विकिपुस्तक हामी सबैको फुलबारी हो यसको गोड्मेल हाम्रो दायित्व हो । यसमा हुनु पर्ने सबै भन्दा ठुलो कुरो निश्पक्षता हो । चाहे प्रबन्धक होस या प्रयोगकर्ता अधिकारको दुरुपयोग गर्नु उचित हुन्न ।
विकिपुस्तक एक विकिमीडिया समुदाय हो, जो स्वतन्त्र जसले पनि सम्पादन गर्नपाउने पाठ्यपुस्तकहरुको निशुल्क पुस्तकालय हो । यदि तपाईं कुनै पनि विषयमा नयाँ पुस्तकको रचना गर्न चाहनुहुन्छ भनें विकिपुस्तकमा रच्न सक्नुहुनेछ। विकिपुस्तक जुलाई १०, २००३मा सुरुभएको हो ; त्यति बेलादेखि अहिले सम्म ८० पृष्ठहरु कतिपय पुस्तक र कतिपय योगदानको कमीले अपूर्ण अवस्थामा छन् , सबै पाठ्यपुस्तकहरु तपाईँ जस्तै स्वयंसेवकहरुले निर्माण गर्नुभएको हो!
दुर्गा सप्तसती एक स्तोत्र पाठ हो जो संस्कृत भाषामा मन्त्रहरु र माता चण्डी (दुर्गा देवी) को चरित्र कथा रहेको छ। यसै गरी यो पूस्तकमा दुर्गा पूजा विधी होमन विधि आदी कुराहरु लेखिएको छ।
विकिपुस्तकको सञ्चालन अमेरिकाको फ्लोरिडामा दर्ता भएको गैर-मुनाफा संस्था विकिमीडिया फाउन्डेसनले गर्दछ, जसले अन्य बहुभाषिक र खुला-सामग्री परियोजनाहरू पनि सञ्चालन गर्दछ।