सामग्रीमा जानुहोस्

रविकृत रामायण

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

रविकृत रामायण

[सम्पादन गर्नुहोस्]

अथ बालकाण्ड रामायण प्रारम्भ

[सम्पादन गर्नुहोस्]

।।रिटक।। नसंझेर पो तो, राम संझेछ छ तो ।।
रामको लिनु नाम अरु छैन काम ।

पृथ्वीलाई भारी के जन्मला पापी ।

जय हरे राम जय हरे राम जय गोविन्द गोपाल ।

चारै दिनको जिन्दगी बित्दा दौडेर आउंछ काल ।।

भारी भयो र्पथवीलाई रावणका पापले ।

रुन गइन् विष्णु संग दुखीका स्वभावले ।।१।।


दया भयो दशरथजीका कोखीमा जन्मूंला ।

जन्म लिनिन् जनकदेखि सीताजी भनूंला ।।२।।

सीता मेरी सुन्दरीको रुप बनी जाल ।

आफैं आउला इन्द्रजित राउन्नको काल ।।३।।


दशरथलाई पुत्र नहुंदा गुरु वशिष्ठले ।

हुमेर अग्नि गर्भवती रानी खीरका भोगले ।।४।। नसंझेर०।।

कैकेयीलाई पुत्र जन्मे भरत भन्ने नाम ।

सुमित्रालाई लक्ष्मण चतुर कौशल्यालाई राम ।।५।।

जब परशयो पृथ्वीमा नारायणको पाउ ।

मनुष्यलाई दर्शन दिन जन्मे चुतर्बाहु ।।६।।

नाम कर्म ब्रतबन्ध वशिष्ठले गरे ।

शास्त्रहरु सब पढेर सकी धुनर्धारी भए ।।७।।

हातमा धनू कांधमा ठोक्रो नारिमा लिए कैंडा ।

घोरेल मृग तित्रा मारे एउटो मारे गैंडा ।।८।। नसंझेर०।।

विश्वामित्र लिन आए जनकपुरमा जाने ।

ताडकादि राक्षस मारी सुबाहुलाई हाने ।।९।।

गौतम ऋषिकी अहिल्या पत्नी इन्द्रले गरे भोग ।

गौतमजीले सराप दिए हजार योनिको रोग ।।१०।।

अहिल्या तिमी अविचारिनी म बिनु तिम्रो रहर ।

आफ्नू अर्काको विचार नगर्ने भइगए तिमी पत्थर ।।११।।

जुन दिन होला रामको औतार स्वर्गमा जान जाती ।

गौतमजीले हुकूम भयो रामले दिए लाती ।।१२ नसंझेर०।।