यजुर्वेद
यस शृङ्खलाको एक भाग |
हिन्दू शास्त्रहरु |
---|
वेद |
ऋग्वेद · यजुर्वेद सामवेद · अथर्ववेद |
वेदांगहरु |
शिक्षा · छन्दः व्याकरण · निरुक्त कल्प · ज्योतिष |
उपनिषद |
ऋग्वेदीय ऐतरेय |
पुराणहरु |
ब्रह्म पुराणहरु ब्रह्म पुराण · ब्रह्माण्ड पुराण ब्रह्मवैवर्त पुराण मार्कण्डेय पुराण · भविष्य पुराण विष्णु पुराणहरु विष्णु पुराण · श्रीमद्भागवत् पुराण नारदेय पुराण · गरुड पुराण · पद्म पुराण · अग्नि पुराण |
हिन्दू महाकाव्यहरु |
रामायण महाभारत (भगवद्गीता) |
अन्य शास्त्रहरु |
मनुस्मृति अर्थशास्त्र · आगम तन्त्रहरु · पञ्चरत्न सूत्रहरु · स्तोत्रहरु धर्मशास्त्र दिव्य प्रबन्ध तेवरम् रामचरितमानस योगवशिष्ठ |
शास्त्रका विभेद |
श्रुति · स्मृति |
यजुर्वेद चार वेदहरु मध्येको हिन्दू धर्मको एउटा महत्त्वपूर्ण श्रुति धर्मग्रन्थ हो। यसमा यज्ञ-प्रक्रियाको निम्ति गद्य र पद्य मन्त्रहरु छन्। यजुर्वेद यजुस + वेद यो हिन्दू धर्मका चार पवित्रतम प्रमुख ग्रन्थहरुमा एउटा हो। यज्ञमा वाचन गरिने गद्यात्मक मन्त्रहरुलाई ‘यजुस’ भनिन्छ। यजुस नाममा नैं आधारित यस वेदको का नाम यजुस+वेद दुइ शव्दहरुको सन्धिले (यजुर्वेद) बनिएकोछ। यजुर्वेदका पद्यात्मक मन्त्र ॠग्वेद अथवा अथर्ववेदबाट लिएका छन्।[१] यसमा स्वतन्त्र पद्यात्मक मन्त्र धेरै कम छन्। यस वेदमा अधिकांशतः यज्ञ र हवनका नियम तथा विधान छन्, अतः यो ग्रन्थ कर्मकाण्ड प्रधान छ। जहाँ ॠग्वेदको रचना सप्त-सिन्धु क्षेत्रमा भएको थियो भनें यजुर्वेदको रचना कुरुक्षेत्रको प्रदेशमा भएको हो।[२] कसै-कसैको मतानुसार यसको रचनाकाल १४०० से १००० ई.पू. मानिन्छ। यजुर्वेदका संहिताहरु लगभग अन्तमा रचिएका संहिताहरु हुन्, जो ईसा पूर्व द्वितीय सहस्राब्दि देखि प्रथम सहस्राब्दीको आरंभिक शताव्दीहरुमा लेखिएका हुन्।[१] यस ग्रन्थद्वारा आर्यहरुको सामाजिक तथा धार्मिक जीवनमाथि पूर्ण रुपमा असर परेको देखिन्छ। त्यस बेलाको वर्ण-व्यवस्था तथा वर्णाश्रमको झाँकी पनि यसैमा छ। यजुर्वेद संहितामा वैदिक कालका धर्मका कर्मकाण्ड आयोजनका साथै यज्ञ गर्नका निम्ति मन्त्रहरुको संग्रह छ। यजुर्वेदका दुइ शाखाहरु छन् : दक्षिण भारतमा प्रचलित कृष्ण यजुर्वेद र उत्तर भारतमा प्रचलित शुक्ल यजुर्वेद शाखा।
यसमा कर्मकाण्डका धेरै यज्ञहरुको विवरण छः
ऋग्वेदका लगभग ६६३ मंत्र यथावत् यजुर्वेदमा सामेल गरिएकाछन्। यजुर्वेद वेदको एउटा यस्तो भागहो, जो आज पनि जन-जीवनमा आफ्नो स्थान कुनै न कुनै रूपमा बनाएकोछ।[३] संस्कारहरु एवं यज्ञीय कर्मकाण्डहरुका अधिकांश मन्त्र यजुर्वेदका नैं छन्।[४]
संप्रदाय, शाखाहरु अनि संहिताहरु
[सम्पादन गर्नुहोस्]- संप्रदाय
यजुर्वेदाध्यायी परम्परामा दुइ सम्प्रदाय- ब्रह्म सम्प्रदाय अथवा कृष्ण यजुर्वेद र आदित्य सम्प्रदाय अथवा शुक्ल यजुर्वेद नैं प्रमुख छन्।
- संहिताहरु
वर्तमानमा कृष्ण यजुर्वेदको शाखामा ४ संहिताहरु -तैत्तिरीय, मैत्रायणी, कठ र कपिष्ठल कठ मात्र उपलब्ध छन्। शुक्ल यजुर्वेदका शाखाहरुमा दुइ प्रधान संहिताहरु- १. मध्यदिन संहिता र २. काण्व संहिता नैं वर्तमान कालमा प्राप्य छन्। अचेल प्रायः उपलब्ध हुने यजुर्वेद मध्यदिन संहिता हो। यसमा ४० अध्याय, १९७५ कण्डिकाहरु (एक कण्डिका धेरै भागहरुमा यागादि अनुष्ठान कर्महरुमा प्रयुक्त भएको कारण यसमा धेरै मन्त्रहरु हुन्छन्।) तथा ३९८८ मन्त्र छन्। विश्वविख्यात गायत्री मंत्र (३६.३) तथा महामृत्युञ्जय मन्त्र (३.६०) यसमा छन्।
- शाखाहरु
यजुर्वेद कर्मकाण्डसित सम्बन्धित हो र यसमा विभिन्न यज्ञहरु (जस्तै अश्वमेध)को वर्णन छ। यजुर्वेद पाठ अध्वुर्यद्वारा गरिन्छ| यजुर्वेद ५ शाखाहरुमा विभक्त छ-
- काठक
- कपिष्ठल
- मैत्रियाणी
- तैतीरीय
- वाजसनेयी
पढ्नुहोस्
[सम्पादन गर्नुहोस्]स्रोत
[सम्पादन गर्नुहोस्]बाहिरका कडीहरु
[सम्पादन गर्नुहोस्]- वेद-पुराण - यहाँ चार वेद एवं दशभन्दा अधिक पुराण हिन्दी अर्थ सहित उपलब्ध छन्। पुराणहरु यहाँ सुन्न सकिनेछ।
- महर्षि प्रबंधन विश्वविद्यालय-यहाँ सम्पूर्ण वैदिक साहित्य संस्कृतमा उपलब्ध छ।
- ज्ञानामृतम् - वेद, अरण्यक, उपनिषद् आदि पर सम्यक जानकारी
- वेद एवं वेदांग - आर्य समाज, जामनगरका जालघरमाथि सबै वेद एवं यिनको अर्थ दिइएकोछ।
- जसको उद्देश्य हो - वेद प्रचार
- वेद-विद्या_डॉट_कॉम