किरात पात्रो

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

किरात पात्रो येले संबत्मा आधारित किरात पात्रो बनाउने तरिका निम्नि अनुसार छ । येले सम्बत्को पहिलो महिनाको १ गते संधै डिसेम्बर २१ तारिख हुन्छ । सन् २०१५ डिसेम्बर २१ तारिख येले सम्बत्को ५०७६ साल पहिलो महिनाको १ तारिख थियो । पहिलो र दोस्रो महिना ३०–३० दिनको हुन्छ । तेस्रो महिना २९ दिनको हुन्छ । अधिक बर्षको साल तेस्रो महिना पनि ३० दिनको हुन्छ । अधिक बर्ष भन्नाले ४ ले भाग खाने बर्ष भनेर बुझ्नु पर्दछ । चौथो देखि नबौं महिना सम्म ३१–३१ दिनको महिनाहरु हुन्छन् । त्यसै गरेर दशौं, एघारौं र बाह्रौं महिनाहरु ३०–३० दिनको हुन्छन् । यसो गर्दा चौथो महिनाको १ गते मार्च २० तारिख, सातौं महिनाको १ गते जुन २१ र दशौं महिनाको १ गते सेप्टेम्बर २२ तारिख पर्नु पर्दछ । यसरी जो कोहिले जहाँ भए पनि येले सम्बत्मा आधारित किरात पात्रो बनाई प्रयोग गर्न सक्दछ ।[१]

  1. गूगल+