कुनै कर्ता बसी बसी जय खोज्ने हुन्छन् । केही नगर्ने । तर काम भयो भने त्यसको सफलतामा सबभन्दा बढी आफ्नो योगदान देख्ने । उखानै छ– काम गर्ने बा“दर पगरी गुथ्ने ढेढु । यस्ताले काम बिग्रेकोमा जिम्मा लिन मान्दैनन् । बिग्रेमा सबै अर्काको थाप्लोमा । चोट पाउने बेलामा यिनीहरुले भ्यागुतोलाई तेर्साउंछन् ।
सिद्धबाबा भर्तृहरिले तीन प्रकारका कर्ता बताएका छन्– निम्नश्रेणीको कर्ताले काम सुरु गर्नै अल्छी गर्छ । एकछिन पछि गर्छु । भोलि गर्छु । पर्सि गर्छु । आज करै सो कल कर, कल करै सो परसों । इतनी जल्दी क्यों करता है जब जीना है बरसों । कहिल्यै तात्दैन । मध्यम कोटिको कर्ताले कर्म त सुरु गर्छ । सुरु गर्दा उसलाई बडो जांगर चल्छ तर एक छिन पछि सबै हराउंछ । अलिकति बाधा व्यवधान आइपर्यो भने बीचमा नै छोडिदिन्छ । एक छिन तात्छ, दुध उम्लिए जस्तो । तर उत्तम कोटिको कर्ताले अनेक बाधा आइपरे पनि कामलाई निरन्तरता दिन्छ । टुङ्गोमा नपुर्याइकन आराम लिन्न । विस्तारै तातेको दुध कुराउनी भए जस्तै । गण्डकी जस्तै निरन्तर त्यस बेलासम्म बगिरहन्छ जबसम्म समुद्र भेटिंदैन । उसले बाटो फेर्न सक्छ । कुनै ठाउंमा अलमलिन सक्छ । कुनै ठाउंमा केही कदम फर्केर पनि हिंड्न सक्छ तर निरन्तरता रहन्छ । उत्तम कोटिका कर्तालाई हेरेर नै वेदले भनेको छ– चरैवेति, चरैवेति ।
बुद्धेर्भेदं धुतेश्चैव गुणतस्त्रिविधं शृणु ।
प्रोच्यमानमशेषेण पृथक्त्वेन धनञ्जय ।।२९।।
प्रवृत्तिं च निवृत्तिं च कार्याकार्ये भयाभये ।
बन्धं मोक्षं च यो वेत्ति बुद्धिः सा पार्थ सात्त्विकी ।।३०।।
यया धर्मंमधर्मं च कार्यं चाकार्यमेव च ।
अयथावत्प्रजानाति बुद्धिः सा पार्थ राजसी ।।३१।।
अधर्मं धर्ममिति या मन्यते तमसावृता ।
सर्वान्विपरीतान्विपरीतांश्च बुद्धिः सा पार्थ तामसी ।।३२।।
हे धनञ्जय, बुद्धि, र धृति पनि गुण अनुसार तीन प्रकारका हुन्छन् । यी सबै, केही शेष नराखी, अलग अलग बताउंछु, सुन ।।२९।।
हे पार्थ, जुन बुद्धिले प्रवृत्ति र निवृत्ति, कर्तव्य र अकर्तव्य, भय र अभय, तथा बन्धन र मोक्षलाई यथार्थ जान्दछ, त्यो बुद्धि सात्त्विकी हो ।।३०।।
हे पार्थ, जुन बुद्धिले धर्म र अधर्म, कर्तव्य र अकर्तव्य त जान्दछ तर बिलकुल ठीक तरीकाले बुझ्दैन, त्यो बुद्धि राजसी हो ।।३१।।
तमोगुणले घेरिएको जुन (बुद्धि) ले अधर्मलाई धर्म मान्दछ र सबै कुरा विपरीत बुझ्दछ, हे पार्थ, त्यो बुद्धि तामसी हुन्छ ।।३२।।
धृत्या यया धारयते मनःप्राणेन्द्रियक्रियाः ।
योगनाव्यभिचारिण्या धृतिः सा पार्थ सात्विकी ।३३।
यया तु धर्मकामार्थन्धृत्या धारयतेsर्जुन ।
प्रसंगेन फलाकांक्षी धृतिः सा पार्थ राजसी ।। ३४।।
यया स्वप्नं भयं शोकं विषादं मदमेव च ।।
न विमुञ्चति दुर्मेधा धृतिः सा पार्थ तामसी ।।३५।।
जुन अव्यभिचारिणी (निश्चयात्मिका) धारणाले मन, प्राण र इन्द्रियका (उच्छृङ्खल) क्रियाहरु स्थिर हुन जान्छ, हे पार्थ, त्यो धृति (धारणा शक्ति) सात्त्विकी हुन्छ ।।३३।।
हे अर्जुन, तर, जुन धारणाद्वारा अत्यन्त आसक्तिपूर्वक धर्म, अर्थ, र काम धारण गरिन्छ, त्यो धारणा शक्ति, हे पार्थ, राजसी हो ।।३४।।
जुन धृतिद्वारा, खराब बुद्धि मानिस निद्रा, भय, शोक, विषाद, तथा मद (दुव्यर्सन) लाई छोड्दैन । हे पार्थ, त्यो धृति तामसी हो ।।३५।।
व्याख्या
एक परिवारमा तीन जना थिए । आमा, बाबु, र छोरो । गरीब थिए । दुखी थिए । त्यसैले केही प्राप्त गर्ने इच्छाले तीनवटैले तपस्या गरे ।
तपस्याबाट प्रसन्न भएर भगवान्ले प्रकट भएर भन्नु भएछ, तिमीले चाहेको प्रत्येकको एक इच्छा पूरा हुने छ ।
भगवान् अन्तध्र्यान भए पछि सुरुमा आमाले त्यस भनाईको परीक्षा गर्न आफु भर्खरकी सुन्दरी हुन पाउं भन्ने कामना गरिछ । नभन्दै तुरुन्तै षोडसी भइछ । आफु सुन्दर भएकी त्यो युवती घर बाहिर जान थाली ।
पुरुषले सोध्यो– कहा“ जान थालेको ?
स्त्रीले भनी– म यति राम्री भएं । अब यो घर मेरो लायक रहेन । त्यसैले म यो घर छोडेर जान्छु ।
यति छिटै यस्तो परिवर्तन, पुरुषलाई रिस उठ्यो । भन्यो– सुंगुर्नी जस्ती...।
पुरुषको इच्छा प्रकट भयो । तत्काल त्यो महिला सुंगुर भइ ।
छोरोले यो सबै हेरिरहेको थियो । वरदानको यो दुर्दशाले दुखी भइरहेको थियो । अब एउटा वरदान मात्र बांकी रह्यो । अनि निराश भएर आफ्नो वरदान प्रयोग गर्यो– मेरी आमा जस्तो अघि थिइन् त्यस्तै भइ जाउन् ।
पुनः सुंगुर झुत्री आमामा रुपान्तरित भयो । तीनवटा वरदान पाएर पनि यथावत । त्यसैले ज्ञानीहरुले सांसारिक कुरा नमाग भन्छन् । सांसारिक अर्थात् सांसारिक शक्ति देखाउने कुरा । वरदान पाए । तर निरर्थक गुमाए । यस्तो ज्ञान तामसिक हो । संसारमा तामसिक ज्ञान बढी प्रयोग भइरहेको छ ।
भर्खर एउटा समाचार प्रकाशित भएको थियो । केही दिन अघि चितवनमा एउटा बस एक्सीडेन्ट भयो । केही यात्रुहरुको मृत्यु भयो । कोही घाइते भए । जब पुलिसले घटनाको बारेमा पत्ता लगायो सबै आश्चर्यचकित भए । उसको गाडी मालिकसंग झगडा परेको रहेछ । त्यो रिस पोख्यो गाडी एक्सीडेन्ट गराएर । परिणाम भोगे यात्रुले । उनीहरुलाई ड्राइभर र मालिकको झगडाको बारेमा केही थाहा थिएन ।
ज्ञान, बुद्धि, धृति, कर्ता र कर्मको सूक्ष्म व्याख्याद्वारा यी श्लोकहरुमा काग्निटिभ साइन्स (ज्ञानशास्त्र) को गहन विश्लेषण गरिएको छ । त्यसैले गीता मनोविज्ञान हो ।
सुखं त्विदानीं त्रिविधं शृणु मे भरतर्षभ ।
अभ्यासाsमते यत्र दुःखान्तं च निगच्छति ।।३६।।
यत्तदग्रे विषमिव परिणामेद्रमृतोपमम् ।
तत्सुखं सात्विकं प्रोक्तमात्मबुद्धिप्रसादजम् ।।३७।।
विषयेन्द्रियसंयोगाद्यत्तदग्रेsमृतोपमम् ।
परिणामे विष्ममिव तत्सुखं राजसं स्मृतम् ।।३८।।
यदग्रे चानुबन्धे च सुखं मोहनमात्मनः ।
निद्रालस्यप्रमादोत्थं तत्तामसमुदाहृतम् ।।३९।।
हे भरतश्रेष्ठ, तर, सुख पनि तीन प्रकारका हुन्छन्, सुन । जुन सुखमा अभ्यास (असल काम) द्वारा रमेपछि दुखको अन्त हुन्छ । जुन सुख सुरुमा विषतुल्य लागे पनि परिणाममा अमृततुल्य हुन्छ । र त्यसैले त्यो बुद्धिको आन्तरिक प्रसन्नताबाट उत्पन्न भएको छ । त्यो सात्त्विक हुन्छ ।।३६,३७।।
जुन सुख विषय र इन्द्रियको संयोगले गर्दा हुन्छ, त्यो सुख सुरुमा अमृततुल्य जस्तो लागे पनि परिणाममा विषतुल्य हुन्छ । त्यसलाई राजस सुख भनिन्छ ।।३८।।
त्यो सुख, जसले सुरुमा तथा अनुबन्धमा (फ“सेपछि) आत्मालाई मोहित गराई निद्रा, आलस्य एवं प्रमाद गराउ“छ, त्यसलाई तामस भनिन्छ ।।३९।।
व्याख्या
निश्चित रुपमा मानिसको सुख आवश्यकता पूर्तिसंग सम्बन्धित हुन्छ । इच्छा, क्रियाकलाप, अनि सन्तुष्टि यही मानव सुखको क्रियाकलाप चक्र हो । इच्छा अपूर्ण रहनु दुखको कारण हो । इच्छा पूरा हुनु सुखको मूल्याङ्कन हो । अर्को शब्दमा जब इच्छा समाप्त हुन्छन् अनि मात्र सन्तुष्टि वा सुख प्राप्त हुन्छ । तर के इच्छा समाप्त हुन्छन् ? हुंदैनन् ? मानवीय जीवनको वास्तविक सत्य के हो भने इच्छा अनन्त हुन्छन् र त्यसको तुलनामा सन्तुष्टि नगण्य हुन्छ । गणितको सामान्य ज्ञान राख्नेलाई पनि के थाहा छ भने अनन्तमा अति नगण्य घटाउ“दा अनन्त नै बांकी रहन्छ । सारांश के हो भने अनन्त इच्छा हुनु र नगण्य मात्र सन्तुष्ट हुनु भनेको सुख नभए बराबर हो । अत्यन्त संक्षेपमा भन्दा, सन्तुष्टि र इच्छा दुवैको सह–अस्तित्व हुन सक्दैन । इच्छा र सन्तुष्टि संगै छन् भने त्यो विरोधाभासी अवस्था हो । सात्त्विक सुखमा केही दुख हुन सक्छ । यदि यस्तो दुख सुरुमा भयो भने त्यसलाई सामान्य रुपमा लिनु पर्छ । यो अवस्थालाई सुखको अवस्था नै मान्नु पर्छ । तर यी इच्छाहरु जन्मौं–जन्म पछ्याइ रहन्छन् । कबीरले भन्छन्– माया मरी न मन मरा, मर मर गया शरीर । आशा तृष्णा नमरी, यह कह गया कबीर ।। त्यसैले इच्छाहरु सन्तुलित राख्नु पर्छ । अन्यथा कहिल्यै सुख प्राप्त हु“दैन ।
सुखको सम्बन्ध इन्द्रियसंग हुन्छ । दृश्य हेरेर, संगीत सुनेर, खस्रो चिल्लो स्पर्शद्वारा, स्वाद जिब्रोद्वारा जानिन्छ । त्यो अनुभव पनि सात्त्विक भए मन र प्राणलाई सुख दिने हुन्छ । कहिलेकाहीं इन्द्रियको वास्तविक गुणलाई दबाएर असुखलाई मानिसले सुखमा रुपान्तरित गरिरहेको हुन्छ । उदाहरणका लागि बालकले पिरो खुर्सानी मनपराउंदैन । तर निरन्तर जिब्रोको स्वाद क्षमतालाई निमोठेर आफुलाई खुर्सानी नभए भान्सा नपस्ने बनाउनु राजस सुखको उदाहरण हो । जुन कुराले सुखको आभास मात्र दिन्छ, अर्थात् जुन सुख अनुभव गर्दा होश गुमाएको हुन्छ त्यो तामस हो ।
न तदस्ति पृथिव्यां वा दिवि देवेषु वा पुनः ।
सत्त्वं प्रकृतिजैर्मुक्तं यदेभिः स्यात्त्रिभिर्गुणैः ।।४०।।
ब्राह्मणक्षत्रियविशां शूद्राणां च परन्तप ।
कर्माणि प्रविभक्तानि स्वभाव प्रभावैर्गुणै ः ।।४१।।
शमो दमस्तपः शौचं क्षान्तिरार्जवमेव च ।
ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम् ।।४२।।
शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम् ।
दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ।।४३।
कृषि गौरक्ष्यवााणज्यं वैश्यकर्म स्वभावजम् ।
परिचर्यात्मकं कर्म शूद्रस्यापि स्वभावजम् ।।४४।।
स्वे स्वे कर्मण्यभिरतः संसिद्धि लभते नरः ।
स्वकर्मनिरतः सिद्धिं यथा विन्दति तच्छृणु ।।४५।।
प्रकृति तीन गुणहरुले युक्त हुन्छ । यी तीन गुणरहित कुनै पनि कुरा पृथिवी, आकाश वा देवताहरुमा पनि हुन सक्दैन ।।३९।।
(त्यसैले) हे परन्तप, ब्राह्मण, क्षत्रिय, वैश्य, र शूद स्वभाव्र पनि यी विभक्त गुणहले प्रभावित हुन्छन् ।।४१।।
शम (संयम), इन्द्रिय नियन्त्रण, तप (नियम पालनका लागि कष्ट सहनु), शुद्धता, शान्ति र सरलता, ज्ञान र विज्ञानमा आस्तिकता नै स्वाभाविक ब्रह्मकर्म हुन् ।।४२।।
शूरवीरता, तेज, धारणा शक्ति, दक्षता, युद्धको सामना गर्नु, दान दिनु अनि ईश्वर भाव, यी सबै क्षत्रियका स्वाभाविक गुण हुन् ।।४३।।
कृषि, पशुपालन, वाणिज्य यी वैश्यका स्वाभाविक कर्म हुन् भने परिचर्यात्मक कार्य शूद्र (सेवक) का स्वाभाविक कर्म हुन् ।।४४।।
आआफ्ना कर्ममा राम्ररी लागेको मानिसले सिद्धि प्राप्त गर्छ । आफ्नो काममा लागेर नै सिद्धि कसरी प्राप्त गर्न सकिन्छ, त्यो सुन ।।४५।।
व्याख्या
वैदिक कालदेखि नै चिन्तकहरुले समाजको स्थिरता, उन्नति, र समन्वयका लागि वर्ण र आश्रमको अनुशासन र व्यवस्थालाई जरुरी मान्दछन् । किनभने यस व्यवस्थाबाट व्यक्ति र समाजले धर्म, अर्थ र कामको सन्तुलित प्राप्ति गर्छ । जसरी व्यक्तिको व्यक्तित्व विकासका लागि आश्रम व्यवस्था आवश्यक छ, त्यसैगरी, उनीहरुले सामाजिक कल्याणका लागि वर्ण व्यवस्थालाई जरुरी बताएका छन् । वर्णको अर्थ हो– रंग । वर्ण व्यवस्थाको सबभन्दा नजीकको समानान्तर शब्द वर्ग विभाजन (क्लास डिभिजन) नै हो । यसका सामाजिक, आर्थिक प्रभाव हुन्छन् । वर्ण विभाजन श्रम विभाजनमा आधारित छ । जसमा वंशानुक्रम र वातावरणको अदु्भुत समन्वय पाइन्छ ।
समाजको उन्नतिका लागि प्लेटोले कल्पना गरेको आदर्श समाजको विवरणमा समाजको तीन विभाजन पाइन्छ– उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग, मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग र निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग राखिएको छ ।
मल्लकालमा नेपालले श्रम विभाजनबाट आर्थिक फाइदा पाएका ऐतिहासिक विवरण पाइन्छ । कुनै देशको अर्थव्यवस्था केही खास व्यक्ति र समुदायमा निर्भर हुन्छ । अर्थशास्त्रीहरु पनि के मान्दछन् भने उद्यमी वर्गको विकास नभइकन कुनै देशको आर्थिक विकास हुन सक्दैन । जापानमा सामुराइ, नेपालमा नेवार, भारतमा मारवाडी, अमेरिका र रुसमा यहुदी समुदाय त्यहा“को आर्थिक विकासको आधार हो । यो कुरा सबै देशका लागि सत्य छ । उनीहरुलाई पन्छाएर अर्थव्यवस्थाको व्याख्या गर्न सकिंदैन ।
वैदिक वाङ्मयको वर्णव्यवस्था अतीव निर्मल र पवित्रतम छ । त्यहां परस्पर भेदभाव, अवहेलना र घृणाको प्रवृत्ति पाईंदैन । एउटा परिवारका सदस्यहरुको सम्बन्धमा जस्तै ब्राह्मण, क्षत्रिय, वैश्य, र शूद्र यी चारै वर्णको एक अर्का प्रति घृणा, विद्वेष, असूया, अश्रद्धाको दृष्टि राख्ने चलन व्यवहारको कहीं कल्पना पनि छैन । चतुर्वर्णक समाज स्वच्छ, समुन्नत र गतिशील हुने कल्पना गरिएको छ । चारवटै वर्णलाई समाजरुपी गाडी चलाउने चार पाङ्ग्राको रुपमा कल्पना गरिएको छ । परस्पर आश्रित हुनुपर्ने स्थिति स्पष्ट रुपमा देखाइएको छ । वर्ण–व्यवस्था एक यस्तो व्यवस्था हो जसमा समाजको विशेषतालाई तिनीहरुको गुण र कार्यको आधारमा समान महत्त्व दिइएको छ । यसमा पेशागत विशिष्टताको आर्थिक विशेषता पाइन्छ तर यो ठूलो सानोको क्रम होइन ।
विभिन्न वर्णले पालना गर्नु पर्ने अलग–अलग नियमहरु बताइएको भए तापनि निम्नलिखित नौवटा नियम सबै वर्णले समानरुपले पालना गर्नु पर्ने व्यवस्था छ– कसै प्रति क्रोध भाव नराख्नु, कसै प्रति विश्वासघात नगर्नु, बाह्य–आन्तरिक पवित्रता राख्नु, सरल भाव राख्नु, आफ्नो पत्नीको गर्भबाट सन्तान उत्पन्न गर्नु, कसैसंग द्रोह नगर्नु, धनको उपभोग गर्दा बा“डफा“ड गरी उपभोग गर्नु, क्षमा भाव राख्नु र भरण पोषण योग्य व्यक्तिहरुको पालन गर्नु । यसमा दशौं कर्म पनि थपिएको छ तर त्यो केवल ब्राह्मणहरुका लागि अनिवार्य छ र त्यो हो निरन्तर अध्ययन अनुसन्धानमा लागि रहनु । यी दशवटा नियमहरु बाइबिलको टेन कमान्डमेन्टसंग मिल्छन् ।
यद्यपि अलग अलग वर्णलाई अलग अलग काम दिने दिने कुरा उल्लेख छ र यो उल्लेख सनातन परम्परा अनुसार गरिएको हो । तथापि त्यस बेला विभिन्न वर्णका मानिसहरुलाई एक अर्काको कार्य गर्न प्रतिबन्ध भने थिएन । यसको स्पष्ट उल्लेख महाभारत, शुक्रनीति र कौटिलीय अर्थशास्त्रमा पाइन्छ । ऋग्वेदमा त अझ स्पष्ट शब्दमा एक परिवारका चार जनाले चार प्रकारका काम गरेको कुरा उल्लेख छ ।
असुर गुरु शुक्रका अनुसार जुन राज्यमा मानिसहरुले स्वकर्म पालना गर्छन् । त्यो समाज चिरस्थायी रहन्छ । त्यसैले देशमा प्रचलित देश–धर्म, जाति–धर्म, कुल–धर्म, ऋषि मुनिहरु द्वारा बनाइएको धर्म, प्राचीन धर्म र नवीन धर्म, यी सबैको ज्ञान प्राप्त गरेर कल्याणकारी राज्यले यी सबैको रक्षा गर्नु पर्दछ । किनभने यसैबाट राज्य व्यवस्था र सामाजिक व्यवस्था दिगो रहन्छ, अन्यथा अराजकता र अशान्ति हुन्छ भन्ने शुक्रको मत रहेको छ । शुक्रनीति र पराशर स्मृतिमा भनिएको छ– वृत्तिका आधारमा सबैले अलग अलग कर्म गरे पनि कसैको पनि वृत्ति निन्दित हुंदैन अर्थात् सबै वर्ण बराबर सम्मानका अधिकारी छन् ।
विभिन्न वर्णका विभिन्न काम भए पनि सबै वर्ण एक अर्काको उन्नतिमा सहायक हुन्छन् भनिएको छ । आपसमा वैमनस्य भयो भने समाजमा ठूलो हानि हुन्छ भन्ने कुरा स्पष्ट बताइएको छ । यसबाट प्राचीन चिन्तकहरुले वर्णाश्रमको स्थापना समाजमा समन्वय, अन्तर्निर्भरता, र आर्थिक उत्पादनका लागि गरेको स्पष्ट हुन्छ । यहा“निर स्मरणीय के भने स्वयं कृष्णको वृत्ति गोपालन हो । प्राचीन समाजदार्शनिकहरुले अध्ययनको सुविधाका लागि यस्तो विभाजन गरेका हुन् । विद्यालाई आन्वीक्षिकी, त्रयी, वार्ता, दण्डनीति भनिएको छ । पुरुषार्थलाई अर्थ, काम, धर्म, मोक्षमा र प्राणीलाई अण्डज, उद्भिज, जरायुज, र स्वेदजमा विभाजन गरिएको छ । यो विभाजन प्राविधिक हो, मर्यादाक्रम होइन ।
खप्तड बाबाले धर्मविज्ञान पुस्तकमा स्पष्ट शब्दमा भनेका छन्– वर्ण व्यस्थालाई वंशानुक्रम र वातावरण दुवैका विशेषताहरुलाई समावेश गरिएको सामाजिक व्यवस्था हो । यो जातीय व्यवस्था होइन। आधुनिक चिकित्सा पद्धतिले समेत रक्तलाई र क्रोमोजोमलाई केवल चार भागमा नै विभाजन गर्दछ ।
कौटिलीय अर्थशास्त्रमा सामाजिक कल्याणलाई उच्च राख्नका लागि राज्यले समाजकोे यो व्यवस्थालाई बनाइराख्नु पर्दछ । स्वकर्म पालना गर्ने, गराउने राजाले यस लोक र परलोक दुवैमा आनन्द पाउ“छ । वर्ण र आश्रमको मर्यादा पालन गर्र्ने व्यवस्था कायम गरेर त्यसलाई पालन गर्ने, गराउने मानिस वेदमार्गबाट सुरक्षित भएर आनन्दसंग रहन्छ, कहिल्यै पदच्युत हु“दैन । कौटिलीय भनाई गीताकारको भनाईसंग मिल्छ ।
स्वे स्वे कर्मण्यभिरतः संसिद्धिं लभते नरः यो वाक्यांशले के स्पष्ट हुन्छ भने उच्चता र श्रेष्ठता प्राप्त गर्न सबै वर्ण स्वतन्त्र छन् । सानो ठूलो कोही छैन ।
व्यक्तिगत सुख र सामाजिक कल्याणमा अन्तर्निभरताको व्याख्या गरिएकोले गीताशास्त्र सामाजिक शास्त्र हो ।
यतः प्रवृत्तिर्भूतानां येन सर्वमिदं ततम् ।
स्वकर्मणा तमभ्यच्र्यं सिद्धिं विन्दति मानवः ।।४६।।
जुन (परमेश्वर) बाट, प्राणीहरुको उत्पत्ति भएको छ, र जसले, यो समस्त विश्वमा व्याप्त छ, त्यसलाई आफ्ना स्वाभाविक कर्मले अर्चना गर्दै मानिसले सिद्धि प्राप्त गर्छ ।
व्याख्या
स्वामी रामकृष्णले आफ्ना भक्तहरुलाई भन्ने गर्नु हुन्थ्यो– भगवान्ले सद्बुद्धि नदिइकन केही पनि प्राप्त हु“दैन । सद्बुद्धि दिने पनि उनै हुन् । तिमीहरुले के सोच्दा हौ भने तिमीले ध्यान गर्नाले, पूजा गर्नाले, चिन्तन गर्नाले भगवान् प्राप्त हुन्छन् । तिम्रो इच्छा शक्ति पनि उनैको देन हो । सबै कुरा उनैलाई छोडी देउ । त्यही भएर वेदमा भनिएको छ– पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते...।
रामकृष्णको भक्ति बडो अचम्मको थियो । उनले भन्थे– घुम्न जानु भनेको काली मन्दिरको परिक्रमा हो । खानु भनेको कालीलाई आहुति हो । एक दिन कालीलाई पशुबलि दिनेहरुलाई हेरेर उनी जोडले हांसे– हेर, हेर, कालीलाई, कालीले, कालीको बलि दिइरहेका छन् ।
श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् ।
स्वभावनियतं कर्म कुर्वन्नाप्नोति किल्विषम् ।।४७।।
राम्ररी लिइएको अरुको धर्मभन्दा गुणरहित भए पनि आफ्नो धर्म श्रेष्ठ हुन्छ, स्वभाव नियत कर्म गर्दा किल्विष (त्रुटि, कमजोरी, दोष) हुंदैन ।
व्याख्या
हिन्दु धर्मशास्त्रहरुले धर्म र सम्प्रदायमा थोरै अन्तर गरेका छन् । पूजा पद्धति भनेको सम्प्रदाय हो । तर धर्म भनेको आदर्श, अध्यात्म, व्यवस्था, कर्तव्य र पूजा पद्धति यी सबै हो । उदाहरणका लागि शैव, वैष्णव, शाक्त धर्मलाई समप्रदाय पनि भनिन्छ । तर वैदिक सनातन धर्मलाई सम्प्रदाय भनिंदैन । यस भित्र अनेक सम्प्रदाय छन् । रामकृष्ण मठबाट प्रकाशित पुस्तक अ प्राइमर टु हिन्दुइज्ममा डी एस शर्माले यी विषयहरुको सूक्ष्म अध्ययन गरेका छन् । यो पुस्तक नेपालीमा हिन्दु धर्मको क ख ग नामले गीता समुदयबाट प्रकाशित छ ।
हाल विश्वका तीन प्राचीन धर्म हिन्दु, यहुदी, र जोरोस्टर हुन् । यी धर्महरुले आफ्नो धर्मको प्रचार पनि गर्दैनन् र धर्मान्तरण पनि गराउ“दैनन् । यिनीहरुबाट निस्केका धर्महरुले धर्म प्रचार पनि गर्छन् र धर्मान्तरण पनि गराउ“छन् । यहुदीबाट दुइ प्रमुख धर्महरु निस्केका छन्, क्रिस्तान, र इसलाम । क्रिस्तानका दुइ मुख्य हांगा क्याथोलिक र प्रोटेस्टेन्ट छन् । इसलामका दुइ हांगा शिया र सुन्नी छन् । इसलाम धर्मको सुधारको रुपमा बहाई सम्प्रदायका सदस्यहरु पनि छन् । जोरोस्टर धर्मको अवशेषका रुपमा केही मानिसहरु अब ईरानमा छन् । ईरान नै जोरोस्टरको जन्मभूमि हो तर ईरानको जनसंख्या धर्मान्तरित भइ अब त्यहांको राजधर्म शिया इसलाम भए पछि यो धर्म त्यहां पिछडिएको छ । भारतमा भएको जोरोस्टर मतावलम्बीहरुको संख्या पनि निरन्तर घट्दो छ । अन्य धर्मावलम्बीसंग विवाह गर्नेहरुले आफ्नो परम्परा छोड्दै छन् भने जो आफ्नै संस्कृति परम्पराका पालक छन् उनीहरुको ढीलो विवाह, जीविकोपार्जनका समस्या जस्ता कारणले जन्मदरमा निरन्तर कमी आएको छ । जापान, चीन आदि पूर्वी देशहरुमा ताओ, शिन्तो, कम्फ्युशियस धार्मिक सम्प्रदाय प्रचलनमा छन् ।
हिन्दुबाट निस्केका धर्म सम्प्रदायहरुमा बौद्ध, जैन, सिख प्रमुख छन् । नेपालमा पहिले किरांत धर्मावलम्बीहरुले आफुलाई हिन्दु मानेका थिए । विगतका दुइवटा जनगणनाहरुमा उनीहरुले आफ्नो छुट्टै पहिचान देखाएका छन् । बोन मतावलम्बीहरु पनि आफुलाई छुट्टै प्रस्तुत गर्न चाहिरहेका छन् । फरक छ भने हिन्दुहरु अनेक देवदेवी, अनेक पूजा पद्धतिमा विश्वास गर्छन् । यसका अनेक प्रवत्र्तक छन् । सबै साना ठूला नदीहरु विशाल हिन्दु धर्ममा आएर मिल्छन् । हिन्दुहरुले आफु भित्र वैदिक, बौद्ध, जैन, सिख, किरात यी सबैको अनुभूति गर्छन् । हिन्दु दर्शन एक यस्तो दर्शन हो जसभित्र नास्तिक दर्शनलाई पनि सम्मानजनक स्थान छ । हिन्दु धर्मरुपी विशाल वृक्षका यी हांगाहरु हुन् । धेरै टाढा पुगेको हांगो आफ्नो मूलभन्दा फरक देखिन्छ । त्यही सम्बन्ध हिन्दु धर्म र अरु धर्ममा छ । यस विशालतालाई अनुभव गर्दै ओशो सिद्धार्थले भनेका थिए– नेपाल हिन्दु राष्ट्रको रुपमा पनि धर्म निरपेक्ष नै थियो । वेद निन्दकलाई नास्तिक मानेपनि गौतम बुद्धलाई अनार्य भनिंदैन । स्वयं बुद्धले पनि आफ्नो ज्ञानलाई सनातन धर्म (एस धम्मो सनन्तनो) भनेका छन् । हिन्दुहरुले बुद्धलाई मात्र होइन बुद्धकी आमाको पनि पूजा गर्छन् ।
हिन्दु सभ्यताको मूल भाषा संस्कृतमा अध्यात्म, दर्शन, ज्ञान र विज्ञानका क्षेत्रमा हजारौं ग्रन्थ उपलब्ध छन् । धर्मशास्त्र, र अर्थशास्त्र मात्र होइन कामशास्त्रका दर्जनौं उत्कृष्ट ग्रन्थ सनातन परम्पराका सम्पत्ति हुन् । तर हिन्दुहरुको पवित्रतम ग्रन्थ हो वेद । यो ज्ञानको प्राचीनतम सभ्यताको एक मात्र उपलब्ध अभिलेख हो । वेदमा भएका कुराहरु हजारौं वर्षसम्म मौखिक (श्रुति) परम्परामा चलिआएका थिए । यो ज्ञानको कति पुरानो अभिव्यक्ति हो भने यसको मूल पत्ता लगाउन गाह्रो छ । त्यसैले यसको नाम अपौरुषेय भयो । जसले यसलाई अनुभव गर्यो उसले अकृत्रिम अनुभवद्वारा नै प्रस्तुत गर्यो त्यसैले यसको रचयितालाई मन्त्रदृष्टा भनिन्छ ।
ऋग्वेदका मन्त्रहरुमा गार्गी, अपाला, घोषा, मैत्रेयी, लोपामुद्रा, कक्षिवती, यमी, इन्द्रायणी आदि ३० वटा ऋषिकाहरु (महिला मन्त्र रचयिताहरु) का मन्त्र पाइन्छन । वशिष्ठ, विश्वामित्र, भृगु, अगस्त्य, कण्व, गर्ग, अत्रि, गृत्समद आदि ४०० ऋषिहरुको नाम मन्त्रका साथ सुरक्षित छन् । तर हजारौं मन्त्रहरु लोप भइसकेका छन् । विश्वको सबै प्रमुख सभ्यताहरुका मूल कुराहरु वेदमा प्राप्त हुन्छन् ।
वेदका प्राथमिक ऋचा कम्तीमा १०,००० वर्ष अघि तयार भएको अनुमान छ । ऋग्वेदलाई संरासंको संस्था यूनेस्कोले वि.सं.२०६४ मा विश्व सांस्कृतिक सम्पदा सूची (मेमोरी अफ् द वल्र्ड रजिस्टर) मा वल्र्ड कल्चरल हेरिटेजको रुपमा सूचीकृत गरी यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिसकेको छ । वेदको वाजसनेयी परम्पराको हस्तलिखित ग्रन्थ नेपालमा सुरक्षित रहेका छन् । यसलाई ११ औं शताब्दीको मानिएको छ । यस भन्दा प्राचीन अभिलेख हालसम्म पाइएको छैन । यस बाहेक वाल्मीकि रामायण र आयुर्वेदको ग्रन्थ सुश्रुत संहिताको सबभन्दा प्राचीन हस्तलिपि समेत नेपालमा छ । हिन्दु शास्त्रका अनेकौं प्राचीन पाण्डुलिपि सुरक्षित राख्न सक्ने विश्वमा नेपाल मात्र भएको छ । यसको एक मात्र कारण यो देश हिन्दु राष्ट्र भएर हो भन्ने बाहेक अर्को कुनै तर्क देखिंदैन ।
आज विकास भएका धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र, भाषाशास्त्र, समाजशास्त्र, विधिशास्त्र, आयुर्वेद, भौतिक विज्ञान र इञ्जिनीयरिंग विषयका आधारभूत अवधारणाहरु ऋग्वेदमा पाइन्छन् ।
कुनै बेला एशिया महाद्वीपको प्रंमुख सभ्यता र संस्कृति थियो हिन्दु सभ्यता । ईरान, ईराक मात्र होइन टर्कीको राजधानी अंकारासम्म आर्यधर्मको प्रतिष्ठा थियो । पुरातात्त्विक अवशेषहरुमा त्यहांका निवासीहरु आर्य सभ्यता र संस्कृतिका अनुयायी थिए भन्ने प्रमाणहरु फेला परेका छन् । अंकारामा पहिले हिटाइट र मिटानीज सभ्यताका दुइ शिलालेख प्राप्त भएका छन् । जसमा के उल्लेख छ भने विवाहका अवसरमा नव दम्पत्तिलाई आशीर्वाद प्रदान गर्न पांच देवताहरु– इन्द्र, वरुण, मित्र र अश्विनी कुमारहरुलाई आह्वान गरिन्थ्यो । आर्य देवताहरुको पूजा त्यस समस्त प्रदेश र एशिया माइनरमा हुने गरेका अन्य अनेकौं प्रमाणहरु भेटिएका छन् ।
कम्पूचियामा हिन्दु देवदेवीहरुका ठुल्ठूला मूर्ति र मन्दिरका अवशेषहरु पाइन्छन् । अफगानिस्तानमा शिव मन्दिरका अवशेष पाइन्छन् । पेशावरको पुरानो नाम पुरुषपुर र कन्दहार भनेको गान्धार हो ।
प्राचीनकालमा यो संस्कृति कति विकसित र उच्च थियो भन्ने कुराको अनुमान कुन कुराले पनि गर्न सकिन्छ भने तक्षशिला र नालन्दा जस्ता विश्वविद्यालयहरुमा संस्कृत भाषा तथा हिन्दु र बौद्ध दर्शन अध्ययन गर्न ग्रीस र चीनबाट वर्षेनी थुप्रै मेधावी विद्यार्थीहरु आउने गंर्थे ।
सबै धर्महरुको उत्पत्ति एशिया नै हो तर दक्षिण एशियामा हिन्दु, र बौद्ध, पूर्व एशियामा बौद्ध र इसलाम, र पश्चिम एशियामा इसलामको पूजा पद्धतिहरु लोकप्रिय भए भने युरोप र अमेरिका क्रिस्तानले बढी प्रभाव पार्यो । क्रिस्तानको प्रचार हुनु अघि युरोप र अमेरिकामा प्राचीन संस्कृतिहरु थिए । युरोप भर रोमन देवी देवताहरुको पूजा हुन्थ्यो । युरोपमा लगभग ५० प्रकारका संस्कृति थिए । धार्मिक प्रचारले गर्दा विश्वमा अनेक जनजातिगत संस्कृतिहरु लोप भएका छन् । अफ्रिका, अष्ट्रेलिया, ल्याटिन अमेरिका लगायतका कैयौं सभ्यताहरु हराइसकेका छन् । कोही हराउने क्रममा छन् । साथै केही नयां सभ्यताहरु पनि निर्माण भइरहेका छन् । क्रिस्तान र इसलाम धर्मका नयां सुधारिएका स्वरुपहरु विकसित भइरहेका छन् तर त्यसको संख्या अहिले ज्यादै कम छ ।
तर गीताका स्वधर्मको अर्थ हिन्दु धर्म होइन । गीता जुनसुकै धर्म सम्प्रदायका लागि पठनीय छ । यसमा समप्रदाय, जाति, वर्ण र लिंगको कुनै प्रतिबन्ध छैन । सबैले आआफ्नो योग्यता र रुचि अनुसार सामग्री प्राप्त गर्न सक्छन् । आजभन्दा ५५०० वर्ष अघि, जुन बेला गीता उपदेश भएको हो, त्यस बेला संसारमा अनेक प्रकारका धर्म सम्प्रदाय थिएनन् । गीताको स्वधर्म भनेको सहज कर्म हो । प्रत्येक व्यक्ति आआफ्ना गुण अनुसार फरक हुन्छ । उसको जुन गुण छ । जुन विशेषता छ । त्यही अनुसार काम गर्नु स्वधर्म भनिएको छ । बिलगेट्सले स्वधर्मका सम्बन्धमा भनेका छन्– मसंगै पढ्ने साथीहरु सबै पास भए । म फेल भएं । अहिले ती सबै साथी मेरो कम्पनीमा इञ्जीनियर छन् । उनलाई पढ्नमा रुचि थिएन । कम्प्युटरमा रुचि थियो । त्यसको विकास गरे । पढ्नमा जबरजस्ती गरेको भए के हुन्थ्यो ? बढीमा उनी त्यस्तै कुनै कम्पनीमा इञ्जीनियर हुन्थे । स्टीभ जब्सले पनि आफ्नो अध्ययन अगाडि बढाउन सकेनन् । उनले त सबैलाई एउटै सन्देश दिंदै हिंड्छन्– स्टे हङ्ग्री, स्टे फुलिस ।
मेरो एक जना मित्र जो अलि सोझो थियो सुरक्षा निकायमा भर्ती भयो । तर रिटायर्ड हुञ्जेलसम्म अलिकति पनि पदोन्नति प्राप्त गर्न सकेन । अर्धविक्षिप्त भएर रिटायर भयो । एक दिन भन्छ– मैले गलत पेशा रोजें । मनमा अशान्ति र असुरक्षाले गर्दा राम्रोसंग गर्न सकीनं । मैले शिक्षण पेशा रोज्नु पर्ने । कम्तीमा आनन्दको अनुभव त गर्थें । प्रत्येक व्यक्तिले यस्तो स्वधर्म बुझेर पेशा रोज्नु पर्छ । अन्यथा धन र मान जति राम्रो काम भए पनि अर्काको अभिनय गरे सरह हुन्छ ।
सहजं कर्म कौन्तेय सदोषमपि न त्यज्येत् ।
सर्वारम्भा हि दोषेण धूमेनाग्निरिवावृताः ।।४८।।
हे कौन्तेय, दोषयुक्त हुंदा पनि सहज कर्म त्याग गर्नु हुंदैन । किनभने धुवांले आगो ढाके जस्तो सबै काममा केही न केही दोष भइहाल्छ ।
व्याख्या
श्वेताम्बर तेरापन्थी जैन सन्तहरुले सेतो कपडाले मुख छोप्छन् । उनीहरु भन्छन्– सांस फेर्दा पनि हिंसा हुन सक्छ । सही कुरा पनि व्यक्त गर्दा दोषपूर्ण हुनसक्छ । सुन्दरता हेरेर र स्वाद चाखेर अनुभव गरिन्छ । यी दुवै कुरालाई अभिव्यक्त गरियो भने दोष हुन जान्छ । तर्कारी, अचार, र मिठाई चाख्नेले मीठो भयो भन्छ । तर प्रत्येकको मीठोपनलाई सही रुपमा केवल चाख्नेले मात्र अनुभव गर्न सक्छ । बोल्नेले जे बोले पनि सुन्नेले गर्दा अर्थमा दोष उत्पन्न हुन जान्छ । कुनै कविको कविताका अनेक अर्थ लगाउने हुन्छन् । अनेक व्याख्या हुन्छन् । कबीरले कविता रचे–
गुरु गोविन्द दोउ खडे, काके लागुं पायं ।
बलिहारी गुरु आपने गाविन्द दियो बतायं ।
गुरु ठूलो कि गोविन्द यस कविताबाट स्पष्ट नै हुंदैन । अर्थ नाना थरी छन् । असली अर्थ त केवल त्यस कबीरलाई मात्र थाहा होला । अरुले बोलेको कुराको ठीक अर्थ के हो कसले त्यसको शत प्रतिशत वास्तविकता पत्ता लगाउने ?
....
पति पत्नीले झगडा गरे ।
पति– हे भगवान्, यस जीवनबाट म दिक्क परिसकें । मलाई लैजाउ प्रभु ।
पत्नी– हे भगवान्, मेरो पतिलाईभन्दा पहिला तिमीले मैलाई लैजाउ ।
पति– हस् भगवान्, पहिला उसैको कुरा सुन्नुस् ।
सबैका स्वधर्म फरक हुन्छन् । सबै कर्म दोषपूर्ण हुन्छन् ।
गीताले स्पष्ट शब्दमा भनेको छ सहज कर्म नै स्वधर्म हो । त्यसैले यो व्यक्तिगत हुन्छ । तर पूजा पद्धति व्यक्तिगत होइन यो त जहिले पनि सामूहिक हुन्छ ।
असक्तबुद्धिः सर्वत्र जितात्मा विगतस्पृहः ।
नैष्कम्र्यसिद्धिं परमां सन्न्यासेनाधिगच्छति ।।४९।।
सिद्धिं प्राप्तो यथा ब्रह्म तथाप्नोति निबोध मे ।
समासेनैव कौन्तेय निष्ठा ज्ञानस्य या परा ।।५०।।
बुद्धया विशुद्धया युक्तो धृत्यात्मानं नियम्य च ।
शब्दादीन्विषयांस्त्यक्त्वा रागद्वेषौ व्युदस्य च ।।५१।।
विविक्तसेवी लघ्वाशी यतवाक्कायमानसः ।
ध्यानयोगपरो नित्यं वैराग्यं समुपाश्रितः।।५२।।
अहंकार बलं दर्पं कामं क्रोधं परिग्रहम् ।
विमुच्य निर्ममः शान्तो ब्रह्मभूयाय कल्पते ।।५३।।
ब्रह्मभूतः प्रसन्नात्मा न शोचति न काङ्क्षति ।
समः सर्वेषु भूतेषु मद्भक्तिं लभते पराम् ।।५४।।
सर्वत्र आसक्तिरहित बुद्धिभएको, मनलाई नियन्त्रणमा राख्ने, र तृष्णारहित (योगी) ले सन्न्यासद्वारा परम नैष्कम्र्यसिद्ध प्राप्त गर्छ ।।४९।।
त्यस नैष्कम्र्यसिद्धिलाई प्राप्त गरेर मानिसले ब्रह्म–भावलाई कसरी प्राप्त गर्छ, हे कौन्तेय, त्यसलाई संक्षेपमा मबाट बुझ । (किनभने) यो ज्ञानको सर्वश्रेष्ठ अवस्था (परा–निष्ठा) हो ।।५०।।
विशुद्ध बुद्धिले युक्त लघु आशी– थोरै (खाना, आराम, रहनसहन) ले पुग्ने, शब्दादि विषयको त्याग, सात्त्विक धृति भएको, अन्तःकरणलाई संयम गरेर मन, वचन, कर्मलाई वशमा राखेको, मनमा
रागद्वेष नभएको, वैराग्यलाई आश्रय लिएको (अर्थात् कसैको सहारा नलिएको), अहंकार, हठ, घमण्ड, काम क्रोध, र परिग्रहलाई त्यागेर (निरन्तर ध्यानयोगका परायण रहने, ममतारहित), शान्त योगीले ब्रह्मभाव प्राप्त गर्छ ।।५१–५३।।
ब्रह्ममा एकीभाव भएको, प्रसन्नचित्त योगीले (नष्टको) शोक गर्दैन, (अप्राप्तको) आकांक्षा गर्दैन । सबै प्राणीमा समभाव भएकोले उसले मेरो परा भक्ति प्राप्त गर्छ ।
व्याख्या
ब्रह्मभूत भनेको ब्रह्मस्वरुप, ब्रह्मभाव प्राप्त योगी । यस भावका बारेमा गीतामा यस अघि पनि बताइएको छ । जे पाए पछि अरु केही चाहिंदैन । यस्तो अवस्था जब उसलाई ठुल्ठूला दुखले अलिकति पनि विचलित गर्न सक्दैन । अध्याय ६.२२ । स्वामी रामकृष्णले ब्रह्मभावको अवस्थालाई तुलना गर्दै भनेका छन्– आनन्द तीन प्रकारका हुन्छन्– विषयानन्द, भजनानन्द, र ब्रह्मानन्द । ब्रह्मानन्द प्राप्तलाई अन्य कुनै पनि आनन्द तुच्छ हुन्छ । उपनिषद्हरुमा यिनै कुराहरु बारम्बार भनिएको छ ।
भक्त्या मामभिजानाति यावान्यश्चास्मि तत्त्वतः ।
ततो मां तत्त्वतो ज्ञात्वा विशते तदनन्तरम् ।।५५।।
भक्तिद्वारा मलाई, जेजस्तो छु, तत्त्वले जान्दछ, त्यस भक्तिद्वारा मलाई ठीक–ठीक जाने पछि ममा प्रवेश गर्छ ।
(विशका धेरै अर्थ हुन्छन्, यसका आधारमा प्रविश, निविश, इत्यादि शब्द बनेका छन् । सारांश के हो भने मेरो निरन्तर चिन्तन गर्दै म जस्तै हुन्छ ।)
व्याख्या
जे छु, जस्तो छु र जति छु यसलाई तत्त्वले जान्दछ । कसैले पा“च तत्त्व भन्दछन् । कसैले पच्चीस तत्त्व भन्दछन् । कसैले चौबीस तत्त्व भन्दछन् । पा“च तत्त्व अर्थात् भूमिको भ, गगनको ग, वायुको व अग्निको अ र नीर को न नै भगवान हो । यी पञ्च तत्त्वका साथमा ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, विषय, मन, प्रकृति, पुरुष आदि २५ तत्त्वलाई तत्त्व भन्दछन् । तर भगवान् श्रीकृष्णका अनुसार केवल एक तत्त्व छ सुप्रीम तत्त्व । त्यो हो परमात्मा । त्यसबाट यी अरु तत्त्व उत्पन्न भए । त्यसलाई जे नाम दिए पनि हुन्छ । शून्य वा परम । भौतिक–शास्त्री र ब्रह्माण्ड विज्ञानका विशेषज्ञ स्टीफेन हकिङ्सले पनि शून्य तत्त्वबाट सबै उत्पत्ति भएको मान्दछन् । त्यो शून्य भनेको र उपनिषद्हरुमा भनिएको परमशून्य, आकाश पनि अटाउने, एउटै हो ।
तत्त्वले जान्नु भनेको के हो ? स्वामी रामकृष्ण, जसले सबै प्रकारका साधना गरेका थिए । उनले भनेका छन्– पूर्णज्ञान र पूर्णभक्ति एउटै हो । पराभक्तिले जुन अवस्था प्राप्त हुन्छ, पूर्णज्ञानको अवस्था पनि त्यही हो । त्यसैले तत्त्वज्ञान र आत्मज्ञानको निष्कर्ष एउटै हुन्छ । तत् भनेको परमात्मा, त्वं भनेको जीवात्मा । यी एउटै हुन् भनेर जान्नु ।
सर्वकर्माण्यपि सदा कुर्वाणो मद्व्यपाश्रय ः।।
मत्प्रसादादवाप्नोति शाश्तं पदमव्ययम् ।।५६।।
चेतसा सर्वकर्माणि मयि सन्न्यस्य मत्परः ।
बुद्धियोगमुपाश्रित्य मच्चितः सततं भव ।।५७।।
ममा राम्ररी आश्रित हुनेलाई सारा कर्महरु गर्दै पनि मेरो कृपाले शाश्वत र अव्यय परमपद प्राप्त हुन्छ ।।५६।।
(त्यसैले) सारा कर्म मनले ममा अर्पण गर्दै बुद्धि योगको आश्रित भइ मेरो चिन्तन र परायण गर्ने होउ ।।५७।।
व्याख्या
यी श्लोकहरु शरणागतिसंग सम्बन्धित छन् । स्वामी रँमसुखदासले एक मात्र साधना बताएका छन्– शरणागति । प्रतिक्षण ईश्वरको सम्झना । सबै उसलाई छोडिदिने हो भने अरु केही गर्नै पर्दैन । दुई प्रकारको शरणागति छन् । एक बा“दरको पाठो जस्तो । अर्को बिरालाको न्याउरो जस्तो । बा“दरका पाठापाठीले आफ्नो आमालाई कसेर समाएका हुन्छन् । अर्कोतिर न्याउरोले केही पनि गर्दैन । आंखा खुलेका पनि हुंदैनन् । आफैलाई पनि समाउन नसक्ने हुन्छ । नेपालीमा त्यसैले सारै लाचारलाई निन्याउरो भनिन्छ । न्याउरो सुतेर ङ्याउ“ङ्याउ“ रोइरहन्छ । उ रोएको सुनेपछि बिरालोलाई खपिनसक्नु हुन्छ र आएर समाउ“छ । भक्ति कि त बा“दरका पाठाको जस्तो गर्नु कि न्याउराको जस्तो । कि ईश्वरलाई नछोड्ने गरी समाउनु, कि केही नसमाउनु सबै उसैलाई छोडिदिनु ।
मच्चितः सर्वदुर्गाणि मत्प्रसादात्तरिष्यसि ।
अथ चेत्त्वमहंकारान्न श्रोष्यसि विनङ्क्ष्यसि ।।५८।।
यदहङ्कारमाश्रित्य न योत्स्य इति मन्यसे ।
मिथ्यैष व्यवसायस्ते प्रकृतिस्त्वां नियोक्ष्यति ।।५९।।
स्वभावजेन कौन्तेय निबद्धः स्वेन कर्मणा ।
कर्तुं नेच्छसि यन्मोहात्करिष्यवशोद्रपि तत् ।।६०।।
ममा चित्त भएको तिमी मेरो प्रसादले सबै संकटहरु सजिलै पार हुनेछौ । र यदि अहंकारले मैले भनेको सुन्दैनौ भने विनष्ट हुनेछौ ।५८।।
जुन अहंकारलाई लिएर मैले युद्ध गर्दिन, यस्तो निश्चय गर्छौ भने तिम्रो त्यो मान्यता मिथ्या हो । किनभने तिम्रो स्वभावले तिमीलाई युद्धमा नियोजित गर्नेछ ।।५९।।
हे कौन्तेय, जुन कर्मलाई मोहका कारण गर्न चह“दैनौ, त्यसलाई पनि आफ्नो स्वभावले बांधिएर परवश भइ गर्नेछौ ।।६०।।
ईश्वरः सर्वभूतानां हृद्देशेद्रर्जुन तिष्ठति ।
भ्रामयन्सर्वभूतानि यन्त्रारुढानि मायया ।।६१।।
तमेव शरणं गच्छ सर्वभावेन भारत ।
तत्प्रसात्परां शान्तिं स्थानं प्राप्स्यसि शाश्वतम् ।।६२।।
अर्जुन, शरीर यन्त्रमा आरुढ ईश्वर सारा प्राणीहरुलाई आफ्नो मायाले उनको कर्म अनुसार घुमाउ“दै सबै प्राणीहरुको हृदयमा बसेको छ ।।६१।।
हे भारत, सबै प्रकारले त्यस परमेश्वरको शरणमा जाउ । त्यस परमात्माको कृपाले परम् शान्ति तथा शाश्वत स्थान प्राप्त गर्नेछौ ।।६२।।
व्याख्या
सन्त पुरुषहरुले गृहस्थलाई भन्ने गरेका छन्– एक हातले भगवान्को चरण समाई राख र एक हातले संसार समाइ राख । जुन बेला तिमीलाई संसारका कामले अलिकति फुर्सत हुन्छ, तुरुन्तै दुवै हातले परमात्माका चरण समाउ । यही हो अँध्यात्मिक गृहस्थका जीवनको सूत्र । पं नारायण प्रसाद पोखरेलले भजन गाउने गर्थे– कहिले नभुलौं, कहिले नभुलौं, हातमा काम मुखमा राम कहिले नभुलौं ।
इति ते ज्ञानमाख्यातं गुह्याद्गुह्यतरं मया ।
विमृश्यैतद्शेषेण यथेच्छसि तथा कुरु ।।६३।।
यो गोप्यभन्दा पनि गोप्य ज्ञान मैले तिमीले भनें । यसलाई राम्ररी विचार गरेर जे ठीक लाग्छ, त्यही गर ।
व्याख्या
एउटा उखान छ– उचालेको बाघले मृग मार्न सक्दैन । बाघलाई शिकार गर्न सिकाउन सकिन्छ तर मृगलाई मार्न उसैको पञ्जा समातेर हिर्काउने काम गर्न सकिन्न । उसले आफैं भित्रैबाट बल गर्नु पर्छ । चिकित्सकहरुले के मान्दछन् भने गर्भ बाहिर आउन स्वयं बालकले पनि पर्याप्त बल गर्नु पर्छ । माताको प्रयासले मात्र बालक बाहिर आउन सक्दैन । यी नियम सिकाइमा पनि लागू हुन्छन् । शिष्यलाई जति सुकै प्रशिक्षण दिए पनि शिष्य स्वयं आफैंले मेहनत गर्नु जरुरी हुन्छ । माउले बचेराका प्वांख केही ठूला भए पछि गु“डबाट घुचेटिदिन्छ । उसले आफ्ना बचेरालाई अत्याचार गरेको होइन । घुचेटेपछि बाध्य भएर बचेरोले उडन सिक्छ । उड्न सिकाउने तरिका यही मात्र हो । अब भगवान् कृष्णले अर्जुनलाई त्यही गर्न थाल्नु भएको छ । जे इच्छा लाग्छ त्यही गर । मैले भनेर होइन अब आफ्नै इच्छाले युद्ध गर्ने हो । आफ्नो कर्तव्य पूरा गर्ने हो । आदेश मान्ने होइन ।
बचेरोलाई खुल्ला आकाशमा नछोडिकन उसको व्यक्तित्व विकसित हुनसक्दैन । मानिसको खुल्ला आकाश भनेकै जीवनमा अज्ञातको जोखिम मोल्नु हो ।
आधुनिक चिन्तकहरुले यस कुरालाई स्टे हङ्ग्री, स्टे फुलिस, लिभ डेन्जेरसली जस्ता शब्दहरु प्रयोग गरेका छन् ।
परम वचन– शरणं व्रज
सर्वगुह्यतमं भूयः शृुणु मे परमं वचः ।
इष्टोsसि मे दृढमिति ततो वक्ष्यामि ते हितम् ।।६४।।
मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु ।
मामेवैष्यसि सत्यं ते प्रतिजाने प्रियोsसि मे ।।६५।।
सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।
अहं त्वा सर्व पापेभ्यो मोक्षयिष्यामि मा शुचः ।।६६।।
यस्तो अति गोपनीय मेरा परम वचनलाई फेरि सुन । मेरो अतिशय प्रिय छौ, त्यसैले अति हितकारी कुरा तिमीलाई प्रदान गर्छु ।।६४।।
मन्मना होउ । मलाई मन (ध्यान) देउ । मद् भक्त– मेरो भक्त बन । मद् याजी– मेरो यजन गर । मलाई प्रणाम गर (मनमा सम्मानको भाव राख) । अनि मलाई नै प्राप्त हुने छौ (मभित्र भएका ज्ञान प्राप्त गर्नेछौ)। तिमीलाई मैले के सत्य प्रतिज्ञा भनेको छु भने तिमी मलाई अति प्रिय छौ ।।६५।।
सारा धर्म, कर्तव्य, कर्म, अधिकार, कर्तव्य, त्याग गरेर तिमी केवल एक मेरो शरणमा आउ । मैले नै सारा पापहरुबाट तिमीलाई मुक्त गरीदिने छु ।।६६।।
व्याख्या
परमं वचः अर्थात् सामान्य वचन होइन । अन्तिम र सबभन्दा महत्त्वपूर्ण । अहिलेसम्म जे भनें त्यसभन्दा निकै महत्त्वपूर्ण । आफ्नो सबभन्दा प्रियलाई अभिभावकले अन्तिममा समझाउने कुरा के हो ? त्यही, परम वचन । अभिभावकको अन्तिम भनाई हुन्छ– राम्रो तरीकाले त्यो काम सम्पन्न गर्नु । नसक्ने भएमा मलाई सोध्नु । मलाई भन्नु ।
गुरुसंग ज्ञान हासिल गर्नु छ, केही सिक्नु छ भने पेडागोजी जति सुकै वैज्ञानिक भए पनि काम लाग्दैन । हरेक शिष्यका लागि यो नै गोपनीय कुरा हो । यो मात्र महत्त्वपूर्ण कुरा हो । त्यो के भने गुरु प्रति पूर्ण समर्पण भाव हुनुपर्छ । गुरु प्रति श्रद्धाभाव छैन भने शिष्यले केही सिक्न सक्दैन । यही परम वचन हो । यसभन्दा अर्को परम वचन हुन सक्दैन ।
म तपाईंको शिष्य भएं, मलाई परम श्रेय बताउनुहोस (गीता ३.२) । र तपाईंका शरण परें मेरो उद्धार गर्नुहोस्– शाधि मां त्वां प्रपन्नम् (गीता २.७) भने पछि मात्र गीता सुरु भएको कुरालाई पनि यस सन्भर्दमा ध्यानमा राख्नु पर्छ । यदि कसैले म शिष्य भएं भन्छ भनेर स्वीकार गर्छ भने त्यसका लागि परम वचन हो यो । त्यो के भने मलाई पूर्ण समर्पण गर । यो नै गुह्य कुरा हो । यो गोप्य किन हो भने यसको मर्म त्यस बेलासम्म थाहा हु“दैन जबसम्म शिष्यले पूर्ण समर्पण गर्दैन ।
चिकित्सककहां पुगेर उसलाई जिम्मा लगाएमा बल्ल औषधिले काम गर्छ । गाडीमा चढे पछि चालकलाई जिम्मा लगाएपछि उसले धैर्यपूर्वक लक्ष्यमा पुर्याउंछ । गुरुलाई पूर्ण समर्पण गरेपछि बल्ल बोध हुन्छ । पूर्ण समर्पण बिना बोध हुंदैन । यो उपनिषदकारहरुको लामो शोध र अनुभवजन्य निष्कर्ष हो ।
त्यसैले ज्ञानार्थीहरुलाई सिकाइने पहिलो मन्त्र हो–
गुरुब्र्रह्मा गुरुर्विष्णु गुरुदेव महेश्वर ।
गुरु साक्षात् परंब्रह्म तस्मै श्रीगुरुवै नमः ।।
स्वामी विवेकानन्दले गीताका ज्ञानयोगको व्याख्या गर्दा भनेका छन्– गीतालाई संस्कृत धर्मग्रन्थहरुको चुडामणि भनिन्छ । यो वेदको भाष्य रुप हो । गीता अत्यन्त सम्मानित काव्य ग्रन्थ हो । यस ग्रन्थले हामीलाई प्रष्टसंग भन्छ– आध्यात्मिक संग्राममा विजयी हुनु छ। विजयी हुनै पर्छ, । भागेर काम बन्दैन । समस्त आध्यात्मिकता अंगाल्नु पर्छ । गीताको प्रत्येक अध्याय आध्यात्मिक उचाईका लागि भर्याङ् हो । र शरणागति यसको अन्तिम खुडकिलो । त्यस पछि लक्ष्य प्राप्त हुन्छ । ग्रन्थहरुमा श्रेष्ठतम हो गीता ग्रन्थ र यसको गुह्यतम र अन्तिम शिक्षा हो– शरणागति योग ।
गीताको राजयोग बारेमा सारा संसारलाई जानकारी दिने स्वामी विवेकानन्दको यसै हप्ता विश्वभर जन्मोत्सव मनाईंदै छ । भारतमा उनको जन्म दिन लाई युवा दिवसको रुपमा मनाइन्छ । किनभने यस युवाले आध्यातिमक क्रान्ति गरेका थिए । ३३ वर्षको उमेरमा उनले संसार छोडेका हुन् । तर उनले यति धेरै काम गरेका छन् जुन विगत २०० वर्षमा अलिकति मात्र अध्ययन हुन सकेको छ र अझै २०० वर्षका लागि जति पनि काम गर्न सकिन्छ ।
कोमल गीतामा उपर्युक्त श्लोकको अनुवाद निम्नलिखित प्रकारले गरिएको छ–
फेरि रहस्य सबको मुख्य बात बताउ“छु ।
मेरो ज्यादै पियारा छौ, त्यसैले हित भन्दछु ।।६४।।
ममा मन ममा भक्ति मेरै अर्चन बन्दन ।
गर मिल्छौ ममा प्यारा छौ, सा“चै भन्छु अर्जुन ।।६५।।
सारा धर्महरु छोडी मेरै शरणमा पर ।
छुटाउ“ला सबै पाप, शोक छोड धनुर्धर ।।६६।।
बाइबिलको प्रचार गर्नेहरुले ईसाको एउटा भनाईलाई आपप्नो सूत्र मानेर बिmस्तनहरुले विश्वमा आफ्ना धर्मको प्रचार गर्न सकेका हुन् । त्यो के हो भने उनी मनुष्य मात्रलाई पापमुक्त गर्न आएका हुन् । शोकमुक्त गर्न आएका हुन् । गीताको अन्तिम उपदेश नै त्यही हो– सारा धर्महरु छोडी मेरै शरणमा पर । छुटाउ“ला सबै पाप, शोक छोड धनुर्धर ।।६६।।
सारा धर्म छोड्नु भनेको के हो ? भगवान् श्रीकृष्णको यो भनाइ हिन्दु वा यहुदी वा जोरोष्टर यस्ता कुरासंग सम्बन्धित छैन । श्रीकृष्णले भन्न खोज्नु भएको धर्म भनेको उ भित्रको ठूलोपन वा सानोपन हो । मलाई धेरै मान्छन् वा कसैले टेर्दैन । म ठूलो पदमा छु वा सानो पदमा छु । मैले धेरै जानेको छु वा मैले केही जान्दिनं । उसका व्यक्तिगत गुण, भावना, अहंकार इत्यादि । यी सब त्याग गरेर मैले केही सिक्नु छ यही एक मात्र कुरा मनमा राख्नु भनिएको हो ।
हिन्दु धर्मका समुद्धारक आदि गुरु शंकराचार्य, जसले यस संसारलाई ३२ वर्षमा छोडेका हुन्, यी युवा संन्यासीले ६६ औं श्लोकलाई उपदेशको रुपमा यसलाई अन्तिम श्लोक मानेका छन् । यस पछि उनले गीताको केन्द्रिय विषय वस्तु के हो ? यसको खोजीनीति गरेका छन् । कुनै ग्रन्थको अध्ययन पछि उपसंहारमा पाठकलाई के हात लाग्नु पर्छ ? स्वयं आचार्यले भाष्यबाट के निष्कर्ष प्राप्त गरे ? यस विषयमा विचार गरेका छन् । गीता उपदेशको निष्कर्ष ज्ञान हो कि कर्म ? कि दुवै ? अस्मिन् हि गीताशास्त्रे परं निःश्रेयस साधनं निश्चितं किं ज्ञानं किं कर्म वा आहोस्विद् उभयम् इति । यस विषयमा उनले केही शंका र त्यसको समाधानका तर्क प्रस्तुत गर्दै आत्म–ज्ञान नै गीता उपदेशको उद्देश्य हो भन्ने निष्कर्ष प्राप्त गरेका छन् ।
उनले प्रश्न गरेका छन्– किन शंका भयो ?
अनि आफैं उत्तर दिएका छन्– किनभने जसलाई जानेर तिमी अमर हुने छौ । त्यस पछि तत्त्वले जानेर ममा प्रविष्ट हुनेछौ । तिम्रो कर्ममा मात्र अधिकार छ । तिमीले कर्म नै गर । यी भनाईले दुवै चाहिन्छ जस्तो पनि छ । त्यसैले कुन महत्त्वपूर्ण हो, त्यसको मीमांसा गर्नु जरुरी छ ।
प्राचीन तर्कशास्त्रमा गरिने यस प्रकारका प्रश्न उत्तरलाई पूर्व पक्ष र उत्तर पक्ष भनिन्छ । यो प्रश्न पनि आफैं गरिएको हो र तयसको समाधान पनि आफैंले पत्ता लगाइएको हो ।
शंकरले भनेका छन्– केवल आत्म–ज्ञान परम कल्याणको साधन हो । जतिसम्म भेद छ भन्ने लाग्छ त्यो मोक्ष प्राप्तिको समयान्तराल हो । यो भनेद समयको हो, ज्ञान र अज्ञानको होइन ।
आत्मामा क्रिया, कारक, र फल विषयक भेदबुद्धि अविद्याले गर्दा हुन्छ । कर्म मेरा हुन् । म त्यसको कर्ता । अमुक फलका लागि यो गरेको छु । यो अविद्या अनादिकालदेखि चलिआएको छ । म केवल अकर्ता, क्रियारहित र फलरहित आत्मा हुं । मबाट भिन्न अरु केही छैन । यस्तो आत्मविषयक ज्ञान उत्पन्न हुनासाथ कर्म प्रवृत्ति हेतु भेदबुद्धिको नाश हुन्छ । आचार्य शंकरको षटपदीमा उनका यस दर्शनको ज्ञान हुन्छ–
सत्यापि भेदापगमे नाथ तवाहं न मामकीनस्त्वम् ।
सामुद्रो हि तरंगः क्वचन समुद्रो न तारंगः ।।
(हे नाथ, तपार्इंं र मेरा बीचको भेद अपगत भयो अर्थात् तपार्इंं र म एउटै हो भन्ने ज्ञान भइसक्यो । तर पनि म तपार्इंको हु“, तपार्इं मेरो कदापि होइन । हुनत, समुद्र र तरंग एउटै हुन्छ तर पनि समुद्रको तरंग भनिन्छ, तरंगको समुद्र भनिंदैन अर्थात् तरंगले आफूलाई कहिल्यै पनि म समुद्र हु“ भन्न सक्दैन ।)
प्रश्न– त्यसो भए, मोक्ष अकार्य छ भने त ज्ञान पनि व्यर्थ छ ?
उत्तर– होइन, जसरी बत्तीको उज्यालोले रस्सीमा सर्पको भ्रान्ति हटाउ“छ, र अन्धकार नष्ट गर्छ । प्रकाशको फल भ्रान्ति विकल्प हटाएर वास्तविकता दर्शाउनु हो । आत्मज्ञान परम ज्ञान भएकाले त्यसको प्राप्तिका अगाडि अन्य ज्ञान तुच्छ हुन्छन् ।
प्रश्न– अनि, नित्यकर्म नगर्ने, केही पनि नगर्ने मुक्त हुन्छ ? पूर्वजन्मका फलको उपभोग कर्मको नाश हुनसक्दैन ? पूर्वजन्मका कर्म नित्यकर्म रुप हुन्छन भने त्यो भोगे पनिमोक्ष हुन्छ, त्यसो भए ?
उत्तर– होइन । नित्यकर्म र काम्य कर्म पनि पूर्व जन्मको कृत्यको फल हो । आरुरुक्षका लागि गीतामा कर्तव्य कर्म बताइएको छ र आरुढका लागि उपशम । तीन प्रकारका भक्त हरु पनि उदार छन् तर ज्ञानी मेरै रुप हो भनिएको छ । उनीहरुलाई मैले बुद्धियोग दिन्छु इत्यादि भनेर ज्ञानलाई नै प्रधान बताइएको छ ।
प्रश्न– त्यसो भए सबै कर्म अविद्यामूलक हुन्छन् ?
उत्तर– ब्रह्महत्यालाई निषिद्ध कर्म भनेको छ । नित्यकर्म शास्त्र प्रतिपादित छन् । तथापि अविद्यायुक्त छन् । किनभने ब्रह्महत्यामा जस्तै नित्य नैमित्तिक कर्ममा अविद्या र कामना हुनसक्छ ।
यस्ता प्रश्न उत्तरलाई वैदिककालीन वाद विवाद र निष्कर्षलाई पूर्व पक्ष र उत्तर पक्ष भनिन्छ । यी दुवै पक्ष त्यसबेला तर्क शास्त्र र शोध विधिका अनिवार्य अंग मानिन्थे ।
अबका तीनवटा श्लोकमा भगवान् कृष्णले आफ्ना उपदेशहरु उपसंहार गर्दै हुनुहुन्छ ।
गुह्यको अर्थ अरु कसैलाई बताउन नहुने भनेको होइन । गुह्य भनेको कुनै रहस्य भनेको पनि होइन । गुह्यको अर्थ हो आफ्नो सबभन्दा प्रिय व्यक्तिलाई बताउने कुरा । आफ्ना सबैभन्दा प्रियलाई, आफ्नो सबभन्दा निकटतमलाई जुन कुरा बताइन्छ त्यो । लुकाएर राख्ने भनेको होइन । श्रीकृष्णको भाव गोप्य हो । सबभन्दा सजिलो उपाय बताइएको हो । आचार्य शंकरले सारै मार्मिक तरिकाले यसको भाष्य गरेका छन् । यसलाई गीताको सर्वाधिक महत्त्वपूर्ण श्लोक मानेका छन् । उनले सर्वधर्मान्परित्यज्यको अर्थ सबै धर्माधर्मलाई त्याग गरेर केवल मेरो शरणमा आउ भन्ने अर्थ गरेका छन् । अधर्मको मात्र होइन धर्मको पनि त्याग गर्ने भनेका छन् । यस्ता कुराहरु नैतिकतावादीका लागि पाच्य हुंदैन । तर सत्य धर्म र अधर्म दुवैभन्दा पर छ भनेका छन् शंकरले ।
गीताको प्रतिपाद्य विषय ज्ञान हो कि कर्म ? यसको विस्तृत विवेचन श्लोक ६६ का आधारमा गरेका छन् । र गीताको अन्तिम लक्ष्य आत्म ज्ञान हो भन्ने निष्कर्ष प्राप्त गरेका छन् । विश्लेषणका लागि तर्कशास्त्रका विभिन्न विधि प्रयोग गरिएको छ । प्रश्नोत्तर तथा पूर्वपक्ष र उत्तरपक्षका विश्लेषण यथास्थान प्रयुक्त गरिएको देख्न सकिन्छ । उनले १० प्रकारका शंकाहरु प्रस्तुत गर्दै तिनीहरुको समाधान दिएका छन् । जसमा उनले गीताको उद्देश्य आत्मज्ञान हो भन्ने कुरा सिद्ध गरेका छन् । यो तर्क किन पनि सही छ भने कर्म गर्नका लागि पनि ज्ञान त चाहियो । मेशीनले जस्तो गरी कर्म गर्नुको पनि कुनै सार हुन्छ र ?
इदं ते नातपस्काय नाभक्ताय कदाचन ।
न चाशुश्रूषे वाच्यं न च मां योsभ्यसूयति ।।६७।।
यो (गीता उपदेश) कुनै पनि अवस्थामा तिमीले तपरहितलाई भन्नु हुंदैन । अभक्तलाई भन्नु हुंदैन । सुन्न अनिच्छुकलाई भन्नु हुंदैन । र जसले म प्रति दोषदृष्टि राख्छ, त्यस्तालाई भन्नु हुंदैन ।
व्याख्या
गीता ग्रन्थ सबैले अध्ययन गर्न पाउ“छन् । यसमा उमेर, लिंग, वर्ण, जाति वा धर्म कुनै कुराको बन्देज छैन । आश्चर्यजनक कुरा के छ भने विश्वको हरेक धर्म सम्प्रदायका मानिसहरुले यसमा आफुलाई चाहिने सामग्री प्राप्त गर्न सक्छन् । गीताले कुनै मतलाई, कुनै दृष्टिकोणलाई घोचेको, होच्याएको कहीं छैन । बरु त्यसबेला सम्मका दर्शनहरुलाई समन्वय गरिएको छ । तर गीतालाई त्यसको मूल रुपमा अध्ययन गर्ने क्षमता विकास गर्नु पर्छ । अनुवादहरुमा मूल कुराहरु हराउन सक्छ । गीता कसलाई भन्न हुन्छ? जसले ध्यानपूर्वक सुन्छ । असल शिष्यलाई । असल शिष्य भनेको त्यो हो जसले गुरुले सिकाएको गर्छ । गुरुले सिकाएको गाउंदै हिंड्ने वा केवल गुरुको प्रशंसा मात्र गर्नेलाई असल शिष्य भनिंदैन ।
गीता अध्ययनका लागि पनि केही पूर्व मान्यताहरु राखिएको छ । यसलाई अध्ययन गर्ने तपस्वी हुनु पर्छ । तपको अर्थ हो गीतामा जे भनिएको छ सो कुरा ईमानदारीसाथ पालन गर्नु । सुन्ने मानिस भक्तिमय भावमा हुनु पर्छ । यसबाट केही ज्ञान प्राप्त गर्न सक्ने विश्वास पाठकको मनमा हुनु पर्छ । दोषदृष्टि भएकोा हुनुहुंदैन । सिपालु छ, केही ज्ञान पनि छ तर हरेक कुराको उल्टो अर्थ लगाउने क्षमता भएकाहरुलाई दोष दृष्टि भएका भनिन्छ । यस्ता कुतर्क गर्नेलाई गीता बुझाउन सकिंदैन । कर्मण्येव अधिकारस्ते मा फलेषु कदाचन भनेको काम गर्नु फलको आशा नगर्नु हो, त्यसैले दिनभरि काम गर्नेलाई सांझ ज्याला दिनु पर्दैन भन्ने अर्थ लगाउन पनि सकिन्छ । अथवा कुनै फलको इच्छाले होइन, कर्तव्य नै अधिकार हो त्यसैले कर्तव्य पूरा गर्नु पर्छ भन्न पनि सकिन्छ । अधिकार होइन कर्तव्य प्रमुख हो ।
गीता अध्यात्मशास्त्र हो । तथापि यसका उपदेशबाट लौकिक जीवनको पनि एक सूत्र प्राप्त हुन्छ । त्यो के हो भने यदि कुनैले रुचाउंदैन, त्यसकहां गएर केही भन्नु बिलकुल बेकार छ । नीति भन्छ– विषधर सर्पलाई दूध खान दिंदा खाली उसको विष मात्र वृद्धि हुन्छ । दुष्टलाई उपदेश दिनु प्रत्युत्पादक हुन्छ । पञ्चतन्त्रमा एउटा कथा छ । पानी परेपछि गौंथली गुंडमा सुरक्षित बसेको थियो । रुखमा बांदर रुझेर जाडोले थर्थर कामिरहेको थियो । बांदरको दुर्दशा देखेर गौंथलीलाई टीठ लाग्यो । गौंथलीले सम्झाउन थालेछ– तिम्रा त हात छन् । मभन्दा बाठो छौ । मैले बनाए जस्तो घर बनाए त रुझ्न पर्दैनथ्यो ? सजिाले गरी घर बनाउन सकिन्छ । झन् तिम्रा त हात पनि छन् ।
त्यो सुने पछि रिसाएर बांदरले भन्यो– मामुली चरी, अझ मलाई अर्ती सिकाउंछेस् । यति भनेर गौंथलीको गुंड भत्काइ दियो ।
दुष्टलाई उपदेशको त के कुरा याचना पनि निरर्थक हुन्छ ।
ईसपको कथा छ– एउटा भेडाको पाठो खोलामा पानी खा“दै थियो । एउटा ब्वा“सो छेउमा उभिएर पानी खान थालेछ । अनि पाठोलाई राता राता आ“खाले हेर्दै भनेछ– हेर्दैनस् मैले पानी खा“दै छु । पानी जुठो गराउ“छस् ।
पाठोको गल्ती त थिएन तर माफी माग्दै अलि तल गएर पानी खान थालेछ ।
ब्वा“सोले भन्यो– फेरि पानी फोहोर गरिस् । तेरा र मेरा बीचको यो पानी धमिलो किन गराइस् ?
पाठोले भन्यो– होइन हजुर । यहा“ त तपाईंले कुचेको, जुठो बनाएको, र धमिलो पानी पो मसंग बगेर आएको छ र मैले त्यही पानी खांदै छु ।
ब्वा“सोले भन्यो– अझ बोल्छस् । त्यो फोहर पानी तैंले माथितिर पठाइरहेको छस् ।
यति भनेर पाठोलाई मारेर खायो ।
दोषदृष्टि भनेको ब्वा“सोको दृष्टि हो । त्यसैले यस्ता मानिसलाई गीता उपदेश गर्नु निरर्थक प्रयास हो ।
त्यसो भए कस्ता मानिसलाई गीता शास्त्र भन्न हुन्छ ?
य इमं परमं गुह्यं मद्भक्तेष्वभिधास्यति ।
भक्तिं मयि परां कृत्वा मामेवैष्यत्संशयः।। ६८।।
न च तस्मान्मनुष्येषु कश्चिन्मे प्रियकृत्तमः ।
भविता न च मे तस्मादन्य ः प्रियतरो भुवि ।।६९।।
जसले यस परम गोपनीय विषय (कुराकानी) मेरा भक्तहरुलाई निष्कामपूर्वक भन्ने छ । उसले मेरो पराभक्ति प्राप्त गर्दै मलाई नै प्राप्त गर्नेछ । यसमा संशय छैन ।
र त्यसभन्दा मेरो प्रिय गर्ने (वर्तमानमा) अर्को कोही पनि मानिस छैन र भविष्यमा पनि पृथिवी भरि उभन्दा प्रिय अर्को हुने छैन ।।६८–६९।।
व्यँख्या
गुह्यको अर्थ हो केवल प्रिय व्यक्तिसंग, अन्तरंगसंग भन्ने कुरा । रहस्यपूर्ण वा अरु कसैलाई भन्न नहुने कुरा होइन । अर्जुन कृष्णका अन्तरंग मित्र र शिष्य दुवै थिए ।
श्रीकृष्ण जस्तो गुरुको गुरुता अर्जुन जस्ता शिष्यको शिष्यतामा भर पर्छ । श्रीकृष्णले दिएका उपदेश त कति छन् कति ? तर उनको प्रसिद्धि गीताबाट छ । किनभने अर्जुन जस्ता शिष्यले त्यो सुने ।
अर्जुनको वीरता पनि कति छ कति तर कुरुक्षेत्र युद्धको वीरताका अगाडि सबै गौण छन् किनभने उनले त्यो कृत्य गरेको शिष्यताको उच्चता प्राप्त गरे पछि हो । रामकृष्णको शिष्य स्वामी विवेकानन्द भए । स्वामी विवेकानन्दले कहिल्यै पनि आफुलाई विशेष ठानेनन् । मभित्र मेरा गुरु बोलिरहनु भएको छ भन्थे स्वामी विवेकानन्दको प्रसिद्धि उनकी शिष्या निवेदिता (मार्गरेट) मा आधारित छ । खप्तडबाबाको प्रसिद्धि राजा वीरेन्द्रको शिष्यतामा भएको हो । मार्शलको प्रसिद्धि पीगु, हिक्स र केन्सको शिष्यत्वबाट भएको हो । आइन्स्टीनको ओपहाइमरबाट
अध्येष्यते च य इमं संवादमावयो ः ।
ज्ञानयज्ञेन तेनाहमिष्टः स्यामिति मे मतिः ।।७०।।
श्रद्धावाननसूयश्च शृणुयादपि यो नरः ।
सोSपि मुक्तः शुभांल्लोकान्प्राप्नुयात्पुण्यकर्मणाम् ।।७१।।
जसले हामी दुईको संवाद अध्ययन गर्ने छ उसले पनि ज्ञानयज्ञ गरेको हुनेछ र यस कृत्यद्वारा म इष्ट (पूजित) हुनेछु । यो मेरो मति (संकल्प) हो ।
जुन मनुष्यले श्रद्धायुक्त र अनसूय भइ श्रवण गर्छ, त्यो पनि मुक्त भएर, पुण्यकर्म युक्त भइ शुभ लोकहरुमा जानेछ ।।७०–७१।।
व्याख्या
अध्यात्म ग्रन्थहरुको एउटा अनौठो परमपरा छ, त्यो के भने यसलाई मनन गरे हुन्छ । त्यसमा लेखेको कुरा जीवनमा उतार्नु सबभन्दा उत्तम हो । त्यसलाई ध्यानपूर्वक अध्ययन मनन गरे पनि हुन्छ । नबुझी नबुझी पाठ गरे पनि हुन्छ । तर ती व्यक्तिहरु जसले पढ्न जान्दैनन् उनीहरुले रातो कपडामा बेरेर श्रद्धापूर्वक स्वच्छ स्थानमा राख्छन् । जुन अवस्थामा पनि श्रद्धा सर्वाधिक महत्त्वपूर्ण छ । यस श्रद्धाले मानिसको भित्र रुपान्तरण हुन जान्छ ।
ज्ञान मार्गमा प्रयास गर्ने व्यक्ति ज्यादै कम हुन्छन्, त्यसमध्ये सफल हुने झनै कम हुन्छन् । अन्टार्कटिकामा दुइ पटक गएर छ छ महिना बसोबास गरेर भारतको वैज्ञानिक अभियान दललाई सहयोग गर्ने नेपाली भुवनसिंह आफ्नो अनुभव सुनाउ“दै भन्ने गर्छन्– वि.सं.२०४३ मा अन्टार्कटिक महादेशको वैज्ञानिक अभियानमा जान लगभग २०० जना छनौट भए । यस पछि विभिन्न प्रकारका प्रशिक्षण पार गर्दै जा“दा सबै परीक्षणहरुमा उत्तीर्ण हुने २० जनामा म पनि परें । अन्टार्कटिकको माइनस ९० डिग्री सेल्सियसको चिसो । मानिस को त के कुरा पेंगुइन बाहेक अन्य प्राणी नपाइने ठाउं । आफ्ना प्रिय नातेदारसंग महिर्नौंंको सम्बन्धविहीनता । छ महिना उरण्ठ्याउलो दिन र छ महिनाको लामो पट्यार लाग्दो रात । एक नासको एकान्त । विश्व कै सुनसान स्थान । अनेक प्रकारका कल्पनाहरुले गर्दा मानिसहरु यस्ता काममा हात हाल्न डराउंछन् । यस भौतिक दुनिया“को यात्रामा शयौंमध्ये केही थोरैले प्रयास गर्छन् । प्रयास गर्नेमध्ये पनि सबैले सफलता प्राप्त गर्न सक्दैनन् । केवल लगनशीलले मात्र प्राप्त सफलता गर्नसक्छन् ।
भगवान् श्रीकृष्णले भन्नु हुन्छ– यसरी मप्रति श्रद्धा राख्ने, लगनशील, सच्चा भक्त अवश्य सफल हुन्छ । किनभने सच्चा श्रद्धाले उसमा मप्रति स्वाभाविक प्रेम र विश्वास उत्पन्न गरीदिन्छ । यो विश्वास उत्पन्न नभइ शिष्यत्व उत्पन्न हुंदैन । शिष्यत्व उत्पन्न नभइ गुरुले भनेको कुनै पनि कुरा ब