सजिलो कोमलगीता/भूमिका

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Jump to navigation Jump to search

यो पनि यज्ञ हो[सम्पादन]


कृष्णस्तु भगवान् स्वयम् (श्रीमद्भागवत १।३।२८) । श्रीमद्भगवद्गीता साक्षात् भगवान् कृष्णका मुखारविन्दबाट निस्केको, सम्पूर्ण उपनिषद्हरूको सार भएको, प्रस्थानत्रयी (श्रुति, स्मृति र न्यायप्रस्थान)
मध्ये स्मृतिप्रस्थान मानिएको, सर्वशास्त्रमयी, प्रमाणपरक, अद्वैतामृत वर्षा गर्ने, अद्वैततात्मज्ञान गराउने मोक्षपरक शास्त्र हो ।

अध्यात्मक्षेत्रका प्रायः सबै र अन्यक्षेत्रका पनि चिन्तकहरू श्रीमद्भगवद्गीतासँग परिचित छन् । भनिन्छ, व्याकरण, कोश र प्रशस्त प्रकाशित साहित्यिक कृतिहरू भएका विश्वका प्रायः सबै साहित्यिक
अध्यात्मक्षेत्रका प्रायः सबै र अन्यक्षेत्रका पनि चिन्तकहरू श्रीमद्भगवद्गीतासँग परिचित छन् । भनिन्छ, व्याकरण, कोश र प्रशस्त प्रकाशित साहित्यिक कृतिहरू भएका विश्वका प्रायः सबै साहित्यिक
भाषामा गीताको अनुवाद गरिएको छ र ती भाषा–भाषीले गीताको आध्यात्मिक रसपान गरेका छन् । गीता भन्ना साथै श्रीमद्भगवद्गीता भन्ने बुझिन्छ । हुन त रामगीता, अष्टावक्रगीता, अवधूत गीता,
शिवगीता, ब्रह्मगीता, देवीगीता, यमगीता, गर्भगीता आदि सयौं गीता छन् तर श्रीमद्भगवद्गीता लोकप्रसिद्ध, लोकप्रिय र लोकलाई अत्यन्त लाभान्वित गराउने असाधारण दार्शनिक, आध्यात्मिक,
धार्मिक, सार्वकालिक, सार्वभौम ग्रन्थ हो, शास्त्र हो । शास्त्र भन्नाले वेद अनुकूल ग्रन्थविशेष भन्ने बुझिन्छ । हामी अवैदिकलाई शास्त्र मान्दैनौं । भाषामा गीताको अनुवाद गरिएको छ र ती भाषा–
भाषीले गीताको आध्यात्मिक रसपान गरेका छन् । गीता भन्ना साथै श्रीमद्भगवद्गीता भन्ने बुझिन्छ । हुन त रामगीता, अष्टावक्रगीता, अवधूत गीता, शिवगीता, ब्रह्मगीता, देवीगीता, यमगीता,
गर्भगीता आदि सयौं गीता छन् तर श्रीमद्भगवद्गीता लोकप्रसिद्ध, लोकप्रिय र लोकलाई अत्यन्त लाभान्वित गराउने असाधारण दार्शनिक, आध्यात्मिक, धार्मिक, सार्वकालिक, सार्वभौम ग्रन्थ हो, शास्त्र हो
। शास्त्र भन्नाले वेद अनुकूल ग्रन्थविशेष भन्ने बुझिन्छ । हामी अवैदिकलाई शास्त्र मान्दैनौं ।

आफ्ना विभूतिहरूको परिचय दिने क्रममा अध्यात्मविद्या विद्यानाम् (गीता १०।३२) अर्थात् विद्याहरूमा म अध्यात्म विद्या हुँ । यो भगवान् श्रीकृष्णको महान् वाणी हो ।

श्रीकृष्णको उपर्युक्त महान् वाणीले के शिक्षा दिएको छ भने गीता अध्यात्मविद्या हो, आत्मविद्या हो, ब्रह्मविद्या हो, मधुविद्या हो । यो अद्वैतात्म ज्ञान गराएर मुक्त बनाउने मोक्षविद्या पनि हो
। गीता सर्वशास्त्रमयी किन हो भने यसमा कर्मयोग छ, भक्तियोग छ, ज्ञनयोग छ, वैराग्ययोग छ, त्यागयोग छ, संन्यासयोग छ, आत्मयोग, अध्यात्मयोग छ । संक्षेपमा भन्ने हो भो गीता
योगशास्त्र हो । प्रत्येक अध्यायको अन्त्यमा दिइएको पुष्पिका वाक्यले अठार ओटा योग स्पष्टसंग उल्लेख गरेका छन् र भगवान् वेदव्यासलेश्रीकृष्ण परमात्मालाई साक्षात् योगेश्वर मान्नु भएको छ ।

गीता उपनिषद्को सार सर्वस्व हो । कुनै श्लोक त उपनिषद्का मन्त्र नै उद्धरण गरे सरह छन् । गीताले अद्वैत वेदान्तलाई प्रतिपादन गरेर अद्वैतात्मज्ञान दिलाएको छ अर्जुनलाई । अद्वैतामृतवर्षिणी
शब्द आएको छ गीताको महात्म्यमा ।गीता योगशास्त्र त हो नै प्रत्येक अध्यायमा योगशास्त्रे भनिएको हुनाले योग (जीवात्मा र परमात्माको मिलन) नै गीताको प्रतिपाद्य विषय हो । यो धर्मशास्त्र
पनि हो । धर्मबाट च्युत हुन लागेका अर्जुनलाई स्व–धर्माचरण गर्न प्रेरणा दिने र धर्ममा प्रवृत्त गराएरै छोड्ने भएकाले यो सैद्धान्तिक मात्र नभएर व्यावहारिक धर्मशास्त्र पनि हो । यो कर्मशास्त्र र
कर्तव्यशास्त्र पनि भयो । जन्मदेखि मृत्युसम्म अनि परलोकसम्मका प्रसङ्ग आएकाले यो जीवन बाच्ने कला सिकाउने, चारित्रिक उच्चतामा पुर्याउने, आफ्नो नैतिक मूल्य र मान्यतामा मर्यादित
रूपमा स्थापित गराएर एउटा आदर्श जीवन बाच्न सिकाउने भएकाले यो त कल्पवृक्ष हो, मनचिन्ते झोली हो, कामधेनु हो । जे चितायो त्यही पाइन्छ गीतामा ।

आध्यात्मिक जगत्का प्रायः सबै जसो विद्वान्, तार्किक, चिन्तक, दार्शनिकहरूले गीताको चिन्तन, अनुशीलन, अनुसन्धान गरेर, वाणीले बोलेर, प्रवचन गरेर, कलमले लेखेर आ–आफ्नो धारणा,
दृष्टिकोण, मान्यता, सिद्धान्त, दर्शन, विश्वास, श्रद्धा आदिलाई अभिव्यक्त गरेका छन् । हाम्रा पूर्वाचार्यहरूमध्ये सबभन्दा प्रामाणिक हुन् आद्य जगद्गुरु भाष्यकार भगवद्पाद श्रीशङ्कराचार्य । उहाँको
गीता भाष्यलाई परवर्ती विद्वान्हरूले प्रामाणिक आधार मानेका छन् ।
हाम्रो राष्ट्रभाषा नेपालीमा आजसम्म झन्डै शताधिक अनुवाद र व्यख्या, विवरण, टीका आदि प्रकाशित भइसकेका छन् – आकार–प्रकारमा साना ठूला गरेर । भगवान् श्रीकृष्णले ७०० श्लोकमा सम्पूर्ण
शास्त्रको सार–संग्रह उद्घाटन गर्नुभएको गीता सातलाखभन्दा पनि बढी श्लोकले व्याख्या गरिसकेका होलान् । अझै गीताको अनन्त अनुवाद, अनन्त व्याख्या, अनन्त टीका, अनन्त भाष्य गर्न
सकिन्छ ।

यसै क्रममा श्रीमद्भगवद्गीताको समछन्दको पद्यानुवादनवीन कोमलगीतालिएर एक दिन बिहान कोमलप्रसाद पोखरेल स्वाध्याय परिवार तफाल्हों, भैरवस्थान, ललितपुर आउनुभयो प्रा. लालानाथ
सुवेदीजीका साथमा । हाम्रो दैनिक स्वाध्याय सकिएपछि चिनाजानी, कुशल–मङ्गलपूर्वकको भलाकुसारी पश्चात् पोखरेलजीले नवीन कोमलगीताको पाण्डुलिपि मेरा हातमा राखिदिएर भूमिकाका लागि
आग्रह गर्नुभयो । मैले अत्यन्त हर्षित भई, आफ्नो सौभाग्य ठानेर स्वीकार गरें ।

पढ्दै गएँ । राम्रो लाग्यो । असाध्य राम्रो लाग्यो । भाव, भक्ति उसै (राम्रो), अनुवाद गर्ने उत्साह राम्रो, समय मिलाउन सक्नु कति हो कति राम्रो । विचार, बुद्धि, क्षमता अति नै राम्रो । यो पनि
यज्ञ हो स्वाध्याय यज्ञ, ज्ञान यज्ञ । अनुवादकलाई नमन गर्दछु । मेरा सहधर्मी, सहकर्मी हुनुहुँदो रहेछ । समान उद्देश्य लिएर यो उत्तर वयमा अध्यात्म साधनामा लागेका मित्र हुनुहुँदो रहेछ
कोमलप्रसाद पोखरेल ।

प्रस्तुत गीता कोमलगीता जस्तै–जस्तै भए पनि यो आफ्नै पाराको छ । अधिकारी र पोखरेल थर र गोत्रमा भिन्नता र नाममा समानता भए जस्तै अनुवादमा पनि केही भिन्नता र केही समानता
पाइन्छ ।त्यसै गरी उद्देश्यमा, तŒवमा र प्रतिपाद्य विषयमा समानता तथा रचनामार शब्द–संयोजनमा भिन्नता ।

मैले गीताका विषयमा आफ्ना धेरै निबन्ध लेखेको छु, निबन्धहरूमा उल्लेख गरेको छु, र मेरी अर्धाङ्गिनी श्रीमती मीनाकुमारी (गायत्री) रिसालले गरेको गद्यानुवादमा धेरै सघाएको छु । अतः म
गीताको धेरै नजिक छु । धेरै पटक गीताको व्याख्या गरिसकेको हुनाले गीता त मेरो आत्मा हो, सर्वस्व हो । वि.सं.२०१० देखि आज (२०७५) सम्म नित्य पाठ गर्दैछु । अतः प्रस्तुत पद्यानुवाद
असाध्य मिठो लाग्यो ।
अनुवादक पोखरेलको समछन्दको प्रस्तुत नेपाली पद्यानुवादले यस विशाल गीता–मन्दिरमा अर्को एउटा इँटा थप्ने पवित्र काम गरेको छ । नेपाली आध्यात्मिक क्षेत्र अझ आलोकित भएको छ ।
अनुवादकलाई धेरै धेरै धन्यवाद, साधुवाद ।

सेवा गर्ने सौभाग्य पाएँ, धन्य भएको छु ।पोखरेलजीको आध्यात्मिक, शारीरिक सुस्वास्थ्यको लागि परब्रह्म परमात्मा श्रीकृष्णका पाउमा प्रार्थना गर्दछु ।

प्रस्तुत ग्रन्थबाट :
जो सदैव मलाई नै भज्दछन् प्रेमपूर्वक,
बुद्धि दिन्छु, त्यसैद्वारा मलाई भेट्तछन् तब ।
ती भक्तमा कृपा राखी भित्री अज्ञान, कल्मष,
ज्ञानको दीप बालेर नाश गर्छु धनञ्जय !
(नवीन कोमल–गीता १०।१०–११)
शिवमस्तु

प्रा.शिवगोपाल रिसाल
शिवमन्दिर
शान्तिकुना, ललितपुर ५
२०७५।२।११