दान सूक्त

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Jump to navigation Jump to search

दानसूक्त (१०.१२७) का ऋषि अंगिरस हुन् । यसको छन्द त्रिष्टुप जगती हो । संस्कृत शब्द दानको अर्थ हुन्छ– दिनु, वितरण गर्नु, भुक्तानी गर्नु, पुरस्कार दिनु । आधुनिक अर्थशास्त्रमा उत्पादनका साधनहरुको पारिश्रमिकलाई जुन शब्द प्रयोग गरिन्छ, त्यो दानसंग मिल्छ । उत्पादनका साधनहरुले आफ्नो योगदान अनुसार प्राप्त गर्ने प्रतिफल (ज्याला) लाई अर्थशास्त्रमा रिवार्ड (पुरस्कार) भन्ने गरिन्छ । यस अर्थमा पनि यो सूक्त आर्थिक अवधारणायुक्त छ । यस सूक्तमा नौवटा ऋचा छन् । यस अनुसार–

ऋचाहरू[सम्पादन]

१. देवताहरुले सबै प्राणीहरुलाई भोकको रुपमा (मात्र) मृत्यु प्रदान गरेका गरेका होइनन् । भोजन गर्दा पनि प्राणीहरु मर्छन् । दान दिनेको धन समाप्त हु“दैन । दान नदिनेलाई कसैले पनि सुखी बनाउन सक्दैन । २. अन्न भएको जुन व्यक्तिले भोको याचकलाई अगाडि देख्दा पनि आफ्नो मनलाई कठोर राख्छ, र त्यस भोको मानिसका अगाडि (आफुले मात्र) भोजन गर्छ, उसलाई कसैले पनि सुख दिन सक्दैन । ३. जो दुर्बल व्यक्ति अन्नको चाहनामा घुम्छ, उसलाई अन्न दिनेलाई नै दाता भनिन्छ । यस्तो दाताले यज्ञको पर्याप्त फल पाउछ र शत्रुहरुमा पनि मित्र भेटाउछ । ४. जसले सधैं साथ रहने र सेवा गर्ने मित्रहरुलाई पनि अन्न प्रदान गर्दैन, त्यो मित्र होइन । यस्तो मानिसको नजीक नरहनु नै बेश । उसको घर घर होइन, त्यस्तो घरबाट टाढा गइहाल्नु पर्छ । ५.याचना गर्नेलाई धन हुनेले धन अवश्य दिनु पर्छ । यस्तो धनीले धर्मरुपी लामो मार्ग प्राप्त गर्छ । जसरी रथको चक्का तलमाथि घुम्छ, त्यसै गरी धन सम्पत्ति एक व्यक्तिबाट अर्कोमा गइरहन्छ । ६. मनमा दानको भावना नराख्ने कंजुसले व्यर्थमा नै अन्न प्राप्त गर्छ । यस्ता व्यक्तिकालागि भोजन (विष समान) उसको मृत्यु समान हुन्छ । जसले न देवताहरुलाई पोषण प्रदान गर्छ, न बन्धुबान्धवहरुलाई खुवाउछ, यस्तो एक्लै भोजन गर्ने व्यक्तिले पापको अन्न खान्छ । ७. हलोले खेतीको काम गर्दै अन्न उब्जाउछ, उसले मार्गहरुमा हिंड्दै आफ्ना कार्यहरुले अन्न उत्पन्न गर्छ, जसरी मन्त्र जान्ने व्यक्ति मन्त्र नजान्ने भन्दा श्रेष्ठ छ, त्यसै गरी दान दिने व्यक्ति, दान नदिने भन्दा श्रेष्ठ हुन्छ । ८.सम्पत्तिको एक पद हुने दुइ पदहरु हुने कहा, दुइ पदहुने तीन पद हुने कहा, र तीनपदहुने त्यसभन्दा बढी हुने कहा जान्छ । यसरी क्रमशः सानो ठूलोसंग जान्छ । ९.उस्तै भए पनि हाम्रा दुइ हातको उत्पादन शक्ति एक समान छैन, एउटै आमाबाट उत्पन्न हुने दुइ गाईले समान दूध उत्पादन गर्दैनन् । जुम्ल्याहा भाईको श्रम क्षमता एकनास हुदैन । एकै परिवारका दुइ व्यक्तिले बराबर दान (खर्च) गर्दैनन् ।

विषय वस्तु

माथि भनिएको अर्थ व्याख्याबाट यस सूक्तमा निम्नलिखित विषय वस्तु रहेको स्पष्ट हुन्छ–

१. मानिसको तीव्रतम आवश्यकता भोक हो । भोकमरी मृत्युको कारण भए तापनि त्यो एक मात्र कारण होइन । २. भोकोलाई भोजन उपलब्ध गराउनु भनेको सन्तुष्टि अधिकतम गराउनु हो । ३. क्षमता अनुसार भोजन हुनेले भोजन र अन्य सक्षम व्यक्तिले भोजन प्रदान गर्ने क्षमता (धन वा रोजगार) प्रदान गर्नु पर्छ । यसरी आर्थिक असमानता घटाउन सकिन्छ । ४. उपभोगको क्रियाकलापलाई प्रोत्साहन गर्नु नै अर्थव्यवस्थाको विकास हो । जसले भोकोलाई अन्न, धन, दिन्न त्यो समाजको शत्रु हो । ५.जसका जरुरी आवश्यकता पूरा भएका छैनन्, सक्षम सामाजिक व्यक्तिले उसको आवश्यकता पूरा गर्ने व्यवहार गर्नु पर्छ । ६.समाजका हितमा खर्च नगर्ने व्यक्ति सामाजिक व्यक्ति होइन । ७. हलोले अन्न उत्पादनमा योगदान गरे जस्तै दान (खर्च) गर्नाले पनि उत्पादनमा वृद्धि हुन्छ । ८.आर्थिक क्रियाकलाप तीव्र हु“दै गए पछि अर्थव्यवस्था क्रमशः एक पद (क्षेत्र), दुइ पद, र अझ उच्च पदमा विकसित हु“दै जान्छ । ९.दुइ श्रमको उत्पादन क्षमता एक नासको हु“दैन त्यसै गरी दुइ उपभोक्ताको उपभोग (खर्च) क्षमता एक नासको हु“दैन ।