नामपद

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

संसारमा भएको जुनसुकै पनि वस्तुलाई जनाउने शव्दलाई नामपद भनिन्छ। अर्को शब्दमा भन्दा व्यक्ति, भाव, जाति, द्रव्य वा पदार्थ तथा समूहविशषलाई जनाउने शब्द नाम हुन् । नामपदलाई संज्ञा पनि भनिन्छ । व्यक्तिवाचक, जातिवाचक, समूहवाचक, द्रव्यवाचक र भाववाचक गरी नाम पाँच किसिमका हुन्छन् । व्यक्ति वा वस्तु (प्राणी, पदार्थ, गुण, ठाउँ, धर्म) बुझाउने शब्दलाई नाम भन्दछन् । विशेषतः नामपदले वाक्यमा कर्ता, कर्म र पूरकका रूपमा आएर कार्य गर्ने गर्दछ । वाक्यमा आएको शब्द नामपद हो वा होइन भन्ने ठम्याउन निम्न कुरालार्इ ध्यान दिनुपर्दछ । १. नामपद वाक्यमा के, केले, केलार्इ, को, कसले, कसलार्इ प्रश्नको उत्तर आउने गर्दछ । २. धातुमा आइ, आइँ, याइँ, नु, .... आदि लागेर बन्ने शब्द । ३. नामिक पदमा ता प्रत्यय लेगेर बन्ने शब्द । नामपदलार्इ समग्रमा निम्नानससार वर्गीकरणा गर्न सकिन्छः

क) जातिवाचक: एउटै प्रकार वा जातका सबैलाई बुझाउने शब्दलाई जातिवाचक नाम भन्दछन्, जस्तै- मानिस, परेवा आदि ।

ख) व्यक्तिवाचक: कुनै एक वा विशेष व्यक्ति अथवा वस्तुलाई बुझाउने शब्दलाई व्यक्तिवाचक नाम भन्दछन्, जस्तै- राम, महाभारत आदि ।

ग) समूहवाचक नाम: व्यक्ति वा वस्तुको समुदायलाई बुझाउने शब्दलाई समूहवाचक नाम भन्दछन्, जस्तै- हुल, भेला, बथान आदि ।

घ) द्रव्यवाचक नाम: नाप वा तौल भएको पदार्थलाई बुझाउने शब्दलाई द्रव्यवाचक नाम भन्दछन्, जस्तै- सुन, चाँदी। पानी, काठ आदि ।

ङ) भाववाचक नाम: व्यक्ति वा वस्तुको गुणधर्म, दशा वा व्यापार बुझाउने शब्दलाई भाववाचक नाम भन्दछन्, जस्तै- दु:ख, सुख, साहस, जाडो आदि ।