विकिपुस्तक हामी सबैको फुलबारी हो यसको गोड्मेल हाम्रो दायित्व हो । यसमा हुनु पर्ने सबै भन्दा ठुलो कुरो निश्पक्षता हो । चाहे प्रबन्धक होस या प्रयोगकर्ता अधिकारको दुरुपयोग गर्नु उचित हुन्न ।
विकिपुस्तक एक विकिमीडिया समुदाय हो, जो स्वतन्त्र जसले पनि सम्पादन गर्नपाउने पाठ्यपुस्तकहरुको निशुल्क पुस्तकालय हो । यदि तपाईं कुनै पनि विषयमा नयाँ पुस्तकको रचना गर्न चाहनुहुन्छ भनें विकिपुस्तकमा रच्न सक्नुहुनेछ। विकिपुस्तक जुलाई १०, २००३मा सुरुभएको हो ; त्यति बेलादेखि अहिले सम्म ७८ पृष्ठहरु कतिपय पुस्तक र कतिपय योगदानको कमीले अपूर्ण अवस्थामा छन् , सबै पाठ्यपुस्तकहरु तपाईँ जस्तै स्वयंसेवकहरुले निर्माण गर्नुभएको हो!
नेपाली भाषा व्याकरणमा संसारमा भएको जुनसुकै पनि वस्तुलाई जनाउने शब्दलाई नामपद भनिन्छ। अर्को शब्दमा भन्दा व्यक्ति, भाव, जाति, द्रव्य वा पदार्थ तथा समूहविशषलाई जनाउने शब्द नाम हुन् । नामपदलाई संज्ञा पनि भनिन्छ । व्यक्तिवाचक, जातिवाचक, समूहवाचक, द्रव्यवाचक र भाववाचक गरी नाम पाँच किसिमका हुन्छन् । व्यक्ति वा वस्तु (प्राणी, पदार्थ, गुण, ठाउँ, धर्म) बुझाउने शब्दलाई नाम भन्दछन् ।
विकिपुस्तकको सञ्चालन अमेरिकाको फ्लोरिडामा दर्ता भएको गैर-मुनाफा संस्था विकिमीडिया फाउन्डेसनले गर्दछ, जसले अन्य बहुभाषिक र खुला-सामग्री परियोजनाहरू पनि सञ्चालन गर्दछ।