विकिपुस्तक:बोट/अनुमोदनको लागि अनुरोध
बोट
[सम्पादन गर्नुहोस्]बोट शब्द रोबोटबाट निकालिएको हो जो एउटा स्वचालित वा अर्धस्वचालित यन्त्र हुन्छन जुन विकिपुस्तकमा भएका लेखहरुलाई व्यवस्थित गर्ने अभिप्रायले काम गर्छन । यिनीहरु मानव प्रयोगकर्ताको रुपमा लेखहरुको निर्माण, विस्तार वा अन्य कार्यहरु गर्न सक्छन । बोट प्राय एउटा प्रोग्रामिङ्ग भाषामा लिखित कोड हुन्छन जसले निश्चित कार्यहरुलाई सम्पन्न गर्छन । प्रायः प्रयोग हुने पाइथन, पर्ल, एप्पल स्क्रिप्ट, डट नेट आदि छन् । बोट धेरै छरितोरुपमा सम्पादन गर्नमा सक्षम हुन्छन तथा यदि उनीहरु गलत तरिकाद्वारा निर्मित अथवा संचालित गरियो भने विकिपुस्तकमा क्षति पुर्याउन सक्छन ।
आवश्यकताहरू
[सम्पादन गर्नुहोस्]विकिपुस्तकमा बोट पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-
- विकिपुस्तकको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
- नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
- विकिपुस्तकमा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने छ ।
- उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
- उपरोक्त आवेदन गर्ने आवेदकलाई बोट बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
- आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
- उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले आवेदकलाई बोट बनाउने छन् ।
बोट पदको लागि निवेदनको प्रक्रिया
[सम्पादन गर्नुहोस्]ध्यान दिनुहोला: बोट पदको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाई माथि निर्भर गर्छ । तपाईको आवेदन संगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपुस्तक:चौतारी मा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।
वर्तमान समय : २२:०१, २२ नोभेम्बर २०२४ (युटिसी)
निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:
==== प्रयोगकर्ता नाम ==== |status = <!--don't change this line--> |बोटको नाम '''Bot User''' = |उद्देश्य '''Purpose''' = |स्वचालित वा म्यानुवल सहायता '''Automatic or Manually Assisted''' = |सफ्टवेयर '''Software''' = |पहिले देखि बोट प्राप्त छ/छैन '''Already has bot flag on''' = (तपाईको भनाई) ~~~~ '''समर्थन''' '''विरोध''' '''छलफल'''
उदाहरण:XXXXले भर्दा भर्नु परे यसरी
==== XXXX ==== |status = <!--don't change this line--> |बोटको नाम '''Bot User''' = XXXX |उद्देश्य '''Purpose''' = |स्वचालित वा म्यानुवल सहायता '''Automatic or Manually Assisted''' = |सफ्टवेयर '''Software''' = |पहिले देखि बोट प्राप्त छ/छैन '''Already has bot flag on''' = (तपाईंको भनाई) ~~~~ '''समर्थन''' '''विरोध''' '''छलफल'''