विकिपुस्तक:प्रबन्धक अधिकारको लागि निवेदन

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
विशेषाधिकार निवेदन
(Main Page)
प्रशासक
(Bureaucrat)
प्रबन्धक
(Administrator)
बोट
(Bots)
खाता निर्माता
(Account Creators)
आयातकर्ता
(Importer)
अन्य प्रयोगकर्ता अधिकार
(Miscellaneous)
अस्थायी स्वीकृत निवेदनहरू
(Approved Temporary)

प्रबन्धक अङ्ग्रेजीमा जसलाई एडमिन्स अथवा सिसप (सिस्टम चलाउने व्यक्ति) पनि भनिन्छ । विकिपुस्तकको त्यो सम्पादक सदस्य हो जसलाई विकिपुस्तक सिस्टमको केही जरूरी तथा प्रतिबन्धित टुल्स या विशेष आदेशहरूलाई काममा लिने अनुमति हुन्छ । जस्तै:- प्रबन्धक कुनै लेख अथवा पृष्ठलाई मेट्न सक्छन्, अन्य प्रयोगकर्ताहरूलाई प्रतिबन्धित गर्न सक्छन् । कुनै लेख तथा पृष्ठलाई रक्षित गर्न सक्छन् । आदि ।

प्रबन्धक पदको लागी आवश्यकताहरू[सम्पादन गर्नुहोस्]


सबै लेख

विकिपुस्तकमा प्रबन्धक पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-

  • विकिपुस्तकको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
  • विकिपुस्तकमा खाता खोलेर कम्तिमा पनि १०००+ लेख (स्वागत र वार्ता बाहेक)मा सम्पादन गरेको हुनुपर्ने छ ।
  • नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
  • विकिपुस्तकमा खाता बनाएको कम्तिमा पनि १२ महिना पुगेको हुनु पर्ने छ ।
  • योग्यता पुगेका सक्रिय प्रयोगकर्ताको कार्य दक्षता हेरी कुनै वर्तमान प्रबन्धकले समेत उसको नाम प्रबन्धक अधिकारको लागि प्रस्तावित गर्न सक्ने छ ।
  • उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले प्रबन्धक अधिकारको लागि आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
  • उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रबन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
  • आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
  • आवेदकले प्रस्ताव गरेको कम्तीमा २१ दिन सम्म मतदान माथि छलफल/समर्थन/विरोध/प्रश्नोत्तर हुनेछ ।
  • उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले अथुवा स्टेवार्डले आवेदकलाई प्रबन्धक बनाउने छन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

प्रबन्धक पदको लागि निवेदनको प्रक्रिया[सम्पादन गर्नुहोस्]

ध्यान दिनुहोला: प्रबन्धक पदको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाईँ माथि निर्भर गर्छ । तपाईको आवेदन सँगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपुस्तक:चौतारीमा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईँको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।

वर्तमान समय : १२:२७, १९ अप्रिल २०२४ (युटिसी)

निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:

==== प्रयोगकर्ता नाम ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =
}}
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''

उदाहरण:XXXXले भर्दा भर्नु परे यसरी

==== XXXX ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =XXXX
}}
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''