श्रीमद्भगवद्गीता द्वितीय अध्याय

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

श्रीमद्भगवद्गीता अध्याय दुई[सम्पादन]

सञ्जय उवाच[सम्पादन]


तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम् ।
विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः ।।१।।
सञ्जयले भने–
गहभरी आ“सु गरी बिचरो बनेका अर्जनुलाई मधुसूदन (कृष्ण) ले यो कृपापूर्ण वचन भन्नुभयो ।।१।।

श्रीभगवानुवाच[सम्पादन]


कृतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम् ।
अनार्यजुष्टमस्र्वग्यमकीर्तिकरमर्जुन ।। २ ।।
क्लैव्यं मा स्म गमः पार्थ नैतत्त्वयुपपद्यते ।
क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप ।। ३ ।। श्रीभगवान्ले भन्नुभयो– हे अर्जुन, यस विषम परिस्थितिमा अनार्यले गर्ने, अस्वर्गप्रद तथा अकीर्तिकारक कामकुरा तिमीलाई कहांबाट आयो ?२।। हे पार्थ, कायरता नदेखाउ । तिमीलाई यो सुहाउने कुरा होइन । हे परन्तप, हृदयको क्षुद्र दुर्बलतालाई त्याग अनि, (युद्धका लागि) उठ ।।३।।

अर्जुन उवाच[सम्पादन]


कथं भीष्ममहं सङ्ख्ये द्रोणं च मधुसूदन ।
इषुभिः प्रतियोत्स्यामि पूजार्हावरिसूदन ।। ४।।
गुरूनहत्वा हि महानुभावान्, श्रेयो भोक्तुं भैक्षमपीह लोके ।
हत्वार्थकामांस्तु गुरूनिहैव, भुञ्जीय भोगान्रुधिरप्रदिग्धान् ।। ५ ।।
न चैतद्विद्मः कतरन्नोगरीयो, यद्वा जयेम यदि वा नो जयेयुः ।
यानेव हत्वा न जिजीविषामस्तेऽवस्थिताः प्रमुखे धार्तराष्ट्राः ।।६।।
कार्पण्यदोषोपहतस्वभावः, पृच्छामि त्वां धर्मसम्मूढचेताः ।
यच्छ«े्रेयः स्यान्निश्चितं ब्रूहि तन्मे शिष्यस्तेऽहं शाधि मां त्वां प्रपन्नम् ।। ७ ।।
न हि प्रपश्यामि ममानुपद्याद्, यच्छोकमुच्छोषणमिन्द्रियाणाम् ।
अवाप्य भूमावसपत्नमृद्धं, राज्यं सुराणामपि चाधिपत्यम् ।।८।।


अर्जुनले भने— हे कृष्ण, युद्ध भूमिका यी भीष्म र द्रोण, जुन पूजा योग्य छन्, लाई मैले बाण प्रतिप्रहार गर्न कसरी सक्छु ?४।।
महानुभाव (भीष्म) र गुरूलाई नमारेर बरु भिक्षा माग्नु श्रेयस्कर छ । अर्थकामी गुरूहरूलाई मारेर सुख भोग्नु भनेको त उनकै रगतले मुछिएका भोग भोग्नु हो ।।५।।
हामीलाई भिक्षा र युद्धमा कुन कार्य श्रेष्ठ छ ? यो थाहा छैन । अनि के पनि थाहा छैन भने हामीले उनीहरूलाई जित्छौं कि उनीहरूले हामीहरूलाई जित्छन् ? जसलाई मारेर हामी बा“च्न चाहन्नौं तिनै धृतराष्ट्रका सन्तान युद्धका लागि प्रमुख (अगाडि) भएर उभिएका छन् ।।६।।
कृपणता दोषले मेरो स्वाभाविक ज्ञान नष्ट भयो । कर्तव्याकर्तव्य निर्णय गर्न सकिरहेको छैन । अतः तपाईसंग म सोध्छु– मेरो निम्ति जुन श्रेयकारक छ त्यो भन्नुहोस् । म तपाईको शिष्य भए“ । तपाईको शरणागत मलाई शिक्षा दिनुहोस् ।।७।।
किनभने समस्त पृथ्वीको ऐश्वर्य भएको निष्कण्टक राज्य अथवा स्वर्गको इन्द्रपद पाए पनि इन्द्रियलाई सुकाउने मेरो यो तीव्र शोक हटाउने कुरा म केही देख्दिन“ ।।८।।

सञ्जय उवाच[सम्पादन]


एवमुक्त्वा हृषीकेशं गुडाकेशः परन्तपः ।
न योत्स्य इति गोविन्दमुक्त्वा तूष्णीं बभूव ह ।। ९।।
सञ्जयले (धृतराष्ट्रतर्फ सम्बोधित भएर) भने— परन्तप गुडाकेश (अर्जुन) ले श्रीकृष्णलाई यी कुराहरू भन्दै म युद्ध गर्दै गर्दिन“ भनी मौन भए ।।९।।


तमुवाच हृषीकेशः प्रहसन्निव भारत ।
सेनयोरुभयोर्मध्ये विषीदन्तमिदं वचः ।।१०।।
(सञ्जयले भने)
हे महाराज, विषादमा परेका अर्जुनसंग दुवै सेनाको बीचमा श्रीकृष्णले मुसुक्क गर्दै यस प्रकार भन्नुभयो ।।१०।।

श्रीभगवानुवाच[सम्पादन]


अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादा“श्च भाषसे ।
गतासूनगतसू“श्च नानुशोचन्ति पण्डिताः ।।११।।
न त्वेवाहं जातु नाशं न त्वं नेमे जनाधिपाः ।
न चैव न भविष्यामः सर्वे वयमतः परम् ।।१२।।
देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा ।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ।।१३।।
मात्रास्पर्शास्तु कौन्तेय, शीतोष्णसुखदुःखदाः ।
आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत ।। १४।।
यं हि न व्यथन्त्येते पुरुषं पुरुषर्षभ ।
समदुःखसुखं धीरं सोऽमृतत्वाय कल्पते ।। १५।।


श्रीभगवान्ले भन्नुभयो–
तिमी शोक गर्न नपर्नेका लागि शोक गर्दैछौ तर कुरा भने पण्डितका जस्ता गरिरहेका छौ । गतासून् (जसको प्राण गयो) र अगतासून् (जसको प्राण गएको छैन) ती सबैका लागि पण्डितहरुले शोक गर्दैनन् ।।११।।
कुनै समयमा म थिइन“, तिमी थिएनौं वा यी राजाहरू थिएनन् भन्ने कुरा होइन । (अनि) के नठान भने भविष्यमा पनि हाम्रो अस्तित्व हुने छैन ।।१२।।
जसरी जीवात्माको यस शरीरमा कुमार, यौवन, वृद्धावस्था हुन्छ । अनि अर्काे देह प्राप्त हुन्छ । यस्तोमा धीर व्यक्ति मोहित हु“दैन ।।१३।।
जाडोगर्मी, सुखदुख यी सब मात्रा र स्पर्शले जानिन्छन् । तर हे कौन्तेय, यी आउ“छन्, जान्छन् । त्यसैले अनित्य छन् । हे भरतवंशी (अर्जुन), तिनीहरूलाई सहन गर ।।१४।।
हे पुरुषश्रेष्ठ, किनभने सुखदुख सम भएका जुन धीर पुरुषलाई विषय र इन्द्रियका संयोगहरुले विचलित पार्न सक्तैनन्, त्यसले अमरता पाउन सक्तछ ।।१५।।
नासतो विद्यते भावो नाभावो विद्यते सतः।
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्वदर्शिभिः ।।१६।।
अविनाशी तद्विद्धि येन सर्वमिदं ततम् ।
विनाशमव्ययस्यास्य न कश्चित्कर्तुमर्हति ।।१७।।
अन्तवन्त इमे देहाः नित्यस्योक्ताः शरीरिणः ।
अनाशिनोऽप्रमेयस्य तस्माद्युध्यस्व भारत ।। १८।।
य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम् ।
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते ।। १९।।
न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।। २०।। वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् ।
कथं स पुरुषः पार्थ, कं घातयति हन्ति कम् ।।२१।।
वासांसि जीर्णानि यथा विहाय, नवानि गृह्णाति नरोऽपरााणि ।
तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही ।।२२।।
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेद्य्न्त्यापो न शोषयति मारुतः ।।२३।।
अच्छेद्योऽयमदाह्योेऽयमऽक्लेद्योऽशोष्य एव च ।
नित्यः सर्वगतःस्थाणुरचलोऽयं सनातनः ।।२४।।
अव्यक्तोऽयमचिन्त्योऽयमविकार्योऽयमुच्यते ।
तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ।।२५।।


असत् वस्तुको भाव (सत्ता) हुं“दैन, सत् वस्तुको अभाव हु“दैन । सत् असत् यी दुवैको (उभय) तŒव जान्नेले (मात्र यो कुरा) राम्ररी देखेका हुन्छन् ।।१६।।
जसद्वारा यो समस्त विश्व व्याप्त छ, त्यसैलाई अविनाशी जान । यस अव्ययको नाश कसैले पनि गर्न सक्तैन ।।१७।।


यी देहहरू नाशवान् छन् । (तर) यो नित्य, अविनाशी, अप्रमेय, (जुन छ, त्यसलाई) शरीरी भनिएको छ । त्यसकारण, हे भरतवंशी (अर्जुन), युद्ध गर ।।१८।।
जसले यसलाई हत्या गर्छु भन्दछ र जसले यो मर्छ भनी बुझ्छ ती दुवैथरीले वास्तविक कुरा नजानेर हो । यसले कसैलाई मार्दा पनि मार्दैन र कसैले मारेर यो मर्दा पनि मर्दैन ।।१९।।
न यसको जन्म हुन्छ, न मृत्यु । वा कदाचित् एक पटक भयो तर अब फेरि हु“दैन– त्यो पनि होइन । यो अज, नित्य, शाश्वत छ । पुराण छ, अर्थात्, जुनसुकै कुराभन्दा पुरानो हो । वृद्धि वा ह्रासरहित अर्थात् जन्म, अन्त, वा केवल एक पटक मात्र जन्म यी भाव विकारदेखि रहित छ । त्यसैले शरीरको नाश हु“दा यसको नाश हु“दैन ।।२०।।
यसलाई अविनाशी, नित्य, अज तथा अव्यय जान । (त्यसो भए) हे पार्थ, त्यसले कसरी र कसलाई मार्ला वा मार्न लगाउला ?२१।।

जसरी मनुष्यले जीर्ण, थोत्रो कपडा फालेर नयां लगाउ“छ, त्यसै गरी देहीले पनि भोगद्वारा पुरानो भएको शरीरलाई छोडेर नया“ं शरीर लिन्छ ।।२२।।
यसलाई शस्त्रले काट्न सक्दैन (त्यसैले अच्छेद्य छ) । यो आगोले जलाउन सक्दैन (त्यसैले अदाह्य हो) । यसलाई पानीले भिजाउन सक्दैन (त्यसैले अक्लेद्य हो) । अनि यसलाई वायुले सुकाउन
पनि सक्दैन (त्यसैले यो अशोष्य हो) । यो त नित्य, सर्वव्यापक, स्थाणु, अचल र सनातन छ ।
यो इन्द्रियले नजानिने, मन बुद्धिले पनि नभेट्टाइने, र कहिल्यै नबिग्रने छ । त्यस कारण यस (देही) लाई राम्ररी चिनेर तिमीले शोक गर्नु उचित छैन ।।२३–२५।।



अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम् ।
तथापि त्वं महाबाहो नैवं शोचितुमर्हसि ।।२६।।
जातस्य हि धु्रवो मृत्योध्र्रुवं जन्म मृतस्य च ।
तस्मादरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।।२७।।
अथवा (अब अर्को तरीकाले बुझ) यदि तिमीले यसलाई नित्य नमानेर शरीरका साथै जन्मने हुन्छ (शरीर मर्नासाथ सबै कुरा मर्छन्) भन्ठान्छौ भने पनि हे महाबाहो (वीर अर्जुन) तिमीले यतिविधि अफशोच गर्नु मुनासिब छैन । (किनभने) जुन कुरा उत्पत्ति हुन्छ, त्यो अवश्य नष्ट हुन्छ । जन्म पछि मृत्युको क्रम निश्चित छ । त्यसकारण यस्तो अपरिहार्य अर्थ (उपाय नभएको विषय) मा तिमीले शोक गर्नु हु“दैन ।।२६–२७।।



अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत ।
अव्यक्तनिधनान्येव तत्र का परिदेवना ?२८।।
आश्चर्यवत्पश्यति कश्चिदेनमाश्चर्यवद्वदति तथैव चान्यः ।
आश्चर्यवच्चैनमन्यः श्रृणोति श्रुत्वाप्येनं वेद न चैव कश्चित् ।। २९ ।।
देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत ।
तस्मात्सर्वाणि भूतानि न त्वं नशोचितुमर्हसि ।।३०।।
स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि ।
धम्र्याद्धि युद्धाच्छ«ेयोद्रन्यत्क्षत्रियस्य न विद्यते ।।३१।।
यदृच्छया चोपपन्नं स्वर्गद्वारमपावृतम् ।
सुखिनः क्षत्रियाः पार्थ लभन्ते युद्धमीदृशम् ।।३२।।
अथ चेत्वमिमं धम्र्यं संग्रामं न करिष्यसि ।
ततः स्वधर्मं कीर्तिं च हित्वा पापमवाप्स्यसि ।।३३।।
हे भरतवंशी (अर्जुन), समस्त भूतवर्ग पहिले अव्यक्त थिए, बीचमा प्रकट भएका छन् । नाश भएपछि फेरि अव्यक्त हुने छन् । अनि त्यस्तो कुरामा के को रुवाबासी ?२८।।
कसैले यसलाई अचम्म मानेर हेर्छन् । कसैले अचम्म मानेर यसको बयान गर्छन् । अरु कसैले अचम्म मान्दै सुनेर बसेका हुन्छन् । कोही (त कस्ता हुन्छन् भने) यस विषयमा जति सुने पनि (कुरै) बुझ्दैनन् ।।२९।।
हे भरतवंशी, (सुन) । समस्त प्राणीका देहमा रहेको देही अबध्य छ । त्यसकारण तिमीले कुनै प्राणीका निम्ति पनि शोक गर्नु योग्य (उचित) छैन ।।३०।।
(तत्व दृष्टितिरको ख्याल नगरी) केवल स्वधर्मलाई मात्र लिने हो भने पनि तिमी आफ्नो कर्तव्य पथबाट विचलित हुनु ठीक छैन किनभने क्षत्रियका लागि धर्मयुद्धभन्दा कल्याणकारी अरु केही छैन ।।३१।।
हे पार्थ, यादृच्छिक (आफैं प्राप्त हुन आएको), अपावृत्त (उद्घाटित) स्वर्गको ढोका जस्तो यस प्रकारको युद्ध भाग्यवान् क्षत्रियहरूले मात्र पाउ“छन् ।।३२।।
यदि कदाचित तिमीले यो धर्मयुक्त युद्ध गरेनौ भने त्यसबाट स्वधर्म र कीर्ति दुवैलाई गुमाएर पापको भागी हुनेछौ ।।३३।।


अकीर्ति चापि भूतानि कथयिष्यन्ति तेऽव्ययाम् ।
सम्भावितस्यचाकीर्तिर्मरणादतिरिच्यते ।।३४।।
भयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथाः ।
येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम् ।। ३५।।
अवाच्यवादांश्च बहुन्वदिष्यन्ति तवाहिताः ।
निन्दन्तस्तव सामथ्र्यं ततो दुःखतरं नु किम् ।।३६।।
हतो वा प्राप्स्यस्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम् ।
तस्मादुत्तिष्ठ कौन्तेय, युद्धाय कृतनिश्चय ।।३७।।
सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ ।
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।३८।।
एषा तेऽभिहितासाङ्ख्ये बुद्धिर्याेगे त्विमां श्रृणु ।
बुद्धया युक्तो यया पार्थ धर्मबन्धं प्रहास्यसि ।।३९।।
नेहाभिक्रम नाशोऽस्ति प्रत्यवायो न विद्यते ।
स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात् ।।४०।।
(यति मात्र होइन अरु पनि अनिष्ट छ ।) लोकले चिरकालसम्म तिम्रो अपयश गाउने छ । सभ्य व्यक्तिका लागि अपयश मरणभन्दा पनि बढी (खराब) हो ।।३४।।
(दुर्याेधन, कर्ण आदि) महारथीहरूले तिमीलाई डराएर युद्धबाट भागेको ठान्ने छन् । अघि जसले तिमीलाई ठूलो महŒव दिन्थे, उनीहरूले तिमीलाई तुच्छ ठान्ने छन् ।।३५।।
तिम्रा शत्रुहरू तिम्रो सामथ्र्यलाई निन्दा गर्दै अनेकौं अवाच्य (भन्ने नहुने) वचनहरू बोल्ने छन् । त्यसभन्दा बढी दुख अरु के होला ?३६।।
(तर युद्ध गर्दा के हुन्छ भने) युद्धमा मर्यौ भने स्वर्ग जाने छौ र विजयी भयौ भने पृथ्वीको राज्य प्राप्त हुने छ । त्यसैले हे कौन्तेय, उठ । युद्धलाई दृढ होउ । (धैर्य नगुमाउ ।)।।३७।। सुखदुख, लाभहानि, विजय पराजय सबैलाई एकै देखेर युद्ध गर । यसो गर्नाले तिमीलाई पाप लाग्ने छैन ।।३८।।
अहिलेसम्म मैले तिमीलाई जुन बुद्धिको कुरा गरें त्यो साङ्ख्यको सिद्धान्तबाट भनें अब त्यही बुद्धिका विषयमा योगको सिद्धान्तबाट सुन । हे पार्थ, यस बुद्धि (विचार) ले युक्त भएपछि तिमी कर्मबन्धनलाई राम्ररी नष्ट गर्न सक्ने छौ ।।३९।।
यसका. अभिक्रमको नाश हु“दैन । अनि पालन गर्दा प्रतिप्रभाव पनि हु“दैन । यस धर्मको अल्प परिपालनले पनि सबै डरलाग्दा भयबाट सुरक्षा प्रदान गर्छ ।।४०।।

व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन ।
बहुशाखा ह्यनन्ताश्च बुद्धयोऽव्यवसायिनाम् ।।४१।।
यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः ।
वेदवादरताः पार्थ नान्यदस्तीति वादिनः ।।४२।।
कामात्मानः स्वर्गपरा जन्मकर्मफलप्रदाम् ।
क्रियावशेषबहुलां भोगैश्वर्यगतिं प्रति ।।४३।।
भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।
व्यवसायात्मिका बुद्धिः समाधौ न विधीयते ।।४४।।


हे अर्जुन, यस कल्याण पथमा निश्चयात्मिका बुद्धि एउटै छ । निश्चय भावना नभएका व्यक्तिका बुद्धिहरू (वासनानुसार) अनन्त छन् ।।४१।।
हे पार्थ, अल्पबुद्धि (अविपश्चितः), ज्ञानका कुरामा वादविवाद गर्न रुचाउने (वेदवाद रता), यस (आफूले जानेको) बाहेक अरु केही पनि छैन भन्ठान्ने, स्वर्गको कामना गर्ने, जन्म र कर्मका तथा भोग र
ऐश्वर्यका फलमा आसक्त, अनेक प्रकारका क्रिया र कर्मकाण्डमा आसक्त यी फुलबुट्टा भरेर कुरा गर्नेहरू (पुष्पितां वाचं) कुरा गरेर मक्ख पार्नेहरू (अपहृतचेतसाम्) का कुराहरूले बुद्धि खण्डित हुनजान्छ । यसले गर्दा, समाधि (सफलता) प्राप्त हु“दैन ।।४२–४४।।


त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन ।
निद्र्वन्द्वो नित्यसत्वस्थो निर्याेगक्षेम आत्मवान् ।।४५।।
यावानर्थ उदपाने सर्वतः सम्प्लुतोदके ।
तावान् सर्वेषु वेदेषु ब्राह्मणस्य विजानतः ।।४६।।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।४७।।
योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय ।
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते ।।४८।।

(उनीहरूका अनुसार) वेदका वर्णन तीन गुणका विषयमा अलमलिएका हुन्छन् । (तर) हे अर्जुन, निद्र्वन्द्व र सदा तŒवमा स्थित हुनु छ भने (तिमी) योगक्षेमका चिन्ताबाट मुक्त तथा आत्मनिष्ठ होउ ।।४५।। चारैतिरबाट पानी जम्मा भएको ठूलो तलाउ वा नदी मिलेपछि साना साना धारा कुवा“को केही प्रयोजन रह“दैन । त्यस्तै (ब्रह्मानन्द भेट्टाएको) ब्रह्मज्ञानीलाई ससाना आनन्दहरू निरर्थक हुन्छन् । ।।४६।। कर्म गर्नुमा तिम्रो अधिकार छ, फल छैन । त्यस कारण तिमी फलको इच्छाले कर्म गर्ने नहोऊ । फेरि फल पाईंदैन भने किन कर्म गर्नु भन्ने विचार पनि नलेउ ।।४७।। हे अर्जुन, योगमा स्थिर भएर, आसक्तिलाई छोडेर, कार्यको सिद्धि र असिद्धि दुवैमा हर्ष र शोकरहित भएर कर्म गर । यसरी समभाव राख्नुलाई समत्व योग भनिन्छ ।।४८।।

दूरेण ह््यवरं कर्म बुद्धियोगाद्धनञ्जय । बुद्धौ शरणमन्विच्छ कृपणाः फलहेतवः ।।४९।। बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते । तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् ।।५०।। कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिणः । जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम् ।।५१।। यदा ते मोहकलिलं बुद्धिव्र्यतितरिष्यति । तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च ।।५२।। श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला । समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि ।।५३।।

(किनभने) हे धनञ्जय, समत्व बुद्धियोगभन्दा सकाम कर्म धेरै नै अवर (तल) छ । त्यसकारण तिमी समत्व बुद्धिको शरण लेऊ । फलको इच्छाले कर्म गर्नेहरू कृपण (सानो) विचारका हुन्छन् ।।४९।। समत्व बुद्धियुक्त कर्मयोगी संसारमा रहेर पनि पाप–पुण्य दुवैबाट अलग हुन्छ । त्यस कारण तिमी यही योग गर । योगले कर्ममा कुशलता प्रदान गर्छ ।।५०।। समत्व बुद्धियुक्त मनीषीहरू नै कर्मफललाई त्यागेर जन्मरूपी बन्धनबाट मुक्त भइ (दुखशोकादिरहित) अनन्त शान्तिमय पद पाउ“छन् ।।५१।। जब तिम्रो बुद्धिले मोहरूपी गहन कालुष्यलाई पार गर्नेछ अनि त्यस बेला सकाम विषयमा अघि सुनिसकेको र पछि सुन्नु पर्ने दुवैबाट विरक्त हुनेछौ ।।५२।। सकाम श्रुतिहरूका नाना तरहका वाक्यले विक्षिप्त भएको तिम्रो बुद्धि जब निश्चल भएर ब्रह्ममा स्थिर होला त्यस दशामा तिमीले योगको यथार्थ स्वरूप फेला पार्नेछौ ।।५३।।

अर्जुन उवाच[सम्पादन]

स्थित प्रज्ञस्य का भाषा समाधिस्थस्य केशव । स्थितधीः किं प्रभाषेत किमासीत व्रजेत किम् ।।५४।। अर्जुनले सोधे– हे केशव समाधिमा स्थित भएको स्थित प्रज्ञ कसरी चिनिन्छ ? स्थिर बुद्धि व्यक्ति कसरी बोल्छ ? कसरी बस्छ ? कसरी हिंड्छ ?५४।।

श्रीभगवानुवाच[सम्पादन]

प्रजहाति यदा कामान्सर्वान्पार्थ, मनोगतान् । आत्मन्येवात्मना तुष्टः स्थितप्रज्ञस्तदोच्यते ।।५५।। दुखेप्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः । वीतरागभयक्रोधः स्थितधीर्मुनिरूच्यते ।।५६।। यः सर्वत्रानभिस्नेहस्तत्तत्प्राप्य शुभाशुभम् । नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता ।।५७।। यदा संहरते चायं कूर्माेऽङ्गानिव सर्वशः । इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।५८।। विषया विनिवर्तन्ते निराहारस्य देहिनः । रसवर्जं रसोùप्यस्य परं दृष्ट्वा निवर्तते ।।५९।।

श्रीभगवान्ले भन्नु भयो– हे पार्थ, जुन अवस्थामा मनमा रहेका सम्पूर्ण कामनाहरूलाई त्यागेर आफू आफैंमा सन्तुष्ट रहन्छ, त्यस अवस्थालाई स्थितप्रज्ञ भनिन्छ ।।५५।। जसको मन दुखमा व्याकुल हु“दैन, सुखमा आसक्त हु“दैन र जो रीस, राग, भय प्रेम यी सबबाट छुटको छ, त्यसलाई स्थितप्रज्ञ मुनि भनिन्छ ।।५६।। जो कुनै विषयमा पनि आसक्त छैन, शुभ (अनुकूल) हु“ंदा हर्ष र अशुभ (प्रतिकूल) हु“दा दुख पनि मान्दैन त्यसको प्रज्ञा प्रतिष्ठित भयो भन्ने बुझिन्छ ।।५७।। कछुवाले जसरी आफ्ना सारा अङ्गहरू भित्र समेट्छ । त्यसै गरी स्थित प्रज्ञले आफ्ना इन्द्रियहरू इन्द्रियकै लागि राख्छ ।।५८।। निराहारी (इन्द्रियहरूद्वारा विषय ग्रहण नगर्ने) मानिसका विषयहरू त निवृत्त हुन जान्छन् (किनभने उसले ग्रहण नै गर्दैन) तर राग (भने) निवृत्त हु“दैन । आसक्ति रहिरहन्छ । स्थित प्रज्ञको विषय प्रतिको आसक्ति पनि परमतŒवको साक्षात्कार गरेर निवृत्त हुनजान्छ ।।५९।।


यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चितः । इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मन ः ।।६०।। तानि सर्वाणि संयम्य युक्त आसीत मत्परः । वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता ।।६१।। ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते । सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते ।।६२।। क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः । स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।। ६३।। रागद्वेषवियुक्तैस्तु विषयानिन्द्रियैश्चरन् । आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति ।।६४।। प्रसादे सर्वदुःखानां हानिरस्योपजायते । प्रसन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते ।।६५।। नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना । नचाभावयतः शान्तिरशान्तस्य कुतः सुखम् ।।६६।। इन्द्रियाणां हि चरतां यन्मनोऽनुविधीयते । तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि ।।६७।। तस्माद्यस्य महाबाहो निगृहीतानि सर्वशः । इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।६८।। हे कौन्तेय, प्रमथनशील (हु“डल्ने) स्वभावका इन्द्रियहरूले प्रयत्न गर्ने मेधावी मानिसको मनलाई पनि जबरजस्ती हरण गर्छन् । (त्यसैले) सम्पूर्ण इन्द्रियलाई संयत गरेर युक्त (समाहित चित्त) र समर्पणका साथै मेरा आश्रित (मत्पर) होउ । ( किनभने इन्द्रियहरू वशमा भए पछि बल्ल बुद्धि स्थिर हुन्छ । केवल संयम र निषेधबाट इन्द्रियहरू वशमा हु“दैनन् । यसका लागि समर्पणका साथै इष्ट चिन्तन अनिवार्य छ ।)।।६०–६१।। (यदि यसको अभाव छ भने त्यो मानिस पतनाभिमुख हुनजान्छ ।) विषयको चिन्तन गर्ने मानिसलाई सो विषयमा आसक्ति हुनजान्छ । आसक्तिबाट कामना (तृष्णा) हुन्छ । कामना पूर्तिमा व्यवधान आउना साथ (विच्छिन्न इच्छाले गर्दा) क्रोध उत्पन्न हुन्छ । क्रोधले सम्मोह (मूढता र अविवेक) उत्पन्न हुन्छ । अविवेकबाट स्मृति भ्रम हुन्छ । स्मृति भ्रम भएमा (योग परायण) बुद्धि नष्ट हुनजान्छ । बुद्धि नष्ट हुन गएमा (त्यो मानिस आफ्ना अर्थ, काम, धर्म र मोक्ष सबै पुरुषार्थ) सबैतिरबाट अयोग्य हुनपुग्छ ।।६२–६३।। आत्माको विधिलाई प्राप्त (अन्तःकरणलाई विधिपूर्वक नियन्त्रणमा राख्ने व्यक्ति) आसक्ति र द्वेषबाट रहित, वशमा गरिएका आफ्ना इन्द्रियहरूद्वारा विषयहरूमा विचरण गर्दै प्रसाद (स्वास्थ्य, प्रसन्नता र अन्तःकरणको निर्मलता) प्राप्त गर्छ । ( अनि उसका लागि केही पनि अशुभ भन्ने हु“दैन जसबाट त्यो जोगिन परोस्) ।।६४।। अन्तःकरणको प्रसन्नतासंग संयुक्त भएमा उसका सबै (दैहिक, दैविक, भौतिक) दुखको अभाव (नाश) हुनजान्छ । (किनभने) त्यस प्रसन्नचित्त (व्यक्ति) को बुद्धि तुरुन्तै सही स्थान (आत्मस्वरूप) मा राम्ररी (आकाश स्थिर भए जस्तै) स्थिर हुन जान्छ । (तर) अयुक्त (समाहित चित्त नभएको) मानिसका अन्तःकरणमा निष्काम कर्मयुक्त बुद्धि र भावना (आत्मज्ञानमा दृढनिष्ठा) हु“दैन । भावनारहित मानिसलाई शान्ति कहा“ र अशान्तलाई सुख (शाश्वतको उपलब्धि) कहा“ ? (तृष्णा हुञ्जेल सुखको गन्धमात्र पनि प्राप्त हु“दैन ।)।।६५–६६।। विषयहरूमा विचरण गरिरहेका इन्द्रियहरूमा जुन इन्द्रियसंग मन रहन्छ त्यस एउटै इन्द्रियले पनि त्यस अयुक्त मानिसको बुद्धिलाई त्यसै गरी हरण (नष्ट) गर्छ जसरी जलमा डुङ्गालाई वायुले (विस्तारै) हरण गरेर गन्तव्यबाट टाढा लैजान्छ ।।६७।। (त्यसैले) हे महाबाहु, जुन मानिसका इन्द्रियहरू शब्द, रूप आदि विषयबाट राम्ररी वशमा गरिएका हुन्छन् उसको बुद्धि प्रतिष्ठित (स्थिर) हुन जान्छ ।।६८।।


या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी । यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः ।।६९।। आपूर्यमाणमचलप्रतिष्ठं, समुद्रमापः प्रविशन्ति यद्वत् । तद्वत्कामा यं प्रविशन्ति सर्वे, स शान्तिमाप्नोति न कामकामी ।।७०।। विहाय कामान्यः सर्वान्पुमा“श्चरति निःस्पृहः । निर्ममो निरहङ्कारः स शान्तिमधिगच्छति ।।७१।। एषा ब्राह्मी स्थितिः पार्थ नैनां प्राप्य विमुह्यति । स्थित्वास्यामन्तकालेद्रपि ब्रह्मनिर्वाणमृच्छति ।।७२।।


(अरु) सबै प्राणीका लागि जुन निशा हो संयमी त्यसमा जाग्रत बस्छ । जसमा अरु प्राणी जाग्रत बस्छन्, त्यो महात्माका लागि निशा हो । (त्यो योगी संसारमा नै बस्छ तर संसारको प्रभाव त्यसमा पर्दैन) ।।६९।। जसरी सबैतिरबाट परिपूर्ण अचल प्रतिष्ठा भएको समुद्रमा नदीहरूको जलले त्यसमा कुनै विकार उत्पन्न नगरी ठूलो वेगका साथ समाहित हुनजान्छ । त्यसै गरी स्थितप्रज्ञ मानिसमा सारा विषयभोग अलिकति पनि विकार उत्पन्न नगरिकन उसमा समाहित हुन जान्छन् । यस्तो मानिसले परमशान्ति (मोक्ष) प्राप्त गर्छ । भोगको चाहना गर्नेले होइन ।।७०।। जुन मानिसले सम्पूर्ण कामना र भोगहरूलाई त्याग गरेर (केवल जीवन मात्रका लागि चेष्टा गर्छ) तथा जुन निर्मम (म र मेरो भावरहित तथा अहंकाररहित) एवं स्पृहा (अभिलाषा) रहित आचरण गर्छ त्यसले परमशान्ति प्राप्त गर्छ । (त्यसपछि केही पनि प्राप्त गर्न बा“की रहं“दैन)।।७१।। हे पार्थ, यसरी प्राप्त अवस्था नै ब्राह्मी अवस्था हो । यस्तो महापुरुष ब्रह्मनिष्ठामा स्थित भएर शरीरको अन्तकालमा पनि ब्रह्मनिर्वाण (ब्रह्मानन्द) लाई प्राप्त गर्छ ।।७२।।

ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे साङ्ख्ययोगो नाम द्वितीयोऽध्यायः ।। यस प्रकार श्रीमदभगवदगीतारूपी उपनिषद् र ब्रहमविद्या तथा योग शास्त्रविषयक श्रीकृष्ण र अर्जुनको संवादमा साङ्ख्ययोग नाम गरेको दोस्रो अध्याय समाप्त भयो । ॐ तत् सत् ।