प्रयोगकर्ता:Shreepunya/Books/wikibooks:books/kalsarpayog

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

कालसर्पयोग शान्ति[सम्पादन गर्नुहोस्]

‌‌‌ज्योतिष समाचार आषाढ ज्येष्ठ विशेषांक[सम्पादन गर्नुहोस्]

‌‌‌कालसर्पयोगको प्रकार

वर्तमान समयमा धेरै विद्वानहरूले अनेक प्रकारले यस विषयमा अनुसन्धान गरेका छन् र सयकडौ प्रकारका कालसर्पयोगहरूको बारेमा बिचार राखे पनि मानव जीवनमा प्रभाव पार्ने क्षमता भएका कालसर्पयोगहरू भने 12 प्रकारका मात्र छन्। अनन्त कालसर्पयोग लग्नमा राहु र सप्तमभावमा केतु बसेर अन्य ग्रह यी दुई ग्रहको बीचमा हुदा यो योग बनिन्छ। फल:- प्राय गरेर मैले यस्ता कुण्डलीहरूको अध्ययनमा यो पाएको छु कि यस्ता व्यक्तिहरू ष्ष्याम वर्णका,अर्काको गुणलाई विर्सेर दोषको मात्र कुरागर्ने। धनको अभाव हुन्छ भने कतिको अन्य शुभयोगका कारण धन चाहि हुन्छ तर त्यसको सदुपयोग गर्न नजानेर दुख पाउने गर्छन्। कतिको विवाह ढिलो हुन्छ भने कतिको विवाह नै नभएको पनि मैले पाएको छु। सन्तान नहुने वा हुने बेलामा धेरै कष्ट हुने वा भएर मर्ने आदि अनेक समस्याहरूको संजालमा फस्दछन् यो योग भएका जातकहरू। अर्को विषयमा यस्ता जातकहरूलाई सरकारी समस्याहरू आउने गर्दछ भने बाहिरी अव्यवस्थाका कारण वैवाहिक जीवन पनि त्यती सुखमय रहदैन। धेरै विषयहरूमा नचाहेर पनि झुठो बोल्नु पर्ने बाध्यता आईपर्दछ। यस्ता कुण्डलीहरू सबै नराम्रा हुन्छन् भन्ने कुरा चाहि असत्य हुन्छ किनकि मैले यही योग भएका ठुला व्यक्तित्वहरू पनि पाएको छु। ग्रहहरूको राम्रो योगले कालसर्पयोगको प्रभावलाई कम गर्न सक्छन् भन्ने कुरा तलको उदाहरण ले स्पष्ट गर्नेछ। कुण्डली नं 1 पाॅच ग्रहहरू चतुर्थ भावमा बसेका छन् त्यसकारण व्यक्तिमा तिव्र मनोबलको विकास भयो पढाईमा कुनै बाधा आएन विद्यास्थानको शनिको स्थिति राम्रो भएका कारण । व्यक्ति अहिले काठमाण्डौको कुनै प्रतिष्ठित कम्पनिको चेयरमेन छन्। किनकि जातकको कुण्डलीमा सुखेष गुरू स्वगृहि भएर हंष योग बनाई रहेको छ। भने मंगलको दृष्टि प््राभावका कारण जातक आज उच्च पदमा बसेर काम गरिरहेका छन्। 2 कुलिक कालसर्प योग द्वितीय भावमा राहु र अष्टम भावमा बसेको केतुको बीचमा अन्य ग्रह बसेमा जातकलाई कुलिक नामक कालसर्प योग हुन्छ। फल:- प्रायः यस्तो योग भएका जातकले आफ्नो जीवनमा चोट,दुर्घटना,पैतृकधनबाट बंचित,कुटुम्ब सुखको अभाव, र अत्याधिक मेहनत र न्युनतम प्रतिफलको अवस्था रहने गर्दछ। आॅखा र पेट सम्बन्धि विमारहरू रहने र उसले बोलेको राम्रो कुराको पनि व्यक्तिहरूले गलत अर्थ लगाउने गर्दछन्। तर यो सबै कुरा हुदा हुदै पनि कति व्यक्तिहरूको जीवन अन्य योगको प्रवल प्रभावका कारण राम्रो भएको पनि पाएको छु। वासुकी कालसर्प योग तृतीय भावमा राहु र नवम भावमा केतु भएर अन्य ग्रहहरू बीचमा भए यो वासुकी नामक कालसर्प योगको उदय हुन्छ। फलः- यसले व्यक्तिलाई निकै परिश्रमी बनाउछ उ काम गर्न पछि हट्दैन तर कामको पूर्ण इनाम भने उसले प्राप्त गर्न सक्दैन । वस्तुत उसले गरेको कामबाट अरूलाई फाईदा भईरहेको हुन्छ। दाजु भाईसॅगको सम्बन्ध पनि त्यति राम्रो रहदैन। मित्रहरूलाई बीचैमा छोडेर एक्लो बनाएको भान हुन्छ। हमेषा कुनै प्रकारको डर मनमा भई रहेको हुन्छ। मानसीक तनाब र गुप्त रोगको संभावना धेरै हुन्छ। शंखपाल कालसर्प योग। चतुर्थ भावमा राहु र दषम भावमा केतु भएर अन्य ग्रहहरू बीचमा भए यो ष्षंखपाल नामक कालसर्प योग भएको मानिन्छ। फलः- यो योगलाई अलिक नराम्रो र कठिन मानिएको छ। यस्तो योग भएको व्यक्तिको जीवन धेरै संघर्षमय रहन्छ। संतान,जीवनसाथि र षिष्यहरूको अभाव हुनु र परिवारमा पिताजीसॅगको सम्बन्ध विग्रनु वा पिताजीलाई आफू सानै हुदा अलग पार्नु यो योगको स्वभाविक गुण हो। कार्य क्षेत्रमा अपमान जनक घटनाहरू हुनु र कार्य स्थिर नरहनु। तर विदेषमा राम्रो हुन्छ। पद्म कालसर्प योग पंचम भावमा राहु र एकादष भावमा बसेको केतुको बीचमा अन्य ग्रहहरू हुदा यो योगको उदय हुन्छ। यो योगमा संतान अभाव, गर्भ पातको स्थिति,आर्थिक कष्ट,षारीरिक पीडा, पढाईमा बाधा आउदछ साथै पेटमा कुनै ठुलो रोग लाग्न सक्छ र अप्रेषनको स्थिति पनि सृजना हुने गरेको पाईएको छ। महापद्म कालसर्पयोग राहु छैठौ घरमा र केतु बारहौ घरमा बसेर अन्य ग्रहहरू बीचमा रहदा यो योगको उदय हुन्छ। फलः-यस्तो योग भएका व्यक्तिले विवाह पूर्व धेरै साबधान भएर बस्नुपर्छ मादक पदार्थहरूकेा त्याग गर्नु राम्रो हुन्छ। किनकि यस्तो योग भएका व्यक्तिहरू दुर्घटना , रक्त विकार, मष्तिष्क विकारको समस्याका साथै मीत्रबाट धोखा पाउने संभावना धेरै हुन्छ तर विवाह पछि यस्ता व्यक्तिहरूको भाग्य उदय भएको मैले पाएको छु। तक्षक कालसर्प योग राहु सप्तम भावमा र केतु लग्नमा बसेर अन्य ग्रह बीचमा रहदा यो योगको उदय हुन्छ। फलः- चंचल व्यक्तित्व , परिश्रम अनुसारको धनको अभाव , जीवनमा बिघ्न बाधाहरू , स्त्री पक्षबाट नोक्सानी हुनु यो योगको स्वभाविक गुण हो यस्तो योग भएका व्यक्तिहरूलाई अकाल मृत्युको पनि भय रहन्छ। अतः कौडा जगाएर आफूसॅग राखेमा धनको अभाव कम हुन्छ। कर्कोटक कालसर्प योग राहु अष्टम भावमा र केत द्वितीय भावमा बसेर बाकि ग्रह बीचमा रहदा या कर्केाटक नामक कालसर्पयोग हुन्छ। फल:- यो योगलाई अलिक भयानक रूपमा व्याख्या गरिएको छ। यदि कुनै महिलाको कुण्डलीमा यो योग भयो भने उसको परिवारिक जीवन नरक तुल्य हुन्छ र कुनै व्यक्तिको कुण्डलीमा यो योग छ भने यसले शत्रु पीडा बढाउछ र अचानक धन प्राप्तिको लालचामा आफूॅसॅग भएको रकम पनि सक्छ। शंखनाद कालसर्प योग नवम भावम राहु र तृतीय भावमा केतु बसेर अन्य ग्रहहरू बीचमा बसेको अवस्थामा शंखनाद कालसर्प योग भएको मानिन्छ। फलः- यस्तो योग भएका व्यक्तिहरू धर्म कर्म प्रति कम रूचि राख्नका कारण दैविक कृपा हीन भएर धेरै प्रकारका दुख भोगीरहेका हुन्छन्। तर्कवादी भएर पनि नचाहिने र अनावष्यक वहषमा व्यस्त रहेर आफ्नो अमूल्य समय वर्वाद गरेर अन्तिममा पछताउछन्। यस्ता व्यक्तिहरू धेरै परिश्रमी भए पनि सफल भने हुन सक्दैनन्। पातक कलसर्प योग। दषम भावमा राहु र चतुर्थ भावमा केतु बसेर यो योगको सृजना हुन्छ। यो योग कार्य क्षेत्रको लागि धेरै नै समस्या दायक योग मानिन्छ। पैतृक सम्पतिको लगान लगाएर गरिएका उद्योग धन्दाहरू नष्ट भएर जान्छन् स्वयंको पूॅजी लगाएर गरिएका व्यवसाय पनि असफल हुन्छन् तसर्थ पूजी व्यवसाय धेरै राम्रो हुन्छ। यदि पूजी लगानि गरे पनि कुनै व्राह्मण वा भिखारिसॅग उदारो लिएर गरेको काम भने सफल हुन्छ ।तर काम सफल हुन थाले पछि लिएको उदारो व्याजका साथ फिर्ता गर्नुपर्दछ। यसो गर्न सकियो भने यो योगले तपाईले धेरै धन र सम्मान दिनेछ। विषाक्त कालसर्पयोग राहु एकादष भावमा र केतु पंचम भावमा बसेर अन्य ग्रह बीचमा रहदा यो योगको उदय हुन्छ। फलः- यो योगले स्त्रीलाई संतान हुन नदिने र पेट सम्बन्धि पाठ्यघर सम्बन्धि समस्या देखाउने गर्छ यदि यो योग छोरा मान्छेको चिनामा छ भने त्यस्तो व्यक्ति दुई नम्बरको अर्थात गैर कानुनी काम गर्न रूचाउछ र धेरै धन कमाउने लालचामा जेल कोट आदि गैरहनुपर्ने हुन सक्छ र सन्तान सुखमा कमि आउदछ। शेषनाग कालसर्प योग राहु द्वादष भावमा र केतु षष्ठं भावमा बसेर अन्य ग्रहहरू बीचमा रहेमा यो कालसर्प योगको उदय हुन्छ। फल:- अनावष्यक खर्च बढ्नु, जोडेर राखेको धन सकिदै जानु, आखा मा समस्या देखिनु, परिवारमा कलह बढ्दै जानु र दिन प्रतिदिन ऋण बढ्दै जानु। आदरणीय पाठक मित्रहरू ! उपरोक्त कुराहरू हुदा हुदै पनि धेरै ग्रहहरूको अन्य राम्रा योगका कारण व्यक्तिहरू धेरै सफल भएको उदाहरण हामीसॅग छ। अतः कालसर्पयोग छ भनेर डराउनु पूर्व त्यसको बारेमा धेरै गहन अध्ययन आवष्यक छ। हामी तपाईलाई सम्पूर्ण जानकारी निषुल्क दिन्छौ हामीलाई आफ्नो समस्या अवष्य भन्नुहोला।

‌‌‌कालसर्पयोगको बारेमा

कालसर्प योग वर्तमान समयमा कालसर्पयोग को विशेष चर्चा चलेको पाईन्छ । कति ज्योतिषिहरू यसलाई अफवाह मात्र भन्छन भने कसैको यस प्रति पूर्ण निष्ठा रहेको छ। यो योगको ैज्योतिषिय निर्माण र यसको समाधान का विषयमा प्रत्येक ज्योतिषी र कर्मकाण्डिको आफनै ढंग रहेको पाएको छु। कसैले शास्त्र संम्मत गरे पनि त्रुटि पूर्ण समाधान गर्छन भने कसैको विधान त शास्त्र संम्मत पनि रहदैन । यो कालसर्पयोग के हो भने पूर्ण नबुझने हरूले पनि चादिको नाग औठी र यज्ञ अनुष्ठानको माध्यमबाट जनतालाई भ्रमित पार्दै धेरै रूपैया जोडन सफल भएका छन् । एउटा आश्चर्यको कुरो के छ भने कालसर्पयोग को पूर्ण समाधान गराउने ग्यारेण्टि गर्ने विद्वानहरूलााई नै यसको लक्षण र इतिहास थाहा छैन। सबैजनाको कालसर्पयोगको शान्ति एउटै विधिबाट गराउदछन्। आज हामी कालसर्प योग के हो कति प्रकार का हुन्छन् यसको सहि सबल समाधानहरू के के हुन् कसरि यसको समाधान गर्ने। त्यसको बारेमा पूर्ण जानकारी विभिन्न विद्वानहरूको बिचारबाट अध्यन गरौ । के हो कालसर्पयोग ? अग्रे रोहुरधः केतु सर्वे मध्यगता ग्रहाः। योगोयं काल सर्पाख्यो शीध्रं तं तु विनाषय।। राहु र केतुको बीचमा सबै ग्रहहरू भए भने काल सर्प योग बनिन्छ । जन्म पत्रिका अनुसार जब-जब राहु र केतुको महादषा र अन्तर्दषा मानव जीवनमा आउदछ तब यसको प्रभाव व्यक्तिमा ज्यादा हुने गरेको पाईन्छ। कालसर्पयोगको विभाग उदित र अनुदित गरेर दुई विभागमा वर्तमा विद्वानहरूले कालसर्प योगलाई विभाजन गरेका छन्। राहु बक्रि हुने भएकाले राहुको मुख तर्फ सबै ग्रहहरू छन् भने उदित कालसर्प योग हुन्छ। र राहुको पिठ तिर सबै ग्रह भए अनुदित कालसर्पयोग हुन्छ भनिएको छ । अनुदितको तुलनामा उदित कालसर्पयोग अलिक नराम्रो हुन्छ। कसैको कुण्डलीमा एउटा ग्रह राहु र केतु देखि बाहिर छ भने पनि आंषिक कालसर्प योग भएको मानिन्छ। कालसर्पयोगको इतिहाष। त्यसो त हाम्रो उत्तरी ज्योतिष शास्त्रमा कालसर्पयोगको बारेमा स्पष्ट वर्णन गरेको पाईदैन। त्यै भएर होला नेपालका अधिकतर ज्योतिष शास्त्रीलाई यसबारेमा त्यति थाहा पनि छैन तर त्यै योगलाई कतिपयले पितृदोष सर्पदोष आदि नाम दिएर सम्बोधन गरेको भने पाएको छु। रै पनि स्पष्ट र शास्त्रीय बचनहरू मैले प्राप्त गरेको छैन। भृगु संहितामा राहु लग्नमा भएर केतु सप्तम स्थानमा रहदा ’’मृतः प्रसुतिः’’ सुत्र रहेको छ। अर्थात यस्तो अवस्थामा जातकलाई सन्तान सुखको कमि रहन्छ र यसको उपायमा नागपूजाको वर्णन गरिएको छ। अर्को जातकाभरणम्मा पनि सर्पयोगको बारेमा वर्णन गरिएको छ तर त्यसको आषय भने अर्कै छ। ’’केन्द्रत्रये खल ग्रहैव्र्याल समाव्हय स्यात् अर्थात केन्द्रमा तीनवटा केन्द्रमा पाप ग्रह छन् भने सर्पयोग हुन्छ। यो श्लोकले पनि अहिले चलिरहेको र धेरै चर्चामा रहेको कालसर्पयोग बारेमा केहि भन्न सकेको छैन। कहाॅबाट आयो त यो कालसर्पयोग? कालसर्पयोगको बारेमा दक्षिण भारतमा धेरै मोैखिक चर्चा हरू हुने गर्दथे । यसको बारेमा त्यहाॅका केहि ग्रन्थहरूमा पनि उल्लेख भएको पाईन्छ तर ती सबै प्रमाणहरू अधुरा थिए त्यही भएर यसको विकास हुन सकिरहेको थिएन एकजना भारतीय विद्वान जो सम्पूर्णानन्द संस्किृत विष्वविद्यालय वाराणसीबाट फलित ज्योतिषबाट पी एच डी गर्दै हुनुहुन्थ्यो वहाॅ अहिले दरभंगामा प्राध्यापक हुनुहुन्छ डा. विद्येष्वर झा ले एउटा लेख लेख्नु भयो ज्योतिषमा कालसर्पयोग र त्यसको प्रभाव त्यसले निकै चर्चा पायो र मैले पनि त्यो लेख खोजेर अध्ययन गरे मलाई त्यहाॅ भएका सामग्री एकदम सान्दर्भिक लाग्यो किनकि म पनि त्यहाॅ लेखेका सम्पूर्ण समस्याहरूबाट पिडित थिए तर त्यसको कारण थाहा थिएन यो लेखको सुक्ष्म अध्ययन गरेर मैले नागको सविधान पूजा गरे मेरा धेरै समस्याहरू 15 दिन भित्रै समाधान भएपछि मैले सोचे यो विषय ठिक हो र यसमा अज्झै रिसर्चको आवष्यकता छ तर मैले कुनै रिसर्च गर्न सकिन मसॅग पैसा र समयको अभावका कारण त्यै लेखलाई नेपाली भाषामा अनुवाद गरेर भारतबाट प्रकाषित हुने हिमाली गुराष 1997 ’’ पष्चिम पूर्व एक्सप्रेस 2000 मा मैले प्रकाषन गरे पछि नेपालमा पनि यसको धेरै प्रचार भयो र यो योग धेरै प्रकारका अफवाहहरूको साथमा नेपालमा आयो । अहिले विष्वमा नै यो योगले स्थान पाई सकेको छ भारत र नेपालका ठुला विद्वानहरूले यो योगलाई स्विकार गरिसकेका छन्। वर्तमान समयमा यो योगको बारेमा हिन्दी र नेपाली भाषाका अनेक साहित्यहरू प्रकाषित भइसकेका छन र भईरहेका पनिछन् तर समस्याहरू सबैको मिल्दो जुल्दो भएपनि समाधानमा विविधता पाएको छु। जसका कारण यो योगको सही समाधान हुन सकेको छैन। कालसर्पयोगको लक्षण। राति सपनामा साप,बिरालो,कुकुरले टोक्नु या खेदाउनु ,मन्दिर ,पुराना जिर्ण भवनहरू किल्लाहरू देख्नु पुलिसले समातेर लग्नु जेल आदि देख्नु,कुआ,पोखरी नदी,नालाहरूमा पस्नु,डुब्नु,झगडा विवाद छतबाट खस्नु रूखबाट खस्नु पहाडआदि चढ्नु यस्ता प्रकृतिका सपनाहरू अधिकतर देखिन्छ र जाग्रत अवस्थामा आफूलाई मृत्युको आषंका डर भईरहन्छ। सन्तान हानि हुन्छ,कार्यमा नसोचेका व्यवधानहरू आई रहन्छन्, परिवारमा साना साना कुरालाई लिएर दैनिक कलह,प्रषस्त धन हुदा हुदै पनि सुखबाट बंचित,धेरै अथक अध्ययन गर्दा पनि षिक्षामा कमजोड अवस्था विवाहमा विलम्ब या समस्या ,रोगहरूले आक्रमण गरिरहनु आदि कालसर्प योगका स्पष्ट लक्षणहरू हुन्।

‌‌‌कालसर्पयोगको सहि समाधान


कालसर्पयोग शान्तिको सही विधान।

यस विषयमा ज्योतिष शास्त्रीहरू बीच निकै मतभेद रहेको छ।स्वयं अनुसन्धान नगरेर कालसर्पयोगको लक्षण थाहा पाएर र सुनेको विधिको भरमा गरिएका कालसर्पयोग शान्तिहरूले व्यक्तिमा कुनै पनि सुधार ल्याएको छैन। नेपालमा अनेक संघ संस्थाहरूले आयोजना गर्ने गरेको कालसर्पयोग शान्ति महायज्ञहरू पनि प्रभाव विहिन रहेको छ। नेपालमा ज्योतिषि पिच्छे अलग अलग समाधान गर्ने अषास्त्रीय तरिका पाएको छु। नाग खोलामा बगाउने।् होम गर्ने। झन यस विषयमा भारतीयहरू के भन्न थालेका छन भने यो योगको शान्ति भारतमा मात्र हुन्छ रे। यी सबै फटाहा झुठा कुरा हुन्। कालसर्पयोगको शान्ति तपाईले जहाॅ पनि गर्न सक्नुहुन्छ। तर सही विधि ले गनुपर्यो। यसको सही समाधान विधि के हो त ? यो अनुष्ठान कृष्ण पक्षको चतुर्दषिबाट प्रारम्भ गरेर शुक्ल पक्षको पंचमीसम्मको हुन्छ। यो अनुष्ठानलाई निम्न तरिका बाट पुरा गर्ने। 1 चतुर्दषीको दिन एकछाकि खाने।प 2 ओंषीको दिन नान्दी श्राद्ध र पितृसुक्तको 108 आवृति पाठ गराई गायत्रीको जाप गर्ने। 3 प्रतिपदाको दिन सम्पूर्ण चाहिने पूजा समग्रीको व्यवस्था गर्ने। चाहिने पूजा सामग्रीको लिष्ट हाम्रो कार्यालयबाट मगाउन सक्नुहुनेछ। वेदि,कलष आदि तयार गर्ने। 4 लाभबेला हेरी र चर लग्नमा ग्रह गोचर मिलाएर स्वस्ति वाचन गरि संकल्प गर्ने। 5 द्वितीयाको दिन विहान नित्यकर्म सके पछि दियो,कलष र गणेषको पूजा गरी 12 जोडि नागको स्नान गराई पूजा गर्ने र प्रत्येक नागलाई षिवजीको चारै तर्फ कलषमाथि जोडिको हिसाबले स्थापित गर्ने। प्रमुख सुन र चादिका नागलाई आफ्नो योगको नाम दिएर पूजा गर्ने र रूद्राभिषेक गर्ने। 6 त्यस पछि जाॅप र पाठ प्रारम्भ गर्ने। 7 ओं गं गणपतये नमः 11000 जाॅप गर्ने। 8 ओं ह्रौं जूं सः ओं भूर्भूवः स्वः ओं त्र्यम्बकं यज्जामहे सुगन्धिं पुष्टि वर्धनम् उर्वारूकमिव बन्धनात् मृत्योर्मुक्षि यमामृतात् ओं स्वः भूवः भःू ओं सः जूं ह्रौं ओं।। यो मन्त्रको 125000 वा 54000 वा 21000 जाप गर्ने। 9 ओं नागराजाय विद्महे विषदन्ताय धिमही तन्नेा ...............................तपाईको चिनामा रहेको कालसर्पयोगको नाम...................प्रचोदयात्।।यो मन्त्रको 125000 वा 54000 वा 21000 जाप गर्ने। 10 ओं रां राहवे नमः 18000 जाॅप गर्ने। 11 ओं कें केतवे नमः 7000 जाॅप गर्ने। 12 उपरोक्त जाप संख्या संकल्प गरे अनुसार सकिए पछि। लघु रूद्रि वा रूद्रि गरेर अग्निस्थापना विधिले दषांष होम गर्ने । पूर्णपात्र दान गरेर व्राह्मणलाई दक्षिणा दिए पछि व्राह्मणबाट आषिर्वाद लिने र आफूले लगाएको कपडा लगाएर स्नान गरे पछि । त्यो कपडा गरिबलाई दान गर्ने र यज्ञस्थलमा आएर कालसर्प देाष निवारण यन्त्र जो यज्ञको पहिलो दिन भोजपत्रमा बनाएर राखिएको छ। धारण गर्ने। पाठक महेादय कुनै समस्या छ भने त्यसको समाधान पनि निष्चित छ अतः नआत्तिकन सही ठाउॅमा गएर सही समाधान गरौ र सुखमय जीवन बाचै। यस विषयमा अन्य केहि जानकारी चाहिन्छ भने । तपाई निषुल्क जानकारी लिन सक्नुहुनेछ। किषोर शास्त्री। आगामि अंकहरू निरन्तर पढन यो संस्थाको सदस्य अवष्य बन्नुहोला।

मुख्य पृष्ठ