पाकपुस्तक:खिर
स्वरूप
(खिरबाट अनुप्रेषित)
खिर दूधमा चामल हालेर तयार गरिने एक प्रकारको खाद्य परिकार हो ।यसको नेपाली समाजमा विशेष महत्व छ ।
सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- दूध ५ कप,
- घिउ २ चम्चा,
- भिजाएको चामल २ चम्चा,
- अलैंची तथा सुकमेलको धूलो २ सानो चम्चा,
- कोरेको नरिवल २ चम्चा,
- सजाउनका लागि काजु,
- काजी बदाम,
- किसमिस,
- केशर तथा स्वादअनुसार चिनी
बनाउने विधि
[सम्पादन गर्नुहोस्]सबैभन्दा पहिले एउटा भाँडोमा दूध उमाल्ने । दूध उम्लिएपछि भिजाएर राखेको चामल हालेर विस्तारै चलाईरहने । जबसम्म चामल र दूधको मिश्रण मिल्दैन तबसम्म चलाईरहने । दूध र चामल लपक्क मिलेपछि चिनी र दुई चम्चा घिउ हाल्ने । त्यसमा अलैंची र सुकमेलको धूलो तथा कोरेको नरिवल राखेर चलाउने । त्यसपछि एउटा बाउलमा खीर खन्याएर काजु, किसमिस, काजी बदाम तथा केशरले सजाउने। तयार भएको खीरलाई रूपमा तात्तातै वा चिसो बनाएर खान सकिन्छ ।