सम्पूर्ण नेपाली भाषा व्याकरण

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

संसारमा भएको जुनसुकै पनि वस्तुलाई जनाउने शव्दलाई नामपद भनिन्छ। अर्को शब्दमा भन्दा व्यक्ति, भाव, जाति, द्रव्य वा पदार्थ तथा समूहविशषलाई जनाउने शब्द नाम हुन् । नामपदलाई संज्ञा पनि भनिन्छ । व्यक्तिवाचक, जातिवाचक, समूहवाचक, द्रव्यवाचक र भाववाचक गरी नाम पाँच किसिमका हुन्छन् । व्यक्ति वा वस्तु (प्राणी, पदार्थ, गुण, ठाउँ, धर्म) बुझाउने शब्दलाई नाम भन्दछन् ।

क) जातिवाचक: एउटै प्रकार वा जातका सबैलाई बुझाउने शब्दलाई जातिवाचक नाम भन्दछन्, जस्तै- मानिस, परेवा आदि ।

ख) व्यक्तिवाचक: कुनै एक वा विशेष व्यक्ति अथवा वस्तुलाई बुझाउने शब्दलाई व्यक्तिवाचक नाम भन्दछन्, जस्तै- राम, महाभारत आदि ।

ग) समूहवाचक नाम: व्यक्ति वा वस्तुको समुदायलाई बुझाउने शब्दलाई समूहवाचक नाम भन्दछन्, जस्तै- हुल, भेला, बथान आदि ।

घ) द्रव्यवाचक नाम: नाप वा तौल भएको पदार्थलाई बुझाउने शब्दलाई द्रव्यवाचक नाम भन्दछन्, जस्तै- सुन, चाँदी। पानी, काठ आदि ।

ङ) भाववाचक नाम: व्यक्ति वा वस्तुको गुणधर्म, दशा वा व्यापार बुझाउने शब्दलाई भाववाचक नाम भन्दछन्, जस्तै- दु:ख, सुख, साहस, जाडो आदि । नामको ठाउंमा प्रयोग हुने शव्दलाई सर्वनाम भनिन्छ| नाम वा नामपदसमूहको पुनरुक्ति रोक्न सट्टामा आउने शब्दलाई सर्वनाम भन्दछन् । उदाहरण को लागि कुनै, म, तिमी ऊ, यो, त्यो, हामी, उनी । नेपालीमा सर्वनामका निम्न प्रकारहरू छन्:

क) व्यक्तिवाचक सर्वनाम:

     पुरुष वा व्यक्तिलाई जनाउने सर्वनाम व्यक्तिवाचक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्नलिखित तीन प्रकारका हुन्छन्:
    अ) प्रथम पुरुषवाचक- प्रेषक(बोल्ने वा लेख्ने व्यक्ति) लाई बुझाउने सर्वनाम, 
         जस्तै- म(एकवचन), हामी(बहुवचन) ।
    आ) द्वितीय पुरुषवाचक - प्रापक(पढ्ने वा सुन्ने व्यक्ति ) लाई बुझाउने सर्वनाम,
         जस्तै- तँ(एकवचन), तिमी, तिमीहरू(बहुवचन) ।
    इ) तृतीय पुरुषवाचक- प्रेषक र प्रापक बाहेक अरू कसैलाई बुझाउने सर्वनाम,
         जस्तै- यो, त्यो, ऊ(एकवचन), यी, यीनीहरू, ती, तिनीहरू,उनिहरू(बहुवचन) ।
       आदरार्थी- यिनी, यी, तिनी, ती, उहाँ, उहाँहरू, उनी ।
       आत्मवाचक- आफू, आफूहरू, आफूआफूहरू ।
       पारस्परिक- एकअर्का, आपसआपस ।
       निश्चयवाचक- निज, निजहरु, अरू, अरूहरू, सबै ।

ख) दर्शक सर्वनाम

     नजिक वा टाढाका व्यक्ति वा वस्तुलाई तोकेर बताउने सर्वनाम दर्शक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्न दुई प्रकारका छन्:
    अ) समीपवाचक- निकटवर्ती वा उपस्थित व्यक्ति वा बस्तुलाई बताउने सर्वनाम,
        जस्तै-  
        सामान्य- यो, यिनीहरू, यी ।
        आदरार्थी- यी, यिनीहरू, यहाँ ।
   आ) दूरवाचक- दूरवर्ती वा अनुपस्थित व्यक्ति वा वस्तुलाई बताउने सर्वनाम, जस्तै-

सामान्य- त्यो, तिनीहरू, ती, ऊ, उनीहरू ।

आदरार्थी- ती, तिनी, उनी, उहाँ ।

ग) सम्बन्धवाचक सर्वनाम:

     वाक्यमा संबन्ध स्थापित गराउने सर्वनाम संबन्धवाचक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्नलिखित दुई प्रकारका छन्, जस्तै-
    अ) निश्चयवाचक - ग्यात वा निश्चित व्यक्ति वा वस्तुलाई अथवा तिनको मात्रालाई बुझाउने सर्वनाम, जस्तै-
       मानवीय - जो, जोजो ।
       अमानवीय - जे ,जेजे ।
       दुवै      - जुन ।
    आ) अनिश्चयवाचक - अग्यात वा अनिश्चित व्यक्ति वा वस्तुलाई अथवा तिनको अवस्थालाई बुझाउने सर्वनाम, जस्तै-
       मानवीय - जोसुकै ।
       अमानवीय - जेसुकै ।
       दुवै - जुनसुकै ।  


घ) प्रश्नवाचक सर्वनाम:

    कुनै व्यक्ति वा वस्तुका विषयमा प्रश्न व्यक्त गर्ने सर्वनाम प्रश्नवाचक सर्वनाम हो । यस खालका सर्वनामहरू निम्लिखित दुई प्रकारका हुन्छन्:
   अ) निश्चयवाचक - निश्चित व्यक्ति वा वस्तुबारे प्रश्न व्यक्त गर्ने सर्वनाम, जस्तै-
       मानवीय - को, कोको ।
       अमानवीय - के, केके ।
       दुवै - कुन, कुनकुन ।
   आ) अनिश्चयवाचक - अनिश्चित व्यक्ति वा वस्तुबारे प्रश्न गर्ने सर्वनाम, जस्तै-
       मानवीय - कोही, कोहीकोही ।
       अमानवीय - केही, केहीकेही ।
       दुवै - कुनै, कुनैकुनै ।

विशेषणले कुनै पनि नाम अथवा सर्वनामको गुणको व्याख्या गर्दछ । क्रियाको समय बताउने शब्दलाई काल भनिन्छ भने कालले क्रियाको बिभिन्न अवस्था र समयलाई जनाउँछ । काल तीन प्रकारका हुन्छन् - १) वर्तमान काल २) भूतकाल ३) भविष्यत् काल


१) वर्तमान काल:-[सम्पादन]

कुनै क्रियापदले अहिलेको समयमा काम हुने, हुँदै गरेको र पूरा भएको बुझाएमा त्यस्तो क्रियापदको काललाई वर्तमान काल भनिन्छ । सामान्य, अपूर्ण र पूर्ण गरी यसका तीन पक्ष हुन्छन् ।

२) भूतकाल:-[सम्पादन]

कुनै क्रियापदले बितिसकेको समयमा काम भएको, हुँदै गरेको, भइसकेको, पछि थाहा हुन आएको र हुने गरेको बुझाएमा त्यस्तो क्रियापदको काललाई भूतकाल भनिन्छ । सामान्य, पूर्ण, अपूर्ण, अग्यात र अभ्यस्त गरी भूतकालका पाँच पक्ष हुन्छन् ।

३) भविष्यत् काल:-[सम्पादन]

जुन क्रियापदले पछि आउने सामान्य, अपूर्ण र पूर्ण समयलाई बुझाउँछ, त्यसलाई क्रियाको भविष्यत् काल भनिन्छ । भविष्यत् कालका सामान्य, अपूर्ण र पूर्ण गरी तीन पक्ष हुन्छन् ।

                                    स्वर वर्णक 


                      लघु                                    दीर्घ
                एक वचन                                बहु वचन 


       स्वर              वर्णक               स्वर                    वर्णक 
       अ                ़                      आ                     ा
       इ                 ि                     ई                       ी
      उ                  ु                      ऊ                       ू
      ऋ                 ृ                                                                                                
    
      ए                  े                      ऐ                      ै
     ओ                 ो                     औ                     ौ
------------------------------------------------------------------------------------         
खंदेतर वर्ण   
    अं          ं
    अः       ः

एक वा एकभन्दा बढी अक्षर मिलेर बनेको र स्वतन्त्र रूपमा प्रयोग हुन सक्ने अर्थ युक्त भाषिक एकाईलाई शब्द भनिन्छ । रमा, राम, विद्यालय, म , ऊ , तिमी, ठुलो , हिजो , पनि, नि, र , ओहो ! आदि शब्द हुन् । यसैलाई पद भनिन्छ । कुनै आवाज, दृश्य वा क्रियाको तरिकालाई सहज किसिमले नक्कल गर्ने शब्दलाई अनुकरणात्मक शब्द भनिन्छ । नेपाली भाषाको आफ्नै मौलिक विशेषतालाई झल्काउने यस्ता अनुकरणात्मक शब्दहरू क्रियाविशेषण अन्तर्गत पर्दछन् । केही अनुकरणात्मक शब्दहरू र यससँग मेल खाने शब्दहरू तल दिइएका छन् ।


कलकल - पानी खानु भुसुक्क - बिर्सनु

खुरूखुरू - हिड्नु डमडम - बज्नु

गजक्क - पर्नु धपक्क - बल्नु

झमक्क -साँझ पर्नु झ्वाम्म - हाम फाल्नु

कुपुक्क - खानु गजधम्म - बस्नु

मुसुक्क - हाँस्नु सिरसिर ‍- हावा चल्नु

झुलुक्क - झुल्किनु भक्भकी - उम्लनु

लटरम्म - फल्नु फटाफट - जानु, गर्नु

थचक्क - बस्नु खलखल - पसिना बग्नु

सुलुक्क - निल्नु सरासर - हिड्नु

झनक्क - रिसाउनु डङडङ्ती - गन्हाउनु

झल्याँस्स - बिउँझनु झमक्क - साँझ पर्नु

ढकमक्क - फुल्नु पिटिक्क - भाँचिनु

जुरूक्क - उठ्नु टप्प - टिप्नु

भुतुक्क - हुनु पिच्च - थुक्नु

गमक्क - गम्किनु कपाकप - खानु

कुपुकुपु - खानु टक्रक्ल - राख्नु

फ्यात्त - फ्याक्नु हुत्त - फ्याक्नु

प्याट्ट - पिट्नु कुटुकुटु - हिड्नु

चिटचिट - पसिना आउनु सुँक्कसुँक्क - रुनु

चुर्लुम्म - डुब्नु तनक्क - कस्नु

धुरुधुरु - रुनु मुसुमुसु - हाँस्नु

फ्याट्ट - हिर्काउनु चस्चसी - घोच्नु

भुर्र - उड्नु स्वाँस्वाँ - गर्नु

पिलपिल - बत्ति बल्नु ठिङ्ग - उभिनु

लहलह - झुल्नु भतभत - पोल्नु

गमगम - बास्ना चल्नु मक्ख - खुसी हुनु

इत्यादि ।

केही अनुकरणात्मक शब्दहरूको प्रयोग तल हेरौं-

लटरम्म:- यो आँपको बोट त लटरम्म फलेको छ ।

लहलह:- खेतमा धानका बाला लहलह झुलिरहेका छन् ।

मक्ख:- उसको कर्के हेराइले होला उनी त मक्ख परिछन् ।

पिलपिल:- पर गाउँको एउटा घरमा बत्ती पिलपिल बलिरहेको छ ।

टलक्क:- बिहानीको घामले हिमाल टलक्क टल्किएको छ ।

भुर्र:- चरा भुर्र उड्यो ।