सजिलो कोमलगीता/अनुवादकीय

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Jump to navigation Jump to search

नम्रनिवेदन[सम्पादन]


सबै धर्महरू त्यागी मेरा शरणमा पर,
मुक्त गर्छु सबै पापबाट निश्चिन्तले बस । (गीता १८।६६)

परमात्मा श्रीकृष्णको उपर्युक्त महान्वाणी रगीगा सुगीता कर्तव्या किमन्यैः शास्त्रविस्तरैःभन्ने सदुक्तिलाई शिरोपर गरी धेरै अघिदेखि श्रीमद्भगवद्गीताको पद्यानुवाद गर्नेचाहना हुँदाहुँदै पनि परमात्माकी
बलवती मायाको छायाले यो सतहत्तर वर्षको उमेरसम्म ढाकिरहेको रहेछ । मनको लगाब अध्यात्मतिर भएपनि कलमले नेपाली साहित्यका कथा, कविता, निबन्धलाई नै रुचाउँदै रहेछ । २०७३ असार १२
गते अकस्मात् अर्धाङ्गिनी धर्माको नश्वर देह–मन्दिर ढलेरउनको आत्मा परमात्मतŒवमा रूपान्तरित भएपछि मात्र उनले बेलाबखत भन्ने गरेका अध्यात्मतिर पनि कलम चलोस् न जस्ता वाक्यहरू स्मृति
पटमा टल्किए, यसलाई बिउँझाएर कलम समाउन लगाए । धर्माको वार्षिकपछि छोरी पुण्यप्रभाले अमेरिका जान कर गरेर यसलाई अमेरिकातिर लगिन् । अमेरिका बसाइको त्यहीं पाँच महिनाको अवधिमा

योनवीन कोमलगीता तयार भयो । नतमस्तक छ यो कलमी धर्मा र उनका अमूल्य सुझावहरूप्रति । समय र स्थान मिलाइदिने छोरी पुण्यप्रभा र ज्वाइँ गोपीचन्द्र कट्टेलप्रति धन्यवादसहित शुभ
आशीर्वाद ।
गीता गङ्गासागर हो । ससाना खोल्सामा पौडिन सिक्तै गरेको सिकारुलाई महासागरमा डुबुल्किमार्ने सामथ्र्य कहाँ पो हुन्थ्यो र ! तर परमात्माको दिव्य दृष्टि प¥यो भने जस्तै असम्भव पनि सम्भव
हुँदोरहेछ ।
नालं द्विजत्वं देवत्वमृषित्वं वासुरात्मजाः
प्रीणनाय मुकुन्दस्य न वृतं न बहुज्ञता,(श्रीमद्भागवत ७।७।५१)
मूकं करोति वाचालं पङ्गूं लङ्घयते गिरीम्
यत्कृपातमहं वन्दे परमानन्द माधवम् ।
(नबोल्ने बन्छ वाचाल लङ्गडो नाघ्छ पर्वत,
कृपादृष्टि दिने कृष्ण प्रभुमा गर्छु बन्दन ) ।
भन्ने उपर्युक्त सदुक्तिको स्मरण गर्दै भगवत्सहारामा यथाशक्ति, जानी–नजानीयस गङ्गासागरमा पौडने प्रयत्नको फल हो यो । यसका वास्तविक प्रेरक श्रद्धेय विद्वान् मनीषी कोमलनाथ अधिकारी
(१९५०–२०२३), मेरा प्रातःस्मरणीय बाआमारामनाथ पोखरेल (१०७०–२०५७) र मीनरूपा पोखरेल (१९८०–२०३६)श्रद्धापूर्वक दण्डवत् प्रणाम गर्दछु । योमलमी सानो छँदा बा छन्द मिलाएर
कोमलगीतापढ्नुहुन्थ्यो र आमा एक मनले ध्यान दिएर सुन्नुहुन्थ्यो ।श्रद्धेय प्रेरकहरूप्रति श्रद्धाभक्तिपूर्वक आभ्यन्तरिक नमन गर्नु आफ्नो कर्तव्य ठानेको छ यसले ।

गीता जीवन सम्बन्धी शास्त्र हो । जीवनलाई चिन्ता र तनावबाट मुक्त गरी साधकलाई आनन्दपूर्वक जीवन बिताउन यसले शिक्षा प्रदान गर्दछ । दैहिक र मानसिक कर्मद्वारा जीवनलाई सुखी
बनाउनका साथसाथ परमात्मासँग मेल गराउने जस्ता आश्चर्यजनक कार्य गरेर देखाएको छ । त्यसैले गीता जीवन जिउने एउटा सुन्दर कला पनि हो भन्न पाउँदा यो कलमी गौरवान्वित बनेको छ ।
अझ भनौं गीता साधारण कर्मलाई परमात्मासँग साक्षात्कार गराउने सरल साधन हो र यसको उद्देश्य कर्मलाई परमात्मातŒवसँग योग गराउनु हो । यसले कर्मयोगमा चमत्कार देखाएको छ ।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन (२।४७) कोकर्मवैज्ञानिक यन्त्रबाट कर्मयोगको शल्यक्रिया गरेरयसले कर्मलार्ईपरिश्रम र फल दुई भागमा विभाजन गरी साधकका थालमा परिश्रमपस्किनसिकाएको
छ, र सम्बन्धित साधकलाईश्रमको तल्लीनतामा स्वर्गीय आनन्द प्राप्त गर्न सकिने महत्त्वपूर्ण कुरा पनि सिकाएको छ । त्यसैगरीकर्मको फल चाहिं परमात्माका पाउमा समर्पण गर्यो भने साधकले
फलाशाको दुःख झेल्नु पर्दैन भन्ने पनि सिकाइको छ । फलको ध्यानबाट छुटकारा पाउनु भनेको साधकका यावत् तनाव र चिन्ता समाप्त हुनु हो । यसरी यसले दुःख–सुखको अभिभारा भगवान्मा
सुम्पिएर मनुष्य मात्रलाई आनन्दित बनाउने कार्य गरेको छ ।

गीताले मनुष्यलाई सम्पूर्ण प्राणीको हितमा कर्म गर्नपनि सिकाएको छ, किनभने पाचौं अध्यायको पच्चिसौं श्लोकमा र बाह्रौं अध्यायको चौथो श्लोकमागरी दुईदुई पटक सर्वभूतहिते रताःभन्ने श्लोकांश
आएको छ । पाँचौं अध्यायमा प्रयुक्त श्लोकांशको आशय सम्पूर्ण प्राणीहरूका हितमा प्रीतिको भाव राख्ने साधक निर्गुण ब्रह्ममा पुग्दछ भन्ने हो भने बाह्रौं अध्यायमा प्रयुक्त श्लोकांशको आशय सम्पूर्ण
प्राणीहरूका हितमा प्रीतिको भावना राख्ने साधकले म (सगुण परमात्मा) लाई प्राप्त गर्दछ भन्ने हो ।यसको अर्को तात्पर्य के पनि हो भने अर्काका हितमा प्रेम हुनेबित्तिकै सुगमतापूर्वक आफ्नो सुख र
आरामको त्याग हुन्छ । आफ्नो सुख र आरामलाई त्याग्नु भनेको जड वस्तुको परित्याग गर्नु हो । यसरी जडताको त्याग गरेपछि साधकले आफ्नो इच्छानुसार निर्गुण या सगुणअथवा दुवै ब्रह्म प्राप्त
गर्न सक्छ ।

अनादिकालदेखि देहसँग प्रयोग हुँदै आएको अहम्लाई सर्वथा त्याग गर्नका लागि सम्पूर्ण प्राणीका हितमा प्रेम हुनु परम आवश्यक छ । प्राणीहरूका हितमा प्रेम भयो भने अहम् सजिलै छुट्न सक्छ र
अहम् छुटेपछि आफ्नो स्वरूपको अनुभव हुन्छ । त्यसपछि बन्धनको कुनै सम्भावना रहँदैन । साधकले प्राणी मात्रका हितका लागि के कति कार्य गर्छ, उनीहरूलार्ई के कति चिज दिन्छभन्ने कुराको
नापतौल हुँदैन, किनभने कार्य र पदार्थ सीमित हुन्छ ।कार्यहरूको पनि आरम्भ र अन्त हुन्छ तथा पदार्थहरूको पनि संयोग र वियोग हुन्छ, तर सम्पूर्ण प्राणीप्रति गरिने हितको भाव असीमित हुन्छ ।
असीम भावबाट नै असीम परमात्मतŒवप्राप्त हुन्छ । गीताअमूल्य उपदेशहरूको खानी हो । यस खानीबाट निकालिएका केही महत्त्वपूर्ण उपदेशहरू :

१. आत्मा अजर–अमर छ । न यसले कसैलाई मार्छ न यो कसैद्वारा मारिन्छ ।
२. आत्मा न कहिल्यै जन्मन्छ न कहिल्यै मर्दछ । शरीर नाश भए पनि यसको नाश हुँदैन ।
३. तिमी आफुलाई भगवान्मा समर्पित गर । यो नै सबैभन्दा उत्तम सहारा हो । जुन मानिस यो गीतासँग परिचित छ ऊ भय, चिन्ता, शोकबाट सदासदाका लागि मुक्त हुन्छ ।
४. जसरी मानिस आफ्ना पुराना लुगा फुकालेर नयाँ लुगा लगाउँछ, त्यसरी नै जीवले मृत्युपछि पुरानो शरीर छाडेर नयाँ शरीर धारण गर्दछ ।
५. यस आत्मालाई न शस्त्रलेकाट्न सक्छ, न आगाले डढाउन सक्छ, न पानीले भिजाउन सक्छ, न हावाले नै सुकाउन सक्छ ।
५. जन्म लिनेको मृत्यु निश्चित छ, मर्नेको पनि जन्म निश्चित छ । अतः यस्तो निश्चित र अटल विषयमा शोक गर्नु उचित छैन ।
७. सुखदुःख, लाभहानि, जितहार आदिको चिन्ता नगरेर मनुष्यले आफ्नो शक्तिअनुसार कर्तव्यकर्म गर्नुपर्छ । यस किसिमको भावबाट कर्म गर्नाले मानिसलाई पाप लाग्दैन ।
८. तिम्रो के गयो र तिमी रुन्छौ ? तिमीले के ल्याएका थियौ, जो तिमीबाट गुम्यो ? तिमीले के रचना गरेका थियौ रअहिले त्यो नाश भयो ? तिमीले केही पनि लिएर आएका थिएनौ । जे
लिएका छौ यहींबाट लिएका छौ । जे दिएका छौ यहीं दिएका छौ।
९. केवल कर्म गर्नु मात्र मनुष्यका वशमा छ, कर्मफलमा छैन । यसकारण तिमी कर्मफलको आसक्तिमा पनि न फसर कर्मको त्याग पनि नगर ।
१०. दुःखबाट जसको मन दुःखित हुँदैन, जसलाई सुखको चाहना पनि हुँदैन र जसको मनमा राग, भय र क्रोध समाप्त भएको छ, त्यस्तो मुनि आत्मज्ञानी मानिन्छ ।
११. श्रेष्ठ मनुष्यले जस्तो आचरण गर्छ, अरु (सामान्य) मानिसले पनि उसकै जस्तो आचरण गर्छन् । (नेताले जे जस्तो प्रमाण दिन्छ, जनसमुदायले त्यसैलाई मान्छन् । अगाडि हिंड्ने केरी
भेडो भड्खालामा प¥यो भने पछि हिंड्ने सबै भेडा भड्खालामा पर्छन्) ।

गीता छन्दको गाना अर्थात् गीत भएकाले छन्द मिलाएर पढ्ने पाठकलाई यसले आनन्द प्रदान गर्दछ । पढ्दा बुझिन्छ पनि । पद्यमा पढ्न बानी नभएका पाठकका निमित्त गद्यको पनि आवश्यकता
पर्छ । सो कुरालाई मध्यनजर गरी परिशिष्ट (क) मा प्रत्येक अध्यायको सारांशनेपाली गद्यमा राखिएको छ । त्यसैगरी मातृभाषा अंग्रेजी हुने र अंगे्रजी जान्ने पाठक, विशेष गरी विद्यार्थीवर्गका
लागि प्रत्येक अध्यायको अंग्रेजी–सारांश परिशिष्ट (ख) मा राखिएको छ भने परिशिष्ट (ग) मा यसले अनुवाद गरेका केही स्तुतिहरू प्रस्तुतगरिएका छन् ।
गीतानुवाद गर्नु एउटा महत्त्वपूर्ण कर्म हो भन्ने ठानेरयसलेआफ्नो अधिकारका रूपमा लिएको छ । कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन (२।४७) भन्ने कृष्णको महान्वाणीलाई शिरोपर गरी कर्म मात्र
आफ्ना भागमा र यसको फल चाहिं भगवच्चरणारविन्दमा समर्पित गरएिको छ। यो तोते बोलीले पाठकलाईबिञ्चित् मात्र पनि संतुष्टि प्रदान गर्न सक्यो भने अनुवादकले आफुलाई धन्य संझनेछ,
भाग्यशाली संझनेछ र त्यसैलाई भगवत्कृपा मान्नेछ ।

अन्तमा यस नवीनकोमल–गीताको पाण्डुलिपि अध्ययन गरी भूमिका लेखी अमूल्यसहयोग गर्नुहुने विशिष्ट विद्वान्त्रय प्रा.शिवगोपाल रिसाल (ललितपुर), प्रा.डा.माधवप्रसाद भट्टराई, (काठमाडौं) र
आचार्य रोहिण्ीविलाश लुइटेल (झापा)प्रति यो अनुवादक हृदयतः नमन एवं आभार प्रकट गर्दछ । त्यस्तै भूमिका लेखनको संयोग जुटाई सहयोग गर्नुहुने प्रा.लालानाथ सुवेदी (काठमाडौं) र त्रिफला
राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश पोखरेल (झापा) धन्यवादका पात्र हुनुहुन्छ । साथै यस कार्यमा सहयोगीको भूमिका निर्वाह गर्ने मेरा छोरी–ज्वाइँ पुष्पा लक्ष्मीप्रसादलाई धन्यवाद एवं शुभ
आशीर्वाद ।गीताको अनुवाद कार्यमा कत्ति पनि बाधा नपुर्याई सहयोग गर्ने छोराबुहारी तीर्थ+राधा, गणेश+दीपा, नातिनी अनिता, नाति अजित, अभिजित, आराधना, अभिषेक र अमृतसमेत सबैको
ध्यान गीतामृत पान गर्नतिर पनि लागोस् भनी ईश्वरसँग प्रार्थना गर्दछु । साथै ध्यानपूर्वक मुद्रणसम्बन्धी कार्यको अभिभारा बहन गर्ने नरेन्द्र+कमला पराजुलीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
विनीत
कोमलप्रसाद पोखरेल
कोजाग्रत पूर्णिमा २०७५