नामपद: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
सा हटक्याटद्वारा श्रेणी:नेपाली भाषा व्याकरण जोडियो |
||
पङ्क्ति २०: | पङ्क्ति २०: | ||
व्यक्ति वा वस्तुको गुणधर्म, दशा वा व्यापार बुझाउने शब्दलाई भाववाचक नाम भन्दछन्, जस्तै- |
व्यक्ति वा वस्तुको गुणधर्म, दशा वा व्यापार बुझाउने शब्दलाई भाववाचक नाम भन्दछन्, जस्तै- |
||
दु:ख, सुख, साहस, जाडो आदि । |
दु:ख, सुख, साहस, जाडो आदि । |
||
[[श्रेणी:नेपाली भाषा व्याकरण]] |
०४:०२, ४ अप्रिल २०१६ जस्तै गरी पुनरावलोकन
संसारमा भएको जुनसुकै पनि वस्तुलाई जनाउने शव्दलाई नामपद भनिन्छ। अर्को शब्दमा भन्दा व्यक्ति, भाव, जाति, द्रव्य वा पदार्थ तथा समूहविशषलाई जनाउने शब्द नाम हुन् । नामपदलाई संज्ञा पनि भनिन्छ । व्यक्तिवाचक, जातिवाचक, समूहवाचक, द्रव्यवाचक र भाववाचक गरी नाम पाँच किसिमका हुन्छन् । व्यक्ति वा वस्तु (प्राणी, पदार्थ, गुण, ठाउँ, धर्म) बुझाउने शब्दलाई नाम भन्दछन् ।
क) जातिवाचक: एउटै प्रकार वा जातका सबैलाई बुझाउने शब्दलाई जातिवाचक नाम भन्दछन्, जस्तै- मानिस, परेवा आदि ।
ख) व्यक्तिवाचक: कुनै एक वा विशेष व्यक्ति अथवा वस्तुलाई बुझाउने शब्दलाई व्यक्तिवाचक नाम भन्दछन्, जस्तै- राम, महाभारत आदि ।
ग) समूहवाचक नाम: व्यक्ति वा वस्तुको समुदायलाई बुझाउने शब्दलाई समूहवाचक नाम भन्दछन्, जस्तै- हुल, भेला, बथान आदि ।
घ) द्रव्यवाचक नाम: नाप वा तौल भएको पदार्थलाई बुझाउने शब्दलाई द्रव्यवाचक नाम भन्दछन्, जस्तै- सुन, चाँदी। पानी, काठ आदि ।
ङ) भाववाचक नाम: व्यक्ति वा वस्तुको गुणधर्म, दशा वा व्यापार बुझाउने शब्दलाई भाववाचक नाम भन्दछन्, जस्तै- दु:ख, सुख, साहस, जाडो आदि ।