पाकपुस्तक:T173070सेलरोटी
स्वरूप
T173070सेलरोटी | |
श्रेणी | गुलियो पकवानहरू |
---|---|
खाने व्यक्ति | ६ |
उर्जा | १५००-२१०० केजे (३५८-५०२ किक्या) प्रति व्यक्ति |
समय | ३०-६० मिनेट |
कठिनाई |
सेलरोटी चामलको पिठोबाट निर्मित एउटा नेपालमा पाईने एउटा खाद्य परिकार हो । यसलाई तिहार विशेष पर्व पूजा विवाह धार्मिक कार्यमा विशेष महत्व मानिन्छ ।
सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ताइचिनी चामलको पिठो १ किलो
- पकाउनलाई तेल अथवा घीउ पुग्ने गरी
- पिठोमा राख्ने घीउ १०० ग्राम
- चिनी १०० ग्राम
- दूध १ चिया गिलास उमालेको
बनाउने विधि
[सम्पादन गर्नुहोस्]चामलको पिठोमा घीउ, चिनी र दूध राखेर १० मिनेट माड्ने । अब पानी मिसाएर बाक्लो लेदो बनाउने । अब एउटा ताईमा वा कराईमा तेल तताउने । यो रोटी पकाउँदा आगोको आँच अलि बढी हुनुपर्छ । तपाईँको सजिलो अनुसार कचौरा, सोली, हातले सेलको आकार दिएर दुवैतर्फ राम्रोसँग पाक्ने गरी पकाउने । सेल पकाउँदा कसैकसैले आकार राम्रो बनाउनको लागि कराईमा बाक्लो कचौरा पनि राख्ने गर्दछन् । यसरी कचौरा राख्दा सेलको आकार बिग्रिँदैन ।[१]