सजिलो कोमलगीता/भूमिका ३

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Jump to navigation Jump to search

सर्वश्रेष्ठ पाथेय गीताको नवीन अनुवाद[सम्पादन]



विश्वका दुई सयभन्दा धेरै भाषामा श्रीमद्भगवद्गीताको अनुवाद भएको पाइन्छ । यो ग्रन्थ यद्यपि आकारमा लघु छ तथापि यसको उपादेयता चाहिँ बृहत् छ, हात्तीको आँखाजस्तो । अर्थात् यो मानव
मात्रलाई आ–आफ्नो जीवनपद्धति सिकाउने गुरुग्रन्थ हो, त्यसैले यसका परिप्रेक्ष्यलाई हृदयङ्गम गरेर विश्वका अनेक भाषामा यसको भाषान्तरण (अनुवाद) भएको हुनुपर्छ । त्यसो त हाम्रा वैदिक वाङ्मयले
विश्वलाई नै नेतृत्व गरिआएका छन् । यसै हेतुलाई दिग्दर्शन गरेर हाम्रा पूर्वज मनीषीहरूले यसो भन्ने गरेका हुन्
एतद्देशप्रसूतस्य सकासादग्रजन्मनः ।
स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः ।
अर्थात् यस आर्यावर्त हिमवत्खण्डका पवित्र भूमिबाट सहस्रौं ऋषि–ऋषिकाको चरित्र, आहार–विहार, सदाचारजस्ता मानवीय व्यवहार देखेर, बुझेर पृथिवीका मानवले आ–आफ्ना चरित्र निर्माण गर्दै आएका
छन् । उपर्युक्त उच्च कोटिको सूक्तिबाट स्पष्ट भएको छ हाम्रा वेद, पुराण, रामायण, उपनिषद्, स्मृति–शास्त्रहरूले जाति, धर्मभन्दा माथि उठेर मानव मात्रका हितका निम्ति सर्वोच्च मूल्य स्थापित
गरेका छन् । यसै परिप्रेक्ष्यमा महर्षि वेदव्यासले वेदको वर्गीकरण गर्नुका साथै महाभारत र पुराणहरूको रचना गरेका हुन् । पृथक् ग्रन्थका रूपमा विद्यमान श्रीमद्भगवद्गीता उनै महर्षि वेदव्यास–रचित
महाभारत ग्रन्थबाट निकालिएको हो । गीतामा वेद तथा उपनिषद्हरूको सार खिचेर राखिएको छ र यसलाई एउटी गाईका रूपमा मानवीकरण गरिएको छ । यिनै गाईबाट प्राप्त दुधरूपी अमृत पान
गराउने महान् उद्देश्य राखेर वेदव्यासले कृष्णलाई दुहुने गोठालो, अर्जुनलाई दूध पघार्ने बाछो, जिज्ञासु भक्तजनलाई दूध पान गर्ने व्यक्ति बनाएका छन् । यसमा ज्ञातव्य के छ भने वैदिक धर्मसंस्कृति
प्राचीन कालमा विश्वव्यापी थियो । वैदिक सूक्तले भन्छ – सा प्रथमा संस्कृतिर्विश्ववारा (त्यो पहिलो संस्कृति विश्वव्यापी थियो ) । त्यो सनातन संस्कृति नै थियो, जो आज पनि हिमालयदेखि
दक्षिण, हिन्दमहासागरदेखि उत्तर, भूमध्यसागरदेखि पूर्व र पूर्वी सागर (इन्डोनेसिया)देखि पश्चिमको भूमिमा रहेको छ ।
श्रीमद्भगवद्गीतासंस्कृत भाषामा रचना गरिएको देववाणी हुनाले कलियुग वा आधुनिक समयमा यो देवभाषा बुझ्ने मानिसको संख्या अल्प–अल्प हुँदै गएकाले र यो अत्यन्त पठनीय एवं मननीय ग्रन्थ
भएकाले विश्वका अधिकांश भाषाभाषीले आ–आफ्ना भाषामा अनुवाद गरी अध्ययन मनन गर्दै आएका छन् । सर्वप्रथम श्रीकृष्णबाट यो शिक्षा पाएर अर्जुनले महाभारतको युद्ध जितेका हुन् ।
वास्तवमा मानव मात्रले बुझ्नुपर्ने र लिनुपर्ने शिक्षा गीतामा अनन्त छन् । यो शिक्षाको महासागर नै हो । आफ्नो शत्रु पनि आफैं हो, मित्र पनि आफैं हो, आफ्नो उद्धार आफैंले गर्नुपर्छ, आत्मा
अजर–अमर छ भन्ने र ब्रह्म–तŒव, कर्मयोग र स्थितप्रज्ञताका विषयमाश्रीकृष्णलेदिएका अनेकौं महŒवपूर्ण शिक्षाद्वारा अर्जुन कल्मषरहित भएका हुन् । अर्जुनलाई निमित्त बनाएर मानव मात्रका लागि
अमूल्य मार्गनिर्देश गरिएको यस गीताज्ञानबाट मानवले कल्मषरहित बन्न सिक्नु पर्ने कुरा आजको आवश्यकता हो ।

मानव जीवन पद्धति वा मानव संहिताको महत्तम मूल्यलाई हृदयङ्गम गरी नेपालीको मात्र नभएर मानव मात्रको कल्याणका निमित्तलोक्को गरूँ हित् भनी भन्दै भानुभक्तले रामायणको रचना गरेजस्तै
प्रतिभाका धनी आत्रेय गोत्रोत्पन्न कवि कोमलप्रसाद पोखरेलले पनि श्रीमद्भगवद्गीताको नेपाली भाषामा कवितामय छायानुवाद गरी सार्वजनिक गर्न लाग्नुभएको छ । प्रशस्त चिन्तन र मनन नगरी
अनुवाद कलामा कुशलता प्राप्त गर्न सकिदैन । अतः अनुवादकीय परिभाषालाई आत्मसात् गदै केही तत्सम शब्दका अर्थ र केही झर्रा वा ठेट नेपाली शब्दसमेतको प्रयोगद्वारा सरल र सुबोधगम्य
भाषामा अर्थ छर्लङ्ग हुनेगरी अनुवाद गर्नुभएको छ । यस्ता परोपकारी भावनाले ओतप्रोत व्यक्ति–व्यक्तित्वबाट मात्र यस प्रकारका ठुला काम हुने गर्छन् । समाजलाई असत्यबाट सत्यतिर,
अन्धकारबाट उज्यालोतिर, मृत्युबाट अमरतातिर डो¥याउने एक मात्र ग्रन्थ गीता हो । यसैको अनुवाद गर्नुभएको छ पोखरेलले । यथोचित समयमा यथोचित कार्य सम्पादन गर्नु र निरन्तर गरिरहनु नै
पुरुषार्थ हो । यस दूरदर्शिताका लागि कवि पोखरेल धन्यवादका पात्र हुनुहुन्छ । विशेषतः आजका युवावर्ग आफ्ना धार्मिक–आध्यात्मिक चिन्तन, मननबाट टाढा, आपैंmलाई नचिन्ने (म को हुँ, ? म के
हुँ, ? म कहाँको हुँ ?) आदिलाई पर्गेल्न नसक्ने अवस्थामा पुगेका क्षणमा प्रकाशित हुन लागेको गीताको प्रस्तुत नवीन अनुवादले अवश्य नै मूल बाटामा, मूल धारमा फर्काउने छ ।

यसै प्रसङ्गमा मलाई अत्यन्त घत लाग्ने श्रीमद्भगवद्गीताको निम्नलिखित श्लोक र मलाई मन परेको नेपाली अनुवाद यस प्रकार छन् :
मूल संस्कृत
अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत् ।
स्वाध्यायाभ्यसनं चैव वाङ्मयं तप उच्यते ।। (१७÷१५)
नेपाली अनुवाद
वाणी हितकर, प्यारो, साँचो, कष्ठ–निवारक,
शास्त्र अभ्यास हुन् हाम्रा बोलीवचनका तप ।
अन्त्यमा, यस प्रकारको वाङ्मय तपस्याको फलका रूपमा प्रकाशित हुन लागेको प्रस्तुत नवीन कोमलगीताका माध्यमबाट स्वधर्म र कर्मयोगका अमरशिक्षाको मूलभूत सत्यको उद्घाटन गर्दै
निःश्रेयसिद्धिरूपी सर्वश्रेष्ठ पाथेय प्रदान गर्नुहुने कवि कोमलप्रसाद पोखरेललाई यस्तै अरु पनि शुभ लेखनीय पुरुषार्थ गर्ने उत्प्रेरणा जाग्दै गरोस् । हृदयतः साधुवाद ।
आचार्य रोहिणीविलास लुइटेल
कालीस्थान, शनिश्चरे, झापा