गीताध्यानम्

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Jump to navigation Jump to search


पार्थाय प्रतिबोधितां भगवता नारायणेन स्वयम्
व्यासेन ग्रथितां पुराणमुनिना मध्ये महाभारते
अद्वैतामृतवर्षिणीं भगवतीमष्टादशाध्यायिनी-
मम्ब त्वामनुसन्दधामि भगवद्गगीते भवद्वेषिणीम् ।१।
श्रीकृष्ण प्रभुले पृथातनयमा शिक्षा दिए जे जति,
ठूलो भारतभित्र व्यास मुनिले लेखेर राखे त्यति ।
वर्षा अंमृत गर्दछ्यौ भगवती सम्पूर्ण अध्यायले,
अामा ! पढ्छु सधैं प्रसन्न बन है ! आराधना ध्यानले ।१।

नमोऽस्तु ते व्यास विशालबुद्धे
फुल्लारविन्दायतपत्रनेत्र,
येन त्वया भारततैलपूर्णः
प्रज्वालितो ज्ञानमयः प्रदीपः ।२।
हाली महाभारत-रूप तेल
झलल्ल बाल्यो जसले प्रदीप ।
ती ज्ञान-खानी र सरोज-नेत्र,
श्रीव्यासमा गर्दछु ढोग नित्य ।२।

प्रपन्नपारिजाताय तोत्रवेत्रैकपाणये,
ज्ञानमुद्राय कृष्णाय गीतामृतदुहे नमः ।३।
हातमा बेतको लौरो, भक्त-कल्यतरु प्रभु,
गीता अंमृतका ग्वाला, कृष्णमा ढोग गर्दछु ।३।

वसुदेवसुतं देवं कंसचाणूरमर्दनं,
देवकी परमानन्दं कृष्णं वन्दे जगद्गुरूम् ।४।
आनन्द देवकीका हुन्, सुपुत्र वसुदेवका,
चाणूर-कंसका शत्रु कृष्णमा गर्छु वन्दना ।४।

भीष्मद्रोणतटा जयद्रथजला गान्धारनीलोत्पला,
शल्यग्राहवती कृपेण वहनी कर्णेन वेलाकुला ।
अश्वत्थामविकर्णघोरमकरा दुर्योधनावर्तिनी
सोत्तीर्णा खलु पाण्डवै रणनदी कैवर्तकः केशवः ।५।
भीष्मद्रोण किनार, सिन्धनृप हुन् पानी, कृपा धार हुन्,
शल्य ग्राह र कर्ण छाल, शकुनी गाढा निलो पद्म हुन् ।
गोहीरूप विकर्ण–द्रौणि, भुँमरीरूपी छ दुर्योधन,
साँच्चै पाण्डवले तरे रणनदी, माझी थिए केशव ।५।
सिन्धनृप = जयद्रथ । द्रौणी = अश्वत्थामा

पाराशर्यवचः सरोजममलं गीतार्थगन्धोत्कटं
नानाख्यानककेसरं हरिकथा सम्बोधनाबोधितम् ।
लोके सज्जनषट्पदैरहरहः पेपीयमानं मुदा
भूयाद् भारतपंकजं कलिमलप्रध्वंसिनः श्रेयसे ।६।
गीता-अर्थ सुगन्ध हो, कमल हो श्रीव्यासका शब्दको,
आख्यानादि सुगन्ध हो, हरि-कथा हो फूल विज्ञानको,
सारा सज्जन विश्वका भ्रमर हुन् हाँसेर प्यूँछन् रस,
होओस् भारत–पद्म पाप–क्षयको, कल्याणको कारक ।६।
भारत = महाभारत

मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरीम्,
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।७।
नबोल्ने बन्छ बोलैया, लङ्गडो नाघ्छ पर्वत,
कृपादृष्टि दिने कृष्ण प्रभुमा गर्छु बन्दन ।७।

शान्ताकारंभुजगशयनं पद्मनाभं सुरेशं
विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गम् ।
लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यम्,
वन्दे विष्णूं भवभयहरं सर्वलोकैकनाथम् ।८।
शान्त, स्वामी, भुजग-डसना, नाइटामा छ पद्म,
थाम्छौ विश्व प्रभु गगन हौ, मेघजस्तै छ अङ्ग ।
श्रीका स्वामी कमल-नयन ! ध्यानले सक्छ भेट्न,
हर्ने हाम्रा भवभय सबै ल‍ोकनाथ ! प्रणाम ।८।
भुजग = सर्प ।

यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्तिदिव्यै: स्तवै-
र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं नविदुः सुरासुरगणाः देवाय तस्मै नमः ।९।
ब्रह्मा, इन्द्र, जलेश, वायु, शिवले, गर्छन् सुरम्य स्तुति,
सारा वेदहरू तथा उपनिषद् सङ्गीत भर्छन् कति ।
गर्छन् चित्त दिएर ध्यान जसको ब्रह्मज्ञ विद्वान् यति
जान्दैनन् सुरदैत्य अन्त जसको ती देवतामा नति ।९।