महाभारत खण्ड ९
लाक्षाग्रह षड्यंत्र
[सम्पादन गर्नुहोस्]लाक्षाको दरबार
[सम्पादन गर्नुहोस्]भीमको शारीरिक बल र अर्जुनको दक्षता देखेर दुर्योधनको इर्ष्या बढदै गयो । धुर्त कुटनिति गर्ने योजनामा दुर्योधनको दुष्ट सल्लाहकार मामा शकुनि थिए । धृतराष्ट्र बुद्धिमान थिए र भाइका छोराहरुलाई माया पनि गर्दथे । तर उनको मन दरो थिएन । कमजोर भएको कारणले पक्षपाति भएर आफ्ना छोराहरु तिर लागेका थिए । छोराहरुको लागि ठूला ठूला दुष्कर्महरु गरी जाना जानि कुमार्गमा हिँडने गर्दथे । पाण्डवहरुलाई मार्ने अनेक किसिमका उपायहरु खोज्न तिर दुर्योधन लागे । आफ्नो परिवारलाई महान पापबाट बचाउन खोज्ने बिदुरको गोप्य सहायताले पाणडवहरुले ज्यान बचाउन सकेका थिए ।
दुर्योधनको नजरमा पाण्डवहरु उपरको रिस यो थियो कि देशका जनताहरुले उनिहरुको प्रशंसा गर्ने र बेला कुबेला जहिले पनि युधिष्ठिरलाई नै राजा हुन योग्य भन्दथे, सो कुरा खुलम खल्ला प्रचार गर्दथे । जनताहरु जम्मा भएर बहस गर्ने गर्दथे । “धृतराष्ट्र जन्म अन्धो भएकोले कदापि राजा हुन सक्दैन, उनले राज्य हात पार्नु उचित छैन । भीष्मको राजा नहुने प्रण र सत्यबादी भएकाले राजा हुने छैन । त्यसकारण युधिष्ठिरलाई नै राजाको अभिषेक दिनु पर्छ । उनले मात्र न्याय पु-याइ कुरु बंशको राज्य चलाउन सक्छ । जनताहरुले जता ततै यस्ता कुरा गर्दथे ।”
ती कुराहरु दुर्योधनको कानमा बिष जस्तो भयो । रिस उठाउने भयो । डाहले जलायो ।
धृतराष्ट्र दुर्योधन वार्ता
[सम्पादन गर्नुहोस्]उनि धृतराष्ट्र कहाँ गए । जनताको कुरालाई कडा संग प्रतिपाद गरी भन्न लागे –“पिताजी, जनताले सरोकार नभएको बकबासको कुरा गर्द छन् । तिनिहरुले भीष्म र तपाईँ जस्ता आदरणीय पुरुषको पनि कुनै सनमान राख्दैनन् । तिनीहरु भन्दछन् कि युधिष्ठिरलाई छिटै राजाको अभिषेक दिनु पर्छ । यसले हामीलाई बिपद आउने छ । तपाईँ अन्धो भएको कारणले गर्दा तपाईँलाई हटाई तपाईँका भाइ राजा भएका थिए । यदि युधिष्ठिर आफ्ना बाबुको ठाउँमा हुने भयो भने हामी कहाँ जाने ? हाम्रा सन्तानको के गति हुन्छ ? युधिष्ठिरका शेष पछि उनका छोरा,उनका छोरा पछि छोरा राजा हुने हुन्छ । हामीहरुलाई खान लाउन पनि उनिहरुको अधिनमा बस्नु पर्ने हुन्छ । त्यसरी बस्नु भन्दा त नरक मै बस्नु जाति हुन्छ” ।
यी कुराहरु सुनेर धृतराष्ट्रले गौर गरेर भने –“प्रिय छोरा, तिमीले भनेको कुरा ठिक हो । त्यसो भएता पनि, युधिष्ठिरले धर्मको बाटो छाड्ने छैन । त्यस्ले सबैलाई माया गर्छ । उनि सित स्वर्गबास भएको उनको बाबुको सबै उत्तम गुणहरु छन् । दुनियाँले उनको प्रशंसा गरेर उनलाई बलिया तुल्याउँछ । पाण्डुको भद्र ब्यबहारले गर्दा उनलाई प्रेम गर्ने राज्यका मंत्रिगणहरु सबै र सेनाध्यक्षहरुले पक्कै पनि उनको समर्थन गर्ने छन् । प्रजाहरुको हकमा, तिनीहरुले उनलाई आदर्श मान्दछन् । उनिहरुको बिरोध कुनै हालतमा पनि गर्न सक्दैनौ । यदि हामिले अन्याय ग-यौँ भने शहर बासिहरुले बिद्रोह गरी यात हामीलाई मार्ने छन् वा देश निकाला गर्ने छन् । हाम्रो खालि बदनाम मात्र हुने छ ।”
दुर्योधनले जवाफ दिए –“तपाईँका डरहरु सबै निराधार छन् । भीष्मज्यू सर्बथा तटष्ठ रहनु हुन्छ । अस्वत्थामा मेरो भक्त छ । यसको माने उनका बुबा द्रोण र मामा कृपा पनि हाम्रो पक्षमा हुनेछ । बिदुर शक्तिशालि नभएको कारण उनले खुलम खुल्ला हाम्रो बिरोध गर्न सक्ने छैन । पाण्डवहरुलाई तुरुन्त वारणावत पठाई दिनुस् । म सत्य सत्य कुरा भन्दछु, मेरो दु:खको भाँडो भरी सकेको छ । अब म सहन सक्तिन । मेरो हृदय छिया छिया परेको छ, मलाई निदाउन नसक्ने तुल्याएको छ । मेरो जीवनलाई आँधि बेरी समान तुल्याको छ । पाण्डवहरुलाई वारणावत पठाए पछि हाम्रो पक्षलाई बलियो पार्ने काममा लाग्न सकिने छ” ।
धृतराष्ट्रलाई मनाउने प्रयास
[सम्पादन गर्नुहोस्]त्यस पछि केही राजनितिज्ञहरुलाई आफ्नो पक्षमा कुरा गर्न दुर्योधनेले राजा कहाँ पठाए । कनिक भन्ने शकुनिको मन्त्रिले नेतृत्व गरेका थिए । उनले भने – “महाराज, पाण्डुका छोराहरु देखि होसियार हुनुस् । किनभने तिनीहरुको कल्याण र प्रभाव भन्नु तपाईँ र तपाईँका छोराहरुको विपद हो । तिनीहरु तपाईँका भाइका छोराहरु हुन् ।
नाताहरु भनेको जति नजिक र घनिष्ट हुन्छ उतिकै भयंकर बिपदको पनि हुन सक्छ । तिनिहरु धेरै शक्तिशालि छन् । रिशानि माफ होस्, राजा भनेको नामले मात्र होइन कामले पनि बलिया हुन पर्छ । कहिल्यै नदेखाएको बल प्रति कसैले पनि बिश्वास गर्दैन । राज काजका कार्यहरु गोप्य राख्नु पर्छ । दुनियाँलाई दिएको राम्रो योजनाको संकेट स्वरुप कार्यान्वयन प्रदान गरी हाल्नु पर्छ । दुष्टहरुलाई तुरुन्तै निर्मुल पारी हाल्नु पर्छ । किन भने, शरीरमा काँडाहरु रहन दियो भने तिनिहरुले अवश्य पनि घाउ पार्ने छन् । बलिया निर्बलिय सबै शत्रुहरुको नाश गर्नु पर्छ । लापरबाही भयो भने एउटा सानो झिल्काले पनि जंगललाई नाश गर्न सक्छ । बलिया शत्रुलाई चतु-याँईले नाश गर्नु पर्छ, उनिहरु माथि दया माया गर्नु मुर्ख्याँई हुनेछ । ओ राजा पाण्डुका छोराहरु देखि होस गर्नुस्, तिनिहरु धेरै शक्ति शालि छन्” ।
दुर्योधनले भने –“मैले धन र मान दिएर राजाका सेवकहरुको सदिक्षा किनि सकेको छु । मंत्रिगणहरुलाई हाम्रो पक्षमा गरी सकेको छु । यदि तपाईँले पाण्डवहरुलाई फकाइफुकाई जान मनाउनु भयो भने देश र सबै राज्य हाम्रो पक्षमा हुने छन् । यहाँ तिनीहरुको एउटा पनि मित्र हुने छैन । राज्य हाम्रो भै सके पछि हामीलाई हानी पु-याउने शक्ति उनिहरुमा हुने छैन । त्यस पछि उनिहरुलाई फिर्ता आउन दिन पनि सकिन्छ” ।
आफैले पत्याउन खोजेको कुरा धेरै जनाले भने पछि धृतराष्ट्रको मनमा हलचल मच्चियो । आफ्ना छोराहरुको पक्षमा सहमति जनाए । अब षदयन्त्र सफल मात्र बाँकि भयो । पाण्डवहरुले सुन्ने गरी मंत्रिगणले वारणावतको प्रशंसा गर्न थाले । त्यहाँ शिबको जात्रा धुमधाम संग मनाउन लागेको बयान गरे । हेर्न योग्य भएर मात्र होइन, त्यहाँका जनताहरु तिनिहरुको स्वागत गर्न उत्सुक भएको कारणले त्यहाँ गएर तिनिहरुले पक्कै पनि मेला हेर्नु पर्छ भने । बिशेष गरेर धृतराष्ट्रले पनि बताए पछि निशंका भएका पाण्डवहरुले सजिलै सित माने ।
भीष्म र अरु ठूलाबडाहरुसंग बिदावारी भै पाण्डवहरु वारणवत गए । दुर्योधनको हर्षको सिमाना रहेन । वारणावतमा कुन्ती र पाण्डवहरुलाई मार्ने योजना शकुनिसंग मिलेर बनाए । यसमा कर्णको सहमति थिएन ।
तिनिहरुले मंत्रि पुरोचनलाई बोलाउन पठाए । इमान्दारीका साथ कार्यान्वयन गर्न उनलाई बाध्य गराएर गोप्य रुपमा गर्नु पर्ने कामहरु बताए । पाण्डवहरु पुग्नु अगावै वारणावत पुगेर उनिहरुको स्वागतको लागि पुरोचनले एउटा सुन्दर दरबार बनाउन लगायो । भवन तयार गर्न जुट्, लाहा, घ्यू, तेल र बोसो जस्ता सजिलै सित सल्कने बस्तुहरुको प्रयोग गरेका थिए । गारोहरुमा लेपिएका बस्तुहरुमा पनि त्यस्तै बस्तुहरुको प्रयोग गरिएको थियो । उनले भवनको ठाउँ ठाउँमा आगोले सजिलै संग टिप्ने खालका बस्तुहरु राख्न लगाएका थिए । सब भन्दा सजिलै सित आगो सल्कने ठाउँमा निमन्त्रितहरु बस्ने र सुत्ने सामानहरु राखिएका थिए । शहरमा निडरका साथ बस्नको लागि आवश्यक प्रत्यक्ष सुबिधाहरुको राम्रो प्रबन्ध मिलाइएको थियो । पाण्डवहरु लाक्षा गृहमा बसे पछि मस्त निदाएको बेला आगो लगाई दिने योजना थियो ।
पाण्डवहरु बारणावत प्रस्थान
[सम्पादन गर्नुहोस्]गन्य मान्यहरुसंग बिदा लिई र साथिहरुसंग अंकमाल गरी पाण्डवहरु बारणावत तिर प्रस्थान गरे । शहरबासीहरु केहि पर सम्म साथ लागि गए र खेदका साथ शहर फर्कि आए ।
युधिष्ठिरले मात्र बुझ्ने शब्दमा बिदुरले जनाउ दिइ बताए – “कठोर शत्रुको इरादा जस्ले अघिवाटै बुझ्दछ उनै मात्र बिपदबाट बच्ने हुन्छ । फलामका हतियार भन्दा तीखा हतियारहरु हुन्छन् । त्यसबाट बच्नको लागि बुद्धिमानले पहिलेबाट बिचार गर्छन् । जंगल सखाप पार्ने आगलागिले माटो भित्र बस्ने मुसा वा दुम्सिलाई केहि पनि क्षति पु-याउन सक्तैन । ज्ञानि मानिसले आफ्नो ग्रहगति जानेर आफ्ना सुख दु:ख थाहा पाउने हुन्छ” ।
दुर्योधनको गुप्त षदयन्त्र र त्यसबाट बच्ने उपायहरु युधिष्ठिरलाई मात्र संकेट दिने यस्को अर्थ थियो । बिदुरको कुराको अर्थ बुझेँ भनि युधिष्ठिरले जवाफ दिए । पछीबाट यो कुरा कुन्ती देबीलाई थाहा दिए । तिनिहरुले हर्षको उज्यालोमा आफ्नो यात्रा शुरु गरेको भएता पनि तिनीहरु अहिले दु:ख र चिन्ताको अँध्यारो बादलमा हिँडेका थिए ।
बारणावतका मानिसहरुले पाण्डवहरु आफ्नो देशमा आउने थाहा पाएर धेरै खुशि भए । र, उनिहरुलाई स्वागत गरे । तिनीहरुको लागि भवन बन्न लागि रहेको बेला केहि दिन अर्कैको घरमा पाण्डवहरु बसे । पुरोचनले बताएको बेला मात्र त्यस भवनमा सरे । त्यस भवनको नाम शिबम् राखेका थिए । त्यसको अर्थ समृद्ध हो । मृत्युको धरापलाई त्यस्तो नाम दिनु पनि दिक्क लाग्दो थियो ।
युधिष्ठिरले बिदुरको सुचना मनमा राखि भवनको कुना काप्चा सबै खूब ध्यान पूर्बक जाँच गरे । तुरुन्तै आगो सल्कने बस्तुबाट सो घर बनाइएको कुरामा कुनै पनि शंका भएन । युधिष्ठिरले भींमलाई भने –“हामीले यो भवन कालको धराप भनेर राम्ररी थाहा पाएका छौँ ता पनि यो कुरा पुरोचनलाई शंका उत्पन्न गराउनु हुन्न । हामी ठीक बेलामा उम्कनु पर्छ, शंकाको कुनै छेसका मात्र पनि दियौँ भने यहाँबाट उम्कन गाह्रो हुनेछ” । यसैले उनिहरु शंकाको कुनै पनि भान नपारी त्यस घरमा बसे ।
त्यसै बेला बिदुरले एउटा सुरुङ खन्ने मान्छे पठाई दिए । गोप्य भेट गरी उस्ले पाण्डवहरुलाई भने –“मैले लिई आएको सूचना बिदुरजीले तपाईँहरुलाई दिएको गोप्य जनाउ हो । तपाईँहरुको रक्षाको लागि सहायता गर्न उहाँले मलाई पठाउनु भएको हो” । त्यस उप्रान्त त्यस मानिसले पुरोचनलाई थाहै नदिएर गोप्य रुपमा धेरै दिन सम्म काम गरे । जमिन भित्र भित्रैबाट लाक्षा गृहबाट निस्कने एउटा सुरुङ तयार पारे ।
भवनको ढोका निरै पुरोचन बस्ने घर थियो । राति पाण्डवहरु सशस्र पहरा गर्दथे र दिनमा सुखानन्द भएको देखावटी स्वांग पारी जंगलको बाटोको जानकारी गर्न सिकार खेल्ने निहुले जंगल तिर जान्थे । पाणडवहरुले होशियारि साथ ज्यान लिने दुष्ट षडयन्त्रको जानकारी आफैमा राखे । उता पुरोचन सबै शंकालाई दबाउने गरी भयानक आगलागिलाई दुर्घटनाको भान गराउने चिन्तामा थिए । षडयन्त्रको कार्य पूरा नगरी उनि एक बर्ष सम्म प्रतिक्षामा नै रहे ।
पाण्डवहरु भाग्न सफल
[सम्पादन गर्नुहोस्]अन्तमा पुरोचनलाई प्रसस्त समय प्रतिक्षामा बिति सक्यो भन्ने लाग्यो । सो कुरा युधिष्ठिरले पनि बुझे । भाइहरुलाई बोलाएर भने –“अब यहाँबाट भाग्ने बेला आयो नत्र कहिल्यै पनि जान नपाउने हुन्छ ”। त्यस दिन कुन्ती देबीले काम गर्ने मानिसहरुको (पाँचजना पुरुषहरु र एक जना आईमाई) लागि धुम धाम भोजन तयार गरिन् । राती उनिहरुलाई मस्त निद्रामा पार्ने कुन्तीको बिचार थियो । आधारातमा भीमले दरबारको कतिपय ठाउँहरुमा आगो सल्काई दिए । पाण्डवहरु अन्धकारमा बाटो पहिल्याई सुरुंगको बाटो गरी हतर पतर बाहिर निस्के ।
तत्कालै दरबार भरी डरलाग्दो भयानक आगलागि भयो । तर्सिएका नागरीकहरु केही शीप नलागि रोइकराई बिलौना गरी तुरुन्तै जम्मा भए । कोहि कोहिले आगो निभाउने प्रयास पनि गरे । केहि नलागेर सबै कराए –“हरे शिब, यो साँचैनै दुर्योधनको काम हो । उनले निष्पापी पाण्डवहरुलाई मारेछ” ।
दरबार सबै भष्म भयो । पुरोचन भाग्न नपाउँदै उनको डेरा पनि आगोले घेरको थियो । र, उनि आफै षडयन्त्रको सिकार भए ।
हस्तिनापुरमा खबर
[सम्पादन गर्नुहोस्]बारणावतका जनताले हस्तिनापुरमा खबर पठाए । “पाण्डवहरु बसेका दरबार सबै बलेर खरानि भयो । त्यस्मा बसेकाहरु कोही पनि बचेर उमकेन” । धृतराष्ट्रको त्यति बेलाको मनको भावनालाई ब्यासले राम्ररी ब्याख्या गरेको छ । “गहिरो तलाउको पानी पीँढमा चीसो र माथि सतहमा तातो हुन्छ भने जस्तै धृतराष्ट्रको मन एकै चोटी तातो र चिसो दुबै भएको थियो । हर्षले न्यानो र दु:खले ठण्डा भएको थियो ।
पाण्डवहरु आगोमा जलेर भष्म भैसक्यो भन्ने ठानेर धृतराष्ट्र र उनका छोराहरुले शौच बार्ने काम गरे । राजकिय पोशाक फुकालेर शोक संतप्त परिबारले झैँ एक सरो पोशाक लगाएर गंगाजीमा गै विधिवत शौचको कार्य गरे । दिलै देखि शौच गरे जस्तो देखाउन कुनै पनि बाहिरिया बिधि छुटाएनन् । कुनै कुनैको बिचार भयो कि बिदुर अरुहरु जस्तो शोकमा परेका थिएनन् र आफ्नै दार्शनिक बिचारमा दुबेका छन् ।
पाण्डवहरु सकुशल बचेका थिए भन्ने बास्तविक कुरा उनलाई थाहा थियो । उनलाई दु:ख लागेको बेला उनको भित्री मनको नजरले पाण्डवहरुको दु:खमय यात्रा हेरि रहेका हुन्थे । भीष्म शोकमा दुबेको देखेर कसैले थाहा नहुने गरी बिदुरले उनलाई पाण्डवहरु सकुशल बचेर निस्कन सफल भएको कुरा बताएर ऊनलाई धैर्य गराए ।
पाण्डवहरुको दु:खमय यात्रा
[सम्पादन गर्नुहोस्]आमा र दाज्यूभाइहरु रात भरिको जागाराम, चिन्ता र डरले शिथिल भएको भीमले देखे । त्यसकारण उनले आमालाई काँधमा, नकुल र सहदेबलाई पिठ्युँमा बोके अनि युधिष्ठिर र अर्जुनलाई हातले सहारा दिएर हिँडे ।
तिनीहरु गंगाजी पुगेको बेला उनिहरुको गोप्यता थाहा पाएका एकजना माझीको संरक्षणमा एउटा डुंगा तयार भएको पाए । तिनीहरुले अंधकार मै नदी पार गरे । भयंकर जंगलमा पालले ढाके जस्तै अन्धकारले ढाकेर जंगली जनावरको डरलाग्दो आवाज सुनेर तर्सि तर्सि रातभरी हिँडेका थिए । हिँडदा हिँड्दै हैरान भए । थकाइ र निद्राले सतायो । प्यासको सताइ सहन नसकेर तिनीहरु थचक्क बसे । कुन्ती देबीले भनिन् – “धृतराष्ट्रका छोराहरुले मलाई समात्ने भए पनि परबाह छैन, म खुट्टाहरु टनकाउने छु” । उनी तुरुन्तै सुतेर मस्त निदाइन । भीम त्यस घना जंगलमा पानी खोज्दै हिँडे । एउटा तलाउ भेटाए । माथिको लुगा भिजाए । कमलको पातको कचौरा बनाएर पानीले भरे । आफ्ना आमा र दाज्यु भाइहरुलाई पानी ल्याई दिए । अरुहरु दु:खलाई बिर्सेर चुप चाप सुते ।
भीम चाहिँ एक्लै जागा भएर गहिरिएर मनमनै बिचार गरे –“जंगलका बिरुवा-लहराहरु एक अर्कोलाई मिलेर सहायता गरेर बसेका छैनन् र ? यो दुष्ट धृतराष्ट्र र दुर्योधनले हामीलाई किन यसरी दु:ख दिनु परेको ? आफु निष्पाप भएका भीमले अरुहरुमा भएको पापको तरंगलाई बुझ्न सकेन अनि दु:खमा परे । पाण्डवहरु कयौँ दु:खहरु सहेर, कयौँ बिपदहरु टारेर हिँड्दै गरे । कहिँ कहिँ आमालाई बोकेर छिटो छिटो हिँड्थे । काहिले काँहिँ असह्य भए पछि आराम गर्दथे ।
ब्यास सितको भेट
[सम्पादन गर्नुहोस्]कहिले काँहि जवानिको बल निकाली, फूर्ति बढाइ आफु आफूमा मिली दौडने पनि गर्दथे । बाटोमा भगवान ब्यास सित तिनीहरुको भेट भयो । तिनीहरुले ढोग गरे । उनीबाट साहस र ज्ञानको कुरा पाए । कुन्तीले आफुहरुमा पर्न आएकोदु:खहरु उनलाई सुनाए । उनलाई धैर्य गरी ब्यासले भने –“कुनै पनि धर्मात्मा मानिस सँधै धर्मात्मा रहन सक्तैन । फेरि सबै पापीहरु सधैँ पापमा लोटपोट भएर बस्दैन । जीवन भनेको अल्झाउने माकुराको जालो हो । सत् असत् कार्य नगरेका यस लोकमा कोहि छैन । प्रत्यक जो सुकैले पनि आफ्नो कर्मको फल भोग्नु पर्छ । दु:ख नमनाउ” । त्यस पछि ब्यासले भने जस्तै तिनीहरुले ब्राह्मणको जस्तो लुगा लगाए । एकाचक्र देशको एउटा ब्राह्मणको घरमा डेरा गरी बसे । कुशल दिनलाई पर्खेर बसे ।
खण्ड
[सम्पादन गर्नुहोस्]अघिल्लो खण्ड महाभारत खण्ड ८
आउने खण्ड महाभारत खण्ड १०
स्रोत
[सम्पादन गर्नुहोस्]सुखसागर को सौजन्य से
बाहिरी कडिहरु
[सम्पादन गर्नुहोस्]- वेद-पुराण - यहाँ चारै वेद एवं दस भन्दा अधिक पुराण हिन्दी अर्थ सहित उपलब्ध छन्। पुराणहरु लाई यहाँ सुना पनि जान सक्छ।
- महर्षि प्रबंधन विश्वविद्यालय-यहाँ सम्पूर्ण वैदिक साहित्य संस्कृत मा उपलब्ध छ।
- ज्ञानामृतम् - वेद, अरण्यक, उपनिषद् आदि मा सम्यक जानकारी
- वेद एवं वेदांग - आर्य समाज, जामनगर को जालघर मा सबै वेद एवं उनको भाष्य दिये भएका छन्।
- जसको उदेश्य छ - वेद प्रचार
- वेद-विद्या_डट_कम
ढाँचा:महाभारत कथा ढाँचा:पुराण ढाँचा:वैदिक साहित्य ढाँचा:महाभारत ढाँचा:रामायण ढाँचा:हिन्दू धर्म