अर्थशास्त्रीय शोधको पारिभाषिक शब्दावली

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

अर्थशास्त्रीय शोधको पारिभाषिक शब्दावली

A[सम्पादन गर्नुहोस्]

Action Research
कार्यमूलक शोध
त्यो प्रक्रिया जसले समस्याहरुको अध्ययन र क्रियाकलापमा निरन्तर निर्देशन र सुधार पदान गर्छ, त्यसलाई कार्यमूलक वा क्रियात्मक शोध भनिन्छ ।
Alpha Error
अल्फा विभ्रम
यदि शून्य प्राक्कल्पना सत्य हुन्छ तर परिकलनमा त्यो अस्वीकृत हुन गयो भने त्यसलाई अल्फा विभ्रम वा कोटि विभ्रम भनिन्छ ।

Applied research
प्रायोगिक शोध
समस्याहरुको समाधानका व्यावहारिक उपायमा केन्द्रित शोधलाई प्रायोगिक शोध भनिन्छ ।

B[सम्पादन गर्नुहोस्]

Basic research

मौलिक शोध
जुन शोधको उद्देश्य सिद्धान्त निर्माण वा संशोधन हुन्छ, त्यसलाई मौलिक शोध भनिन्छ ।
Beta error
बीटा विभ्रम
यदि शून्य प्राक्कल्पना असत्य हुन्छ तर परिकलनमा त्यो स्वीकृत हुन गयो भने त्यसलाई बीटा विभ्रम वा द्वितीय कोटि विभ्रम भनिन्छ ।

C[सम्पादन गर्नुहोस्]

Calculated value and Tabulated value
परिकलित मान र तालिकामान
सार्थकता परीक्षणमा निर्णय दिनु अघि प्रतिदर्शजको मान परिकलन गर्नु पर्छ । तालिकामा दिइएको (सामान्यतः ५ प्रतिशत वा १ प्रतिशत) सार्थकता स्तरमा तालिका मान पत्ता लगाइन्छ । यदि तालिका मान परिकलित मानभन्दा बढी छ भने शून्य परिकल्पना स्वीकार गरिन्छ अन्यथा शून्य परिकल्पना अस्वीकार गरिन्छ ।
Case Study
व्यक्ति अध्ययन
कुनै एक शोध एकाईको अनुभवका तथ्याङ्क, वातावरण र यसको आपसी सम्बन्धको विस्तृत वर्णन गर्नुलाई केस स्टडी भनिन्छ । यो काल श्रेणी विश्लेषणात्मक प्रकृतिको अध्ययन हो अर्थात् निश्चित एकाईको लामो सम्म अध्ययन गर्नु पर्छ ।
Census
संगणना
शोध अनुसन्धान क्षेत्रका प्रत्येक एकाईबारे विस्तृत सूचना एकत्र गर्नुलाई संगणना विधि भनिन्छ ।
Central limit theorem
केन्द्रीय सीमा साध्य
प्रतिचयन वितरणको मध्यक र समष्टि मध्यक बराबर हुन्छ किनभने प्रतिचयन वितरण जहिले पनि सामान्य रुपमा वितरित भई यसले सामान्य वक्र रेखाको स्वरुप ग्रहण गर्दछ ।फलस्वरुप मध्यक मूल्य वितरणको मध्यमा केन्द्रित हुन जान्छ । यसलाई केन्द्रीय परिसीमा साध्य भनिन्छ ।
Chi square test
काई वर्ग परीक्षण
यसलाई अप्राचलिक परीक्षण ९लयल(उबचबmभतचष्अ तभकत० पनि भनिन्छ । किनभने यो गुणात्मक विश्लेषण र यसको मध्यक वा प्रमाप विचलन गणना गर्न सकिंदैन । यस परीक्षणमा कुनै गुणको उपस्थिति र अनुपस्थिति सम्बन्धी परिकल्पना परीक्षण गरिन्छ । यसको नापको संकेत लागि ग्रीक अक्षर काई (X) प्रयोग गरिन्छ ।
Condensation of data
तथ्याङ्क केन्द्रीकरण
तथ्याङ्कको प्रतिनिधि मूल्य वा औसत मूल्य प्राप्त गर्ने कामलाई तथ्याङ्क केन्द्रीकरण भनिन्छ । यसैलाई केन्द्रीय प्रवृत्तिको नाप पनि भनिन्छ । तथ्याङ्कशास्त्रमा यसका अनेक नापहरु हुन्छन् ।
Confidence level
विश्वास्य स्तर
प्रतिदर्शजका वितरण अन्तर्गतको जति क्षेत्रफललाई विश्वासपूर्वक लिन सकिन्छ, त्यसलाई सार्थकता स्तर भनिन्छ । विश्वास्य स्तरले सार्थकता सतर निर्धारण गर्दछ । यदि ९५ प्रतिशत विश्वास्य स्तर लिइन्छ भने यसको अर्थ हो सार्थकता स्तर ५ प्रतिशत छ । विश्वास्य स्तर ९९ प्रतिशत भए सार्थकता स्तर १ प्रतिशत हुन्छ ।
Correlation
सहसम्बन्ध
दुई (वा दुईभन्दा बढी) चलराशिहरु बीच सम्बन्धको मात्रा के कति प्रतिशत छ भनेर नाप गर्ने विधि नै सहसम्बन्ध हो । यसको मान नाप ० देखि १ सम्म हुन्छ । जहा“ १ भनेको शत प्रतिशत सम्बन्ध हो । शून्य भनेको सम्बन्धको पूर्णतया अभाव हो । यो सम्बन्ध धनात्मक वा ऋणात्मक हुनसक्छ ।
Cross section
अनुप्रस्थ अध्ययन
जुन शोधमा ठूला प्रतिदर्श (साम्पल) वा सम्पूर्ण जनसंख्याको निश्चित समय बिन्दुमा अध्ययन गरिन्छ त्यसलाई अनुप्रस्थ क्षेत्र अध्ययन भनिन्छ ।

D[सम्पादन गर्नुहोस्]

Data आकडा । शोधका लागि प्राप्त गरिने सूचना नै आकडा/तथ्याङ्क हो । यो गुणात्मक वा संख्यात्मक दुवै हुनसक्छ । Degrees of freedom-स्वातन्त्र्यांश । प्रतिदर्श संख्याभन्दा एक कम संख्यालाई स्वातन्त्र्यांश म ा भनिन्छ । टी परीक्षण र काई वर्ग परीक्षणमा प्रतिदर्श संख्याभन्दा एक कमको तालिका मानलाई परिकलित मानसंग तुलना गरिन्छ ।

E[सम्पादन गर्नुहोस्]

Ethnography-इथ्नोग्राफी/नृजातीय शोध । समाजका विशेष वर्गको अध्ययन विश्लेषण गर्ने विधिलाई इथ्नोग्राफी वा नृजातीय शोध भनिन्छ । Experimental research-प्रयोगात्मक शोध । स्वतन्त्र चलराशि र आश्रित चलराशिबीचका सम्बन्धको वैज्ञानिक एवं नियन्त्रित अध्ययन गर्ने विधिलाई प्रयोगात्मक शोध भनिन्छ । यस शोधमा प्रयोगलाई बारम्बार दोहोर्याउन सकिन्छ । सामाजिक विज्ञानमा यो विधि जे एस मिलको एक चलराशि सिद्धान्तमा आधारित छ । Explanatory research- व्याख्यात्मक शोध । जुन शोधमा प्रत्येक चलराशिको विवरणात्मक जानकारी प्रस्तुत गरिन्छ, त्यसलाई व्याख्यात्मक शोध भनिन्छ ।