मेरो अमेरिका यात्रा सम्पूर्ण

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Jump to navigation Jump to search

विषय सूची[सम्पादन]

tumb

मेरो अमेरिका यात्राको पठन गर्दा

झापामै मेरो आँखाको अप्रेसन गराएपछि र नेपाल प्रज्ञा प्रतिष्ठान पुनःजीवन्त बनेको थाहा पाएपछि मलाई काठमाडौं एकपटक पुगेरै छाड्ने धुन चलेको बेलामा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालले यही २०६७ असारको १० गतेतिर फोन गर्नु भयो— कोमलप्रसाद पोखरेलजीको प्रकाशोन्मुख पुस्तकका लागि तपाईंले एउटा भूमिका लेखिदिनु पर्यो । मैले मानिन । किनभने असार २१ मा मलाई प्रस्थान नै गर्नु थियो । उब्रेका आठदस दिन पनि अन्य कामले ओगटिसकेका थिए । मदन ढकालजीले पनि मेरा कुरा एक कानले सुनेर अर्का कानले उडाइदिनु भएछ । त्यसको २/३ दिनपछि त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीको बैठकमा म जस्तै आमन्त्रित साहित्यकार बनी उहाँहरू पनि आउनु भयो र त्यहाँ त्यो प्रस्ताव पुनः मेरा अगाडि राखियो । पाण्डुलिपिसहित म काठमाडौं जाने र छोटो मन्तव्य लेखी यथाशक्य छिटो त्यो मन्तव्य र पाण्डुलिपि झापा पठाइदिने शर्तमा हाम्रा कुराकानी मिले । अहिले म, त्यही मन्तव्य लेख्न बसेको छु— भक्तपुर जडीबुटी क्षेत्रको नरेफाँटको विपिनकेशर प्रसाईंको घरमा ।
कोमलप्रसाद पोखरेलले आफ्नो सिङ्गो जीवन अध्यापन,प्राध्यापन र साहित्यिक क्षेत्रमा लगानी गर्दै आउनु भएको देखिन्छ । यस कथनलाई उहाँले २०२२ सालदेखि अहिलेसम्म नै शिक्षण संस्थामा बसेर निरवच्छिन्न सेवा गर्दै आएको तथ्य र २०५१ सालदेखि २०६० सालभित्रमा एउटा कवितासंग्रह (२०५१), एउटा निबन्धसंग्रह (२०५२) र एउटा कथासंग्रह (२०६०) प्रकाशित गरिसक्दासमेत ghghghचित्त नबुझाई प्रकाशोन्मुख दोस्रो निबन्धसंग्रहको पाण्डुलिपि तयार गरी मेरा हातमा राखिदिएको नयाँ तथ्यले प्रमाणित गर्दछ । अन्तर्मुखी चरित्रका मानिस हुनाले उहाँका प्रकाशित कृतिझैं अप्रकाशित कृति कति होलान् त्यससम्बन्धमा यसै भन्न सकिएन । त्यस सम्बन्धमा अंग्रेजी साहित्यको इतिहासको रोम्यान्टिक धाराका श्रष्टा एवं निर्माता दुबै भन्न र मान्न सकिने स्यामुअल टेलर, कलरिजले आङ्खना कटुआलोचक वर्डस्वर्थ लगायत सबैको मुख थुन्न लिटेरिया बायोग्राफियामा लेखेका निम्न पङ्क्तिको आशय स्मरण गर्नु र मौन बस्नु नै उचित पर्ने देखिन्छ । प्रकारान्तरले त्यस प्रख्यात पुस्तकमा यस्तो राय प्रकट गरिएको छ : लेखकले जेजति सार्वजनिक गर्दछ, पाठकले त्यसकै सीमाभित्र रहेर, उसको लेखाजोखा गरिदिनु पर्छ । ऊ के के गर्न सक्थ्यो वा गर्न सक्दैनथ्यो भन्ने कुरा उसका नितान्त निजी विषय हुन् । (By what I have done should I be judged by my follow men, what I could have done is a question of my own concience) एस.टी. कोलरिज (S.T. Coleridge) । अतः लेखकलाई थप कोट्याउने काम नगरौं । हामी पनि प्राप्ति मै चित्त बुझाऔं भन्छु ।

लेखकको प्रकाशोन्मुख कृतिको नाम राखिएको छ– मेरो अमेरिका यात्रा । यस कृतिमा तेह्रवटा निबन्ध पारिएका छन् । तिनको सूचि निम्न प्रकारले प्रस्तुत गर्न सकिन्छ ः

  1. थाइ विमान र बैंङ्कक उडान
  2. बैङ्कक–कोरिया यात्रा
  3. पन्ध्रघण्टे हवाइ–यात्रा : केही अनुचिन्तनहरू
  4. भर्जिनिया, म्याग्दी र १९३ औं भानुजयन्ती
  5. सुत्केरीब्यथा, पूर्वकल्पना र उत्तरआधुनिकता
  6. नातिको न्वारान, बाजेको हैरान : दमकलको उपस्थिति र वैदिक संस्कृति
  7. भूमिगत रेलयात्रा र बिचरो मूत्रथैली
  8. अमेरिकी बसयात्रा र उदेकलाग्दा कुराहरू
  9. अमेरिकी राजधानी : भिखमङ्गाको कहानी
  10. ‘हलौइन’ पर्व, पाकेको फर्सी र चकलेट—द्यौसी
  11. ‘एस’२ आतङ्क र अमेरिकी प्रशासनको असफलता
  12. अमेरिका : चुनावी संस्कृति र वास्तविक अनुभूति
  13. अत्याधुनिक चालक र उत्तरआधुनिक स–मिलfdfdfdf


प्रस्तुत निबन्धसंग्रहको आकारप्रकार एवं व्यक्तित्व यिनै तेह्रवटा निबन्धका आधारमा निर्मित हुन पुगेको पाइन्छ । हाम्रो नेपाली साहित्यमा २०२० सालयता धेरै नै ठूलो परिवर्तन आएको देखिन्छ— त्यसमा पनि खास गरेर लेखन प्रविधिको क्षेत्रमा । शारदाकालिक नेपालमा महाकवि देवकोटाले आङ्खना पूर्ववर्ती प्रबन्धकारलाई किनार लगाए अनि प्रबन्ध तयार गर्न प्रयोग हुँदै आएको भाले गद्यलाई परित्याग गरी पोथी गद्यको प्रयोग गरी निबन्ध लेख्ने नयाँ युगको सूत्रपात गरे । उनले खनेको त्यही राजमार्ग टेकेर शङ्कर लामिछाने, ह्दयचन्द्रसिंह प्रधान, केशवराज पिंडाली, भैरव अर्याल, डा. तारानाथ शर्मा, कृष्णचन्द्रसिंह प्रधान लगायत अनेक निबन्धकारले त्यस साहित्यिक विधालाई उत्कर्षसम्म पुर्‍याएको देख्न पाइन्छ । पहिलेका प्रबन्ध साहित्यका सीमारेखा भत्काउँदै अग्रगति प्राप्त गरिरहेको निबन्ध साहित्य निर्बन्ध हुन भने सकिरहेको थिएन । २०२० सालपछि भने हाम्रो साहित्यको निबन्ध विधा एउटा स्वतन्त्र विधा रहेन, साहित्यका सारा विधाका साँधसीमाना भत्केझैं यसले पनि आफ्ना साँधसीमानाको परित्याग गर्यो र आफ्नो लीला प्रकट गर्न थाल्यो । प्रश्न उठछ : हाम्रा कोमलप्रसाद पोखरेलजीले तयार गरेको यो निबन्धसङ्ग्रहमा विभिन्न रूपमा प्रकट हुने आधुनिकोत्तर निबन्धकारिताका त्यस्ता चरित्र एवं गुण विद्यमान् छन् कि छैनन् ? यस प्रश्नको उत्तर निकाल्नु पर्दा मैले यस पुस्तकमा परेका तेह्रवटा निबन्ध विषयीपरक एवं भावप्रधान छन् कि छैनन् अर्थात् अर्का शब्दमा भन्नुपर्दा मेरुदण्ड विहीन प्रकृतिका छन् कि छैनन् भन्ने कुरा पत्ता लगाउनै पर्ने भयो । एतदर्थ मैले सिङ्गै पुस्तकलाई तेह्र परिच्छेद भएको एउटा आधुनिकोत्तर उपन्यास सम्झेर पहिलो पठन गर्ने अनि दोस्रो पाठमा चाहिं आ–आफ्ना स्वतन्त्र अस्तित्व भएका तेह्रवटा निबन्धको सँगालो मानेर आफू खुशी पूर्व र परको सम्बन्ध विच्छेद गराएर पठन गर्ने निर्णय गरें । यी दुवै प्रकारले पाण्डुलिपिको पठन गर्दा एकातिर मैले एउटा आधुनिकोत्तर उपन्यास पढ्दाको चरम तृप्ति तथा आनन्द पनि भोग्न पाएँ भने अर्कातिर स्वतन्त्र निबन्धको सङ्गालो अनुरूप आफू खुशी अडिई–अडिई निकै दिन लगाएर निबन्ध पढ्दाको चरम तृप्ति र आनन्द पनि भोग्न पाएँ । मलाई रोमाञ्च भयो । यस सङ्ग्रहका श्रष्टा कोमलप्रसाद पोखरेलका कलमले यस्तो क्षमता प्रदर्शन गर्ने शक्ति देखाउँदा म मुग्ध बन्न पुगें । अतः यस सङ्ग्रहका पाठकले पनि मैले जस्तै यस सङ्ग्रहका दुवै लीला हेर्न र चरम तृप्ति एवं आनन्द भोग्न चाहनुहुन्छ भने मेरो अनुसरण अवश्य गर्नुहोस् भन्ने आग्रह गर्दछु । मैले नेपाली भाषामा लेखिएको यस्तो लीला प्रकट गर्ने शक्ति भएको अर्को निबन्ध सङ्ग्रह पढ्न पाएको छैन र यस सङग्रहका रचनाकारको प्रशंसा गर्दछु । स्वतःस्पूर्त ! धन्य भएको छ लेखनी ! धन्य हुनभएको छ लेखक !


यस सग्रहलाई उपन्यास मानेर पढे पनि, स्वतन्त्र निबन्धको सङ्गालो मानेर पढे पनि समग्र रचनाका एउटै नायक सर्वव्याप्त रहेको पाइन्छ । त्यस्तै समग्र रचना पनि एउटै मुलुक अमेरिकामा केन्द्रित रहेको पाइन्छ । यस सङ्ग्रहका नायकले ६४ वर्षको उमेर खाइसक्न लागेको अनि उहाँको व्यक्तित्व पनि पूरै नेपाली संस्कार एवं संस्कृतिमा ढालिएको पाइन्छ, बालकृष्ण समको प्रख्यात नाटक मुकुन्द–इन्दिराको उत्तिकै प्रख्यात पात्र भवदेवको जस्तै । यस सङ्ग्रहका श्रष्टा पनि भवदेव जस्तै आफूलाई अरुमाथि नलाद्ने अनि अरुलाई पनि आफूमाथि लादिन नदिने प्रवृत्तिका पाइन्छन् । सर्वत्र लेखकको त्यस्तो लौह–संस्कृतिको उदारता कायमै रहेको फेला पर्छ । पहिलो निबन्धले यथार्थ सत्यलाई खोल्छ र भन्छ ः कोमलप्रसाद पोखरेल अर्थात् यस निबन्धसङ्ग्रहका रचनाकारकी छोरी कृष्णा र ज्वाइँ गोपी आफ्ना प्रथम पुत्र अभिषेकका साथ अमेरिकामा बसेका छन् । अमेरिकाको स्वास्थ्य विभागले छोरी कृष्णा जुलाई १८ मा सुत्केरी हुने कुरा बताएकोले हाम्रा लेखक जुलाई १६ मै त्यहाँ पुग्ने आतुरताले पिरोलिएर काठमाडौं हिड्नु हुन्छ र तदनुसार नै टिकटको व्यवस्था मिलाउन सफल पनि बन्नुहुन्छ । उहाँका आँखामा बारम्बार एउटै चित्र नाच्छ । उहिले उहाँकी पत्नी धर्माले कृष्णालाई जन्मदिंदा इलामका कम्पाउण्डर पूर्णलाल श्रेष्ठलाई आफ्नो ससुराली घर लक्ष्मीपुर (करफोक क्षेत्र)मा ल्याउन र पत्नीको प्राण जोगाउन समर्थ भएको यथार्थ पोखरेलका आँखामा झल्झली नाचिरहन्थ्यो । छोरी कृष्णालाई त्यस्तै अभर पर्यो भने ?– उहाँको मन साह्रै–साह्रै आत्तिन्थ्यो । त्यस्तैमा छोरीले तोकिएको तिथिभन्दा सातदिन अगाडि नै पुत्र जन्माउन सफल भएको समाचार आउँछ र लेखकलाई त्यस पिरोलोबाट मुक्ति मिल्यो तापनि नातिको न्वारान गर्ने, अमेरिका बसेका आफ्ना शिष्य–शिष्यालाई अनि अन्यान्य नेपाली नरनारीलाई पनि भेट्ने अभिलाषा उहाँका मनमा उत्पन्न हुन थाले । उहाँ जान्न इच्छुक बन्न थाल्नुभयो— त्यहाँ गएर बसेका नेपालीले आफ्नो भाषा र संस्कृतिलाई जोगाएर राख्ने प्रयत्न गरेका छन् कि छैनन् ? छन् भने त्यस सुखद् पक्षलाई आफैंले देखेर भोगेर किन तृप्त नबन्ने ? उहाँ काठमाडौंमा यात्राको प्रतीक्षामा बसेकै बेला कृष्णाले पीडाको अनुभव नै नगरिकन अस्पतालमा सन्तानोत्पादन गरेको समाचारले उहाँको मनमा अमेरिकाप्रति नयाँ जिज्ञासा जन्माएको छ । अतः उहाँ जान्न चाहनुहुन्छ ः के अमेरिकाले आफ्नो मुलुकको प्राकृतिक जगत्लाई सुरक्षित राख्न सकेको छ ? अमेरिकी राष्ट्रले अन्य राष्ट्रबाट आएर बसेका विभिन्न राष्ट्रिय समूहलाई आ–आफ्नै पहिचान जोगाएर बस्ने र बाँच्ने अधिकार दिएको छ कि छैन ? विश्वको सबैभन्दा धनी र शक्तिशाली मानिने त्यो मुलुकमा भिखमङ्गा छन् कि छैनन् ? त्यहाँ अविकसित मुलुकमा जस्तो कसैले रातदिन आतङ्कवादीको कहर सहनु परेको छ कि छैन् ? त्यहाँका स्थास्थ्य केन्द्र, आवास, भूमिगत रेल र बसको व्यवस्था के कस्तो छ ? हाम्रा पछौटे मुलुकमा जस्तो त्यहाँका बासिन्दाले अग्निप्रकोपमा पर्नु र सर्वस्व गुमाउनु पर्छ कि पर्दैन ? आदीत्यादि । लेखकको छोटो बसाइमा यी सबै प्रश्नको उत्तर प्राप्त गर्नु असम्भवप्राय कुरा थियो तापनि कोमलप्रसाद पोखरेलले ती सबै प्रश्नको उत्तर निकालेर ती तेह्रवटा निबन्धमा राखिदिएको अनुभव गर्न पाइन्छ मात्र होइन, आफूजस्तै परिवारबाट अलग भएर कहिल्यै विदेशभ्रमणमा ननिस्केको मानिसले अमेरिकातर्फको उडानको क्रममा होस् अथवा त्यहाँका भूमिगत रेलयात्रा अथवा बसयात्रा गर्दा नै किन नहोस् कतै अल्मलिनु नपरोस् भन्ने पक्षलाई पनि शिखरनाथ भाष्यले समेत नभेट्ने गरी तिनै निबन्धमा गाभिदिएको देख्न पाइन्छ । लेखकको समयको सदुपयोग गर्ने अद्भूत क्षमताले अनि सरल, प्राञ्जल र निष्कपट एवं निश्च्छल अभिव्यक्तिले पाठकलाई मन्त्रमुग्ध तुल्याउँछ । एकसयभन्दा केही बढी पृष्ठ भएको पुस्तकलाई एकै बैठकमा कति बेला पढिसकियो थाहा नै पाइँदैन ।

पुस्तक अमेरिका— यात्रासँग सम्बन्धित देखिन्छ । हाम्रा कोमलप्रसाद पोखरेल भने नेपालको पूर्वाञ्चल क्षेत्रका प्रख्यात हास्यव्यङ्ग्यकार हुनुहुन्छ । अतः प्रश्न उठ्छ ः लेखकले तीनचार महिनाकै समयसम्म भए पनि हास्यव्यङ्ग्यको लेखनीमा प्रयोग नगरी कसरी मनलाई कज्याएर राख्न सके होलान् ? राख्न सकेनन् भने यस पुस्तकमा हास्यव्यङ्ग्यको प्रयोग कत्तिको भएको छ ? यस्ता प्रश्नको उत्तर निकाल्न अग्रसर बन्दा सर्वप्रथम मेरो ध्यान निम्न बुँदाप्रति केन्दित हुन पुग्यो:

  1. अमेरिका उडानको प्रतीक्षामा बस्दा पोखरेलको मन साह्रै नै उद्विग्न अवस्थामा रहेको देखिन्छ । तन काठमाडौंमै रहे पनि मन चाँहि छिनछिनमा अमेरिका पुग्थ्यो आङ्खनी छोरीलाई भेट्न ।
  2. अमेरिकी स्वास्थ्यकर्मीका भविष्यवाणिका विपरीत तोकिएको दिनभन्दा सातदिन अगाडि नै छोरीले प्रसव पीडाको अनुभव नै नगरी छोरो जन्माएको समाचार सुन्न पाउँदा पिताको मन केही हल्का अवश्य भयो, पूर्णतः चिन्तामुक्त बन्न सकेको चाहिं देख्न पाइदैन ।
  3. पोखरेल अन्यान्य प्राध्यापक जस्तो विदेशयात्रा गर्ने अनुभवी व्यक्ति नभएर आङ्खनै परिवारको घेरोभित्र रही जीवनका ६४ बसन्त काट्ने व्यक्तित्व देखिनुहुन्छ । काठमाडौंबाट बैङ्ककसम्म उड, त्यहाँ ओर्ल, केही घण्टा प्रतीक्षालयमा बस, पुनः बैङ्कक–कोरियाको लागि कोरियाली विमानमा चढ, त्यहाँ पनि केही घण्टा प्रतीक्षालयमै बिताउ अनि बल्ल अमेरिकी जेट विमानमा चढ र छोरी–ज्वाइँको निवास भएको ठाउँमा पुग्ने एक्लो र अनुभवहीन व्यक्तिका लागि त्यो यात्रा एउटा कठोर परीक्षा नै थियो । त्यस्तो अवस्थामा, विविध प्रकारका व्यवधान सहदै लक्ष्यसम्म पुग्नुपर्ने बाध्यतालाई भोग्नुपर्दा जोसुकै किन नहोस् उसको मन अन्यौलको भुमरी चक्रमा फस्छ नै, आत्तिन्छ नै ।
  4. अमेरिका पुगेपछि पनि त्यहाँ अत्यन्त व्यस्त जीवन बिताइरहेका आफ्ना छोरी–ज्वाइँले अमेरिका देखाइदेलान् भन्ने आशा हाम्रा लेखकलाई छैन । त्यहाँ जेजति भूमिगत रेलअथवा बसबाट यात्रा गर्नुपर्ला त्यो सबै आङ्खनै बुतामा गर्न सक्नुपर्छ भन्ने कुराको पूर्वज्ञान लेखकलाई छ । त्यसबाट पनि चिन्तारहित स्वस्थ मन त हुन नपाउने नै भयो ।

प्रस्तुत बुँदाहरूका आधारमा अवलोकन गर्दा त्यस्तो अस्थिर, अन्योलग्रस्त एवं चिन्तायुक्त जीवन बिताइरहेका लेखकका मनमा हास्य–व्यङ्ग्यात्मक लेख निबन्ध लेख्नका लागि आवश्यक सामग्री जुटाउने रहर जाग्थ्यो नै कहाँबाट ? स्मरणीय छ आत्मविश्वासले परिपूर्ण स्वस्थ मन र मष्तिस्क नभएको व्यक्तिले त्यस्ता निबन्ध तयार गर्नका लागि न सामग्री नै सङ्कलन गर्न सक्छ न निबन्ध लेख्न नै । तर खुसीको कुरो के देख्न पाइन्छ भने यस सङ्ग्रहका लेखकले अमेरिका पाइला टेकेकै दिन १९३ औं भानुजयन्ती समारोहमा सहभागी हुन पाउनाले, नातिको न्वारान गर्ने पुरोहित बन्दा भएको काण्ड वापत दण्ड पाउनुको सट्टा आङ्खनो साँस्कृतिक पहिचान राख्न प्रोत्साहित गर्दा, अमेरिकामा पुगेपछि उत्पन्न हुनसक्ने अन्यान्य व्यवधानलाई पनि सहजै नाघ्दै र पन्छाउँदै जाँदा लेखकको मनमा आत्मविश्वास उत्पन्न भएछ क्यार, त्यहाँबाट फर्केर आएपछि उहाँले तयार गरेको यस सङ्ग्रहमा हामी तीनवटा हास्यप्रधान निबन्ध र दुईवटा व्यङ्ग्य प्रधान निबन्ध पढ्न पाउँछौं । ती पाँचवटा निबन्धले हाउडीपुराणका लेखकलाई पूर्वाञ्चल क्षेत्रको सीमाबाट ह्वात्तै उकासेर राष्ट्रव्यापी, अन्तराष्ट्रियताव्यापी हास्यव्यङ्ग्यकारको स्थान प्रदान गरेको देख्न पाइन्छ । व्यङ्ग्यप्रधान ‘एस. आतङ्क र अमेरिकी प्रशासनको असफलता’ भन्ने लेखले हाम्रा पोखरेललाई जुरुक्कै उचालेर एकातिर पत्तालप्रवासका लेखक डा. तारानाथ शर्मासँग र अर्कातिर भैरव अर्यालसँग कुम जोरेर उभिने योग्यता प्रदान गरेको अनुभव प्राप्त हुन्छ । त्यस्तै यस सङ्ग्रहमा परेका उहाँका हास्यप्रधान ‘नातिको न्वारान बाजेको हैरान : दमकल उपस्थिति, वैदिक संस्कृति’, ‘अमेरिकी राजधानी : भिखमङ्गाको कहानी ’, ‘हलौइन’ पर्व, पाकेको फर्सी र चकलेट–द्यौसी’ र ‘आधुनिक चालक र उत्तरआधुनिक स–मिल’ नामक चारवटा निबन्धले पनि लेखकको व्यक्तित्वलाई ह्वात्तै उकासेको देख्न पाइन्छ । लाग्छ, सन्त शैलीमा लेखिएका यी चारवटा निबन्ध नेपाली हास्य–व्यङ्ग्यको क्षेत्रका अभिनव र अमूल्य प्राप्ति हुन् । अझ प्रतीकात्मक शैलीमा (जी.एच.= झिंगा, र एस२ = साना साङ्ला) लेखिएको एस आतङ्क र अमेरिकी प्रशासनको असफलता भन्ने निबन्धको त जति प्रशंसा गर्दा पनि मलाई लाग्छ, त्यो थोरै नै ठहरिन्छ । अमेरिकाले भिंmगा उन्मूलन अभियानमा पूर्ण सफलता प्राप्त गरे पनि साङ्ला उन्मूलन अभियानमा चाहिं पूरै असफलता बेहोर्नु परेछ भन्ने सन्देश प्रदान गर्ने यो निबन्धका लागि निश्चय नै लेखक धन्य बन्नु भएको छ भन्न करै लाग्छ ।

यस सङ्ग्रहको पहिलो, दोस्रो, तेस्रो, सातौं र आठौं निबन्ध विशुद्ध यात्रा निबन्ध हुन् भने बाँकी आठवटामध्ये पाँचवटा हास्यव्यङ्ग्यसँग अनि अन्य तीनवटा चाँहि लेखकका निजी एवं आन्तरिक पीडा, नेपाली भाषा साहित्य र अमेरिकी राजनीतिसँग सम्बन्धित देखिन्छन् । लेखकले यात्रा निबन्धलाई अत्यन्त रोचक र रसिलो ढङ्गले प्रस्तुत गर्ने क्रममा कहिल्यै विदेशयात्रामा ननिस्केको व्यक्तिले कसरी जेट विमानको यात्रा, अमेरिकाका भूमिगत रेलयात्रा अनि बसयात्रालाई निर्विघ्न गर्न समर्थ बन्दछ भन्ने पक्षको समेत सटीक चित्र उतारिदिएको देख्न पाइन्छ । अतः यी सबै यात्रा निबन्ध साहित्यका पाठकलाई अत्यन्त रोचक र रसपूर्ण लाग्छन् नै । साहित्यको स सुन्दा काँडा उम्रने व्यक्तिलाई पनि काठमाडौं–बैङ्कक, बैङ्कक–कोरिया, बैङ्कक–अमेरिका अथवा अमेरिकाको भूमिमगत रेल अथवा बसको यात्रा गरेको छैन तर गर्नु छ भने अत्यन्त उपयोगी ठहरिने छन् भन्ने कुरामा शङ्का गर्ने ठाउँ पाइँदैन । अर्को कुरा यस सङ्ग्रहमा परेका प्रथम दुईवटा निबन्ध बाहेक बाँकी एघारवटा निबन्धले लेखकको भवदेव–व्यक्तित्वलाई अगि सारेर एकातिर नेपाली साँस्कृतिक व्यक्तित्वलाई अनि अर्कातिर अमेरिकाको साँस्कृतिक व्यक्तित्वलाई आम्ने–साम्ने उभयाएर तिनका सम एवं विषम चरित्रको चित्र उतारेर हाम्रा सामुन्नेमा राखिदिएको छ– थपका चित्र आफैं बोल्छन् जिज्ञासु पाठकसँग । लाग्छ, निःसङ्ग भावले अलग्ग उभिएका लेखकका मनमा अनावश्यक हस्तक्षेप गर्ने रहर वा जाँगर छँदैछैन । त्यसो त यस सङ्ग्रहको प्राप्ति नितान्त ताजा र नौलो लाग्छ । रोचक छ, आस्वाद्य छ । नेपाली साहित्यलाई यस्ता नयाँ शैली र उपलब्धिपूर्ण निबन्धसङ्ग्रह प्रदान गर्ने कोमलप्रसाद पोखरेलको म ह्दयदेखि नै सराहना गर्दछु ।

मलाई पूर्ण आशा एवं विश्वास छ, नेपाली साहित्यिक जगत्ले यस सङ्ग्रहको दिल खोलेर स्वागत गर्ने छ अनि यस सङ्ग्रहलाई सबैले किनेर पढ्नेछन् । मलाई त्यस्तो लाग्छ, किनभने पुस्तक पठनीय पनि छ अनि त्यस्तै सङ्ग्रहणीय पनि । एकचोटि पढेर धीत मर्दैन, बारम्बार पढ्न मन लाग्छ । इति ।

गणेशबहादुर प्रसाईँ

हाल काठमाडैां

२०६७ असार ३२ गते
२०६३ आषाढ १८ गते प्रातः ५.१५ बजेको बसको टिकट अघिल्लै दिन काटिसकेको थियो । टिकट हातमा परेपछि मेरा मनमस्तिष्कमा अनेक किसिमका तरङ्गहरू उर्लिन थालिसकेका थिए । १७ गतेको रात म ओछ्यानमा पल्टिएँ मात्र, तर निद्रा पटक्कै परेन । सुरुङ्गा खोलानजिकै (मेरो घरको पूर्वपट्टि) ठूलो आवाजमा चट्याङ् पर्यो । त्यसको केहीबेरपछिदेखि घनघोर वर्षा हुन थाल्यो । कहिल्यै घर नछाडेको हुनाले मेरा मनमा, मेरा आँखामा त्यस्तै मुसलधारे वर्षा हुँदैछ भन्ने अनुभव गरें मैले ।


मलाई अमेरिका उडाउन साथमा कान्छी छोरी पुष्पा पनि सोही बसमा काठमाडौं जाँदै थिइन् । मन अत्यन्त असन्तुलित थियो । असन्तुलित मानसिकता बोकेरै भए पनि आषाढ १५ गते गणेशको विवाह सम्पन्न गर्न सफल भएको थिएँ ।

१८ गते बिहान ३ बजेदेखि नै घरमा चहलपहल बढेको थियो । तीन वर्षकी नातिनी अजिता पनि तीनै बजे उठेकी थिइन् । वास्तवमा ससाना शिशुहरूमा ईश्वरीय अंश विद्यमान हुन्छ भन्ने कुरा म आफैंले पनि अनुभव गरें । घरको रानो घर छाडेर हिंड्दैछ; यो कुरा अजिताका ब्रह्मले पनि थाहा पाएछ । मैले रुग्ण मनस्थितिमा लुगा लगाएँ । पुत्रबधू राधाले नास्ता ल्याएर मेरा अगाडि राखिदिइन् । बिछोडको पीडा खप्नुपर्छ भन्ने डरले मेरो बुभुक्षा भित्रबाट निस्किएर अघिनै कतै गइसकेको थियो तापनि जबर्जस्ती अलिकति नास्ता मुखमा लाएँ । त्यसैबेला अत्यन्त निन्याउरो अनुहारमा अजिताले भनिन् – ‘बुबा तपाईं काहाँ जान लाग्नु भा’को?’ अजिताको शिशुप्रश्न सुनेर म अवाक् भएँ । भक्कानु फुटेर आयो । नास्ता मुखबाट छिरेन । के गर्ने र कसो गर्नेको द्वन्द्वमा फसें म । घरबाट बाटा लागिहाल्नुको विकल्प थिएन मेरा लागि । अद्र्धाङ्गिनी धर्मातिर दृष्टि दिएँ । उनी रोइरहेकी थिइन् । पुत्रबधू राधाले डाँकै छोडिन् । नवदुलही दीपाको मुखाकृति पनि शोकमग्न थियो । नानू (अजिता) लाई एकपटक चुम्बन गरेर यताउति दृष्टि नदिई म घरबाट निस्किएँ । घरबाट निस्किंदै गर्दा मेरा अश्रुपूर्ण नयनले अनुभव गरे– घर रुँदै थियो, आँगन रुँदै थियो; नरिवलको बोट रुँदै थियो; गाईवस्तु रुँदै थिए । मैले मबाहेक अरु कसैलाई देखिन । मसँगै हिंडेकी पुष्पालाई र अगाडि नै भारीतारी बसमा चढाउन हिंडेका पुत्रद्वय तीर्थ र गणेशलाई पनि मैले देखिन । बस कतिबेर पर्खनु प¥यो, कसरी चढियो, अहँ केही थाहा भएन । एकैचोटि दमकमा गाडी रोकिंदा मात्र थाहा भयो म गाडीमा रहेछु, पुष्पा मेरै छेउमा बसेकी रहिछन् ।

भाग्यवस घरबाट हिँडेकै दिन बेलुका हामी काठमाडौं शान्तिनगर पुग्यौं । त्यहाँ लीला भाइको डेरा छ । उनी सानीमाका छोरा हुन् । सानीमा पनि त्यसबेला त्यहीं औषधि गर्दै हुनुहुन्थ्यो । उहाँको स्वस्थता मेरालागि प्रशन्नताको विषय बन्यो । सानीमासँग भेटहुँदा मैले २८ वर्षअघि परमसत्यमा लीन भइसक्नुभएकी मेरी आमा सम्झिएँ र आन्तरिक श्रद्धाञ्जलि अर्पण गरें ।

हवाइ टिकटको कारणबाट आषाढ १८ देखि ऐजन ३१ सम्म (१४ दिन) लीला भाइसँगै बस्यौं हामी । काठमाडौं जस्तो ठाउँमा डेरा लिएर बस्नु सारै कठिन छ, तर अनुजबधू गीताको बोली, व्यवहार, शिष्टाचार मेरा लागि अविस्मरणीय छ । म उनको हार्दिक प्रशंसा गर्छु । छोरी आयुषीको बालसुलभ क्रियाकलापले नानूको मायालाई ऋणात्मक बनाउन प्रसस्त सहयोग गरेको थियो ।

छोरी कृष्णाको प्रसव समय जुलाई १७, २००६ तोकिएको थियो, त्यसैले जुलाई १६ मै भर्जिनिया पुग्ने योजना बनाएर हवाइ टिकट लिएको थिएँ मैले । तर ऐजन ११ कै दिन नाति जन्मिएछ, ज्वाइँको फोनबाट अवगत गरें मैले । छोरीको प्रसव साधारण, असाधारण कस्तो रूपमा हुन्छ भन्ने कुराबाट म सर्वथा मुक्त भइसकेको थिएँ तापनि प्रसव हुनुअघि नै छोरीलाई भेट्ने धोको भने पूरा गर्न पाइएन ।

आषाढ ३१ गते बिहान १० बजे हामी त्रिभुवन विमानस्थल तर्पm लाग्यौं । काठमाडौं बैङ्ककको उडान समय दिउँसो १ बजेको थियो । अन्तर्राष्ट्रिय उडान भएकाले दुई घण्टाअघि नै विमानस्थल पुगिसक्नु पर्ने बाध्यताले हामी अलिक चाँडै प्रस्थान गर्यौं । ट्याक्सीमा सानीमा, लीला, गीता, पुष्पा, आयुषी र म समेत ६ जना थियौं । सात जना नआँट्ने हुनाले गणेश आचार्य (तीर्थका साला) हामीसँग जान सक्नुभएन । उहाँ मलाई बिदा गरेर शान्तिनगरबाटै फर्किनु भयो । ट्याक्सीले हामी ६ जनालाई अन्तर्राष्ट्रिय टर्मिनल भवनको बाहिरसम्म पुर्यायो ।

सबै ओर्लियौं । आँसुका घुड्का भित्रभित्रै निल्दै मालसामान कार्ट (ठेला) मा हालेर म लाममा उभिएँ । आफ्नो पालो आएपछि भित्र पसें । सामान एक्सरे मसिनमा स्क्यान गराएँ । पुनः पूर्ववत् कार्टमा हालेर ठेल्दै नबिल बैंकको काउन्टर अगाडि पुगें । यात्रु सेवाशुल्क ११३०।– लाग्दोरहेछ, बुझाएँ । यस किसिमको शुल्क लिनेमा नेपाल पहिलो र अन्तिम राष्ट्र रहेछ, यो कुरा पछि फर्किदा थाहा पाएँ मैले । जे होस् आवतजावत एकलाख चौध हजारमा अरु थपिएर एकलाख पन्ध्र हजार एकसय तीस भयो, राम्रै भयो । अँ नबिल बैंकबाट कार्ट ठेल्दै थाई काउन्टर नजिक ल्याएँ, लाइनमा उभिएँ अनि पालो आएपछि जोखाएँ । हवाइ कर्मचारीले अमेरिकाको डेलस विमानस्थलमा पुगेर आफ्ना दुई पोका सामान बुझ्ने दुईवटा रसिद र एउटा थाई बोर्डिङ् पास दियो । यति भएपछि मेरो प्रारम्भिक काम सकियो । तर बाहिर गएर सबैसँग बिदा मागेर आउने काम बाँकी नै भएकाले एक जना पुलिसलाई ‘एकछिन बाहिर जान पाऊँ न’ भनी बिन्ती गरें । बिन्तीले खुसी भएछ ऊ । ढाप मार्दै ‘जानुहोस्, जानुहोस्’ भन्यो । बाहिर आएँ । ‘अब म जाँदैछु’ भन्न सकिन । मन भरी मात्र भएन, छताछुल्ल भएर पोखियो पनि । म निथ्रुक्क भएँ । सानीमाले अश्रुपूर्णनयन र प्रकम्पित स्वरबाट आशीर्वाद दिनुभयो । मैले उहाँको आशीर्वाद शिरोपर गरें । त्यसबेला मलाई मेरी परमधामबासी माताले भनेको संझना भयो । म अलेली थाहा पाउँछु, उहाँ भन्नुहुन्थ्यो, ‘चहके बराल जोतिसिले भनेको हाम्रो ठूलेका गरदसा (ग्रह दशा) निकै राम्रा छन् अरे, ठूलो मान्छे हुने र ठूला देशाँ जाने ।’ मैले मनमनै भने “हो आमा, तपाईंले सुन्न र देख्न नपाए पनि तपाईंको इच्छा पूर्ण भयो । म हाई स्कूलको ‘हेड्मास्टर’ भएँ र त्यसैबाट निवृत्त भएँ । मेरो औकात अनुसार ठूलो मान्छे हुनु भनेको ‘हेड्मास्टर’ हुनु नै हो । आमा ! ठूलो देशमा पुग्ने कुरामा त मैले आफ्नो औकातको ३६० डिग्री पार गरेको छु । आशीर्वाद पाऊँ माते !”

मैले आपूmलाई अलिक समालें । पुष्पा छोरीतिर दृष्टि दिंदा उनी अत्यन्त विह्वल अवस्थामा भएको पाएँ । गीता पनि अश्रुपूर्ण नयनमै थिइन् । अनुज लीलाको उज्ज्वल अनुहार औंसीको रातजस्तो भएको थियो । सबैको अनौठो अवस्था देखेर होला आयुषी पनि रुन्चेहाँसोमा थिइन् । ‘मनको कुरा मुखमा ल्याई क्यै भन्न सक्दिन’ भन्ने गीतको स्मरण गर्दै हातले मात्र बिदाको सङ्केत गरी ह्वाङ्ङ भएर दुलो परेको मनलाई जबर्जस्ती टाल्दै पुनः टर्मिनल भवनभित्र पसें ।

अरु जाँदै गरेको देखेर म पनि बिजुलीको भ¥याङ्बाट माथिल्लो तलामा गएँ । घरेलु टर्मिनलका तुलनामा त्यो टर्मिनल निकै ठूलो रहेछ । त्यहाँ नेपाली र विदेशी गरी निकै यात्रीहरू बसेका थिए । ती सबै मेरा लागि अपरिचित थिए । टर्मिनलको पश्चिम कुनामा मङ्गोल अनुहारका दम्पति र उनीहरूका दुईवटा साना छोरा थिए । छेउमा गएर उनीहरूको परिचय लिएँ । राई जातका तिनीहरूको नेपालको घर सोलु रहेछ । जन्म घर नेपाल भए पनि उनीहरूको कर्मक्षेत्र अमेरिका रहेछ र उनीहरू अमेरिकी नागरिक भइसकेका रहेछन् । ती दुई साना छोराहरू काठमाडौंको बोर्डिङ् स्कूलमा पढ्दा रहेछन् । त्यस बेला बोर्डिङ् स्कूल विदा भएकाले बाबुआमा दुवै जना आफ्ना नानीहरू लिन आएका रहेछन् ।

मलाई अचम्म लाग्यो र सोधें, “तपाईंहरू अमेरिकी नागरिकता पाइसकेको कुरा गर्नुहुन्छ, तर आफ्ना नानीहरूलाई काठमाडौंमै राखेर पढाउनु हुन्छ । के कारण होला ?” ती नानीहरूका बाबु चाहिँले भने, “हामीले फिलहाल अमेरिकाको नागरिकता लिएका छौं, तर नागरिकता पायौं भन्दैमा आफ्नो देश, आफ्नो धर्म, आफ्नो संस्कृतिलाई लात मार्नु हुदैन । आफ्नी आमालाई कसैले बिर्सन सक्छ ? आफ्नो पहिचान जसले बिर्सन्छ त्यो आफैं हराउँछ । आफ्नो पहिचान नहराओस् भनेर हामी आफू अमेरिकामा बसेपनि नानीहरू नेपालमै पढाउँछौं । बाह्र कक्षासम्म उनीहरू यहीं पढ्छन् । बाह्रकक्षा पास गरुन्जेलसम्ममा आफ्नो देश, धर्म र संस्कृतिसँग उनीहरू परिचित भइसकेका हुन्छन् । अब चाहेर पनि उनीहरूले यी कुराहरू छाड्न सक्तैनन्, उनीहरूले संसारको जुनसुकै कुनामा गएर पढ्दा पनि हुन्छ ।” ती व्यक्तिको यस्तो उच्चतम चाहना र अभिव्यक्ति सुनेर म नतमस्तक भएँ । मनमनै भनें, “धन्य तिम्रो देश, धर्म र संस्कृतिप्रतिको निष्ठा ! डलरमा डुबेर पनि तिमीले यस किसिमको पवित्र विचार राख्नुले तिमी वास्तविक रूपमै नेपाली प्रमाणित भयौ मेरा लागि ।”

लगभग आधाघण्टा जति त्यस अध्यागमन कक्षमा बसेपछि अध्यागमन अधिकारीका काउन्टर अगाडि गएर म पनि लाममा उभिएँ । ‘जेजे बराजु स्वैस्वै स्वाहा’ भनेझैं मैले पनि मेरो पासपोर्ट जिम्मा लगाएँ । बिर्तामोडमा लाम लागेर बस्ने भुइँफुट्टा जोतिसिले भाग्य खुट्याउने निहुँमा भर्खरकी तरुनी केटीको कमलो हात सुमसुम्याए झैं त्यस अधिकारीले मेरो सुन्दर पासपोर्ट यताउति पल्टायो, मेरो अनुहारमा हेर्यो, उसका अगाडिको कम्प्युटरमा एकछिन खेल्यो र ‘डिपार्चर’ भन्ने टाँचा लगाएर फिर्ता दियो ।

अध्यागमनको काम सकिएपछि म सुरक्षा जाँच कक्षतिर अघि बढें । त्यहाँ राखेको एक्सरे यन्त्रले मेरो हाते बाकसको एक्सरे गर्यो । एकजना सुरक्षाकर्मीले मेरा जिउभरि हाते यन्त्र घुमायो । मलाई लाग्यो ऊ धामी हो र मेरो जोखाना खुट्याउँदै छ । त्यस किसिमको झारफुकपछि म जहाज कुर्ने कोठामा गएँ । मजस्ता चलानीको टाँचा लगाइएका महिला र पुरुषले खचाखच थियो त्यो कोठा । म त्यहाँ पुगेको पन्ध्र, बीस मिनेटपछि नेपालीका दुईजोडी (पतिपत्नी) त्यस कक्षमा पसे । पहिलो जोडी पसेको दश मिनेट जतिमा दोस्रो जोडी पसेको थियो । अत्यन्त प्रफुल्लित देखिने ती जोडी लामो विदेश यात्रामा अथवा धन आर्जनको उद्देश्य लिएर हिंडेका जस्ता थिएनन् । एकदम हाउभाउपूर्ण ढङ्गले गफ गरिरहेको देखेर म पनि तिनीहरूभन्दा अलिक वर्तिरको एउटा खाली कुर्सीमा गएर बसें । यसो हेरें एकजोडी मेरा चिरपरिचित रहेछन् । गफको अल्पविरामको अवसर छोपी मैले पछाडिबाट यसो कोट्याएँ परिचित जोडीका पुरुषपात्रलाई । उनी मतिर फर्किए र जुरुक्क उठे । अभिवादन गर्दै अर्को जोडीलाई मेरो परिचय यसरी गराए ‘उहाँ मेरो पनि गुरु, छोराको पनि गुरु’ । उनको त्यस किसिमको सौहाद्र्रता र शिष्टाचार देखेर म रोमाञ्चित भएँ, गौरवान्वित भएँ, शिक्षक हुनुको गरिमा सार्थक भएजस्तो लाग्यो । अबुझका लागि ‘खुर्पाको बिंड’ भए पनि बुझ्नेका लागि शिक्षक वास्तवमै ‘श्रीखण्ड’ रहेछ, त्यसबेला मैले यही कुरा अनुभूत गरें ।

मलाई त्यसरी परिचय गराउने व्यक्ति ‘नरेन्द्र पाठक’ हुन्, जसलाई मैले तेईस चौबीस सालतिर देवकोटा प्रा.वि. तुलसीबारी झापामा कक्षा ५ मा पढाउने सुअवसर पाएको थिएँ । उनी अत्यन्त मिजासिला र आज्ञाकारी थिए । थोरै समयमा पनि गुरु–शिष्यको प्रगाढ घनिष्ठता भएको थियो । ‘हुने बिरुवाको चिल्लो पात’ भने भैंm उनी आज सर्वोच्च अदातलको सह–महान्यायाधिवक्ता जस्तो उच्च एवं गरिमामय पदमा आसीन छन् । ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र’ यस कविताको सार्थकता प्रमाणित भयो । गुरुको महिमा हृदयङ्गम गर्ने नरेन्द्र जस्ता शालीन व्यक्तिहरू नै आफ्नो परमलक्ष्य चुम्न सफल हुँदा रहेछन्, मैले शिक्षण प्रारम्भ गरेको ४५ वर्षपछि सो कुरा सिद्ध भयो ।

नरेन्द्रद्वारा मसँग परिचय गराइएको अर्को जोडीमा नेपाली सेनाका बहालवाला जर्नेल र उनकी श्रीमती थिए । ती दुवै जोडी सातदिने सेमिनारमा भाग लिन थाइल्याण्ड गएका रहेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा रहेको त्यस यात्रीप्रतीक्षालयमा लगभग ४५ मिनेट जति बिताएपछि ट्रान्जिट गेट खुल्यो । टी.जी. ३२० जहाजमा यात्रा गर्ने सबै यात्री जर्याकजुरुक उठे र गेट अगाडि लाम लागे । लाममा सबभन्दा अघि नरेन्द्र, त्यसपछि उनकी श्रीमती अनि जर्नेल, उनकी श्रीमती र ‘म’को क्रममा उभियौं । आ–आफ्नो बोर्डिङ् पास देखाउँदै सबै अघि बढिरहेका थिए । म पनि सोही कुराको अनुसरण गरिरहेको थिएँ । अरुका मनमस्तिष्कमा के कस्ता भावनाहरू तरङ्गित हुँदै थिए म भन्न सक्दिन तर म भने हर्ष र विस्मयको द्वन्द्वमा तैरिरहेको थिएँ । म अमेरिकाको यात्रा गर्दै थिएँ, यस अर्थमा म केही हर्षित थिएँ भने आफ्नो ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ लाई छाडेर धेरै टाढा जाँदै थिएँ, त्यसैले म विस्मयको अधिनस्थ थिएँ । मात्रागत हिसाबमा हर्षभन्दा विस्मय नै ज्यादा थियो । ट्रान्जिट गेटको थोरै पर्तिर विशालकाय थाई विमान मुख बाएर उभिएको थियो । एकएक गर्दै सबै यात्रीलाई त्यस जन्तुले निल्यो । हामी सबै टी.जी. ३२० को आहारा बन्यौ । सबैलाई निलिसक्ता पनि ऊ अभैm अघाएको थिएन, निकै बेरसम्म मुख बाइरहेको देखिन्थ्यो । आहारा सकिएको बुझेर करैले उसले आफ्नो मुख बन्द गर्‍यो ।

यानभित्र पस्दै गर्दा थाई सुन्दरी दुवैपटि उभिएर ‘अभिवादन र स्वागतम्’ भन्दैथिए । पूर्णिमाको चन्द्रजस्तो अनुहार भएका थाई परीहरू मलाई हेरेर त्यस्तरी मस्किएको देख्ता एकछिन भएपनि आपूmलाई भर्खरको युवकमा रूपान्तरित गर्ने सुअवसर प्राप्त भयो । मैले मेरो बोर्डिङ् पास यानसुन्दरीलाई देखाएँ । उनले ‘दिस वे’ भनेर जता जाने सङ्केत गरिन् म लुरुलुरु त्यतै गएँ । जहाजभित्र अर्कै संसार थियो, अर्कै वातावरण थियो । मैले कल्पना गरें ‘श्रीकृष्णले अर्जुनलाई देखाएको विश्वरूप सायद यस्तै थियो होला । फरक थियो भने एउटा मात्र फरक थियो । अर्जुनले श्रीकृष्णको मुखभित्र विश्वरूपको दर्शन गरेका थिए भने म ३२० जहाजको मुखभित्र विश्वरूप र झन्डै विश्वसुन्दरीको दर्शन गरिरहेको थिएँ ।

म आफ्नो सिटतिर अघि बढें । जाँदै गर्दा रमिता हेर्दै गएँ । यात्री बस्नका लागि जहाजका दुवै छेउतिर दुईदुई सिट र बाटो, बीचमा पाँचपाँच गरी चौडाइको एक लहरमा नौ जनाका लागि नौ सिटको व्यवस्था थियो त्यस यानमा । मेरा विचारमा त्यसमा लगभग तीनसय जना यात्री सजिलै अटाउन सक्छन् । कुनैबेला काठमाडौं–विराटनगर गर्ने ‘कस्मिक’ जहाज चढ्दा मलाई ‘बाफरे बाफ !’ भएको थियो, तर त्यस विमानका छेउमा ‘कस्मिक’ लाई तीन खुट्टा टेकाएर उभ्याउने हो भने ठूलो हात्तीका छेउमा भुइँ खन्ने हात्ती उभ्याएजस्तो देखिन्थ्यो होला ।

म अलेलि गर्दै अघि बढ्दै गएँ र मेरो बोर्डिङ्गपासमा ठेगिएको ३८ ‘ए’ सिटको नजिकै पुगें । आफ्नो हातेबाकस राख्नुपर्ने भयो । कहाँ राख्ने, कसरी राख्नेमा म अनभिज्ञ थिएँ । अरुको अनुसरण गर्नुसिवाय मेरा लागि दोस्रो उपाए थिएन । भाग्यवस ३८ ‘ए’ भन्दां अगाडिको एकजना मान्छे उठ्यो आफ्नो सामान थन्क्याउन । उसले सिटमाथि यसो बटन थिचेभैंm के गरेथ्यो जहाजको भित्री मुख फुत्त निस्कियो र आँ गर्‍योगर्‍यो । त्यस व्यक्तिले आफ्नो सामान त्यही मुखमा कोच्यो । मैले पनि उसकै सिको गरेर आफ्नो सामान त्यही मुखभित्र हालें । अझैं नअघाएर होला लगभग पाँच मिनेटसम्म त्यसले आफ्नो मुख बन्द गरेन । ‘आँ’ को ‘आँ’ नै गरिरह्यो । त्यतिकैमा पद्मकन्या क्याम्पसको शनिवासरीय पोसाकमा सजिएकी एक नवयुवती आइन् र मुखलाई यसो सुमसुम्याइन् । कछुवाले लुकाएभैंm त्यसले आफ्नो मुख सुलुत्त लुकायो । मैले सोचें अर्धनग्न युवतिका लज्जास्पद स्पर्शको प्रभावले उसले त्यसरी टाउको लुकाएको हुनुपर्छ ।

त्यो विशाल यानका दुई मुख थिए— भित्री र बाहिरी; मात्र आकारमा फरक, मात्र परिवेशमा फरक । बाहिरी मुखलाई भित्रको परिवेशमा र भित्री मुखलाई बाहिरको परिवेशमा राखेर अध्ययन, विश्लेषण गर्न सकिदैनथ्यो । त्यसैले ती मुख परिवेशका आधारमा मात्र भिन्न थिए । ती मुख व्यतिरेकी पनि थिएनन्, अर्थभेदक पनि थिएनन् । तिनीहरू मुखका उपरुप वा संकाय मात्र थिए, किनभने तिनीहरू परिपूरक वितरणका रूपमा आएका थिए । ती दुवै मुखको एउटै काम थियो भेटेजति र पेटमा आँटेजति खाने; तर नचबाउने, नपचाउने र भोक मरेपछि मुखैबाट ओकल्ने, जस्ताको तस्तै ।

यानका दुवै मुखको छोटो अध्ययन पछि म आफ्नो देशतिर फर्किएँ । यान जस्तै जत्ति खाएपनि नअघाउने एउटा नेपाली जनावरको संझना भयो । जहाजसँग त्यसको तुलना गर्न खोजेँ, तर पार लागेन । जहाजका मुख र त्यस जनावरका मुखमा कुनै किसिमको समानता देखिएन । जहाजका मुखले भेटेजति सबै खाएपनि नपचाई जस्ताको तस्तै ओकल्नु यसको अत्यन्त राम्रो गुण हो । यो ‘सन्तोषं परमं सुखम्’को आदर्शमा सधैंभरि भोकै बस्न पनि सक्छ; तर नेपाली जनावरका मुखले जति भेटे पनि खान्छ र ओकल्नु त परै जाओस् खाएको कुरा सूलीमा रूपान्तरित नभइन्जेल चपाइरहन्छ । यो भारत र अमेरिकाभन्दा पनि असन्तोषी छ । अर्को कुरा यस जनावरका दुई मुखको काम, कर्तव्य र अधिकारमध्ये कुनै एउटामा पनि समानता छैन । दुवै मुख व्यतिरेकी र अर्थभेदक छन् । यसको बाहिरी मुख देखाउने प्रयोजनका लागि मात्र हो भने अन्य सबै काम भित्री मुखले गर्छ । बाहिरी मुखले एकथोक अह्रायो भने भित्री मुखले अर्कैथोक गर्छ । बाहिरी मुखले मीठो मीठो चिज मात्र खान्छ । उसले खाने नमीठो चिज भनेको खोयाबिर्के मात्र हो । त्यसमा पनि सबै तह र तप्काको मिलाएर खान्छ । त्यसैले ऊ समावेशी भएको छ । भित्री मुखले ढुङ्गा, माटो, काठपात, खोलानाला केही पनि बाँकी राख्तैन ।

मेरो सिट झ्यालको छेऊमा थियो । म झ्यालबाट पृथ्वी माताको दर्शन गर्न ज्यादै लालायित थिएँ। तर ‘बल्लबल्ल पोइ आ’को म राँडलाई जरो आ’को’ भयो मेरा लागि । महाकवि कालिदासको दूतका रूपमा काम गर्ने मेघ मेरा निम्ति बाधक बन्यो । धर्ती मातालाई डम्म ढाकेर मेरो धोको पुरा गर्न दिएन उसले ।

जहाज हल्लिन र उफ्रिन छोडेपछि मैले अनुमान लगाएँ ऊ आफ्नो नियमित यानमार्गमा पुगेछ । अगाडिको भिडियो यन्त्रले सङकेत ग¥यो यान चालीस हजार फिटभन्दा माथि उड्दैछ । यानले आफ्नो बाटो लिनेबित्तिकै पेटीको बन्धनमा कसिएका यान परिचारिकाहरू अत्यन्त हर्षित एवं प्रफुल्ल मुद्रामा देखिए । उनीहरू किन यसरी एकाएक प्रफुल्लित भए ? भन्ने प्रश्नको उत्तर खोज्दा मैले थाहा पाएँ उनीहरू स्वतन्त्र भएछन्, उनीहरू बन्धनमुक्त भएछन् । मलाई लाग्यो मानो उनीहरू कृष्णद्वारा बन्धनमुक्त गराइएका पुराणकालीन राजकुमारी हुन् ।

पेटीको बन्धनबाट मुक्ति पाउनासाथ उनीहरूले खुसियालीमा पहिलो भोज लगाए । त्यो भोज चिसो पेय पदार्थको थियो । सुन्तलाको रस, कागतीको रस, कोक, बियर जस्ता चिजहरू पेय पदार्थका रूपमा वितरित थिए । उपर्युक्त पेयहरू वितरण गर्नुपूर्व नै बदामजस्ता देखिने ससाना प्याकेट सबैका हातमा थमाइएको थियो । सबैले आआफ्नो इच्छानुसारका पेय वस्तु लिएर ‘कुटुक–सुरुप’ प्रारम्भ गरेपछि त्यस यानको सो इकोनोमी कक्ष नै ‘कुटुक–सुरुप’को पर्याय बनेको जस्तो देखियो । मैले चाहिं सुन्तलाको रस समाएँ । यसअघि निकै पटक नेपालका बाख्रे जहाजमा यात्रा गरिसकेको हुनाले कम्मरमा सुरक्षा पेटी बाँध्न र सिट अगाडिको कृत्रिम टेवल खडा गर्न सानोसानो ठुटे पण्डित भइसकेको थिएँ । सम्बन्धित कामका लागि कसैको अनुसरण गर्नु परेन । आपैंmले मिलाएँ र सुन्तलाको ग्लास सोही कृत्रिम टेवलमा राखें । चस्मा लगाएर सो प्याकेटमा के लेखेको छ पढें । त्यो शाकाहारीले खाने शुद्ध बदाम रहेछ । म ढुक्क भएँ र ‘कटुक–सुरुप’ मा सामेल भएँ ।

नास्ता गरेको लगभग आधाघण्टा पछि एउटी परिचारिकाले मलाई कोट्याउँदै सोधिन्, “आर यु इन्डियन भेजिटेरियन ?” ‘येस आइ एम”, मैले भने । हवाइ टिकट बुकिङ् गर्दा ‘इन्डियन भेजिटेरियन’ लेखिदिन सुदर्शन सिटौलालाई भनेको थिएँ । यो विद्या मैले अर्कै गुरुबाट प्राप्त गरेको हुँ ।

टिकट बुकिङ् गर्नुभन्दा दुई दिनअघि म ‘मैनाली चियापसल’ नयाँ सडकमा निस्किएको थिएँ । संयोगवश लक्ष्मी मैनालीजीसँग भेट भयो । कुरा कुरैमा मैले अमेरिका जाँदैछु भन्ने कुरा बताएँ । मेरो कुरा सुनेपछि उहाँले भन्नुभयो, “कोमलजी, तपाईंहामीजस्ता शाकाहारीले लामो हवाइ यात्रा गर्दा सुरुमै बुद्धि पु¥याउनु पर्छ , नत्र मुस्किल पर्न सक्छ । मैले यो कुरा धेरै पटक भोगिसकेको छु । ‘शाकाहारी’ले टिकट गर्दै ‘इन्डियन भेजिटेरियन’ लेखाउनु पर्छ । यसो ग¥यो भने मात्र शुद्ध शाकाहारी भोजनको व्यवस्था हुन्छ । ‘भेजिटेरियन’ मात्र लेखियो भने त्यसलाई ‘एसियन भेजिटेरियन’ मानिन्छ । ‘एसियन भेजिटेरियन’लाई माछा र अन्डा पनि चल्छ ।”

हवाइ परिचारिकाले सोधेको केहीबेरपछि शाकाहारी खानाको ताजा प्याकेट आयो । त्यसमा रोटी, उसिनेको साग, फलपूmलका प्रकार, पकौडी, पाउरोटी, नौनी घिउ, खारेको घिउ, मिठाइ, काँचो खोर्सानी, कागतीको टुक्रा जस्ता खाद्य पदार्थहरू फरक फरक रूपमा सिलबन्द थिए । एकपटक पुनः लक्ष्मीजीलाई आभार प्रकट गर्दै आपूmलाई उपयुक्त लाग्ने खाद्य पदार्थहरू ग्रहण गरें । शाकाहारीले खाइसकेपछि मात्र अरुका लागि खाना बाँडिने सदाशयता देखेर गौरवको अनुभूति भयो ।

जहाजमा खानापछि पुनः तातो पेय पदार्थ (हट् ड्रिङ्क) वितरण गरिंदो रहेछ । शायद त्यो मुखशुद्धिको अर्को तरिका होला । त्यहाँ बसेका अधिकांशले तातो पेयका रुपमा रक्सी (वाइन) नै समातेको देखियो । मेरा छेउछाउमा बस्नेमध्ये तातो कफी पिउने सायद म एकजना मात्र थिएँ, किनभने मेरा देब्रेतिर बस्ने एउटा मारवाडी युवकले समेत एकै सेकेण्डमा एक ग्लास कालो रङ्को ‘अथि’ चट् बनाएको थियो । झापाका रक्सीवाज सम्झेर मनमनै भनें, “माटाको ध्याम्पै रित्याउने खोयाबिर्केहरू मेरा ठाउँमा थिए भने कति मटक मार्थे होला ।

म कफी खाँदै थिएँ, नरेन्द्र भाइ रमिता हेर्दै त्यहीं आइपुगेछन् । ‘खाना भयो सर ?’ उनले भने । मैले मुन्टो हल्लाएर खाएको सङ्केत गरें । यसअघिसम्म मलाई कताकता अर्कै नयाँ संसारमा विचरण गर्दैछु भन्ने थियो, तर नरेन्द्रलाई देख्ने बित्तिकै मलाई सुरुङ्गाको संझना भयो; किनभने त्यस जहाजमा सुरुङ्गाका मात्रै हामी तीन जना थियौं । नरेन्द्र जोडीको सिट जहाजका टाउकातिर, जर्नेल जोडीको सिट जहाजको पुच्छरतिर, मेरो सिट जहाजको पेटतिर थियो । एकछिन मसँग गफ गरेर नरेन्द्र जर्साब बसेतिर गए ।

खाना खाइसकेपछि जहाजका सबै यात्रीको ध्यान भित्ताको भिडिओतिर आकर्षित भएको थियो । भिडिओले विभिन्न किसिमका मनोरञ्जनका साथै अन्य ज्ञानबर्धक खोराक पस्किरहेको थियो । भिडिओबाट देखाइएको थाइल्यान्डको जादुले त्यहाँ बस्ने सबैलाई मन्त्रमुग्ध बनाएको थियो । यसबाहेक थाइल्यान्डको शैक्षिक, सामाजिक, साँस्कृतिक आदि विषयहरू समेटिएको वृत्तचित्र पनि आकर्षणको केन्द्रविन्दु बनेको थियो । भिडिओबाट थाई राजपरिवारसम्बन्धी वृत्तचित्र पनि प्रसारण गरिंदो रहेछ । त्यहाँका राजा गाउँगाउँ गएर तल्लोस्तरका जनतालाई भेट्ने, कृषकहरूसँग आपूm स्वयं सहभागी हुनेजस्ता सामाजिक कार्यमा संलग्न हुँदारहेछन् । थाइ नरेशका यस किसिमका क्रियाकलापहरू देख्ता थाइ जनताले वास्तविक राजा पाएका रहेछन् जस्तो लाग्यो ।

सबैले मग्नमस्त भएर भिडिओमा दृष्टि दिइरहेकै बेला ‘अब बैंङ्कक पुग्न आधाघण्टा मात्र बाँकी छ’ भन्ने सूचना प्रसारित भयो । मैले ‘झ्याल खोलेर ऐनाबाट बाहिर चियाएँ । पहाड, जङ्गल, खेत, खोलानाला, आदिको सुन्दर दृश्य देखियो । काठमाडौंबाट झापा आउँदैछु कि भनी झसक्क भएँ म । मनमोहक दृश्यलाई देखेर घुटुक्क थुक निले आँखाले । जहाज जतिजति पृथ्वीको नजिक हुँदै जान्थ्यो दृश्यहरू त्यति त्यति मनमोहक बन्दै गए । आखिर त्यहाँको स्थानीय समयअनुसार बेलुका ३.१० बजे थाई जहाजले आफ्नो भूमिमा पाइला टेक्यो । मैले त्यो जहाजलाई एउटी निश्छल नेपाली मैतालु देखें, जो एक वर्षसम्म श्रीमान्का घर बसेर माइत आउँदै थिई । ऊ आफ्नो प्यारो जन्मघर पुग्न धेरै आतुर थिई र नै ऊ यसरी बर्सिका पोथ्रा नाघ्दै आफ्नी प्यारी आमा भेट्न र ‘सुक्तिसिन्धु’ मा वर्णन गरेभैंm आफ्ना दिदी, बहिनीहरूलाई नयाँ नयाँ अनुभवको पोको फुकाउन हस्याङ् र फस्याङ् गर्दै दगुरिरहेकी थिई ।

जहाज रोकिएर यात्रीहरू निस्कँदै गरेको दृश्यले कविशिरोमणि लेखनाथको निम्न लिखित कवितांशको स्मरण भयो :

जत्ती निल्छ उती उकेल्दछ पनी, केही पचाउन्न त्यो ।


यै चालासित कल्पकल्प कहिल्यै खाई अघाउन्न त्यो ।


अरुसरह म पनि जहाजबाट बाहिरिएँ । के गर्ने र कसो गर्नेको मानसिक तनावमा म चाकाचुली खेलिरहेको थिएँ । त्यहाँ मलाई नरेन्द्र भाइको सहयोग अपरिहार्य जस्तै भएको थियो । त्यसैले जहाजबाट निस्किए पछि म उनको छायाँ बने । केहीबेर हिंडेपछि दुइवटा बाटा आए, एउटा सिधा अघि बढ्ने र अर्को देब्रेतर्फ लाग्ने । एउटा बाणले ‘ट्रान्जिट’ भनेर अगाडिको बाटोतिर जाने सङ्केत गरेको थियो भने ‘इमिग्रेसन’ भनेर अर्को बाणले पूर्वतिर देखाइ रहेको थियो । त्यहीँबाट बाटो छुट्टिन्थ्यो । मैले ट्रान्जिटतिर जानु पथ्र्यो भने नरेन्द्रहरूले इमिग्रेसनतिर जानुपथ्र्यो । अब मैले उनीहरूबाट छुट्टिने बेला भयो । त्यसैले म त्यसबेला काठमाडौंको गल्लीमा हराएको एउटा अबोध बालक भएको थिएँ । लगभग दश घण्टा बैंङ्ककको टर्मिनल भवनभित्र बिताउनु पर्ने र नयाँ यात्रीका लागि बैंङ्कक विमानस्थल निकै खतरा छ भन्ने कुराले मलाई ज्यादा सताएको थियो । काठमाडौं विमानस्थलको जहाज पर्खने कोठामा सेनाका जर्नेलले मलाई सुझाव दिदै भनेका थिए, “तपाईं नयाँ यात्री हुनुहुँदो रहेछ । बैङ्कक विमानस्थल निकै खतरा छ । त्यहाँ अरुभन्दा पनि नेपाली चोरहरूकै ज्यादा बिगबिगी छ । नेपाली चोरडाकाहरूले ट्रान्जिट कक्षभित्रै नेपाली यात्रीहरूलाई लुट्ने र ठग्नेजस्ता धेरै घटनाहरू हुने गरेका छन, त्यसैले आफ्नो सामान अरु कसैलाई रुङ्न पनि नलाउनु होला र अरुको सामान पनि आफूले नरुङ्नु होला । ‘यो सामान एकछिन रुङिदिनोस् न म ट्वाइलेट गएर आउँछु’ भनेर एउटाले. सामान जिम्मा लगाएर हिंड्छ । एकछिन पछि अर्कै व्यक्ति आउँछ र ‘यो मेरो सामान तैंले कहाँ चोरिस् ए बजिया?’ भनेर पुलिसलाई फोन गर्छ । वास्तवमा त्यो सामान उसकै हुन्छ र रुङ्ने मान्छे चोर ठहर्छ । त्यसैले विमानस्थलभित्र भइन्जेल ज्यादै होस् गर्नु होला ।”

जर्नेलको कुराले मलाई एकातिर सतर्क गराएको थियो भने अर्कातिर मनको बाघले भित्रभित्रै कुटुकुटु खाँदै थियो । छुट्टिने बेलामा मैले नरेन्द्रको मुखतिर हेरें । उनले मेरो अनुहारमा कुन कुन कुराको अध्ययन गरे मैले थाहा पाइन तर उनले अरुलाई एकछिन त्यहीं बस्न लगाएर मलाई कोरियन काउन्टर भएको कक्षसम्म पुर्याइदिए । ‘भाइ भए भोरस (भरोस), गाई भए गोरस’ मेरो निमित्त चरितार्थ भयो । त्यस सहयोगलाई मैले ‘अविस्मरणीय’ र ‘अमूल्य’ भनेको छु ।

विश्वको अति व्यस्त विमानस्थलमा गनिने बैङ्कक विमानस्थलमा जुलाई १५ ता. बेलुका ६.१० बजे अमेरिका प्रस्थानको क्रममा म ओर्लिएको थिएँ । राती २ बजे मात्र सिओलका लागि विमान उड्ने भएकोः हुनाले मैले आठ घण्टा बैङ्कक विमानस्थल कुर्नु पर्ने भयो । सर्वप्रथम मैले कोरियन काउन्टर पत्ता लगाउनु थियो र एकएक गरी सो काउन्टर कहाँ छ भन्ने कुराको जानकारीका लागि प्रयास गरें । प्रयास असफल भएपछि यात्री बस्ने ठाउँमा गएर केही क्षण थकाइ मार्ने प्रयत्न गरें । गोलाकार रूपमा रहेका अनगिन्ती काउन्टरहरू सबैमा कर्मचारी व्यस्त थिए । उनीहरूका अगाडि सम्बन्धित काउन्टरको बोर्ड थियो । घुम्दै हेर्दा त्यहाँ कर्मचारी बेगरका दुईवटा काउन्टर देखें । ती काउन्टरका अगाडि बोर्ड राखिएका थिएनन् । यिनै दुई खाली काउन्टरमध्ये एउटा कोरियन काउन्टर हुनुपर्छ भन्ने अठोट गरी त्यसै अगाडि राखिएको कुर्सीमा गएर बसें । म बसेभन्दा केही पर तीनजना नेपाली युवक बीचमा कोलाको चिप्स राखेर धमाधम खाइरहेका थिए । एक मनले भन्यो–‘थाइल्याण्डमा नेपाली भेट्नु भनेको आफ्नै दाजुभाई भेट्नु जत्तिकै हो’ तर अर्को मनले त्यो कुराको प्रतिवाद गर्दै भन्यो बैङ्कक भनेको यस्तो खतरा ठाउँ हो जहाँ नेपालीले नेपालीलाई नै नराम्रोसँग ठग्छन्’ । मेरो मन प्रकाशको गतिमा सिलिगुडी (भारत) पुग्यो जहाँ अनेकौं पटक त्यहींका नेपालीले नेपालबाट जाने नेपालीको धोती न टोपी पारेका थिए ।

“तपाईंहरू कताबाट आउनुभएको अनि कता जाने,” मैले डराउँदै डराउँदै सोधें । तीनजनामध्ये उमेरमा अलिक सानु युवकबाट उत्तर आयो, “जापानबाट आएका काठमाडौं जाने” । मैले पनि आफ्नो गन्तव्य डराउँदै भनिदिएँ । उनीहरूले त्यहाँ चौधपन्ध्र घण्टा कुर्नुपर्ने रहेछ । स्वर्गका मुखेन्जी इन्द्रको बात भयो मेरो आठघण्टे कुराइ । कुर्ने बिमारबाट निकै छुट्कारा पाएको अनुभव गरें मैले । ‘लिनुहोस् न चिप्स् । हामी त अगाइसक्यौं, उही सानु केटाले भन्यो । उसको निश्छल एवं निष्कपट आग्रह देखेर उसको आग्रह टार्न सकिन, मैले पनि उनीहरूको साथ दिएँ । सर्वप्रथम खाएको कोलाको चिप्स, त्यो पनि पाकेका कोलाको । अत्यन्त स्वादिष्ट, अत्यन्त सुन्दर, गुलियो र रमरम नुनिलोको मिश्रणले यात्राको थकाइ एकछिन भएपनि मेटिएको अनुभव गरें मैले । खाइसकेपछि ती युवकहरू अलिक परको आराम कुर्सीमा गएर पल्टिए । एकैछिनमा ती केटाहरू ढुसुढुसु निदाएको देखेर मलाई आफ्नो जन्मजात प्रवृत्ति ‘ईष्र्या’ आङ्मा चढ्यो; तर के गर्नु म उनीहरूले गरेको प्रगतिमा पुग्नसक्ने स्थितिमा थिइन । मेरो हातमा दक्षिण कोरिया र अमेरिकाको बोर्डिङ्गपास नपरुन्जेल मैले तनन (टेन्सन)बाट छुट्कारा पाउने कुरै थिएन; किनभने तनन र निद्रा शान्ति संझौताभन्दा अघिका विद्रोही र सरकारी सेना जस्तै हुन् । यिनीहरूलाई एक शिविरमा बस्ने कल्पनासम्म पनि गर्न सकिदैन ।

मनले ठ्याम्मै मानेन र फेरि नजिकैको काउन्टरमा गएर सोधें, ‘उड् यु माइन्ड टेलिङ्ग मि द ओपनिङ्ग टाइम् अफू कोरियन काउन्टर् ?’ थाई युवतिले भनेको कुरा सबै प्रष्ट नबुझे पनि ‘कोरियन काउन्टर, एलभन ओक्लक्’ भनेको छर्लङ्ङ बुझें । अब भने निकै ढुक्क भई हाते बाकस सिरान लगाई एकछिन ढाड सोझ्याएँ । अझ पनि मन सशङ्कित नै छ त्यसैले परदेश गएको प्रेमीको आगमनको समाचार पाएकी प्रतीक्षारत प्रेमीकाझैँ घरि उठ्ने, घरि बस्ने, घरि ढल्कने र घरि हाते बाकसबाट केही खाजा झिकेर खाने काम भइरहन्छन् । मेरा मानससागरमा पुञ्जीभूत भावलहरीहरू बारंबार दिशा बदलेर छचल्किरहन्छन् । लहरभित्र डुब्न नदिइकन कुनै बेला पूर्वी तटमा हुत्याइदिन्छन् त कुनैबेला पश्चिमी तटको उराठलाग्दो बगरमाथि लडाइदिन्छन् । म एकाएक झस्कन्छु र घडीमा आँखा घुमाउँछु । काम गर्ने कामदारका निमित्त ज्यादै निष्ठुरी भई बिस्तारै हिंड्ने घडीको सूई मेरालागि पनि सोही गतिमा हिंडिरहेको छ; सायद उसले सोचेको होला यो पनि उही ड्याङ्को मुला हो । अमेरिका पुगेपछि उतै ज्यामी काम गर्छ, फर्कंदैन । यो घडीको एकलकाँटे सोचाइ मात्र थियो, म त्यसो किन गर्थें । आफ्नो कर्तव्यबाट कहिल्यै च्यूत नहुने भएकाले होला बल्लबल्ल घडीको सूईले १०.३० बजाएछ । मजस्ता अरु धेरै यात्री त्यहाँ रहेछन् भन्ने कुरा त्यसबेला मात्र थाहा भयो जब मेरो दृष्टि काउन्टर अगाडि लाम लागेर उभिएका यात्रीमाथि पर्यो । अरुहरूझैं म पनि हातमा राहदानी र टिकट लिएर लाममा खडा भएँ । आफ्नो पालो आएपछि कोरियन अध्यागमन अधिकारीले एकएक गरी मसँग सम्बन्धित कागजातहरू हेर्यो । कम्प्युटर खोलेर मेरो गन्तव्यको ठेगाना सबै भर्यो । यसो गरिरहेकै बेला अमेरिकन कारझैं बगिरहेका मेरा भावनाहरूभित्र एक छिन डुबुल्की लगाएँ । मान्छे मरेर गएपछि चित्रगुप्तले यसरी सोधसाध, केरकार गरी स्वर्ग या नरक कतातिर पठाउनुपर्ने हो पठाउँछ होला । सायद म पनि जिउँदै भौतिक युगको स्वर्ग भनेर चिनिने अमेरिका जाँदैछु र चित्रगुप्तको तराजुमा चढिरहेको छु । त्यस चित्रगुप्तले मलाई दुईवटा बोर्डिङ्ग पास दियो– बैङ्कक–सिओल र सिओल–डलास (वाशिङ्गटन डी. सी.) । त्यसपछि मेरा मानसिक छालहरू केही मत्थर भए । बोर्डिङ्ग पासमा बैंङ्कक–सिओलको गेट नं. ५४ थियो । अध्यागमन अधिकारीको इसारामा म स्वचालित भर्याङबाट माथिल्लो तलामा चढें । त्यहाँ पुगेपछि मैले आफूलाई नयाँ संसारमा प्रवेश गर्ने व्यक्तिका रूपमा पाएँ । हाम्रा धर्मशास्त्रमा लेखिएअनुसार स्वर्ग जाँदा बाटामा भेटिने सुरम्य नगरी यही हो कि जस्तो लाग्यो । महाराज युधिष्ठिर सजीवन स्वर्ग जाँदा बाटामा अत्यन्त सुन्दरी नगरबधू भेटिएका थिए र तिनले त्यसै नगरमा उनीहरूसँगै बस्न आग्रह गरेका थिए भन्ने पढेको थिएँ । त्यसो होला कि भन्ने डरले मैले निकै सतर्कता अपनाउनु पर्यो । त्यस विमानस्थलभित्रका बजारहरूमा यत्रतत्र अर्धनग्न सुन्दरीहरू कोही विपरीत लिङ्गीसँग, कोही समलिङ्गीसँग अनि कोही एकाकी रूपमा विचरण गरिरहेका देखिन्थे तर नगरबधू र नगरयुवति छुट्याइरहने कार्य मसँग सम्बन्धित थिएन । त्यहाँको अत्याधुनिक प्रविधियुक्त बजार व्यवस्थामा समाहित भएका विविध अत्याकर्षक दोकानहरू र त्यहाँ निर्बाध विचरण गर्ने नयाँ विश्वका मान्छेहरूलाई भारतको कटिहारमा कुल्लीहरूले जबर्जस्ती रेलका डिब्बाभित्र यात्रीहरू कोचरे जस्तै निदाउँरा आँखाभित्र कोचर्दै म अघि बढिरहेको थिएँ, मसँग सम्बन्धित ट्रान्जिट् गेट नं. ५४ को खोजीमा । महाभारत कालमा अर्जुनपुत्र अभिमन्युले लडाइँको चक्रव्यूह भेदन गरेझैं बहादुरीका साथ म अघि बढिरहेको थिएँ । म अझ अघि बढ्छ वाण (→) ले १—७७ गेट देखाउँछ । १—७७ भित्र पस्छु, केहीबेर अघि बढ्छु दुईतिर देखाउँछ बाणले — एकालितर १—२०, अर्कातिर २१—७७ । २१—७७ पछ्याउँदै केही पर पुग्छु । बीचबीचमा मेरा दायाँ र बायाँपट्टि विभिन्न भेषमा सजिएका नरनारीहरू, युवायुवतिहरू आआफ्ना इच्छानुसार सामान किन्न मस्त देखिन्छन् । कोही भने मस्तसँग होटेल, र चमेना घरमा स्वाद लिईलिई खाइरहेका हुन्छन् । मेरो अनुमानमा यस विमानस्थलमा प्रत्येक चौबीसघण्टामा लाखौं यात्रीहरूको आवतजावत हुन्छ ।

अझै पर पुगेपछि २१, २२, २३ एकातिर अनि २४—७७ अर्कातिर परेको देखियो । अझै पनि मैले आफ्नु नम्बर भुलेको छुइन त्यसैले २४—७७ पछ्याउँछु एउटा अबोध बालकले आफ्नो अभिभावकलाई पछ्याएझैं । अगाडि बढ्ने क्रममा फेरि देखिन्छ २४, २५, २६, २७ दायाँतिर अनि २८—७७ बायाँतिर । परेड खेल्ने सिपाहीझैं म बायाँ घुम्छु र अलिक पर पुग्न नपाउँदै ६१–७७ लाई दायाँ देखाइन्छ र २८–६० बाँयातिर, म त्यतै हुत्तिन्छु । हिंड्दा हिंड्दा खुट्टा कटकट भइसकेको छ । तर बारहात नाघेर भित्तामा हार्दा आफ्नै हविगत हुन्छ भन्ने बिर्सिएको थिएन । लाटाले पापा हेरेझैँ दुवैतिर हेर्दै लुरुलुरु बढ्छु अधि । त्यहाँ पनि सङ्केत दुवैतिर देखिन्छ । म ३६—५९ तिर लाग्छु । सीधा अगाडि ‘४५—५९’ मा आँखा पुग्छन् । अब चाहिं नेरनेर आइए छ कि जस्तो लाग्छ किनभने क्रमशः बजार क्षेत्र पातलिंदै गइरहेको देखिन्छ । ४५—५९ बाट म भित्र पस्न खोज्छु; तर भर्खरका थाई युवतिहरूले सरासर भित्र पस्न दिदैनन् । कारण बुझ्दा त्यहाँ सुरक्षा जाँच हुँदो रहेछ । उनीहरूको सङ्केत अनुसार पथरी भएको सिकिस्त बिरामी जस्तै मेरो हाते बाकसलाई एकसरे मसिनमुनि सुताएर म अलिक अघि बढ्छु । दुईवटी युवतिले मेरो सुरक्षा जाँच गर्छन् । एउटीको इसारामा म आफ्नो शिरको टोपी र पाउको जुत्ता खुरुक्क फुकाल्छु र आनेकाने नगरीकन दुवै हात माथि उठाउँछु छापामार लडाकुका अगाडि आत्मसमर्पण गरिरहेको एउटा निरीह प्रहरी झैं । स्वचालित बग्ने फिताबाट मेरो बाकस निकै पर पुगेर अडिएको देख्छु । अघि बढेर बाकस समाउँछु । एक्सरे रिपोर्टमा नेगेटिव स्टोन देखिएको एउटा बिरामी समान बाकस निकै हलुका भएको पाउँछु ।

सुरक्षा जाँच सकेर पुनः अघि बढछु म । दायाँतिर रहेको गेट नं. ५४ देखेपछि हराएको चीज प्राप्त भएझैं यात्री प्रतीक्षालय गएर ढुक्क भई बस्छु । मनमनै दक्षिण कोरिया पुगिने भइयो अब चैं भनेर एकछिन भए पनि कल्पनामा रुमल्लिन्छु । जहाज चढ्न प्रतीक्षारत यात्रीहरूले खचाखच त्यो कक्ष वातानुकुलित रहेछ । कोही परिवारसहित, कोही युगल अनि कोही साथीसँगीका साथ बसेका यात्रीहरूका बीचमा सायद फगत एक्लो म मात्र थिएँ । सबै आआफ्ना मस्तीमा भएको देख्छु म । एक जोडी गोरा जातिका युवक र युवति पनि त्यसै प्रतीक्षालयमा सुहागरातको पूर्वाङ्गमा संलग्न पाउँछु । अर्धनग्न युवतिले युवकको अधरामृत पान गरिरहेको देखेर कवि सिद्धिचरण श्रेष्ठको ‘उर्वशी’ खण्डकाव्यका यी हरफहरू एकाएक स्मृतिपटमा टल्किन्छन्—

“काम उकास्ने वातावरण छ

नीरव आधी रात

सबेग अर्जुनलाई बहाउन

इन्द्रिय सुखको बाढ ।”

नेपालको नागरिकता जस्तै उनीहरू वंशज, जन्मसिद्ध, अङ्गीकृत, अस्थायीमध्ये कुन किसिमका लोग्नेस्वास्नी हुन् भन्ने कुरा मेरो चासोमा समावेश नभएकाले यहाँ म देखिजान्ने मात्र बनेको छु । त्यस कक्षको समग्र विहङ्गावलोकनपछि कल्पनाको वायुपङ्खी घोडामा सवार भई एकछिन भएपनि विचरण गर्छु । मेरी अर्धाङ्गिनी धर्मा टुप्लुक्क मेरा अगाडि आइपुग्छिन् । उनले पनि मेरो अधरामृत पान गरेर त्यो युवतिको सेखी झारिदिए हुन्थ्यो लागेर एउटै कुर्सीमा सँगै बसाउँछु र ती युवक र युवतिले सुन्ने गरी मेरो दुई हरफ कविता पढ्छु—

धरोधर्म बूढो छु भन्ने भएन,

गयो जीवनै बैंस जाँदैगएन ।

कविता सुनाइसकेपछि धर्माले झोलाबाट ऐना झिकेर दिन्छिन् र हाँस्तै हेर्ने संकेत गर्छिन् । ऐना हेर्ने बित्तिकै म आफूलाई साठी वर्षे बूढो पाउँछु । ‘छि !’ भनेर ऐना हटाउँदा त आफू ‘पुनर्मुसिको भव !’ एकातिर रातको बाह्र बजिसकेको छ भने अर्कातिर लगभग चार/पाँच किलोमिटर जति पैदल हिंडेर शरीर लखतरान, हत्तोहरान भएको छ । कोही नबसेको—मजस्तै पीडाबोधले सताइएको एउटा लामु आराम कुर्सीमा गएर बस्छु । मेरो एकल साथी हातेबाकसले मेरा निम्ति सञ्चय गरी राखेको अलिकति काजू र किस्मिस चपाउन थालेपछि आफ्नो सामन्ती मुखको स्वार्थीपना चस्स बिझाउँछ कट्टुसको काँडो पैतालामा बिझाएजस्तै । गोडाहरू निरन्तर दुःख गर्छन्, आँखाहरू दिनमा मात्र होइन राती आधारातसम्म पनि टुसुक्क नबसी आफ्नो कार्य गरिरहन्छन् तर मुखलाई नै हसुर्न चाहिने । बिचारा गरीव किसानहरू दिलो ज्यान दिएर खेती गर्छन् तर कमाइ भित्र्याएर मुख मिठ्याउने चाहिं सामन्तीहरू । म आफ्नो मुखलाई बराल महाजनसँग तुलना गर्छु । पहाड, हाम्रो गाउँका बराल महाजनले प्रत्येक वर्ष एक हज्जार मुरी धान थन्क्याउँथे । उनको खेती गर्ने सबै गरीव किसान हुन्थे । तीमध्ये एकजनाको कथा र व्यथामा मेरा भावनाहरू केन्द्रीकृत हुँदै छचल्किन्छन्— अकिञ्चन भएकै कारण बंमहादुर लिम्बू बराल महाजनको खेत कमाउन बाध्य थियो । पच्चीस पाथीको बिउजाने खेतमा मरेर पचास मुरी धान फल्थ्यो । पैंतीस मुरी ठेक्का तिरेर उभ्रिएको अलिकति धान पनि महाजनबाट खाएको धानको पच्चीसा ब्याज र त्यसको स्याज तिर्दा सबै सकिन्थ्यो । वर्षदिनसम्म दिनरात नभनी काम गर्नेको हातमा शून्य ! के गर्नु बराल महाजनको प्रतिनिधि भएकै कारण सामन्ती मुखलाई भूमिसुधार लगाउँ भने बंमहादुरका प्रतिनिधि हात, गोडा जस्ता अवयवहरूले कामै गर्न नसक्ने पो हुन् कि !

निद्राले अतपन्त पारिसकेको हुनाले आफ्नो निर्जीव एवं मूक सहयात्रीको काखमा टाउको राखेर ढल्किन्छु र भुसुक्कै निदाउँछु पनि । १२.३० मा निदाएको १.३० मा बिउँझिएँछु धन्न । १.४० भित्र जहाजमा पसिसक्नुपर्ने, अब दश मिनेट मात्र बाँकी छ घडीमा । १५० जना विद्यार्थी भएको कक्षामा शिक्षकले बेर्नु निस्किउन्जेल कराएर नाम बोलाए झैं माइकबाट मेरो नाम बोलाउँदै रहेछ । हस्याङ्फस्याङ् गर्दै उठछु र हातमा बोर्डिङ्ग पास लिएर नजिकैको काउन्टर अगाडि गएर उभिन्छु । कक्षा सुरुहुनासाथ पिसाब फेर्न बाहिर गएको विद्यार्थी कक्षा सकिने बेलामा ‘मे आइ कम इन सर ?’ भन्दै नीलो मुख लाएर ढोकामा उभिएझैं भएको छु म । काउन्टरमा भएका कोरियाली युवतिमध्ये एकजनालाई बोर्डिङ्ग पास दिएपछि अर्धकट्टी फर्किन्छ तुरुन्त । ती युवतिको सङ्केत अनुसार म हतार हतार साँगुरो चेपबाट केही पर हुँदै सुटुक्क के.इ. ६५४ जहाजभित्र प्रवेश गर्छु । स्वागतार्थ प्रवेशद्वारमा बसेकी रूपवती परिचारिकाको अभिवादनले एकछिन ‘अहम्’ को ज्वारभाटा उर्लन्छ । तेस्रो जनआन्दोलन पूर्वका राजाले राजनेताको धनुष्टङ्कारे जदौ फिर्काएझैं ठाडो घाँटी लगाएर परपर हेर्दै गम्भीर मुद्रामा परिचारिकाको अभिवादन फिर्काउन खोज्छु तर सक्दिन किन कि म हाँसीहाँसी सयौं विद्यार्थीहरूको नमस्ते फिर्काउने एउटा सामान्य शिक्षक हुँ त्यसैले परिचारिकाको अभिवादनको ब्याजसहित चुक्ता गर्न पछि पर्दिन म । अर्की परिचारिकाको सङ्केत पाएर म मेरो सिट नं. ५१ ‘जे’ तिर अघि बढ्छु । हेर्छु मेरो सिटबाहेक अन्य सबै सिटमा यात्रीहरू बसेर पेटी कसिसकेका । काठमाडौं—काँकरभिटा गर्ने बसमा भए आफ्नो सिटमा अर्कै बसिसकेको हुन्थ्यो; त्यतिमात्र होइन एकपटक काठमाडौंबाट विराटनगर जाने जहाजमा मेरो ठाउँमा अर्कैव्यक्ति बसेर गएको थियो, म नीलो न हरियो भएर जहाजबाट ओर्लिएर भोलिपल्टको जहाजमा गएको थिएँ । दलालहरूले जहाजको सिटभन्दा बढ्ता टिकट बिक्री गरिदिन्छन् र यात्रीलाई फसाद पार्छन् । म पनि थपक्क सिटमा बसेर पेटी कस्छु । त्यो सिट पनि झ्यालकै छेउमा थियो तर घाम मभन्दा अघिनै अमेरिका पुगिसकेकाले रमिता हेर्ने सौभाग्य मिलेन ।

काठमाडौं—बैङ्कक गर्ने थाई विमानभन्दा अझ विशाल । कुर्सी रखाइएको तरिका थाईको जस्तै— दाहिनेपट्टि दुईदुई कुर्सी र बाटो, बीचमा पाँचपाँच कुर्सी र बाटो अनि देब्रेपट्टि दुईदुई कुर्सी गरी एक लहरमा नौनौ वटा कुर्सी रहेछन् यसमा पनि । थाईभन्दा निकै ठूलो भएको हुनाले यसमा तीनसय पचहत्तर यात्री सजिलै अटाउन सक्थे । यात्रीहरूलाई सूचना र मनोरञ्जन प्रदान गर्न यत्रतत्र राखिएका भिडिओ सेट र राडारको उपयुक्त व्यवस्थाले पुष्पक विमानको आभास पाउन सकिन्थ्यो । राती दुई बजे सो यान सिओलका लागि उड्यो । यानसँगै म पनि भावहरूको अजस्र प्रवाहमा डुबुल्की मार्दै महासमुद्र माथिको सुदूर आकाशमा कतै हराइरहेको अनुभव गर्छु । केही नसंझौं भनी मनलाई दबाएर राखेपनि फुत्त भाग्छ मन । कहिले भट्टेडाँडामाथि बज्रिएको पाकिस्तानी जहाज कहिले होक्काइडो माथि आफैं बिस्फोट भएको जम्बो जेट, अनि कहिले घ्याम्पे डाँडामा ठोक्किएको थाई यान संझिएर रोमाञ्चित हुनपुग्छु । यत्तिकैमा अगाडिको भिडिओ सेटमा यान चालीस हज्जार फिटमाथि उड्दैछ भन्ने सङ्केत देखिन्छ । अब डाँडाकाँडामा ठोकिएर दुर्घटनामा नपरिने कुरामा विश्वस्त भएपनि महासमुद्रमा परिएला कि भन्ने संत्रास भने अझै विद्यमान छ । मेरो छेउको कुर्सीमा बस्ने जापानी अनुहार भएका व्यक्ति उठेर निकैबेर कतै हराउँछन् र टुप्लुक्क आइपुग्छन् । उडान समयभरि नै कोरियन लोकगीत र राष्ट्रिय गीतले जहाज गुन्जायमान हुँदा चराहरूको भाषा नबुझे पनि उनीहरूको बोली कर्णप्रिय भएझैँ मलाई पनि राम्रै लाग्छ ।

पूर्व उडानमा भन्दा अझ उत्कृष्ट पेयपदार्थहरू, जलपान र शुद्ध शाकाहारी खानाको समुचित व्यवस्थाले पहिलो पल्ट ससुराल गए भन्दा कम आनन्द भएको थिएन । छ, सात घण्टाको उडान भएपनि बीचमा दुइघण्टा जति निद्रालोकमा विचरण गर्ने मौका प्राप्त भएको हुनाले उडान समय पट्यारलाग्दो थिएन । जुलाई १६, २००६ का दिन बिहान स्थानीय समय अनुसार ठीक ८.२० बजे कोरियन विमानले आफ्नो माइतमा पदार्पण गर्यो । इन्चिअन विमानस्थलमा विमान अवतरण गर्नुभन्दा दश मिनेट पहिले मेरा दुईवटै आखाँले फुत्रुक्क हामफाले कोरियन महासागरमा । त्यहाँ उनीहरूले साठीवर्षे कचेरा साफ गरे शुद्ध नुनिलो पानीमा । अश्रुदानी पूर्ण भयो फेरि । ‘धन्य आँखा’ ! आफ्नै आँखाले धन्यवाद पाए, फूलमाला पाए, सम्मान पाए, दोसल्ला पाए अनि पाए पुरस्कार समेत । आफैँले स्थापना गरेको पुरस्कार सम्मान आफ्नै मान्छेलाई दिन पाउँदा खुसी हुने पुरस्कार–संस्थापकभन्दा पनि बढी खुसी भएको अनुभव गर्न पाएँ मैले । न्यूनतम पैतालीस वटा ट्रान्जिट गेट भएको सुन्दर एवं भव्य विमानास्थलभित्र सोद्धै खोज्दै आधा घण्टामा आफ्नो अमेरिका पुग्ने २१ नं. गेटकोः प्रतीक्षालयमा पुग्दा त्यहाँको प्रातः ८.५० भएको थियो ।
संसारका अति व्यस्त विमानस्थलहरूमध्ये दक्षिण कोरियाको इन्चिअन विमानस्थल पनि पर्दछ । सुन्दरताका दृष्टिले यो विमानस्थल ज्यादै सुसज्जित देखिन्छ, मानौ यो सम्पन्न परिवारबाट भर्खर अन्भाउन आँटेकी बेहुली हो । देश विदेशबाट निरन्तर ओर्लिने र उड्ने विमानमा आवतजावत गर्ने मान्छेहरू चाहिं बिहेमा आएका घर गाउँले र जन्ती हुन् । ‘बिहानीले दिनको सङ्केत गर्छ’ भने जस्तै यस विमानस्थलको अध्ययनबाट दक्षिण कोरियाको उन्नति र प्रगतिको सजिलै आँकलन गर्न सकिन्छ । वैज्ञानिक ढङ्गबाट निर्माण गरिएको यस विमानस्थलको बजार व्यवस्था निकै राम्रो छ । हाम्रो देशमा केवल मुखले मात्र महिलाको समान हक र अधिकारको कुरा हुन्छ तर त्यहाँ वास्तवमैं महिलालाई अति उच्च प्राथमिकता दिइएको पाइयो । चाहे विमानमा होस्, चाहे सुरक्षा जाँचमा होस्, चाहे बजारमा होस्, चाहे अध्यागमनमा होस् ९५% महिलाकै बाहुल्य देखियो । जहाँसुकै, जतासुकै चिटिक्क परेका युवतिहरू मन्दमुस्कानमा आफ्नो सेवा प्रदान गरिरहेका हुन्छन् ।

पहिलो पल्ट १६, जुलाई २००६ का दिन म त्यस विमानस्थलमा ओर्लिएको थिएँ ट्रान्जिट यात्रीका रूपमा । मैले बिहान ८.५० देखि १०.३० सम्म वासिङ्गटन डि.सि. को डेलास विमानस्थल जाने विमान कुर्नु थियो । सो विमानस्थल जानका लागि म २१ नं. गेटको प्रतीक्षालयमा पुगें र त्यहींको एउटा आराम कुर्सीमा बसें आराम गर्न । भित्तामा जडान गरिएका भिडिओ र टेलिभिजनका पर्दामा देखाइएका दृश्यहरू हेर्दै जबर्जस्ती आफ्नो ६÷७ घण्टा यानमा यात्रा गर्दाको थकाइ मेट्ने सुर कसेर एकछिन बसेपछि म आफैंभित्र हराउँदै गएँ चौधवर्षे ठिटो भएर मेरो प्यारो जन्मघर पुगें इलामको तोरीबारी । त्यसबेला तल पुवाखोलाको देवी थानको छेउमा हाम्रो सानो १० पाथी बिउ जाने खेत थियो । पचास वर्ष अघिको कुरा, बेंसीबाट धानपराल आफैंले पिठ्युँमा बोकेर घर ल्याउनुपथ्र्यो । आउँदा बाटो उकालो थियो धेरै उबडखाबड झन्नै वर्तमान नेपालको राजनीतिजस्तै । हिंडेका बेला खुट्टा जोगाएर हिंडनु पर्ने; नत्र कि ढुङ्गामा ठोकिने कि खाल्डामा पसेर खुट्टै भाँचिने । कपडाको धोक्रोमा हालेको दशपाथी धान म सजिलै बोकेर घर ल्याउँथें । आफ्नै कमाइबाट उब्जिएको त्यो धान मेरालागि अत्यन्त प्रिय थियो । म त्यही संझेर पनि खुशी हुँदै बोक्थें । खेतबाट केही तेर्सो हिंडेपछि मुलाबारी खोल्साबाट उकालो लाग्नुपथ्र्यो । निकै माथि आएपछि त्यहाँ एउटा बिसाउने ढुङ्गो थियो; किसानका पसिनाले सिञ्चित अत्यन्त रमणीय स्थान थियो त्यो । प्रत्येक भरियाले त्यहाँ आआफ्नो भारी बिसाएकै हुन्थ्यो । धान–पराल बोक्ने गाउँले युवा–युवति र अधबैंसे समेतले सुरिलो भाकामा गाएको लोकगीत, दोहोरी गीत मालसिरी आदिले सबैको थकाइ स्वतः हाँसो र आनन्दमा रूपान्तरित हुन्थ्यो । त्यसबेला भारी बोकी उकालो चढ्दाको थकाइसँग जहाजभित्र बसिरहँदा लागेको थकाइको तुलना गर्न खोजें सकिन र आफैंलाई प्रश्न गरें ‘के हात्ती र मुसाको तुलना हुन सक्छ ?

भारी बोक्ताको थकाई मेरो प्राकृतिक थकाइ थियो र यथातथ्य रूपमा थकाइ मेटिएर कति आनन्दित र कति प्रफुल्लित हुन्थें म; तर यानमा चढेर यात्रा गर्दा लागेको थकाइ अत्यन्त कृत्रिम थियो र यसलाई अत्याधुनिक मनोरञ्जनद्वारा यत्किञ्चित् पनि मेट्न सकिंदैनथ्यो ।

जहाजमा यात्रा गर्ने अधिकांश यात्री खाने÷पिउने काममा मस्त देखिन्थे । नास्ता र पेय पदार्थहरू इच्छानुसार निकाल्न सकिन्थ्यो, तर मसँग कोरियन सिक्का नभएकाले म अरुझैं हातमुख जोर्ने तर्फ अग्रसर हुन सकिन । हुम्लाजुम्लाको पनि अनकन्टार ठाउँमा बस्ने नेपाली काठमाडौंको व्यस्त ठाउँमा पुग्दा वाल्ल परेजस्तै अवस्थामा थिएँ होला सायद त्यहाँ म ।

अर्को कुरा घरमा बिहान उठ्नासाथ दिसाबस्न जानुपथ्र्यो अनिवार्य रूपमा; तर त्यहाँ त्यतिबेलासम्म पनि दिसाले आफ्नो दिशा लिन सकेको थिएन । नयाँ संसारमा अलमलिने डरले सायद दिसाले बाहिर आउन आँट नगरेको होला । अर्को कुरा घरमा दिसा बस्नुपथ्र्यो भने त्यहाँ दिसा उठ्नुपथ्र्यो । दिसा नगरे पनि पिसाब त गर्नैपर्यो भनेर अलिक पर देखिएको ‘रेस्टरुम’भित्र पसें । पिसाब गरिसकेर हातधुने ठाउँतिर गएँ । त्यहाँ अरु यात्रीहरू धमाधम आउँदै हात धुँदै गर्थे, म भने अक्क न बक्क ! कलको टुटी यता घुमाउँछु पानी आउँदैन, उता घुमाउँछु पानी आउँदैन । उँभो तान्दा पो आउँछ कि भनी माथि तानेर यसो हात थापेको पितिक्क सावन हातमा झ¥यो । अब परेन फसाद ! क्याम्पसको उपप्राध्यापक भइखाएको व्यक्तिले अरुसँग पानी निकाल्न आएन भनेर सोध्नु कति लाजमर्दो हुन्छ ! अब अरुले के गर्छन् हेर्छु भनेर सावनसँगैको हात लिएर अलिक पर गएर एकछिन हेरें । कल नचलाईकनै हात धुन्छन् अरु मान्छेहरू ! म पुनः त्यहाँ गएँ र यसो पानी झर्ने ठाउँमा हात थापें, सलल्ल पानी आयो । बल्ल मैले छनक पाएँ मागेपछि मात्र त्यो धाराले पानी दिंदोरहेछ । वास्तवमा माग्ने व्यक्तिलाई अथवा आवश्यकता परेको व्यक्तिलाई दिनु चाहिं ठूलो धर्म हो । हाम्रो देशमा गरीबहरूले माग्दा उनीहरूका आवश्यक वस्तुहरू दिने परिपाटी भएको भए उनीहरूको कति कल्याण हुने थियो । सम्पत्ति हुने धनीमानीहरू नै माथि गएर राष्ट्रको ढिकुटीमा ‘आफ्नै हात जगन्नाथ’ गरी मस्ती गर्छन् । यस्ता ठाउँमा माग्नेको के गणना हुन्छ ! ‘माग्नेलाई आवश्यकताभन्दा बढी दिनुहुदैन’ भन्ने दृष्टान्त पनि त्यही कलधाराले दिइरहेको थियो । अँ ..... पानी आएपछि मैले मस्तसँग हातमुख धुएँ ।

वायुयान उड्नुभन्दा एकघण्टा अघि ट्रान्जिट् गेट् खुल्ने नियम रहेछ ९=३० बजे गेट् खुल्यो । हठात् यात्रीहरू ज¥याकजुरुक उठे शिक्षकको प्रवेशमा कक्षाकोठाका विद्यार्थीहरू उठेझैं । त्यसपछि क्रमशः यात्रीहरू काउन्टरअगाडि दुई समूहमा लाम लागे । कमिलाको ताँती दुलाभित्र पस्न लागिरहेको सुन्दरतम दृश्य हेरेर टोलाएभैंm म कल्पनामा पौडँदै अघि बढिरहेको थिएँ । एकएक गरी ती काल्पनिक कमिलाहरू यानको प्रवेशद्वारबाट ‘के.ई. ०९३ को जहाजभित्र समाहित भए । म पनि अन्य यात्रीसरह बिस्तारै अघि बढ्दै आफ्नो बोर्डिङ्गपासमा लेखिएको सिट नं. ‘५१ के’ छेउमा पुगें । यो सिट पनि झ्यालकै छेउमा पर्नु संयोग मात्र थिएन; बरु यो त मेरा मित्र सुदर्शन सिटौलाद्वारा प्रायोजित थियो । टिकट भइसकेपछि काठमाडौंका मेरा केही साथीहरूले मलाई भनेका थिए– “तपाईंले लगभग दशहज्जार रुपयाँ बढी तिर्नु भएछ” । तर सुदर्शनसँग मेरो केही गुनासो छैन, किनभने हर्पेको घिऊ पोखिएतापनि आफ्नै घरको आफ्नै साथीका भागमा पोखिएको थियो ।

ह्वेल माछाको जस्तो आकार भएको त्यो यान काठमाडौं–बैङ्कक उडान भर्ने ‘टि.जि. ३२० र बैङ्कक–सिओल उडान भर्ने ‘के.इ. ६५४ भन्दा पनि विशाल थियो । लाग्थ्यो, त्यो एउटा अजङ्गको ह्वेल माछा हो जसको देबे्र आँखाबाट यात्रीहरू सुलुक्क भित्र पस्थे र निस्कने द्वार पनि यही नै थियो । कुनैदिन तपाईंले त्यस यानबाट यात्रा गर्ने सौभाग्य पाउनुभो भने भित्र पस्नासाथ देब्रेपटि छेवैमा जहाजका परीहरू र अन्य कर्मचारी बस्ने ठाउ, सामान राख्ने दराजजस्तै चिटिक्क परेका कोठा र त्यसभन्दा अझ उता मुखपटि सञ्चालनकक्ष देख्न सक्नुहुनेछ । त्यहाँ क्याप्टेन र पाइलटजस्ता जहाजसञ्चालकहरू रहन्छन् । अब दाहिने हाततिर, सेनाले परेड खेलेभैंm, घुमेर अघि बढ्नुभयो भने तपाईंले यात्री कक्षमा प्रवेश भएको अनुभव गर्न सक्नुहुनेछ । त्यहाँ तपाईं जहाजको मुखबाट पुच्छरतिर जाँदैहुनुहुन्छ; तपाईंले सुरुमै प्रथमश्रेणीका यात्रीहरूका लागि रहेको कक्ष देख्नु हुनेछ । यो कक्षमा आरामदायी आधुनिक कुर्सीहरू जडान गरिएका छन् । भिडिओ÷कम्प्युटर जस्ता मनोरञ्जनका साधनहरू त सामान्य यात्रीका लागि पनि राखिएकाले त्यहाँ नराखिने कुरै भएन । जहाजमा अर्को तला पनि छ र त्यहाँ विशिष्ट श्रेणीका यात्रीहरू बस्छन् भन्ने कुरा परिचारिकासँग सोधेर तपाईंले पत्ता लगाउन सक्नुहुनेछ । प्रथम श्रेणीको कक्षबाट अझ अगाडि बढेपछि त्यहाँ विशाल लामो ‘इकोनोमी कक्ष’ देख्नुहुनेछ । यो अधिकांश यात्री बस्ने कक्ष हो र मेरो ‘५१ के’ कुर्सी पनि यही कक्षमा थियो । यस कक्षको सिट व्यवस्थापन यस्तो छ — सबै यात्री विमानको मुखतिर फर्किएर बस्नुपर्छ । बसाइका हिसाबले दाहिनेतिर र बायाँतिर तीनतीन सिटको लहर रहेको छ भने बीचमा चारचार सिटको लहर छ र यसका दायाँ र बायाँतिर यात्री हिड्ने बाटो छ । यसरी हेर्दा ३+४+३ गरी चौडाइपटिका एक लहरमा दश सिट छन् । प्रत्येक सिटका अगाडि भिडिओ जडान गरिएको छ, जसबाट तपाईं उडान समयभरि नै अनेक किसिमका मनोरञ्जन र सूचना प्राप्त गर्न सक्नुहुन्छ । अनुमानतः यस विमानमा ४७५ जति यात्री सजिलै अटाउन सक्छन् । सिटमा जडिएका भिडिओबाहेक प्रत्येक यात्रीले देख्नेगरी जहाजका भित्तामा पनि बृहत् आकारका भिडिओहरू जडित छन् । ती भिडिओहरूबाट एकै किसिमका सूचनाप्रद कार्यक्रमहरू आइरहेका हुन्छन् । त्यसको सञ्चालन विमानको केन्द्रीयप्रसारणबाटै हुन्छ ।

मेरो सिट ‘५१ के’ हो भनेर मैले अघि नै बताइसकें । अब म बस्ने तरखरमा छु । मेरो सिटभन्दा देब्रेतिर रहेका ५१ जे र ५१ आइ का यात्री म त्यहाँ पुग्नुभन्दा अघि नै बसिसकेका थिए । तपाईं भए के कस्तो सोच्नु हुन्थ्यो तर मैले त हाम्रै देशका मङ्गोल जातिका दाजुभाइ रहेछन् भनेर सारै खुसी भएँ । अमेरिका टेक्ता चाहिं साथीको दुःख भएन, ‘धन्न मेरो भाग्य’ जस्तो लागेर ‘नेपाल कुन ठाउँमा हो यहाँहरूको घर ?’ भन्नलाई ‘आँ’ मात्र के गरेको थिएँ एकजनाले अर्कोलाई भन्यो – के भन्यो मैले बुझिन । त्यतिबेला पो कसो नेपालीमा सोधिएन छ जस्तो लाग्यो । पछि बुझ्दा दुवै दक्षिण कोरियाली रहेछन् वासिङ्गटन डि.सि. जाने । ‘फुलबाट चल्ला कि चल्लाबाट फुल’ म टोलाएँ सुस्त मनस्थितिको विद्यार्थी जस्तो । एकछिनसम्म ‘कोरियाबाट मङ्गोलहरू नेपाल आएका हुन् वा नेपालका मङ्गोलहरू कोरिया गएका हुन् भन्ने कुरामा अन्यमनस्क भएर झल्याँस्स भएँ । ‘मङ्गोल’बाट ‘मङ्गोलिया’ समेत भएको छ भने यसमा मैले किन टाउको दुखाउने भन्ने कुरा संझदै आफ्नो सिट ओर्तिर बसेका यात्रीलाई भने — ‘इक्स्क्युज मि’ । उहिलेका आज्ञाकारी एवं गुरुभक्त विद्यार्थीले बसमा सिट नपाई उभिइरहेको आफ्नो शिक्षकका लागि हत्तपत्त सिट छोडिदिएझैं ती दुवै व्यक्ति सिटबाट ज¥याकजुरुक उठेर ओर्तिर आए । ‘थ्याङ्कस्’ भन्दै गमक्क परेर म आफ्नो सिटमा गएँ । यस यानमा भएका अघिल्ला र पछिल्ला सिट बीचको खाली ठाउँ काठमाडौं–काँकरभिटा गर्ने बसको भन्दा निकै फराकिलो छ । हाम्रो देशमा हो भने बसेको कोही उठ्दैन र आफु पनि भ्वाक्क लात्तले हान्दै आफ्नो सिटतिर जाँदा हुन्छ, तर शिष्टाचार पालना गर्ने ठाउँमा त्यसो हुँदैन– आफु पनि उठ्नैपर्छ, अरु पनि उठ्छन् । वास्तवमा त्यहाँ म एउटा अनजान विद्यार्थीझैं पाइलापाइलामा शिष्टाचारका पाठहरू सिक्तैथिएँ । आफ्नो सिटमा बसेर पेटी बाँधिसकेको केही क्षणमै यान बिस्तारै धावनमार्गमा अघि बढ्न थाल्यो । झ्यालको छेउमा भएकाले धावन मार्गका आसपास र अझै केही परसम्मका सुन्दरतम दृश्यहरू आँखाको नानीभित्र सुटुकसुटुक पस्तै थिए । सम्बन्धित धावनमार्गमा लाममा उभिएका सयौं यान देखेर म झल्झली सम्झिरहेको थिएँ ती यानहरू वास्तविक यान नभएर भाडाका निहुँमा कुटिएको एउटा विद्यार्थीका कारण पूर्वपश्चिम राजमार्गमा रोकिएका बस थिए अथवा यसो नभए तेलको भाउ प्रति लिटर पाँच रुपयाँ बढदा प्रति कि.मि. पाँच रुपैयाँ भाडा बढ्नुपर्छ भनी चक्काजाममा राखिएका बस थिए ।

धामीले ढ्याङ्ग्रो ठोक्ता ‘ढ्याङ् ढ्याङ्’को गति क्रमशः बढदै गएझैं यानको गति पनि अझ तीव्र हुँदै गइरहेको थियो । इलामको प्रसिद्ध तीर्थस्थल ‘माईपोखरी’ मा रमाइरहेका विभिन्न रङ्का र विभिन्न आकारका सुन्दर माछाझैं त्यस विमानस्थलमा एकत्रित यानहरूले आआफ्नै बन्धुबान्धवहरूमा काटाकाट र मारामार गर्ने तथाकथित मानिस भनाउँदाहरूलाई विश्वबन्धुत्वको पाठ पढाइरहेका थिए । तीव्रतम गति लिइसकेको यानले एकाएक धर्तीलाई छोड्न लाग्दा छारे रोगले भेटेको व्यक्तिलाई तीखो शब्दश्रवण र झिलिमिली दृश्यावलोकनबाट रोगले गाँजेझैं मलाई पनि पूर्वस्मृतिको बिमारले झम्ट्यो । म युवकमा प्रवेश गर्न लाग्दैको घटनावली झट्ट अगाडि आयो । इलामको मेरो जन्मघरदेखि केही माथि ‘बिब्ल्याँटे’ भन्ने स्थानमा दशैं, तिहारमा रोटेपिङ् र लिङ्गेपिङ्को मात्र भए पनि मेला लाग्थ्यो । त्यो मेला एक प्रकार तरुनी–तन्देरीका लागि मात्र थियो । दशैंतिहारजस्ता पर्वहरू रोटे पिङ्झैं प्रत्येक साल घुम्ने भएकाले आआफ्नो समयमा पिङ् खेल्ने पर्वहरू आउनेजाने गर्थे ।

२०१३ सालको दशैं र रोटेपिङ् मेरा स्मृतिपटमा अझै टाँसिएका छन् । त्यसबेला एउटी नितान्त अनभिज्ञ युवति रोटेपिङ्मा बसिछन् । माथि पुगेपछि उनले तलको कुरा सबै भुलिछन् हाम्रा नेताले कुर्सी पाएपछि तलका जनता भुलेझैं । माथि धुरीमा पुगेपछि तल झर्नैपर्छ भन्ने कटु थयार्थ कसैले भुल्नु हुदैन तर ती युवतिले भुलिन् । पिङ्को धुरीबाट तल झर्दा उनको मुटु चिउउव भएछ र सपनामा पिसाब गर्दा बिपनामा ओछ्यान बिग्रिन्छ नि, हो त्यस्तै नराम्रो दुर्घटना भयो । भ्रष्टाचारी नेता दोस्रो पटक पनि भोट जितेर सांसद भए जस्तै उनको पिर्का पुनः धुरीमा पुग्यो । तल झर्न लाग्दा बचेकुचेको ढिकुटी पनि सबै रित्तियो । त्यसबखत पिङ्मा बसेकाहरूलाई मात्र होइन तल रमिता हेर्न बसेका हामी जस्तालाई पनि घर फिर्किएर तिलकुशले “अपवित्र पवित्रो वा... ’ गर्नुपरेको थियो ।

मेरो स्मृति यथास्थितिमा आइपुग्दा टाँघन्डुब्बा, सुरुङ्गाको उबडखाबड बाटो पार गर्दै पूर्व–पश्चिम राजमार्ग पुगेर विर्तामोड अथवा विराटनगरतिर सलल्ल बग्ने यात्रीबसझैं आकाश मार्गको कच्ची उकालो पार गरी कोरियन ०९३ वायुयान लगभग चालीस हजार फिटभन्दा माथिको उचाइमा रहेको आफ्नो हवाइ मार्गमा समाहित भएकाले त्यहाँ मुटु चिउउव हुने अवस्था समाप्त भइसकेको थियो । यान आफ्नो धावन मार्गमा अत्यन्त द्रुतगतिमा उड्न थालेको केही समयपछि विमानभित्र एउटा स्वप्नवत् परिदृश्यको पर्दा उद्घाटित भयो । मैले अनुभूत गरें मानौ म वैवाहिक समारोहमा उपस्थित थिएँ । त्यहाँ मजस्ता धेरै धेरै जन्ती भोजमा सामेल भई मोज गर्न लागिरहेका थिए । यानपरीहरूले हाउभाउ कटाक्षका साथ खाद्य र पेय पदार्थका यथेष्ट परिकारहरू प्रदान गर्दै गर्दा मलाई लाग्यो म लगभग पैंतीस, चालीस वर्षअघि आफ्नो जन्मस्थलमा हुने गरेका परंपरित बिहेमा जन्तीका रूपमा सामेल भइरहेको थिएँ ।

सम्झन्छु ती विगतका दिनहरू, कसैको बिहेमा जन्त जान मरिहत्ते गर्ने मजस्ता ठिटाहरू एकदिनको पैदल यात्रा गर्नसम्म पछि पर्दैनथे । बिहान घामका झुल्कामा हिंडेर बेलुका घाम अस्ताएपछि बेहुलीघरमा पुग्दाको थकाइ र भोक धरानबाट एकभारी नुन बोकेर उकालो चढी बेलुका साँझमा वास बस्न लागेको थकित भरियाको भन्दा कम हुदैनथ्यो । डल्लैडल्ला भएका बारीमा टुक्रुक्क बसेर घन्टौं अघि टपरीमा पस्किएको चीसो भातमा मासको दाल, अलिकति साग, थोरै मूलाको थेवे, दुईवटा ससाना फुरौला र दुनामा हालेको एक पित्को घिऊ एकै ठाउँमा मुछेर सप्रयाङ् पार्दा अमृत भन्ने चीज अर्को छैन, यही हो भन्ने लाग्थ्यो । तर आज पाँचतारे होटलबाट आएको उच्चस्तरीय खानाले पनि त्यस किसिमको सन्तुष्टि दिन सकिरहेको थिएन । यस अघि मैले यात्रा गरेका कोरियाली र थाई वायुयानभन्दा यो यान धेरै कुरामा विशिष्ट थियो । प्रत्येक सिटका अगाडि जडान गरिएको भिडिओ सेट्बाट विविध मनोरञ्जनका साथै उडान गतिविधि (फ्लाइट् इन्फर्मेसन) समेत प्राप्त गर्न सकिन्थ्यो । खानापिना समाप्त भएपछि सबै यात्री आ–आफ्ना क्रियाकलापमा संलग्न भए । केही यात्री पुस्तक पढ्नमा मस्त देखिन्थे । मेरा दाहिनेतिर बीचको लहरको छेउको सिटमा बसेको एकजना युरोपेलीझैं लाग्ने व्यक्तिसँग लगभग सातवटा जति मोटामोटा पुस्तक थिए । सायद ती पुस्तक उपन्यास हुनुपर्छ । उसले एकएक गरी ती सबै पुस्तक पढिसकेजस्तो लाग्यो मलाई । बेलाबेला उङ्ने र बेलाबखत भिडिओ चलाउने बाहेक ऊ हरहमेसा पुस्तक मै घोरिएको देखिन्थ्यो । पुस्तक पढ्ने बाहेक केही यात्री उङ्ने काममा लागेका देखिन्थे भने अधिकांश यात्री अगाडिको भिडिओसँग जिस्किरहेका थिए मानौ उनीहरू हनिमुनमा संलग्न नव–विवाहित दम्पति हुन् । आफुलाई भने बख्ख लाटाले पापा हेरेभैंm अरु यात्रीतिर पल्याकपुलुक हेर्नुबाहेक केही आएन । मजस्तो पूर्व–कालिदासले छेवैका अपरिचित सहयात्रीलाई सोद्धा पनि ‘उसरठ’ भन्ने उत्तर आयो भने के गर्नु भनेर सोध्ने धृष्टता गरिन । यदाकदा केन्द्रीय प्रसारणबाट आएको मूकदृश्य (भिडिओ) हेरेर चित्त बुझाउनुबाहेक अरु केही गर्न सकिएन । पटकपटक ‘एयरफोन’ नलाएको पनि होइन तर त्यसलाई अंग्रेजी भाषामा मिलाउन आएन – पटक्कै आएन ।

लगभग पन्ध्र घण्टाको लामो हवाइयात्राका क्रममा विमानभित्र गरिएको अतिथि सत्कारलाई शुद्ध नेपाली शैलीको अतिथि सत्कारसँग व्यतिरेक गर्न खोजें मैले । नयाँ मैतालु लिएर पहिलो पटक ससुराल जाने ज्वाइँलाई गरिने सत्कार र यानमा गरिने सत्कारमा गहनतम अर्थतात्विक भिन्नता दृष्टिगत भएन । मात्र प्रयोजनपरक भेदका आधारमा पृथक्झैं लाग्ने ती दुवै सत्कारहरूको उद्देश्य बाह्य रूपमा एकै किसिमको छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्थ्यो । “कर्मण्येवाधिकारस्ते मा फलेषु कदा च न’ को घेराभित्र अटाउन नसक्ने ती दुबै सत्कार फलको प्रसस्त आशा राखेर गरिएका सत्कार हुन् । त्यसो भएतापनि ती दुवैमा पृथक्ताभाष नभएको भने होइन । यसरी हेर्दा विमानको सत्कार सतही, व्यापारिक, बाह्य र स्वल्पकालीन हुन्छ भने ससुरालीको सत्कार उपर्युक्त विशेषताका अतिरिक्त गहन, व्यावहारिक, आन्तरिक र दीर्घकालीन पनि हुन्छ, तर वर्तमान समयका कथित ससुरालीले दिने सत्कारलाई हेर्ने हो भने विमानको सत्कारको पल्ला अझ भारी हुने देखिन्छ ।

विमान उडिरहेकै बेला पटकपटक भएका सूर्योदय र सूर्यास्तका दृश्यावलोकनले आपैंmले आपैंmलाई चिमोट्नु पर्ने परिस्थितिको सिर्जना भएको थियो । सोही अवस्थामा यानको भित्तामा राखिएका भिडिओ र टि.भि पर्दाबाट जहाज कति उचाइमा छ, कति माइलको गतिमा छ, गन्तव्यको दुरी कति छ र त्यहाँको मौसम कस्तो छ, सो दुरी पार गर्न कति समय लाग्छजस्ता विषयमा वारम्बार जानकारी प्रवाहित हुन थाल्यो । चौध घण्टा यात्रा पुरा भइसकेको र अब एक घण्टा समय लाग्ने कुरा पनि जानकारीमा आयो । झ्यालबाट तल पृथ्वीमाताको दर्शन गर्ने धोको अधुरै थियो । सोही धोको पुरा गर्न मैले झ्यालबाट तलतिर दृष्टि घुमाएँ । कतैकतै मात्र बादलका ढिस्काहरू खरायोका ससाना बच्चाझैं देखिए । हावाको प्रवाहद्वारा ढिस्काबाट छुट्टिंदै गरेका बादलका ससाना थेग्लाहरू सिमलको भुवाझैं यत्रतत्र उड्दै थिए । ती बादलका मनचिन्ते ढिस्कानाहरूलाई एकटकले हेरिरहँदा कहिले मान्छेका आकारमा, कहिले राक्षसका आकारमा, कहिले विभिन्न पशुपक्षीका आकारमा देख्न सकिन्थ्यो; अथवा यसो भनौ तिनीहरू आफुले चिताएको आकारमा देखिन्थे । बादलका ती ढिस्कनाहरूले मतिर हेरेर भन्दै थिए, ‘तिमी मान्छे भनाउँदाहरू यसरी नै प्रत्येक पल आफ्नो रूप र आकार फेरिरहन्छौ छेपाराले आफ्नो रङ् बदलेझैं ।’

अझ अघि बढ्दै जाँदा बादलका थेग्लाहरू क्रमशः अन्तध्र्यान हुँदैगए । मैले भद्रपुर–काठमाडौं उडानका क्रममा माथिबाट दृश्यावलोकन गरेका तराइ, पहाड, हिमालका रमणीय दृश्यहरूभन्दा नितान्त भिन्न दृश्यहरू दृष्टिगोचर भए त्यहाँ । एकै अनुहारका स्वप्न र सुषुप्तिलाई जेठो र माहिलोमा पर्गेल्न सकिन मैले ।

मेरा अक्षुण्ण दृष्टिमा लगातार जङ्गलका विशालतम फाँटहरू, तिनका बीचबीचमा रहेका असङ्ख्य ताल तलैयाहरू र कतै राक्षसाकारका हिमक्षेत्रहरू परिरहे । मानवबस्तीको किञ्चित् आभाससम्म प्राप्त गर्न नसकिने त्यो क्षेत्र देखेर म केही रोमाञ्चित पनि भएँ । बालबुद्धिको प्रमुख आतिथ्यमा भएको अन्तर्मानसिक सभामा मनले मन्तव्य दियो, “जङ्गल, ताल र हिमालको संयुक्त रूपनै ‘संयुक्त राज्य’ हो ।” आफ्नै मनले बोलेको कुरा मैले पत्याइदिएँ आफ्ना पार्टीका नेताको ढाँट कुरा तलका कार्यकर्ताले पत्याएझैं ।

मैले उद्धृत गरिसकें तालहरू असङ्ख्य थिए भनेर । ती तालहरमध्ये अधिकांश लघु आकारका थिए भने केही तालहरू बृहत् आकारका पनि थिए । बृहदाकारका केही तालहरूको जिउडाल हेर्दा ठ्याक्कै प्रशान्त महासागरजस्तै देखिन्थ्यो । संभवतः ती तालहरू उमेर पुगेपछि प्रशान्त महासागरलाई छोडेर त्यहाँ गई बसेका उसैका छोराछोरी हुन् । अमेरिकामा मानवजातिमा मात्र होइन समुद्रहरूमा पनि उमेर पुगेपछि बाबु–आमाको कमाइमा भर नपर्ने परम्परा रहेछ । अरु सबै कुरामा मानवजाति र समुद्रहरूमा समानता देखिए तापनि एउटा कुरा नितान्त पृथक् देखियो । त्यो के भने मान्छे अनिवार्य रूपमा परिवार नियोजन गर्दा रहेछन् तर समुद्रहरू चाहिं मुस्लिम धर्मावलम्बीझैं ‘बहु सन्तान अल्लाहका वरदान’ भनेर भक्कु छोराछोरी जन्माउँदा रहेछन् ।

एकपछि अर्को गर्दै बृहदाकारका तालहरूको दृश्यावलोकन गरेपछि मैले मेरो छेवैमा बसेको कोरियाली मूलको अमेरिकीसँग यसबारे आफ्नो जिज्ञासा राखें । उसले मेरो अगाडि राखिएको अमेरिकी मानचित्र पल्टाएर देखाउँदै मेरो उत्सुकता मेटायो ।

‘लेक सुपेरियर’, ‘लेक मिचिगन’, ‘लेक हरन’, ‘लेक ओन्टारियो’ र ‘लेक इरि’ जस्ता बृहदाकारका लेकहरू अमेरिका र क्यानाडाको सीमामा पर्दा रहेछन् भन्ने कुरा मानचित्रबाट स्पष्ट भयो । ती लेकहरूमध्ये ‘लेक सुपेरियर’को अधिकांश भाग अमेरिकाभित्र र थोरै भाग क्यानाडाभित्र पर्दो रहेछ ।

त्यहाँका जङ्गल, ताल, नदीनाला आदिको हवाइ अवलोकन गर्दा थाहा भयो त्यहाँका यावत् प्राकृतिक वस्तुहरूमा कृत्रिमता मुखरित भएको छ । मैले अनुमान लगाएँ नेपालका प्राकृतिक सम्पदाहरू शतप्रतिशत प्राकृतिक भएर नै विदेशी पर्यटकहरू यसरी आकर्षित भएको हुनुपर्छ ।

कतै वर्गाकार, कतै वृत्ताकार, कतै आयताकार, कतै त्रिकोणाकार, कतै षट्कोणाकारमा टल्किने तालहरूको निर्मिति हेर्दा त्यहाँको प्रकृतिले विज्ञान र गणितका क्षेत्रमा पनि अग्रगति लिइसकेको कुरा छर्लङ्गियो । यति हुँदाहुँदै पनि नेपालका आध्यात्मिक तालहरूसँग त्यहाँका भौतिक तालहरूले खुलेर प्रतिष्पर्धा गर्न सक्लान् जस्तो लागेन ।

तालतलैया भएको क्षेत्र समाप्त भएर बस्ती तथा सहरी क्षेत्रमा प्रवेश गरेको केही समयमै विमान वासिङ्गटन डि.सि.को ‘डेलस’ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो । कतै सरल अनि कतै वृत्ताकार धावनमार्गमा विमान गुडिरहेका बेला म दार्जिलिङ्को तीन घुम्तीमा सर्पाकार रूपमा घुमिरहेको रेलको स्मरण गर्दै थिएँ, एकाएक ‘आँ’ गरेर मुख बाइरहेको ट्रान्जिट् गेटमा विमानले ल्याप्प आफ्नो मुख टँसायो । त्यो देखेर मलाई लाग्यो परस्पर ओठचुम्बनमा रमाउने अमेरिकी संस्कृति र त्यहाँको यान संस्कृति एकै किसिमको रहेछ ।

सबै यात्री विमानबाट धमाधम ओर्लिन थाले । म पनि विमान परिचारिकाको अभिवादन स्वीकार्दै अघि बढें । सोही क्रममा केही पर पुगेपछि एउटा वाणले ‘ट्रान्जिट्’ तिर देखायो भने अर्को वाणले ‘इमिग्रेगन’को सङ्केत गर्यो । म इमिग्रेसनतिर लागें । अलिक पर रहेको साँगुरो पुलबाट पार गरेपछि त्यहीं जोडिएको बसभित्र पुगिंदो रहेछ । बसमा टेक्नु अघि सुरक्षा जाँच भयो । सबै यात्री आइपुगेपछि बस निकै पर रहेको इमिग्रेसन कक्षतिर अघि बढ्यो र केहीबेरपछि सम्बन्धित कक्षमा पुगेर अडियो । अरुसँगै म पनि बसबाट ओर्लिएँ । अमेरिकी भूमिमा टेकेपछि अमेरिकी हावाले कानमा भन्यो, “तेरो मूल्यमा एकाएक बृद्धि भएको छ; तँ चौहत्तर प्रतिशतले महँगो भएको छस्; खवरदार, सस्तोतिर फर्किने विचार गर्लास् नि !”

मैले सुनेको नसुन्यै गरें र इमिग्रेसन कक्षमा लाममा उभिएँ । आफ्नो पालो आयो । मैले पनि पासपोर्ट, हवाइटिकट र यानमा दिएको फारम इमिग्रेसन (अध्यागमन) अधिकारीलाई बुझाएँ । उसले अर्को फारम भरेर तुरुन्त ल्याउन निर्देशन दियो । यानभित्र दुईवटा फारम भर्नुपर्ने रहेछ, तर मलाई किन हो कोरियन केटीले एउटा मात्र फारम दिइछ, एउटा मात्र भरेको थिएँ । एक छेउमा बसेर अर्को फारम भरें । त्यो भन्सार फारम रहेछ । त्यसमा आफ्नो पोकाभित्र भएका वस्तुहरू, विशेषतः खाद्य पदार्थहरू भर्नुपर्दो रहेछ ।

घिउ, तेल, अचार, सिन्कीजस्ता वस्तुहरू मेरा बाकसमा थिए । यस्ता वस्तुहरू अमेरिका छिराउन पाइदैन । काठमाडौंमा मेरा धेरै साथीभाइले भनेका थिए डेलस विमानस्थलको भन्सारमा यस्ता वस्तुहरू सबै मिल्काइदिन्छ, लान दिदैन ।

मैले उक्त कुरा संझिएँ र फारममा खाद्य वस्तुहरू भर्ने कि नभर्ने भन्नेमा एकछिन अकमकिएँ । ‘आ, साँचो डग्दैन, झुटो तग्दैन; भर्छु नढाँटी’ भनेर रिठ्ठो नबिराई भरें । फारम बुझाएपछि सोको अध्ययन नै नगरी अध्यागमन अधिकारीले मेरो पासपोर्ट हेर्दै मलाई साध्यो “के तपाईं शिक्षण पेसामा आबद्ध हुनुहुन्छ ?” “हजुर, म शिक्षक हुँ,” मैले भनें ।

छिटो जानोस् र आफ्नो सामान बुझ्नुहोस्” उसले भन्यो । म सरासर अघि बढें र आफ्नो सामान बुझें । गौरवको अनुभव गर्दै मनमनै भने “धन्य शिक्षण पेसा !”
दार्जिलिङ र सिक्किम प्रान्तका प्रवासी नेपालीहरू अत्यन्त उत्साह, उमङ्ग र भक्तिभावपूर्वक प्रत्येक वर्ष भानुजयन्ती मनाउँछन् । उनीहरू यसलाई राष्ट्रिय पर्वका रूपमा लिन्छन् । धेरै ठाउँमा उनीहरूले भानुभक्तको प्रतिमा पनि स्थापना गरेका छन् । प्रवासी दाजुभाइ, दिदीबहिनीहरूकै सक्रियता र पहलमा भानुजयन्तीका दिन त्यहाँको सर्कारले सार्वजनिक विदाको घोषणा पनि गरेको छ । यस कुराको स्मरणले म नेपालको वंशज नागरिक निहुर्मुन्टी ‘न’ हुन्छु । मलाई आत्मग्लानीले पिरोल्छ, तर म एकजना निरीह मान्छेले के गर्न सक्छु, के भन्न सक्छु पिरोलिनु बाहेक । मैले भन्न सक्ने कुरा, गर्नसक्ने कुरा एकमात्र छ । म मनमनै भन्छु — ‘थुक्क ! हाम्रा देशका माथिल्लो ओहदामा बस्ने ठूलाबडा भनाउँदाहरूले डाडुमा पानी तताएर त्यसैमा डुबेर मर्नु नि !’

दार्जिलिङ र सिक्किममा भानुजयन्ती मनाउने गरेको कुरा मैले धेरै पटक सुनेको र एकदुई पटक देखेको कुरा हो । भानुजयन्ती दार्जिलिङ र सिक्किममा मात्र मनाउँछन् भन्ने गहिरो विश्वास बोकिरहेका बेला म अर्को ठाउँबाट पनि त्यसैगरी प्रभावित भएको छु । त्यो ठाउँ नजिक छैन । टाढा छ, धेरै टाढा, जहाँ दिउसो हुँदा यहाँ रात हुन्छ । त्यही दिन र रातको फरक भएका ठाउँका आप्रवासी नेपालीले भानुभक्तप्रति गरेका हार्दिक :श्रद्धाभावको कुरा हो यो ।

१६ जुलाई २००६ मध्यान्ह १२ बजे भर्जिनियाको डेलस अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण कक्षबाट इमिग्रेसन पार गर्नासाथ गोपी (ज्वाइँ), उहाँको एकजना साथी र म कारबाट हुइँकियौ उडब्रिजतिर । जेफ्रिज आर डीसँग जोडिएको १४३०२ नं.को विशाल आवासभवनको एपार्टमेन्ट नं. ११०८ मा छोरी ज्वाइँको आवास छ । प्रतिघण्टा ५५ माइलको गतिमा गुडेको कारलाई डेरामा पुग्न लगभग ४५ मिनेट लाग्यो । छोरी कृष्णा, नाति अभिषेक र अमृतलाई आँखाले अघाउन्जेल पान गरेपछि मेरो चिरप्रतीक्षित इच्छा पूर्ण भयो । १०÷१५ मिनट थकाइ मारेपछि मैले थाहा पाएँ त्यसैदिन त्यहीं नजिकैको ‘लिसिल्भ्यानिया पार्क’ मा १९३औं भानुजयन्ती धुमधामका साथ सम्पन्न भइरहेको छ । त्यस दिन आइतबार परेको हुनाले भानुजयन्ती पनि त्यसै दिन मनाइएको रहेछ । कामको व्यस्तताले विदाको दिन भानुजयन्ती मनाउनु त्यहाँको बाध्यता हो भन्ने कुरा पछि थाहा पाइयो । ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ (अनेसास) द्वारा आयोजित भएको हुनाले पनि सो समारोह भव्य एवं महत्त्वपूर्ण थियो । म त्यहाँ पुग्ने कुरा थाहा पाएर अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले मलाईसमेत लिएर आउन गोपीजीलाई निम्ता दिइसक्नु भएको रहेछ । सो कुरा थाहा पाएपछि त मेरा भुईँमा खुट्टा रहेनन् । २३÷२४ घण्टे जेट यात्राबाट लागेको थकाइले एकाएक सुइँकुच्चा ठोकेछ । मैले छोटो स्नान गरें । चिया र बिस्कुटको नास्तापछि गोपीजी, म र नाति अभिषेक लाग्यौं भानुजयन्ती समारोह स्थलतिर । कार द्रुतगतिमा चिप्लिरहेको थियो । म नयाँ नयाँ रमणीय दृश्यहरूलाई आँखाका: नानीभित्र लुकाउँदै एकछिन भएपनि शोचमग्न भएँ ।

भानुभक्तलाई मैले सानैमा चिनेको थिएँ उनको ‘रामायण’ र ‘बधुशिक्षा’ का केही श्लोकबाट । मेरी मावलकी हजुर आमाले म आठ वर्षको छँदा सिकाएको निम्न लिखित श्लोक पनि झट्ट मेरा मगजमा आयो—

साँचो बोल्नु नबोल्नु बात कहिल्यै झूटो भन्याको रति ।

आखिर् मर्नु छ पाउनू छ उति फल् याहाँ गर्याको जति । ‘बधुशिक्षा’

मेरी आमाले पनि हजुरआमाबाट श्रुतिका रूपमा कण्ठस्थ गरेका श्लोकहरू सुनाउनुहुन्थ्यो । विवाहमा भन्ने श्लोकको लयमा लामो लेग्रो तानेर भन्दा सारै मीठो सुनिन्थ्यो । यसरी भन्न मेरी आमा निरक्षर भए पनि सारै सिपालु हुनुहुन्थ्यो । हजुर आमा र आमाको प्रभाव परेर होला अहिले पनि मलाई भानुभक्तद्वारा प्रयुक्त छन्दहरू गाउन औधी मनपर्छ । मेरा पूर्वस्मृतिहरू तरङ्गित हुँदै एकै क्षणमा मलाई भेट्न आइपुगे । मलाई चैं काठमाडौंदेखि अत्यन्त द्रुतगतिमा उड्ने जहाजमा उड्दा पनि २४ घण्टा जति लागेको थियो; तर मेरा ५५ वर्ष अघिका स्मृतिहरू एक निमेषमा अमेरिका पुगे; प्रकाशको गतिलाई पनि जिते; छक्क परें म । अमेरिका पुग्नेबित्तिकै भानुजयन्तीमा भाग लिन पाउनु मेरा लागि लर्तरो कुरा थिएन । वास्तवमा म भानुभक्तको भक्त नै रहेछु जस्तो लाग्यो ।

यहाँ म भन्ने गर्थें भानुभक्तको पुनर्जन्म दार्जिलिङ र सिक्किममा भएको छ, तर त्यहाँ पुगेपछि मैले यताको कुरा भुसुक्कै बिर्सिएँछु । उतैको कुरामात्र स्मरणमा आएछ, ‘भानुभक्तले अमेरिकाको ‘ग्रिनकार्ड’ मात्र होइन नागरिकता नै लिएछन् । डलरको लोभ देखाएर राम्राराम्रा कवि, साहित्यकार, गायक, नेता, अभिनेता, अभिनेतृ सबै अमेरिकाले तानिसकेछ जस्तो लाग्यो ।

मनमा अनेक तर्कवितर्कहरू खेलाउँदा खेलाउँदै थाहै नपाई ‘लिसिल्भ्यानिया पार्क’ आइपुगेछ । म सानो देशको सानो मान्छे । सोच पनि सानै थियो । मनमनै विचार गर्दै थिएँ लिसिल्भ्यानिया पार्क रत्नपार्क जस्तै अथवा त्यो भन्दा अलिक ठूलो होला । बिघ्न भए वरिपरि कम्पाउन्ड वाल लगाएको होला । त्यहाँभित्र अलेलि फूलबारी होला । तरुनी तन्देरीले इस्क गर्ने ठाउँ र भुटेका मकै र भटमास खाँदै उग्राउने ठाउँ होला । त्यो भन्दा बढी भए देखीदेखी होइन अलिक छेलिएर कुकुरासनमा कम्पाउण्डवाल भिजाउने ठाउँ होला । अझ धेरै भए सार्वजनिक शौचालय पनि होला तर रत्नपार्कको जस्तो घुँडाघुँडा आउने सु र दैलै उघार्न नसकिने गरी भरिएको आची चाहिं अलिक नहोला, किनभने त्यो काठमाडौं थिएन, अमेरिका थियो । तर ती मेरा सबै अनुमानित कल्पनाहरू नेपालको वार्षिक बजेटजस्तै पचहत्तर प्रतिशत घाटा भए ।म एकछिन त वाल्ल परिरहें लाटाले पापा देखेजस्तै । केहीबेर पछि अलिक होस आयो, नियन्त्रित भएँ र आफैंले आफैंलाई प्रश्न गर्न थालें—“लौ भन् त तँ, यस पार्कमा कुन कुराको कमी छ ? पार्कको छेउमा विशाल पोटोम्याक नदी छैन कि ? त्यस नदीमा सवार गरी मनोरञ्जन प्राप्त गर्ने स्टिमरहरू छैनन् कि ? फुटबल, भलिबल र अन्य अमेरिकी खेलका लागि खेल मैदान छैनन् कि ? पोटोम्याक नदीको वरिपरि रमणीय जङ्गल छैन कि ? पिकनिक स्थल छैन कि ? सभासमारोहका लागि आवश्यक पर्ने घरहरू छैनन् कि ? गाडी पार्किङ् क्षेत्र छैन कि ? त्यहाँको वातावरण सुन्दर एवं शान्त छैन कि ? यसो नदी किनारमा आँखा घुमाउँदा भेडाबाख्रा, देउतेबोका र पठेक्रीझैं बैंसले मात्तिएका खैरे खैरेनी उन्मुक्त रुपमा नाङ्गै खर्किएका छैनन् कि ? के छैन ? म आफैंलाई उत्तर दिन्छु — ‘हो सबैथोक छ, चिताए जत्ति अथवा त्यो भन्दा पनि बढी । तर नदी किनार भए पनि बिहारी र नेपालीजस्तो लाम लागेर हग्ने र कुकुरासनमा तुर्क्याउने मान्छे ओखती लाग्छ भने पनि पाइँदैन ।

हामी १९३ औं भानुजयन्ती समारोहस्थल पुग्यौं । भर्खर भर्खर मात्र कार्यक्रम प्रारम्भ भएको रहेछ । साहित्यकार होमनाथ सुवेदीसँग नामले परिचय थियो तर अनुहारले थिएन । गोपीजी र मेरो कथासंग्रह अन्तर्व्यथा आजको मार्फत उहाँले मेरो परिचय पाइसक्नु भएको रहेछ । उहाँ विशेष अतिथिको आसनमा बस्नुभएको थियो । गोपीजीले कानमा गएर केही भन्नासाथ उहाँ जुरुक्क उठेर मलाई भेट्न आउनु भयो । परिचय पश्चात् उद्घोषकलाई मेरो नाम र परिचय टिपाउनुभो र मैले पनि नवआगन्तुक अतिथिका आसनमा बस्ने सौभाग्य पाएँ । अनेसासको आयोजनामा सो समारोह भएको हुनाले सभापतिको आसनमा अनेसासका सभापति मोहन सिटौला हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा अमेरिकाका लागि नेपाली राजदूतावासका चार्ज डि. एफियर्स श्री रुद्रप्रसाद नेपाल हुनुहुन्थ्यो । त्यस क्षेत्रमा रहदै आउनु भएका अन्य व्यक्तित्वमा डा. बलराम अर्याल, भीम रेग्मी, एच. वि. भण्डारी, कमला प्रसाईं, कवि एवं निबन्धकार गोविन्द गिरी ‘प्रेरणा’ र अन्य धेरै महिला र पुरुषको उपस्थिति थियो । माला लगाएर फोटामा सजिएका भानुभक्तलाई मनमनै नमन गरें । वायुयानको धङ्धङी सँगुलै थियो । सोही कारणले हुनसक्छ बेलाबेला सिद्धिचरणलाईझैं ‘स्वप्न गगनबाट सुशीतलजल बर्सन्थ्यो रिमझिम’ । अमेरिकाभित्र पनि नेपाल रहेछ; म्याग्दी र रम्घा रहेछ भन्ने थाहा पाएर होला गर्वले हात्तीको जत्रै मुटूभयो ।

आदि कविको आफ्नै इच्छाले हुनसक्छ सो समारोहमा भानुभक्तकै जन्मस्थल छेउछाउका व्यक्तित्वहरूको उपस्थिति बढी थियो, उहाँहरू कै उत्साह र उमङ्ग बढी थियो सद्भावना, श्रद्धा र प्रेम बढी थियो । भानुभक्तका भक्त होमनाथ सुवेदीले आफ्नो मन्तव्यको क्रममा भानुभक्तको घर पुनर्निमाण गर्ने कुरा उठाउँदा र त्यसलाई उपस्थित सबैले तालीद्वारा समर्थन गर्दा मेरो मन थामिएन । आफ्नो दुई थोपा आँसूले मैले पनि होमनाथ सुवेदीको भनाइलाई साथ दिएँ । आर्थिक सहयोग भने पनि, जे भने पनि मेरा निम्ति त्यही अमूल्य थियो । त्यही अर्पिएँ आदि कविलाई । आदिकविको घर पुनर्निर्माण गर्ने भनेको के होला ? भन्ने कुरा मनमा उठ्यो । एकछिनमा त्यसको उत्तर थाहा पाएँ आदिकविको घर भनेको नेपाल हो । नेपालकै पुनर्निर्माण गर्ने भनेको होला जस्तो लाग्यो । अर्को मनले भन्यो आदिकविको सालिक तोड्नेहरूले यसो गर्न देलान् त ? ल एक छिनका लागि दिए अरे तर विदेशी सहयोग हसुर्न बानी परेका कावाहरूले भानुभक्तका लागि जुटाएको पवित्र सहयोग चप्काइदिए भने ! फेरि मन कुइँक्क घुम्यो र भन्यो, “आफ्नो देशको माया गर्ने देशभक्तहरू मिलेर सहयोगको सदुपयोग गर्नुपर्छ ।”

आदिकविको जन्म जयन्तीमा काव्य चर्चा हुनु नितान्त जरुरी छ भन्ने कुरा आयोजकले राम्रोसँग बुझेका रहेछन्; किनभने समारोहको अधिकांश समय काव्य चर्चामै बितेको थियो । कवयत्री कमला प्रसाईंको कविता संग्रह ‘म बिनाको मेरो जीवन’ र कवि मोहन सिटौलाको कवितासंग्रह ‘नयाँ मुलुकको नाद’ को विमोचन सोही समारोहका आकर्षण थिए । कमला प्रसाईंका कविता आफ्नै दुःखसुखका अनुभव र अनुभूतिका झिल्का र थोपा हुन् भन्ने कुरा कवयत्री स्वयम्बाट थाहा पाउन सकियो भने ‘सिटौलाको कविता नितान्त नवीन र मौलिक बिम्ब विधानमा उनिएको छ’ भनेर समालोचक एच्.बि. भण्डारीले आफ्नो समालोचकीय टिप्पणीमा उल्लेख गर्नुभएको थियो ।

समारोहमा भएको प्रतियोगितात्मक खुला कवि गोष्ठीमा विभिन्न कविहरूले आआफ्ना कविता वाचन गर्नुभएको थियो । त्यहाँ तुङ्गनाथ उपाध्यायको ‘श्रद्धासुमन’ प्रथम, हस्त गौतमको ‘आमाको व्यथा’ द्वितीय र दिनेश त्रिपाठीको ‘शब्दहीन देश’ तृतीय घोषित भएका थिए ।

त्यसैगरी सोही अवसरमा खुला प्रतियोगितात्मक बाल कविता गोष्ठी पनि सम्पन्न भएको थियो । त्यसमा आशिष सिटौला, प्रसन्न सिटौला र अमित श्रेष्ठ क्रमशः पहिला, दोस्रा र तेस्रा भएका थिए । अप्रतियोगी कविका रूपमा कविता पाठ गर्ने अन्य कविहरूमा नारायण अधिकारी, कपिल सिटौला, डा. हरिराज भट्टराई, नितेश अधिकारी, कमला प्रसाईं, प्रेम संग्रौला, टीका पुन, गोविन्द गिरी ‘प्रेरणा’, कविन्द्र सिटौला, मधु शर्मा, कल्पना सुवेदी, मोहन सिटौला र म स्वयं पनि थिएँ । मैले आफूलाई त्यति कुशल कवि ठान्ने गरेको छुइन, तर त्यहाँ मैले सुनाएको ‘गयो जीवनै बैंस जाँदै गएन’ भन्ने छन्दोबद्ध कविताले निकै ठूलो प्रशंसा पायो । त्यहाँ उपस्थित सबैलाई घत लागेछ क्यार । अत्यन्त चाखपूर्वक मेरो कविता सुनेको पाएँ मैले । डा. हरिराज भट्टराईले त राम्रो, राम्रो धेरै राम्रो भनेर मलाई धाप पनि मार्नुभयो । त्यो समाचार भर्जिनिया र डि.सि. सबैतिर फैलिएछ । मलाई भेट्ने धेरैजसोले ‘तपाईंले भानुजयन्तीमा धेरै राम्रो कविता सुनाउनु भएछ नि, आफूले त सुन्न पाइएन !’ भनेर दुःख मनाउ गरेको पनि सुने । कवि एवं साहित्यकार होमनाथ सुवेदी र उहाँकी श्रीमती नन्दादेवी सुवेदीबाट त झन् धेरै प्रशंसा पाएको छु मैले । त्यसो त नेपालमा विशेष गरेर झापामा भएका गोष्ठीहरूमा पनि उक्त कविताले प्रशंसा पाएको छ,, ताली पाएको छ । जे होस् त्यो प्रशंसा र ताली मैले पाएको होइन कविताले पाएको हो, सोही कविताले पाएको हो । मैले प्रशंसा पाउने भए यसभन्दा अघि पनि निकै कविता लेखेको छु जस्तो लाग्छ, खोइ पाएँ प्रशंसा ? खोइ पाएँ ताली ? जे होस् एउटा कविता मात्र भए पनि यसो हेर्नुहुने भएछ । समुद्र पारी गएर पनि अलेली नाम कमाएर आयो । आफुले डलर कमाउन नसके पनि एउटा कविताले नाम अलिकति भए पनि कमायो । आफैंलाई स्यावास् । भानुजयन्तीको कुरा गर्दागर्दै कलम झन्नै ‘आफूजयन्ती’ तिर रड्किएछ । अँ उक्त कायक्रमको अर्को आकर्षण प्रतियोगितात्मक भलिबल खेल थियो । सो खेलका लागि बाल्टिमोर निवासी मोहन थापाले ‘अनेसास–भानुभक्त मेमोरियल गोरखबहादुर थापा रनर कप’ को व्यवस्था गर्नु भएको थियो ।

सो भलिबल खेल प्रतियोगितात्मक भए पनि अत्यन्त सौहाद्र्रपूर्ण भलिबल खेल थियो । छ्यात्छ्याती नेपालीले खेलेजस्तो, नेपालभित्रै खेलेजस्तो अनि भानुभक्तकै रम्घामा खेलेजस्तो खेल थियो त्यो । छेवैमा बगिरहेको ‘पोटोम्याक’ नदी बग्न छोडेर निर्निमेष गोल हेरिरहेको थियो ।

भलिबल खेलको मध्यान्तरको मौका छोपेर मैले केही क्षण पोटोम्याकतिर दृष्टि दिएँ । एकै छिनमा रूप बदल्यो त्यसले र फेवाताल बन्यो । हेर्दैथिएँ त्यो माईपोखरीमा रूपान्तरित भयो । वरिपरि जङ्गलैजङ्गलले घेरिएको ठ्याक्कै माईपोखरी, स्वच्छ जलले पूर्ण जलाशय । मेरा देशका फेवा, रारा, माईपोखरी र अन्य जलाशयभन्दा विशाल थियो त्यो; तर मेरा देशका नदी र तालहरूका छेउमा ‘मुटुभन्दा शरीर ठूलो’ जस्तै थियो ‘पोटोम्याक’ । धेरै फराकिलो क्षेत्रमा बग्ने र जङ्गलैजङ्गलका बीचमा देखिने हुनाले तालको अनुहारको नदी थियो ‘पोटोम्याक’ । गोरेहरूका बीचमा को पुलिङ्गी, को स्त्रीलिङ्गी, को उभयलिङ्गी, को समलिङ्गी छुट्याउन सानोसानो अनुसन्धाननै गर्नुपर्ने हुन्छ भने नदीको लिङ्गभेद गर्ने कुरा चन्द्रलोक पुग्नुभन्दा कठिन हो । लिङ्गभेद गर्ने देशको लिङ्गभेद भएको भाषा बोल्ने भएका नाताले ‘पोटोम्याक’को लिङ्ग छुट्याउन खोजें मैले ।

नेपालका अधिकांश नदीहरू— मेची, कनकाई, कोशी, नारायणी, गण्डकी, कर्णाली, भेरी, सेती, महाकाली स्त्रीलिङ्गी छन् भने फेवा, रारा, माईपोखरीजस्ता प्रसिद्ध तालहरू पनि स्त्रीलिङ्गीनै छन् । यिनीहरूको नाम सुन्नेबित्तिकै, स्मरण गर्नेबित्तिकै मनका अशुद्ध मयलहरू एकाएक स्वच्छ बन्दछन्, पवित्र बन्दछन् । मानसिक स्नानबाट पवित्र भएपछि दैहिक स्नानको आवश्यकता नै पर्दैन रहेछ । खैरेहरूले राखेको ‘पोटोम्याक’ नामले नदी संझाउने होइन बरु बिर्साउने काम गर्छ । तर जेहोस्, जस्तोहोस् जलाशय देखेपछि हाम्रो मन त्यसैत्यसै द्रवीभूत हुँदो रहेछ, त्यसै पग्लिएर आउँदो रहेछ; मनैले भए पनि चुर्लुम्म डुबेर स्नान गर्न मन लाग्दो रहेछ । त्यहाँ भौतिक रूपले मनोरञ्जनका लागि ‘पोटोम्याक’ प्रिय देखिन्छ तापनि हाम्रालागि त्यो पवित्र गङ्गा हो । नदी र जलाशयको प्राकृतिक महत्त्व नबुझ्नेहरूले हाम्रो देशका नदी र जलाशयहरू दूषित बनाएका छन् तर यस कुरामा अमेरिकीहरू हामीभन्दा सयौंगुणा अघि छन्, तर भौतिक रूपमा उनीहरू अघि भए पनि आध्यात्मिक रूपमा भने उनीहरू हामीभन्दा धेरै पछि छन् ।

म हाम्रा स्त्रीलिङ्गी नदीहरूको कुरा गर्दैथिएँ, मातृरूपा नदीहरूको कुरा गर्दै थिएँ । अंग्रेजहरूका नदीहरू हाम्रा नदीसँग तुलनीय छैनन् भन्दै थिएँ । वास्तवमा अंग्रेजका नदीहरू निर्जीव वस्तुहुन्, मात्र एच२ओ को सूत्रमा निर्मित द्रव पदार्थ । उनीहरूको शब्दकोशमै लिङ्गभेदक क्रियापद छैन भने नदी कसरी स्त्रीलिङ्गी होस् त ।

अंग्रेजी भाषाको कुरा देखेर मलाई हाम्रो नेपाली भाषाको कुरा गर्न मन लाग्छ । कति विशाल छ हाम्रो भाषा ! कतिसम्पन्न छ हाम्रो भाषा ! मलाई अलिकति भए पनि नेपाली भाषा र अंग्रेजी भाषाको तुलना गर्न मन लाग्छ — ‘मेरो छोरो आज आउँछ’, ‘मेरी छोरी आज आउँछे’, ‘मेरी आमा आज आउछिन्/आउनुहुन्छ/पाल्नुहुन्छ’, ‘मेरा बा आज आउँछन्/आउनुहुन्छ/पाल्नुहुन्छ’, यी चारै वाक्यका क्रियापदहरू लिङ्गव्यतिरेकी छन् र त्यसरी नै आदरव्यतिरेकी पनि । छोराका लागि आदररहित पुलिङ्गी क्रियापद प्रयोग भएको छ भने छोरीका लागि आदररहित स्त्रीलिङ्गी क्रियापद प्रयुक्त छ । त्यसैगरी ‘आमा’ र ‘बा’ का निमित्त प्रयुक्त सामान्य आदरार्थी क्रियापद ‘आउँछिन्’ र ‘आउँछन्’ मा अघिल्लो स्त्रीलिङ्गवाचक र पछिल्लो पुलिङ्गवाचक हो । यीबाहेक उच्चआदर र उच्चतम आदरका रूपमा प्रयुक्त ‘आउनुहुन्छ’ र ‘पाल्नुहुन्छ’ आमा बा दुवैका लागि उपयुक्त छन् । यी क्रियापदले नेपालमा आमाबाबुको उच्च सम्मान हुन्छ भन्ने कुरा पनि देखाउँछन् । पदसङ्गतिमा लिङ्ग र आदर नभएको हुनाले अंग्रेजी भाषा नेपालीको तुलनामा लङ्गडोजस्तै देखिन्छ । विश्वका सम्पन्न एवं शक्तिशाली देशका अधिकांश व्यक्तिले बोल्ने र अन्तर्राष्ट्रिय रूपमा मान्यता समेत पाएको अंग्रेजी भाषा लिङ्ग र आदरको अभावमा विपन्न भएको छ । यसोभन्दा कसैदेखि डराउनु पर्दैन । अंग्रेजी भाषामा लिङ्गव्यतिरेकी र आदरव्यतिरेकी क्रियापद नभएको कारणबाट उपर्युक्त चारैवटा वाक्यका निमित्त एउटै क्रियापद प्रयोग हुन्छ – ‘माइ सन कम्स् टुडे’; ‘माइ डट(र्) कम्स् टुडे’; ‘माइ मद(र्) कम्स् टुडे’; ‘माइ फाद(र्) कम्स् टुडे’ । यी वाक्यमा छोरो, छोरी, आमा र बाका लागि एउटै क्रियापद ‘कम्स्’ को सङ्गति भएको छ । यसरी हेर्दा अमेरिकामा कसैका छोरी, बुहारी र आमाहरू स्त्रीलिङ्गी छैनन् र आदरणीया पनि । अब मैले ‘पोटोम्याक’ खोलो स्त्रीलिङ्गी भएनभन्दा त्यसको अर्थ लाग्छ ! धन्न प्रकृतिदेवीले चाहिं त्यतापटि पनि दृष्टि दिएकै रहेछ, नत्र काग, रुप्पी, परेवा, चिलजस्ता पंक्षीहरूको लिङ्ग छुट्याउन नसकिएझैं अमेरिकी महिला र पुरुष छुट्याउन धौधौ पर्ने थियो र समलिङ्गी विवाहको वार्षिक बृद्धिदर धेरै माथि पुग्ने थियो ।

मध्यान्तरको समय व्यतीत हुनासाथ पुनः खेल चालु भयो । मेरा आँखाका नानीहरू ‘पोटोम्याक’बाट कुइँक्क घुमे खेलमैदानतिर । ‘काली गण्डकी ए’ र ‘काली गण्डकी बी’ का बीच भएको प्रतियोगितात्मक खेलमा जसले जिते पनि आखिर नेपाली कै विजय हुन्थ्यो र ‘काली गण्डकी’ कै विजय हुन्थ्यो । उडब्रिजको ‘लिसिल्भ्यानिया पार्क’ को त्यो खेलमैदान मेरा आँखामा नेपालमय बनेको थियो । खेलाडी को ? ‘नेपाली‘, दर्शक को ? ‘नेपाली’, आयोजक को ? ‘नेपाली’, प्रायोजक को ? ‘नेपाली’ । सबै प्रश्नको उत्तर एउटै थियो ‘नेपाली’ ।

त्यस खेलमा खेल्ने खेलाडीहरू पक्कै पनि नेपालका विभिन्न क्षेत्र, अञ्चल, जिल्लासँग सम्बन्धित होलान्, यो मेरो निजी भनाइ थियो । आफ्नो विचारको पुष्टिका निमित्त खेलाडीको परिचय जान्न चाहें मैले । दर्शकमध्ये एकजनासँग खेलाडीको नाम भएको कागज रहेछ, मागेर पढें र आफ्नो डायरीमा टिपें । मैले टिपेका नाममा ‘काली गण्डकी ए’ बाट खेल्ने खेलाडीको नाम यसप्रकार थियो ः १= मोहन थापा (क्याप्टन), ताकाम धारापानी, म्याग्दी, २= मोहन बानिया, बेनी, म्याग्दी ३. डम्बर कार्की, राखु, म्याग्दी, ४. निलम थापा, चिमखोला म्याग्दी, ५. लायन बूढा, रुकुम, ६. शक्ति रेग्मी, ।

त्यसैगरी ‘काली गण्डकी बी’ टिमबाट खेल्ने खेलाडीहरू यसप्रकार थिए ः १. राम तिलिजा (क्याप्टन), चिमखोला, म्याग्दी, २. टीका पुन, चिमखोला म्याग्दी; ३. लोकमान पुन, चिमखोला, म्याग्दी ४. गङ्गा पुन, दोवा म्याग्दी, ५. प्रेम लिम्बू, ह्वाकु, तेह्रथुम, ६. सुरेश लामा, नारायणगढ, चितवन । प्रस्तुत खेलमा खेम भट्टचन, म्याग्दीले अम्पायरको भूमिका निर्वाह गर्नुभएको थियो । अमेरिकाको एउटा सानो ठाउँमा अम्पायर समेत ९ जना खेलाडी म्याग्दीसँग सम्बन्धित हुनु मेरा लागि चानचुने कुरा थिएन । यसबाहेक समारोहमा उपस्थितमध्ये दुई जना –साहित्यकार होमनाथ सुवेदी र उहाँकी धर्मपत्नी म्याग्दीकै हुनुहुन्थ्यो । मैले नचिनेका अरु पनि हुनुहुन्थ्यो होला । यसरी हेर्दा सो आदिकवि जयन्ती मनाउनेमा मूलतः गण्डकीले र अंशतः म्याग्दीले अग्रस्थान ओगटेको थियो, यो मेरो नितान्त व्यक्तिगत हेराइ हो ।

त्यस समारोहमा उपस्थित सबैको उत्साह, उमङ्ग र श्रद्धाभाव देख्ता पछिपछि दार्जिलिङ् र सिक्किमलाई पनि अमेरिकाको यस क्षेत्रले उछिन्छ कि जस्तो लाग्यो । हुन त आदिकवि तनहुँ र म्याग्दीका मात्र होइनन् । उनी प्रत्येक देशवासीका हुन्, प्रत्येक गोर्खालीका हुन्, प्रत्येक प्रवासीका हुन् अनि प्रत्येक आप्रवासीका हुन् सबैलाई चेतना भया । तर भानुभक्तलाई आफ्नो बनाउने कार्यका लागि दार्जिलिङ, सिक्किम र भर्जिनियाका: साहित्यप्रेमी, संस्कृतिप्रेमी व्यक्तित्वहरूलाई हामीले गुरु थाप्नु पर्छ होला जस्तो लाग्छ ।
छोरी कृष्णाको प्रसुतीहुने समय जतिजति नजिकिंदै जान्थ्यो त्यतित्यति हाम्रो मन कुँडिंदै जान्थ्यो । मभन्दा पनि धर्मा अझ पीडित थिइन्; किनभने ब्याएको गाईलाई मात्र प्रसूतीजन्य पीडाबोध हुन्छ । पाँच, छ जना सन्तानको जन्म दिइसकेकी धर्माले तत्सम्बन्धमा आजका हल्का फुल्का पी.एच्.डी.भन्दा धेरै अनुभव प्राप्त गरेकी थिइन् । पढेर जान्नेभन्दा परेर जान्नेकोअनुभव कता हो कता माथि हुन्छ । एक पटक पनि नब्याएकी महिला प्रसूती विषयमा पी.एच.डी. नै किन नहोस् त्यसलाई वास्तविक प्रसूतीपीडाबोध हुदैन । त्यस्ता महिला डाक्टर र सामान्य पुरुषले प्रसूती महिलाप्रति सहानुभूति जनाउँदै ‘कठैबरी’ भन्नुमा वास्तविक भिन्नता छैन होला जस्तो लाग्छ । यसो भन्नुको तात्पर्य के हो भने छोरीका विषयमा मेराभन्दा बढ्ता पीर धर्मालाई भएको थियो ।

छोरी अमेरिकाजस्तो सर्वसम्पन्न देशमा बसेकी हुनाले हामीले त्यस्तो औधी चिन्ता लिनुपर्ने कुरा थिएन, तर ‘बाबुआमाको मन छोराछोरी माथि’ भन्ने कुरा ध्रुवसत्य जस्तै भएको हुनाले अमेरिकी सम्पन्नताका कुरा स्वतः ओझेलमा परेजस्ता भए । म पूर्वस्मृतिको नाउमा चढेर भूतकालिक महासागरमा हेलिन पुगें ।

विक्रम संवत् २०२६ मा ठूली छोरी कृष्णा जन्मिंदाको घटना मेरा स्मृतिपटमा आयो । त्यसबेला पनि म सुरुङ्गामै शिक्षण गर्थें । धर्मा दुईतीन महिनाअघि आफ्नो माइतघर लक्ष्मीपुर (इलाम) गएकी थिइन् । प्रसूतीबिमार लागेको दुई दिनपछि मैले थाहा पाएँ । विद्यालयमा बिदा लिएर तेस्रो दिन म लक्ष्मीपुर पुगें । म त्यहाँ पुग्दा उनी सिकिस्त भइसकेकी थिइन् । तीन दिनदेखि उनकी आमा र ठुल्यामाले उनको हेरविचार गर्दै आउनु भएको थियो तापनि असामान्य परिस्थितिले गर्दा उनलाई डाक्टरको उपचार आवश्यक थियो । म पुगेको भोलिपल्ट बिहान उनी अझ साह्र्रै भइन् । इलाम पुग्न पैदल चारघण्टा मात्र लाग्ने भए पनि दुर्गम भएकाले बोकेर त्यहाँ पुर्याउन असम्भव थियो । के गर्ने र के नगर्नेको द्वन्द्वबाट पीडित म किं कर्तव्यविमूढ भएँ । धर्माको आर्तनादले मेरो मुटुमा धाँजा पारिसकेको थियो । डाँको छोडेर रुन मन लाग्दालाग्दै पनि म सकिरहेको थिइन । किन सकिरहेको थिइन भन्ने कुरा पाठकले नै अनुमान लगाउन सक्नुहुनेछ ।

त्यसताका धर्माको कान्छो भाइ प्रकाश करफोक विद्यामन्दिरमा अध्ययन गर्थे । घरबाट धाउन टाढा भएकाले उनी आइतबारेमै डेरा गरी बस्थे । संयोगवस प्रकाश पनि म पुगेकै दिन घर आएका रहेछन् । प्रसवपीडाको चरम अवस्था देखेर उनलाई अब माल्दिदी बाँच्दिन भन्ने लागेछ । अर्काको दुःख हेरेर बस्न नसक्ने उनको स्वभाव अहिले पनि परिवर्तन भएको छैन । दिदीका छेउमा आएर उनी क्वाँक्वाँ रुन थाले । उनी भन्दैथिएँ – ‘माल्दिदीलाई हामी सबै भएर बचाउनु पर्छ, मर्न दिनु हुदैन ।’ नभन्दै धर्माको दिन आइपुगेको रहेनछ ससुरा बा तलाबाट तल ओर्लिनु भयो र सोध्नुभयो, ‘यो कान्छालाई पनि बेथा लाग्यो कि किन रुन्छ नाथे ?’ ‘माल्दिदी मर्ने भै’, अर्कापटि फर्केर प्रकाशले भने ।

त्यसबेलासम्म उहाँलाई त्यस्तो साह्रो बिमार लागेको छ भन्ने थाहा रहेनछ । उहाँले प्राकृतिक रूपमै बच्चा जन्मन्छ भन्ने ठान्नु भएको रहेछ र छोरासँग ठट्टा गर्नुभएको रहेछ । उहाँ अलिक ठट्यौलो स्वभावको हुनुहुन्थ्यो । धर्मकर्म भनेपछि भुतुक्क हुने उहाँ दयालु, समाजसेवी एवं अतिथिसेवापरायण हुनुहुन्थ्यो । ‘उमाकान्त दाहाल’ इलाम र झापाका लागि कुनै अपरिचित नाम होइन; उहाँलाई प्रायः सबैले चिन्थे । उहाँले अत्यन्त भावुक र संवेदनशील भएर भन्नु भयो, “तुरुन्त घोडा लिएर इलाम जानू र कम्पाउण्डर पूर्णलाल श्रेष्ठलाई लिएर आउनू ।”

कमलकान्त दाइ (जेठान), म र रघुपति माल्दाइ घोडा कसेर इलामतिर लाग्यौं । एकदम चाँडोचाँडो हिंडेर गयौं । लगभग तीन घण्टामा इलाम पुगिएछ । कम्पाउन्डर पूर्णलाल आफ्नो दवाई दोकानमै रहेछन् । पूर्णलाल श्रेष्ठसँग मेरो सामान्य परिचय थियो । म उनलाई राम्रैसँग चिन्थे भने उनी चाहिं परिचय दिएपछि मात्र चिन्थे मलाई । मैले नमस्ते गर्दै भने, “एउटी महिला उपचारको अभावमा मृत्युसँग संघर्ष गरिरहेकी छे । उसको उद्धार गरी जीवनदान दिनुप¥यो पूर्णलाल दाइ ! भ्याउदिन नभन्दिनुहोला कृपया ।” त्यसै मौकामा कमल दाइले पनि अरु बेलीबिस्तार गर्दै अनुरोध गर्नुभयो । पूर्णलालले काइँकुइँ नगरी सामग्री र औषधिहरू झोलामा हाले । उनलाई घोडामा चढाएर हामी तुरुन्तै फर्कियौं । फर्केर आउँदा तीनघण्टा तीस मिनेट लागेछ । हामी बेलुकाको तीन बजे आइपुगेका थियौं । त्यसबेला धर्मा मृत्युको संघारमा थिइन् । उनलाई त्यस्तो बेहोस अवस्थामा पाउँदा मलाई उनी बाँच्छिन् जस्तो लागेन; तर पूर्णलालले पन्ध्र, बीस मिनेटभित्रै गर्भबाट शिशु निकाल्दै भने, धन्न आधा घण्टा छिटो भएको हुनाले आमा र शिशु दुवै बाँचे; नत्र दुवै मर्ने थिए ।

प्रसूती गराएको केहीबेरपछि धर्मा होसमा आइन् । उनले आँखा खोलेपछि हामी सबैका आँखाबाट हर्षाश्रुका धारा बगे । त्यसबेला मैले पूर्णलाललाई देवताका रूपमा हेरें । अभैm पनि म उनलाई संझने गर्छु । मनले उनको आदर सम्मान गर्छु । त्यसबेला धर्मा र छोरी कृष्णाको जीवन दान दिन सहयोग गर्ने प्रकाश भाइलाई मैले हृदयबाट आभार प्रकट गरें, धन्यवाद दिएँ । अभैm पनि म गुन संझिएर उनको प्रशंसा गर्छु । त्यस घटनामा सहयोगीको भूमिका निर्वाह गर्ने ससुरा (उमाकान्त दहाल) लाई सदासर्वदा नतमस्तक भएर श्रद्धासुमन अर्पण गर्छु र जीवनभर गरी नै रहन्छु । आफ्नै घरपरिवारसँग सम्बन्धित उक्त घटनाको आदि र मध्य दुवै दुःखद थिए तापनि यसको परिणाम सुखमय अथवा सुखान्त थियो । तर अचेल मैले देखी जानेका र सुनी जानेका प्रायः यस्ता प्रसुतीपरक घटनाको परिणाम अत्यन्त दुःखदायी बन्न पुगेको छ । गएका दुई वर्षभित्र भएका घटनाहरू अनगिन्ती छन्; तीमध्ये केही घटनाहरू यस्ता छन् जुन घटना मानसपटबाट कहिल्यै उड्दैनन्, कहिल्यै मेटिंदैनन् । स्थायी मसीका अक्षरभैंm जस्ताको तस्तै चहकिला भएर बसेका छन् ।

सुरुङ्गाजस्तो सुगम ठाउँमा पनि उप्रेती साइँलाकी जेठी बुहारीले प्रसूतीजन्य कारणबाट आफ्नो ज्यान गुमाउनु परेको कुरा संझेर म छक्क पर्नेगर्छु । अर्की एउटी गरीव परिवारकी महिलालाई हारगुहार गरी धरानको ठूलै अस्पतालमा समयमै पु¥याइएको भएता पनि भर्नाका लागि राख्नुपर्ने धरौटीको अभाव र त्यहाँका कर्मचारी, नर्स र डाक्टरसमेतका कारण इमर्जेन्सी वार्डभित्र पस्नै नपाई बाहिरै उनले मृत्यु वरण गरेकी थिइन् । यस्ता अनगिन्ती हृदयविदारक घटनाहरू संझेर मुटु छियाछिया हुन्छ ।

सुरुङ्गाकी कमला श्रेष्ठको कथा त्यस्तै हृदयविदारक छ । केही महिना अघिको कुरा हो उनलाई प्रसववेदनाले छोयो । सहन नसक्ने स्थितिमा पुगेपछि उनका अभिभावकले एम्बुलेन्समा हालेर घोपातिर लगे । जाँदाजाँदै सो एम्बुलेन्स केर्खामा पुगेपछि बन्दकर्ताका बन्दरनाइकेहरूले गाडीभित्र प्रसववेदनाले उचालिंदै पछारिंदै गरिरहेकी निर्दोष अवलालाई ढुङ्गाले हिर्काएर ठहरै पारे । नेपालमा घटेका यस्ता घटनाहरू संझिएपछि अमेरिकामा पनि यस्तै त होला नि जस्तो लागेर आउँछ । यस्तो लाग्नु स्वाभाविक पनि हो ।

हाम्रो देशमा अत्यधिक रूपमा बढ्दै गएको मातृमृत्युदरले मलाई ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किंदा तर्सिन्छ’ जस्तै बनाएको थियो । त्यसैले डाक्टरले दिएको समय (जुलाई १८, २००६) भन्दा अघि नै भर्जिनिया पुग्ने गरी म घरबाट बाटा लागेको थिएँ । तर ११ तारिखकै दिन छोरी प्रसूती भएको खबरले मेरो मन धेरै हल्का भएको थियो; म ढुक्क भएर त्यहाँ पुगेको थिएँ । त्यहाँ पुग्नासाथ सर्वप्रथम स्वास्थ्यसम्बन्धी विषयप्रति चासो दिएँ । त्यहाँको (अमेरिकाको) मातृ मृत्युदर र शिशु मृत्युदर थाहा पाएँ । यसबाहेक महिला र पुरुषको सरदर आयु कति रहेछ भन्ने कुरा पनि जानकारीमा आयो । अमेरिकाको मातृमृत्युदर प्रतिलाख ८.९ रहेछ भने शिशु मृत्युदर ६.९ भएको पाइयो । जब कि सोही अनुपातमा नेपालको मातृ मृत्युदर २८१ र शिशु मृत्युदर ४८ रहेको कुरा सम्बन्धित तथ्याङ्कले देखाएको छ । अमेरिका र नेपालका महिला र पुरुषको सरदर आयुमा पनि आकाश र जमिनको फरक देखिएको छ । त्यहाँका महिला र पुरुषको सरदर आयु क्रमशः ८० र ७५ छ भने नेपालका महिला र पुरुषको सरदर आयु ६३ मात्र छ । अझै निक्र्यौल गर्ने हो भने नेपालीको औसत आयु ६३ भन्दा तल झर्न सक्छ ।

अमेरिकाको मातृ मृत्युदर, शिशु मृत्युदर, औसत आयु र स्वास्थ्यसम्बन्धी अत्यन्त उच्च कोटिको व्यवस्था देखेर तत्सम्बन्धमा मैले यसअघि गरेका यावत् कल्पनाहरू गल्र्यामगुर्लुम भए भूकम्पद्वारा भत्किएको घरझैं । मैले सोचें जे भयो राम्रै भयो; मेरा पूर्वकल्पनाहरू एकाएक उत्तरआधुनिक बने । परम्परा ढल्नु, बिग्रनु र भताभुङ्ङ हुनु ‘उत्तर आधुनिकता’ हो; मैले सुनेको कुरा, पढेको कुरा, बुझेको कुरा सत्य सावित भयो । गम्म फुलेंर भ्यागुतो भएँ म ।

मेरा पूर्वानुमानहरू अमूर्त अथवा निराकार बने तापनि मैले भर्जिनियाका केही अस्पतालहरूको सामान्य अवलोकन गर्ने मौका पाएको थिएँ । त्यहाँका अस्पतालको प्रमुख विशेषता भनेको चित्ताकर्षक सरसफाइ र मनोरम वातावरण नै हो । अस्पतालको सरसफाइ र उपयुक्त वातावरण निर्माण गर्न अस्पताल–प्रशासनको मात्र प्रयासले संभव हुदैन, त्यसमा आम नागरिकको चेतना युक्त सहभागिता चाहिन्छ भन्ने कुरा प्रमाणित भयो । त्यहाँका अस्पताल र स्वास्थ्य–संस्थाहरू हाम्रा लागि वास्तविक भूस्वर्ग हुन् । अस्पताल परिसरभित्र पाइला टेक्नेवित्तिकै बिमारीले पचास प्रतिशत बिमार कम भएको अनुभव गर्छ । अस्पतालभित्र पसेपछि सबै कुरा बिर्सिएर त्यहीं बसिरहुँ जस्तो लाग्छ जब कि हाम्रा अस्पतालमा बिमारी लिएर जाने सारसँउंदो मानिस पनि सिकिस्त हुन्छ । अस्पतालबाट नबाहिरिउन्जेल ऊ पानी बेगरको जिउँदो माछो बन्छ ।

अमेरिकी अस्पतालका शैय्यामा रहेका बिमारीहरूको हेर्चाह अत्यन्त सतर्कताका साथ गरिन्छ । प्रसूतीजन्य बिमारबाट पीडित महिलाहरूको देखभालमा अझ बढी होसियारी अपनाइन्छ । शिशुको जन्म नभइन्जेल आमाको र गर्भाशयमा रहेका शिशुको मुटुको धड्कन, नाडी, रक्तचाप, पाठेघरको खुम्च्याइ आदि कुराहरूको बारम्बार नापजाँच भइरहन्छ । यस्तो कार्य मोनिटरद्वारा गरिन्छ । एकजना बिमारीका लागि न्यूनतम एक नर्स र आवश्यकता अनुसार वार्डमै डाक्टरको उपलब्धता त्यहाँका अस्पताल र स्वास्थ्यसंस्थाको अपरिहार्यता हो । त्यहाँका डाक्टर र नर्सहरूको मीठो मिजास, सदाशयता र आत्मीय व्यवहार बिमारीका निमित्त वास्तविक खोराक बन्न सक्छन् भन्ने कुरा त्यहाँका डाक्टर र नर्सले मात्र बुझेका रहेछन् ।

प्रसववेदना तीव्र हुने भए तापनि त्यहाँ नदुखाइकन सुत्केरी गराइने हुनाले सुत्केरीले यहाँ जस्तो प्रसववेदना र यसको पीडा भोग्नु् पर्दैन । छोरी कृष्णालाई सामान्य प्रसववेदनाले छोएपछि ९ जुलाई २००६ को बेलुका त्यहीं छेवैको ‘पोटोम्याक कम्युनिटी हस्पिटल’ मा लगेर भर्ना गराइएको थियो । दुई दिन राखेपछि ११ तारेखमा नाति जन्मिएको थियो । छोरीले कुनै किसिमको प्रसव पीडा भोग्नु परेको थिएन । जन्मिनेबित्तिकै शिशुको नाम राख्नुपर्ने हुँदा जन्म रजिष्टरमा उसको नाम ‘अमृत’ राखिएको थियो । जन्मदा ३.५ के.जी को बच्चा चारहप्तापछि ७ के.जी. को भएको थियो । यसरी चारहप्तामा ३.५ किलो वृद्धि भएको देखेर अस्पतालका नर्स र डाक्टरहरू छक्क परेका थिए । यसको प्रमुख कारण स्तनपान नै हो भन्ने बुझेपछि डाक्टरहरूले आमाको धेरैधेरै प्रशंसा गरेका थिए । अमेरिकामा स्तनपानलाई प्रोत्साहित गरिने भए तापनि प्रतिहजार १ जनाले पनि स्तनपान गराउँदैनन् । त्यसैले स्तनपान नगर्नेहरूमा ‘दूध गुनको बुद्धि’ भन्ने उक्ति लागु हुदैन । पशुपक्षी जस्तै नहुर्किउन्जेलसम्म मात्र छोराछोरीहरू आमाबाबुसँग बस्छन् । पखेटा लाग्नासाथ आमाबाबुसँग छोराछोरीको भेट बिरलै हुनेगर्छ । यसरी जन्मदिने आफ्नी आमालाई समेत चटक्क त्याग्नु आमाको स्तनपान नगरेकै कारणबाट भएको हुनसक्छ ।

अमेरिकामा स्वास्थ्य सेवा ज्यादै महँगो छ । एउटा साधारण प्रसूती गराउँदाको बिल लगभग १६ हजार अमेरिकी डलर अर्थात् १० लाख ४० हजार नेपाली रुपयाँसम्म आउँछ । बिमित गर्भवतीको शुल्क बिमा कम्पनीले बेहोर्छ भने आकस्मिक (इमर्जेन्सी) रूपमा भर्ना भएका गर्भवती वा अन्य विमारीले शुल्क तिर्नु पर्दैन, किनभने अमेरिकामा आकस्मिक सेवा निशुल्क हुन्छ । तर सामान्य अवस्थामा भर्नाभएका बिमारीको हकमा पूरा शुल्क लाग्छ ।

मैले अमेरिका गएर जानेबुझेसम्म के हो भने त्यहाँ अग्रिम शुल्क तिर्नु वा धरौटी राख्नु पर्दैन । अस्पतालमा भर्ना भएपछि बिमारीको जे जसरी उपचार हुनुपर्ने हो अस्पताल स्वयंले गर्छ । शैय्याबाट निस्कने बेलामा पनि उसले केही तिर्नुपर्दैन । ऊ सरासर आफ्नो घर या डेरामा जान सक्छ । सात दिनपछि हुलाकबाट बिल आउँछ । त्यसबेला मात्र आफ्नो उपचारमा कति शुल्क लागेछ भन्ने उसले थाहा पाउँछ । तिर्न सक्ने अवस्था छ भने उसले तिर्छ नत्र सम्बन्धित ठाउँमा गएर तिर्न नसक्ने कारणहरू देखाई निवेदन दिन्छ । स्वास्थ्य विभाग, संस्था वा अस्पतालले बुझ्दा वा अनुसन्धान गर्दा वास्तविक रूपमै ऊ तिर्न नसक्ने देखिएमा आंशिक मिनाहा वा पूर्ण मिनाहा पनि पाउन सक्छ । उसले तिर्नुपर्ने रकमलाई अलेलि गर्दै प्रत्येक महिना तिर्दैजान पनि पाउँछ । त्यहाँ कुनै गरीवले स्वास्थ्यसेवाबाट वञ्चित भएर ज्यान गुमाउनु पर्दैन; गरीवहरूका लागि यो उदाहरणीय एवं प्रशंसनीय व्यवस्था हो । सरकारी वा प्राइवेट जुनसुकै अस्पतालमा यो व्यवस्था लागु छ । के मात्र फरक हो भने बिमारीका लागि मिनाहा दिइएको रकम सर्कारले सम्बन्धित अस्पताललाई उपलब्ध गराउँछ ।

यहाँ हो भने हातमा पैसा नहुने बिमारी अस्पतालमा पस्नै नपाई बाहिरै मर्छ । धरौटी राख्नेसम्म पैसा भएको मदौरु अस्पताल वा नर्सिङ् होम छिर्नसम्म त पाउँछ तर त्यहाँका नर्स र डाक्टरले लेखिदिएको अनावश्यक दवाइ र परीक्षणको बिल तिर्न नसकेर अस्पताल वा नर्सिङ् होमको बन्धक भई त्यहीं कुहुन्छ ।

छोरी कृष्णा उडब्रिज (भर्जिनिया) को ‘पाटोम्याक कम्युनिटी हस्पिटल’ को ‘माटर्निटी वार्ड’मा सुत्केरी भएकी हुन् भन्ने कुरा यसभन्दा अघि पनि उल्लेख भइसकेको छ । यो प्राइवेट हस्पिटल हो । कृष्णालाई सुत्केरी गराउन लगभग साठी घण्टा (अढाइ दिन) त्यस अस्पतालमा राख्नु परेको थियो । त्यहाँ उनले एकदमै भरपर्दो सेवा पाएकी थिइन् । यति छोटो अवधिमै अस्पतालले सुत्केरीलाई स्वस्थ बनाउँदो रहेछ । जेठो नाति अभिषेक काठमाडौंको नामी एवं सुविधासम्पन्न सरकारी प्रसूतीगृहमा जन्मिएको थियो । यहाँको प्रसूतीसेवा र त्यहाँको प्रसूतीसेवाको राम्ररी तुलना गर्न पाइन् कृष्णाले । उनका अनुभवमा अमेरिकाको प्रसूतीसेवा नेपालकोभन्दा अधिकतम स्तरीय र भरपर्दो थियो ।

छोरी सुत्केरी भएको एक हप्तापछि ‘पोटोम्याक हस्पिटल’ले हुलाकबाट बिल पठायो । पन्ध्र हजार पाँचसय अमेरिकी डलर (नेपाली रुपयाँ दश लाख आठ हजार) को अजङ्गको बिल देखेर म झण्डै बेहोस भएँ । तीन वर्षदेखि अमेरिकामै बस्दै आएका भए तापनि त्यो बिलले छोरीज्वाइँलाई धेरै तर्सायो । वास्तवमै अकल्पनीय बिल थियो त्यो । यहाँ हो भने घरखेत बेच्दा पनि बिल तिर्न हम्मेहम्मे पर्छ । निकैबेरसम्म त्यो ‘जाइन्ट बिल’द्वारा भग्न मनस्थितिमा रह्यौं हामी सबै । नेपाली मानसिकताले अँठ्याएपछि सर्पले भ्यागुतो समातेजस्तै भएका थियौं हामी । एक घण्टापछि त्यस बिलरुपी विषले अलिक छोडेछ, हामी होसमा आयौं । तत्काल गोपीजी अस्पतालतिर दौडनु भयो । त्यहाँको सम्बन्धित विभागमा हाजिर हुनुभयो र अस्पतालको बिल तिर्न नसक्ने कुरा निवेदन गर्नुभयो । अस्पतालले एउटा फर्म दियो र आफ्नो आम्दानी खर्चको विवरणसहित सो फरम भरी एकहप्ताभित्र बुझाउन निर्देशन दियो ।

गोपीजीले अस्पतालबाट प्राप्त फारम भरी त्यसका साथमा आफ्नो वार्षिक आय–व्यय विवरण र शतप्रतिशत शुल्क मिनाहा पाऊँ भन्ने निवेदनसमेत नत्थी गरी अस्पतालमा बुझाउनु भयो । बुझाएको दुई हप्तापछि भर्जिनियाको स्वास्थ्य विभागबाट एउटा पत्र आयो । त्यस पत्रमा लेखिएको थियो ‘यहाँले तिर्नुपर्ने जम्मा बिलमध्ये ६ हजार डलर मात्र मिनाहा भएकाले सो बाहेकको रकम एकमुष्ट बुझाउनु होला; अथवा किस्ताबन्दीका रूपमा बुझाउने भए सम्बन्धित अस्पतालमा एक हप्ताभित्र उपस्थित भई संझौता गर्नुहोला ।’

यहाँ बुझ्नुपर्ने कुरा के छ भने अस्पताल स्वयंले कुनै पनि बिमारीको बिलको रकम मिनाहा दिंदैन । बिमारीका तर्पmबाट भरिएको फारम प्रमाणित गरी अस्पतालले अमेरिकी सरकारको सम्बन्धित विभाग वा अफिसमा पठाउँछ । त्यहाँ बिमारीको आर्थिक अवस्थाको जाँचबुझ वा अनुसन्धान गरी तिर्न नसक्ने ठहरेमा उसले तिर्नुपर्ने शुल्क सम्बन्धित अस्पतालमा अनुदानका रूपमा पठाउँछ । सरकारले जति रकम अस्पतालमा पठाउँछ त्यति मात्र मिनाहा भएको ठहर्छ ।

नौ हजार पाँचसय डलर तिर्नुपर्ने भएकाले गोपीजीले दोस्रो पटक अस्पताल गई पूर्ववत् आय–व्यय विवरणसाथ फारम पेस गर्नुभयो । अघिल्लो पटकभैंm दुई हप्ता पछि सम्बन्धित सरकारी कार्यालयबाट अर्को पत्र आयो । त्यसमा तीनहजार मिनाहा, छ हजार पाँचसय तिर्नुपर्ने लेखिएको थियो । गोपीजीले तेस्रो पटक पुनः पूर्ववत् फारम पेस गर्नुभयो । त्यसको दुई हप्ता पछि तीन हजार पाँचसय मिनाहा भई तीनहजार तिर्नु पर्ने भन्ने सर्कारी पत्र प्राप्त भयो । अभैm एकपटक फरम भर्छु भनेर उहाँले चौथो पटक पनि फारम भरेर सम्बन्धित अस्पतालमा पेस गर्नुभयो । दुई हप्तापछि पुनः पत्र आयो । यस पटक दुई हजार मिनाहा र एक हजार तिर्नुपर्ने भएछ । पाँचौ पटक पनि फारम भरेर पेस गरेको भए सो एक हजार डलर पनि मिनाहा हुन्थ्यो होला, तर उहाँले भर्नुभएन । अस्पताल गएर प्रतिमहिना पचास डलर तिर्ने संझौता गरेर आउनु भएछ । आकस्मिक रूपमा अमेरिकी अस्पतालमा भर्ना भएका प्रसूती र अन्य बिमारीको स्वास्थ्योपचार पूर्ण निशुल्क हुन्छ । यो कुरा स्पष्ट भइसकेको छ । यस बाहेक अन्य कुरामा पनि निःशुल्क हुँदो हो; तर मैले थाहा पाएको एउटा यथार्थ यहाँ उल्लेख गर्दैछु ।

राम छेत्री चार, पाँच वर्ष अघिदेखि भनिर्जनियामा बस्दै आएका आप्रवासी नेपाली हुन् । परारको साल राम कार्कीकी श्रीमती लक्ष्मी पनि कसोकसो गरेर विद्यार्थी भिसामा त्यहीं पुगिछिन् । उनको लोग्ने अवैध भए पनि उनी वैध थिइन् । प्रकृतिलाई वैध, अवैध छुट्याइरहन आवश्यक थिएन; उसले आफ्नो धर्म निर्वाह गर्यो । लक्ष्मी गर्भवती भइन् । त्यसको तीन महिनादेखि नियमित रूपमा अस्पताल गएर परीक्षण गराउनुपर्ने त्यहाँको नियम थियो । आफ्नो लोग्नेका साथ लागेर लक्ष्मी पहिलो पटक जचाउन अस्पताल पुगिन् । अस्पतालले ‘गर्भवती स्वास्थ्य परीक्षण कार्ड’ दियो भर्नका लागि । कार्डमा लोग्नेको नाम लेख्ने ठाउँ थियो । उसको नामसँगै अमेरिकी नागरिकता नम्बर, सामाजिक सुरक्षा कार्ड नम्बर, वर्क पर्मिट कार्ड नम्बर, भिसा नम्बरमध्ये कुनै एक त्यहाँ उल्लेख गर्नुपर्ने भयो । राम कार्कीसँग माथिको कुनै एक पनि नभएकाले त्यसदिन नजँचाई फर्किए उनीहरू ।

लोग्नेको नाउँ लेख्ने कि नलेख्ने भन्ने कुरामा उनीहरूलाई द्विविधा भयो । अमेरिकामै दुईवटा सन्तान जन्माइ सकेकी एउटी अनुभवी महिलासँग लक्ष्मीको सम्पर्क भयो । उनले आफ्ना सबै कुरा ती महिलालाई सुनाइन् । ती महिलाले भनिन् “तिम्रो भाग्य पल्टिने भो लक्ष्मी बहिनी । म तिमीलाई ‘दुवै हातमा लड्डु’ हुने उपाय बताइदिन्छु । मेरा दुईदुई जना नानी अस्पतालमा जन्मिए । उपाय थाहा नपाएर धेरै डलर खर्च गर्नु प¥यो, हुनसम्म भयो ।”

‘अँ दिदी भन्नु न त लोग्नेको ठाउँमा के लेख्नु ?” लक्ष्मीले भनिन् ।

ती महिलाले भनिन्, “लोग्नेको नाम लेख्नुपर्ने ठाउँमा कसैको नाम पनि नलेख्ने, मात्र ‘ब्वाइ फ्रेन्ड’ लेख्ने ।” महिलाको कुरा सुनेर लक्ष्मीको अनुहार अलिक बिग्रियो ।

महिलाले पुनः थपिन्, “के अनुहार बिगाछर्यौ बहिनी, यसभन्दा उत्तम कार्य अमेरिकामा सायदै होला । कथं अर्को बच्चा जन्मिने भो भने म पनि लोग्नेका ठाउँमा ‘ब्वाइ फ्रेन्ड’ नै लेख्छु । किन त्यसो गर्नुपर्यो भन्छ्यौ होला । हेर, त्यसो ग¥यौ भने अहिलेदेखि नजन्मिउन्जेलसम्म र जन्मिएपछि त्यो नानी अठार वर्ष नपुगुन्जेलसम्मको सबै खर्च सर्कारले नै बेहोर्छ । त्यति मात्र कहाँ हो र ! तिमीजस्तो विद्यार्थीले बतासे बच्चा जन्माउँदा त तिम्रो स्वास्थ्य उपचार मात्र निःशुल्क होइन तिम्रो पढाइ पनि निःशुल्क हुन्छ । बाबु बेगरको छोरा जन्माउने भनेर अस्पतालले तिमीलाई धन्यवाद, बधाइका साथै पुरस्कार पनि दिन्छ । कलेजले पार्टटाइम नोकरी पनि दिन्छ । नापैm नाफा, घाटा कतै छैन बतासे बच्चा जन्माउनेलाई । आफ्नो लोग्नेबाट बच्चा जन्माउनेलाई करैकर, बतासे बच्चा जन्माउनेलाई तरैतर छ यहाँ । सामाजिक मान्यता पनि अरुको भन्दा बढी, त्यसैले यहाँका महिलाहरू दुई, तीनवटा छोराछोरी जन्माएर मात्र आपूmले मन परेका सँग बिहे गर्छन् । कुरा जति गरे पनि त्यही हो । मैले आफ्नै बैनीजस्तो लागेर राम्रो अर्ती उपदेश गरेकी हुँ ।” भोलिपल्ट राम छेत्री र लक्ष्मी अस्पताल पुगे । रामले आफ्नै हातले आफ्नो नाम लेख्ने ठाउँमा ‘ब्वाइ फ्रेन्ड’ लेखे । कार्ड पेस गरेको एकछिनमा लक्ष्मी परीक्षण कक्षमा पसिन् । कार्ड पढिसक्नेबित्तिकै त्यहाँ रहेका तीन जना डक्टरले एकसाथ धन्यवाद र बधाइ दिए र पालैपालो गरेर लक्ष्मीका गालामा म्वाइ खाए । त्यसपछि उनको परीक्षणको श्री गणेश भयो र क्रमश; अघि बढ्यो । एक भेटमा लक्ष्मीले मसँग भनिन, “ म प्रसूती भएको अहिले एक वर्ष बितिसकेको छ तर मलाई उपाय बताउने दिदीको भनाइमा अलिकति पनि फरक परेको छैन ।”छोरी कृष्णाको प्रसुतीहुने समय जतिजति नजिकिंदै जान्थ्यो त्यतित्यति हाम्रंो मन कँुडिंदै जान्थ्यो । मभन्दा पनि धर्मा अझ पीडित थिइन्; किनभने ब्याएको गाईलाई मात्र प्रसूतीजन्य पीडाबोध हुन्छ । पाँच, छ जना सन्तानको जन्म दिइसकेकी धर्माले तत्सम्बन्धमा आजका हल्का फुल्का पी.एच्.डी.भन्दा धेरै अनुभव प्राप्त गरेकी थिइन् । पढेर जान्नेभन्दा परेर जान्नेकोअनुभव कता हो कता माथि हुन्छ । एक पटक पनि नब्याएकी महिला प्रसूती विषयमा पी.एच.डी. नै किन नहोस् त्यसलाई वास्तविक प्रसूतीपीडाबोध हुदैन । त्यस्ता महिला डाक्टर र सामान्य पुरुषले प्रसूती महिलाप्रति सहानुभूति जनाउँदै ‘कठैबरी’ भन्नुमा वास्तविक भिन्नता छैन होला जस्तो लाग्छ । यसो भन्नुको तात्पर्य के हो भने छोरीका विषयमा मेराभन्दा बढ्ता पीर धर्मालाई भएको थियो ।

छोरी अमेरिकाजस्तो सर्वसम्पन्न देशमा बसेकी हुनाले हामीले त्यस्तो औधी चिन्ता लिनुपर्ने कुरा थिएन, तर ‘बाबुआमाको मन छोराछोरी माथि’ भन्ने कुरा ध्रुवसत्य जस्तै भएको हुनाले अमेरिकी सम्पन्नताका कुरा स्वतः ओझेलमा परेजस्ता भए । म पूर्वस्मृतिको नाउमा चढेर भूतकालिक महासागरमा हेलिन पुगें ।

विक्रम संवत् २०२६ मा ठूली छोरी कृष्णा जन्मिंदाको घटना मेरा स्मृतिपटमा आयो । त्यसबेला पनि म सुरुङ्गामै शिक्षण गर्थें । धर्मा दुईतीन महिनाअघि आफ्नो माइतघर लक्ष्मीपुर (इलाम) गएकी थिइन् । प्रसूतीबिमार लागेको दुई दिनपछि मैले थाहा पाएँ । विद्यालयमा बिदा लिएर तेस्रो दिन म लक्ष्मीपुर पुगें । म त्यहाँ पुग्दा उनी सिकिस्त भइसकेकी थिइन् । तीन दिनदेखि उनकी आमा र ठुल्यामाले उनको हेरविचार गर्दै आउनु भएको थियो तापनि असामान्य परिस्थितिले गर्दा उनलाई डाक्टरको उपचार आवश्यक थियो । म पुगेको भोलिपल्ट बिहान उनी अझ साह्र्रै भइन् । इलाम पुग्न पैदल चारघण्टा मात्र लाग्ने भए पनि दुर्गम भएकाले बोकेर त्यहाँ पु¥याउन असम्भव थियो । के गर्ने र के नगर्नेको द्वन्द्वबाट पीडित म किं कर्तव्यविमूढ भएँ । धर्माको आर्तनादले मेरो मुटुमा धाँजा पारिसकेको थियो । डाँको छोडेर रुन मन लाग्दालाग्दै पनि म सकिरहेको थिइन । किन सकिरहेको थिइन भन्ने कुरा पाठकले नै अनुमान लगाउन सक्नुहुनेछ ।

त्यसताका धर्माको कान्छो भाइ प्रकाश करफोक विद्यामन्दिरमा अध्ययन गर्थे । घरबाट धाउन टाढा भएकाले उनी आइतबारेमै डेरा गरी बस्थे । संयोगवस प्रकाश पनि म पुगेकै दिन घर आएका रहेछन् । प्रसवपीडाको चरम अवस्था देखेर उनलाई अब माल्दिदी बाँच्दिन भन्ने लागेछ । अर्काको दुःख हेरेर बस्न नसक्ने उनको स्वभाव अहिले पनि परिवर्तन भएको छैन । दिदीका छेउमा आएर उनी क्वाँक्वाँ रुन थाले । उनी भन्दैथिएँ – ‘माल्दिदीलाई हामी सबै भएर बचाउनु पर्छ, मर्न दिनु हुदैन ।’ नभन्दै धर्माको दिन आइपुगेको रहेनछ ससुरा बा तलाबाट तल ओर्लिनु भयो र सोध्नुभयो, ‘यो कान्छालाई पनि बेथा लाग्यो कि किन रुन्छ नाथे ?’ ‘माल्दिदी मर्ने भै’, अर्कापटि फर्केर प्रकाशले भने ।

त्यसबेलासम्म उहाँलाई त्यस्तो साह्रो बिमार लागेको छ भन्ने थाहा रहेनछ । उहाँले प्राकृतिक रूपमै बच्चा जन्मन्छ भन्ने ठान्नु भएको रहेछ र छोरासँग ठट्टा गर्नुभएको रहेछ । उहाँ अलिक ठट्यौलो स्वभावको हुनुहुन्थ्यो । धर्मकर्म भनेपछि भुतुक्क हुने उहाँ दयालु, समाजसेवी एवं अतिथिसेवा परायण हुनुहुन्थ्यो । ‘उमाकान्त दाहाल’ इलाम र झापाका लागि कुनै अपरिचित नाम होइन; उहाँलाई प्रायः सबैले चिन्थे । उहाँले अत्यन्त भावुक र संवेदनशील भएर भन्नु भयो, “तुरुन्त घोडा लिएर इलाम जानू र कम्पाउण्डर पूर्णलाल श्रेष्ठलाई लिएर आउनू ।”

कमलकान्त दाइ (जेठान), म र रघुपति माल्दाइ घोडा कसेर इलामतिर लाग्यौं । एकदम चाँडोचाँडो हिंडेर गयौं । लगभग तीन घण्टामा इलाम पुगिएछ । कम्पाउन्डर पूर्णलाल आफ्नो दवाई दोकानमै रहेछन् । पूर्णलाल श्रेष्ठसँग मेरो सामान्य परिचय थियो । म उनलाई राम्रैसँग चिन्थे भने उनी चाहिं परिचय दिएपछि मात्र चिन्थे मलाई । मैले नमस्ते गर्दै भने, “एउटी महिला उपचारको अभावमा मृत्युसँग संघर्ष गरिरहेकी छे । उसको उद्धार गरी जीवनदान दिनुप¥यो पूर्णलाल दाइ ! भ्याउदिन नभन्दिनुहोला कृपया ।” त्यसै मौकामा कमल दाइले पनि अरु बेलीबिस्तार गर्दै अनुरोध गर्नुभयो । पूर्णलालले काइँकुइँ नगरी सामग्री र औषधिहरू झोलामा हाले । उनलाई घोडामा चढाएर हामी तुरुन्तै फर्कियौं । फर्केर आउँदा तीनघण्टा तीस मिनेट लागेछ । हामी बेलुकाको तीन बजे आइपुगेका थियौं । त्यसबेला धर्मा मृत्युको संघारमा थिइन् । उनलाई त्यस्तो बेहोस अवस्थामा पाउँदा मलाई उनी बाँच्छिन् जस्तो लागेन; तर पूर्णलालले पन्ध्र, बीस मिनेटभित्रै गर्भबाट शिशु निकाल्दै भने, धन्न आधा घण्टा छिटो भएको हुनाले आमा र शिशु दुवै बाँचे; नत्र दुवै मर्ने थिए । प्रसूती गराएको केहीबेरपछि धर्मा होसमा आइन् । उनले आँखा खोलेपछि हामी सबैका आँखाबाट हर्षाश्रुका धारा बगे । त्यसबेला मैले पूर्णलाललाई देवताका रूपमा हेरें । अझै पनि म उनलाई संझने गर्छु । मनले उनको आदर सम्मान गर्छु । त्यसबेला धर्मा र छोरी कृष्णाको जीवन दान दिन सहयोग गर्ने प्रकाश भाइलाई मैले हृदयबाट आभार प्रकट गरें, धन्यवाद दिएँ । त्यस घटनामा सहयोगीको भूमिका निर्वाह गर्ने ससुरा (उमाकान्त दहाल) लाई सदासर्वदा नतमस्तक भएर श्रद्धासुमन अर्पण गर्छु र जीवनभर गरी नै रहन्छु ।

आफ्नै घरपरिवारसँग सम्बन्धित उक्त घटनाको आदि र मध्य दुवै दुःखद थिए तापनि यसको परिणाम सुखमय अथवा सुखान्त थियो । तर अचेल मैले देखी जानेका र सुनी जानेका प्रायः यस्ता प्रसुतीपरक घटनाको परिणाम अत्यन्त दुःखदायी बन्न पुगेको छ । गएका दुई वर्षभित्र भएका घटनाहरू अनगिन्ती छन्; तीमध्ये केही घटनाहरू यस्ता छन् जुन घटना मानसपटबाट कहिल्यै उड्दैनन्, कहिल्यै मेटिंदैनन् । स्थायी मसीका चहकिला अक्षर भएर बसेका छन् ।

सुरुङ्गाजस्तो सुगम ठाउँमा पनि उप्रेती साइँलाकी जेठी बुहारीले प्रसूतीजन्य कारणबाट आफ्नो ज्यान गुमाउनु परेको कुरा संझेर म छक्क पर्नेगर्छु । अर्की एउटी गरीव परिवारकी महिलालाई हारगुहार गरी धरानको ठूलै अस्पतालमा समयमै पु¥याइएको भएता पनि भर्नाका लागि राख्नुपर्ने धरौटीको अभाव र त्यहाँका कर्मचारी, नर्स र डाक्टरसमेतका कारण इमर्जेन्सी वार्डभित्र पस्नै नपाई बाहिरै उनले मृत्यु वरण गरेकी थिइन् । यस्ता अनगिन्ती हृदयविदारक घटनाहरू संझेर मुटु छियाछिया हुन्छ ।

सुरुङ्गाकी कमला श्रेष्ठको कथा त्यस्तै हृदयविदारक छ । केही महिना अघिको कुरा हो उनलाई प्रसववेदनाले छोयो । सहन नसक्ने स्थितिमा पुगेपछि उनका अभिभावकले एम्बुलेन्समा हालेर घोपातिर लगे । जाँदाजाँदै सो एम्बुलेन्स केर्खामा पुगेपछि बन्दकर्ताका बन्दरनाइकेहरूले गाडीभित्र प्रसववेदनाले उचालिंदै पछारिंदै गरिरहेकी निर्दोष अवलालाई ढुङ्गाले हिर्काएर ठहरै पारे । नेपालमा घटेका यस्ता घटनाहरू संझिएपछि अमेरिकामा पनि यस्तै त होला नि जस्तो लागेर आउँछ । यस्तो लाग्नु स्वाभाविक पनि हो ।

हाम्रो देशमा अत्यधिक रूपमा बढ्दै गएको मातृमृत्युदरले मलाई ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किंदा तर्सिन्छ’ जस्तै बनाएको थियो । त्यसैले डाक्टरले दिएको समय (जुलाई १८, २००६) भन्दा अघि नै भर्जिनिया पुग्ने गरी म घरबाट बाटा लागेको थिएँ । तर ११ तारिखकै दिन छोरी प्रसूती भएको खबरले मेरो मन धेरै हल्का भएको थियो; म ढुक्क भएर त्यहाँ पुगेको थिएँ । त्यहाँ पुग्नासाथ सर्वप्रथम स्वास्थ्यसम्बन्धी विषयप्रति चासो दिएँ । त्यहाँको (अमेरिकाको) मातृ मृत्युदर र शिशु मृत्युदर थाहा पाएँ । यसबाहेक महिला र पुरुषको सरदर आयु कति रहेछ भन्ने कुरा पनि जानकारीमा आयो । अमेरिकाको मातृमृत्युदर प्रतिलाख ८.९ रहेछ भने शिशु मृत्युदर ६.९ भएको पाइयो । जब कि सोही अनुपातमा नेपालको मातृ मृत्युदर २८१ र शिशु मृत्युदर ४८ रहेको कुरा सम्बन्धित तथ्याङ्कले देखाएको छ । अमेरिका र नेपालका महिला र पुरुषको सरदर आयुमा पनि आकाश र जमिनको फरक देखिएको छ । त्यहाँका महिला र पुरुषको सरदर आयु क्रमशः ८० र ७५ छ भने नेपालका महिला र पुरुषको सरदर आयु ६३ मात्र छ । अभैm निक्र्यौल गर्ने हो भने नेपालीको औसत आयु ६३ भन्दा तल झर्न सक्छ ।

अमेरिकाको मातृ मृत्युदर, शिशु मृत्युदर, औसत आयु र स्वास्थ्यसम्बन्धी अत्यन्त उच्च कोटिको व्यवस्था देखेर तत्सम्बन्धमा मैले यसअघि गरेका यावत् कल्पनाहरू गल्र्यामगुर्लुम भए भूकम्पद्वारा भत्किएको घरभैंm । मैले सोचें जे भयो राम्रै भयो; मेरा पूर्वकल्पनाहरू एकाएक उत्तरआधुनिक बने । परम्परा ढल्नु, बिग्रनु र भताभुङ्ङ हुनु ‘उत्तर आधुनिकता’ हो; मैले सुनेको कुरा, पढेको कुरा, बुझेको कुरा सत्य सावित भयो । गम्म फुलें भ्यागुतो फुलेभैंm ।

मेरा पूर्वानुमानहरू अमूर्त अथवा निराकार बने तापनि मैले भर्जिनियाका केही अस्पतालहरूको सामान्य अवलोकन गर्ने मौका पाएको थिएँ । त्यहाँका अस्पतालको प्रमुख विशेषता भनेको चित्ताकर्षक सरसफाइ र मनोरम वातावरण नै हो । अस्पतालको सरसफाइ र उपयुक्त वातावरण निर्माण गर्न अस्पताल–प्रशासनको मात्र प्रयासले संभव हुदैन, त्यसमा आम नागरिकको चेतना युक्त सहभागिता चाहिन्छ भन्ने कुरा प्रमाणित भयो । त्यहाँका अस्पताल र स्वास्थ्य–संस्थाहरू हाम्रा लागि वास्तविक भूस्वर्ग हुन् । अस्पताल परिसरभित्र पाइला टेक्नेवित्तिकै बिमारीले पचास प्रतिशत बिमार कम भएको अनुभव गर्छ । अस्पतालभित्र पसेपछि सबै कुरा बिर्सिएर त्यहीं बसिरहुँ जस्तो लाग्छ जब कि हाम्रा अस्पतालमा बिमारी लिएर जाने सारसँउंदो मानिस पनि सिकिस्त हुन्छ । अस्पतालबाट नबाहिरिउन्जेल ऊ पानी बेगरको जिउँदो माछो बन्छ ।

अमेरिकी अस्पतालका शैøयामा रहेका बिमारीहरूको हेर्चाह अत्यन्त सतर्कताका साथ गरिन्छ । प्रसूतीजन्य बिमारबाट पीडित महिलाहरूको देखभालमा अझ बढी होसियारी अपनाइन्छ । शिशुको जन्म नभइन्जेल आमाको र गर्भाशयमा रहेका शिशुको मुटुको धड्कन, नाडी, रक्तचाप, पाठेघरको खुम्च्याइ आदि कुराहरूको बारम्बार नापजाँच भइरहन्छ । यस्तो कार्य मोनिटरद्वारा गरिन्छ । एकजना बिमारीका लागि न्यूनतम एक नर्स र आवश्यकता अनुसार वार्डमै डाक्टरको उपलब्धता त्यहाँका अस्पताल र स्वास्थ्यसंस्थाको अपरिहार्यता हो । त्यहाँका डाक्टर र नर्सहरूको मीठो मिजास, सदाशयता र आत्मीय व्यवहार बिमारीका निमित्त वास्तविक खोराक बन्न सक्छन् भन्ने कुरा त्यहाँका डाक्टर र नर्सले मात्र बुझेका रहेछन् ।

प्रसववेदना तीव्र हुने भए तापनि त्यहाँ नदुखाइकन सुत्केरी गराइने हुनाले सुत्केरीले यहाँभैंm प्रसववेदना र यसको पीडा भोग्नु् पर्दैन । छोरी कृष्णालाई सामान्य प्रसववेदनाले छोएपछि ९ जुलाई २००६ को बेलुका त्यहीं छेवैको ‘पोटोम्याक कम्युनिटी हस्पिटल’ मा लगेर भर्ना गराइएको थियो । दुई दिन राखेपछि ११ तारेखमा नाति जन्मिएको थियो । माथि उल्लेख भएभैंm छोरीले कुनै किसिमको प्रसव पीडा भोग्नु परेको थिएन । जन्मिनेबित्तिकै शिशुको नाम राख्नुपर्ने हुँदा जन्म रजिष्टरमा उसको नाम ‘अमृत’ राखिएको थियो । जन्मदा ३.५ के.जी को बच्चा चारहप्तापछि ७ के.जी. को भएको थियो । यसरी चारहप्तामा ३.५ किलो वृद्धि भएको देखेर अस्पतालका नर्स र डाक्टरहरू छक्क परेका थिए । यसको प्रमुख कारण स्तनपान नै हो भन्ने बुझेपछि डाक्टरहरूले आमाको धेरैधेरै प्रशंसा गरेका थिए । अमेरिकामा स्तनपानलाई प्रोत्साहित गरिने भए तापनि प्रतिहजार १ जनाले पनि स्तनपान गराउँदैनन् । त्यसैले स्तनपान नगर्नेहरूमा ‘दूध गुनको बुद्धि’ भन्ने उक्ति लागु हुदैन । पशुपक्षीझैं नहुर्किउन्जेलसम्म मात्र छोराछोरीहरू आमाबाबुसँग बस्छन् । पखेटा लाग्नासाथ आमाबाबुसँग छोराछोरीको भेट बिरलै हुनेगर्छ । यसरी जन्मदिने आफ्नी आमालाई समेत चटक्क त्याग्नु आमाको स्तनपान नगरेकै कारणबाट भएको हुनसक्छ ।

अमेरिकामा स्वास्थ्य सेवा ज्यादै महँगो छ । एउटा साधारण प्रसूती गराउँदाको बिल लगभग १६ हजार अमेरिकी डलर अर्थात् १० लाख ४० हजार नेपाली रुपयाँसम्म आउँछ । बिमित गर्भवतीको शुल्क बिमा कम्पनीले बेहोर्छ भने आकस्मिक (इमर्जेन्सी) रूपमा भर्ना भएका गर्भवती वा अन्य विमारीले शुल्क तिर्नु पर्दैन, किनभने अमेरिकामा आकस्मिक सेवा निशुल्क हुन्छ । तर सामान्य अवस्थामा भर्नाभएका बिमारीको हकमा पूरा शुल्क लाग्छ ।

मैले अमेरिका गएर जानेबुझेसम्म के हो भने त्यहाँ अग्रिम शुल्क तिर्नु वा धरौटी राख्नु पर्दैन । अस्पतालमा भर्ना भएपछि बिमारीको जे जसरी उपचार हुनुपर्ने हो अस्पताल स्वयंले गर्छ । शैय्याबाट निस्कने बेलामा पनि उसले केही तिर्नुपर्दैन । ऊ सरासर आफ्नो घर या डेरामा जान सक्छ । सात दिनपछि हुलाकबाट बिल आउँछ । त्यसबेला मात्र आफ्नो उपचारमा कति शुल्क लागेछ भन्ने उसले थाहा पाउँछ । तिर्न सक्ने अवस्था छ भने उसले तिर्छ नत्र सम्बन्धित ठाउँमा गएर तिर्न नसक्ने कारणहरू देखाई निवेदन दिन्छ । स्वास्थ्य विभाग, संस्था वा अस्पतालले बुझ्दा वा अनुसन्धान गर्दा वास्तविक रूपमै ऊ तिर्न नसक्ने देखिएमा आंशिक मिनाहा वा पूर्ण मिनाहा पनि पाउन सक्छ । उसले तिर्नुपर्ने रकमलाई अलेलि गर्दै प्रत्येक महिना तिर्दैजान पनि पाउँछ । त्यहाँ कुनै गरीवले स्वास्थ्यसेवाबाट वञ्चित भएर ज्यान गुमाउनु पर्दैन; गरीवहरूका लागि यो उदाहरणीय एवं प्रशंसनीय व्यवस्था हो । सरकारी वा प्राइवेट जुनसुकै अस्पतालमा यो व्यवस्था लागु छ । के मात्र फरक हो भने बिमारीका लागि मिनाहा दिइएको रकम सर्कारले सम्बन्धित अस्पताललाई उपलब्ध गराउँछ ।

यहाँ हो भने हातमा पैसा नहुने बिमारी अस्पतालमा पस्नै नपाई बाहिरै मर्छ । धरौटी राख्नेसम्म पैसा भएको मदौरु अस्पताल वा नर्सिङ् होम छिर्नसम्म त पाउँछ तर त्यहाँका नर्स र डाक्टरले लेखिदिएको अनावश्यक दवाइ र परीक्षणको बिल तिर्न नसकेर अस्पताल वा नर्सिङ् होमको बन्धक भई त्यहीं कुहुन्छ ।

छोरी कृष्णा उडब्रिज (भर्जिनिया) को ‘पाटोम्याक कम्युनिटी हस्पिटल’ को ‘माटर्निटी वार्ड’मा सुत्केरी भएकी हुन् भन्ने कुरा यसभन्दा अघि पनि उल्लेख भइसकेको छ । यो प्राइवेट हस्पिटल हो । कृष्णालाई सुत्केरी गराउन लगभग साठी घण्टा (अढाइ दिन) त्यस अस्पतालमा राख्नु परेको थियो । त्यहाँ उनले एकदमै भरपर्दो सेवा पाएकी थिइन् । यति छोटो अवधिमै अस्पतालले सुत्केरीलाई स्वस्थ बनाउँदो रहेछ । जेठो नाति अभिषेक काठमाडौंको नामी एवं सुविधासम्पन्न सरकारी प्रसूतीगृहमा जन्मिएको थियो । यहाँको प्रसूतीसेवा र त्यहाँको प्रसूतीसेवाको राम्ररी तुलना गर्न पाइन् कृष्णाले । उनका अनुभवमा अमेरिकाको प्रसूतीसेवा नेपालकोभन्दा अधिकतम स्तरीय र भरपर्दो थियो ।

छोरी सुत्केरी भएको एक हप्तापछि ‘पोटोम्याक हस्पिटल’ले हुलाकबाट बिल पठायो । पन्ध्र हजार पाँचसय अमेरिकी डलर (नेपाली रुपयाँ दश लाख आठ हजार) को अजङ्गको बिल देखेर म झण्डै बेहोस भएँ । तीन वर्षदेखि अमेरिकामै बस्दै आएका भए तापनि त्यो बिलले छोरीज्वाइँलाई धेरै तर्सायो । वास्तवमै अकल्पनीय बिल थियो त्यो । यहाँ हो भने घरखेत बेच्दा पनि बिल तिर्न हम्मेहम्मे पर्छ । निकैबेरसम्म त्यो ‘जाइन्ट बिल’द्वारा भग्न मनस्थितिमा रह्यौं हामी सबै । नेपाली मानसिकताले अँठ्याएपछि सर्पले भ्यागुतो समातेजस्तै भएका थियौं हामी । एक घण्टापछि त्यस बिलरुपी विषले अलिक छोडेछ, हामी होसमा आयौं । तत्काल गोपीजी अस्पतालतिर दौडनु भयो । त्यहाँको सम्बन्धित विभागमा हाजिर हुनुभयो र अस्पतालको बिल तिर्न नसक्ने कुरा निवेदन गर्नुभयो । अस्पतालले एउटा फर्म दियो र आफ्नो आम्दानी खर्चको विवरणसहित सो फरम भरी एकहप्ताभित्र बुझाउन निर्देशन दियो ।

गोपीजीले अस्पतालबाट प्राप्त फारम भरी त्यसका साथमा आफ्नो वार्षिक आय–व्यय विवरण र शतप्रतिशत शुल्क मिनाहा पाऊँ भन्ने निवेदनसमेत नत्थी गरी अस्पतालमा बुझाउनु भयो । बुझाएको दुई हप्तापछि भर्जिनियाको स्वास्थ्य विभागबाट एउटा पत्र आयो । त्यस पत्रमा लेखिएको थियो ‘यहाँले तिर्नुपर्ने जम्मा बिलमध्ये ६ हजार डलर मात्र मिनाहा भएकाले सो बाहेकको रकम एकमुष्ट बुझाउनु होला; अथवा किस्ताबन्दीका रूपमा बुझाउने भए सम्बन्धित अस्पतालमा एक हप्ताभित्र उपस्थित भई संझौता गर्नुहोला ।’

यहाँ बुझ्नुपर्ने कुरा के छ भने अस्पताल स्वयंले कुनै पनि बिमारीको बिलको रकम मिनाहा दिंदैन । बिमारीका तर्पmबाट भरिएको फारम प्रमाणित गरी अस्पतालले अमेरिकी सरकारको सम्बन्धित विभाग वा अफिसमा पठाउँछ । त्यहाँ बिमारीको आर्थिक अवस्थाको जाँचबुझ वा अनुसन्धान गरी तिर्न नसक्ने ठहरेमा उसले तिर्नुपर्ने शुल्क सम्बन्धित अस्पतालमा अनुदानका रूपमा पठाउँछ । सरकारले जति रकम अस्पतालमा पठाउँछ त्यति मात्र मिनाहा भएको ठहर्छ ।

नौ हजार पाँचसय डलर तिर्नुपर्ने भएकाले गोपीजीले दोस्रो पटक अस्पताल गई पूर्ववत् आय–व्यय विवरणसाथ फारम पेस गर्नुभयो । अघिल्लो पटक ज दुई हप्ता पछि सम्बन्धित सरकारी कार्यालयबाट अर्को पत्र आयो । त्यसमा तीनहजार मिनाहा, छ हजार पाँचसय तिर्नुपर्ने लेखिएको थियो । गोपीजीले तेस्रो पटक पुनः पूर्ववत् फारम पेस गर्नुभयो । त्यसको दुई हप्ता पछि तीन हजार पाँचसय मिनाहा भई तीनहजार तिर्नु पर्ने भन्ने सर्कारी पत्र प्राप्त भयो । अभैm एकपटक फरम भर्छु भनेर उहाँले चौथो पटक पनि फारम भरेर सम्बन्धित अस्पतालमा पेस गर्नुभयो । फेरि दुई हप्तापछि पुनः पत्र आयो । यस पटक दुई हजार मिनाहा र एक हजार तिर्नुपर्ने भएछ । पाँचौ पटक पनि फारम भरेर पेस गरेको भए सो एक हजार डलर पनि मिनाहा हुन्थ्यो होला, तर उहाँले भर्नुभएन । अस्पताल गएर प्रतिमहिना पचास डलर तिर्ने संझौता गरेर आउनु भएछ । आकस्मिक रूपमा अमेरिकी अस्पतालमा भर्ना भएका प्रसूती र अन्य बिमारीको स्वास्थ्योपचार पूर्ण निशुल्क हुन्छ । यो कुरा स्पष्ट भइसकेको छ । यस बाहेक अन्य कुरामा पनि निःशुल्क हुँदो हो; तर मैले थाहा पाएको एउटा यथार्थ यहाँ उल्लेख गर्दैछु ।

राम छेत्री चार, पाँच वर्ष अघिदेखि भनिर्जनियामा बस्दै आएका आप्रवासी नेपाली हुन् । परारको साल राम कार्कीकी श्रीमती लक्ष्मी पनि कसोकसो गरेर विद्यार्थी भिसामा त्यहीं पुगिछिन् । उनको लोग्ने अवैध भए पनि उनी वैध थिइन् । प्रकृतिलाई वैध, अवैध छुट्याइरहन आवश्यक थिएन; उसले आफ्नो धर्म निर्वाह ग¥यो । लक्ष्मी गर्भवती भइन् । त्यसको तीन महिनादेखि नियमित रूपमा अस्पताल गएर परीक्षण गराउनुपर्ने त्यहाँको नियम थियो । आफ्नो लोग्नेका साथ लागेर लक्ष्मी पहिलो पटक जचाउन अस्पताल पुगिन् । अस्पतालले ‘गर्भवती स्वास्थ्य परीक्षण कार्ड’ दियो भर्नका लागि । कार्डमा लोग्नेको नाम लेख्ने ठाउँ थियो । उसको नामसँगै अमेरिकी नागरिकता नम्बर, सामाजिक सुरक्षा कार्ड नम्बर, वर्क पर्मिट कार्ड नम्बर, भिसा नम्बरमध्ये कुनै एक त्यहाँ उल्लेख गर्नुपर्ने भयो । राम कार्कीसँग माथिको कुनै एक पनि नभएकाले त्यसदिन नजँचाई फर्किए उनीहरू ।

लोग्नेको नाउँ लेख्ने कि नलेख्ने भन्ने कुरामा उनीहरूलाई द्विविधा भयो । अमेरिकामै दुईवटा सन्तान जन्माइ सकेकी एउटी अनुभवी महिलासँग लक्ष्मीको सम्पर्क भयो । उनले आफ्ना सबै कुरा ती महिलालाई सुनाइन् । ती महिलाले भनिन् “तिम्रो भाग्य पल्टिने भो लक्ष्मी बहिनी । म तिमीलाई ‘दुवै हातमा लड्डु’ हुने उपाय बताइदिन्छु । मेरा दुईदुई जना नानी अस्पतालमा जन्मिए । उपाय थाहा नपाएर धेरै डलर खर्च गर्नु प¥यो, हुनसम्म भयो ।”

‘अँ दिदी भन्नु न त लोग्नेको ठाउँमा के लेख्नु ?” लक्ष्मीले भनिन् ।

ती महिलाले भनिन्, “लोग्नेको नाम लेख्नुपर्ने ठाउँमा कसैको नाम पनि नलेख्ने, मात्र ‘ब्वाइ फ्रेन्ड’ लेख्ने ।” महिलाको कुरा सुनेर लक्ष्मीको अनुहार अलिक बिग्रियो ।

महिलाले पुनः थपिन्, “के अनुहार बिगाछर्यौ बहिनी, यसभन्दा उत्तम कार्य अमेरिकामा सायदै होला । कथं अर्को बच्चा जन्मिने भो भने म पनि लोग्नेका ठाउँमा ‘ब्वाइ फ्रेन्ड’ नै लेख्छु । किन त्यसो गर्नुपर्यो भन्छ्यौ होला । हेर, त्यसो गर्यो भने अहिलेदेखि नजन्मिउन्जेल र जन्मिएपछि त्यो नानी अठार वर्ष नपुगुन्जेल सबै खर्च सर्कारले नै बेहोर्छ । त्यति मात्र कहाँ हो र ! तिमीजस्तो विद्यार्थीले बतासे बच्चा जन्माउँदा त तिम्रो स्वास्थ्य उपचार मात्र निःशुल्क होइन तिम्रो पढाइ पनि निःशुल्क हुन्छ । बाबु बेगरको छोरा जन्माउने भनेर अस्पतालले तिमीलाई धन्यवाद, बधाइका साथै पुरस्कार पनि दिन्छ । कलेजले पार्टटाइम नोकरी पनि दिन्छ । नापैm नाफा, घाटा कतै छैन बतासे बच्चा जन्माउनेलाई । आफ्नो लोग्नेबाट बच्चा जन्माउनेलाई करैकर, बतासे बच्चा जन्माउनेलाई तरैतर छ यहाँ । सामाजिक मान्यता पनि अरुको भन्दा बढी, त्यसैले यहाँका महिलाहरू दुई, तीनवटा छोराछोरी जन्माएर मात्र आफुले मन परेका सँग बिहे गर्छन् । कुरा जति गरे पनि त्यही हो । मैले आफ्नै बैनीजस्तो लागेर राम्रो अर्ती उपदेश गरेकी हुँ ।”

भोलिपल्ट राम छेत्री र लक्ष्मी अस्पताल पुगे । रामले आफ्नै हातले आफ्नो नाम लेख्ने ठाउँमा ‘ब्वाइ फ्रेन्ड’ लेखे । कार्ड पेस गरेको एकछिनमा लक्ष्मी परीक्षण कक्षमा पसिन् । कार्ड पढिसक्नेबित्तिकै त्यहाँ रहेका तीन जना डक्टरले एकसाथ धन्यवाद र बधाइ दिए र पालैपालो गरेर लक्ष्मीका गालामा म्वाइ खाए । त्यसपछि उनको परीक्षणको श्री गणेश भयो र क्रमश; अघि बढ्यो । एक भेटमा लक्ष्मीले मसँग भनिन, “ म प्रसूती भएको अहिले एक वर्ष बितिसकेको छ तर मलाई उपाय बताउने दिदीको भनाइमा अलिकति पनि फरक परेको छैन ।”
छोरी कृष्णा र ज्वाइँ गोपी अमेरिकाको भर्जिनिया उड्ब्रिजमा बसेको नाता र छोरीबाट अर्को जयजन्म हुने निहुँबाट मैले अमेरिकाको प्रवेशाज्ञा सजिलै पाएको थिएँ । डाक्टरले छोरीलाई प्रसूतीको समय दिएको थियो जुलाई १८, २००६ को । यो समय ठीक भएको भए जुलाई १५ मा उडेर १६ मा पुग्नेथिएँ म; तर म उड्नै नपाई ११ तारिखकै दिन नाति अमृत जन्मियो । ‘गर्भको बात र सगरको बात कसैले पनि जान्दैन’ भन्ने उखान अमेरिका जस्तो ठाउँमा पनि सत्य सावित भयो ।

१६ ता. म अमेरिका पुगें । म पुग्दा नाति ६ दिनको भइसकेको थियो । त्यसको पाँच दिनपछि जुलाई २१ का दिन नामकरण संस्कार (न्वारान) गर्नुपर्ने भयो । अमेरिकामा हिन्दू मन्दिरबाहेक पुरोहित या पण्डित पाउन गाह्रो छ । मन्दिर टाढा छ भने सुत्केरीलाई त्यहाँ लान असंभव हुन्छ । त्यसैले अधिकांश व्यक्तिहरू डेरैमा लटरपटर गरी नाम राख्छन् । कुनै कुनै नेपालीले फोनबाट नेपालमा पुरोहितको बन्दवस्त गरी फोनैबाट बच्चाको न्वारान गर्ने काम गर्दछन् । २० डलरको फोन कार्डबाट मुख्यमुख्य कुरा गर्दा झन्नै भ्याउन पनि सकिन्छ । यसो गरेर पनि आफ्नो संस्कृतिको संरक्षण गर्नु राम्रो कुरा हो ।

तारानाथ शर्माले आफ्नो संस्कृति जोगाउन अमेरिकामा नेपाली शैलीको बिहे गराउन जोड गरेका थिए । उनले आफ्नो ‘पातालप्रवास’ भन्ने पुस्तकमा यसरी लेखेका छन् “मलाई बिहेको विधि जम्मै आउँदैन । म पुरोहित होइन । त्यसो भएतापनि मैले वेदका केही श्लोक सानैमा घोकेको थिएँ । म तिनको पाठ गर्नेछु । .............. उनले घोषणा गरेपछि जब म पाठ गर्न थाल्नेछु औठी साटासाट गर्ने, माला, सिन्दुर र पोते लगाइदिने नेपाली चलनहरू बेहुला र बेहुलीले क्रमैसित आपैंm गरून् । भेला भएका सबै अमेरिकाली पाहुनाले हाम्रो सांस्कृतिकताको सानै भए पनि परिचय पाउने छन् ।” (‘पातालप्रवास’ पृष्ठ ४८) बिहेकै सन्दर्भमा शर्मा अगाडि लेख्छन् — “सल्लाहअनुसार मैले धनसमशेरको अग्निस्थापनाबाट दुई तीन पृष्ठको पाठ गड्गडाएर गरें र त्यति नै बेला वल्लभ र आशाले एकअर्कालाई माला लगाइदिनुभयो, परस्पर औंठी साटासाट गर्नुभयो र वल्लभले आशालाई सिउँदामा सिन्दुर र गलामा पोते लगाइदिनु भयो । मैले वेदपाठ पनि सक्नु नेपाली बिहेको विधि पनि सकियो ।” (पूर्ववत् पृ. ५०)

सात समुद्रपारि पुगेपछि थाहा भयो आफ्नो देश र आफ्ना संस्कृतिहरू झल्झली आँखाका अगाडि नाच्न थाल्दा रहेछन् । मसँग कर्मकाण्डको पुस्तक थियो, पढ्न पनि अलेलि जानेकै थियो भने आफ्नो प्रियतम संस्कृति छोड्ने कुरै भएन । २१ ता. बिहानैदेखि ज्वाइँ गोपी र म न्वारानका निमित्त जुट्यौं । नामकरण संस्कारका लागि नभइनहुने गोमुत्र बाहेक अरु सबै कुरा जुटिसकेको थियो । गोमुत्र पाउनु त्यहाँ संभव थिएन । अमेरिकामा पशुपालन गाउँ र शहरदेखि अन्यत्र, निकै टाढा गरिंदो रहेछ । एकान्त घाँसे भूमिमा पशुपालन गरिने त्यहाँको व्यवस्थाले मलाई पचास वर्षअधिको इलामको संझना भएको थियो । म आठ, दश वर्षको छँदा इलामको माईपोखरीदेखि उत्तरतिरका विशाल खर्कहरूमा त्यसरी नै गोठ राख्ने चलन मैले प्रत्यक्ष देखेको थिएँँ । घाँसैघाँस भएका खर्कहरूमा गोठ हुन्थे र निर्बन्धरूपमा गाईवस्तुहरू चरेर बेलुका फर्कन्थे गोठमा । गाईवस्तुहरूलाई साँच्चिकै लोकतन्त्र आएको थियो त्यसबेला । दिनभरि चरनमा अघाएर आएपछि आपैंm ढाटभित्र पस्थे वस्तुहरू । गलामा बन्धन नभएपछि पशु स्वतः बलियो हुँदोरहेछ, गाईहरूले धेरैधेरै दूध दिंदा रहेछन् । हाल अमेरिकाका गाइवस्तुहरू त्यही ५० वर्षअधिको सत्य युगमा रहेछन् ।

मसँग शालिग्राम (मातृभूमिको ढुङ्गो) र शप्तकोशी गङ्गाको पवित्र जल थियो । आफ्नो देशको पवित्र जल अचाउनु र देशको प्रतीक ढुङ्गो पुज्नु देशभक्तिको द्योतक हो । विदेशमा यसको सयौं गुना महत्त्व हुँदो रहेछ, मैले अनुभव गरें । त्यही मैले लगेको पवित्र जलले गोमूत्रको काम गर्यो त्यहाँ ।

अमेरिकामा आफ्नै नातिको न्वारानमा पुरोहित हुनपाउनु मेरालागि एउटा सौभाग्य नै थियो । यहाँ भए भरसक आँगनमा पीठाको रेखी हालेर अग्निस्थापन गरी नामकरण संस्कार सम्पन्न गरिन्थ्यो; तर अमेरिकामा त्यस्तो सम्भव थिएन । छोरी ज्वाइँ बसेको ठूलो एपार्टमेन्ट छ । त्यही एपार्टमेन्टको एउटा कोठामा नामकरण संस्कार गर्ने निधो भयो । अग्निस्थापनाको विधिविधान अनुसार त्यहाँ पनि पीठाको रेखी हालेर यज्ञस्थलको कल्पना र सोअनुसार निर्माण पनि गरियो । स्टिलको एउटा भाँडामा माटो भरी बीचमा राखेर हवन वेदी तयार गरियो । अग्निको विधिपूर्वक स्थापना र हवन नभई नामकरण संस्कार पूर्ण नहुने भएकाले पनि त्यसो गर्नु परेको हो । एपार्टमेन्टको छेवैमा जङ्गलभित्र चाहेअनुसार दाउरा पाइने हुनाले चिर्नु, काटनु केही परेन । भाँचेर नै काम चलाइयो । यसरी जङ्गल नजिकै नहुँदो हो त हवन गर्ने कार्य असम्भव नै हुनेथियो, तर राम्रो भयो, चिताएजस्तै ।

अग्निस्थापनापछि हवन प्रारम्भ भयो । धुवाँ धेरै नआओस् भनेर तिल, जौ र घिउको चरु तयार गरिएको थियो । प्रत्येक पटक एक तोलाका दरले हवन गर्नुपर्नेमा घटाएर आधा तोलाका दरले मात्र ‘ॐ स्वाहा’ का ध्वनिमा हवन कार्यलाई अघि बढाएँ मैले । हवन प्रारम्भ भएको १० मिनेट पनि भएको थिएन, त्यहाँ एकाएक अत्यन्त भयावह स्थिति उत्पन्न भयो— अलिअलि गर्दै धुवाँ भरिएछ कोठाभरि; अदृश्य ठाउँमा जडान गरिएको स्वचालित घण्टी (साइरन) बज्न थाल्यो अत्यन्त कर्कश आवाजमा । अनेक उपाय गर्दा पनि साइरन बज्न छाडेन । हवन गर्न बन्द गरियो, पङ्खा चलाइयो अहँ साइरन बन्द भएन । अब के गर्ने ? अब के हुन्छ ? भन्ने प्रश्नको उत्तर हामी कसैबाट पनि आउन सकेन । ज्वाइँ, छोरी दुवै आत्तिए । उनीहरूका लागि समेत यो सर्वथा नयाँ घटना थियो । म त झन् ५ दिन अघि मात्र अमेरिका टेकेको अबोध गाईप्राणी थिएँ त्यस घटनाका लागि । “आफ्नो एकछत्र वर्चस्व रहेको अमेरिका जस्तो महादेशमा एउटा हिन्दूको यत्रो आँट !” भनेर अमेरिकी ‘गड’ क्राइष्टले त विध्नबाधा पु¥याउन खोजेको होइन ! जस्तो लाग्यो एक मनमा । अर्को मनले भन्यो यो धुवाँको करामत हो । तर म त्यसबेला सिंहका सामु उभिएको घोडा झैं भएको थिएँ ।

साइरन बज्न थालेका पन्द्र मिनेटपछि दुई तलामुनि पटाङ्गिनीमा अनौठो दृश्य देखियो । एपार्टमेन्टको पूर्व र पश्चिम दुवैतिरबाट घण्टी बजाउँदै दुईवटा विशाल दमकल आएर रोकिए । दमकलसँगै सेनाको जस्तै पोसाक लगाएका १९ जना जति मानिस पनि दमकलबाट फुत्तफुत्त ओर्लिए । त्यो दृश्य देखेपछि म अझैं अधीर भएँ । एक त क्रिस्चियनहरूको देश, अर्को हाम्रो कारणबाट दुईदुई ओटा दमकल त्यहाँ आएका थिए । आगलागीको सङ्केत पाएर आएका ती दमकलको हर्जाना तिर्नुपर्ने भयो भने ‘धोती न टोपी’ भएर जेल बस्नुको विकल्प थिएन मेरा लागि । धोती फेरेर हवन गर्दै गरेको अवस्थामा जेल चलान गर्दा म धोतीसँगै हुने भएकाले ‘धोती न टोपी’ भन्ने उखानको पचास प्रतिशत ‘कन्सेसन’ पाउनेमा थोरै आशावादी थिएँ । यति डर लाग्यो भनेर साध्य छैन । ८५ के.जी. ओजन र चालीस इञ्च कम्मर भएको मेरो निकै मोटो शरीर एकै छिनमा घटेर ४५ के.जी.मा आएजस्तो लाग्यो । अघिसम्म टम्म कसिएको धोती फुत्रुक्क खस्लाजस्तो भयो । धन्न ऐना हेरिन । हेरेको भए आफ्नै अनुहार देखेर आफ्नै सातो जान बेर थिएन ।

‘कहाँ जुठे, कहाँ जुठेकी आमा’ भने झैँ छोरी, ज्वाइँ र म तीनैजना मुखामुख गर्दैथियौं किंकर्तव्य विमूढ भएर । त्यही बेला बाहिरबाट ढ्वाक, ढ्वाक पारेको आवाज आयो । त्यो आवाज सुनेर म झन् अन्यमनस्क भएँ । ढ्वाकढ्वाकको आवाज ढोकाबाट आएको हो वा मेरो मुटुबाट; मैले पटक्कै छुट्याउन सकिन । ज्वाइँले छुट्याउनु भएछ, ढोका खोल्नुभयो । तीन जना अमेरिकी पसे र सरासर हवन कक्षमा आए । उनीहरू त्यहाँकोदृश्य देखेर ट्वाल्ल परे भने हामी उनीहरूलाई देखेर ट्वाल्ल पर्यौं । ट्वाल्लको द्वन्द्वात्मक स्थिति देखियो त्यहाँ ।

त्यसबेलासम्म पनि मन्दमन्द गतिमा साइरन बज्दै थियो प्राणजान लागेको व्यक्तिको धुकधुकीझैं । ती भित्र पसेका तीन जनामध्ये एकजनाले अलिक गम्भीर भएर सोध्यो, “कृपया यहाँहरू के गर्दै हुनुहुन्छ म जान्न सक्छु ?”

ज्वाइँ अंग्रेजी बोल्न अभ्यस्त हुनुहुन्छ । जस्तै प्रश्नको पनि मिलाएर उत्तर दिन उहाँलाई आउँछ, त्यसैले मलाई अप्ठारो नपार्न उहाँ अघि सर्नुभयो उत्तर दिन । उहाँले उत्तरका लागि ‘आँ’ मात्र के गर्नुभएको थियो झट्ट त्यस प्रश्नकर्ताले मतिर सङ्केत ग¥यो र मलाई नै उत्तर दिन आग्रह गर्यो । अमेरिकीहरू जस्तै अवस्थामा पनि आग्रह गर्न नै रुचाउँछन् । सेतो धोती लगाएर अनौठो क्रियाकलापमा संलग्न भएको देखेर शायद मलाई नै साइरन बज्नुको कारक तत्वका रूपमा लियो होला उसले । न्यायालयको कठघरामा उभिएको अभियुक्तझैं कनीकुथी टुटेफुटेको अंग्रजीमा उत्तर दिंदै मैले भने— “अकोडिङ्. टु आउअ(र्) कल्चर(र्) वि आ(र्) गउइङ् टु पफोम ‘द सेरमनि अव् नेमिङ् द चाइल्ड’ । इट्ज् स्पेस्लि पफोमड् अन् द इलेभ्न्थ् डेइ आफ्ट(र्) बर्थ ।”

मैले ‘यो हाम्रो संस्कृति हो’ भनेको सुन्नेबित्तिकै त्यो अमेरिकीको अनुहार एकाएक ग्रहणले छोडेको चन्द्रमाजस्तै देखियो । ऊ खुशी भएको देखेर मैले पनि अलिकति राहत पाएको अनुभव गरें । ‘हे प्रभु, यस आपत्तिबाट पार लगाइ देऊ है !’ भन्न आएछ यतिबेर पो ! यसअघि त आफ्ना इष्टदेव संझिने होस पनि गुम भएको थियो ।

त्यो अमेरिकीले यज्ञस्थल सहित हामी सबैको फोटो खिच्यो । मलाई ढाप मार्दै उसले भन्यो, “यसरी आफ्नो परंपरा र संस्कृतिको अनुसरण गर्नु ज्यादै राम्रो कुरा हो । आफ्नो परंपरा र संस्कृति कुनै हालतमा पनि छोड्नु नहुने रहेछ । भर्खर भर्खर मात्र हामीलाई सो कुराको ज्ञान आएको छ । हाम्रा अग्रजहरूले संस्कृतिको महŒव नबुझेर उपेक्षा गरेको कारणबाट आज हामीलाई अनुसन्धान गर्न ज्यादै मुस्किल परेको छ । कृपया तपाईंहरूले आफ्नो पहिचान गुमाउने भूल कहिल्यै नगर्नु होला ।” यति भन्दै उनीहरू तीनै जना कोठाबाट बाहिरिए ।

उनीहरू त्यहाँबाट बाहिरिएको निकै अघिदेखि साइरन बज्न छोडिसकेको थियो । हवनवेदीमा आगो निभ्न लागेको हुनाले समिधा थपेर पुनः अग्नि प्रज्वलित गरी हवन गर्न सुरु गरें मैले; तर यसपटक चरुको ठाउँमा घिउको मात्र हवन गरियो । यसो गर्दा धुवाँ पनि त्यति धेरै भएन र साइरन पनि बजेन । निर्बाध नामकरण संस्कार सम्पन्न भयो । मैले संझे नेपालमा त्यति भएको भए कुटाइ, थुनाइ, घुस खुवाइ र हर्जाना तिराइ पनि हुनेथियो । त्यति गर्दा पनि पिण्ड नछुटेर नेताका गोडामा तेल पनि लगाउनु पथ्र्यो । वास्तवमा अमेरिका धेरै कुरामा विश्वमै प्रशंसनीय रहेछ ।

न्वारानकै बेलुका, त्यही दिउसो आउने, दमकलको प्रमुखले फोन ग¥यो र भन्यो, “आगामी आइतबार म र मेरो भाइ तपाईंलाई भेट्न आउँदैछौं । कृपया दुई घण्टाजति समय दिन सक्नुहुन्थ्यो कि ?“ मैले ‘येस, ह्वाइ नट’ भने र ठीक एघार बजे आउने सल्लाह दिएँ ।

नभन्दै तोकिएको दिन र समयमा ऊ आफ्नो भाइलाई लिएर मलाई भेट्न आयो । उसले भाइको परिचय गरायो । मैले पनि आफ्नो परिचय दिएँ । म क्याम्पसको अध्यापक हुँ भन्ने थाहा पाएपछि ऊ अत्यन्त नतमस्तक भयो र उसले मलाई उसको भिजिटिङ्ग कार्ड दियो । त्यसबाट मैले थाहा पाएँ उसको नाम मिस्टर सी. स्टेवार्ड रहेछ । ऊ जर्ज म्यासन युनिभर्सिटीमा संस्कृति विषय लिएर पी.एच.डी. गर्दैरहेछ । यो कुरा थाहा पाएपछि मलाई अलिक चिसो पस्यो; कतै उसका संस्कृति सम्बन्धी प्रश्नहरू मेरा निमित्त अर्को ‘सुनामी’ त बन्ने होइनन्. ? यदि यसो भयो भने म उसका नजरमा कतिसम्म गिरुँला । शून्यसम्म गिरे त ठीकै थियो तर नेपाली जनताका नजरमा नेपालका नेता र मन्त्रीहरू गिरैझैं शून्यभन्दा पनि तल गिरें भने के होला ? जस्ता प्रश्नहरूले पिरोलिरहे ।

म अरु नै विषयमा मिस्टर स्टेवार्डसँग गफ गर्न चाहन्थें तर ऊ भने सँस्कृतिकै विषयमा प्रश्नहरू सोधेर आफ्ना जिज्ञासाहरू मेटाउन र उसको गहन अनुसन्धानको सन्दर्भ बनाउन चाहन्थ्यो । जुन कुरा नहोस् भन्ने कामना गरेको थिएँ आखिर त्यही कुरा नभई छोडेन ।

“यहाँ संस्कृतिप्रेमी भएको थाहा पाएर म ज्यादै खुसी छु । कृपया संस्कृतिबारे केही कुरा बताइ दिन सक्नुहुन्थ्यो कि ?” मन्दमुस्कानमा उसले प्रश्न गर्यो ।

उक्त प्रश्नले मलाई सारै अप्ठारो स्थितिमा पु¥यायो । राम्ररी उत्तर दिन अध्ययन छैन । लटरपटर उत्तर दिऊँ त बेइज्जत हुने – आफ्नो मात्र होइन आफ्नो देशकै बेइज्जत । आफू सँस्कृति भनेपछि हुरुक्क हुने मान्छे । अध्ययन बिनाको प्रेम फुस्रो प्रेम हुँदो रहेछ भन्ने कुरा बल्ल मात्र थाहा भयो । पश्चात्ताप गर्नुबाहेक अरु विकल्प थिएन आपूmसँग । एउटा सामान्य प्रश्नको उत्तर दिन नसकेर अमेरिकीसामु नतमस्तक बन्नु पर्ने कुरा मेरा लागि असह्य भयो । उक्त प्रश्नको उत्तर अवश्य खोज्नै पर्छ भनेर केही गम्भीर भएँ । झट्ट स्मृतिको सानो सुर्काउनी फुक्यो । मैले स्नातकमा एक विषय सँस्कृति लिएको थिएँ । परिभाषा रट्ने क्रममा एउटा संस्कृतको वाक्य पनि कण्ठस्थ गरेको थिएँ । झट्ट मस्तिष्क पटमा सो वाक्य झल्कियो “परम्परागता शोभमाना कृति संस्कृतिः ।” यही भनाइलाई अलिअलि फूलबुट्टा भरेर टुटेफुटेको अंग्रेजीमा प्रश्नको उत्तर दिएँ । मैले ठीक किसिमको उत्तर दिएँ कि दिइन मलाई थाहा भएन । तर मिस्टर स्टेवार्डका अनुहारमा उत्सुकताका रेखाहरू चमचमाएको देख्ता ‘केही त भनेछु कि क्या हो !’ जस्तो लाग्यो । ऊसँग अरु धेरै प्रश्न थिए त्यसैले अब उसले दोस्रो प्रश्न पनि सोधिहाल्छ भन्ठानेर उल्टै उसैलाई एउटा प्रश्न सोधें मैले, “कृपया संस्कृतिसम्बन्धी यहाँको धारणा पनि जान्न पाऊन ?”

ऊ हामी नेपाली जस्तो मात्र थिएन् । ऊ त वास्तवमै कुशल अनुसन्धाता थियो । ऊ संस्कृतिको विज्ञ पनि थियो । मेरो प्रश्नको उत्तर दिने क्रममा बेलायतका नृतत्व शास्त्री इ.वि. टायलरले भनेको सन्दर्भ कोट्याउँदै उसले भन्यो, “मानवको सम्पूर्ण उपलब्धि नै सँस्कृति हो, किन कि संस्कृति भन्नु नै मानवले समाजको सदस्यका रूपमा उपार्जित ज्ञान, आस्था र विश्वास, कला, नीति र नैतिकता, चालचलन र अन्य सम्पूर्ण ग्राह्य बानी बेहोरा हुन् ।”

‘द वल्ड बुक इनसाइक्लोपेडिया’ नामक विश्वकोशको सन्दर्भ कोट्याउँदै उसले अगाडि भन्यो, “विस्तृत दृष्टिकोणले हेर्ने हो भने सँस्कृतिले सम्पूर्ण मानवीय विशिष्टतम क्रियाकलाप र मानिसको एक पुस्ताले अर्को पुस्तालाई छाड्दै गएको दैनिक जीवन र विभिन्न क्षेत्रका उपलब्धिहरूलाई जनाउँछ । त्यसैले संस्कृति भन्नाले भाषाको प्रयोग, विवाह, बालकको पालनपोषण, जीविकोपार्जन, शासन व्यवस्था, युद्ध, धार्मिक कार्यहरूमा संलग्नताजस्ता सम्पूर्ण क्रियाकलापहरू सम्मिलित हुन्छन् ।”

हिन्दू वैदिक संस्कृतिका बारेमा पनि उसले अध्ययन गरेको हुनपर्दछ जस्तो लाग्यो । अब के सोध्ने हो भनेर डराउँदै थिएँ, उसले मुसुक्क हाँसेर सोध्यो “हिन्दू–वैदिक संस्कारका बारेमा कृपया केही प्रकाश पारिदिनुहुन्थ्यो कि ?”

हिन्दू–वैदिक संस्कारका सम्बन्धमा मलाई अलेली ज्ञान भएको हुनाले उसले सोधेको उक्त प्रश्नबाट मलाई थोरै भए पनि राहत मिलेको अनुभव भयो । अंग्रेजी बोल्ने अभ्यास नभएकाले अभिव्यक्तिमा कठिनाइ त प्रसस्तै भयो नै तैपनि उसका प्रश्नको उत्तर दिनै पथ्र्यो, दिएँ ।

“मिस्टर स्टेवार्ड, म संस्कृति विषयको अध्येता, अनुसन्धाता केही होइन । मलाई यसको सामान्य परिचयसम्म मात्र आउँछ । हाम्रो संस्कृतिमा संस्कारको महŒवपूर्ण स्थान छ । संस्कार भनेको ‘शुद्धता’ हो । मेरा विचारमा यो भौतिक एवं आध्यात्मिक दुवै विषयसँग सम्बन्धित छ । प्रारम्भमा संस्कार धर्मपरक मात्र हो कि जस्तो थियो; तर वर्तमान समयमा यहाँ जस्ता अनुसन्धाता पाएर यसमा भौतिक एवं मनोवैज्ञानिक पक्षहरू पनि छन् भन्ने कुरा देखिन थालेको छ । वास्तवमा ‘संस्कार’ले शरीर र मनलाई मात्र शुद्धीकरण नगरेर नैतिकतालाई स्थिरता प्रदान पनि गर्दछ । प्रत्यक्ष वा परोक्ष दुवै रूपमा ‘संस्कार’ले सहयोग पुर्याउन सक्छ । हाम्रो हिन्दू–वैदिक संस्कारमा सोह्र संस्कारको उल्लेख पाइन्छ । सोह्र संस्कारमध्ये जन्मदेखि मृत्युपर्यन्त बाह्र संस्कार प्रमुख छन् । ती संस्कारहरूको सामान्य परिचय यहाँसमक्ष राख्न गइरहेको छु —

  1. ’’’गर्भाधान संस्कार : यो गर्भाधान हुनुभन्दा पहिले गरिने वैदिक संस्कार हो । योग्य र असल सन्तान प्राप्तिका लागि यो संस्कार गरिन्छ । यस संस्कारले गर्भवती महिलालाई मनोवैज्ञानिक खोराक प्रदान गर्दछ । यसबाट गर्भको शिशुको चौतर्फी विकासमा समेत सहयोग पुग्ने देखिन्छ । यो वैज्ञानिक तथ्य बोकेको संस्कार हो, तर हाल यसको प्रचलन हराइसकेको छ भन्दा पनि हुन्छ ।
  2. ’’’पुंसवन संस्कार : प्रारम्भमा हाम्रो समाज पितृसत्तात्मक थियो । पितृसत्तात्मक समाजमा छोरीकोभन्दा छोराको बढी महत्त्व हुनु स्वाभाविक थियो । त्यसैले यस संस्कारकोे प्रारम्भ भएको हुनसक्छ । गर्भ रह्यो भन्ने कुरा निश्चित भइसकेपछि छोराको कामना राखी यो संस्कार गरिन्छ । हाल छोरा र छोरीमा भिन्नता नभएकाले यो संस्कार त्यति प्रचलनमा देखिदैन ।
  3. ’’’ सीमन्तोन्नयन संस्कार : शिशुलाई गर्भैदेखि बौद्धिक र नैतिक ज्ञानसँग परिचित गराउनुपर्छ भन्ने धारणा राखेर गराइने यस संस्कारमा पनि प्रसस्त वैज्ञानिकता छ । गर्भधारणदेखि चौथो, छैटौं अथवा आठौं महिनामा गर्भवती महिलामा गरिने यस प्रकारको संस्कारले आमा मार्फत गर्भको शिशुमा समेत प्रभाव पार्ने कुरा विश्वसनीय छ । हाल कसैकसैले मात्र हाम्रो देशमा यो संस्कार गरेको पाइन्छ ।
  4. ’’’जातकर्म संस्कार : यो शिशु जन्मनासाथ गरिने संस्कार हो । यसमा नाल काट्ने, शिशुलाई नुहाउने, आमाको दूध सफा गरेर चुसाउने आदि कार्यहरू धार्मिक विधि अनुसार सम्पन्न गरिन्छ । यसबाहेक नवजात शिशुको सुस्वास्थ्य र दीर्धायुको शुभाशीर्वचन प्रदान गर्नुका साथै आमाको दूध शिशुका निम्त्ति अमृतमय बनोस् भन्ने कामना पनि गरिन्छ । यस संस्कारपछि आमाको मन प्रसन्न रहन्छ र प्रसन्नमना माताको दूध बालकका निमित्त अमृतसमान हुन्छ । यसरी यस संस्कारमा पनि प्रसस्त वैज्ञानिक तथ्यहरू पाउन सकिन्छ । तर यो संस्कार पनि अहिले ओझेल पर्दै गएको छ ।
  5. ’’’नामकर्म संस्कार : शिशु जन्मिएको एघारौं दिनमा अनेकौं देवीदेवताको पूजा, प्रार्थनाका साथ यो ‘संस्कार’ सम्पन्न गरिन्छ । यसमा मूलतः शिशुको नामकरण गर्ने कार्य गरिन्छ । चन्द्रवर्ष प्रणाली अन्तर्ग पर्ने जन्म–नक्षत्रको वर्णअनुसार नामकरण गरिन्छ । मिलेसम्म देवीदेवता तथा नामी व्यक्तित्वसँग जोडिएको नाम राखिन्छ । शिशुको सुस्वास्थ्य, दीर्घायु, बौद्धिक एवं नैतिक ज्ञानप्राप्ति, अग्निमा हवन गरी पर्यावरणशुद्धि जस्ता कुराको हार्दिक कामना गर्नु यस संस्कारसँग जोडिएका कुरा हुन् । अधिकांशले जेजस्तो रूपमा भए पनि यो संस्कार गर्दै गरेको पाइन्छ ।
  6. ’’’निष्क्रमण संस्कार : यो संस्कार शिशुको नामकर्मपछि गरिने संस्कार हो । यस संस्कारमा धार्मिक क्रियाकलापका साथै शिशुलाई सूर्यको दर्शन गराउने काम पनि गरिन्छ । शिशुलाई झुल्कँदो घाम देखाउनु; तपाउनु वैज्ञानिक दृष्टिले अत्यन्त उपयुक्त छ । बिहानीको घामबाट भिटामिन ‘डी’ लगायत अन्य आवश्यकीय तत्वहरू पनि पाइन्छन् । हिजोआज ‘नामकर्म’ कै दिन शिशुलाई सूर्य देखाइने हुनाले यस संस्कारको महत्व अलिक कम भएको पाइन्छ ।
  7. ’’’अन्नप्राशन संस्कार : जन्मिएको पाँच÷छ महिनामा शिशुलाई सर्वप्रथम अन्न खुवाइने संस्कारलाई ‘अन्नप्राशन संस्कार’ भनिन्छ । दिन, बार, बेला उपयुक्त ठह¥याई यो संस्कार सम्पन्न गरिन्छ । यस संस्कारले कम्तीमा पाँच महिनासम्म अनिवार्य रूपमा ‘बे्रस्ट फिडिङ्’ गराउनुपर्छ भन्ने सन्देश दिन्छ । ‘बे्रेस्ट फिडिङ्’ बाट बञ्चित आजका बालबालिकाहरू विभिन्न रोगका शिकार भएका छन् । विश्वभरका बालबालिकाका सम्बन्धित आमाहरूलाई कम्तीमा पाँच महिनासम्म आफ्नो स्तनपान गराएर आ–आफ्ना बालबालिकाहरूलाई स्वस्थ राख्न सन्देश दिने यस संस्कारको भूमिका महŒवपूर्ण छ । अझैसम्म यस संस्कारका अनुयायीहरू ‘पास्नी’ कै रूपमा भए पनि यसलाई पछ्याउँदै छन् ।
  8. ’’’कर्णबेध संस्कार : अन्नप्राशनपछि कुनै शुभ मुहूर्तमा गरिने संस्कारलाई ‘कर्णबेध’ संस्कार भनिन्छ । यसमा मुख्यतः दुवै कानमा वैदिक मन्त्रहरू पढेर सुनाइन्छ । यी दुवै कानले जीवनभर नराम्रो कुरा सुन्नु नपरोस् भन्ने भाव बोकेका हुन्छन् ती मन्त्रले । यसपछि दुवै कान छेडिन्छ र ‘यसबाहेक तिम्रा कान र शरीरका अन्य अङ्गहरूमा समेत कुनै किसिमको चोटपटक नलागोस्; यसैले टरोस्’ भन्ने शुभाशीर्वचन प्रदान गरिन्छ बच्चालाई । सो छेडाइले कानका निष्क्रिय स्नायुहरू सक्रिय बन्न सक्छन् । यसको वैज्ञानिक पक्ष हो यो । जे जस्तो रूपमा भए पनि आजसम्म यो संस्कार गरिंदै छ ।
  9. ’’’चूडाकर्म संस्कार : यो संस्कार मुख्यतया बालक तीन वर्षको लागेपछि गरिन्छ । यो कर्म गर्दा मस्तिष्कको संवेदनशील अङ्गलाई ढाक्ने गरी ठूलो टुप्पी राखेर अन्यत्र मुण्डन गरिन्छ । अझ टुप्पीको मुठोलाई शिखा (गाँठो) पारेपछि त त्यसले ढाकिएको संवेदनशील भाग अरु सुरक्षित बन्दछ । जाडो, गर्मीबाट मस्तिष्कलाई जोगाउन यसले सहयोग पु¥याउँछ । यस संस्कारले बालकको बौद्धिक एवं मानसिक विकासमा सहयोग पु¥याएको विश्वास गरिन्छ । अचेल यो संस्कार कसैले छुट्टै गर्छन् भने कसैले ब्रतबन्धसँगै गर्छन् ।
  10. ’’’उपनयन संस्कार : नैतिक आचरणमा संलग्न गराइने हुनाले यस संस्कारको नाम ‘उपनयन’ रह्यो भने व्रत र नियममा वटुकलाई बाँध्ने भएकाले यसलाई ‘व्रतबन्ध संस्कार’ पनि भनिन्छ । वटुक आठ वर्षको लागेपछि साधारणतया यो संस्कार गरिन्छ । दिन, बार तथा ग्रहादिको उपयुक्त समय र मुहूर्तमा सम्पन्न गरिने हुनाले उक्त समयभन्दा अघिपछि सर्न पनि सक्छ । धार्मिक विधिअनुसार सम्पन्न गरिने यस संस्कारमा तीन कार्य प्रमुख देखिन्छन् — यज्ञोपवीत धारण, गायत्री मन्त्रदान र वेदारम्भ । यी सबै कार्य गुरुद्वारा गरिन्छ र गराइन्छ । यति भएपछि वटुकको दोस्रो जन्म अर्थात् आध्यात्मिक जन्म (Spiritual birth) हुन्छ र ऊ ‘द्विज’ मा रूपान्तरित हुन्छ भन्ने विश्वास गरिन्छ । वेदाध्ययनमा पारङ्गत भएपछि मात्र वटुक ‘द्विज’ बाट ‘विप्र’ मा बढुवा हुन्छ । “जन्मना जायते शूद्रः संस्काराद्द्विज उच्यते, वेदपाठाद् भवेद् विप्र ब्रह्म जानाति ब्राह्मणः” भन्ने शास्त्रीय वचनद्वारा हिन्दुवैदिक सनातन धर्मले जातिप्रथा मान्दैन भन्ने स्पष्ट हुन्छ । संस्कारले नै ब्राह्मणसम्म पुग्ने मूल ढोका खुला भएको थाहा पाएर पनि बुझ पचाउनेहरू मात्र यस संस्कृति र संस्कारका विरोधी छन् । हाम्रो देशमा अभैm पनि यस संस्कारका अनुयायी धेरै छन् जसले ‘उपनयन संस्कार’ गरिल्याएका छन् । तर यज्ञोपवीत धारणपछि गरिने यससँग सम्बन्धित आवश्यकीय आचरणहरू दिनप्रतिदिन लोपोन्मुख बन्दैछन् । दुर्लभ वन्यजन्तु लोप भएभैंm यो पनि लोप भएर जाने पो हो कि ! भन्ने कुराको चिन्ता लिने बेला आएको छ ।
  11. ’’’विवाह संस्कार : अनेक जाति, अनेक भाषा र अनेक संस्कृतिका लागि अत्यन्त सम्पन्न मानिने हाम्रो देश नेपालमा विभिन्न किसिमका संस्कृति र संस्कारअनुसार वैवाहिक कार्यहरू हुने गर्छन् । हाम्रो देशमा गरिने विवाह संस्कारमध्ये हिन्दूवैदिक विवाह संस्कार प्रमुख रूपमा रहेको पाइन्छ । लगभग पाँचहजार वर्ष अघिदेखि चल्दै आएको हुनाले पनि यसको महŒव अधिक भएको हुनसक्छ । हाम्रो देशका धेरै जसोले हिन्दूवैदिक संस्कार गरिल्याएको पाइन्छ ।उपयुक्त बारबेला ठह¥याई शुभ मुहूर्तमा गरिने यस किसिमको विवाहमा ‘स्वयंवर’, ‘वाग्दान’, ‘वरणी’, ‘कन्यादान’ र सिन्दूरार्पण जस्ता पं्रमुख कार्यका अतिरिक्त अन्य विधिविधानहरू पनि सम्पन्न हुने गर्छन् । तर ती सबै कार्य उक्त पाँच कार्यका सहायक मात्र हुन् । ‘स्वयंवर’ मा कन्याले कुमारलाई वरण गर्ने हुनाले यसलाई उपयुक्त कुमारको छनोट गर्ने कार्यका रूपमा लिइन्छ । ‘स्वयंवर’ पछि ‘वाग्दान’ को कार्य हुन्छ । यसमा केटीका बाबुले केटाका बाबुलाई सम्मानपूर्वक, आदरपूर्वक ‘वाग्दान’ (वचन दिने काम) गर्छन् । ‘वाग्दान’ गर्दा केटीका बाबुले भन्छन् “मेरी छोरी ‘फलानी’ ले तपाईंका छोरा ‘फलाना’ लाई मनपराएर आफ्नो जीवनसाथीको रूपमा चयन गरेकी हुनाले मैले मेरी छोरी तपाईंका छोरालाई दिएँ । यसलाई बुहारीका रूपमा ग्रहण गर्नुहोला अनि आफ्नै छोरीका रूपमा व्यवहार गर्नु होला ।” यसपछि ‘वरणी’ को कार्य हुन्छ । यसमा ‘वर’ को स्वागत–सम्मान र पूजा गरिन्छ । यसलाई विवाहको श्रीगणेशका रूपमा लिइन्छ । यसमा पनि बधूका बाबुले ‘वर’लाई आफ्नी छोरी कन्यादानका रूपमा दिने कार्यका लागि ‘वरण’ गरेको कुरा निवेदन गर्दछन् । छोरी दान लिन योग्य व्यक्तिको वरण नै ‘वरणी’ हो । यसपछि ‘कन्यादान’ गरिन्छ । यो कार्य मुख्यतः कन्याका मातापिताद्वारा गरिन्छ । कायिक, वाचिक एवं मानसिक रूपमा महासङ्कल्प गरेर कन्यादान गरिन्छ । मातापिताले बेहुलीको हात बेहुलाका हातमा राखिदिनासाथ बेहुलाद्वारा बेहुलीका गलामा पोतेको माला पहिर्याइन्छ । कसैकसैले आफ्नो परम्पराअनुसार सुवर्ण माला पनि लगाइदिने गर्छन् । विवाहमा ‘कन्यादान’ सबैभन्दा प्रमुख कार्य हो । यसपछि, विवाहको अन्त्यतिर ‘सिन्दूरार्पण’ हुन्छ । सर्वप्रथम सिन्दूर बेहुलाले आफ्ना इष्टदेवमा अर्पण गर्छन् अनि बेहुलीका सिउँदोमा लगाइदिन्छन् । यसरी गलामा पोते र सिउँदोमा सिन्दूर परेपछि अघिसम्मकी कन्या अब विवाहिता हुन्छिन् । उक्त दुई चीजलाई विवाहित महिलाको सौभाग्यका रूपमा हेरिन्छ । शरीरमा यस्ता वैवाहिक चिह्नले विभूषित महिलालाई अन्य कुनै परपुरुषले नराम्रो दृष्टि दिन सक्दैन भन्ने विश्वास गरिन्छ ।विवाहमा पाठ गरिने वेदमन्त्रहरूद्वारा वर र वधूको मनमा गम्भीर मनोवैज्ञानिक प्रभाव पर्छ भन्ने कुरालाई विश्वास गर्न सकिन्छ । ‘तिमीलाई म मेरो हृदय अर्पण गर्छु, तिम्रो चित्तजस्तो छ मेरो चित्त पनि त्यस्तै बनोस्’ भन्ने भावका वेदमन्त्रहरू बेहुला स्वयंले पढेर बेहुलीलाई सुनाउँदै बेहुलीका हृदयमा आफ्नो हात राख्छन् । यसको मनोवैज्ञानिक असर पर्ने कुरामा कुनै शङ्का गर्ने ठाउँ देखिंदैन ।हिन्दु वैदिक विवाह संस्कारका तुलनामा पश्चिमेली गान्धर्व विवाह धेरै प्रत्युत्पादक देखिन्छ । एकै व्यक्तिले आफ्ना जीवनकालमा विवाह गर्दै छोडपत्र दिंदै गरेका अनगिन्ती घटनाहरू पश्चिमी मुलुकमा (यहाँको अमेरिकामा समेत) देखिएका छन् । मेरो यस भनाइबाट मिस्टर स्टेवार्ड निकै प्रभावित भएछ क्यार ! उसले मुस्कुराएर सहमतिको सङ्केत गर्यो । पछि बुझ्दा उसका आफ्नै बाबुले पटकपटक गरी पाँचवटी स्वास्नी भित्र्याउँदै पारपाचुके गर्दै गरेको रहेछ । तर अमेरिकीहरूका लागि यस्ता घटना सामान्य हुँदा रहेछन् । उसबाट अर्को कुरा पनि थाहा पाएँ, हाल अमेरिकी अदालतहरूमा पारपाचुके सम्बन्धी मुद्दाले ७५ प्रतिशत ठाउँ ओगटेका रहेछन् ।
  12. ’’’ मृत्युसंस्कार : मृत्युसंस्कार हिन्दूवैदिक सनातनीहरूका लागि महत्वपूर्ण संस्कार हो । अधिकांशले यो संस्कार छोडेका छैनन् । हाम्रो धर्मसंस्कृतिमा चार किसिमबाट अन्त्येष्टि संस्कार गर्न सकिने कुराको उल्लेख पाइन्छ ता पनि हाम्रो देशमा मूलतः दुई किसिमबाट शवसंस्कार गरिन्छ — अग्निमा दाह गरेर अथवा जमिनमुनि समाधिस्थ गरेर । यी दुईमध्ये पनि धेरैले दाह संस्कार गर्छन । नदीमा बगाएर गरिने र मांसाहारी पशुपक्षीलाई खुवाएर गरिने संस्कारको प्रचलन यहाँ छैन भन्दा पनि हुन्छ ।
  13. ’’’दाहसंस्कार’’’ नदीमा गरिन्छ भने समाधिस्थ गर्दा अग्लो जमिनमा गरिन्छ । दाह संस्कारमा चिता पखालेपछि र समाधिस्थ गर्दा कार्य समाप्तिपछि क्रियापुत्रीद्वारा नदीमा सचैल स्नान गरिन्छ । त्यसपछि पुराना लुगा त्यागेर नयाँ तर शुद्ध सेतो वस्त्र धारण गरिन्छ । धारण गरिने वस्त्रका नाममा टाउकामा छोपो, लगौंटी र कम्मरमा बेर्ने धरो मात्र रहन्छ । शवसंस्कारका दिन क्रियापुत्रीले क्षत्रोपवास बस्नुपर्छ । त्यस दिन परिवारका अन्य सदस्यहरू – छोरी, बुहारी आदि सबैले क्षत्रोपवास बस्छन् । क्षत्रोपवास बस्दा शुद्ध फलफूलबाहेक केही भोजन गर्नु हुँदैन । क्रिया गर्ने व्यक्तिले दश दिनसम्म कोरामा बस्नुपर्छ, नुन बेगरको एक छाक हविष्य भोजन गर्नुपर्छ । यो आफ्ना पितृका लागि गरिने चान्द्रायण ब्रत हो । कसैलाई नछुनु, फाल्टु कुरा नबोल्नु, मृत आफन्तका असल कार्यहरूको स्मरण गर्नु यस ब्रतको अनिवार्य कार्य हो । वास्तवमा आफ्ना सम्पूर्ण ऐस आराम र जिव्रालाई प्रिय लाग्ने वस्तुहरूको त्याग गरेर ब्रत पूर्ण गरिन्छ । क्रिया नसकुन्जेल ब्रह्मचर्य ब्रतको पालना गर्नु पनि यसको अर्को महत्वपूर्ण पक्ष हो ।

आफन्तको मृत्यु भएको दिनदेखि दशौं दिनसम्म गरिने क्रिया (श्राद्ध) लाई नै ‘दशगात्र’ क्रिया भनिन्छ । पहिलो दिनदेखि दशौं दिनसम्म प्रत्येक दिन एकएक श्राद्ध गरिन्छ । यिनै दश श्राद्धको नाम ‘दशगात्र क्रिया’ हो । पञ्चत्वमा विलीन भएपछि निराकारमा परिणत भएको आफन्तको जीवलाई साकार रूपमा परिणत गराउने ‘प्राणप्रतिष्ठा’ हो यो । मन्दिरमा राखिएको प्रतिमाको ‘प्राणप्रतिष्ठा’ गरेजस्तै हो यो ।

‘दशगात्र’ कर्मको संस्कृति पाँच हजार वर्ष पुरानो हो । वेदज्ञाता एवं पुराणहरूका रचनाकार व्यासद्वारा लिखित गरुड पुराणमा ‘दशगात्र क्रिया’को उल्लेख पाइन्छ । यसलाई ‘औध्र्वदेहिक क्रिया’ पनि भनिन्छ । विदेहलाई धार्मिक विधिविधानद्वारा देहमा रूपान्तरित गराइने भएकाले पनि यसलाई ‘औध्र्वदेहिक’ भनेको हो । ‘गरुड पुराण’मा उल्लेख भएअनुसार नै पहिलो दिनको पिण्डबाट शिर; दोस्रो दिनको पिण्डबाट नाक, कान, आँखा; तेस्रो दिनको पिण्डबाट गला, हात, वक्षस्थल; चौथो दिनको पिण्डबाट नाभि, लिङ्ग÷योनि, गुदद्वार; पाँचौ दिनको पिण्डबाट घुँडा, जाँघ, पाउहरू; छैटौं दिनको पिण्डबाट मुटु, प्राण र अन्य सन्धिहरू; सातौं दिनको पिण्डबाट सम्पूर्ण स्नायुप्रणाली; आठौं दिनको पिण्डबाट रौं र दाँतहरू; नवौं दिनको पिण्डबाट वीर्य र दशौं दिनको पिण्डबाट क्षुधा, तृषा, र समस्त आवश्यकीय तत्वहरू प्रतिष्ठापित गराइन्छ । यसरी मरेको व्यक्तिको जीवतत्वमा अङ्गप्रत्यङ्गको कामनाका साथ प्राणप्रतिष्ठा गरी पुनर्जीवन गराउने संस्कृति विश्वको कुनै संस्कृतिमा पनि छैन; त्यसैले हामी यसप्रति गर्व गर्छौं । मरेको व्यक्तिलाई जीवित बनाएर अग्रज एवं प्रातःस्मरणीय पितृहरूका स्तरमा प्रतिष्ठापित नगराएसम्म हामी विचलित हुन्छौं, दुःखी बन्छौं र हाम्रो मनोविज्ञान कुण्ठित हुन्छ । आफ्नो मनोविज्ञानलाई शुद्धीकरण गर्ने ‘दशगात्र’ संस्कार हामी छोड्न चाहदैनौं । अपवादका रूपमा कसैले छाड्यो भने त्यसको वास्ता पनि गर्दैनौं, त्यसलाई सजिलै पचाइदिन्छौं; तर यस संस्कृतिको लोप हुन नदिने कुरामा चैं हामीले सचेत हुनैपर्छ होला ।

हिन्दूवैदिक संस्कारका बारेमा मैले जानेबुझेका उपर्युक्त कुराहरु सुनाइसकेपछि स्टेवार्ड ज्यादै प्रफुल्लित देखियो । आभार एवं धन्यवादका बहुमुल्य डलरले परिपूर्ण भएँ म । उसले मेरा भनाइलाई विद्यावारिधिको सन्दर्भ बनाउने कुरा गरिरहँदा मैले आफ्नो अमेरिका यात्राको पूर्णाहुति भएको अनुभव गरें ।

अमेरिकाको एउटा कट्टर क्रिस्चियनले हिन्दूवैदिक संस्कारलाई यसरी महत्व दिनु मेरा निमित्त चानचुने कुरा थिएन । अरुको संस्कृतिप्रति पनि उत्तिकै गर्व गर्ने गहन अनुसन्धाता स्टेवार्डलाई मैले आफ्नो गच्छेअनुसार आभार प्रकट गरें, धन्यवाद पनि दिएँ । फेरि कुनै दिन भेट्ने वचनबद्धताका साथ गलामा गला मिलाएर स्टेवार्ड मबाट विदा भयो ।
अक्टुबर ५, २००६ प्रातः सधैंभन्दा अलिक चाँडो म आफ्नो दैनिक नित्यकर्मबाट निवृत्त भएँ । छोरी कृष्णाले भोजन तयार गरिन् । भोक लाग्ने बेला भएको थिएन, तर सिन्कीको स्वादिष्ट रस र दही भएपछि मलाई भोक लाग्नु पर्दैन भोकलाई म लाग्छु । समयमै मुखमा बेराबारा नगरे पेन्टले पेट अँठ्याउन सक्तैन । अमेरिकामा डकारुन्जेल खानु हुदैन, त्यसैले अपानवायु चलुन्जेल खाएँ ।

सो दिन सबेरै भोजनमा सामेल हुनुको मुख्य प्रयोजन के थियो भने म मेरी आत्मीया चेली गोमा संग्रौलाको निमन्त्रणामा २०६३ बडा दशैंको टीका लगाइदिन र आशीर्वाद दिन आर्लिङ्टन जाँदै थिएँ । गोमाहरू पाँच दिन अघि मात्र डी.सी. बाट त्यहाँ सरेका थिए । गोमाको डेरा आर्लिङ्टनको ११औं स्ट्रिटमा थियो । त्यहाँ पुग्ने प्रसस्त बाटा (रुट) थिए तापनि दुईवटा बाटालाई मैले विकल्पका रूपमा लिएको थिएँ । एउटा बाटो उडब्रिजबाट फ्रान्कोनिया हुँदै जान्थ्यो भने अर्को बाटो उड्ब्रिजबाट मेरिफिल्ड हुँदै त्यहाँ पुग्थ्यो ।

फ्रान्कोनियाबाट जाँदा बस र रेल दुबै नचढी पुग्न सकिंदैनथ्यो भने अर्कोबाटो भएर जाँदा अलिक सजिलो पथ्र्यो; किनभने मेरिफिल्ड हुलाकमा ज्वाइँको नोकरी थियो । त्यहाँसम्म उहाँसँगै जान सकिन्थ्यो र त्यहाँबाट मेट्रो रेल समात्दा हुन्थ्यो । मैले मेरिफिल्डसम्म ज्वाइँसँगै जाने निश्चय गरें । ९ बजे ज्वाइँ र म मेरिफिल्ड प्रस्थान गर्यौं । ज्वाइँले कार हाँक्नु भयो । म उहाँकै छेउमा पेटी बाँधेर बसें । गाडी आफ्नो गन्तव्यतिर हुइँकियो । बिचबिचमा अनगिन्ती राता र निला बत्तीहरूको अवरोध र निरवरोधको द्वन्द्वमा पीडित हुँदै गाडी अघि बढ्यो । गाडी प्रत्येक चौबाटामा त्यसरी रोकिएको देख्ता राता र निला बत्तीलाई क्रमशः नेपालको बाटो बन्द गर्ने आन्दोलनकारी र बाटो खुलाउँदै हिड्ने सुरक्षाकर्मीमा अनुवाद गरें मैले ।

हाम्रो गाडी पचपन्न, साठीको गतिमा दाहिने लेनबाट गुडिरहेको थियो । सत्तरी, असी माइलको गतिमा हाँक्नेहरू देब्रे लेनबाट हाम्रो गाडीलाई उछिन्थे र पुनः सोही लेनमा आफ्नो गाडी हुल्थे । अमेरिकामा जाने र आउनेबाटाहरू अलगअलग हुन्छन् । एउटा बाटामा घटीमा दुई र बढीमा ६ लेन सम्म भएको पाइयो । हँकाइको गति जतिजति बढ्दै जान्छ त्यतित्यति गाडी देब्रे लेनतिर सर्दै जान्छ ।

बाटामा सयौं गाडीले उछिने होला तर हाम्रो गाडीले गति बढाएन; सामान्य गतिमा गुडिरह्यो । हामीलाई द्रुत गतिमा गाडी गुडाएर खतरा मोल्नु थिएन । हामी रमिता हेर्दै अघि बढिरह्यौं । मलाई लाग्यो ती सडकहरू हाम्रो पहाडमा गरैगरा पारेर बिराइएका अनगिन्ती खेत हुन् ।

चटक्क सिउँदो काडेर कपाल कोरेकी नेपाली युवतिझैं दुबैतिर जङ्गलैजङ्गल भएका अमेरिकी सडकको दृश्यले म ‘आफ्नै देशको आफ्नै जन्मस्थानतिर पो छु कि !’ एकछिन कल्पनामग्न भएँ । कसैले अमेरिका कस्तो छ ? भनी सोध्यो भने म भनौला, ‘अमेरिका सडकैसडकजस्तो छ ।’ यो मेरो मनोवाद थियो । वास्तवमा अमेरिकी विकासको मूर्तरुप नै अमेरिकी सडक हो भन्दा अत्युक्ति हुँदैन ।

उड्ब्रिजबाट मेरिफिल्ड पुग्ने छोटा सडकहरू प्रसस्त रहेछन् । सुदूर दक्षिणको फ्लोरिडा राज्यबाट आउने महासडक, जसलाई ९५ (नाइन्टी फाइव) भनिन्छ, उत्तर–दक्षिण यात्राका लागि अत्यन्त सोझो रहेछ । अन्यत्रबाट आएका गाडीहरू त्यसैमा समाहित भएर गुड्दा रहेछन् । ९५ र त्यस्तै अन्य महासडकहरूमा गुड्ने गाडीहरूको गति एकदम तीव्र हुन्छ । त्यस किसिमका सडकमा गुड्ने गाडीले राता र निला बत्तीको झन्झट बेहोर्नु पर्दैन । हाम्रो गाडी पनि ९५ नामको महासडकमा पसेर गुडेको भए लगभग आधा घण्टा जतिमा मेरिफिल्ड पुग्ने रहेछ; तर हामी कम गतिमा कुदाउन सकिने घुमाउरो सडकबाट गयौं । बाटो घुमाउरो र त्यसमा पनि ट्राफिक लाइटको अनुशरण गर्नुपर्ने कारणबाट बढी समय लाग्दो रहेछ । लगभग एकघण्टा जति लाग्यो हामीलाई मेरिफिल्ड पुग्न । ज्वाइँ नजानेको र बढी गतिमा गुडाउनु पर्ने सडकमा कहिल्यै आँट गर्नुहुन्न । वास्तवमा अमेरिका जस्तो ठाउँमा गाडी हाँक्ता मनमा डर राखेर हाक्नु एकदमै बुद्धिमानी हो ।

लगभग दस बजे हामी मेरिफिल्ड पुग्यौं । त्यहाँको ‘लि हाइवे’ को नजिकै ज्वाइँले काम गर्ने विशाल हुलाक कार्यालय रहेछ । त्यो हुलाक भर्जिनियाको सबभन्दा ठूलो हुलाक हो । त्यसमा चौबिसै घण्टा काम हुँदो रहेछ । अत्याधुनिक मेसिनबाट त्यस हुलाकमा चिठी प्रोसेसिङ कार्य हुँदो रहेछ । त्यस मेसिनले ठेगाना अनुसार चिठीहरूको वर्गीकरण गरी छुट्याउने कार्य गर्छ । त्यसरी छुट्याइएका चिठीहरू देशबिदेशतिर पठाउने काम गरिन्छ । त्यस हुलाकमा विभिन्न स्तरका कर्मचारीहरू कार्यरत छन् । तल्ला स्तरका कर्मचारीमध्ये कसैले मेसिनमा चिठीहाल्ने काम गर्छन् भने कसैले मेसिनद्वारा अस्वीकार गरिएका चिठीहरूको पुनव्र्यवस्था गर्ने कार्य गर्छन् । पुनव्र्यवस्था गर्दा मेसिनद्वारा अस्वीकार गरिएका चिठीहरूको ठेगाना अध्ययन गरी यथासम्भव सच्याउने काम हुन्छ र सच्याइएका चिठीहरू पुनः मेसिनमा लगाइन्छ । मेसिनले अमेरिकाको प्रत्येक राज्यमा जाने चिठीका साथै विश्वका प्रत्येक देशमा जाने चिठीहरूलाई बेग्लाबेग्लै छुट्याएर फरकफरक ठाउँमा थुप्रो लगाउँछ । ती चिठीहरूलाई सम्बन्धित ठाउँमा प्रेषण गर्ने काम कर्मचारीले गर्छन् ।

सयौं कर्मचारीले गर्न नसक्ने काम त्यस मेसिनले गर्छ । त्यस किसिमको मेसिन भर्खरभर्खरै तयार भएको रहेछ । त्यस हुलाकले अहिले परीक्षणका रूपमा कार्य गर्दै रहेछ । पछिपछि विश्वका अन्य मुलुकमा पनि त्यस किसिमको प्रविधि सुरु हुन सक्ने देखिन्छ । गाडीलाई हुलाक अगाडि पार्किङ् गराएर हामी त्यहीं नजिकैको ‘सेल ग्यास’ स्टेसनमा गयौं । त्यस ग्यास स्टेसनमा विराटनगरका भण्डारी काम गर्छन् । उनको नाम केदार भण्डारी हो । उमेरले पैंतीसे चालीसे जस्तो लाग्ने ती मान्छे अमेरिका पुगेर पनि स्वभावमा परिवर्तन नभएका नेपालीमा गनिन्छन् । वास्तवमै यस्ता नेपाली अमेरिकामा कमै हुनुपर्छ मेरा विचारमा । मेरा लागि उनी बिस्तारै बोल्ने मिजासिला नेपाली ठहरिए । अमेरिकामा बस्ने कुनै नेपाली त बोल्दा पनि पैसा लाग्छ जस्तो गर्दा रहेछन् । कुनै चाहिं फोन गर्छु भन्छन् तर पटक्कै गर्दैनन् । उनीहरूले फोन गर्नु त परै जाओस् आपूmले गर्दा पनि फोन उठाउँदैनन् । आफ्नै देशका नेपाली त यस्ता छन् भने भारतीय र पाकिस्तानी झन् कस्ता होलान् ! बरु एउटा ताइवानीले मलाई ‘आर यु इन्डियन ?’ भनेर सोद्धा मैले ‘नो आइ एम नट, आइ एम नेपाली’ भनेथें । त्यसपछि उसले मसँग हात मिलाउँदै भनेथ्यो, ‘थ्याङ्क्यु, यु बिलङ् टु द कन्ट्री अव माउन्ट एभरेस्ट ।’ आफू चाहिं भारतीय र पाकिस्तानी भेटेपछि आफ्नै दक्षिण एसियाका हुन् भनेर दाजुभाइजस्तो गर्यो तर अघि कताबाट छिनाइसक्या हुन्छ । प्रायः सबै ट्याक्सी ड्राइभर भारतीय र पाकिस्तानी मात्र भेटिन्छन् । कतै हिंड्दा उनीहरूको ट्याक्सीमा परिएछ र आफूलाई उनीहरूले दक्षिणएसियाली भनेर चिनेछन् भने ठग्नुसम्म ठग्छन् । अफगानी र इरानीहरू चाहिं अलिक असल हुँदा रहेछन् ।

मलाई ‘सेल ग्यास’ मा पुर्याएर ज्वाइँ हुलाकतिर लाग्नुभयो । म १२ बजेसम्म केदारसँग गफगाफ गरेर बसें । मलाई त्यहाँबाट मेट्रो रेल स्टेसन गएर रेल चढ्नु थियो । मैले केही सहयोगको अपेक्षा गरेर केदारलाई भने, “केदारजी, तपाईंलाई म यस ठाउँका लागि सर्वथा नयाँ हुँ भन्ने कुरा थाहा भइहाल्यो । त्यसमा पनि हामी एकै ठाउँका पर्यौं । मलाई रेलस्टेसनसम्म पुग्नका निमित्त केही उपाय गर्न सकिन्छ ?”

“ठीकै छ, म केही उपाय गर्छु । म एउटा नक्सा बनाइदिन्छु, त्यही नक्सा हेरेर तपार्इं त्यहाँ सजिलै पुग्न सक्नुहुन्छ । यहाँबाट त्यस्तै १५, २० मिनेट लाग्ला त्यहाँ पुग्न ।” केदारले भने ।

म उनले बनाइदिएको हातेनक्सा बोकेर मेरिफिल्ड मेट्रो रेलस्टेसनतिर हिंडे । ‘लि हाइ वे’ पार गरेर म सिधै उत्तर–पूर्वतिर लागें । नक्साले मात्र नपुगेर बाटामा भेटिएका केही मानिसहरूलाई सोधपुछ गर्दै म अघि बढें । अघि बढ्ने क्रममा मेरा देब्रेतिर बाटाका किनारमा रोपिएका अमेरिकी वृक्षहरू मसँग झुम्मिए । कसैले कुमतिर, कसैले टाउकातिर सुम्सुम्याए । ती वृक्षहरू मेरालागि सर्वथा नयाँ थिए । सायद उनीहरूले पनि मलाई नयाँ विदेशी पर्यटक ठाने होला । नयाँ विदेशी पर्यटक देखेपछि नयाँसडक र वसन्तपुरतिरका ससाना केटादेखि लिएर असी पुगेर बसी खाने बेला भएकाहरूसम्म ठुटे अंग्रेजीमा खै के, खै के भन्दै बाटो छेकिरहेका हुन्छन्; डलर तान्न कोसिस गरिरहेका हुन्छन् । कसैकसैले त बिदेशी पाहुनाहरूसँग जवर्जस्ती गरेर पैसा धुत्छन् पनि । यी कुरा संझिएपछि मनमा कताकता चीसो भयो । यी वृक्षहरूले पनि मसँग डलर तान्न कोसिस त गर्दै छैनन् ? भनेर मनको बाघले झन्डै खायो ।

अझ अघि बढें । दाहिनेतिर लाममा बनिएका गगनचुम्बी भवनहरू थिए । एकछिन उभिएँ र ती सुन्दरतम महलहरूको प्राकृतिक डिजिटल फोटो लिएँ मसँग भएको दुई लेन्सको ओरिजिनल क्यामराबाट । अझै ती फोटोहरू मभित्र सुरक्षित छन् । ती महलहरू अत्यन्त सुन्दर र सफा थिए । तलबाट माथिहेर्दा हातले टोपी समाउनु पथ्र्यो । त्यहाँ भएका भवनहरूमध्ये अधिकतम एक्काइस तले सम्म थिए । मैले त्यसैबेला झट्ट संझिएँ बोस्टन ट्रेड सेन्टरमा भएको पचास तले भवनका छेउमा त्यो भवन एउटा बचरो मात्र थियो । मेरो स्मृति न्युयोर्कको ‘ट्विनटावर’ मा गएर ठोकियो । एक सय दस तलाको त्यो जोडी भवन कस्तो थियो होला !

आ, एकसय दस तलाका छेउमा एक्काईस तलाको के बखान गर्नु ! भन्दै पाइला अघि बढाएँ । अलिक अगाडि गएर देब्रे मोडिएपछि ‘मेरिफिल्ड मेट्रो रेल स्टेसन’ पुगियो । एक जना अमेरिकी केटाको सहयोगमा पैसा छिराएर टिकट निकाल्न सिकें । ‘कोर्ट हाउससम्मको भाडा २.५० डलर लाग्दो रहेछ । हातमा टिकट लिएर म अलिक अघि बढें । त्यहाँ चार, पाँचवटा साँगुरा छिर्ने बाटा थिए, जसका बीचबीचमा काठका स्वचालित आग्ला थिए । अरु मानिसले गरेभैंm मैले पनि आफू छिर्ने ढाटको दाहिनेतिरको दुलामा टिकट छिराएँ । बीचको बाटो थुन्ने स्वचालित आग्लो फुत्त खुल्यो, म त्यहींबाट छिरें । छिर्दै गर्दा टिकट पनि त्यही छेउबाट फुत्त निस्कियो । टिकट समात्तै म अधि बढें ।

त्यहाँका मान्छेछेक्ने ढाट (आग्ला) त्यति दरा पनि छैनन् र नाघ्न नसकिने अग्ला पनि छैनन् । जबर्जस्ती गर्ने हो भने नाघेर जान पनि सकिन्छ; तर त्यहाँ अनैतिक सोच वा विचार भएका मान्छे नै छैनन् जस्तो लाग्छ । मैले यसो विचार गरें, नेपाल र भारत जस्तो भए त्यस्ता ढाटसाट केही रहने थिएनन् । स्वास्नीको रिस समेत त्यहीं गएर पोख्ने थिए लोग्नेले । ‘कम्प्युटराइज्ड सिस्टम’ नै सबै भत्याङ्भुतुङ् हुने थियो । अमेरिका नैतिकता र जनउत्तरदायित्वमा अडेको देश रहेछ वास्तवमा ।

ढाटबाट केही पर दाहिने र देब्रे दुबैतिर विद्युत भर्याङ् थिए । म चढ्ने रेल दाहिनेतिर लाग्ने हुनाले म दाहिने भर्याङबाट तल झरें । त्यहाँका रेल मार्गहरू सहरीक्षेत्रमा अनिवार्यतः भूमिगत हुँदा रहेछन् भने ग्रामीण क्षेत्रमा वैकल्पिक रूपमा भूमिगत हुँदा रहेछन् । मेरिफिल्डको रेल स्टेसन भूमिगत थियो । वासिङ्गटन डि.सि.जस्ता जनघनत्वको चाप भएका शहरहरूमा त एकमुनि अर्को तह गर्दै तीन तहसम्मका भूमिगत रेलमार्ग हुँदा रहेछन् ।

म स्टेसनमा झरेको दस मिनेट पछि भिएना फेयरफ्याक्सतिरबाट ओरेन्ज लाइनको रेल आयो । रेल रोकिएको केही सेकेन्डभित्र स्वचालित ढोका खुल्यो । भित्रका यात्रीहरू अवतरण गरिसकेपछि बाहिरका यात्रीहरू पनि लाममा एकपछि अर्को गर्दै पसे । म पनि लाममा थिएँ, आफ्नो पालोमा पसें र गन्तव्यस्थानतिर मुख फर्काएर एउटा सुन्दर कुर्सी मा बसें । आफ्नो देशमा भूमिगत हुने मौका नपाए पनि पाताल लोकमा गएर भूमिगत हुने मौका पाएँ, त्यसैले अमेरिकाको भूमिगत यात्रा मेरा निमित्त चिरस्मरणीय रह्यो । रेलको ढोका स्वतः खुल्ने र बन्द हुने भएकाले त्यसबाट ओर्लिने र चढ्ने कार्य शीघ्रातिशीघ्र हुनुपर्दो रहेछ । कुनै यात्रीले ओर्लिन र उक्लिन विलम्ब गरेमा ऊ पछि पर्दोरहेछ । तर त्यहाँ कुनै कार्यमा पनि विलम्ब गर्नुहुदैन भन्ने कुरा सबैलाई थाहा भएकाले कसैलाई पनि विलम्बको रोगले छुँदो रहेनछ । म विलम्ब गर्ने देशको विलम्बप्रुफ व्यक्ति थिएँ तापनि त्यहाँको द्रुत वातावरणले मलाई विलम्ब गर्न दिएन । तर विलम्बका कारण रेल छुटिगए पनि अर्को रेलबाट जान सकिन्छ । अब मलाई कसैले ‘अमेरिकाको रेल कस्तो हुन्छ ?’ भनी प्रश्न गरेमा म भन्छु, ‘अमेरिकाको रेल अमेरिकाको जस्तै हुन्छ ।’

मैले अमेरिकी रेलयात्राको कुरा उठाउँदा तपाईंले भारतको कटिहार, बरौनी, समस्तीपुर, लखनउ जस्ता रेलजङसनको पुनःस्मरणगर्नुभयो होला र चारधाम गर्न हिंडेका नेपाली तीर्थयात्रीहरूलाई त्यहाँका ठग कुल्लीहरूले सजिलै रेल चढाइदिने निहुँमा मनग्गे पैसा धुतेर मालसामान कोचेझैं झ्यालबाट जबर्जस्ती कोचेका घटनाहरू, दृश्यहरू तपाईंका आँखाअगाडि नाच्न थाले होला । त्यसो हुनु स्वाभाविक पनि हो । तर म फेरि पनि भन्छु, म अमेरिकी रेलयात्राको कुरा गर्दैछु ।

त्यहाँका रेलमा चढ्दा कसैले कसैलाई ठेलमठेल गर्ने कुरा त परैजाओस् एकले अर्कोलाई छोएको सम्म पनि देखिएन । पहिला उक्लनेहरू खाली सिटमा बस्ने र पछि उक्लनेहरू सिट नपाए उभिने; यस्तो परम्परा रहेछ त्यहाँ । रेल चढ्नेहरू सबै आ–आफ्नै धुनमा थिए । कसैलाई कसैको मतलव थिएन । एकदम शान्त वातावरण, हल्ला पटक्कै थिएन । कोही गफ गर्नेहरू पनि कसैलाई बाधा नपर्ने गरी बिस्तारै गर्दैथिए । रेलभित्र पस्दा कसैले कसैलाई नछोइकन पसे पनि सिटमा बस्ने बित्तिकै केही विपरीत लिङ्गीहरूले एकअर्काको अधरामृतपान गर्ने कार्यको उद्घाटन गरिसकेका थिए । मैले त्यस डिब्बाभित्र दृष्टि घुमाएँ । कोही पुस्तक पढ्दै थिए, कोही पत्रिका पढ्दै थिए । कोही चाहिं मस्तसँग मोबाइलमा गफ गरिरहेका थिए; नेपालमा जस्तो छेरुन्जेल कराएर होइन, बिस्तारै ।

मेरिफिल्ड स्टेसन पार गरेपछि दुई स्टेसन अर्थात् ‘इस्ट फल्सचर्च’सम्म रेल जमिनमाथि नै गुड्यो । लिखका दुवैतर्पm रहेका वृक्षहरूले, जनआन्दोलन अघिका राजाको सवारीमा नेताहरूले स्वागत गरेभैंm, झुकेर स्वागत गरिरहेको दृश्य अत्यन्त मनमोहक थियो । त्यो दृश्य देखेपछि मेरो एक मनले भन्यो, ‘हाम्रो काठमाडौंमा पनि भूमिगत रेलको व्यवस्था भए गाडी जाममा पर्ने कुराको राम्रो समाधान हुन्थ्यो होला ।’ अर्को मनले भन्यो, ‘देशको सबै संपत्ति भ्रष्टाचारीलाई नै पुग्दैन, केले रेलमार्ग बन्छ र !’ ‘इस्टफल्स चर्च’ देखि ‘कोर्टहाउस’ सम्म जम्मा चारवटा स्टेसन रहेछन् । ती स्टेसनहरू पार नगरुन्जेलसम्म नै रेल भूमिगत मार्गबाट गुड्यो । भूमिगत मार्गमा पसेपछि रेलको गति तीव्र भयो । सो मार्गबाट यात्रा गरिरहँदा कुनै किसिमको दृश्यावलोकन गर्न नपाइए पनि रेलभित्रको अमेरिकी संसार हेर्दै मख्ख पर्ने कार्यमा म अरु सबैभन्दा अगुवा भएँ ।

प्रत्येक भूमिगत रेल स्टेसन अत्यन्त सुन्दर ढङ्गले निर्मित थियो । बत्तीको सुन्दर प्रकाशले भित्तामा लेखिएको स्टेसनको नाम प्रस्ट रूपमा परैबाट दृष्टिगोचर हुन्थ्यो । त्यसो त रेलभित्र पनि आउने स्टेसनका बारेमा बराबर उद्घोष गर्ने मात्र होइन विद्युतीय पर्दामा समेत देखाइदो रहेछ । यसबाहेक रेलको प्रत्येक डिब्बामा रेलमार्गको नक्सा टाँसिएको हुँदा आफू जानुपर्ने स्टेसन कुन हो र कति स्टेसनपछि त्यो आउँछ भन्ने कुरा नक्सा हेरेर जानकारी लिन सकिन्छ । अमेरिकी बसको तुलनामा अमेरिकी रेलमा यात्रा गर्नेको संख्या अधिक देखियो । रेलमा यात्रा गर्नेमा अधिकांश कर्मचारी र विद्यार्थी हुँदा रहेछन् ।

रेलयात्राको धित मरेकै थिएन क्लोरेन्डन स्टेसन आइपुगेछ । त्यस स्टेसनबाट रेल अगाडि बढ्ने बित्तिकै अगाडिको विद्युतीय पर्दामा ‘अब आउने स्टप ‘कोर्टहाउस’ हो’ भन्ने देखियो र कम्प्युटरकी अमेरिकन्नीले पनि सोही कुरा बोली । म सतर्क भएँ, किनभने अलिकति विलम्ब गर्ने बित्तिकै रेलले अर्को स्टपमा पुर्याउने डर थियो । भूमिगत रेलमार्गमा नयाँ यात्रीलाई कुन स्टपमा रेलको कतापटिको ढोका खुल्छ भन्ने कुरा थाहा नभएर पनि समस्या हुँदो रहेछ, त्यसैले त्यस विषयमा पनि चनाखो हुनपर्ने रहेछ । नत्र ओर्लिन विलम्ब भएर रेलको ढोका बन्द हुने डर हुँदो रहेछ । म रेल रोकिनुभन्दा अलिक अगाडि उठें र ढोकाका छेउमा गएर उभिएँ ।

‘कोर्टहाउस’ आइपुगेछ, रेल रोकियो । दाहिनेतिरको ढोका खुल्यो । मैले सबैभन्दा अघि ओर्लिने अवसर पाएँ । त्यहाँ नजिकै रहेको छोटो सामान्य भर्याङ्बाट माथिल्लो तलामा गएँ । त्यस ठाउँमा ‘टिकट बुकिङ काउन्टर’’ र ‘टि.टि.आई’ को काम गर्ने ढाट थिए । ढाटमा टिकट छिराउने काममा ‘लाटा देशको गाँडो तन्देरी’ भइसकेको हुनाले त्यति समस्या परेन । टिकट छिराएँ, ढाट खुल्यो; पार भएँ । त्यहाँबाट सिधा अगाडि बढेपछि तल झर्ने र माथि उक्लिने दुइवटा विद्युत् भर्याङ् भेटिए । माथि उक्लिनेमा गोडा मात्र टेकाउनु पर्यो, उसैले बिस्तारै बगाएर माथि पुर्यायो । भर्याङ्को टुप्पामा पुगेर अलिकति हिंडेपछि एउटा बाणले ‘स्क्वायर प्लाजा’ को सङ्केत गर्यो । म त्यही वाणले संकेत गरेतिर लागें । पर अरु दुईवटा लामा भर्याङ् देखिए । उँभो बग्ने भर्याङमा चढेपछि त्यसले सूर्यको प्रकाश भए ठाउँमा पुर्यायो । बिजुलीको प्रकाशमा धेरैबेर यात्रा गरेर सूर्यको प्रकाशमा आएपछि सपनाबाट बिउँझेझैं भएँ । त्यस भर्याङ्ले ‘स्क्वायर प्लाजा’ पुर्यायो । दुवैतिर अग्ला अग्ला विशाल भवनहरू भएको त्यो प्लाजा रमणीय र आकर्षक पनि रहेछ ।

लगभग दिनको एक बजे म त्यस स्क्वायर प्लाजामा पुगेको थिएँ । एक बजेसम्ममा म त्यहाँ पुग्ने र सोही समयमा मलाई लिन कोपिला त्यहाँ आउने पूर्वसल्लाह भएको थियो गोमासँग ।

त्यहाँ पुग्नासाथ कोपिलाको खोजीमा मैले एक फन्को लगाएँ । कतै नदेखेपछि प्लाजाको पटाङ्गिनीमा रहेका फलामे कुर्सीमा उनको बाटो हेर्दै बसें । त्यहाँ मैले साढे तीन घण्टा कुर्नुपर्यो । दशैंको बेला भएपनि मौसम ओसिलो भएकाले निकै ठन्डा थियो । चार बजेसम्म पर्खंदा पनि कोपिला देखा परिनन् । त्यहाँको चिसो मौसमका कारण तीन घण्टाभन्दा अघिदेखि म लघुशङ्काद्वारा अत्यन्त पीडित थिएँ । हुँदाहुँदा म कहाँ हिंडेको, के गर्दैछु, कसलाई पर्खंदैछु जस्ता कुराहरू मेरा स्मृतिपटबाट अन्तध्र्यान भइसकेका थिए । मेरो स्मृति लघुशङ्काबाट कसरी छुट्कारा पाउने भन्ने कुरामा मात्र केन्द्रित भयो । मेरो एक मात्र कामना थियो मेरो मूत्र थैली बिन्लादेनको आत्मघाती चेलो नबनोस् ।

मैले एकछिन काठमाडौंको नयाँसडक छेउछाउका गल्लीहरू संझिएँ । मनमा गमे, ‘म त्यस विषम परिस्थितिमा नयाँसडकका गल्लीका छेउछाउमा भएको भए मान्छेसान्छेको वास्तै नगरी आँखा चिम्लिएर कुकुरासनमा च्यापबाट काँचा इँटा भिजाइदिने थिएँ । सजाय हुने थिएन, जेल जानुपर्ने थिएन । बिध्न भए देख्ने मान्छेले उनीहरूकै भाषामा गाली गर्थे होला, सराप्थे होला । सुन्या नसुन्यै गरेर आफ्नो काम सकी गल्लीतिर पस्दा भइजान्थ्यो ।

पुनः आफ्नो स्मृति प्लाजातिरै फिर्यो । यताउति आँखा घुमाएँ । न गल्ली, न च्याप, न काँचा इँटाले बनेका घर; नमोनास्ति केही थिएन त्यहाँ । भए पनि के गर्नु ! त्यो काठमाडौं थिएन, त्यो रत्नपार्क थिएन, त्यो न्युरोड थिएन । त्यो अमेरिका थियो । दुवैको सहमति भए त्यहाँ सयौं मान्छेका बीचमा गाला चुसाचुस गरे पनि कसैले केही भन्दैन । कसैले केही गर्दैन; तर बाहिर जथाभावि पिसाप गर्ने मानिसलाई हदैसम्मको सजाय हुन्छ, यो कुरा पक्का हो ।

स्याम्स क्लब, वालमार्ट, मल, ग्यासस्टेसन जस्ता ठाउँमा रेस्टरुमको अत्यन्त राम्रो व्यवस्था हुन्छ । मैले त्यसअघि निकै पटक ती रेस्टरुमको उपयोग गरेको थिएँ । तर त्यस प्लाजाका छेउछाउमा त्यस खालका कुनै पनि दोकान दृष्टिगत भएनन् । त्यहाँ दुई, तीनवटा ससाना कफी हाउस, एउटा बैङ्क, एउटा, ‘भिटामिन स्टोर’ लेखिएको दोकान र अरु बाहिर सटर लागेका विशाल भवनहरू मात्र थिए । ‘भिटामिन स्टोर’ बन्द थियो भने कफीहाउसमा काम गर्ने सबै महिला थिए । बैंकमा परिचय पत्र भएकालाई मात्र भित्र छिर्न दिएजस्तो लाग्यो । कफी दोकानमा काम गर्ने महिला चाइनिज वा कोरियनजस्ता थिए । आपूm नेपाली भएर होला ती महिलालाई रेस्टरुम उपलब्ध गराइमाग्न मुख लागेन ।

म पिसाबले असह्य भएर घरी बस्दै घरी उठ्दै गर्दै थिएँ, ‘भिटामिन स्टोर’ उघ्रियो । भित्रबाट दुईजना मान्छे एकैसाथ बाहिर निस्किए । मलाई लाग्यो ती मान्छे दोकानकै हुनुपर्छ । तिनै मान्छेलाई बिन्तीभाउ गरेर यस फालबाट उम्कनु पर्यो भनेर उनीहरूको छेउमा गएँ । मैले एकदम मिजासिलो स्वरमा भने, “हाइ एक्स्क्युज मि; उड् यु माइन्ड प्रोभाइडिङ मि द रेस्ट रुम, प्लिज ।”

ती दुईमध्ये एउटा अफ्रिकी जस्तो थियो भने अर्को नेपाली अनुहारको स्पेनिस थियो । त्यो नेपाली जस्तो मान्छे बोलीले स्पेनिस भए पनि नेपालीभन्दा दशौं गुणा असल रहेछ । उसले आफ्नो कालो साथीलाई रेस्टरुम देखाउन अह्रायो । मैले हाम्रै नेपाली भाइलाई माथिको प्रश्न नेपालीमा सोधेको भए उसले भन्नेथियो, ‘अँ, यहाँ तिमेरुजस्तालाई अभर पर्ला कि भनेर हामीले ट्वाइलेट बनाइद्या छौ नि !”

एउटाले अह्राएपछि अर्काले मलाई दोकान भित्रै बोलायो । म भित्र गएँ । उसले चावी झिक्यो र भित्र गोदाममा जाने ढोका खोल्यो । उसका पछिपछि म निकै परसम्म गएँ । त्यहाँ अत्यन्त सफा रेस्टरुम रहेछ । उसले मलाई देखायो र ऊ बाहिरियो । मैले निकै लामो समयसम्म निर्धक्क लघुशङ्का गरें । शरीर हल्का भयो, म आनन्दित भएँ । म बाहिर आएँ र ती दुबैलाई हार्दिक धन्यवाद भन्दै आभार पनि प्रकट गरें । मेरो चोला उठ्न लागेका बेला ज्यान बचाउने तिनीहरू मेरा लागि सदा स्मरणीय छन् । तिनीहरूको नाम र ठेगाना सोध्न मेरो बुद्धि पुगेन; नत्र उनीहरू पनि ऐतिहासिक बन्ने थिए ।

सुषुप्त अवस्थामा रहेको मेरो मानसिक तनाव रेस्टरुमको प्रयोगपछि पुनः यथास्थितिमा फर्कियो । तत्कालै घडीतिर आँखा पुगेछ, चार बजेर तीस मिनेट भएछ । त्यो स्थान मेरा निमित्त स्वप्नवत् थियो । त्यहाँ सबै नौला र सबै नयाँ अनुहार मात्र देखिन्थे । झापाका मान्छेले बैतडीको कुरा थाहा पाएझैं त्यहाँ पनि थाहा पाउँछन्, यो सोचाइ थियो; तर त्यहाँ दशौं स्ट्रिटमा स्थायी घर भएको मान्छेले एघारौं स्ट्रिट कता छ र कुन हो भन्ने थाहा पाउँदो रहेनछ । मानौं उसले एघारौं स्ट्रिट कुन हो भन्ने कुरा पढेकै छैन । उसले जे पढेको छ, त्यसमा ऊ पारङ्गत छ । हाम्रो देशमाफैं सबै विषयमा हात हालेर कुनै विषयमा पनि पूर्णता प्राप्त नगर्ने मान्छे त्यहाँ पाउन कठिन छ । मलाई एघारौं स्ट्रिट यतातिर छ भनेर कसैले बताउन सकेन; त्यसैले जुन बाटो आएको थिएँ त्यही बाटो त्यसरी नै उड्ब्रिज फर्कनुको विकल्प थिएन मेरा लागि ।

लिफ्ट्को प्रयोग गरेर तल भूमिगत रेलको टिकट कक्षतिर झरें । काउन्टरमा टिकटका लागि पैसा छिराउन आँट्तै थिएँ मेरा देब्रेतिर कसैले फोन गर्दै गरेको देखें । मलाई पनि हिड्ने बेलामा गोमालाई एक कल फोन गरेर हिडुँजस्तो लाग्यो । एकछिन पर्खें, टेलिफोन सेट खाली भयो । पच्चीस सेन्टका दुईवटा सिक्का छिराएँ; टेलिफोन अन भयो; गोमाको नम्बर डायल गरें ।

‘हलो, गोमा ! म तिम्रो गुरु कोमल बोलेको । तिमीले बहिनीलाई ‘स्क्वायर प्लाजा’ पठाउँछु भनेर मलाई ढुक्क पार्यौ म यहाँ आएर साढे तीन घण्टा बस्दा पनि कोपिला आइनन् । यसरी अपरिचित ठाउँमा मान्छेको हरिबिजोक पार्नुहुन्छ नानी ? म उतै फर्किन तल रेल स्टेसनमा आएको छु । अब हिंड्छु पनि ।’

“सर ! एता सुन्नु न ! मलाई त ‘स्क्वायर प्लाजा’ गएँ तर सरसँग भेट भएन र आएँ’ पो भनी त फोनमा कोपिलाले । ए कस्ती केटी र’छे हँ ! सर ! म अहिले नै उसलाई फोन गरेर तुरुन्त त्यहाँ पठाउँछु । फरक पर्दैन सर, ऊ आइन भने म कामबाट बिदा मागेर पनि आउँछु । अब पन्द्र मिनेट मात्रै माथि गएर बस्दिनु न सर, बिन्ती” ।

गोमाका यी कुरा सुनेपछि मभित्र आशाको सानो टुसो पलायो । म फेरि अघिकै बाटो माथि गएँ । नभन्दै केहीछिन पछि कोपिला त्यहाँ आइपुगिन् । मैले निकै गम्भीर भएर आफ्ना गुनासा पोखें । उनले आपूm आएको तर भेट्न नसकी फर्केको कुरा बताइन् । उनले भनेको कुरा विश्वास नलागी नलागी पत्याइदिएँ ।

कोपिलाको साथ लागेर म उनीहरूको कोठामा पुगें । उनीहरू एकदम भव्य महलको पाँचौं तलामा बसेका रहेछन् । म उनीहरू बसेको वासिङ्टन डि.सि. को कोठामा पनि पुगेको थिएँ । त्यो भन्दा यो कोठा सुन्दर, फराक र आरामदयी पनि रहेछ । म पुग्दा सबै आआफ्ना काममा थिए । राती सात, आठ बजेतिर गोमा आइन् । अरु सबै बाह्रबजे आइपुगे । त्यस कोठाको अभिभावक त्रिलोचन प्रसाईं हुनुहुन्थ्यो । उहाँमा यावत् मानवीय गुणहरू रहेको पाएँ ।

गोमा जोडी, कोपिला जोडी र म समेत पाँच जनाको एउटा परिवार बन्यो । राती १२.३० तिर “आयुद्रोणसुते .......” र “जयन्ती मङ्गला काली ........” जस्ता पवित्र आशिष्द्वारा चारैजनाका निधारमा मैले टीका लगाएँ । त्यहाँ म वास्तविक पिता बनेको थिएँ, उनीहरू वास्तविक पुत्रपुत्रीका रूपमा आशीर्वाद ग्रहण गरिरहेका थिए । आर्लिङ्गटन एघारौं स्ट्रिटको त्यो कोठा दुर्गामन्दिर बनेको थियो भने हामी सबै दुर्गादेवीका अनन्यभक्तमा रूपान्तरित भएर आफूलाई बिर्सिरहेका थियौं ।
न्यु जर्सीको ‘बिरचिज एपार्टमेन्ट’ को कोठा नं. ११ ‘डी’ मा बस्नु, सुत्नु मेरा निम्ति पोखराको महेन्द्र गुफाभित्र एक्लै बस्नु र सुत्नुभन्दा कम थिएन । त्यहाँको १५ दिनको बसाइबाट उडब्रिज (भर्जिनिया) फर्कनुपूर्व मेरो अवस्था एउटा बाह्रवर्षे विवाहित नेपाली बालिका जस्तै थियो, जो आफ्नो पतिको घरमा एक वर्ष बिताएर निकै टाढा रहेकी आफ्नी आमालाई भेट्न माइत फर्कन लागिरहेकी छे ।

२६ सेप्टेम्बर, २००६ को बिहान सूर्योदयसँगै म उडब्रिज प्रस्थानका लागि ‘एक्जन ग्यास स्टेसन’ तिर आउँदै थिएँ । मेरा हातमा उही मेरो हाते बाकस मात्र थियो साथीका रूपमा । मेरो ठूलो झोला अघिल्लै दिन बेलुका उक्त स्टेसनमा पुगिसकेको थियो । अनगिन्ती कारहरू ओहरदोहर गर्ने बाटाका एक छेउमा मेरा गोडा हात्ती लम्काइमा थिए भने मेरा आँखा चाहिं सुन्दर वृक्ष र कलात्मक भवनका चारैतर्पm कुदिरहेका थिए । पन्ध्र दिन मात्र त्यस ठाउँमा बसेको भएता पनि म त्यस बाटोबाट निकै पटक ओहरदोहर गरिसकेको थिएँ । बिहानको कठ्याङ्ग्रिने ठन्डी भएपनि सबै रुखबिरुवाले मूक भाषामा कान हल्लाएर मेरो बिदाइ गरिरहेका थिए । अमेरिकीहरूझैं ‘हाई’ र ‘बाई’ मा अभ्यस्त भइसकेका त्यहाँका सडक र दुवै छेउका भवनहरूले पनि आ–आफ्नै किसिमले ‘हाई’, ‘बाई’ गर्दै होलान्, मलाई यस्तो लागिरहेको थियो । जातीय विभेदका दृष्टिले नहेर्ने हो भने त्यहाँको प्राकृतिक सुन्दरता र यहाँको प्राकृतिक सुन्दरतामा केही अन्तर छैन; तर मान्छेमा भएका प्रत्येक आँखाले जातीय विभेद छुट्याउन जानेको हुन्छ । फरक यत्ति छ कि अमेरिकी मान्छेका आँखाले कालो र सेतो मात्र छुट्याउँछ भने नेपाली आँखा धेरै चनाखो छ । यसले एउटै आँखाले चारजात छत्तीस वर्णलाई एकै हेराइमा दुधको दूध, पानीको पानी गरेर खुट्याउन सक्छ । अझ मधेसे, पहाडे, ठाडानाके, थेप्चानाके आदि इत्यादि छुट्याएर चौपट पनि गर्न सक्छ ।

म के के सोच्तै अघि बढिरहेको थिएँ । ‘एग्जन ग्यास स्टेसन’ अगाडि पुगेपछि झल्याँस्स भएँ शल्यक्रिया पछि बौरिएको मदौरुझैं । म पुग्दा मेरा युवा साथी (सानुकाजी सन्जेल) आफ्नो काममा व्यस्त थिए । म पुग्नासाथ उनले अघिल्लै दिन बन्दवस्त गरेको ट्याक्सीको एउटा कम्पनी (एलो क्याब्)मा पुनः फोन सम्पर्क गरे । अघिल्लो दिन ४० डलरमा फिलाडेल्फियासम्मका लागि बन्दवस्त गरी निधो समेत भएको ट्याक्सीले अहिले जाने बेलामा ६० डलरभन्दा कममा नजाने कुरा गर्यो । ‘वाफ रे वाफ अमेरिका !’ मैले टाउकामा हात राखें । ‘ल ठीक छ, ट्याक्सी लिएर आऊ’ भनेर ट्याक्सी बोलाइयो । एकै छिनमा बन्दवस्त गरेको ट्याक्सी त्यहाँ आइपुग्यो । हत्तपत्त गएर ड्राइभरसँग परिचय गरेको त भारतीय पो रहेछ । त्यो पनि बिहारी ! मेरो जिऊ त्यहीं रहे पनि मन भने कहिले जोगवनी–पूर्णियाँ, कहिले पानीट्याङ्की–सिलिगुडी गर्न थाल्यो । बिहार र बङ्गालका कङ्गाल ट्याक्सीवालाले सोझा नेपालीलाई हरेक तरहबाट ठग्ने कोसिस गरेको, पहिला बन्दवस्त गरेरै लगे पनि ओर्लिने बेलामा भाडाका निहुँमा भएभरका ट्याक्सी चालकदेखि रिक्सा चालकसम्म भेला भएर धुतधात गरेको जस्ता घटनाहरू आँखा अगाडि नाचे । मोरा बिहारीहरूले अमेरिकामा पुगेर पनि आफ्नो आनुवंशिक संस्कृति यथावत् राखेकोमा छक्क मात्र होइन तीन छक्क परें । पछि पत्ता लाग्यो अमेरिकामा ७५ प्रतिशत ट्याक्सी चालक भारती, पाकिस्तानी र इरानी रहेछन् ।

जस्तालाई तस्तै गर्नुपर्छ भन्ने कला मैले पनि केही जानेको थियो त्यसैले मैले ट्याक्सी ड्राइभरलाई भने, ‘तीस डालर से अधिक हम नही दे सकेंगे । होगा तो चलिए’ । ऊ रिसाएको भावमा फनक्क गाडी फर्काएर आएतिरै हुँइकियो । ‘हर्स पाइक’ नामको राजमार्गको छेवैमा यो ‘एग्जन ग्यास स्टेसन (सप) छ । यसको पश्चिमतिर एउटा मोटेल छ । त्यो मोटेल पनि एकजना भारतीय अमेरिकीको हो । विशेष गरी यस ठाउँमा जति ‘ग्यास स्टेसन’ छन् ती सबै भारतीय अमेरिकीहरूले सञ्चालन गरेको पाइन्छ । भारतीय अमेरिकीहरूले कम्पनीबाट आवधिक रूपमा लिजमा लिंदा रहेछन् र व्यक्तिगत जस्तो गरी सञ्चालन गर्दा रहेछन् ‘ग्यास स्टेसनहरू’ । माथि भनिएको मोटेल रमेश भासिनको निजी हो । त्यहाँ पुगेदेखि नै रमेशसँग मेरो परिचय भएको हो । उनी निकै असल व्यक्ति लाग्यो मलाई । उनलाई मैले ट्याक्सीवालाको बदमासी सुनाएँ । ‘क्याम्डेनबाट उडब्रिजको बस पाइन्छ । त्यहाँसम्म तपाईंलाई पुर्याइदिने जिम्मा मेरो’, उनले भने ।

रमेशले यति भनेपछि अन्धाले आँखा भेटेभन्दा धेरै खुसी भएँ म । त्यसपछि छोरी कृष्णालाई फोनबाट २७ ता. मात्र उडब्रिज आइपुग्ने कुराको जानकारी दिएँ । ठीक ५ बजे रमेश कार लिएर ग्यास स्टेसन आइपुगे । कारमा सानुकाजी र म चढ्यौं । क्यामडेन आइपुग्न झन्डै २५ मिनट जति लाग्यो । क्याम्डेन ओर्लिएपछि मैले केही गर्नु परेन । टिकट काट्ने काम उनीहरूले नै गरे । क्याम्डेनबाट उड्ब्रिज्को भाडा २६ डलर लिंदो रहेछ । टिकट तीन वटा थियो क्याम्डेन–फिलाडेल्फिया, फिलाडेल्फिया–वासिङ्गटन डी.सी., वासिङ्गटन–उड्ब्रिज् (भर्जिनिया) ।

मलाई बसमा चढाएर मात्र फर्कने सदाशयता सानुकाजी र रमेशले देखाएपछि म निकै ढुक्क भएँ, किनभने अमेरिकाको सर्वथा नयाँ ठाउँमा बस पर्खिएर चढ्न मलाई निकै कठिन पर्नेथियो । क्याम्डेन शहरको त्यो विशाल बस स्टेसन वास्तवमा भारतको निकै ठूलो रेल जक्सन जत्रै थियो । वि.सं. २०१६ सालमा मथुरा जाने क्रममा मैले विहार (भारत) को रेल जक्सन देखेको थिएँँ सर्वप्रथम । त्यसबेला मलाई रेल परिवर्तन गर्न महाभारत भएको थियो । थाइल्याण्डको विशाल हवाइ टर्मिनलको अनुभवले मलाई अमेरिकामा ठूलो सहयोग गर्यो ।

यस बस पार्कमा प्रत्येक तीन मिनेटमा लोकल र एक्स्प्रेस बसहरू आउने–जाने गर्दा रहेछन् । यसले मलाई रमाइलो लागिरहेको थियो भने मनको एक कुनामा अलेली डर र त्रास पनि पलाएको थियो । क्याम्डेन शहर निकै पुरानु र फिलाडेल्फियाको नजिकै भएको कारणबाट होला त्यहाँ लागुपदार्थ सेवन गर्नेहरूको संख्या निकै रहेछ । अधिकांश किशोर, किशोरीहरूले यो व्यवसाय समातेका हुँदा रहेछन् । त्यसमा पनि किशोरीको संख्या अत्यधिक । यिनीहरूले युवा अथवा प्रौढ जोसुकैसँग डलर भएको बुझे भने चिनेभैंm गरी मन्दमुस्कानमा झ्याप्प अँगालो हालेर गाला चुस्न थाले पछि नयाँ नौलो पुरुष ‘वाफरे वाफ’ मा लठ्ठिंदो रहेछ, अनि त्यसैबेला डलर चिलिम ! यो कुरा भर्खर मात्र रमेशले मलाई बताएका थिए । उनले सल्लाह दिंदै अगाडिको गोजीमा दश डलरभन्दा बढी नराख्न र कसैले देख्ने गरी पैसा नझिक्न भनेका थिए । नयाँ मान्छे हो भन्ने थाहा पाए भने जसरी पनि काम तमाम गर्दारहेछन् त्यस खाले मान्छेले ।

भारतको सिलिगुडी, कटिहार, बरुनी आदि ठाउँमा तीर्थयात्रीहरू लुटिएर, चोरिएर धोती न टोपी भएका कथाहरू मेरा स्मृतिपटमा पल्टिंदै गए । नेपालका ठूला शहरहरूमा नेपालीले नै काट्छन् नेपालीका पाकेटहरू, नेपालीद्वारा नै ठगिन्छन् नेपालीहरू । काठमाडौंको पशुपतिनाथको दर्शन गर्ने भक्तहरूलाई समेत छोड्दैनन् त्यहाँका चोर र ठगहरूले । बिचरा बाँदरले त हाकाहाकी खानेकुरा मात्र तान्छ, तर ठग र चोरहरू झुक्याएर ठगी र चोरी कार्य गर्छन् । भारतका पुलिसबाट पनि ठगिन्छन् नेपाली तीर्थ यात्रीहरू ।

आधा घण्टा जति पर्खिएपछि ‘ग्रे हाउन्ड’ कम्पनीको बस आइपुग्यो । यो अमेरिकाको राष्ट्रिय स्तरको विशाल बस कम्पनी रहेछ । यसको सेवा अमेरिकाभरि नै विस्तार भएको रहेछ । अमेरिकाका अधिकांश राज्यमा ‘ग्रे हाउन्ड’ कम्पनीको बस चल्दोरहेछ ।

हतारहतार सन्जेलले मेरो झोला डिकीमा हालिदिए । अमेरिकामा बस स्टेसनमा आइपुग्नासाथ गन्तव्यतिर हिंडिहाल्छ । यहाँभैंm घण्टौ कुर्नु पर्दैन । मैले दुवै साथीसँग हात मिलाएँ । सानु सञ्जेल र मेर।े सूर्यमा म समानता देख्थें, त्यसैले उनीसँग छुट्टिनु पर्दा मेरो गला एकाएक अवरुद्ध भएर आयो । बिछोड्को पीडा बोध गर्दै म गाडीभित्र पसें । गाडी सञ्चालनमै थियो; क्रमशः यसले अग्रगति लियो । बाहिरबाट सानु र रमेश हात हल्लाउँदै थिए । मैले पनि सिटबाट उठेर हात हल्लाएँ, हल्लाइरहें । उनीहरूले देखेदेखेनन् तर निकैबेरसम्म म हात हल्लाइरहेको रहेछु । यहाँ भए गाडीका प्रायः सबै यात्रीले खित्का छोड्थे होला तर धन्न अमेरिकामा थिएँँ । त्यहाँ जसले जे गरे पनि कसैले वास्ता गर्दैन ।

क्याम्डेनबाट फिलाडेल्फिया आइपुग्न १५ मिनिट लाग्यो बसलाई । बसपार्क बाहिर आएर बस रोकियो । अरु यात्रीभैंm म पनि बसबाट ओर्लिएर त्यहाँको ‘गे्र हाउन्ड’ बसपार्कभित्र पसें । यो बसपार्क क्याम्डेनको भन्दा अझ विशाल रहेछ । हवाइ जहाजको भैंm टर्मिनलको व्यवस्थाले भित्र पस्नासाथ अर्कै अनुभूति हुने । गेट् नं. १ देखि १२ सम्म भएको यस बसपार्कमा प्रत्येक गेटबाट तीन तीन मिनटमा बस आउने–जाने गरेको पाइयो ।

अधिकतम तीनवटा ट्रान्जिट (गेट) भएको हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनसँग तुलना गर्न खोज्दा हात्ती र हात्तीछाप चप्पलको संझना आयो । हवाइ यात्रीभैंm यहाँका बसयात्रीले पनि बसपार्क भित्रको काउन्टरमा टिकट लिएर आ–आफ्नो ट्रान्जिट गेटअगाडि यथा समयमा लाम लागेर उभिनु पर्छ । माइकबाट बारंबार गेट नम्बर, बस नम्बर, समय सारिणीको उद्घोष भइरहन्छ । टर्मिनलभित्रै मसिनमा खुद्रा पैसा (क्वाटर डलर) छिराएर आ–आफ्नो इच्छानुसार विविध पेय र खाजासमेत उपलब्ध गर्न सकिन्छ । कक्षको एक कुनामा तातो (चिया, कफी) र खाजा किनिखाने व्यवस्था पनि छ । प्रतीक्षारत यात्रीहरूका लागि बीचमा राखिएका फलामे कुर्सीको व्यवस्थाले त्यस कक्षलाई आधुनिक सुविधासम्पन्न कक्षका रूपमा लिन सकिन्छ ।

६.२५ मा ‘ग्रे हाउन्ड’ बसपार्क पुगेको भएतापनि मैले लगभग चार घण्टा त्यहीं बिताउनु थियो । बसपार्कभित्रको यावत् गतिविधि हेर्दा क्याम्डेनभन्दा अझ खतरा रहेछ त्यो ठाउँ । फिलाडेल्फिया अमेरिकाको एउटा नामी र विशाल सहर मात्र होइन यो पूर्व राजधानी पनि हो । त्यसैले त्यहाँ झल्ला, लफङ्गा र लागुपदार्थ सेवन गर्ने मान्छेहरू (हिप्पीहरू) प्रसस्त पाइँदा रहेछन् । रमेश भासिनको सुझावलाई ध्यानमा राखी म निकै सतर्क भएको थिएँँ । गोरा जातिका अमेरिकीभन्दा कालाजातिका अमेरिकी बढी खतरा हुँदा रहेछन् । अर्धनग्न अवस्थाका किशोरीहरू, युवतिहरू र झ्यापुल्ले, कुन्डले, मुन्द्रे युवकहरू भित्र आउँदै घुम्दै अर्कापटिबाट बाहिर जाँदै फेरि आउँदै गरेको देख्ता पक्कै पनि यिनीहरू सिकारको खोजीमा हुनुपर्छ जस्तो लाग्यो मनमा । म बसुन्जेल त्यहाँ पुलिसको प्रवेश भएको पाइएन तर यदाकदा ‘ग्रे हाउन्ड’ कम्पनीको सुरक्षा गार्ड घुम्दै गरेको पाइन्थ्यो । लगभग दुईघण्टा बितिसकेपछि मलाई एउटा खटपटिले छोयो । त्यो खटपटिको प्रमुख कारण लघुशङ्का थियो । त्यहाँ आउने प्रत्येक यात्री आफ्नो झोला वा सामान साथैमा लिएर रेस्टरुम (ट्वाइलेट) भित्र पस्थे । मसँग ठूलो झोला (ब्याग) थियो । यो मेरा लागि घाँडो भयो । भित्र लिएर जान सकिदैन, बाहिर छोडेर जाँदा एउटाले टिपेर कुदाइ हाल्छ । म परें फसादमा ! अलेलि गर्दै पिसाब रोक्न नसक्ने अवस्थामा पुगें । मेरो संझनामा गतसालको घटना आलो भएर आयो ।

एक वर्षअघि म आफ्नो उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पताल गएको थिएँँ । मेरा साथीभाइ सबै भन्ने गर्थे समयअनुसार चल्ने अस्पताल चैं नर्भिक मात्र हो । सबैभन्दा जान्ने डाक्टर ‘महप्रसाद’ हुन् भनेर मैले पनि उनैलाई जचाएँ । मेर।े छाती सुम्मुम्याएर उनले ‘अल्ट्रासाउन्ड’ गर्नुपर्छ भन्ने आदेश दिएका थिए । को नि के भएर हो भोलिपल्टै मेरो पालो परेछ । राती १२ बजेदेखि पिसाप नगरी पानी टन्न खाएर आउनु भन्ने उर्दी जारी भएको थियो । समय दिएको थियो भोलिपल्ट बिहान साढेसातको । सात बजे अस्पताल पुग्दा भुँडी फुलिसकेको थियो । पिसाबका साथमा ग्यास पनि थपिएको थियो । बिहान सातबजेदेखि पर्खिएको महप्रसाद डाक्टरको आगमन १२ बजे मात्र भयो । अब एक घण्टा जति अन्तरङ्ग सेवामा, पैंतालीस मिनेट जति गफमा, एक घण्टा जति मभन्दा अगाडिका बिमारीको अल्ट्रासाउन्डमा खर्च भएर बल्लबल्ल दुई पैतालीसमा मेरो पालो आयो । मेरो मूत्रथैली आत्मघातीले पेटमा राखेको पड्किनेअवस्थाको बम जस्तो भएको थियो । मलाईभित्र बोलाइयो र एउटा साँगुरो ओछ्यानमा सुताइयो । एउटी उमेरले छोरी साइनाले बहिनी (सिस्टर) ले भनिन्, ‘ल डाक्टर नआउन्जेल यहीं सुतिरहनू’ । उनले सुताएको लगभग बीस मिनेटपछिमात्र डाक्टर महप्रसादको सवारी भएको थियो । त्यसबेला मेरो चोला उठ्नै लागेको थिएन त ! ठूलो झोला कसैलाई हेर्दै गर्न लगाएर रेस्टरुममा जान पनि आँट आएन; किनभने त्यहाँ आउनेजाने व्यक्तिमा काला अमेरिकीहरूको संख्या अधिक थियो । केही गोरा जातिका यात्रीहरू पनि आउने जाने गर्थे तर झोला रुङ्न लगाएर म भित्र पसेकै बेला उनीहरूले लाममा बस्न जानुपर्ने भयो भने झोला गायव हुन सक्ने डर थियो । नेपालका राई लिम्बू जस्ता देखिने दुइवटी महिला पनि त्यसबेला त्यहाँ आएर बसेका थिएँ । म पनि आफ्नै दिदी बहिनीभैंm लागेर छेउकै कुर्सीमा गएर बसेपछि मात्र थाहा भएको थियो कि तिनीहरू अमेरिकी चिनियाँ रहेछन् । मलाई उनीहरू पराइ हुन् जस्तो लागेन, किन कि उनीहरू हाम्रै छिमेकी देशका बासिन्दा हुनुका साथै एसियावासी पनि थिए । अब मेरो बिमार जाति हुनेभयो भन्दै उनीहरू बसेको छेवैमा मेरो झोला ल्याएँ । एकछिन झोला रुँगिदिनोस्न भन्नलाई ‘आँ’ मात्र के गरेको थिएँँ ‘अट्लान्टिक् सिटी जाने यात्रीहरू ९ नं. गेटमा लाम लाग्ने’ भन्ने सूचना सुन्नेबित्तिकै उनीहरू जुरुक्क उठे र सम्बन्धित गेटतिर लागे । म ‘हस्स बुढी हरिया दाँत’ भएँ । अब यही नाथे झोलाले गर्दा मेरो चोला उठ्ने भयो भन्ने विचार गर्दै थिएँँ ‘ग्रेहाउन्ड बस स्टेसन क्लिनर’ को बिल्ला भिरेको एउटा काला जातिको मान्छेलाई देखें । उसले अलि लामो बिँड भएको (नेपालको पूर्वी पहाडका खेतमा बाहुसे गर्दा लगाउने फ्याउरी जस्तै) बुरुस हातमा लिएको थियो । हाम्रो देशमा भए पाइखाना सफा गर्ने व्यक्तिलाई अर्कै दृृष्टिले हेरिन सक्छ तर अमेरिकामा त एउटा अफिसर र ट्वाइलेट क्लिनरको मान्यताक्रम समान देखिन्छ । म जुरुक्क उठें र भने, ‘उड यु माइन्ड लुकिङ्ग दिस् ब्याग् फर् अ फिउ मिनिट्स्, प्लिज ?’ ‘य, वट् नट् मोर द्यान् थ्रि मिनिट्स्’, उसले उत्तर दियो ।

झोला उसका जिम्मा लगाएँ, हाते बाकस च्यापें अनि हत्त न पत्त पसें रेस्टरुमभित्र । नभन्दै तीन मिनिट नपुग्दै आफ्नो काम सकी बाहिरिएँ ।

‘गुड्’, क्लिनरले भन्यो ।

‘थ्याङ्क्यु वेरि मच्’, मैले भने ।

उसले पुनः थप्यो, ‘नो प्रोब्लम्’ ।

म पुनः अघि आपूm बसेकै ठाउँमा गएर बसें । केहीबेरमा एक जना उमेरले लगभग सत्तरी पार गरिसकेका गहुँगोरो देखिने अमेरिकी मेरो अगाडि रहेको सिटमा आएर बसे । उनले एउटा झोला भिरेको थियो र हातमा एउटा निकै मोटो पुस्तक बोकेको थियो । बस्नेबित्तिकै कतै नहेरी पुस्तकमै तल्लीन भए उनी । एक पन्ना पढिसकेपछि उनको दृष्टि मेरा अनुहारमा प¥यो “आर यु इन्डियन ?” उनले सोधे ।

“नो सर, आइम नट् यन्डियन, आइम नेपाली,” मैले भने ।

उनको अनुहारमा अस्पष्टताका भावरेखाहरू तरङ्गित भएको अनुभव गर्दै मैले थपें, “नेपाल स्ट्यान्ड्स् बिट्विन् चाइना एन्ड इन्डिया, इट् इज् द कन्ट्रि अफ ‘माउन्ट एभरेस्ट’ ।”

मेरो कुरा सुनेपछि अत्यन्त उत्सुकतापूर्वक जुरुक्क उठेर उनले मसँग हात मिलाए ।

“यहाँको परिचय ?”

“म पूर्वी नेपालको एउटा हाई स्कूलको निवृत्त हेड टिचर हुँ र क्याम्पसको कार्यरत प्राध्यापक पनि ।”

उनले अझ उत्सुक हुँदै सोधे “तपाईँको पढाउने विषय ?”

“नेपाली भाषा”, मैले भने ।

“म पनि निवृत्त प्राध्यापक हुँ । म फिलाडेल्फिया विश्वविद्यालयमा अंगेजी भाषा पढाउँथे”, उनले भने ।

मैले फेरि नेपाली तरिकाले उनको अभिवादन गरें ।

अमेरिकामा शिक्षण कार्य गर्ने र प्राध्यापन कार्य गर्ने सबैलाई अत्यन्त मर्यादित र सम्मानित व्यक्तित्वका रूपमा हेरिंदो रहेछ, त्यसैले उनले पनि मलाई आपूmजस्तै ठानेर सम्मान प्रकट गरे ।

उनीबाट मैले मनग्गे कुरा थाहा पाउने मौका पाएँ त्यस बसाइमा । अमेरिकाका शिक्षक र प्राध्यापकहरूलाई पार्टी र नेताको भूत कहिल्यै सवार हुँदो रहेनछ । उनीहरू स्वतन्त्र हुँदा रहेछन् । सरुवा, घटुवा, खोसुवा जस्ता रोगबाट उनीहरू मुक्त रहेछन् । त्यहाँ योग्य, सक्षम, अनुभवी र अनुसन्धानरत व्यक्तिले मात्र माथिल्लो श्रेणीमा बढुवा पाउँदो रहेछ । सम्बन्धित विषय वा पदका लागि तत्सम्बन्धी योग्य एवं सक्षम व्यक्तिको छनोट हुँदोरहेछ । कुनै पनि विश्वविद्यालय वा प्राज्ञिक संस्थाहरूमा अप्राज्ञिक व्यक्तिहरूको संलग्नता पटक्कै नहुँदो रहेछ त्यहाँ । त्यसो त त्यहाँका प्राध्यापकहरू पनि आफ्नो विषयमा अत्यन्त दक्ष एवं योग्य हुँदा रहेछन् । विश्वविद्यालय वा सो अन्तर्गतका क्याम्पसहरूमा कार्यरत प्राध्यापकले प्रतिवर्ष (अनिवार्यतः) न्यूनतम दुईवटा अनुसन्धानात्मक लेख (सम्बन्धित विषयमा) प्रकाशित गर्नुपर्दो रहेछ । तीस वर्ष अघिको नोट र गेसपेपरका भरमा प्राध्यापकले किमार्थ विद्यार्थी ठग्न पाउँदो रहेनछ ।

मेरो नाम र ठेगाना सोधेर ती प्राध्यापकले आफ्नो डायरीमा टिपे । मैले पनि उनको नाम र ठेगाना सोधेर मेरो सानो कापीमा टिपें । उनी न्यूजर्सी टन्र्भिलका बासिन्दा रहेछन् । उनको नाम ह्यारिस आर. रहेछ । कुराको क्रममा उनले एभरेस्ट चुम्ने ठूलो इच्छा हुँदाहुँदै पनि आपूm त्यहाँ पुग्न नपाएको र आफ्नो सदिच्छा अधुरै रहेकोमा निकै दुखमनाउ प्रकट गरे । उनले एभरेस्टबारे राखेका केही जिज्ञासाहरूलाई मैले जानेबुझेसम्म समाधान गर्ने कोसिस गरें । उनले आत्मसन्तुष्टिको भाव प्रकट गर्दै भने, “संसारको सबभन्दा अग्लो चुचुरो भएको देशमा बस्ने व्यक्तिले विश्वकै सम्पन्न र शक्तिशाली देशको भ्रमण गर्नु प्रशंसनीय काम हो । यहाँलाई मेरो तर्पmबाट र तमाम अमेरिकावासीका तर्पmबाट धन्यवाद छ, बधाइ छ” । धन्यवादका लागि मैले उनीप्रति आभार प्रकट गर्दै भनें, ‘यहाँजस्ता प्राज्ञिक व्यक्तित्वलाई “माउन्ट एभरेस्ट’का बारेमा, विशेष गरी मेरो देश ‘नेपाल’का बारेमा अमेरिका आएर पहिलो पटक बताउन पाएँ । यो मेरो अहोभाग्य हो । नेपाल फर्किएपछि आफ्ना साथीभाइहरूलाई सर्वप्रथम यही भेटका बारेमा सुनाउने छु ।’

यसपछि उनले मेरो भिडियो चित्र खिचे । सिनेमामा भएको चटके मित्रताजस्तै एकैछिनमा एक अमेरिकी प्राध्यापकसँग यसरी अपनत्वको भाव उर्लिनु इलाम तोरीबारीको सामान्य परिवारमा जन्मिएर झापाको एउटा देहातमा शिक्षण पेसा गर्ने मजस्तो व्यक्तिका लागि निकै महŒवपूर्ण कुरा भएको छ मेरा जीवनमा ।

उनको बसको समय भएछ । अङ्कमालपछि उनी ५ नं. गेटतिर लागे । अमेरिकाको राष्टपतिभन्दा पनि बढी सम्मानित र मर्यादित व्यक्तिलाई भेटेर यसरी हार्दिकता साटासाट गर्न पाएको यो क्षण मेरालागि अविस्मरणीय रहनेछ ।

घडीहेर्दा त्यसबेला ९ बज्न लागेको थियो । मैले आफ्नो टिकटतिर दृष्टि दिएँ । यसमा वासिङ्टन डी.सी. प्रस्थान गर्ने समय १०.१५ लेखिएको रहेछ । यस हिसाबमा मैले अभैm सवा घण्टा यही स्टेसनमा कुर्नुपर्ने हुन्छ । आठ नम्बर गेट अगाडि ८.३० देखि नै अलेलि गर्दै मान्छे लाम लाग्दै आएर अहिले टन्न भरिएका छन् । मेरो मनमा शङ्का पलायो, किनभने डी.सी. प्रस्थान गर्ने बस ८ नं. गेटमा लाग्छ भन्ने कुरा मैले थाहा पाइसकेको थिएँँ । परदेशको कुरा के कसो हो भनेर अलिक पर काउन्टरमा गएर मान्छेको लामतिर देखाउँदै सोधें —

“ह्वेयरा दे गोइङ्ग ?”

‘डी.सी’, काउन्टरमा बस्ने केटीले भनी ।

“उड् यु माइन्ड् टेलिङ् मी द राइट् टाइम् फर् दिस् टिकिट् ?” टिकट देखाउँदै मैले भने ।

‘य, प्लिज, फलो द लाइन’, कम्प्युटर हेरेर गोरीले भनी ।

म हतारहतार लाममा उभिएँ ठूलो झोला घिसार्दै । एकछिन ढिलो भएको भए म छुट्ने थिएँँ होला । ‘अमेरिकाजस्तो ठाउँमा पनि किन यस्तो भएको होला !’ मैले आफ्नै मनसँग सोधें । एकैछिनमा मेरो पालो आयो । म गेटबाट बाहिरिएँ । त्यहाँ एकजना टिकट कलेक्टर उभिएको रहेछ । मैले उसलाई टिकट दिएँ । एकप्रति च्यातेर उसले राख्यो र दुई प्रति मलाई नै दियो र ऊ त्यो गाडीमा गएर बस भन्यो । उसले देखाएको ‘ग्रे हाउन्ड’ कम्पनीको गाडीतिर गएँ, ठूलो झोला डिकीमा राखें र हाते बाकसका साथ गाडीमा चढें । यो गाडी अत्यन्त सुविधा सम्पन्न थियो तापनि चढ्दै गर्दा मन अलिक खिन्न भयो, किनभने यसको अगाडि ‘लोकल’ लेखिएको बोर्ड झुन्ड्याइएको थियो । फिलाडेल्फियाबाट डी.सी. पुग्न ६०÷६५ माइल प्रतिघन्टाको गतिमा गुड्ने गाडीलाई ३ घण्टा लाग्छ भन्ने कुरा मैले न्यू जर्सी जाँदा थाहा पाइसकेको थिएँँ । लोकल गाडीमा ३ घण्टाको ठाउँमा ५ घण्टा त लाग्ने नै भयो भन्ने लाग्यो । नेपालमा चल्ने बसहरूको चर्तिकला झलझलाकार भएर आयो । ‘नन् स्टप’ लेखिएका बसहरू ‘झन् स्टप’ हुनेगरेको, बस स्टपमा मात्र होइन यात्रीहरूको संख्या कम भएका बेला घरघर रोकिने गरेको, यात्रीहरू खचाखच भएका मौकामा (विशेष गरी दशैंमा) रोकिनुपर्ने ठाउँमा पनि नरोकिई यात्रीलाई अलपत्र पार्ने गरेको जस्ता कुराहरूले एकछिन सम्म मलाई मूक यात्री बनायो ।

कुनै बेला बिजुलीको महासागरभित्र, कुनै बेला सुरुङ्गको अर्ध अन्धकारभित्र, कुनै बेला नागवेली पुलमाथि हुँदै बस ९५ महाराजमार्गमा प्रवेश ग¥यो र बेरोकटोक ६५ को गतिमा हुइँकियो डी.सी.तिर । बीचमा बाल्टिमोर भन्ने अत्यन्त रमणीय ठाउँमा एक पटक रोकिएर ठीक १२ बजे राती यो वासिङ्गटन डी.सी.को ‘ग्रे हाउन्ड बस स्टेसन’ मा आइपुग्यो । मैले मनमनै भने, ‘धन्य अमेरिकी लोकल बस !’
सेप्टम्बर २६, २००६ को बेलुका ९ बजे फिलाडेल्फियाबाट प्रस्थान गरेको ग्रेहाउन्ड कम्पनीको बस राती १२ बजे वासिङ्गटन् डी.सी. स्थित उसैको आफ्नै बसपार्कमा आएर रोकियो । भोलिपल्ट बिहान ३ बजे मात्र सो बस भर्जिनियाको उडब्रिजतिर लाग्ने भएकाले मैले रातभरि बसकम्पनीकै यात्रीप्रतीक्षालयमा गुजारा गर्नुपर्ने भयो । यसरी अमेरिकाको बसयात्री प्रतीक्षालयमा रात बिताउनु मेरा निम्ति यो पहिलो र अविस्मरणीय घटना हो । दसैंको समय थियो तापनि झन्नै झन्नै खप्नै नसकिने किसिमको ठन्डीको अनुभव गरिरहेको थिएँ म । अधिकांश अमेरिकीहरू ठन्डीप्रेमी हुँदा रहेछन् किनकि त्यसबेलासम्म प्रतीक्षालयलाई उष्ण बनाउने तर्फ उनीहरूले कार्य गरेको पाइएन ।

चौधवटा ट्रान्जिट गेट भएको सो प्रतीक्षालय फिलाडेल्फियाको प्रतीक्षालयभन्दा अझै ठूलो देखिन्थ्यो । मलाई लाग्यो यसको टर्मिनल कक्षमा यात्रीहरूका लागि यथेष्ट सुविधाको प्रबन्ध मिलाइएको छ । वासिङ्गटन डी.सी.लाई चारैतिरबाट जोड्ने भूमिगत रेलमार्गसँग सम्बन्धित ‘युनियन स्टेसन’ नजिकै भएको कारणबाट पनि सो प्रतीक्षालय अत्यन्त व्यस्त रहेको हुनुपर्छ, मेरो विचारमा । रेल स्टेसनमा यात्रीप्रतीक्षालय नहुनाले पनि रातको समयमा बसप्रतीक्षालय खचाखच भएको हुनसक्छ । यसो हुनुको अर्को महत्त्वपूर्ण कारण के पनि देख्न सकिन्छ भने डी.सी. र त्यसको आसपासमा घरभाडा ज्यादै महँगो हुनाले ज्यालादारीमा काम गर्ने अधिकांश मान्छेका लागि भाडा लिएर बस्नु ‘आकाशको फल हुँदो रहेछ; किनभने सामान्य एपार्टमेन्टलाई पनि न्यूनतम मासिक पन्ध्रसय तिर्नुपर्दो रहेछ । त्यसमा पनि एक महिनाको भाडा अग्रिम धरौटीका रूपमा अनिवार्य बुझाउनुपर्ने भएकाले मासिक पन्ध्रसयसम्म मात्र आर्जन गर्नेका लागि दोकानमा खानु र प्रतीक्षालयमा रात कटाउनु बाध्यता नै रहेछ । एकजना ज्यालादारीमा काम गर्ने स्पेनिस केटाबाट थाहा भयो सो कुरा । वातावरण पनि चीसो, बस्ने आराम कुर्सी पनि चीसो भएका कारण मलाई रात काट्न हम्मेहम्मे परेको थियो; त्यसैले सुस्तमनस्थितिको मान्छेझैं घरि बस्तै, घरि उठ्तै, घरि यताउति घुम्दै गरेर नै म आफु अलिक बिसेक भएको अनुभव गर्थें । अर्को कुरा टन्न भात धोक्ने हामी नेपालीलाई जति नै कट्याङ्कुटुङ् खाए पनि, मुखै नबिसाई खाइरहे पनि खाएजस्तो नहुने, पेट खालीको खाली ! त्यसरी पेट खाली भएको थाहा पाएपछि एक्ली सालीलाई नाठो चरित्र भएको भिनाजुले ठ्याम्मै नछाडेजस्तै ग्यासले छाड्दो रहेनछ । त्यसमा पनि चिसोको अलिकति सहयोग पायो कि त चौपट ! बजारमा जरीबुटी बेच्नेले उँभो गानु, उँधो गानु, गोला गानु, सोला गानु भनेर फलाकेभैंm आफुलाई तारन्तार उँधो गानु गएर उखपात ! दोस्रो जनआन्दोलन दबाएझैं दबाउन खोजें । आन्दोलनले झन् उग्ररूप लियो । उग्रवादीहरूले बमद्वारा राजमार्ग फोरेछैं मेरो भुँडी फुट्यो भने मेरा निहुँले छेउछाउका निर्दोष अमेरिकी जनता त मर्ने होइनन् ! आदि इत्यादि तर्कहरू मनको पर्दामा आउन थाले । हुन त अमेरिकामा मान्छेका छेउमा ‘ड्याउ’ गरेर ‘डकार्नु’ र ‘ख्वाक्क’ गरेर ‘खकार्नु’ लाईजस्तो पूर्ण बन्देज ‘उँधो गानुलाई नभएको पाइयो । यसलाई त्यहाँ ‘भ्वाँक्कात्मक’ र ‘फुस्सात्मक’ गरी दुई किसिमले वर्गीकरण गरेको पाइयो । मान्छेकै बीचमा पनि पहिलो किसिमको गानु जान पाउने प्रावधान रहेछ त्यहाँ । साहित्यमा जस्तो यसमा पनि उहिल्यै उत्तरआधुनिकता आइसकेको रहेछ । मानव स्वास्थ्यका निमित्त पनि यस किसिमको प्रक्रियालाई महत्त्वपूर्ण मानिदो रहेछ । तर ‘फुस्सात्मक’ चाहिं मानव अधिकारवादीद्वारा पूर्ण प्रतिबन्धित देखियो । हामी नेपालीहरूको परम्परित संस्कारमा भने ‘पहिलोबाट लाज र डर अनि दोस्रोबाट सबैको नासिकाद्वार बन्द गर’ भन्ने कुरा चलिआएको पाइन्छ । मलाई यही ‘उँधो गानु’ को बिमारले बेलाबेला निकै सकस पाथ्र्यो र अभरै परेपछि सुटुक्क रेस्टरुममा गएर निर्धक्क सो गानुलाई प्रजातान्त्रिक अधिकार दिएर आउँथें । त्यस प्रतीक्षालयमा आएर बसेका र सुतेका केही मान्छेको अवस्था हेर्दा पक्कै पनि तिनीहरू आफ्नो निजी डेरा नभएका मान्छे नै हुनुपर्छ । मेरा आम्ने साम्ने रहेको एउटा कुर्सीमा एउटी युवति मस्तसँग बसेर निदाइ रहेकी थिई झोलामा टाउको अड्याएर । ज्याकेट लगाउँदा पनि मलाई जाडाको अनुभूति भइरहेको थियो । त्यस युवतिका शरीरमा एउटा ब्रेसियर र एउटा कट्टु थियो जसले अत्यन्त शोभा प्रदान गरेको थियो तापनि मेरा नेपाली आँखा लजाउलान् जस्तो गरे, म अलिक पर्तिरको कुर्सीमा गएर बसें । सात समुद्र पारिको बिरानो मुलुक भएर होला मेरो कविता– धरोधर्म बूढो छु भन्ने भएन, गयो जीवनै बैंस जाँदै गएन ले पनि त्यहाँ मलाई केही प्रभाव पार्न सकेन । डलरका छेउमा नेपाली रूपयाँको मूल्य नभएजस्तै मैले आफ्नो यस कवितालाई मूल्यहीन पाएँ । म बसेदेखि दश फिटजति दाहिनेतिर एकजना काला जातिको हेमानको व्यक्ति आराम कुर्सीमा ढल्किएर निदाइरहेको थियो । बसेका र उभिएका व्यक्तिहरूमध्ये दुई, तीन जना खैरे पनि थिए, जसमध्ये एउटी महिला पनि थिई । त्यो महिला उमेरले त्यस्तै उन्नाइस, बीसकी हुँदी हो । ऊ एकएक घण्टामा सिगरेट तान्थी । अमेरिकामा १६ वर्षभन्दा कम उमेरका किशोर किशोरीहरूलाई ध्रुम्रपान गर्न अमेरिकी कानुनले बन्देज लगाएको रहेछ । त्यति मात्र होइन सो उमेरका कसैलाई चुरोट बेचेको पाएमा बेच्ने समेत सजायको भागी बन्ने कानुनले धुम्रपान सेवनलाई न्यूनीकरण गर्न ठूलो मद्दत गरेको रहेछ । यस्तो हुँदाहुँदै पनि त्यहाँका असी प्रतिशत महिला ध्रुम्रपानमा अभ्यस्त रहेको पाइयो । कुर्सीमा निदाइरहेको माथि उल्लिखित अमेरिकीका छेउछाउमा भएका सबै मान्छे बेलाबेला खित्का छोडेर हाँसेको सुनिन्थ्यो र देखिन्थ्यो पनि । त्यसप्रतिको उत्सुकताले मलाई पनि डो¥यायो त्यतैतिर छेउमा गएँ । त्यो मान्छे केही छिन बिसाउँदै घुर्दै गर्दोरहेछ । मजा लाग्यो म पनि हाँस्ने समूहको सदस्य बन्न पुगें ।

नेपालीको घुराइभन्दा नितान्त भिन्न घुराइ भएकाले वास्तवमा त्यो अमेरिकी घुराइ थियो । आफु घुरेको नसुने पनि अरुहरू घुरेको मनग्गे सुनेको छु मैले । तर आजसम्म मैले सुन्दै गरेको घुराइसँग त्यसले अलिकति पनि मेल खाएन । बरु त्यस घुराइले पैंतीस वर्ष अघि कीर्तिपुरमा बी.एड. अध्ययन गर्दाको स्मरण गरायो । त्यसबेला एकजना ब्रिटानी शिक्षकले पढाउँदा भनेका थिएँ, “जहिले पनि शिक्षण ‘सिम्पल टु कम्प्लेक्स’ हुनुपर्छ । यसो भयो भने मात्र यो सरल एवं सम्प्रेषणीय हुन्छ ।” त्यस अमेरिकीको घुराइमा पनि मैले ‘सिम्पल टु कम्प्लेक्स’ नै पाएँ । सारै घत लाग्यो । मनमनै भने, ‘मेरा लागि यो दत्तात्रेय हो – प्रयोगात्मक रूपमा पाठ सिकाउने एउटा असल गुरु’ । सरलताबाट जटिलतातिर गएको त्यसको घुराइलाई मैले तीन तहमा वर्गीकरण गरेर अध्ययन गरें, जस्तै— सरल→जटिल→जटिलतम । उक्त तीन तहमा क्रमशः चितुवा घुराइ→बाघ घुराइ→सिंह घुराइ पाएँ मैले । यो नाटकको सैद्धान्तिक पक्षसँग पनि मिल्यो –आरम्भ→विकास →चरमोत्कर्ष । ध्वनिको हिसाबमा पनि बिस्तारो→सारो →अझ सारो गरी सरलताबाट जटिलतातिरै गएको पाइन्थ्यो भने मात्रागत हिसाबमा पनि स्पष्टतः ह्रस्व→दीर्घ→प्लूत उद्भाषित हुन्थ्यो । त्यसैगरी घुराइलाई वर्गगत आधारमा पनि पहिचान गर्न सकिन्थ्यो निम्न वर्ग→मध्यम वर्ग→पूँजीपति वर्ग । त्यति मात्र होइन उसको सिंह घुराइबाट राष्ट्रपति बुसको उत्तरआधुनिक शक्तिप्रदर्शनको चरमोत्कर्षको अनुमान लगाउन पनि सकिन्थ्यो । त्यस व्यक्तिको घुराइबाट मैले अर्को एउटा ज्ञान पनि पाएँ । चरमोत्कर्षमा पुगेपछि घुराइ स्वतः बन्द हुनु र पुनः आरम्भकै अवस्थामा आउनु प्राकृतिक नियम रहेछ र यो कटुसत्य पनि । चरमोत्कर्षमा पुगेर तल झरेको उसको घुराइले अलिक पर्तिर सेतो घरमा बसेका बुसलाई चाँडै तल झर्ने कुराको सङ्केत गरिरहेको थियो ।

रमितेहरूमध्येको एकजना मान्छे निकै ठट्यौलो स्वभावको थियो । ऊ अत्यन्त फुर्तिलो देखिन्थ्यो । ऊ भिडियो क्यामराद्वारा चारैतिरबाट त्यो घुर्ने मान्छेको चित्र लिन व्यस्त थियो । उसले दर्शक एवं स्रोताका रूपमा रहेका हामी सबैलाई आफ्नो भिडियोमा कैद ग¥यो । भिडियो खिच्ने काम सकिएपछि मैले उसको परिचय लिएँ । ‘ऊ न्युयोर्क टाइम्स्’ को सम्बाददाता रहेछ । अमेरिकाको जाडो र गर्मीलाई पनि डलरकै भाउमा हेर्दा हुने रहेछ । मलाई जाडाले निकै आच्छु आच्छु पारेका अवस्थामा त्यहाँ बसेका अधिकांश अमेरिकी हिउँ खाएर उग्राइरहेका थिए । मैले बैङ्ककबाट अमेरिका उडेपछि पत्ता लगाएको कुरा के हो भने पश्चिमी मुलुकका मान्छेहरू हिउँ भनेपछि हुरुक्कै हुँदारहेछन् । उम्रेदेखि खुम्रेसम्मलाई हिउँ नभई नहुने रहेछ । यतिसम्म थाहा पाइयो कि कफी पनि उनीहरू चीसै खाँदा रहेछन् हिउँ हालेर । हाम्रो देशमा घण्टी बजाउँदै हिउँ बेचिहिंड्ने बिहारीझैं त्यहाँ पनि ट्रकमा अथवा ठेल्ने गाडीमा हिऊँ बेच्दै गाउँ सहर गर्ने प्रसस्त मान्छेहरू हुँदा रहेछन् । हिउँ किन्ने गाहाकी भएका ठाउँमा पुगेपछि तिनीहरूले एकप्रकारको, केटाकेटीलाई मनपर्ने, मीठो धुन बजाउँदा रहेछन् । त्यस्तो धुन कानमा पर्नेबित्तिकै मसिना बालकहरू एक डलर पाऊँ, एक डलर पाऊँ भन्दै आआफ्ना आमा बाबु र अभिभावकसँग डलर माग्दा रहेछन् । कुनै हालतमा पनि नदिएर धर नपाइने, दिनै पर्ने । नदिए उनीहरू रोइदिने । कुनै पुलिसले केटाकेटी रोएको थाहा पाए अभिभावक वा बाबुआमाले जरिमाना तिर्नुपर्ने, त्यो पनि न्यूनतम पचास डलर ! त्यसैले एक डलर सजिलै पाउँछन् केटाकेटीले हिउँ खान । केटाकेटीका निहुँमा घरपरिवारका प्रौढहरू पनि हातमा एक डलर लिएर बाहिर निस्कन्छन् हिउँ खान । अमेरिका पुगेपछि नेपाली पनि अमेरिकीजस्तै हुँदारहेछन् । मेरो नाति अभिषेक हिउँ भनेपछि हुरुक्क हुन्छ । हिउँ बिक्रेताको धुन सुन्नेबित्तिकै उसका हातमा एक डलर नहाले उखपात गरेर कोठै उच्चाल्न खोज्छ रोएर । घरमा दश डलर पर्ने हिउँको बट्टै किनेर राखिदिएको छ तर प्रत्येक दिन एक डलर दिनै पर्छ उसलाई । पुलिसको झमेला खप्नु र डाँड तिर्नुभन्दा दैनिक एक डलर पर सार्नै राम्रो । मेरो निम्न लिखित कवितांशले पनि यसको अलिकति पुष्टि गर्नसक्छ ः

‘न पाइन्छ छोरा र छोरी हकार्न, कडा रे’छ बन्देज स्वास्नी भकुर्न । त्यसैले प्रजातन्त्र एतै रहेछ भनी फर्कि आएँ म आफ्नै स्वदेश ।’

घुराइसम्बन्धी हास्यमेला उठ्नउठ्न लागेपछि म पुनः अघि आफु बसेकै ठाउँमा आएर बसें । प्रतीक्षालयको उपयोग र उपभोग गर्न बानी परेकाहरू बस्ने बित्तिकै ठाडै निदाउँदा रहेछन् आरामदायक ओछ्यानमा सुतेभन्दा मीठो निद्रामा । म आपूmचाहिं त्यो अवसरबाट बञ्चित थिएँ । निदाउन त परै जाओस् उङ्नसम्म पनि मेरो अधिकार र कर्तव्यभन्दा बाहिरको कुरो थियो त्यहाँ । क्याम्डेन र फिलाडेल्फियाका बस प्रतीक्षालयमा जस्तो छ्यास्छ्यास्ती झल्लाहरूको उपस्थिति त्यहाँ देखिएन तापनि मनको एक छेउमा डर अलेलि लुकेर बसेको थियो । म बसेको कुर्सीबाट अन्दाजी दस फुटजति पछाडि चारपाँच जना अमेरिकी कोरली र त्यति नै सङ्ख्यामा बहर, जवान र छक्कडहरू चटारिएको अवस्थामा थिए जुन कुरा अमेरिकीहरूका निम्ति सामान्य ठहर्छ । पुलिङ्गी जनावरहरूको हाउभाउ हेर्दा हान्ने राँगोभैंm देखिन्थ्यो र त्यहाँ प्रसस्त शङ्का, उपशङ्का गर्ने ठाउँ पनि थियो । त्यस प्रतीक्षालयमा ‘टाइम इज मनी’ भनेर त्यसको राम्रो सदुपयोग गर्नेहरूको संख्या पनि कम थिएन तुलनात्मक रूपमा । मेरा बुझाइमा असी प्रतिशत अमेरिकीहरूले समयको महŒवलाई राम्ररी बुझेर सदुपयोग गरेका छन् । त्यस देशका मानिसहरू कति अध्ययनशील रहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण पनि त्यही प्रतीक्षालयमा पाएँ मैले । एउटी स्पेनिस जस्तै लाग्ने गहुँगोरो वर्णकी अमेरिकी युवति राती १२ बजे म त्यहाँ पुग्दा पनि पढिरहेकी थिई र बिहान ६ बजे म त्यहाँबाट हिंड्दा पनि पढिरहेकी थिई । जहाँको तहीं बसेर एक इन्च पनि नहल्लिइकन घण्टौंसम्म पढ्न सक्नु मेरा लागि सारै ठूलो कुरो थियो । ऊ अत्यन्त गम्भीर देखिन्थी । बेलाबेला पुस्तकबाट केही कुरा टिपेर खातामा सार्दै गरेको पनि देखिन्थ्यो । छेवैमा बसेको मान्छेको सिंह घुराइमा अरुले खित्का छोडेका बेला त्यो पढन्ता मन्दमुस्कानमा हुन्थी । त्यसले उसको गहनतम अध्ययनमा यत्किञ्चित् पनि व्यवधान खडा भएजस्तो लागेन मलाई । नेपाली वा भारतीय विद्यार्थीले परीक्षाको अघिल्लो दिन मात्र यसरी पढ्छन्, किनभने तिनीहरू परीक्षामुखी हुन्छन् । तर अमेरिकीहरूको अध्ययनको मूल प्रयोजन ज्ञानआर्जन, योग्यता प्राप्ति हुँदोरहेछ त्यसैले उनीहरू आफ्नो विषयमा अत्यन्त दक्ष हुँदारहेछन् । आआफ्नो अध्ययनमा तल्लीन अरु दुईवटी युवति पनि थिए त्यहाँ । एउटी मेरो दायाँतिर बीचमा बसेकी थिई भने अर्की मेरो सीधा अगाडि भित्ताकै छेउको कुर्सीमा थिई । दाहिनेतिर बसेकी केटी ठ्याक्कै नेपालीजस्तै थिई –मङ्गोलियनमूलकी नेपालीजस्तै । उसका क्रियाकलापबाट ऊ कोरियाली र चिनियाँमा कुनै एक हुनुपर्छ । अन्दाजी सत्र, अठार वर्षभन्दा बढी उमेर नखाएकी सो युवति एक्लै थिई । तर ऊ नीडर र निर्धक्क देखिन्थी । एउटा सानो चकटीजस्तो वस्तुलाई कुर्सीमाथि ओछ्याएर पढ्न बसेकी सो महिला पालैपालो कहिले पद्मासनमा अनि कहिले वज्रासनमा हुन्थी । ध्यानमग्न भएर पढ्ने त्यस महिलालाईहेर्दा हाल चर्चाको शिखरमा पुगेका योगी रामदेवको प्रभाव त होइन ? जस्तो लाग्यो मलाई । यो कुरा स्वाभाविक पनि थियो; किनभने भर्जिनिया, मेरिल्यान्ड, न्युजर्सी, न्युयोर्क, वासिङ्गटन डी.सी. जस्ता ठाउँमा बस्ने अधिकांश नेपाली र भारतीयका साथै केही काला र गोरा अमेरिकीहरूले पनि आधुनिक पश्चिमी उपचार पद्धतिबाट वाक्क भई रामदेवको योगलाई अपनाउँदै गरेको कुरा सञ्चारमाध्यमबाट थाहा भएको थियो । भित्तामा सटाएर राखेको कुर्सीमा बसेकी युवति चाहिं गोरा जातिकै थिई । मेरा विचारमा ऊ अनुसन्धानमा संलग्न विद्यार्थी हुनुपर्छ; किनभने त्यस प्रतीक्षालयको भित्तामा रहेको बिजुलीको प्लकमा आफ्नो ‘ल्यापटप’ कम्प्युटर जोडेर धमाधम आफ्नो काम गरिरहेकी थिई । बेलाबेला उसले पुस्तकको सहयोग पनि लिने गर्थी । उसका कानमा सानो एयर फोन पनि थियो । यदाकदा कसैसँग कुरा गर्थी र त्यसलाई टाइप पनि गर्थी । सायद ऊ आफ्नो गाइडसँग परामर्श गर्थी र आफ्नो अनुसन्धानात्मक जिज्ञासाको समाधान प्राप्त गर्थी । त्यस प्रतीक्षालयमा मैले देखेका युवतित्रयका अध्ययन–अनुसन्धान सम्बन्धी क्रियाकलापबाट मैले के अनुभव गरें भने अमेरिकीहरू अत्यन्त अध्ययनशील भएकै कारण विज्ञान र प्रविधिको उत्कर्षमा पुगेका हुन् । यसबाट मैले मेरो तलको कवितामा यथार्थता मुखरित भएको पाएँ ः

‘त्यहाँ पढ्दछन् शास्त्रभित्रै डुबेर, कहाँ ज्ञान पाइन्छ पुस्तक सुँघेर । ठगी चीट संसार एतै रहेछ, भनी फर्किआएँ म आफ्नै स्वदेश ।’

अमेरिका विश्वकै धनी देश हो; विश्वका अधिकांश गरीव मुलुकलाई यसले सहयोग गरेको छ; अमेरिकीहरू पनि सबै धनी छन्; उनीहरूलाई सधैं दिइखान मात्र पुगेको छ भन्ने सोचाइले मेरो आँगनमा हुर्किएको नरिवलले जरा गाडेजस्तै जरा गाडेको थियो । तर एकाएक मेरा मनभित्रको रुखको जरालाई पश्चिमी हावाले हल्लाएझैं हल्लाइदिएको हुनाले ‘नमरी स्वर्ग देखिदैन’ भन्ने भनाइले चरितार्थ हुने मौका पायो ।

त्यहाँको रमझम र चहलपहलले भोक र थकाइलाई बिर्सिएकै बेला एकजना अमेरिकीले मेरा अगाडि आएर सोध्यो– ‘माफ गर्नोस्, तपाईं भारतीय हुनुहुन्छ !’

'अहँ, म भारतीय होइन’ ।

'त्यसोभए यहाँ कुन देशसँग सम्बन्धित हुनुहुन्छ त ?’

'म नेपाली हुँ । विश्वको सर्वोच्च शिखर ‘माउन्ट एभरेस्ट’ मेरै देशमा पर्छ’ ।

'यहाँ कहाँबाट आउनुभएको र कता जाँदै हुनुहुन्छ ?’

'न्युजर्सीबाट आएको, भर्जिनियाको उड्ब्रिज जाँदैछु’ ।

'त्यहाँ तपाईंको को छ ?’

'छोरी, ज्वाइँ र नातिहरू’ ।

'धेरैधेरै धन्यवाद, अनि यहाँको शुभनाम जान्न सक्छु ?’

'किन नसक्नु, मलाई पोखरेल के.पी. भन्छन्’ ।

मिस्टर पोखरेल, अब मेरो परिचय सुन्नुहोस् । मेरो नाम जोसेफ एल्डर हो । म पश्चिम भर्जिनियाको पिटर्सवर्ग भन्ने ठाउँमा बस्ने गर्छु । म आफ्नै कामका निम्त्ति डी.सी. आएको थिएँ, तर हिजो मेरो पैसा मात्र होइन मसँग भएको डेविड/क्रेडिट कार्ड समेत हरायो । म बेखर्ची भएँ । मलाई मेरो ठाउँसम्म पुग्न पचास डलर लाग्छ । कृपया मेरालागि तपाईं अलिकति सहयोग गर्न सक्नुहुन्छ ?’

त्यस खाइलाग्दो माग्नेको अन्तिम प्रश्नले मलाई निरुत्तर बनायो । विश्वको सर्वसम्पन्न देशको राजधानीमा पनि माग्ने ! यो प्रश्न मेरा निम्ति अष्टआश्चर्यभन्दा कम भएन ।

त्यो माग्ने हाम्रो छिमेकी देश भारतको विहारी जस्तो थियो । विहारीले अमेरिका पुगेर पनि माग्न छोडेका रहेनछन् जस्तो लाग्यो मनभित्र । म उहिल्यै सुनेको एउटा हाँस उठ्दो किस्साको स्मरण गर्न पुगें —

एकपटक अमेरिकी राष्ट्पतिले भारत भ्रमणको सिलसिलामा पटनाको कुनै उच्चस्तरीय होटलमा एक रात बिताएछन् । भोलिपल्ट प्रातः कालीन रमणीय दृश्य अवलोकन गर्ने क्रममा उनी पुगेछन् गङ्गा किनारमा । त्यहाँ उनले नितान्त अनौठो दृश्य देखेछन् र तीन छक्क परेछन् । बिहानको रमणीय एवं स्वास्थ्यप्रद वातावरणको अनुभव गर्न गएका राष्ट्रपतिलाई गङ्गा किनारैभरि हग्न बसेका बिहारीहरूको चर्तिकला देखेर झनक्क रीस उठेछ र मोवाइलबाट झपार्दै भनेछन् — ‘प्रधानमन्त्रीजी, तपाईंको देशका प्रत्येक मान्छेले एउटा राम्रो कला सिकेको रहेछ । बिहान बिहान पशु हुने र अरुबेला मान्छे हुने । कति राम्रो कला ! यसका लागि यहाँलाई धन्यवाद’ ।

अमेरिकी राष्ट्रपतिको कुरा सुनेर भारतीय प्रधानमन्त्री अवाक भएछन् र मनमनै भनेछन्, ‘लाखेस्’ ।

केही वर्षपछि भारतीय प्रधानमन्त्रीको पालो आएछ अमेरिका घुम्ने । पुरानो इख ताजै लिएर उनी अमेरिका पुगेछन् । पैंचो तिर्नु थियो, उनले पनि नदी किनारकै होटल रोजेछन् बस्न । भोलिपल्ट बिहानै भिडिओ क्यामरा सहित नदी किनार हेर्दै हिंडेछन् । उनका भाग्यले नभन्दै एकजना मान्छे हग्दै गरेको दृष्टिगोचर भएछ । उनका मनमा प्रतिशोधको भावना अत्यन्त प्रबल थियो त्यसैले केही विचारै नगरी भिडिओ क्यामराले फोटो लिई हतारहतार होटलमा फर्किएर राष्ट्रपतिलाई ‘इमरजेन्सी कल’ गरेछन् होटलमा आउन । ‘पाहुनालाई केही आपतबिपत परेछ क्यार’ भनेर ‘ह्वाइटहाउस’बाट तु. राष्ट्रपति त्यहाँ आइपुगेछन् । राष्ट्रपति आइपुग्नासाथ क्यामराको ‘सिन’ देखाउँदै प्रधान मन्त्रीले भनेछन्, ‘हेर्नुहोस् त यो केको चर्तिकला हो ?’

भि.डि.ओ.को सिन हेर्नुअधि अँध्यारो मुख लगाएका राष्ट्रपतिले हेरिसकेपछि खित्का छोडेर हाँसेछन् र भनेछन्, ‘अमेरिकामा आएर पनि आफ्नो संस्कृति नछाड्ने भारतीय राजदूतलाई धन्यवाद अनि त्यस देशको प्रधानमन्त्री तपाईंलाई पनि धन्यवाद ।’

राष्ट्रपतिका हातबाट थुत्त क्यामरा तानेर हेर्दा मात्र थाहा पाएछन् त्यो नदी किनारमा हग्ने आफ्नै देशको राजदूत बिहारीलाल महासेठ पो रहेछ ! अमेरीकाको एकसाताको भ्रमण छोट्याएर प्रधानमन्त्री भोलिपल्टै फर्किएछन् । यति नमीठो चोट अहिलेसम्म कुनै प्रधानमन्त्रीलाई परेको छैन रे ।

अँ माग्ने त्यो व्यक्ति बिहारी जस्तै थियो तर बिहारी नै हो भनेर ठोकुवा गर्न चाहिं मिलेन; किनभने अमेरिकामा अप्रमाणित कुरा बोल्न पाइदैन । बोल्यो भने मानहानीको मुद्दा लाग्नसक्छ । त्यसैले अमेरिकी पुलिसहरू यथातथ्य अनुसन्धान नगरी कसैलाई सोधपुछसम्म गर्दैनन् । अनुसन्धानपछि समातिएकालाई बरु यमराजले छोड्ला पुलिसले छोड्दैन । अमेरिकी पुलिसद्वारा समातिएको व्यक्ति कथं निर्दोष रहेछ भने समात्नेलाई मानहानीको मुद्दा लाग्छ र उसको जागिर सकिन्छ । अमेरिकामा अवैध आप्रवासीहरू धेरै रहनुको एउटा कारण यो पनि हो । उक्त मगन्तेलाई केही दिने र नदिनेको द्वन्द्वमा मुछिएकै बेला मेरो स्मृति मेरा पुराना दुई आत्मीय मित्रतिर दौडियो । त्यस मगन्तेको अनुहारको रङ्ग र मुखबाट आएको गन्धले शिक्षक चन्द्रशेखर बोसको स्मरण गरायो भने उसको बोलाइको ढङ्ग र मुखको गन्धले कवि एवं हास्यव्यङ्ग्यकार विष्णु ‘नवीन’ संझायो । यी दुवैजना पिएपछि अत्यन्त भावुक हुन्थे । चन्द्रशेखर पिएपछि गीता दर्शनकाबारेमा घन्टौ बोलिरहन सक्थे भने विष्णु ‘नवीन’ कवितामै कुरा गर्न मन पराउँथे । चन्द्रशेखरले पिउनका लागि मागेको मलाई थाहा छैन तर विष्णु ‘नवीन’ आफ्ना परिचित सबैसँग निर्धक्क माग्थे । झापाबाट इलाम जाँदैपिच्छे उनलाई पाँच रुपयाँ थमाउनै पथ्र्यो । नदिएर धरै नपाइने । ‘कोमलजी ?’ भनेर परैबाट बोलाएपछि रोकिएर गोजीमा हात हाल्न मेरो बानी परिसकेको थियो । उपर्युक्त दुवैजना मेरा सगोत्री हुन्— एकजना शिक्षक र एकजना कवि तथा हास्यव्यङ्ग्यकार । अहिले यस धर्तीमा उनीहरू नभए पनि स्मरण ताजै छ । त्यो मगन्ते चन्द्रशेखर जस्तै शिक्षक अथवा विष्णु ‘नवीन’ जस्तै कवि पनि हुन सक्छ । त्यसो हो भने मैले केही सहयोग गर्नैपर्छ, मैले अठोट गरें । उसलाई सोधें–

‘तपाईं शिक्षक हो ?’

‘होइन’ ।

‘साहित्यकार हो ?’

‘होइन’ ।

‘कवि हो त ?’

‘त्यो पनि होइन’ ।


‘त्यसो भए के हो त तपाईं ?’

‘म अर्थोक केही नभएर एउटा सामान्य मानिस मात्र हुँ’ ।

त्यस मगन्तेका उपर्युक्त उत्तरहरूबाट ऊ माग्ने पेसामा संलग्न व्यक्ति हो भन्ने कुराको अनुमान गर्न सकिन्थ्यो; तर जे भए पनि ऊ सामान्य माग्ने नभएर ‘वरिष्ठ’ माग्ने थियो मेरा निमित्त; किनभने ऊ चानचुने देशको माग्ने नभएर अमेरिकी माग्ने थियो ।

यहाँ मैले ‘वरिष्ठ’ शब्दको अनिष्ट अर्थ गर्न खोजेको किमार्थ होइन, किनभने नेपाली रुपैयाँका तुलनामा डलरलाई ‘वरिष्ठ’ भन्न सकिएझैं नेपाली माग्नेका तुलनामा त्यो अमेरिकी माग्ने पनि ‘वरिष्ठ’ माग्ने हो भन्न खोजिएको मात्र हो । यस प्रयोगमा जेजस्तो भए पनि हिजोआज हाम्रो देशमा ‘वरिष्ठ’ शब्दको अत्यधिक अवमूल्यन हुने गरेको छ । एफ.एम.हरूको प्रादुर्भावबाट स्वास्थ्य क्षेत्रमा यसको धेरै अवमूल्यन भएको पाइन्छ । भर्खरै एम.बी.बी.एस. गरेर आएको आलो काँचो व्यक्ति होस् या झोला विश्वविद्यालयबाट डी.एच.एम.एस. को डिग्री लिएको होस् फार्मेसीसँग सम्पर्क गरेर एफ.एम. मा विज्ञापन पठाउने वित्तिकै ‘वरिष्ठ’ डक्टरको उपाधि पाउँछ, विशेषज्ञको उपाधि पाउँछ अनि अर्थोक पनि धेरै पाउँछ लाटा सोझा मान्छे भुल्याउने । यसबाहेक साउन भदौको खहरेझैं उर्लने तथाकथित कवि र साहित्यकारहरू पनि यस विशेषणका भोका हुन्छन् । साहित्य गोष्ठीहरूमा उनीहरूलाई यो विशेषण लगाउनै पर्छ नत्र पछि आफैंलाई धोका हुन्छ । त्यसैगरी अन्य सभा समारोहमा पनि ठुटे राजनीति गर्नेलाई, ठुटे नेतालाई, गेसपेपर पढाउने शिक्षक र लेक्चररलाई उनीहरूको नामको अगाडि ‘वरिष्ठ’, यो विशेषण लगाउनै पर्छ । ठुटे पण्डितलाई ‘वरिष्ठ विद्वान्’ भन्नै पर्छ । शास्त्रीसम्म पास नगरेको टपर्टुयाँ छ भने पनि होसियारपूर्वक उसका नामका अगाडि ‘आचार्य’ लगाउनै पर्छ, नत्र गोमन भएर डस्न सक्छ उसले । यसबाहेक पाँचपटकसम्म फेल भएको विद्यार्थीलाई त ‘वरिष्ठ’ मात्र होइन त्यसका पछि ‘होनहार’ ‘कर्णधार’ जस्ता धेरै विशेषण थप्न जान्नुपर्छ उद्घोषकले । अँ भोलि ढुङ्गामुडा खाने विचार भए ती विशेषणहरू नलगाई बोले पनि हुन्छ । हुँदाहुँदा अव त चारवटी स्वास्नी ल्याउनेलाई ‘वरिष्ठ पोइ’ र आफ्ना घरकालाई थपना राखेर अन्यत्र खेलोफड्को गर्नेलाई ‘वरिष्ठ जोई’ भन्नुपर्ने स्थिति आएको छ । यस्ता उदाहरण धेरै छन् । यहाँ लेखाजोखा गरेर साध्य छैन ।

भावातीत ध्यानी भएर मैले सोचें, त्यस माग्नेलाई केही न केही त दिनैपर्छ । ‘मौका आउँछ पर्खदैन त्यसमा चुक्ने महामुर्ख हो’ भन्ने कविताले पनि केही उत्प्रेरणा दियो । मजस्तो सामान्य मान्छेले वासिङ्गटन डी.सी.जस्तो ठाउँमा अमेरिकी मगन्तेलाई केही दिनु साधारण कुरा थिएन । मेरा लागि मात्र नभएर नेपालकै लागि यो गौरवको कुरा थियो । पूँजीपतिले सर्वहारासँग माग्नु, कृष्णजस्ताले सुदामासँग माग्नु, टाटा बिडलाले बनारसको गल्लीमा भीख माग्दै हिड्नेसँग माग्नु र त्यस व्यक्तिले मसँग माग्नु उस्तैउस्तै थियो मेरा लागि । मैले आफैंलाई भने, ‘तेरो देश, जनता र तँ स्वयं पनि सधैं उत्तानो हात पारेर माग्ने काममात्र कति गर्छौ ? कहिले काहिं घोप्टो हात पारेर दिन पनि त जान्नुपर्छ । दे अलिकति भएपनि, देश र जनताको प्रतिनिधित्व गर’ ।

वास्तवमा वर्षौंदेखि उत्तानो हातमा अभ्यस्त मेरो देश अशक्त मानसिकता बोकेको माग्नेझैं निर्निमेष बिदेश र बिदेशीतिर दुवै हात पसारेर लम्पसार थियो । जनताहरू विभिन्न चराचुरुङ्गी र जनावरहरूका स्वरमा ‘मधेस मलाई, पहाड मलाई, हिमाल मलाई, लिम्बुआन मलाई, खम्बुआन मलाई, जात मलाई, भात मलाई, भाषा मलाई, कुर्सी मलाई, बुर्कुसी मलाई, सातु मलाई, सत्ता मलाई’, भनेर आफ्नै देशभित्र आफैंले आफैंसँग मागिरहेको अवस्थामा मैले घोप्टो हात पारेर दिने कामको थालनी गरी यस माग्ने महारोगको थोरै भएपनि उपचार गर्नैपर्छ भनी गोजीबाट एक डलर झिकी त्यस माग्नेलाई थमाएँ । मलाई लाग्यो अमेरिकाले दिने एक वर्षको नेपाली सत्तरी करोड ऋणमध्ये रु ०.००००१% (प्रतिशत) ऋण नेपालीका टाउकाबाट घट्यो । मैले यो कुरा यहाँ उल्लेख गर्नु वर्तमान अमेरिकी राष्ट्रपतिका लागि समेत एउटा ठूलो हाँक हो ।

हलौइन पर्व, पाकेको फर्सी, चकलेट देउसी[सम्पादन]

हलौइन पर्व अमेरिकाको एउटा महत्त्वपूर्ण राष्ट्रिय पर्व हो । महादेशभरि नै यसलाई धूमधामका साथ मनाइन्छ । यसको सुरुवात कहाँ, कहिले र कसरी भएको थियो भन्ने कुरा किंवदन्ती र लोककथामा आधारित छ । भनिन्छ यस सांस्कृतिक पर्वको प्रारम्भ सयौं वर्ष पहिले युरोपको कुनै एउटा गाउँमा भएको थियो । लोककथाअनुसार त्यहाँका गाउँलेहरू भूत, प्रेत, बोक्सी, डाइनीमा विश्वास गर्थे । उनीहरूले एक रात गाउँमा भूत पसेको विश्वास गरे । भूतप्रेतको असर ससाना नानीहरूमा बढी पर्छस त्यसले तर्सायो भने नानीहरू बिरामी पर्छन् भन्ने कुराले गाउँलेहरूका मनमस्तिष्कमा जरा गाडिसकेको थियो । भूतलाई खुसी पार्नुबाहेक उनीहरूसँग अन्य विकल्प थिएन । मध्य रातमा सबै गाउँले एक ठाउँमा भेला भए र भूत खुसी पार्ने उपाय निकाले । त्यसबेला उनीहरूसँग पाकेको फर्सी र नानीहरूले खाने मिठाइबाहेक केही थिएन । उनीहरूले फर्सी खोलेर भूतको आकृति बनाए, त्यसभित्र बत्ती बाले र नानीहरूले खाने मिठाइ पनि भूतलाई अर्पण गरे । हिजोआज हाम्रा गाउँघरमा भूत, प्रेत, बोक्सी मन्छाउन गरिने कार्यजस्तै थियो त्यो कार्य । हाम्रो भाषामा भन्ने हो भने उनीहरूले मध्यरातमा भूत मन्छाए र सुते । गाउँलेहरूको आतिथ्य देखेर भूत ज्यादै खुसी भयोस फेरि कहिल्यै आएन त्यस गाउँमा । त्यसरी त्यहाँका ससाना नानीहरू सदासदाका लागि सुरक्षित भए । त्यो रात ३१ अक्टुवरको रात थियो । भूतप्रेतबाट छुटकारा पाएको संझनामा प्रत्येक वर्ष ३१ अक्टोवरमा युरोप र अमेरिकाभरि ‘हलौइन’ पर्व मनाउने परम्परा बस्यो र आजसम्म आइपुग्दा यो अपरिहार्य सांस्कृतिक पर्व बनिसकेको छ ।
हिजोआज अमेरिकाका अधिकांश मानिसहरू भूतप्रेतमा विश्वास गर्दैनन्, तर उनीहरूले लोकसंस्कृति र लोकपरंपरा के हो भन्ने कुरा राम्ररी बुझेका छन् । लोकसंस्कृतिको जगेर्ना गर्न उनीहरू कटिबद्ध भएर लागेका पाइन्छन् । ‘हालौइन’ पर्व अमेरिकालीहरूका लागि मनोरञ्जनको महत्त्वपूर्ण साधन बनेको छ । हाँस उठ्दो पोसाक तथा भूतप्रेत, राक्षस आदिको आकृतिमा बनाइएको मुकुन्डो लगाएर मनोरञ्जन गर्न अमेरिकालीहरू औधी मन पराउँछन् ।
मूलतः ‘हलौइन’ ससाना केटाकेटी र सात कक्षासम्म पढ्ने विद्यार्थीको पर्व हो । हाम्रो भाषामा भन्नुपर्दा केटाकेटीहरूलाई ‘गाईजात्रे पोसाक’ र ‘मुकुण्डो’ आवश्यक हुन्छ मनोरञ्जनका निमित्त । इच्छा हुनेहरूले सो पोसाक लगाउँछन् तर लाउँनै पर्छ भन्ने छैंन । ३१ अक्टुवर आउनुभन्दा एक, डेढ महिना अघिदेखि नै ‘मल’, ‘साम्स् क्लब’, ‘पिबल्स्’ जस्ता व्यापारिक केन्द्रहरूमा ‘हलौइन’सँग सम्बन्धित विभिन्न प्रकारका सामग्रीहरू, जस्तै – पोसाक, मुकुन्डो, फर्सी, चकलेट, फलपूmल आदि बिक्रीका निमित्त सजिएका पाइन्छन् । चकलेट र फर्सीको बिक्री अत्यधिक रूपमा भएको पाइन्छ । त्यहाँ पाकेको फर्सी बिकेको देख्ता छक्क मात्र होइन तीन छक्कै लाग्न सक्छ । सपना हो कि बिपना हो भनेर छुट्याउन हम्मेहम्मे पर्छ । मेरा विचारमा सायद पचहत्तर प्रतिशत फर्सीको भण्डार रित्तिन्छ होला ‘हलौइन’ मा । खानका लागि होइन मनोरञ्जनका लागि किनिन्छ फर्सी । ‘हलौइन’ मनाउनेमा प्रतिपरिवार न्यूनतम एक फर्सी र कक्षा सातसम्म पढ्ने विद्यार्थीहरूमा प्रतिविद्यार्थी एक दाना फर्सीका दरले बिक्दा अमेरिकाभरि कति फर्सी बिक्री होला १
‘हलौइन’ भन्दा छ, सात दिनअघि किनेको फर्सी छिनाले खोलिन्छ र भूतप्रेतको आकृति तयार गरिन्छ । परिवारका लागि ल्याइएको फर्सीमा आकृति बनाउने काम घरमा हुन्छ भने विद्यार्थीहरू फर्सी बोकेर विद्यालय जान्छन् र विद्यालयमै आकृति बनाउन सिक्छन् । आकृति बनाउने कलाको मूल्याङ्कन हुन्छ । त्यसपछि सम्बन्धित विद्यार्थीलाई नै फिर्ता दिइन्छ आकृति । ‘हलौइन’को रातमा यसको प्रयोग हुन्छ । फर्सीभित्र मम बत्ती बालेर अँध्यारामा राखिन्छ । अलिक परबाट हेर्दा देखिने दृश्यले प्रसस्त मनोरञ्जन प्रदान गर्दछ । ठ्याक्कै भूत जस्तो देखिने यो दृश्य हेर्न अत्यन्त उत्सुक हुन्छन् अमेरिकालीहरू । मनमा जे चितायो त्यही देखिने त्यस दृश्यलाई मनचिन्ते दृश्य पनि भन्न सकिन्छ । फर्सीको आकृतिभित्र बालिएको त्यो बत्ती एक प्रकारको लालटिनजस्तै होस त्यसैले अंग्रेजीमा त्यसलाई ‘ज्याकओ’ ल्यान्टर्न’ भनिन्छ । घरघरमा, डेराडेरामा, कतै बाहिर पनि ‘ज्याक ओ ल्यान्टर्न’ बालेर झिलिमिली पारेको देख्ता आपूmलाई पनि ‘देउसिरी राम’ भन्दै हिड्न मनलागेर आउनु स्वभाविकै हो । अर्को कुरा त्यसरी फर्सीको उपयोग अत्यधिक रूपमा भएको देखेर एउटा फर्सी पचास डलरसम्ममा बिक्नु त्यति ठूलो कुरा होइन रहेछ भन्ने पनि अनुभव भयो ।
अत्यधिक हास्यमय वातावरणमा ख्यालठट्टा समेत गरी मनोरञ्जन प्राप्त गर्नु यस पर्वको एउटा महत्त्वपूर्ण पक्ष हो । यस पर्वमा भाग लिने प्रमुख पात्र भनेका ससाना नानीहरू नै हुन् । उनीहरू आफूसमानका साथीभाइसँग हाँसखेल र ख्यालठट्टा नगरेर निकै बूढापाकासँग मात्र गर्न रुचाउँछन् । सम्बन्धित अभिभावकहरूले आआफ्ना नानीहरूलाई यस्तै सुझाव दिंदा रहेछन् । वास्तवमा बूढापाका बुझक्कड मात्र होइन सहनशील पनि हुन्छन् । उनीहरूले सांस्कृतिक पर्वको महत्त्व बुझेका हुन्छन् र नानीहरूको ख्याल ठट्टालाई सामान्य संझन्छन्, झगडा हुँदैनस तर भर्खरका आलाकाँचासँग ख्यालठट्टा गर्नु खतरनाक पनि हुनसक्छ । त्यसैकारणले होला अधिकांश युवतीहरू मरिहत्ते गरेर प्रौढसँग इस्क गर्न र लोखर्के घरजम गर्न रुचाउँछन् त्यहाँ । अनुभवी, भुक्तभोगी, परिपक्व व्यक्तिको कदर गर्न जान्ने अमेरिकाली युवतिहरूलाई नेपाली प्रौढहरूका तर्फबाट मुरीमुरी धन्यवाद दिन सके दिनेलाई पनि फलिफाप नै होला ।
विविध कारणबाट ‘हलौइन’ पर्वमा हाँसखेल र ख्यालठट्टा गर्न हिंड्ने उपयुक्त समय दिउँसो भए पनि केटाकेटीहरू राती हिंड्न रुचाउँछन्स किनभने सिंगारपेटार, रङ्गीचङ्गी पोसाक र मुकुन्डाहरू बिजुलीको उज्यालामा चम्किएर अधिकतम मनोरञ्जनात्मक देखिंदा रहेछन् । दिउँसो हिंड्नुपर्छ भन्ने अभिभावकको सुझाव यसमा चैं लागूभएको पाइएन ।
उत्साह र उमङ्गका साथ आएको ‘हलौइन २००६’ ले मेरो घर संझने बिमार ९होमसिक० लाई न्यूनीकरणतर्फ धकेली रहेको थियो । ‘जेफर्सन’ मार्गसँग जोडिएको १४३०२ को टाँचा लागेको विशाल आवासीय भवनको कोठा ११०८ मा एकवर्ष अघिदेखि बस्तै आएका ज्वाइँ–छोरी र दुई नातिका साथमा बसेर सामान्य रूपमैं भए पनि ‘हलौइन’सँग आत्मीयता गाँस्न अत्यन्त उत्सुक थिएँ म । अभिषेकको हजुर बा बन्ने सौभाग्य पाएका कारणबाट म त्यो पालातभूमि टेक्न पुगें । ‘हलौइन’सँग साठी वर्षे प्रेम साट्न पाउनुमा पनि नाति अभिषेककै ठूलो हात छ । ऊ नजिकैको मोरोस्को हिल इलिमेन्टरी स्कूलको विद्यार्थी हो । ऊ के।जी। मा अध्ययनरत छ । प्रत्येक दिन विद्यालयबाट आउँदा उसले झोलामा केही न केही ल्याएको हुन्छ । ‘हलौइन’ पर्वभन्दा सातदिन अगाडि नै स्कूलले ‘हलौइन’का बारेमा सामान्य जानकारी पठाएको थियो । पत्रमा स्कूलले ‘हलौइन’को सांस्कृतिक महत्त्व, यो कसरी मनाइन्छ र यसका निमित्त केके आवश्यक पर्छ भन्ने कुरा स्पष्टसँग उल्लेख गरेको थियो । त्यसबाट थाहा लाग्यो ‘हलौइन’का लागि तीनवटा चीजको व्यवस्था गर्नुपर्ने रहेछ अभिभावकले — पोसाक, मुकुन्डो र फर्सी । यी तीन चीजमा पनि सबभन्दा महत्त्वपूर्ण फर्सी नै हो । सांस्कृतिक चाड, पर्व स्वेच्छाले मानिने भएकाले उपर्युक्त चीजहरू किन्नै पर्ने बाध्यता भने थिएन तर सबैले किनिदिंदा रहेछन् आफ्ना बालबच्चाका खुसीका लागि । त्यो हाम्रो आफ्नो संस्कृति नभएर अर्काको संस्कृति भएता पनि आफ्नै जस्तो हुँदोरहेछ । अमेरिकाली पर्यटकहरू नेपाल आएका बेला च्याब्रुङ् नाचमा उफ्री उफ्री नाच्छन् । हाम्रा लागि ‘हलौइन’ त्यस्तै भयोस अभिषेकले पनि अरु अमेरिकाली सरह सबै सामान पायो अभिभावकबाट ।
३१ अक्टुवरका दिन बिहानै उठेर अभिषेकले भन्यो, “बुबा, आज हामीलाई ‘हलौइन’ कार्यक्रममा स्कूलले पोटोम्याक नदी किनारमा लान्छ । तपाईं पनि आउनू ल त्यहाँ १ तपाईं आउनुभयो भने म पनि प्रोग्राममा मुकुन्डो लगाएर नाच्छु ।” “ल बाबा ल म आउँला भन्दै उसलाई धन्यवाद दिएँ । म अमेरिका पुगेकै दिन ‘भानु जयन्ती’ समारोहमा भाग लिन त्यसै ठाउँमा पुगेको थिएँ । अत्यन्त रमणीय स्थानमा फेरि पनि जाने मौका परेकाले र ‘हलौइन’लाई नजिकैबाट हेर्न पाइने भएकाले झन्नै बर्सीका बुटा नाघ्ने अवस्थामा पुगेको थिएँ म, तर गाडीको असुविधाका कारण नातिसँग सामेल हुन सकिन र ज्यादै दुःखित पनि बने । सधैंझैं बिहान ८।३० मा स्कूल बस आइपुग्ने हुनाले ८।१५ मा नै त्यस आवासीय भवनका विभिन्न एपार्टमेन्टमा बस्ने अभिभावकसँग सम्बन्धित केटाकेटीहरू भुरुरुरु निस्किन थाले । एकै छिनमा अगाडिको पटांगिनी भरियो । यो देख्ता मैले झलझली सम्झें – इलामको चोकबजारमा मारवाडीले प्रत्येक दिन धान, मकै आदि खाद्यान्न छर्दा वरिपरिका घरहरूमा बसेका माईथानका परेवाहरू चारो खान आउँथे र चोकबजार परेवाहरूको विशाल पोखरीमा परिणत हुन्थ्यो । चारो खाइसकेपछि परेवाहरू उडेर चोकबजारलाई रित्तो पारेझैं बस आइपुग्नासाथ पटाङ्गिनीलाई निस्तब्ध बनाएर विद्यार्थीहरू बसको मुखभित्र पसे । ती विद्यार्थीमध्ये अभिषेकले मात्र नेपालीको प्रतिनिधित्व गरेको थियो । त्यस स्कूल बसमा चढ्ने सबैले विभिन्न किसिमका मनोरञ्जनात्मक पोसाक लगाएका थिए । भर्खरै मात्र स्कूल जान थालेको भए पनि अभिषेक उसका कक्षाका साथीहरूँग राम्ररी नै घुलमिल भइसकेको थियो । किनभने ऊ अमेरिकी लवजमै अंग्रेजी बोल्न सक्थ्यो । बालकले उपयुक्त वातावरण पायो भने सजिलै जुनसुकै भाषा पनि सिक्न सक्ने रहेछ । त्यही आवासीय भवनको छिमेकी एपार्टमेन्टमा बस्ने एउटी काला जातिकी बालिका र अलिक पर्तिरको कोठामा बस्ने स्पेनिस भाषी बालिका बेलाबखत ठट्याक–ठुटुक गर्दा रहेछन् अभिषेकको विषयलाई लिएर । एउटी भन्दिरहिछे– ‘अभिषेक मेरो केटो साथी हो’ । अर्की झन् रिसाएर भन्दिरहिछे, ‘तेरो होइन मेरो हो’ । कोहीबेला त कुटाकुट नै पर्दो रहेछ । अभिषेक त्यसबेला ६ वर्ष लागेको मात्र थियो भने ती केटी त्यस्तै सात, साढे सातका हुँदाहुन् । मलाई त्यस बालसुलभ खेलले सानासाना कक्षामा पढ्ने नानीहरूले मध्यान्तरमा बेहुलाबेहुली भएर खेलेको संझना भयो । यसलाई विपरीत लिङ्गीप्रतिको सत्वगुणीय आकर्षण भन्न सकिन्छ । फ्राइडले यसलाई एक प्रकारको यौनतृप्ति हो भनेका छन् तापनि मेरो विचारमा यो एउटा बाललीला हुनुका साथै साना नानीहरूले खेल्ने अकिल्विष खेल होस तर अमेरिकामा १४÷१५ वर्ष पुग्दा पनि विपरीत लिङ्गीलाई साथ लिएर छोरीहरू हिडेनन् अथवा घरमा केटो साथी लिएर आएनन् भने बाबुआमा वा अभिभावकहरू छोरीको केही कमजोरी पो छ कि भनी सम्बन्धित डाक्टरको सल्लाह लिन पुग्दारहेछन् ।
‘हलौइन’ समारोहमा भाग लिएर सदाभैंm अभिषेक आइपुग्यो । छोरी कृष्णा पनि आफ्नो नानी जिम्मा लिन अघि त्यहाँ पुगिसकेकी थिइनस किनभने बस चालकले सम्बन्धित अभिभावकलाई विद्यार्थी जिम्मा दिन पाएन भने विद्यार्थीलाई पुनः स्कूलमै लिएर जान्छ । अब अभिभावक स्कूलमै पुग्नुपर्छ आफ्नो नानी बुझ्न । नियम कडा भएको हुनाले कोही चुक्दैनन् त्यहाँ । नातिलाई लिएर दुई तला माथिको कोठामा छोरी आइपुगिन् । नाति झोला राखेर तल ओर्लियो । मैले उसको झोला खोदलें । स्कूलले दिएको कागजमा त्यस दिनको कार्यक्रममा केके भयो भन्ने कुरा लेखिएको रहेछ । नृत्य, गायन, खेलकुद र हास्यव्यङ्ग्यका कार्यक्रमहरू भएछन् । उक्त कार्यक्रममा प्रथम, द्वितीय, तृतीय हुने र पोसाकमा प्रथम, द्वितीय, तृतीय हुने छात्रछात्राहरूलाई स्कूल सुपरिटेन्डेन्ट ‘डा। स्टेभेन एल। वाल्ट्स्’ ले पुरस्कार वितरण गरेछन् ।
यसरी ३१ अक्टुवरका दिन अमेरिका महादेश र युरोपभरि भव्यताका साथ मनाइने ‘हलौइन’ पर्वलाई दृष्टिगत गर्दा उपर्युक्त देशहरूमा लोक संस्कृतिको महत्त्व कत्तिको रहेछ भन्ने कुरो मैले थाहा पाएँ । ‘अमेरिकी लोकसंस्कृतिबारे आफ्नो सोच’ नामक पुस्तकको पृष्ठ १९३ मा कर्ण शाक्य लेख्छन्, “होटेल स्टाफहरूले हरेक रात आगो बालेर क्याम्पफायर गरी परम्परागत शैलीका अमेरिकी लोकगीत गाएर पाहुनालाई रिझाउँछन् । अमेरिकाजस्तो अति आधुनिक देशमा पनि संस्कृतिलाई संरक्षण गर्दै पर्यटन उद्योग चलाएको देखेर नेपालजस्तो साँस्कृतिक सम्पदाले धनी मुलुकमा ‘कल्चरल टुरिजम’को संभावनाबारे मैले त्यसबेला अनुभव गरें ।”
दिनभरि कार्यक्रममा सामेल भएको हुनाले नाति निकै गलेको छ जस्तो लागेको थियो मलाई । तर ससाना नानीहरूमा यो कुरा लागु हुँदोरहेनछ । ५।३० सम्म त ऊ तल खेलमै व्यस्त थियो । त्यसपछि सरासर माथि आयो र हतारहतार खाजा खाएर मुकुन्डो बोकी पुनः तल पटाङ्गिनीमा झर्यो । त्यसबेला बेलुकाको छ बजिसकेको थियो । त्यस आवास गृहमा बस्ने ६ देखि १० वर्षसम्मका बालबालिकाहरू एकएक गर्दै पटाङ्गिनीमा भेला भए । प्रत्येकका हातमा एउटा मुकुन्डो र एउटा प्लास्टिकको झोला थियो । ५/५ जनाको समूहमा बाडिए ती सबै खाले नानीहरू । नाति अभिषेक एउटा समूहमा सम्मिलित भयो । अरुजस्तै ऊ पनि अत्यन्त उत्सुक थियो र अत्यन्त प्रफुल्लित पनि ।
तिहारको अवसरमा देउसी भैलो खेल्दै घरघर हिंडेर नेपाली बालबालिकाहरूले आफ्नो संस्कृतिलाई उत्कर्षमा पुर्याएझैं अमेरिकामा पनि बालबालिकाहरूले नै ‘हलौइन’ पर्वको महत्त्वलाई उचाइमा पुर्याउँदा रहेछन् भन्ने कुरा केही छिनमै प्रमाणित भएको पाएँ मैले । प्रत्येक १५ मिनेटमा टोलीका टोली बालबालिका भट्याउँदै आउन थाले हामी बसेको एपार्टमेन्टमा । १०/११ बजे सम्ममा त्यस्तै १२/१५ टोली आए होला । त्यस आवासीय भवनबाहेक अन्यत्रका टोली पनि त्यहाँ आए भने त्यहाँका टोली पनि अन्यत्र गए होलान् । हाम्रो देउसी भैलोमा भट्याउने एकजना हुन्छ भने टोलीका अरु सबैले ‘देउसिरे’ वा ‘भैलीराम’ भन्छन्स तर यस ‘हलौइन’ पर्वमा टोलीका सबैले भट्याउँछन् । एकै स्वरमा सबैले यसो भन्छन् :
Trick or Treat (ट्रिक अर् ट्रिट)
Trick or Treat, (ट्रिक अर् ट्रिट)
Smell my feet (स्मेल् माइ फीट्)
Give me Something (गिभ् मि समथिङ्)
Good to Eat (गुड् टु इट्)
यसरी भट्याएर झोला थापेपछि घर वा डेराका मुलीले यथाशक्ति चकलेट प्रत्येकका झोलामा हालिदिनुपर्छ । कम्तीमा एकएक मुठी र बढीमा एकएक अँजुली चकलेट दिंदारहेछन् । सामान्य चकलेटदेखि लिएर एकदम महँगो चकलेट पनि दिने गरिंदोरहेछ आ–आफ्नो गच्छेअनुसार । हाम्रो नेपालको देउसीमा पैसा, चामल, रोटीजस्ता कुराहरू दिने गरिन्छ भने ‘हलौइन’मा चकलेट मात्र दिइन्छ । बेलुका १० बजेसम्म डुलेर आउँदा ६/७ के।जी। चकलेट लिएर आएको थियो अभिषेकले । महिनौंसम्म पुग्यो त्यस चकलेटले उसलाई ।
राती १०/११ बजेसम्म पनि भट्याउँदै बालबालिकाहरू घुमेको देख्ता म आफ्नो बाल्यावस्थाको पवित्र स्मृति–गण्डकीमा स्नान गर्न पुगें । आफू आठ, नौ वर्षको छँदा जन्मघर इलाम तोरीबारीमा दिउँसो र रातभरि साथी भाइसँग देउसी खेल्थें म । मेरै उमेरका र मसँग मिल्ने केटाहरूका साथमा हाम्रो देउसी सुरु हुन्थ्यो । पहिले छर छिमेक, त्यसपछि गाउँ अनि पुवा खोला पारि वाफ्रुङ्, साखेजुङ्सम्म पुगेर देउसी खेल्थ्यौं हामी । देउसी खेल्ने प्रमुख उद्देश्य मनोरञ्जन नै हुन्थ्यो तापनि बालकपनले गर्दा होला पैसा र चामलमा अलेलि लोभ ता हुन्थ्यो नै । औंसी, परेवाको अन्धकारमय रातमा कतै लालटिन बालेर, कतै पुल्ठो बालेर अनि कतै अंध्यारैमा पनि निर्धक्क हिंड्ने गथ्र्यौं । अरुबेला राती बाहिर निस्किन डरलागे पनि तिहारमा डर कता भाग्थ्यो कता । त्यसबेलाको उत्साह, त्यसबेलाको उमङ्गलाई अहिले लेखाजोखा गर्न सकिदैन । अहा क्या मजा आउँथ्यो रातभरि – ‘लड्दै पड्दै – देउसीरे’, ‘ए घुँडा टेक्दै — देउसीरे’, ‘ए आएका हामी – देउसीरे’ भन्दै हिंड्दा ।
अमेरिकामा मनाइने ‘हलौइन’ पर्वलाई दृष्टिगत गर्दा मैले के पाएँ भने यस पर्वले नेपालका केही सांस्कृतिक पर्वहरूको झझल्को दिंदो रहेछ । एकातिरबाट हेर्दा यो हाम्रो दीपावली जस्तो देखिन्छ भने अर्कातिरबाट हेर्दा यो लाखेनाच र गाईजात्राजस्तो पनि लाग्छ । राति ‘ट्रिक अर् ट्रिटिङ’ मा सामेल भएर ससाना बालबालिकाहरू हिडेको देख्ता त देउसी, भैलोको बीचमै छु जस्तो लाग्छ । अलिक उत्ताउला खालका केटाकेटीहरू राती अर्काको बिगार गर्दै, अरुलाई मनपरि भन्दै पनि हिंड्दा रहेछन् । यसले तिजपछिको चौथीको पनि कताकता संझना गराउँछ । यसरी दृष्टिगत गर्दा नेपालका केही सांस्कृतिक पर्वहरूको कूलयोग जस्तो रहेछ ‘हलौइन’ पर्व

एस² आतङ्क र अमेरिकी प्रशासनको असफलता[सम्पादन]

बेलाबखत गफका क्रममा अमेरिकाको कुरा उठ्दा मेरा एकजना साथी भन्नेगर्थे, ‘वास्तवमा स्वच्छतासँग लुकामारी खेल्न रमाउनेले एकपटक अमेरिका पुग्नैपर्छ ।’ उनको यस किसिमको भनाइ सुनेर म ट्वाल्ल पर्थें र तन्द्रामा भएपनि अमेरिका पुगेर रमाउन कोसिस गर्थें । यसरी आफू कुनै दिन सँगुलै त्यहाँ पुग्छुहोला भन्ने दश मनमा एकमन पनि थिएन । तर “लेखला भावी मेटलाको आफ्नो आफ्नो लहना हो” भनझैं जुलाई १६, २००६ का दिन स्थानीय समय अनुसार दिउँसो १२ बजे मैले अमेरिकाको भर्जिनिया राज्यमा पाइला टेकें । महाभारतका युधिष्ठिर र म झन्नै उस्तै भयौं । फरक यत्ति छ उनी सँगुलै स्वर्ग पुगेका थिए भने म यही जिऊ लिएर पाताल पुगें ।
अमेरिका स्वच्छताकै महादेश रहेछस मैले पत्याएँ । मेरा साथीले ब्लफमै गफ गरेको भए पनि ठ्याक्कै मिल्यो । अपवादका रूपमा अफ्रिकी मूलका काला अमेरिकालीहरूको बस्ती, घर, डेरा आदि र त्यसको छेउछाउलाई छोडेर समग्र अमेरिकालाई ‘स्वच्छताकी रानी’ भन्न सकिन्छ । यो देश यसरी स्वच्छ रहनुका अनेक कारण हुनसक्छन्, तर मैले व्यक्तिगत रूपमा ठहर्याएको प्रमुख कारण भनेको ‘जीएच्’ को पलायन नै हो । भुटानबाट जबर्जस्ती लखेटिएका नेपालीझैं अमेरिकाबाट लखेटिएछन् ‘जीएच्’हरू । चम्चे भरौटेबाहेक सबै नेपालीलाई भुटानले खेदेछ । बिचरा लगाएको लुगाबाहेक केही लान पाएनछन् आफ्ना साथमा । अमेरिका यस मामलामा अलिक लचिलो भएछ । चम्चे, भरौटे लगायत सबैलाई लखेटे पनि ‘जीएच्’हरूले आफ्नो धनसम्पत्ति आफैंसँग लान पाएछन् ।
भुटानबाट लखेटिएका नेपालीहरू नेपालमा बस्तै आएका छन् शरणार्थीका रूपमा । यिनीहरूको जीवन ज्यादै कष्टकर रहेको छ । गरीव देशमा आएका गरीव शरणार्थी । कस्तो हालत होला उनीहरूलाई नै थाहा छ ,तर अमेरिकाबाट खेदिएका ‘जीएच्’हरूको हालत अत्यन्त राम्रो छ । उनीहरू दक्षिण एसियाका विपन्न देशहरूमा शरणार्थीकै रूपमा बस्दै आएका छन् तापनि आफूसँग प्रसस्त सम्पत्ति लिएर आएका हुनाले उनीहरू विपन्न देशका सम्पन्न ‘जीएच्’मा प्रतिष्ठापित भएका छन् । दक्षिण एसियामा बस्दै आएका अमेरिकाली ‘जीएच्’ शरणार्थीहरूमध्ये नेपालमा अलिक बढी होलान् । जति नै बढी भए पनि सर्कारले यिनीहरूको राम्रो बन्दवस्त मिलाएको छ । भुटानी शरणार्थीका लागि जस्तो ‘जीएच्’का लागि कुनै विदेशीसँग नेपालले हात पसार्नु परेको छैन । उपयुक्त वातावरण पाएर यहाँ ‘जीएच्’को विकास अत्यन्त द्रुत गतिमा भइरहेको छ । अन्य विकासको सूचकाङ्कले शून्यसँग मित्रता कायम गर्दैछ भने ‘जीएच्’ विकासको सूचकाङ्कले हजार प्रतिशतलाई चुम्बन गर्न आँटेको छ । दशौं पञ्चवर्षीय योजना पूरा हुँदा यसले आकाशलाई नै छुन बेर छैन । यो कुरा मैले मात्र भनेको होइन, विश्वस्वास्थ्य संगठनले पनि भनिसकेको छ । नेपालमा ‘जीएच्’ सम्पन्न र शक्तिशाली बन्नुमा यहाँका नेता, मन्त्री, कर्मचारी आदि जिम्मेवार छन् । आठदलको संयुक्त सर्कारले यिनीहरूलाई नेपालको नागरिक बनाइसकेको छ । हिमाली जिल्लातिर वसोवास गर्दै आएका केही ‘जीएच्’ले भूलवस नागरिकता नपाएको भए बेग्लै कुरा हो, तर काठमाडौं उपत्यका र तराईमा उमेर नपुगेका ‘जीएच्’ले पनि नागरिकता पाइसकेका छन् । यस हिसाबबाट हेर्दा नेपालका ‘जीएच्’लाई आत्मनिर्णयसहितको समानुपातिक चुनावबिना नै संघीय गणतन्त्र आइसकेको छ । संगठन विस्तार गर्ने कार्यमा निपुण भएकै कारण यिनीहरूले प्रगतिको लामो फड्को लगाइसकेको बुझिन्छ ।
अमेरिका एक सम्पन्न र शक्तिशाली देश हो । त्यहाँ विश्वका अधिकांश मुलुकबाट मानिस आएर बसेका छन् । तीमध्ये धेरैजसो अवैध आप्रवासी छन् । उनीहरू त्यहाँ निर्वाध घुम्छन, बस्छन्, काम गर्छन् । कसैले को रु के रु किन रु भनेर सोध्ने आँटै गर्दैन । अनाहकमा पुलिसले पनि सोध्न सक्तैन अमेरिकाली आप्रवासीलाई । पुलिसले अवैध भनेर शङ्का गरी सोध्यो र सोधिने मान्छे वैध रहेछ भने मानहानीमा मुद्दा लाग्न सक्छ पुलिसलाई, त्यसैले त्यहाँ आप्रवासीहरू सुरक्षित छन् । तर ‘जीएच्’ समूहको कुनै पनि सदस्यलाई जोसुकैले पक्डिन सक्छ । त्यति मात्र होइन उसले तत्काल मृत्युदण्ड पनि दिनसक्छ अवैध ‘जीएच्’लाई । नेपालमा झैं त्यहाँ कुनै ‘जीएच्’लाई कसैले लुकाई छिपाई राख्न पनि सक्दैन । राखेको पाइएमा हदैसम्मको सजाय पाउँछ राख्ने व्यक्ति, परिवार वा समाजले । पाँच महिना अमेरिका बस्दा एउटा सम्म ‘जीएच्’ देख्न, भेट्न नपाएपछि ‘जीएच्’प्रति अमेरिकाको व्यवहार कत्तिको कठोर रहेछ भन्ने कुरा पत्ता लाग्यो ।
‘जीएच्’ समूहका प्राणीहरू त्यहाँबाट दक्षिण एसियातिर ‘फ्लाइ’ गर्दा आ–आफ्नो सम्पत्ति साथमै लिएर भाग्न सफल भएछन् भन्ने कुरा माथि नै उल्लेख भइसकेको छ । त्यसबेला बुद्धि पुर्याएकाले अहिले उनीहरूलाई छेलोखेलाइ भएको छ । आफूले खर्च गरेर उब्रिएको सम्पत्ति अरुलाई पनि बाँड्न भ्याएका छन् उनीहरूले । अमेरिकाले दक्षिण एसियालाई दिंदै गरेको सहायताभन्दा अरबौं गुणा बढी छ ‘जीएच्’ले दिंदै गरेको सहयोग । फेरि अमेरिकाको सहयोगमा स्वार्थको गन्ध आउँछ भने ‘जीएच्’ को सहयोग निस्वार्थपरक छ । ‘जीएच्’हरू फलको आशा नराखीकन सहयोग गर्छन र स्वतः फल पाउँछन् । ‘जीएच्’ समूहले नेपाललाई दिएको अतिरिक्त सहयोगमा नेता, मन्त्री, सांसद, कर्मचारी आदिले खेल्ने ‘जीएच्’दाउ पर्दछ । यसबाहेक लोग्नेले स्वास्नीसँग र स्वास्नीले लोग्नेसँग खेल्ने ‘जीएच्’दाउलाई पनि अवमूल्यन गर्न मिल्दैन । मपाईं बहादुरहरूको ‘जीएच्’ पाखुरा सुर्काइ पनि उनीहरूबाटै प्राप्त अनुदान हो । सहायताको रूपमा ‘जीएच्’दाउ पाएर त्यसैमा अभ्यस्त मान्छेहरू अमेरिका पुगे भने त्यहाँ पनि आफ्नो सम्पत्तिको सदुपयोग गर्न खोज्दा रहेछन् । सुरुमा त यस कुरामा निकै उदेक लागेको थियो तर संविधानसभा गठन भइसकेपछि पनि पार्टीनेताहरूको बानी बेहोरा उस्तै देखेपछि चित्त बुझाएँ । स्याललाई टाटेपांग्रे रङ लगाएर चितुवा बनाउन सकिदैन जस्तो लाग्यो । जे भएपनि अमेरिकामा ‘जीएच्’ र यससँग सम्बन्धित कुनै कुराको गुन्जायस देखिदैन । एक वाक्यमा भन्नुपर्दा अमेरिका ‘जीएच्’को महाशत्रु हो । यो भुटानभन्दा खतरनाक छस किनभने भुटानले त प्रजातन्त्रको चाहना गर्ने स्वाभिमानी नेपालीहरूलाई मात्र ट्रकमा खाँदीखाँदी मेची कटायो । राजाको गुणगान गर्ने नेपाली त अझै भुटानमै छन् । तर अमेरिकाले त चिनोबानो नरहने गरी देश निकाला गरेछ । अहिले ओखती लाग्छभन्दा पनि एउटा पिप्सो ‘जीएच्’ सम्म पाइदैन त्यहाँ । हिजोआज केही अमेरिकालीहरू भन्ने गर्छन् “नेपालीलाई लखेटेपछि भुटानलाई दशा लाग्योस ‘जीएच्’ खेदेपछि अमेरिकाको दशा भाग्यो ।”
नेपालमा नानाथरीका साथीहरू छन् मेरा । के संयोग परेर हो साथीहरू सबै गफाडी मात्र छन् । कुनैले साँचो बोलून् त मरिजाऊँ । कोही कानबाट सियो छिराउन पाए मुखबाट फाली निकाल्छन् । कोही झुटो कुरालाई कोरीबाटी गरेर चिटिक्क सोह्रबर्षे जस्तै बनाउँछन् र मख्ख पार्छन् । अमेरिकाको कुरा कथ्ने एकजनाले भनेको कुरा चैं पुग्यो, फरक परेनस तर अर्को साथीको कत्थक भने छेकछन्दै मिलेन । उसले ठोकुवा गरेको थियो “अमेरिकामा जस्तो शान्ति विश्वको कुनै मुलुकमा छैन ।” होला, पक्कै होला भनेर मैले पत्याएको पनि थिएँस किनभने कुनै किसिमका समाचारले पनि अमेरिका अशान्त देश भनेर पुष्टि गरेको छैन । तर कुरा त्यसो होइन रहेछ, । त्यहाँ एउटा आतंककारी समूह सक्रिय रहेछ । अमेरिका पुगेकै दिनदेखि म पनि त्यस समूहको निसाना बन्न पुगें । त्यस समूहलाई ‘एस्२’ भनिदो रहेछ । नेपालमा कालीनाग, अथी भनेजस्तै हो त्यो नाम । रातभरि कामले थकित भएर सुतेका निरीह जनतालाई आतङ्कित तुल्याउने ‘एस्२’ जस्तो कट्टर आतङ्कवादी समूह आजसम्म मेरा नजरमा फेला पर्न सकेको छैन । जनतालाई आतङ्कित पार्ने त्यस समूहको आतङ्क–शैली तालिवानी सेना र सद्दाम हुसैन समर्थक इराकी सेनाको जस्तो छ । यसरी विचार गर्दा पक्कै पनि यो समूह अमेरिकी राष्ट्रपतिको प्रतिशोधमा उत्रिएको हुनुपर्छस तर यिनीहरूको आक्रमणबाट सर्वसाधारण जनता मारमा परेका छन् । त्यसो त देश द्वन्द्वमा पिसिएका बेला ठूलाबडा भनाउँदाहरूलाई ठाँगेले पनि छुदैन, सर्वसाधारण नै पिसिन्छन् । ‘उपियाँ फड्कियो जुम्राको घान’ भनेको यस्तै त होला नि
अमेरिका जस्तो शान्तिपूर्ण देशमा किन र कसरी यस्तो भयङ्कर आतङ्ककारी समूह खडा भयो भन्ने बारेमा अमेरिकी द्वन्द्वविद्, गुप्तचरविभाग, सेना, वैज्ञानिक कसैले पनि गहिरिएर शोच–विचार, अध्ययन–अनुसन्धान गरेको पाइदैन । मेरो नितान्त व्यक्तिगत अनुसन्धानले के देखाएको छ भने ‘एस्²’ नामक आतङ्ककारी समूहको गठ्न हिन्दू पुनर्जन्ममा आधिरित छ । ‘मर्ने बेलामा जेजस्तो चिन्तन हुन्छ अर्को जन्ममा सोही अनुरूपको योनीमा सो जीव प्राप्त हुन्छ” भन्ने श्रीमद्भगवद्गीताको ८र६ ले यसको पुष्ट गरेको छ । प्रस्तुत सिद्धान्तको आलोकबाट हेर्दा उक्त आतङ्ककारी समूहका सदस्यहरू पूर्वजन्ममा तालिवानी लडाकू र सद्दाम समर्थक सेना थिए । तिनीहरूले राष्ट्रपति बुससँग कसरी प्रतिशोध लिने भन्ने चिन्तन गर्दागर्दै प्राण त्याग गरेका हुनाले यस जन्ममा तिनीहरू अमेरिकी ‘एस्²’ समूहका नामले आतङ्क मच्चाइरहेका छन् । ‘एस्²’ समूहका लडाकूहरू तालिमप्राप्त र युद्धकला निपुण छन् । तिनीहरूले हमला गर्ने समय रातको दशरएघार बजेदेखि तीन÷चार बजेसम्म मात्र हो । उक्त समयमा तिनीहरूको सक्रियता चरमोत्कर्षमा पुगेको हुन्छ । अमेरिकाको प्रत्येक घर ‘एस्²’ आतङ्ककारीका लागि अत्यन्त उपयुक्त छ, त्यसैले तिनीहरूको बेस क्याम्प घरभित्रै हुन्छस जङ्गलमा हुँदैन । तिनीहरू सबै किसिमका आक्रमण गर्छन् तर चन्दा आक्रमण गर्दैनन्, नत अपहरण नै गर्छन् । तिनीहरूको प्रमुख विशेषता के हो भने तिनीहरू दिनभर भूमिगत रहन्छन् र रातभर फौजी आक्रमण गर्दछन् । एम्बुसबाट जोगिन तिनीहरू शान्ति सेनाभन्दा कैयौं गुना चलाक छन् । राती सक्रिय रहने ‘एस्²’ लडाकूलाई अलिकति पनि नोक्सान पुर्याउन सक्दैनन् राती सुत्ने अमेरिकी सेनाले । जनताको उजुर सुनेपछि अमेरिकी सेना घरघर खटाइन्छन् । तर दिउँसो आएका सेनाले राती हिंड्ने लडाकूलाई के भेट्नु । एक दुई ठाउँमा एम्बुस् थापेर जान्छन्, तर आतङ्ककारीले ढाल बनाएर ल्याएका एक दुई सर्वसाधारणबाहेक अन्य कोही पनि हताहत हुँदैनन् त्यस एम्बुसबाट । अर्को कुरा अमेरिकी सेनाले राती गस्ती नगर्नु, त्यहाँका इन्जिनियरहरूले आतङ्ककारीलाई उपयुक्त हुने घरको डिजाइन गर्नु, एम्बुस बनाउने कम्पनीले दुई नम्बरी एम्बुस तयार गर्नु जस्ता कुराहरूलाई हेर्दा भित्रभित्रै यिनीहरू पनि अमेरिकी सरकारलाई असफल गराउन लागिपरेका त छैनन् रु जस्तो लाग्छ ।
‘एस्२’ समूहको सैन्य व्यवस्थापन देखेर यो ज्यान तीनछक्क पर्यो । शिशु, सुत्केरी, बृद्ध समेत सबै तालिमप्राप्त, सबै लडाकु १ जन्मिनुअघि पेटमै तालिमप्राप्त शिशुहरूले जन्मिनेबित्तिकै सुतिरहेका निर्दोष जनताका कान र नाकमा सोझै आक्रमण गर्दारहेछन् । शिशुहरूसमेत यसरी युद्धमा लागेको देखेर अमेरिकी राजदूतदेखि झनक्क रिस उठ्यो । नेपालमा बालसैन्य भर्तीको कुरा उठाउने राजदूतले आफ्नो देशमा त्यस्तो उधुम मच्चिदा पनि ‘चुँ’सम्म नगर्नु वास्तवमा लाजमर्दो कुरा हो । आफ्ना आङमा भैंसी नदेख्ने, अर्काका आङको चम्कना देख्ने भनेको यही हो ।

 ०००

अमेरिका, चुनाबी संस्कृति, वास्तविक अनुभूति[सम्पादन]

सानै उमेरदेखि राजनीतिपटि आफ्नो झुकाव रहेन । अलेली पढेपछि पढ्दै पढाउँदै गर्न थालेको हुनाले होला त्यतै रस भिजेछस शिक्षक भइयो । चुनावी आमसभाहरूमा भाग लिन भातपानी मात्र होइन ज्यानै फाल्न खोज्छन् मान्छेहरू, तर आफूलाई पटक्कै जाँगर चल्दैन । अँ भोट चैं खसालिन्छ । त्यो पनि सामान्य अवस्थामा मतदान भएको बेला मात्र । यो आफ्नो नानीदेखिको बानी हो ।
अमेरिका गएका बेला संयोगवश त्यहाँको मध्यावधि चुनाव परेछ । त्यहाँ चाहिं मेरो चुनावसम्बन्धी धारणाको पारो ह्वात्तै माथि पुग्यो, नेपालमा सुनको भाउ चुलीमा पुगेझैं । खोइ किन यस्तो भयो मजस्तो आफ्नै देशको चुनावमा नाक लाग्ने मान्छेलाई । निकै दिन गम्दा सानोतिनो रहस्य पत्ता लाग्यो । हाम्रो देशको चुनाव नाकै दुलो पर्नेगरी गनाउँछ । वाग्मती र विष्णुमतीको पानीले छेवै भेट्तैन चुनावलाई । तर अमेरिकामा चुनाव मगमगाउँछ पारिजातको मनमोहक सुगन्ध फैलाएर । बास्नाबाट नलोभिने को छ र संसारमा, म लोभिएँ । त्यहाँको चुनावका लागि म भ्रमरो भएँ । एउटै वस्तु यहाँ गनाउने र अमेरिकामा बास्ना आउने १ यस्ता कुरामा म अलिक गम्भीर भएँ । स्पष्ट हुन अधि बढें ।
पत्रपत्रिका, रेडियो, टेलिभिजन, इन्टरनेट र त्यहाँ धेरै वर्षदेखि बस्दै आएका अनुभवी नेपालीहरू मेरा जिज्ञासाका स्रोत बने । यी स्रोतहरूबाट अमेरिकी मध्यावधि चुनावको बाह्रखरीमा प्रवेश गर्ने अवसर प्राप्त भयो । म २००६ को मध्यावधि चुनावको कुरा गर्दैछु । त्यस चुनावमा तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिव) को सबै पद (सिट) र सिनेटको एक तिहाइ पदमा प्रतिस्पर्धा हुँदै थियो । प्रस्तुत चुनाव राष्ट्रपतिको चारवर्षे कार्यकालका बीचमा हुने चुनाव होस त्यसकारण नै त्यसलाई मध्यावधि चुनाव भनिन्छ भन्ने कुरा थाहा भयो । मतदान अमेरिकी कांग्रेसका उपर्युक्त दुवै सदन अर्थात् प्रतिनिधि सभा र सिनेटका लागि हुँदै थियो । ४३५ सदस्यीय प्रतिनिधि सभाका सबै सदस्यले प्रत्येक दुई वर्षमा मतदाताको सामना गर्दारहेछन् भने १०० सदस्य भएको सिनेटमा चाहिं सो अवधिमा एक तिहाइ (३३) पदका लागि मात्र प्रतिस्पर्धा हुँदो रहेछ । अमेरिकी कांग्रेसका दुवै सदनमा प्रतिनिधि सभा निकै ठूलो छ । यसमा सिटको संख्या धेरै भएको हुनाले जनताको प्रतिनिधित्व पनि अधिक हुन्छ, त्यसैले जनताको विचार चाँडोचाँडो थाहा पाउनका लागि प्रत्येक दुई वर्षमा प्रतिनिधि सभा सदस्यले जनताकाबीच जानुपर्छ तर माथिल्लो सदनका सिनेटरको कार्यकाल ६ वर्षको भएकाले प्रत्येक दुई वर्षमा यसका एक तिहाइ सदस्यले मात्र चुनावको सामना गर्नुपर्ने रहेछ भन्ने कुरा थाहा भयो ।
काँग्रेसको नियन्त्रणका निमित्त ‘रिपब्लिकन’ र ‘डेमोक्रेटिक’ नामका दुई पार्टीका बीचमा मात्र चुनावी प्रतिस्पर्धा हुँदो रहेछ । सिनेटमा केही समयका लागि ‘डेमोक्रेटिक’ पार्टीको बहुमतलाई छोडेर १९९४ देखि (अमेरिकी) काँग्रेसमा ‘रिपब्लिकन’ पार्टीको वर्चस्व रहेको पाइयो ।
त्यत्रो विशाल महादेशका त्यतिबिघ्न मान्छे मात्र दुईवटा दलभित्र अटाउनु मेरा निम्ति, म एउटा नेपालीका निम्ति ठूलै आश्चर्य मान्नुपर्ने कुरा थियो । मैले विश्वको मानचित्र पल्टाएँ । त्यहाँ नेपाल खोज्न मलाई निकैबेर लाग्योस मैले मनमै भने, ‘वास्तवमा नेपाल सानै रहेछ ।’ अमेरिका हेरें, मात्र पचास राज्य भएको महादेश रहेछ त्यो, मात्र दुई पार्टी भएको महादेश रहेछ त्यो । विश्व मानचित्रमा एउटा सानो बिन्दु देखिने नेपालमा सयभन्दा बढी पार्टी ! म झन् छक्क परें । कसरी अटाएका छन् त्यत्रा विघ्न दल ! कल्पना अझ घनीभूत भयो । दलैदल, बदलैबदल, नेताहरू र तिनका फोहोरी खेल ! कसरी वहन गर्छ मेरो सानो देश ! कसरी अघि बढ्छ मेरो सानो नेपाल ! अहँ, यसको प्रगति असम्भव छ, किनभने दलको डङगुरभित्र थिचिएको मेरो देश, मलभित्र निस्सास्सिएको मेरो देश, जसको प्रगति र अग्रगति कल्पनातीत छस म चित्त बुझाँउछु । मैले ‘चुनाव’लाई एउटा ‘फोहोरी खेल’ का रूपमा परिभाषित गरेको थिएँ । चुनावमा स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुन्छ, यो मेरा मन मस्तिष्कमै थिएन । त्यसैले म चुनाव भनेपछि बाह्र हात पर बस्ने मान्छे हुँस तर त्यहाँ गएर चुनावको गतिविधि हेर्दा यो आफैंमा खराब होइन रहेछस राजनीति स्वयंमा फोहोरी खेल होइन रहेछ भन्ने लाग्यो ।
चुनाव हुनुअघि त्यहाँ पनि यसको प्रचारप्रसार हुन्छ तर एकदम बास्नादार प्रचारप्रसार, स्वच्छ प्रचारप्रसार । न नारा, न जुलुसस न गाली, न गलौजस कुनै कुरा देख्न पाइदैन त्यहाँ । चुनाव आयो भनेपछि कुनै व्यापारी, उद्योगपति, किसान कसैले पनि डराउनु पर्दैन । ‘चन्दा आतङ्क’ भन्ने शब्दनै छैन त्यहाँको शब्दकोशमा । यो मैले त्यहाँ थाहापाएको कुरा हो, यो मैले त्यहाँ बुझेको कुरा हो ।
अमेरिकाको चुनाव प्रचार गर्ने तरिका वैज्ञानिक रहेछ, अनि उत्कृष्ट पनि । रेडियो, टेलिभिजन, इन्टरनेट, पत्रपत्रिका जस्ता कुराहरू त्यहाँका चुनाव प्रचारका साधन रहेछन् । यीबाहेक प्रत्येक गाउँ, टोलमा बनेका चुनावप्रचार समितिहरू पनि साधनकै रूपमा परिचालित भएको पाइयो । गाउँ, टोलका प्रचारप्रसार समितिहरूले आआफ्ना गाउँ, टोलका मतदाताहरूलाई व्यक्तिगत रूपमा हुलाकबाट चिठी पठाउँदारहेछन् । ‘हाम्रो फलानो पार्टीको उमेदवार फलानालाई विजयी बनाउन सहयोग गरौंस सकिन्छ भने चुनाव प्रचारका निमित्त दशदेखि पचास डलरसम्म सहयोग पनि गरौं’ भन्ने कुरा पत्रमा लेखेको देखियो । उमेदवारले मतदातालाई पैसा दिएर भोट खरिद गर्ने ठाउँको मान्छेले ठीक विपरीत प्रक्रिया देखेपछि छक्क नपर्ने कुरै थिएन । त्यहाँ असल उमेदवारलाई मतदाताले जिताउँदा रहेछन्स तर हाम्रोमा असलले हार्छ, धनीले जित्छ ।
चुनावमा उमेदवारको प्रचार–प्रसार गर्ने दोस्रो तरिकामा ‘परिचय पुस्तिका’ रहेको पाइयो । सो पुस्तिकामा फोटो सहित उमेदवारको परिचय र उसले विगतमा गरेका समाजोपयोगी कार्यहरूको विवरण अभिटङ्कन गरिएको हुँदोरहेछ । सो ‘परिचय पुस्तिका’ सोझै मतदाताको हातमा नदिएर डिपार्टमेन्टल स्टोर, ग्यास स्टेसन, सेवन इलेभन, होटल, स्कूल, लाइब्रेरी आदिमा सम्बन्धित कामकै निमित्त निर्मित घर्रामा राखिंदो रहेछ । चुनावमा चाख राख्ने जो कोहीले सो पुस्तिका लगेर हेर्ने, पढ्ने काम गर्दा रहेछन् ।
अर्को माध्यम रेडियो र टेलिभिजन, जहाँबाट दुवै पार्टीका उमेदवारले पालैपालो जनतासमक्ष आआफ्ना कुरा राख्छन् र राखेको पनि सुनियो, देखियो । उमेदवारले आफ्ना मतदाता समक्ष कुरा राख्दा भावी योजनाका कुरा होइन विगतमा आफूले जनता र देशका लागि गरेका योगदानको कुरा बढी राख्छन् । उसले जितेपछि गरेका कार्यहरूको उल्लेख चाहिं अर्को चुनावमा गरिने रहेछ । वर्तमान समयको सबैभन्दा सजिलो र सबै मतदाताले प्राप्त गर्ने प्रचार साधन वेबसाइट भनिदो रहेछ ।
उपर्उल्लिखित ‘परिचय पुस्तिका’ लाई वेबसाइटमा हालेर प्रेषण गरेपछि प्रत्येक मतदाताले घरैमा बसीबसी इन्टरनेट मार्फत् उमेदवारको परिचय प्राप्त गर्ने यस किसिमको व्यवस्था ज्यादै सुन्दर लाग्योस तर दिनको ५र५ घण्टा मात्र बिजुली आउने हाम्रोजस्तो देशमा विद्युतीय सञ्चार माध्यम भालुको कन्पट हुनेरहेछ ।
उपर्युक्तबाहेक अर्को तरिका पनि रहेछ चुनाव प्रचारको । त्यो हो मतदान हुनुभन्दा दुई दिन अघि मात्र उमेदवारको चिन्ह अङ्कित ध्वजालाई काठका ससाना कप्टेरामा च्यापेर राजमार्ग अथवा सडकको दुवै किनारमा गाडने कार्य । एकापटिको किनारामा एउटा पार्टीको उमेदवारले र अर्कापटिको किनारामा अर्का पार्टीको उमेदवारले ध्वजा गाड्ने काम गरेको पाइयो । मतदानको भोलिपल्ट सबेरै आआफ्ना उमेदवारका ध्वजा सम्बन्धित कार्यकर्ताले उखेलेर लैजाँदा रहेछन् । कति राम्रो बानी, कति राम्रो व्यहोरा ।
अमेरिकाको चुनाव प्रचारको प्रशंसनीय शैली देखेर मलाई वेदव्यासको एउटा कथनको स्मरण भयो । व्यासले आफ्नो कथनमा भनेका छन् “गोकर्णो पण्डितो ज्ञानी धुन्धुकारी महाखलः ।” यस कथनमा ढालेर मैले त्यहाँको चुनावलाई हेरें । मलाई लाग्यो वास्तवमा अमेरिकाका उमेदवार, उनीहरूका कार्यकर्ता र जनता गोकर्ण हुन् । हारेर पनि जिते सरह देखिने त्यहाँका उमेदवार र तिनका कार्यकर्ता महान् हुन् र अनुकरणीय पनि । कोठाभित्र, हलभित्र, अफिसभित्र विजयोत्सव मनाउने त्यहाँका विजयी उमेदवार र टेलिभिजनको पर्दा अगाडि बसेर उत्सवमा सहभागी हुने त्यहाँका मतदाता कति शिक्षित र कति सचेत छन् भनेर साध्य छैन । त्यहाँका जनता भरसक राजनीतिमा भागै लिंदैनन्स लिइहाले भने पनि क्रुद्ध बनेर होइन बुद्ध बनेर लिन्छन्, शुद्ध बनेर लिन्छन् । यहाँछैं स्यालको हुइयाँका पछि लाग्दैनन् त्यहाँका सचेत जनताहरू । त्यहाँको स्वस्थ प्रतिस्पर्धा हेर्दा वास्तविक प्रजातन्त्र त्यहीं पो छ कि जस्तो अनुभूत गरें मैले । त्यहाँको राजनीति सारै मन पर्यो र मैले त्यसलाई बास्नादार चीज भनेको हुँ ।
७ नोभेम्बर २००६ को प्रातः ६ बजेदेखि बेलुका ७ सम्म अमेरिकी मध्यावधि चुनाव हुँदैछ भन्ने थाहा पाएपछि म त्यहाँको मतदान अवलोकन गर्न अत्यन्त लालायित भएँ । मेरो अभीष्ट पूरा हुने, नहुने गोपी ज्वाईँका हातमा थियो । किनभने उडब्रिज ९भर्जिनिया० का मतदान केन्द्रमा पैदल हिडेर पुग्ने अवस्था थिएन र बसमा जान आउन पनि रुट नमिल्ने हुन सक्थ्यो ।
बिहान १० बजेतिर हामी डेराबाट निस्कियौं र त्यहाँका डिपार्टमेन्टल स्टोरतिर लाग्यौं । पालैपालो ३र४ वटा ठूला बजार चाहार्यौं । त्यसो गर्नुको प्रमुख उद्देश्य ती बजारहरूमा उपभोक्ताको चहलपहल दृष्टिगत गर्नु थियो । चुनाव अघिको चहलपहल र चुनावका दिनको चहलपहलमा तुलना गर्नु थियो । अमेरिकाका ख्यातिप्राप्त मल, वालमार्ट, साम्सक्लब, पिबल्सजस्ता विशाल बजारहरूमा यसअघि धेरै पटक घुम्न र किनमेल गर्न गोपीजीका साथ लागेर गइसकेको थिएँ । म जतिचोटि त्यहाँ पुगें, उपभोक्ताहरूको घुँइचो एकै अनुपातमा पाएँ । चुनावका दिन पक्कै पनि सधैंझैं चहलपहल हुदैन लागेर त्यसको निक्र्यौल गर्नु थियो, तर मेरो अनुमान९गेस०ले पूर्णतः फेल खायो । गेसपेपर पढेर जाँच दिने नेपाली विद्यार्थी भएँ म । किनभने त्यहाँ चुनावका दिन पनि चहलपहल यथावत् थियो, अलिकति पनि कमबेस थिएन । आश्चर्य मान्दै मैले गोपीजीलाई प्रश्न गरें, “हाम्रो देशमा त चुनावको दिन बजारै लाग्दैन, दोकानै बन्द हुन्छन् । दोकानेहरू पनि मतदातालाई ओगट्तै हुन्छन् बूढो गोरुले गाई ओगटे जस्तै । कुनैकुनैले त आफ्नो दोकानै मतदान केन्द्रतिर सार्छन् पहाडमा गाईवस्तुको थलो सारेजस्तो । अरुदिन मरिकुस्तै ठग्ने दोकानेहरू त्यस दिन त्यसै दिउँलाझैं गर्दै आफ्नो पार्टीलाई भोट माग्छन् । आफ्नो पार्टी नहुनेले आफन्तलाई भए पनि माग्छन् माग्छन् । तर यहाँ त न कसैका मुखबाट चुनावको कुरा सुनिन्छ, न उमेदवारको कुरा सुनिन्छ, न त पार्टीकै कुरा सुनिन्छ । अमेरिकामा सधैं यस्तै हो ?”
“बुबा, यो त गरिखाने ठाउँ हो । राजनीति गर्ने, फोकटमा गफ चुट्ने, आफ्ना हाँडीमा अरुका मकै भुट्ने र भोट हाल्न जाने यहाँ कसलाई फुर्सद ! पच्चीस प्रतिशत पुगिसरी आउनेलाई अलेली चासो होला चुनावकोस अरुलाई वास्तै छैन । जसलाई चासो छ ती जान्छन्, भोट दिन्छन्, फर्किन्छन् । उहाँ जस्तो बेकामे मान्छे पाउन निकै मुस्किल पर्छ यहाँ । छुट्टीका दिन चुनाव परे पनि भोट दिन जादैनन्, बरु नयाँ ठाउँ घुम्न जान्छन् र रामरौस गरेर फर्किन्छन् । म पनि झन्नै पो त्यस्तै त्यस्तै हुन लागेको छु बुबा, अहिले” गोपी ज्वाइँले वास्तविक कुरा ओकल्नुभयो ।
मैले उहाँसँग मतदानकेन्द्र अवलोकन गर्ने इच्छा प्रकट गरें । विशेषतः त्यहाँ पुस्तकालय र विद्यालयमा मतदानकेन्द्र राखिंदो रहेछ । हामी वालमार्टबाट सोझै पुस्तकालयतर्फ लाग्यौं । वालेमार्टबाट डेरातिर आउने बाटैमा पर्छ एउटा सामुदायिक पुस्तकालय । पोटोम्याक अस्पतालको छेउमा रहेको सो पुस्तकालय सानो भएपनि सुन्दर र सुविधासम्पन्न छ । गोपीजी सो पुस्तकालयको सदस्य भएका नाताले म पनि चार पाँच पटक त्यस पुस्तकालयमा पुगेको छु र बिदेशी पर्यटकले प्राप्त गर्ने सुविधा पनि उपभोग गरेको छु ।
उक्त मतदानकेन्द्र अगाडिको पार्किङ् क्षेत्रमा चार, पाँच वटा गाडी मात्र थिए । त्यसैको एक छेउमा आफ्नो गाडी पार्किङ् गरेर हामी दुवै जना गाडीबाट उत्रियौं र मतदान केन्द्रको घेरादेखि अलिक पर बस्यौं । भोट नदिनेका लागि प्रवेश निषेध थियो त्यहाँ । बाहिरैबाट झन्डै एकघण्टा अवलोकन गर्यौं रमितेका रूपमा । बेलाबेला एक, दुई गाडी पार्किङ्मा आउँथे, मतदाताहरू भित्र पस्थे, भोट दिन्थे अनि तुरुन्तै फर्किन्थे । न त्यहाँ भीड थियो, न त्यहाँ चोरी चाप्लुसी नै थियो । न होहल्ला, न बुथकब्जा, न आतङ्क, न असुरक्षा केही थिएन त्यस मतदान केन्द्रमा । मैले नेपालको मतदानकेन्द्र संझिएँ र त्यहाँको मतदान केन्द्रपटि फर्किएर मनमनै भने,, ‘तिमी अमेरिकीहरू यस मामलामा वास्तवमै अनुकरणीय रहेछौ, अनुशरणीय रहेछौ । तिमीहरूको देश स्वस्थ प्रतिस्पर्धाको देश रहेछ । दक्षिण एसियामा यस किसिमको संस्कार कहिले आउला !’ एकघण्टा पछि हामी त्यहाँबाट अर्को मतदान केन्द्रमा गयौं । त्यो मतदानकेन्द्र ‘मोरोस्को हिल इलिमेन्टरी स्कूल’मा थियो । त्यो स्कूल हाम्रो नाति अभिषेक पढ्ने स्कूल हो । त्यस स्कूलमा पनि म अभिभावकका नाताले तीन, चार पटक पुगेको छु । अत्यन्त रमणीय स्थानमा निर्मित त्यस स्कूलको अध्ययन अध्यापन निकै स्तरीय छ । यो मेरो आफ्नो निजी अनुभव हो । त्यहाँ पनि स्कूल कम्पाउण्डभित्रसम्म मात्र पुग्न सक्यौं र आधा घण्टाजति बसेर अवलोकन गर्यौं । पुस्तकालयको चुनावी गतिविधि र त्यस स्कूलको चुनावी गतिविधिमा अलिकति पनि पृथक्ता ठम्याउन सकिएन ।
प्रत्येक मतदान केन्द्रमा कम्प्युटरको प्रयोग गरी मतदान गर्ने कार्य हुँदोरहेछ । प्रत्येक केन्द्रमा पाँचदेखि दश वटासम्म कम्प्युटरको प्रयोग गर्न सकिने भए पनि एकैपटक सबै कम्प्युटरको प्रयोग भएको पाइएन । एकजना अमेरिकी मतदातालाई गोपीजीले मतदाताको न्यून उपस्थितिका बारेमा सोद्धा उसले भन्यो, ‘डेमोक्रेटिक उमेदवारलाई जिताउन यस पटक अघिल्लो चुनावमाभन्दा बढी मतदाता भोट हाल्न आएका छन् ।’ यस्तो उपस्थिति पनि धेरै भयो भने थोरै उपस्थिति चाहिं कस्तो थियो होला, जस्तो लाग्यो । हामी त्यहाँबाट फिर्यौं । हामी बसेको भवनको पहिलो तलाको एउटा एपार्टमेन्टमा ‘क्यारोल ए। बुस’ नामको अमेरिकी बस्तथ्यो । क्यारोल पनि गोपीजीले काम गर्ने ‘स्याम्स क्लब’ नामको डिपार्टमेन्टल स्टोरमा नै काम गर्दोरहेछस त्यसैले गोपीजीको राम्रो चिनाजानी रहेछ उससँग, ‘हाइ’ र ‘बाइ’ को मित्रताभन्दा अलिक गहिरो । सोही नाताले म पनि उसको साथी बन्न पुगें । त्यो मान्छे निकै अध्ययनशील रहेछ, हिमखिम बढेपछि थाहा भयो । मलाई लाग्यो अमेरिकी राजनीतिको राम्रो ज्ञान भएको मान्छे हो क्यारोल । उसबाट अमेरिका सम्बन्धी निकै कुरा अवगत गर्न पाएँ मैले । अमेरिकी राजनीतिप्रति मेरो आकर्षण बढ्ने प्रमुख कारक क्यारोल नै हो । अमेरिकी चुनाव र तत्सम्बन्धी कुराहरूको एउटा प्रमुख स्रोत हो क्यारोल । चुनावकै सन्दर्भमा एकदिन मैले क्यारोलसँग प्रश्न राख्दै भने, “अमेरिकाको ‘एब्सेन्टी भोटिङ्’का बारेमा जान्ने इच्छा थियो मिस्टर क्यारोल, कसो गरुँ
क्यारोलले दिएको जानकारीका आधारमा र अन्य केही अमेरिकी दैनिक पत्रिकाका आधारमा मैले ‘एब्सेन्टी भोटिङ्’ सम्बन्धी सामान्य जानकारी पाएँ ।
कुनै पनि मतदाताले मतदानबाट वञ्चित हुनपरोस् भन्ने उद्देश्य राखी व्यवस्था गरिएको ‘एब्सेन्टी भोटिङ्’ त्यहाँको देश, काल, वातावरणसँग मेल खाने किसिमको छ । त्यो व्यवस्था चुनावको दिन मतदान केन्द्रमा गएर भोट हाल्न नसक्ने मतदाताका निमित्त अत्यन्त उपयोगी छ, मैले यस्तो अनुभव गरें ।
वास्तवमा मतदातालाई देवतातुल्य मानिदो रहेछ त्यहाँ । त्यसैले होला ‘एब्सेन्टी भोटिङ्’मा पनि दुई किसिमको व्यवस्था गरेको रहेछ — एउटा ‘एब्सेन्टी बाइ मेल’ र अर्को ‘एब्सेन्टी इन पर्सन’ । पहिलो किसिमको ‘एब्सेन्टी भोट’ दिन चाहने पञ्जीकृत मतदाताले चुनाव हुनुभन्दा दश महिना अघिदेखि ‘जेनरल रजिष्ट्रार’को कार्यालयबाट आवेदन फारम मगाई भरेर पठाउने प्रावधान रहेछ । मतपत्र प्राप्त गर्नका लागि भरेर पठाइने सो आवेदन फारम चुनाव हुनुभन्दा पाँच दिन अघिसम्ममा सम्बन्धित कार्यालयमा पुगिसक्नु पर्दो रहेछ । प्राप्त आवेदनको छानविन गरी सम्बन्धित कार्यालयले मतदाताका नाममा मतपत्र पठाउँदो रहेछ । मतदाताद्वारा आफ्नो मत जाहेर गरिएको सो मतपत्र चुनाव हुने दिन बेलुका ७।०० बजेसम्ममा जेनरल रेजिष्ट्रारको कार्यालयमा पुगिसक्नु पर्ने, अन्यथा मत गणनामा सो मतपत्र समावेश नहुने रहेछ । मेलद्वारा गरिने यस भोटमा यसमा हुलाक, इमेल, फ्याक्समध्ये कुनै एक साधनको प्रयोग गर्न सकिन्छ । फारम मगाउनेदेखि भोट दिनेसम्म सबै काम उपर्युक्त साधनमध्ये कुनै एकबाट गर्नुपर्ने रहेछ ।
‘एब्सेन्टी इन पर्सन’ भनिने दोस्रो प्रकारको भोट चाहिं मतदाता स्वयंले तोकिएको समयभित्र तोकिएको ठाउँमा गएर दिइने भोट रहेछ । यसमा पञ्जीकृत मतदाताले चुनाव हुनुभन्दा ४५ दिन अघिदेखि चुनावको अघिल्लो शनिवारसम्म ‘जेनेरल रेजिष्ट्रार’को कार्यालयमा ‘एब्सेन्टी इन पर्सन’ भोटका लागि आवेदन दिन सक्तारहेछन । आवेदन स्वीकृत भएका मतदाताले चुनावको अघिल्लो शनिबारदेखि चुनाव हुने दिनको बेलुका ७ बजेसम्म मतदान गर्न सक्ने व्यवस्था रहेछ । विभिन्न तरिकाबाट मतदान दिन पाउने व्यवस्था गरेर अमेरिकाले एउटा राम्रो नमुना प्रस्तुत गरेको रहेछ । मतदानलाई ‘सर्वजन हिताय, सर्वजन सुखाय’ का रूपमा लिनुलाई लोकोपयोगी कार्य मान्न सकिन्छ । कुनै पनि असमर्थले सजिलै भोट हाल्न सक्ने यस किसिमको व्यवस्था अनुकरणीय देखिन्छ । अशक्तताको वर्गीकरण पनि व्यावहारिक एवं वैज्ञानिक लाग्छ ।
शारीरिक रूपमा अशक्त वा अस्वस्थ र उसको हेर्चाह गर्ने व्यक्ति, अध्ययनरत विद्यार्थी र उसको अभिभावक, संस्थागत व्यापारी अथवा व्यक्तिगत व्यापारका लागि देशविदेश डुलिरहने व्यक्ति र आफ्नो निजी बिदा उपभोगका लागि यात्रा गर्न निस्किएका व्यक्ति आदिले ‘एब्सेन्टी भोटिङ्’को सुविधा पाउँदा रहेछन् । त्यसरी नै बिहान ६ देखि बेलुका ७ सम्म खटेर ११ घण्टाभन्दा बढी काम गर्ने व्यक्ति, धार्मिक कारणबाट भोट हाल्न जान असमर्थ व्यक्ति, पोसाकधारी नोकरीमा संलग्न व्यक्ति उक्त भोटिङ् सुविधाका हकदार बन्न सक्दा रहेछन् । उपर्युक्त बाहेक अस्थायी रूपमा अमेरिका बाहिर बसेका व्यक्ति र मतदान केन्द्रका अधिकृत एवं कर्मचारी समेतले सो भोटिङ्मा सामेल हुनसक्ने प्रावधान रहेछ ।
अन्तश्चक्षुबाट दृष्टिगत गर्दा के देख्न सकिन्छ भने अमेरिकीहरूको चुनावी सँस्कृति निकै स्वतन्त्र, स्वस्थ र शुद्ध छ । त्यहाँका राजनेता र तिनका कार्यकर्ताहरूले चुनावलाई सरल र सहज रूपमा लिंदा रहेछन् । “संपत्तौ च विपत्तौ च महतामेकरूपता” भन्ने पूर्वीय सदुक्तिलाई आत्मसात गर्ने अमेरिकीहरूले ‘पराजय’को अर्थ राम्ररी बुझेका रहेछन् ।
हाम्रो दक्षिण एसियाका जनता चुनाव जतिजति नजिकिंदै जान्छ त्यतित्यति डर र त्रासले आक्रान्त बन्दै जान्छन् । चुनावको पिण्ड नछुटुन्जेल उनीहरूले सुखको सास फेर्न पाउँदैनन्स तर अमेरिकामा चुनाव आउनु र जानुले जनतालाई कुनै प्रकारको पृथक्ताभास दिन सक्दैन । भलै अन्य केही कुराहरूमा अमेरिकीहरू विश्वमै प्रत्यालोचित छन् तर पनि उनीहरूको चुनावी संस्कृति अनुकरणीय एवं अनुशरणीय देखिन्छ ।
०००

अत्याधुनिक चालक र उत्तरआधुनिक स मिल[सम्पादन]

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भएको ९७ औं देवकोटा जयन्ती समारोह मेरा निम्ति एक अविस्मरणीय क्षणका रूपमा रहेका छ । प्रस्तुत समारोह भर्जिनियास्थित जर्ज म्यासन युनिभर्सिटी पुस्तकालयको अत्याधुनिक एवं सुन्दर कक्षमा सम्पन्न भएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अन्य पदाधिकारी र सदस्यहरूसँग मेरो त्यति राम्रो परिचय नभए पनि समाजका संस्थापक अध्यक्ष साहित्यकार एवं कवि होमनाथ सुवेदीसँग भने निकटतम सम्बन्ध स्थापित भइसकेको थियो । उहाँ साहित्यकार भनेपछि हुरुक्क हुने सहृदयी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँद्वारा नै मैले उपर्युक्त समारोहमा उपस्थित हुने निम्तो पाएको थिएँ । उहाँले नै मलाई सो समारोहमा लाने कुरा फोनबाट गर्नुभएको थियो ।
२३ अक्टुबर २००६ (लक्ष्मीपूजा)का दिन अपराह्न १.१५ बजे मलाई लिन म बसेको एपार्टमेन्टमा उहाँ र उहाँकी धर्मपत्नी नन्दादेवी सुवेदी आइपुग्नुभयो । सोभन्दा अघि नै म तयार भई दुई तलामुनि रहेको पटाङ्गिनीमा ओर्लिइसकेको थिएँ । सुवेदी दम्पती अगाडिको सिटमा बस्नुभएको थियो, म पछाडिको सिटमा बसें । तब एकाएक त्यो रातो कार अघि बढ्यो डि.सि.मेट्रो एरियाको स्प्रिङ्फिल्डतिर । गाडी केही पर नपुगुन्जेलसम्म म आफ्नै धुनमा थिएँ, केही थाहा पाइन । अर्को सडकमा गाडी समाहित भएपछि मात्र मलाई थाहा भयो चालकका ठाउँमा नन्दादेवी सुवेदी हुनुहुँदो रहेछ । केही दिनअधि उहाँबाटै थाहा पाएको थिएँ उहाँ भर्खर गाडी चलाउन सिक्दै हुनुहुन्छ । म हठात् अर्कै मनस्थितिमा पौडिन पुगें । ‘के मेरो दिन पुग्न लागेको हो ?’ आफैंलाई प्रश्न गरें मैले । यत्तिकैमा ‘यसो गर, उसो गर, ब्रेक हान, दाहिने लेनतिर मोडेर गति अलिक कम गर, अब देब्रे लेनतिर छिराएर गति बढाऊ’ जस्ता सिकाइका वाक्यहरू सुनेपछि त झन् हंसले ठाउँ छोड्यो ।
असंख्य ट्राफिक बत्तीहरू पार गर्दै, कतै ट्राफिक जाममा पर्दै गाडी निर्वाध अघि बढिरहेको थियो । अगाडि हेर्दा अर्को गाडीसँग ठोकिनै लागेको देखिन्थ्यो भने पछाडि हेर्दा कमिलाका ताँतीझैं गुडेका गाडीले ड्याम्म दिन लागेको जस्तो देखिन्थ्यो । छातीमा हात राखें, भित्र कतकता चस्स बिझायो । छोरी कृष्णा, ज्वाइँ र नातिहरूको सम्झना आयो । देश, जिल्ला हुँदै सुरुङ्गा घरमै आइपुग्यो बिझाएको मन । सबैथोक सबैतिरबाट एकैचोटि बिझाएपछि चोला उठ्नै लागेको अनुभव गरें मैले । कान र आँखा बन्द गरेर कारमा छु भन्ने बिर्सन खोजें; के बिर्सिन्थ्यो, झन् उखपात ! बाँदर नसंझनु भन्दा झन्झन् संझिएर उखरमाउलो भएझैं । नेपालमा यस किसिमको सङ्कट परेको भए धरोधर्म गुड्दै गरेको गाडीबाट सडकमा हाम फाल्थें । परिणाम, दुबै हातमा लड्डू— आफू स्वतः सहिद हुने र परिवारका हातमा दस लाख ! तर दुःखको कुरा म अमेरिकामा थिएँ । त्यहाँ त दुबै हातमा लड्डू होइन विष पर्ने कुरा प्रायः निश्चित थियो । विदेशी भूमिमा मर्नु एउटा विष थियो भने दाहकर पाँच हजार डलर तिर्नुपर्ने संझनाले बढी ऐंठन गरेको थियो ।
मनको सानो टुक्राले भन्यो, ‘आ .... लेखला भाबी मेटला को ?” अमेरिकै आएर सकिन लेखेको रहेछ भने ठीकै छ । मेरो जेष्ठपुत्र सूर्य पनि गाडी दुर्घटनामा नै गएको हो । आज त्यसैको एककुन्द्रो मेटिन आँटेको होला ! अर्को मनले भन्यो, ‘छोरो त धेरै भाग्यमानी रहेछ, आफ्नै मातृभूमिमा विलीन भयो । तँ अभागी चाहिँ ...... !” झन्नै मुखबाट शब्द उम्किन खोज्यो । म झस्किएँ । बाटो केही खुला भएका बेला होमनाथजी मसँग बात मार्नुहुन्थ्यो । म पनि उहाँको कुरामा सहभागी हुन्थें; तर झपझप निदाउन लागेको मान्छेको जस्तो थियो मेरो बोली । म के बोल्दै थिएँ आपैंm बुझ्दिन थिएँ भने सुवेदीजीले के बुझ्नुभयो अहिले म भन्न सक्दिन ! मैले यसो अनुमान लगाएँ गाडी ९५ नं. को उत्तरदक्षिण महाराजमार्गमा पसिसकेछ । ज्वाइँ गोपीबाट मैले त्यसअघि नै थाहा पाइसकेको थिएँ यस किसिमका राजमार्गमा सिकारुले गाडी कुदाउनु यमराजको निम्तोमा जानु हो । न्यूनतम सत्तरी माइल (११२ कि.मि.) प्रतिघण्टाका गतिमा कुदाउनुपर्ने ठाउँमा ६२ वर्षे सिकारुको हँकाइ ! मलाई कस्तो भएको थियो होला तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ । त्यस महाराजमार्गमा कमीलाका ताँती जस्तै घुइँकिएका गाडीहरूको रमिता मैले आकासे पुलबाट निकै पटक हेरिसकेको थिएँ । गोपी ज्वाइँ मलाई बेलाबखत भन्ने गर्नुहुन्थ्यो, ‘बुबा, मैले गाडी चलाउन थालेको तीन वर्ष भयो तर अझै म ९५ राजमार्गमा कुदाउन सक्दिन । बरु घुमाउरै होस् ट्राफिक बत्ती भएका बाटातिरैबाट चलाउँछु । ट्राफिक जाममा परिन्छ, अलिक ढिलो हुन्छ तर दुर्घटनाको संभावना कम हुन्छ । किन भने त्यहाँ ४०/४५ माइलको गतिमा कुदाउन पाइन्छ ।” ज्वाइँले भनेका कुरा संझिएपछि म झन् विचलित हुन पुगें । नेपालका जनता फँसेभन्दा अझ बढी म द्वन्द्वको भुमरीमा फसें । लाग्यो म मर्नु र बाँच्नुको दोसाँधमा छु ।
गोजी छामें । राहदानी निकालेर हेरें । वेवारिसे नहुने कुराले बीसको उन्नाइस भयो । जननी र जन्मभूमिको पुनःस्मरण गरें । अरुको आस्थालाई अन्धविश्वास भन्नेहरूले पनि यस्तो अवस्थामा यसै गर्लान् । यो मेरो निजी विचार हो ।
“पोखरेलजी, आइपुगियो । ओर्लिने होइन ?” यस्तो वाक्य कानभित्र पस्यो । म फेरि झस्किएँ । आफूलाई सम्हाल्दै आँखा खोलें । सपत्नी होमनाथ गाडी बाहिर निस्किसक्नु भएको रहेछ । लाजले भुतुक्क हुँदै म बाहिरिएँ । “६२ वर्षे नयाँ सिकारु चालकले यति राम्ररी गाडी हाँकेर यहाँसम्म ल्याइपुर्याउनु मेरा लागि आठौं आश्चर्य हो । धेरै धेरै धन्यवाद ।” मेरा थुकबिनाका मुखबाट यस्तै भनाइ निस्कियो । “एक्सिडेन्ट नगराई मेरो ज्यान बचाइदिएकोमा धन्यवाद भन्नुहोस् न पोखरेलजी” सुवेदीजीले हाँस्तै भन्नु भयो । म पनि हाँसे, नन्दा सवेदी पनि हाँस्नुभयो । मेरो सन्त्रासको पर्दा अघि नै खुलेछ भनेर म केही नबोली उभिएँ । दम्पती अघि लाग्नुभयो अनि म पनि पछि लागें । केही क्षणपछि हामी तीनैजना समारोह कक्षमा प्रवेश ग¥यौं, त्यहाँ प्रा.डा. पवन र म गफ गर्न थाल्यौं ।
“यहाँको शुभनाम प्राडा पवन होइन ।” यो मेरा पहिलो प्रश्न थियो प्राडालाई ।
“हजूर, नेपालमा मलाई यसै भन्थे ।” मेरो पहिलो प्रश्नको उत्तर उनले यसरी दिएका थिए ।
“यहाँ त नेपालको एउटा नाम चलेको क्याम्पसको प्राध्यापक हुनुहुन्थ्यो, कहिले आउनुभयो अमेरिका ?” मैले यस्तो जिज्ञासा राखेको थिएँ ।
“त्यस्तै छ–सात वर्ष भयो” शङ्कामिश्रित भावमा उनले उत्तर दिएका थिए ।
“सपरिवार कि एक्लै ?” मैले फेरि सोधेको थिएँ ।
“श्रीमती, दुई छोरा र म चारजना छौं ।” थोरै निधार खुम्च्याउँदै उनले भनेका थिए ।
म अनावश्यक प्रश्नहरू गरिरहेको थिएँ भन्ने भावरेखाहरू प्राडाका अनुहारमा अध्ययन गर्न सकिन्थ्यो ।
“तपाइँको शुभ नाम ?” मन नलागेरै भए पनि प्रश्न मिल्काए उनले ।
“मलाई .... पङ्कज ‘आत्रेय’ भनेर बोलाइन्छ” मैले भनें ।
“ओ.के. ! तपाइँ हास्यव्यङ्ग्यकार पङ्कज हो त ।” आश्चर्य मिश्रित स्वरमा उनले भने ।
“हजूर, म यहाँको घरमा धेरैचोटि पुगेको छु । मैले यहाँलाई मेरा केही पुस्तकहरू पनि दिएको छु । अमेरिका आएपछि सरका आँखा पनि कुइरा भएछन् । मलाई त्यस्तै लाग्यो । जेहोस् ! मैले सरलाई चिनें । मलाई यसमै गौरव छ ।” मैले भनें ।
“अनि तपाईं अमेरिका आइपुग्नुभएको कति भयो ?” उनले भने ।
“लगभग दुई महिना” अलिक गम्भीर भावमा मैले उत्तर दिएँ ।
“यहाँको बसाइ ?” उत्सुकतापूर्ण प्रश्न थियो उनको ।
“उड्ब्रीजमा छोरीज्वाइँ छन्, त्यहीँ बस्तैछु । अमेरिका आगमनको मेरो उद्देश्य पशुपतिको दर्शन मात्र हो, सिद्राको व्यापार होइन ।” मैले यो कुरा भनिरहँदा प्राडाको अनुहार अलिक कस्तोकस्तो भएको थियो । प्राडा पवन र मेरो त्यति मात्र कुराकानी हुनसक्यो, किनभने त्यस बेलासम्ममा कविगोष्ठी प्रारम्भ हुने समय भइसकेको थियो । जर्ज म्यासन युनिभर्सिटी पुस्तकालयको सुन्दर एवम् भव्य सभाकक्ष खचाखच थियो । भर्जिनिया, मेरिल्यान्ड, वासिङ्टन डीसी क्षेत्रका मात्र होइन त्यहाँ न्यूयोर्क तथा बोस्टोनदेखिका कवि एवम् साहित्यकारहरू उपस्थित थिए ।
कविगोष्ठी भव्यताकासाथ सम्पन्न भयो । नेपालकै कविगोष्ठी जस्तो थियो त्यो । सो गोष्ठीमा वाचन गरिएका अधिकांश कविताले नेपाली माटो ओडेका थिए । कविताका भावहरूको अतिरिक्त बोल थियो– “नेपालीहरू अमेरिका गएर बस्नु रहर होइन बाध्यता हो” । कवितामा प्रस्फुटित अन्तर्वस्तुहरू मन छुने किसिमका थिए । तर तिनीहरूको प्राकृतिकता र कृत्रिमता खुट्याउन सकिएन । आफ्नो देशलाई चट्ट माया मार्नेहरूको राष्ट्रप्रेमलाई कुन तहमा राख्न सकिन्छ ? यसको उत्तर खोज्न म असमर्थप्राय भइसकेको थिएँ ।
आफ्ना अनियन्त्रित मानसतरङ्गहरूलाई एकाकार गर्न खोजेँ मैले । त्यसबेला एउटा सूत्र मेराअगाडि खडा भयो । मेरा मानसिक रङ्गमन्चमा पवनको कथानक नाच्न थाल्यो । प्राडाबारे मेरा सामुन्ने अथाह प्रश्नहरू उपस्थित भए । तीमध्ये केही प्रश्नहरूले प्रमुखता पाए । प्रश्नहरूको मस्यौदा यस्तो थियो— “प्राडा पवन आफ्नो सम्मानित पेसा छोडेर किन अमेरिका आए ? उनले श्रीमती ल्याए पनि छोराहरू किन ल्याए ? उनले र उनका परिवारका प्रत्येक सदस्यले अँगालेको पेसा डलरमुखी मात्र छ कि सम्मानित पनि छ ? ... आदि”
यी प्रश्नहरूका साथमा प्राडाको पूर्व कथाको एउटा सानो रिल पनि बेरिएर आयो मेरा आँखाअगाडि । प्राडा अमेरिका आउनुभन्दा पहिले म दुई–तीन पटक काठमाडौंको उनको महलमा पुगेको थिएँ । उनको आफ्नै १५ कोठे महल थियो । त्यसबेला व्यस्त सहरमा भएको त्यस भव्य महलको चार कोठाबाहेक सबै भाडामा लागेका थिए । उनीबाहेक अरु दुई जना पनि स्थायी नोकरीमै संलग्न थिए । पवित्रा माध्यमिक द्वितीय श्रेणीकी शिक्षिका थिइन् भने जेठो छोरो प्रकाश राष्ट्र बैंकको आठौं श्रेणीको अधिकृत थियो । कान्छो आकाश नोकरीमा संलग्न नभए पनि उसले पुलचोकबाट सिभिल इन्जिनियरिङ सक्नै लागेको थियो । पवित्राका माइती धनाढ्य राणा खानदानका व्यक्ति भएकाले ऐस, आराम गर्न र सुविधा उपभोग गर्नमा उनी बनको काँडा थिइन् । काठमाडौंजस्तो ठाउँमा उनले दुईवटा नोकर–चाकर राखेका थिए । शिक्षण कार्यबाहेक पवित्राले ओरको सिन्को पर सार्न जानेको छैन भन्थे उनलाई चिन्नेजान्ने मान्छेहरू । वास्तवमा शिक्षण पेसा पवित्राको दिन काट्ने साधन मात्र थियो । मैले सुनेको चितवनतिर उनको २५ विघा जग्गा आफ्नो पेवा थियो रे । यी सबै कुरा हेरेर मैले त्यसबेला प्राडालाई एउटा सम्पन्न प्राध्यापकमा गणना गरको थिएँ । उनका साथीहरू भन्थे– “पवनलाई सरस्वती र लक्ष्मी दुबैले उत्तिकै माया गरेका छन् ।” गोष्ठी सकिनासाथ सबै कवि एवम् साहित्यकार गोष्ठीकक्षबाट बाहिरिन थाले । प्रा.डा. बाहिर निस्कँदै गर्दा मैले पुनः उनको हात समाएँ ।
‘यहाँसँग पुनः केही थप जिज्ञासा राख्न सकिन्थ्यो कि ?” भन्ने मेरो प्रश्नको उत्तरमा उनले भने— “सकिन्छ, किन नसक्नु ?” उनको शब्दशक्तिमा आलस्यको जलप लागेको थियो ।
“यहाँ राष्ट्रिवादी तथा देशभक्त हुनुहुन्छ भन्ने कुरा यहाँको कविताले देखाइसकेको छ । यो कुरा कवितामा मात्र सीमित छ कि यहाँको अन्तरात्माले नै बकेको हो, प्रष्ट हुन पाउँन”, मैले भनेँ ।
“आत्रेयजी ! अन्तरात्मामा नभएको कुरा कवितामा आउन सक्छ र ?” प्रतिप्रश्न गरे उनले ।
“हजूर, कथनी र करनी एकै भए कविता अन्तरात्माबाटै बोलेको हुन्छ तर ....” मेरो कुरा टुङ्गिन नपाँउँदै उनी जंगिए– “के तर ?.......”
“तर त्यत्रो सम्मानित प्राध्यापक पेसा छाडेर तपाइँ किन अमेरिका हानिनुभयो ?” मैले भनेँ । मेरो सोधाइबाट उनको रक्तप्रवाह किन्चित शिथिल भएजस्तो देखियो । आफ्नो स्वरलाई नरम बनाउँदै उनले भने–“सुरुमा त ..... म पर्यटककै रूपमा यहाँ आएको थिएँ । किमार्थ पनि बसुँला भन्ने सोच थिएन ।”
“अनि यत्रा वर्षसम्म यहाँ तापाइँलाई केले अँठ्यायो ? कस्तो खालको चुम्बकले आकर्षण ग¥यो श्रीमती र छोराहरूलाई समेत ?”
“खै ....” दिग्दारीको भावमा उनले भने । लाग्थ्यो साँचो कुरा उनको रुद्रघन्टीमा आएर अड्किएको थियो ।
“अच्छा, अब तपाइँ नढाँटी भन्नोस् तपाइँ यहाँ कस्तो खालको पेसामा संलग्न हुनुहुन्छ ?” केही उत्तेजित भएकोजस्तो भावमा मैले भनें । मेरो सोधाइबाट उनी एकछिन स्तम्भितजस्ता देखिए र ईष्र्या घोलिएको भनाइ अघि सारे— “अमेरिकामा शत्रुलाई पनि यस्तो प्रश्न सोध्नु हुँदैन । आ... छाड्नुहोस् यस्ता उरन्ठेउला कुरा ।”
“मेरो जिज्ञासाको समाधान नहुन्जेलसम्म यहाँलाई सापले भ्यागुतो पक्डिएझैं पार्छ यसले । यो कुरा बुझेर उम्कने चेष्टा नगर्नुहोला ।” अझ सारो हात अँठ्याउँदै भनें मैले । केही नलाग्ने देखेर उनले पुनः मुख खोले । भित्रैदेखि खोले या बाहिर मात्र भन्नेतर्फ म गइन ।
“पङ्कजजी, तपाईंलाई किन ढाँट्नु ? म मेरील्यान्डमा जी–स्टेसनमास्टर गर्छु ।” उनले भने । उनको भनाइमा केही छलछाम थियो कि भन्ने कुरा उनको मुखमुद्राले देखाइरहेको थियो । उनी नेपाली भाषाको प्राध्यापक भएकाले पक्कै पनि उनको भनाइ अभिधात्मक थिएन । ‘... अमेरिकामा शत्रुलाई पनि पेसा सोध्नु हुँदैन’ भन्ने उनका भनाइ उक्त कुराको प्रमाण थियो । जे भए पनि मजस्तो भर्खर मात्र अमेरिका टेकेको नेपालीका लागि अभिधात्मक अर्थमा भनेको हो भने प्राडाले ..... जी–स्टेसनमास्टर भएर काम गर्नु ठीकै थियो ।
“ए, अमेरिकाजस्तो ठाउँमा आएर पनि सरले राम्रै पेसा भेट्टाउनुभएको रहेछ । अनि गुरुमाचाहिँ के गर्नु हुन्छ नि ?” वास्तविक कुरा पग्रिन्छ कि भन्ने मनसायद्वारा मैले सोधेँ ।
“उनी ..... पेडियाट्रिक नर्स’ छिन् । पेसा एकप्रकार राम्रै छ भन्नुपर्यो र खान, बस्न, सुत्न अफिसले नै दिन्छ । हप्तामा एक दिन पनि हाम्रो भेट हुन हम्मेहम्मे पर्छ । बाल अस्पताल न हो सारै बिजी छिन् ।” आत्मसन्तुष्टिको भाव प्रकट गर्दै उनले भने । उनका हाउभाउबाट कृत्रिमताको आभास पाउन सकिन्थ्यो ।
छोराहरूका बारेमा मैले सोध्नै परेन । उनले आफैं भने– “छोराहरू उत्तरआधुनिक भइसकेका हुनाले धेरै दिसम्म उनका लागि उत्तरआधुनिक नोकरी खोजियो । जहाँ इच्छा तहाँ उपाय भने जस्तै उनका लागि उपयुक्त नोकरी पनि भेटियो । उत्तरआधुनिक नोकरी, त्यसमा पनि एउटै दरबन्दीमा दुबै जनाले काम पाउनु मेरालागि कम खुसीको कुरा रहेन ।”
साहित्यमा आएको उत्तरआधुनिकता नै नबुझेका मान्छेलाई .... नोकरीमा उत्तरआधुनिकता भन्ने कुराले मलाई कुहिरोको काग बनायो । कुहिराबाट बाहिर निस्कन प्रयत्न गर्दै मैले भनें— “हम्रो नेपालमा त साहित्य, सङ्गीत, कला आदिमा मात्र उत्तरआधुनिकता भित्रिएको चर्चा परिचर्चा सुनेको थिएँ । अमेरिकामा त काममा पनि उत्तरआधुनिकता आइसकेछ । अँ कस्तो काम (नोकरी)लाई उत्तरआधुनिक काम भन्छन् सर ?” प्राडाले उत्तरआधुनिक कामलाई यसरी परिभाषित गरे—“उनीहरू फिलहाल भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीको उत्तरआधुनिक स–मिलमा काम गर्दैछन् । यो काउन्टी अमेरिकाको मात्र होइन विश्वकै सबभन्दा धनी काउन्टी हो र यहाँको उत्तरआधुनिक स–मिल पनि विश्वमै पहिलो हो ।”
“यसका केही विशेषता पनि जान्न पाइन्थ्यो कि ?” मैले भनें ।
“पङ्कजजी ! उत्तरआधुनिक काम भनेको धेरै राम्रो कुरा रहेछ । धेरै कुरामा सुविधा हुनु यसको महत्त्वपूर्ण पक्ष हो । साहित्यमा जस्तै यसमा पनि कुनै नियम, सिद्धान्त, टायम–टेबल भन्ने कुरा नमोनास्ति हुँदोरहेछ । यसमा वर्ष, महिना, घन्टा, हिसाब लागु हुँदैन । यसमा त पटकको हिसाबमा बेतन मिल्छ । सामान्यतया बिहान एक पटक अनि बेलुका एक पटक काममा खटनुपर्छ तर मेसिनमा गडबडी भएका बेलाचाहिँ अरु पाँचसात पटकसम्म पनि ओभरटायम खट्नुपर्छ । त्यस्तो खटाइ भनेको आठपाँच मात्र पर्नसक्छ । .... ‘खाईलाई तीन लात्ती’ भनेझैं खान बस्न सबै कम्पनीकै । बिदाचाहिँ मेसिननै बन्द भयो भने मात्र नत्र पाइँदैन । नभेटी नहुने भएमा समय मिलाएर हामी दुबैजना छोरा भेट्न स–मिलमै पुग्छौं । अमेरिकाको बिजी लाइफ यस्तै हो ।”
“पङ्जजी ! अझै गफ सकिएन ?” पछाडिबाट कोट्याउँदै कवि सुवेदीले भने ।
म हत्तपत्त कवि सुवेदीको रातो कारमा गएर बसेँ । हामी उड्ब्रिजतिर फर्कियौं । गफको सिलसिलामा कवि सुवेदीलाई मैले सोधें— “जी–स्टेसनमास्टर भनेको के हो सुवदीजी ?”
“किन ?” उल्टै प्रतिप्रश्न गरे उनले ।
“प्राडा पवनले गरेको नोकरी कुन किसिमको रहेछ भनेर जान्न मात्र चाहेको” मैले भनें ।
“तपाईंलाई उनले कस्तो नोकरी गरेजस्तो लाग्यो त ?”
“मेरो विचारमा उनी रेलको या बसको स्टेसनमास्टरमध्ये कुनै एक हुनुपर्छ ।”
एकछिनको मन्दमुस्कानपछि कवि सुवेदीले भने– “जी–स्टेसन भनेको ग्यास स्टेसन हो । उनी ग्यास स्टेसनमा काम गर्ने कर्मचारी हुन् । उनको दर्जा नेपालमा पेट्रोल पम्पमा तेल भर्ने कामदार जस्तै हो । नेपालबाट भर्खरभर्खर आउने मान्छेलाई यसै गरी ढाँट्छन् सबैले । नेपालमा पो प्राडा त, अमेरिकामा भुत्राको प्राडा । यहाँ ग्यास स्टेसनमा काम गर्नेले रेस्टरुम (चर्पी) सफा गर्नेदेखि लिएर आइपर्ने सबै काम गर्नुपर्छ ।”
नेपालका प्राडाहरू अमेरिका भनेपछि कति हुरुक्क हुँदारहेछन्, उनीहरूको राष्ट्रवाद साँच्चिकै कवितामा मात्र हुँदोरहेछ भन्ने कुराको अलेली हेक्का भयो मलार्इ ।
मैले अर्को प्रश्न राखें– “सुवेदीजी ! पेडियाट्रिक नर्स भनेको कस्तो पेसा हो ?”
“पवित्रा के गर्दैछिन् भन्न खोज्नुभएको होइन तपाईंले ?” सुवेदीजीले अर्को प्रतिप्रश्न गरे ।
“हजूर ।”
“उनी एउटा भारतीय मुलको अमेरिकी सेठको घरमा तीनजना नानी हेर्ने काम गर्छिन् ।”
“अनि नर्स किन भने त प्राडाले ?”
“नानीहरूलाई हेर्ने, बोक्ने, खुवाउने, सुताउने, आची पुछपाछ गर्नेलाई धाई (नर्स) नभनेर अरु के भन्ने त ।” मेरा विचारमा प्राडाले ठीकै भनेका हुन् ।
यस भनाइले मलाई तुरुन्त काठमाडौं पुर्यायो । धनाढ्य, सम्मानित श्रीमान् तथा प्रसस्त नोकरचाकर राखेर देशको राजधानीजस्तो ठाउँमा बसेकी पवित्रा गुरुमा अहिले स्वर्गमा छन् कि नरकमा ? भन्ने प्रश्नको द्वन्द्वमा फसें म । म आपैंmले आफैंलाई प्रश्न गरें— “के डलर मात्र सबैथोक हो ?”
कल्पनाबाट यथास्थितिमा फर्किंदा हामी चढेको गाडी लगभग सत्तरी माइल प्रतिघन्टाको गतिमा बगिरहेको थियो । ९५ महामार्ग भएर हामी उत्तरबाट दक्षिणतिर जाँदै थियौं । बेलुकाको नौ बज्न लागेकोले त्यस महामार्गमा ओहोरदोहोर गर्ने असंख्य गाडीहरूलाई देखेपछि इलाम तोरीबारीको घना बाँसघारीभित्र झल्याकझिलिक र मल्याकमिलिक गर्ने जूनकिरीको महासागरभित्र छु कि जस्तो लाग्यो मलाई । कवि सुवेदी स्वयंले यस पटक गाडी हाँकेकोले म निर्धक्क थिएँ र ढुक्क पनि । मसँग अझै एउटा जिज्ञासा बाँकी रहेकाले पुनः कवि सुवेदीतिर प्रश्नको झटारो हानें ।
“कविजी, घर पुग्न पनि लागियो अब एउटा कुराचैं सोध्नैपर्यो । अँ, प्राडाका दुबै छोरा उत्तरआधुनिक स–मिलमा काम गर्छन् रे । उत्तरआधुनिक स–मिल भनेका कस्तो खाले मिल होला ?”
“पङ्कजजी, यसको उत्तर गाडीभित्र दिन मिल्दैन, पुलिसले अहिल्यै समात्छ । म मात्र होइन तपाईं नयाँ मान्छे पनि पक्डाउ खानुहुन्छ, त्यसैले मेरा घरमा पुगेपछि म यसको उत्तर दिन्छु ।”
केहीबेरको निस्तब्धतापछि कवि सुवेदीको घर आइपुग्यो । हामी गाडीबाट ओर्लियौं । छोटो आराम र चिसो पेय पदार्थ ग्रहणपश्चात् मैले अघिकै उत्तरआधुनिक स–मिलसम्बन्धी प्रश्न पुनः दोहोर्याएँ ।
“स–मिल भनेको के हो यो त थाहा छ होइन ?”
“अमेरिकाको थाहा नभए पनि नेपालको स–मिल चाहिँ थाहा छ । मेरै छिमेकी हेमनारायणले पनि स–मिल चलाएको छ, मिल चलेका बेला कानै फुट्लाझैं हुन्छ ।”
“आच्छा दुई आरावालले मूढो ठड्याएर आराकाटेको देख्नुभा’छ ?”
“किन नदेख्नु, मैले आफ्नै घरमा बिहारी आरावाल लगाएर काठ चिराएको छु ।”
“ल, त्यसो भए तपाईं स्पष्टसँग बुझ्नुहुन्छ । प्राडाका दुबै छोरा बिहारी आरावालले जस्तै आराकाट्ने काम गर्छन् । फरक यति छ बिहारीले उँभोबाट काट्छन् भने यिनीहरू उँधोबाट काट्छन् ।”
“कसरी ?” मैले सोधें ।
“यही भर्जिनियाँको फेयरफ्याक्स काउन्टीमा एउटा धेरै धनी भारतीय मूलको अमेरिकी सेठ बस्छ । त्यसका हजूर बा नै भारतबाट यहाँ आएर बसेका रे । कालान्तरमा धनसम्पत्ति बढ्दै जाँदा त्यसको शरीर पनि बढ्दै गएर हेमानको भएको छ । लगभग तीन क्वीन्टलभन्दा बढी । ज्यादै मोटो बङ्गुरकट भएका कारण उसका हात पनि टाङमुनि पुग्न नसक्ने भएछन् । अब के भयो त भन्नुहोला; उसलाई नोकरचाकरको आवश्यकता पर्नगयो । सुताउने, उठाउने, नुहाउने, धुवाउने, खुवाउनेजस्ता विविध कामका लागि कर्मचारीहरूको दरबन्दी सिर्जना गर्यो उसले । सो दरबन्दीमध्ये प्राडाका छोराहरूले पनि नोकरी भेटे । उनीहरूको काम रेस्टरुमभित्र मात्र पर्दछ । सामान्यतया, बिहान र बेलुका दुई पटक मात्र । सेठको पेट फुलेको र ‘अथि’को गेट खुलेको बेला उनीहरूले ओभरटाइम काम पनि पाउँछन् ।”
“कविजी, तपाईंको भनाइले मलाई रिँगटा लाग्यो । उनीहरू गर्छन् चाहिँ के ?”
मेरो प्रश्नको उत्तर कविले यसरी दिए— “सेठ रेस्टरुम (चर्पी) भित्र पस्नासाथ उनीहरू बाहिर तैनाथ बस्छन् बैंकको गार्डझैं । भित्रबाट आची सकिएको साङ्केतिक घन्टी बज्छ अनि उनीहरू भित्र पस्छन् । सावधानीपूर्वक ट्वाइलेट क्लोथ पानीमा भिजाउँछन् र सेठका टाङमुनि छिराउँछन् र कपडाको एक छेउ एक भाइले अर्को छेउ अर्को भाइले अँठ्याएर आरा काट्दै पानीमा चोब्दै गर्छन् । अब भन्नुहोस् त यसलाई उत्तरआधुनिक स–मिल नभनेर के भन्ने ?”
“हा ... हा ... हा ... हा ...” म हाँसे कति हो कति ? हाँस्ताहाँस्ता राल सिँगान नै भयो । कवि र कवि पत्नी पनि पेट मिचीमिची हाँसे धेरै बेरसम्म । मैले मनमनै भनें– “हाँसो प्रभावित कक्ष, हाँस्ने पात्रहरू र हाँसोको उद्भव केन्द्र” सबै नै उत्तरआधुनिक हुन् सम्बन्धित समालोचकका चेतना भया ।”

-०००-