अर्थशास्त्रीय विधिप्रणाली

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Jump to navigation Jump to search

विषयसूची

अध्याय एक- परिचय[सम्पादन]

ज्ञान मात्र एक यस्तो क्षेत्र हो जसमा अर्थशास्त्रको उत्पादन ह्रास नियम लागू हु“दैन । त्यसैले भनिन्छ विद्ययाSमृतमश्नुते । तर यसलाई निरन्तर परिष्कार र अद्यावधिक गरिरहनु भने पर्छ किनभने ज्ञानमा पनि समयको प्रभाव पर्छ । ज्ञान उही भए पनि देश, काल र परिस्थिति अनुरुप त्यसलाई बुझ्ने र बुझाउनेहरुको आर्थिक, सामाजिक, मनोवैज्ञानिक र बौद्धिक अवस्थामा अन्तर हुन्छ । यसले गर्दा बुझाउने तरीका र प्रविधिमा पनि सोही अनुसार परिष्कार गर्दै जानुपर्छ । रिसर्च मेथोडोलोजी यसै परिष्कारको नाम हो । त्यसैले उच्च अध्ययनमा रिसर्च मेथोडोलोजी (शोध पद्धति) सबैका लागि अनिवार्य छ ।
शोध केवल सैद्धान्तिक अध्ययनको विषय वस्तु मात्र होइन । यो वर्तमान संसारका व्यावहारिक समस्या समाधानका लागि मार्गदर्शक यन्त्र पनि हो । परिवर्तनशील र जटिल संरचनायुक्त संसारमा विद्यमान समस्याको तथ्यपूर्ण, वैज्ञानिक र व्यावहारिक समाधान शोध अनुसन्धानबाट मात्र प्राप्त हुन सक्छ । त्यसलाई वैज्ञानिक बनाउन निश्चित पद्धति आवश्यक पर्छ । यसको प्रयोग गरेर प्रत्येक निर्णयकर्ताले समाजको हितका लागि आवश्यक ज्ञान पत्ता लगाउनु पर्ने हुन्छ । त्यसैले सरकार, गैरसरकारी संस्था, समुदाय, सामाजिक संघ संस्था, व्यावसायिक प्रतिष्ठान सबैले शोध कार्य गराइरहेका हुन्छन् । यस कार्यले नै शोधलाई व्यावहारिक रुपमा उपयोगी बनाएकाो छ ।
यद्यपि यस पुस्तकमा शैक्षिक शोधमा ध्यान केन्द्रित गरिएको छ तर यसमा बताइएका विधिहरु गैरसरकारी र निजी क्षेत्रको शोध कार्यलाई पनि यथावत उपयोगी छन् । पुस्तकमा अर्थशास्त्र र यस्तै अन्य सामाजिक र व्यावहारिक विज्ञानहरुका लागि आवश्यक पद्धतिको सरल परिचय प्रस्तुत गरिएको छ ।
शोध विधिका लागि नेपाली शब्दको अभाव अनुभव गरिएको समयमा सरल र प्राविधिक शब्दको अधिकतम शब्द प्रयोग गर्ने प्रयास यस पुस्तकमा गरिएको छ ।
अर्थशास्त्रीहरुले वैज्ञानिक खोजका लागि परिमाणात्मक मापन र अर्थमिति जस्ता प्रविधिको विकास गरेका छन् । आर्थिक क्षेत्रका शोधलाई सजिलो र तथ्यपरक बनाउन कम्प्युटर प्रोग्रामहरु समेत विकसित भएका छन् । यी सबै कुराहरु ध्यानमा राखी यस पुस्तकलाई तयार गरिएको छ । त्यसैले यो पुस्तक अर्थशास्त्रीहरुका लागि विशेष हाते पुस्तिका हो भन्न सकिन्छ । र यसबाट शोधार्थीहरु लाभान्वित हुने छन् भन्ने विश्वास लिइएको छ ।
पुस्तकबारे शिक्षक र विद्यार्थीहरुका सुझावहरु स्वागत गरिने छ । किनभने सुधारको पथ अन्तहीन हुन्छ ।

  • डा. बाबु राम ज्ञवाली
  • त्रिभुवन विश्वविद्यालय
  • अर्थशास्त्र विभाग, बुटवल बहुमुखी क्याम्पस
  • वि.सं.२०७२

शोधको अर्थ[सम्पादन]

अर्थशास्त्रको विधि प्रणाली वा अर्थशास्त्रीय रिसर्च मेथोडलजीसको अर्थ हो , अर्थशास्त्रको शोध विधि । शैक्षिक क्षेत्रमा शोधका लागि विविध शब्दको प्रयोग हुन्छ । शोध विधिको प्रयोग केही नयां भएकोले नेपाली भाषामा यस विषयका नेपाली शब्दहरु कम प्रचलनमा छन् । त्यसैले प्रारम्भमा केही शब्दहरुबारे चर्चा गर्नु उपयुक्त हुन्छ । अंग्रेजी शब्द रिसर्च च्भकभबचअजको अर्थ हुन्छ– पुनः खोजी गर्नु, थीसिस त्जभकष्क को अर्थ हुन्छ– कुनै अवधारणा प्रस्तुत गर्नु र डिजर्टेशन म्ष्ककभचतबतष्यल को अर्थ हुन्छ निश्चित बाटोमा हिंड्नु । नेपाली शब्द शोधको अर्थ हुन्छ– परिष्कार गर्नु । संकलित तथ्य, सूचना, जानकारीलाई परिष्कार ९शोध० गरेर मात्र अध्ययन प्रतिवेदन तयार गरिन्छ । त्यसैले यसलाई शोध भनिन्छ । शोधमा कुनै तथ्य, घटना, वा सिद्धान्तको बारम्बार खोजी र विश्लेषण गरिएको हुन्छ त्यसैले यसलाई अनुसन्धान पनि भनिन्छ । शोधलाई नै वैज्ञानिक विधि पनि भनिन्छ । जुन विधि प्रयोग गर्दा अध्ययन र विश्लेषण ठोस, विवादरहित र तथ्यपूर्ण हुन्छन् त्यस विधिलाई वैज्ञानिक शोध विधि वभनिन्छ । वैज्ञानिक शोध विधिका प्रक्रियाहरु यस प्रकार व्यक्त गर्न सकिन्छ–

  • १। यस प्रक्रियामा कुनै घटनाको ध्यानपूर्वक र धैर्यपूर्वक निरीक्षण गरिन्छ ।
  • २। निरीक्षणको साथसाथै वा त्यसको तुरुन्तै पछि अभिनति नराखीकन संक्षिप्त तर सम्पूर्ण रुपमा त्यसको वर्णन गरिन्छ ।
  • ३। यसमा कार्यकारण विश्लेषण गरिन्छ । कुन कारण र कुन परिणाम हो त्यस बारेमा चिन्तन गरिन्छ ।
  • ४।प्रयोगीकरण वैज्ञानिक शोध विधिको प्रमुख प्रक्रिया हो । प्राप्त परिणामहरुलाई पुनः प्रयोग गरेर सत्यापित गर्न सकिन्छ । यद्यपि अर्थशास्त्र र अन्य सामाजिक र व्यावहारिक विषयका चलराशिहरुलाई प्रयोगशालामा ल्याएर नियन्त्रित अवस्थामा प्रयोग गर्न सकिंदैन तर विश्लेषकले चलराशिहरुलाई अनियन्त्रित अवस्थामा नै प्रयोगपूर्ण अध्ययन गर्न सक्छ । उसको अवलोकन दृष्टि वैज्ञानिक जस्तो तटस्थ हुनुपर्छ । वर्तमान निष्कर्षका आधारमा भविष्यवाणी गर्ने आधार पनि प्रयोगले प्रदान गर्छ ।
  • ५। कुनै घटना किन भयो यसको व्याख्या गर्नका लागि एक पूर्वकल्पनाको प्रयोग गर्न सकिन्छ जसलाई प्राक्कल्पना वा हाइपोथिसीस ९जथउयतजभकष्क० भनिन्छ । यदि पूर्वकल्पना अर्थात् घटनाको अनुमान सही छ भने प्रयोग गर्दा त्यो प्रमाणित हुन जान्छ ।
  • ६। कुनै घटनाको तथ्य विश्लेषण गर्ने दुइ प्रमुख प्रविधि छन्– घटनाको पूर्वानुमान गर्ने ९निगमन० अथवा ज्ञात तथ्यहरुको आधारमा अज्ञातको विश्लेषण गर्ने ९आगमन० । यस प्रकार वैज्ञानिक शोध विधिमा आगमन, निगमन वा दुवै विधिको संयुक्त प्रयोग गरिन्छ ।
  • ७। वैज्ञानिक शोध विधिको एक महत्त्वपूर्ण विशेषता गणितको प्रयोग गर्नु हो । यदि प्राप्त तथ्यको तहसम्म पुग्न मानवीय ज्ञानेन्द्रिय सक्षम छैनन् भने त्यस अवस्थामा गणितको प्रयोग गर्नु उपयुक्त हुन्छ । आधुनिक अर्थशास्त्रमा गणितको प्रयोगमा वृद्धि हुने एक कारण यही हो ।
  • ८। बाह्य जटिल जगतका अनेक चलराशिलाई अध्ययन गर्न गाह्रो भएकोले त्यसको काल्पनिक प्रतिरुप बनाएर विश्लेषण गरिन्छ । यसलाई मोडेल निर्माण गर्नु भनिन्छ ।
  • ९। वैज्ञानिक शोध विधिको एक महत्त्वपूर्ण विशेषता के भने शोधार्थीको दृष्टिकोण वैज्ञानिक हुनुपर्छ । विस्तृत सोचाईका साथ खोजको भावनालाई हृदयङ्गम गर्नु नै सही दृष्टिकोण हो । पक्षपातरहित भावले निष्कर्ष प्राप्त गर्नु नै वैज्ञानिक दृष्टिकोण हुनु हो ।

१। शोधको उद्देश्य[सम्पादन]

शोधका तीन मुख्य उद्देश्य हुन्छन्–

  • १।कुनै घटना किन घटित भयो त्यसको कारण पत्ता लगाउनु
  • २।घटनाको पूर्वानुमान गर्न सक्नु
  • ३।घटनाहरुमा नियन्त्रण गर्नु

घटनाको अर्थ त्यो प्राकृतिक सत्यता हो जसको बारेमा मानिसलाई रुचि छ । कुनै वस्तुको रंग, गन्ध, मानव व्यवहार, यी सबैमा आउने परिवर्तनलाई नै घटना भनिएको हो । कुनै घटना बुझ्नु भनेको त्यस घटनाको पूर्वानुमान गर्ने क्षमता प्राप्त गर्नु हो । मैले फलानोलाई चिनेको छु भन्नुको अर्थ हो– निश्चित परिस्थितिमा उसले के गर्न सक्छ भन्ने कुरा मैले अनुमान गर्न सक्छु । रुघा रोग बारे मैले जान्दछु भनेको रोगको लक्षण र त्यसलाई कसरी नियन्त्रित गर्न सकिन्छ भन्ने कुरा मलाई जानकारी छ ।
प्राकृतिक घटना सरल हुन्छ । त्यसैले त्यसको पूर्वानुमान सरल छ । तर अर्थशास्त्र जस्ता सामाजिक र व्यावहारिक विज्ञानहरुको पूर्वानुमान केही जटिल हुन्छ । कुनै मानिसको आय स्तरको अनुमान गर्नु एक जटिल कुरा हो । किनभने यो उसको सामाजिक, वंश परम्परागत, अर्जित आय, शैक्षिक स्तर, विशिष्ट सीप, मानसिक स्तर, आयु संरचना लगायत अनेक कुराहरुमा भर पर्छ । घटनाहरुमा नियन्त्रण वैज्ञानिक विधिको सबभन्दा महŒवपूर्ण उद्देश्य हो । जे जति घटनाहरुमा फंक्शनल सम्बन्ध स्थापित गर्न सकिन्छ ती सबैमा नियन्त्रित अध्ययनका सम्भावनाहरु हुन्छन् । यसको प्रचलित उदाहरण अर्थशास्त्रको माग फंक्शन हो ।

२। अर्थशास्त्रमा शोधका प्रकारहरु[सम्पादन]

अर्थशास्त्रमा गरिने शोध यस प्रकार छन्

१। मौलिक शोध र प्रायोगिक शोध–[सम्पादन]

मौलिक शोध भनेको नै ज्ञानको खोजी गर्नु हो । यस्तो शोध कुनै व्यावहारिक समस्याका समाधानको लागि नभइ केवल ज्ञानार्जन गर्ने वा ज्ञानमा वृद्धि गर्ने कामसंग सम्बन्धित छ । यसको प्रमुख उद्देश्य शोधका निष्कर्षलाई सामान्यीकरण गर्नु वा पुरानो सिद्धान्तलाई असत्य सिद्ध गरी नया“ सिद्धान्त प्रतिपादित गर्नु हो । अधिकांश प्राज्ञिक शोध अध्ययनको उद्देश्य सैद्धान्तिक वा मौलिक प्रकारको हुन्छ ।
कुनै सामाजिक घटना के हो, किन भएको हो रु कहां भएको हो रु यस घटनाका कारक तत्व के हुन् रु जस्ता क्षेत्रमा यो शोध केन्द्रित हुन्छ । उदाहरणका लागि माल्थसको जनसंख्या सिद्धान्तको उद्देश्य तत्काल प्रचलित विलियम गोडविनका आशावादी विचारलाई असत्य सिद्ध गर्नु थियो । यस कार्यका लागि उनले विगतका तथ्याङ्क संकलन र विश्लेषण गरी त्यसलाई गणितीय स्वरुपमा परिवर्तन पनि गरे ।
प्रायोगिक शोधलाई व्यावहारिक शोध वा अनुप्रयुक्त शोध भन्न सकिन्छ । यस शोधको उद्देश्य समाजमा देखिएका समस्याहरुको कारण पत्ता लागाई त्यसको समाधानका उपायहरु प्रस्तुत गर्नु हो । अर्का शब्दमा मानिसका व्यावहारिक समस्याहरुको समाधानमा केन्द्रित शोधलाई प्रायोगिक शोध भनिन्छ । संघसंस्थाहरुले संचालन गर्ने शोधहरु यसै प्रकृतिका हुन्छन् । यद्यपि शोधको उद्देश्य अनुरुप शोध मौलिक वा प्रायोगिक हुन सक्छन् तर दुवै एक अर्काका परिपूरक हुन्छन् । व्यावहारिक शोधहरु नया“ सिद्धान्त निर्माणमा सहयोगी हुन्छन् भने सैद्धान्तिक शोधका निष्कर्षले समस्या समाधानका लागि उपकरण प्रदान गर्छन् । आइन्स्टीनको मास इनर्जी रुपान्तरण धेरै समयसम्म सिद्धान्त नै रह्यो तर पछि त्यसैका आधारमा परमाणु बमको प्रयोग सफल भयो ।

२। परिमाणात्मक शोध र गुणात्मक शोध[सम्पादन]

यद्यपि सबै शोधहरुमा गुणात्मक र परिमाणात्मक व्याख्या र विश्लेषण हुने गर्छन् तथापि त्यस्ता शोधलाई परिमाणात्मक शोध भनिन्छ जसमा शोध क्षेत्रका विवरणहरुलाई संख्यात्मक जानकारीको रुपमा संकलन र विश्लेषण गर्न सकिन्छ । यस्ता विवरणहरुको औसत, प्रमाप विचलन, सहसम्बन्ध, प्रतिपगमन विश्लेषण, काल श्रेणी विश्लेषण गरेर निष्कर्ष प्राप्त गर्न सकिन्छ । यस्ता शोधमा प्राक्कल्पनाको तथ्याङ्कीय परीक्षण गर्न सकिन्छ । अर्थशास्त्रमा सामान्यतः परिमाणात्मक शोधलाई प्राथमिकता दिइन्छ किनभने यस्ता सूचनाको तालिका, रेखाचित्र, ग्राफ वा अन्य तथ्याङ्कीय विश्लेषण गर्न सकिन्छ । आर्थिक मोडेलिङ्गका लागि पनि संख्यात्मक सूचना नै बढी उपयोगी हुन्छन् । माइक्रो अर्थशास्त्र, म्याक्रो अर्थशास्त्र, राष्ट्रिय आयको नाप, फर्मको सन्तुलन, ज्याला निर्धारण, उत्पादनका सिद्धान्त जस्ता अनेक शोध परिमाणात्मक हुन्छन् ।
ती सबै सूचना जसको निरीक्षण गर्न सकिन्छ तर नाप गर्न सकिंदैन तिनीहरुलाई गुणात्मक तथ्य भनिन्छ । जस्तै सुन्दरता, ईमानदारी, अनुशासन इत्यादि । मानवीय व्यवहारका अनेक क्षेत्र केवल विवरणात्मक वा गुणात्मक हुन्छन् । मानिसले कुनै कुरा मन पराउ“छ, कुनै मन पराउ“दैन, कुनै बढी मन पराउ“छ र कुनै कम मनपराउ“छ । यस्ता सबै शोध गुणात्मक प्रकृतिका हुन्छन् । यद्यपि सबै गुणात्मक शोधमा तथ्याङ्कीय प्रविधिको उपयोग गर्न सकिंदैन तर केही गुणात्मक तथ्यको तथ्याङ्कीय विश्लेषण गर्न सकिन्छ । मध्यिका, बहुलक, कोटि क्रम सहसम्बन्ध, काईवर्ग परीक्षण इत्यादि गुणात्मक विश्लेषण हुन् ।

३। सहसम्बन्ध र कार्यकारण तुलना[सम्पादन]

दुइ वा दुइभन्दा बढी चलराशिहरु बीचको सम्बन्धलाई सामाजिक र प्राकृतिक शोधहरुमा सहसम्बन्धको रुपमा व्याख्या गरिन्छ । केवल दुई चलराशिको सम्बन्धलाई सहसम्बन्ध र दुई भन्दा बढी चलराशिहरुको सम्बन्धलाई आंशिक सहसम्बन्धको रुपमा व्याख्या गर्न सकिन्छ । अन्य चलराशिहरुलाई स्थिर मानेर केवल एउटा चलराशिको सहसम्बन्ध पत्ता लगाउन सकिन्छ । उदाहरणका लागि मागलाई प्रभावपार्ने तत्त्वहरुमा वस्तुको मूल्य, उपभोक्ताको आय, रुचि आदि तत्त्व हुन्छन् । तर अन्य कुराहरुलाई स्थिर मानेर मागलाई मूल्यसंग सम्बन्ध अध्ययन गरिन्छ भने त्यो दुइ चलराशि सहसम्बन्ध हुन्छ । सहसम्बन्धलाई तथ्याङ्कीय वा फंक्शनल सहसम्बन्धको रुपमा व्याख्या गर्न सकिन्छ । सहसम्बन्ध धनात्मक वा ऋणात्मक हुन सक्छ । शून्य सहसम्बन्ध छ भने दुइ चलराशिबीच सम्बन्ध छैन भन्ने बुझिन्छ ।
दुइ चलराशिमा सहसम्बन्ध भएमा दुवैमा कार्यकारण सम्बन्ध पनि स्थापित गर्न सकिन्छ । अर्थात् एउटा चलाराशिलाई स्वतन्त्र र अर्कोलाई आश्रित मान्ने हो भने दुवैमा कार्य कारण सहसम्बन्ध स्थापित हुन्छ । दुईका बीचको सम्बन्ध प्रक्रियालाई नै फंक्शन भनिन्छ । यसैलाई कार्यकारण तुलना पनि भनिन्छ ।
कुनै समस्याको उत्तर उसको कार्यकारण सम्बन्धको आधारमा प्राप्त गरिन्छ । कुनै विशेष व्यवहार, परिस्थिति वा घटना घटित गराउने तŒव के के हुन सक्छन् भन्ने कुराको विश्लेषण नै कार्यकारण शोध हो । कार्यकारण सम्बन्धको व्याख्या गर्ने सरलतम विधि सहसम्बन्ध व्याख्या हो । प्रतिपगमनले दुइ चलराशिहरुमा फंक्शनल सम्बन्ध स्थापित गर्छ ।

  • कार्यकारण अध्ययन र अन्य अध्ययनबीच तुलना–

अन्य अध्ययन र कार्यकारण तुलनाबीच अन्तर निम्नलिखित छन्–

  • १। ऐतिहासिक अध्ययनमा पनि कार्यकारण तुलना गरिन्छ तर त्यसमा विगत घटनाको तुलना हुन्छ भने यस विधिमा वर्तमानको तुलना गरिन्छ ।
  • २। वर्णनात्मक विधिमा वस्तु स्थिति ९स्टेटस० अध्ययन गरिन्छ भने यसमा कार्य र कारणको अध्ययन गरिन्छ ।
  • ३।प्रयोगात्मक विधिमा चलराशिहरुको अध्ययन गर्न नियन्त्रित परिस्थिति निर्माणको प्रयास गरिन्छ तर यस विधिमा नियन्त्रणको प्रयास गरिंदैन त्यसैले यस विधिलाई अनियन्त्रि प्रयोगात्मक शोध पनि भनिन्छ ।
  • कार्यकारण विधिको आवश्यकता–

१।कार्यकारण सम्बन्ध जान्न प्रयोगात्मक विधि गरिन्छ, जसमा अन्य चलराशि स्थिर र एउटा मात्र परिवर्तनशील हुन्छ । तर सामाजिक घटनाहरुको जटिल परिस्थितिमा अन्य चलराशिहरुलाई स्थिर राख्न वा परिवर्तन गर्न सकिंदैन । कुनै पनि शोधकर्ताले सामाजिक, आर्थिक, पारिवारिक वा मानसिक अवस्था सबैलाई एक साथ परिवर्तन गर्न सक्दैन । यदि कुनै एउटा चलको प्रभाव अध्ययन गर्दा अन्य चलराशिहरुको भिन्नतालाई संगसंगै अध्ययन गरिन्छ भने यस विधिको आवश्यकता पर्छ ।
२। प्रयोगशाला विधि सबै अवस्थामा संभव छैन । जस्तै कुनै समुदायको अध्ययन, दुर्घटना र यसका विभिन्न परिस्थितिको अध्ययन अनियन्त्रित रुपमा मात्र गर्न सकिन्छ । कार बनाउने कारखानाले सांच्चैको मान्छे राखेर दुर्घटना गराउन मिल्दैन ।
३। साम्प्रदायिक संघर्षको अध्ययन गर्न ती सबै परिस्थिति उत्पन्न गर्न मिल्दैन । जे अवस्था छ त्यसैलाई तुलनात्मक अध्ययन गर्ने हो ।
४। मानिसको रोगको अध्ययन गर्न मानिसहरुलाई फेरि बिरामी बनाउन मिलदैन तर वर्तमान अवस्थाबाट विगतका घटनाको विश्लेषण गर्न सकिन्छ । जस्तै, क्रिकेट टीमका ११ जना खेल्नका लागि अन्यत्र गए । भाग लिएका मध्ये नं ३, ५, र ९ नम्बरका खेलाडीहरु बिरामी परे । डाक्टरले अन्य परिस्थिति यथावत राखेर के जान्ने प्रयास गर्छ भने तीन जनाले कुन कुरा यस्तो खाए जुन अरुले खाएनन् । मानौं उनीहरुले आइसक्रीम पनि खाएका रहेछन् भने यसको अर्थ के हो भने आइसक्रीम उनीहरुको रोगको कारण हुन सक्छ । वर्तमान अवस्थाबाट विगतको विश्लेषण गरिने भएकोले यसलाई पश्चोन्मुखी विधि भह(उयकत ाबअतय पनि भनिन्छ ।

  • कार्यकारण विधिका प्रकार–

अर्थशास्त्रमा निम्नलिखित कार्यकारण सम्बन्धको अध्ययन गर्न सकिन्छ–

  • माग र मूल्यको अध्ययन
  • आय र मागको अध्ययन
  • उत्पादन र लागतको अध्ययन
  • आय र शैक्षिक स्तरको सम्बन्ध
  • मुद्राको मात्रा र क्रयशक्तिको सम्बन्ध
  • कार्यकारण विधिका चरण
  • १। कुनै एक परिस्थितिसंग सम्बन्धित तत्वहरुको संकलन, जहां कुनै खास घटना भयो ९अन्य तत्वहरु नलिने० ।
  • २। त्यसै प्रकारको अर्को एक यस्तो विगतको परिस्थिति अध्ययन गर्ने जहां त्यो घटना घटित भएन ।
  • ३। दुवैको तुलना गर्ने
  • ४। निष्कर्ष प्राप्त गर्ने ।

१।२। अर्थशास्त्रमा शोधको क्षेत्र र आवश्यकता[सम्पादन]

सामाजिक शास्त्रहरुमा एक वैज्ञानिक विषयको रुपमा अर्थशास्त्रको जन्म र विकास भएको २३८ वर्ष मात्र भएको छ । तर नोबेल पुरस्कार जस्तो प्रतिष्ठित पुरस्कार विज्ञान र साहित्य बाहेक केवल एक सामाजिक विषयमा वितरण गरिन्छ, त्यो हो अर्थशास्त्र । आर्थिक पत्रकारितामा विशेष योगदान गरे बापत महेशचन्द्र रेग्मीलाई प्रतिष्ठित म्यागसेसे पुरस्कार प्रदान गरिएको छ । हिन्दु अर्थशास्त्रको रुपरेखा ग्रन्थ रचना गरे बापत नवराज चालिसेलाई मदन पुरस्कार प्रदान गरिएको छ । यी सबै कुराले अर्थशास्त्रको क्षेत्रमा शोधको महत्त्व र सान्दर्भिकता स्पष्ट हुन्छ । एडम स्मिथको पुस्तक वेल्थ अफ् नेशन्सको प्रकाशनपछि अर्थशास्त्र विभिन्न चरणमा विकसित भएको छ । प्रत्येकलाई अर्थशास्त्रको एक विशिष्ट सम्प्रदाय मान्दै आर्थिक विचारधाराको विश्लेषण गरिन्छ । यस आधारमा स्याम्युल्सनले एडम स्मिथ, जे एस मिल, अल्फ्रेड मार्शल, जे एम केन्स आदिको आर्थिक योगदानलाई अर्थशास्त्रको मूल प्रवाह मानेका छन् । अर्थशास्त्रको विचारधारालाई सम्प्रदाय भनिन्छ । सामान्यतया यी सम्प्रदायलाई वणिकवाद, प्रकृतिवाद, शास्त्रीय classical, नवशास्त्रीय, समाजवादी, संस्थानवादी, उपयोगितावादी, गणितीय, केन्सीयन, केन्सोत्तर, मुद्रावादी, नया शास्त्रीय आदि विभिन्न सम्प्रदायमा विभाजन गरेर आर्थिक विचारधारा तथा सिद्धान्तको अध्ययन गरिन्छ ।
घरेलु प्रबन्धको शास्त्रका रुपमा सुरु भएको यो विषय आज एक विशिष्ट शास्त्र बनेको छ र यसलाई व्यष्टि, समष्टि, वास्तविक, आदर्श, शिक्षा, स्वास्थ्य, वातावरण, ग्रामीण, शहरी इत्यादि शब्दस“ग जोडेर अनेक प्रकारका नया“ विषय वस्तुमाथि शोध गरिएका छन् । यी विषयमध्ये कतिपयले प्रतिष्ठित नोबेल पुरस्कार पनि प्राप्त गरिसकेका छन् । जसको श्रेय अर्थशास्त्रमा गरिने शोधलाई नै जान्छ । आधुनिक अर्थशास्त्रमा नया“ शब्द, नया“ अवधारणा, र भौतिक विज्ञानमा जस्तै जटिल प्रविधिको प्रयोग हुनुमा यस विषयमा हुने गरेको निरन्तर शोध नै प्रमुख कारण हो । विगत पचास वर्षमा सबभन्दा बढी अर्थशास्त्रीय शोध सं।रा।अ।मा भएका छन् र नोबेले पुरस्कारले सबभन्दा बढी पुरस्कृत हुनेमा पनि अमेरिकी अर्थशास्त्रीहरु नै रहेका छन् । यस कुराले अर्थशास्त्रमा गरिने शोधको महत्त्वलाई स्पष्ट गर्छ । अर्थशास्त्रमा निम्नलिखित उद्देश्यका लागि शोध गरिन्छ–

  • १। पुराना सिद्धान्तहरुको पुष्टि गर्न ।
  • २। नया“ सिद्धान्त निर्माण गर्न ।
  • ३। सिद्धान्तहरु संशोधन गर्न ।
  • ४।पुराना सिद्धान्तहरुको सान्दर्भिकता परीक्षण गर्न ।
  • ५। सिद्धान्त र व्यवहारमा पाइने विरोधाभास व्याख्या गर्न ।
  • ६। आर्थिक विकासका विविध पक्ष अध्ययन गर्न ।

१।५। विश्वसनीयता र प्रामाणिकता[सम्पादन]

शोधका लागि शोध तथ्याङ्क संकलन प्राथमिक कार्य हो । तथ्याङ्कलाई प्रस्तुतिकरण र विश्लेषण गर्नु अघि निम्नलिखित कुराहरु माथि विचार गर्नु पर्छ

  • १। विश्वसनीयता– कुनै शोध निष्कर्ष विश्वसनीय हुनका लागि त्यो वैज्ञानिक आधारमा विश्लेषण र परीक्षण गरिएको हुनुपर्छ । त्यसो भयो भने परिणाम स्थिर र संगत हुन्छन् । यदि शोधबाट प्राप्त परिणाम स्थिर र संगत प्राप्त हुन्छन् भने शोधमा विश्वसनीयता भएको मानिन्छ । यस्ता परिणामहरु भविष्यमा पनि उपयोगी हुन्छन् र अन्य कसैले पनि तिनीहरुको संगतता परीक्षण गर्न सक्छ । शोध परिणामको विश्वसनीयतालाई प्रभावित पार्ने सबभन्दा प्रमुख तत्व त्यसको मापन हो । यदि माप विश्वसनीय छ भने प्राप्त तथ्याङ्कको विश्वसनीयता हुन्छ । विश्वसनीय तथ्याङ्कहरुमा उचित प्रविधिहरुको प्रयोग गर्न सकिन्छ यसले परिणाम शुद्ध र वास्तविक प्राप्त हुन्छन् । जसलाई पुनः पुनः परीक्षण गर्दा पनि संगत परिणाम प्राप्त भइरहन्छन् यसका साथै यी परिणामहरु जुनसुकैले परीक्षण गरेर प्रामाणिकता सिद्ध गर्न सक्छ ।

कुनै पनि शोध निष्कर्ष त्यसबेलासम्म उपयोगी मानिंदैन जसबसम्म त्यसका निष्कर्षको विश्वसनीयता प्रमाणित हु“दैन । विश्वसनीयताका निम्नलिखित तीन आधार हुन्छन् क। स्थिरता– अहिले प्राप्त गरिएको निष्कर्षमा स्थिरता हुनु पर्छ । आज निकालिएका निष्कर्ष भविष्यमा पनि त्यही हुनु पर्छ । यदि अहिले निकालिएका निष्कर्ष भविष्यका लागि उपयोगी हु“दैनन् भने शोधको औचित्य हराउ“छ । ख।संगतता– एउटाले निकालेको निष्कर्ष उ आफैंले फेरि प्रयोग गर्दा वा अरु कसैले त्यसबारेमा प्रयोग गर्दा एउटै निष्कर्ष प्राप्त हुनु पर्छ । फरक फरक निष्कर्ष प्राप्त भए भने परिणामलाई संगत भनिंदैन । ग। पुनः परीक्षणीयता– कुनै एउटाले जुन निष्कर्ष प्राप्त गरेको छ, ऊ आफैंले पुनः परीक्षण गर्न अथवा अर्काले त्यस परीक्षणलाई दोहोर्याएर निरीक्षण गर्न सक्ने हुनुपर्छ । आफैंले दोहोर्याएर प्रयोग गर्न नसक्ने वा अर्काले प्रयोगलाई पुनः परीक्षण गर्न नसक्ने भएमा त्यसलाई वैज्ञानिक शोध भनिंदैन । मनोविज्ञानलाई विज्ञानको दर्जा प्राप्त हुने कारण प्रयोगहरुको पुनः परीक्षणीयता नै हो ।

विश्वसनीयताको जाच[सम्पादन]

शोध निष्कर्षको विश्वसनीयता जा“च गर्न शोध वैज्ञानिकहरुले निम्नलिखित विधिहरु प्रतिपादन गरेका छन् १। परीक्षण पुनः परीक्षण विधि– यदि कुनै परीक्षणलाई निश्चित समयान्तरालमा पुनः सम्पन्न गरिन्छ र त्यस पछि प्राप्त परिणामलाई पहिलेको परिणाम, आवृत्ति, निष्कर्ष इत्यादिसंग तुलना गरिन्छ तथा यसरी तुलना गर्दा समयान्तराल, प्रयोगको विधि, आवृत्ति, र मापनका स्केल इत्यादिलाई ध्यानमा राख्दै दुवैका निष्कर्ष र चलराशिहरुका सहसम्बन्ध गणना गरिन्छ । यसरी सहसम्बन्ध गणना गर्दा परीक्षण र पुनः परीक्षणका निष्कर्षमा उच्चस्तरीय सहसम्बन्ध प्राप्त हुन्छ भने शोध निष्कर्षलाई विश्वसनीय भनिन्छ । यसरी गरिएको परीक्षणलाई विश्वसनीयता गुणांक भन्ने चलन छ । यदि निश्चित एकाईद्वारा एउटै प्रयोगलाई बारम्बार परीक्षण गर्दा निष्कर्षमा संगतता रहन्छ भने परिणामलाई विश्वसनीय मानिन्छ । यसको विपरीत परस्पर विरोधाभासी परिणामा प्राप्त भएमा निष्कर्ष विश्वसनीय हु“दैनन् । ?दच रश्र २। वैकल्पिक स्वरुप विधि– विश्वसनीयता परीक्षण गर्ने अर्को तरीका के भने एउटै प्रयोगलाई वैकल्पिक वा समानान्तर तरीकाले सम्पन्न गर्ने । अलग अलग विधिबाट प्राप्त भएका अलग अलग परिणामको सापेक्षिक तुलना गर्ने । यदि मापन र साधन इत्यादिको सापेक्षतामा दुवै परिणाममा उच्चस्तरीय सहसम्बन्ध देखिन्छ भने परिणाम विश्वसनीय मानिन्छ । ?दच रश्र ३। अर्ध विभाजन विधि– यस विधिमा समान प्रतिदर्शहरुमा वैकल्पिक परीक्षणहरु गरिंदैन बरु परीक्षण प्रतिदर्शलाई आधा आधा गरी दुइ भागमा विभाजन गरिन्छ । यस पछि प्रत्येक उपविभागमा ?दच अलग अलग सोही परीक्षण दोहोर्याइन्छ । अनि प्रत्येक उपविभाजनको निष्कर्ष अध्ययन गरिन्छ । र प्रत्येक उप विभाजनका परीक्षणको निष्कर्षलाई समग्रका परीक्षणको निष्कर्षसंग तुलना गरिन्छ । यदि प्रत्येक उपविभाजनको निष्कर्ष र समग्रको निष्कर्ष आपसमा मल्छि भने त्यस निष्कर्षलाई विश्वसनीय भनिन्छ । संक्षेपमा, शोध निष्कर्षको विश्वसनीयता शोधको विश्लेषणका लागि गरिएको प्रविधिमा भर पर्दछ ।

===प्रामाणिकता===. जुन कुराको शोध गरिन्छ त्यसको माप कति वैज्ञानिक र स्तरीय छ यसलाई प्रामाणिकताको आधारमा मूल्याङ्कन गरिन्छ । शोध निष्कर्ष प्रामाणिक हुन प्रयोग गरिएका उपकरण र नापहरु नै प्रामाणिक, र विश्वसनीय हुनु पर्छ । अप्रामाणिक उपकरण, प्रविधि र नापहरुले प्राप्त गरिएका निष्कर्ष प्रामाणिक हुन सक्दैनन् । उदाहरणका लागि कुनै मानिसको लम्बाई साढे तीन हात छ भन्नु भन्दा १६० से।मी। भन्नु बढी प्रामाणिक हुन्छ । त्यसै गरी औसत मानका लागि मध्यिका वा बहुलकको तुलनामा मध्यक बढी प्रामाणिक मानिन्छ । प्रामाणिकताको जाच गर्नु अघि तथ्याङ्कका बारेमा निम्नलिखित विचार गर्नु पर्छ क० तिनीहरु वर्तमान शोधको उद्देश्य अनुरुप छन् कि छैनन् ख० तथ्याङ्कमा निष्पक्षताको मात्रा कति छ ग० तिनीहरुमा प्रयोग गरिएको समयावधि उचित छ कि छैन घ० नापको एकाई र गणना प्रविधि वैज्ञानिक छ कि छैन

प्रामाणिकताको जाच[सम्पादन]

प्रामाणिकता जाच गर्न शोध वैज्ञानिकहरुले प्रतिपादन गरेका विधहरु यस प्रकार छन्

तार्किकता–
कुनै क्षेत्रको विद्वानद्वारा जुन सिद्धान्त प्रतिपादित गरिएको छ त्यसै सिद्धान्तको आधारमा शोध निष्कर्षहरु जा“च गरिएका छन् भने त्यसलाई तार्किक प्रामाणिकता भनिन्छ । कुनै प्रामाणिक सिद्धान्तबाट जा“च गरिएको निष्कर्ष पनि प्रामाणिक छ त्यसैले सामान्यतः स्वीकार्य छ भन्ने मानिन्छ ।

विशेषज्ञहरुबाट स्वीकृत–

यदि धेरै जना विशेषज्ञले कुनै निष्कर्षलाई विभिन्न दृष्टिकोणले अध्ययन गरी त्यो प्रामाणिक छ भन्ने निष्कर्ष प्रदान गर्छन् भने त्यस निष्कर्षको प्रामाणिकता स्थापित हुन्छ । उदाहरणका लागि कुनै भवन निर्माण गर्दा इञ्जिनीयर, सिकर्मी, डकर्मी आदिले आआफ्नो विचारले त्यसलाई प्रमाणित गर्छन् । यसरी भवनको प्रामाणिकतामा सबैको सामूहिक योगदान हुन्छ ।
स्वतन्त्र मापदण्ड
कुनै निष्कर्षलाई विभिन्न, स्वतन्त्र र अलग अलग मापदण्डहरुको आधारमा परीक्षण गर्दा यदि एउटै परिणाम प्राप्त भयो अथवा उच्चतम सहसम्बन्ध निर्धारित भयो भने निष्कर्षलाई प्रामाणिक भन्नु पर्दछ । सामान्तः त्यस अर्थशास्त्रीय सिद्धान्तलाई स्वीकार गरिन्छ जुन शाब्दिक विवरण, तालिकामा प्रस्तुतिकरण र रेखाचित्रीय व्याख्या यी सबैबाट प्रमाणित हुन गर्छ ।

१।६।सामाजिक विज्ञान र प्राकृतिक विज्ञान[सम्पादन]


ज्ञानार्जन सम्बन्धित सबै विषयलाई दुइभागमा विभाजन गरिन्छ– प्राृकतिक विज्ञान र मानवीय विज्ञान ।


१। प्राकृतिक विज्ञान–[सम्पादन]

जुन विज्ञानले प्रकृति र यससंग सम्बन्धित घटनाहरुमा कारण र परिणामको विश्लेषण गर्छ त्यसलाई प्राकृतिक विज्ञान भनिन्छ । जस्तै– भूगोल, भौतिक विज्ञान, रसायन विज्ञान, खगोलशास्त्र इत्यादि ।

२। मानव विज्ञान–[सम्पादन]

मानवीय व्यवहारको अध्ययन गर्ने विज्ञानलाई मानव विज्ञान भनिन्छ । यसलाई तीन भागमा विभाजन गर्न सकिन्छ–
सामाजिक विज्ञान– यस्ता विषयहरु जसमा मानवीय व्यवहारलाई सामाजिक दृष्टिकोणले अध्ययन गरिन्छ तिनीहरुलाई सामाजिक विज्ञान भनिन्छ । यद्यपि प्रत्येक मानव विज्ञानको व्यक्तिगत र सामाजिक पक्ष हुने गर्छ तथापि यस अन्तर्गत मुख्यतः अर्थशास्त्र, इतिहास, समाजशास्त्र, शिक्षा जस्ता विषयहरु ।
व्यक्तिगत विज्ञान–
यस्ता विषयहरु जसमा व्यक्तिगत मानवीय व्यवहारको अध्ययन गरिन्छ, सामाजिक पक्षको होइन, तिनीहरुलाई व्यक्तिगत विज्ञान भनिन्छ । यस अन्तर्गत मुख्यतः मानव शरीर विज्ञान र मनोविज्ञान जस्ता विषयहरु पर्दछन् ।
व्यावहारिक विज्ञान–
ती सबै विज्ञान जुन मानवीय व्यवहारका सामान्य, अतिसामान्य र अधिसामान्य पक्षसंग सम्बन्धित हुन्छन्, लाई व्यावहारिक विज्ञान भनिन्छ । शिक्षा, मनोविज्ञान, सामाजिक मनोविज्ञान, ज्ञानशास्त्र, मानव संसाधन व्यवस्थापन जस्ता विषयहरु व्यावहारिक विज्ञान हुन् । अर्थशास्त्रको त्यो विभाग जसमा मुख्यतः मानवीय व्यवहारको अध्ययन गरिन्छ त्यसलाई व्यावहारिक अर्थशास्त्र भनिन्छ । केही उदाहरणहरु यस प्रकार छन्

  • मागको सिद्धान्त
  • उपयोगिताको सिद्धान्त
  • उपभोगको मनोवैज्ञानिक नियम
  • बचतको सिद्धान्त
  • श्रमको पूर्ति रेखा
  • नाफाको सिद्धान्त
  • मुद्राको परिमाण सिद्धान्त, इत्यादि ।

यद्यपि प्राकृतिक विज्ञान र सामाजिक विज्ञान दुवैमा वैज्ञानिक विधिको प्रयोग गरिन्छ तथापि प्राकृतिक र सामाजिक विज्ञानमा केही आधारभूत अन्तरहरु छन् । यो अन्तर तिनीह्रुको नियन्त्रित प्रयोग र एक चलराशि मान्यतामा आधारित छ ।

१।७।अर्थशास्त्रमा विधि प्रणालीका चरण[सम्पादन]

शोध research एक सुव्यवस्थित प्रक्रिया भएकोले यसलाई क्रमबद्ध र चरणगत रुपमा सम्पन्न गर्नु पर्दछ । शोधका चरणहरुलाई मुख्यतः निम्नलिखित प्रकारले वर्गीकरण गर्न सकिन्छ–

  • १। समस्या चयन– शोधको शीर्षक छनौट गर्नु
  • २। प्राक्कल्पना निर्माण
  • ३। शोध प्रस्ताव लेखन– शोधको प्रारम्भिक रुपरेखा शोध समितिलाई प्रस्तुत गर्नु
  • ४। शोध तथ्याङ्क संकलन– शोध विषयसंग सम्बन्धित गुणात्मक र परिमाणात्मक जानकारी संकलन गर्नु
  • ५। शोधको रुपरेखा र विधि
  • ६। तथ्य र सूचनाको संकलन
  • ७। संकलित सामग्रीको विश्लेषण र व्याख्या
  • ८। निष्कर्ष र सामान्यीकरण
  • ९। प्राक्कल्पना परीक्षण
  • १०। प्रतिवेदन लेखन– औपचारिक रुपमा मस्यौदा लेखन ९संशोधन, साफी गर्नु० र अन्तिम रुप दिनु ।


प्राप्त ज्ञानको तथ्य परीक्षण गर्न, ज्ञानलाई अद्यावधिक गर्न, सान्दर्भिकता परीक्षण गर्ने एक मात्र विधि शोध पद्धति हो । कौटिलीय अर्थशास्त्रमा आन्वीक्षिकीलाई यस प्रकार परिभाषित गरिएको छ– यस विद्याले सबै विद्यालाई प्रकाशित गर्छ, सबै समस्याहरुको समाधानका लागि उपकरण र सिद्धान्त प्रदान गर्छ । यसबाट शोध विज्ञान सबै विज्ञानहरुको पनि विज्ञान हो भन्ने स्पष्ट हुन्छ ।

अध्याय दुई, शोधको प्रारुप र प्रकार[सम्पादन]

शोधको डिजाइन निर्माण गर्नु भनेको त्यसको स्वरुप, ढाचा, वा रुपरेखा निश्चित गर्नु हो । यस अन्तर्गत त्यसको सैद्धान्तिक पक्षमाथि विचार गर्दै कुन आधारमा शोध अध्ययनलाई व्यावहारिक रुपमा पूर्णता दिने हो सो बारेमा विचार गरिन्छ ।

२.१.सैद्धान्तिक स्वरुप[सम्पादन]

कुनै स्थानको यात्रा गर्नु अघि जे जसरी हामीले त्यसका विविध पक्षबारे विचार गर्छौं । यस योजनालाई नै शोधको सैद्धान्तिक स्वरुप वा रुपरेखा भनिन्छ । यस अन्तर्गत निम्नलिखित प्रश्नहरु बारे विचार गर्नु पर्छ–

  • १. कुन कुराको शोध गर्ने ?
  • २. यसको उद्देश्य के हो ?
  • ३. कुन स्थानमा अध्ययन गर्ने ?
  • ४. शोधका लागि आवश्यक तथ्याङ्क कसरी उपलब्ध हुनसक्छन् ?
  • ५. शोधका एकाई के हुन ? सम्पूर्ण समष्टि वा प्रतिदर्श ?
  • ६. शोध अध्ययन कति समयमा पूरा गर्नु पर्छ ?
  • ७. तथ्याङ्क संकलनका लागि कुन विधि प्रयोग गर्ने ?
  • ८. तथ्याङ्क प्रशोधन, विश्लेषण, र परीक्षणका लागि कुन विधि प्रयोग गर्ने ?
  • ९. प्रतिवेदन लेखनको प्रक्रिया के हुने ?
  • १०. कति खर्चमा शोध कार्य सम्पन्न गर्ने ?

एउटा उदाहरणद्वारा शोधको सैद्धान्तिक रुपरेखा बनाउने प्रक्रियालाई स्पष्ट गर्न सकिन्छ–

  • १. सर्वप्रथम आफ्नो रुचि र दक्षता भएका क्षेत्रको समस्या पहिल्याउने । मानौं समस्या महिलाको पुनरुत्पादन व्यवहारलाई प्रभावित पार्ने तत्वको खोजीसंग सम्बन्धित छ । यो नै समस्याको प्रारम्भ बिन्दु हो जसको समाधानहरु पत्ता लगाउनु छ ।
  • २. अब प्रजननतालाई प्रभावित पार्ने विभिन्न तत्वहरुमा त्यस समस्यालाई विभाजित गर्ने । जस्तै,
  • क) आय र प्रजननता
  • ख) सामाजिक स्तर र प्रजननता
  • ग) शिक्षा र प्रजननता,
  • घ) व्यक्तिगत रुचि
  • ङ) संस्कृति र परम्परा
  • च) जनसांख्यिक तत्व– काम संरचना, आयु संरचना, विवाहको उमेर इत्यादि ।
  • ३. यी मध्ये कुनै एक छनौट गर्ने । मानौं आय र प्रजननता बीचको सम्बन्ध छनौट गरिएको छ ।
  • ४. अब प्रश्नहरु निर्माण गर्ने, जस्तै
  • क) के आयमा वृद्धि वा कमी गर्दा प्रजननतामा प्रभाव पर्छ ?
  • ख) आयमा वृद्धिको प्रजननतामा धेरै वा थोरै कस्तो प्रभाव पर्छ ?
  • ग) आयमा समान वृद्धिको प्रभाव धनी र गरीबको प्रजननतामा बराबर पर्छ कि फरक फरक ?
  • घ) आय बाहेक प्रजननतामा प्रभाव पार्ने अरु कुरा के के छन् ?
  • ५. अब उद्देश्यहरु निर्धारण गर्ने –
  • क ) आय र प्रजनन दर बीचको सम्बन्ध निर्धारित गर्नु
  • ख) आय वृद्धि दर र प्रजनन दर बीचको सहसम्बन्ध मात्रा परिकलन गर्नु
  • ग ) प्रजननतामा प्रभाव पार्ने अन्य तŒवहरु पत्ता लगाउनु
  • नोट– उद्देश्य चयन गर्दा अस्पष्ट र अनिर्धारित शब्दावली प्रयोग गर्नु हुदैन । जस्तै अध्ययन गर्नु, विवरण दिनु, जान्नु को सट्टा खोजी गर्नु, निर्धारित गर्नु जस्ता निश्चित क्रियाकलाप शब्दावली प्रयोग गर्नु पर्छ ।
  • ६. अब यस विषय वस्तु बारे विचार गर्ने
  • क) के यी उद्देश्य अनुरुप शोध अध्ययन गर्न सकिन्छ ?
  • ख¬ के शोध अध्ययनका लागि आफुलाई उपलब्ध समय पर्याप्त छ ?
  • ग) विश्लेषणका लागि तथ्याङ्क प्राप्त गर्न समय, श्रम, र साधन पर्याप्त छ ?
  • घ) शोध अध्ययनको क्षेत्रमा आफ्नो पूर्व जानकारी, प्राविधिक जानकारी, र उपकरण प्रयोगको स्तर के छ ?
  • ङ) अध्ययन र विश्लेषणका लागि पुस्तक, प्रकाशन, लेख, रचना पर्याप्त छन् ?

निम्नलिखित चित्रमा यस रुपरेखालाई संक्षिप्त गरिएको छ ।

चित्र २.१. समस्या, प्राक्कल्पना र उद्देश्य निर्धारण गर्ने तरीका










यति गरिसके पछि शीर्षक छनौट यस प्रकार हुनसक्छ– शीर्षक– महिलाको पुनरुत्पादन व्यवहार र आय वृद्धि बीचको सम्बन्ध

यस पछि शोधार्थीले आफुले चयन गरेका शीर्षक अनुरुपको शोधको प्रकार छनौट गर्छ, शोधका उद्देश्य, प्रँक्कल्पना, उद्देश्य लगायतका कुराहरुको एक रुपरेखा बनाउछ । जसलाई शोध प्रस्ताव भनिन्छ ।

२.२.शोधको योजना[सम्पादन]

शोधको योजना वा रुपरेखा भनेको त्यो योजना हो, जसलाई आधार मानेर सम्पूर्ण शोध कार्य सञ्चालन गरिन्छ । अर्थात् यस भित्र के कस्तो प्रकारको शोध गर्ने हो ? अर्थात् शोध सैद्धान्तिक छ वा व्यावहारिक ? गुणात्मक छ वा परिमाणात्मक ? त्यसका तथ्याङ्कहरु कसरी संकलन गर्ने हो ? समष्टिबाट संकलन गर्ने कि साम्पलबाट ? तथ्याङ्क प्राथमिक हुन् कि द्वितीयक ? विश्लेषणका विधि र उपकरणहरु के के प्रयोग गर्ने ? सामग्री अवलोकन र पुनरावलोकनको सूचीमा कुन कुन पुस्तक, जर्नल र अन्य सामग्री समावेश गर्ने ? यी सबै कुराहरु विचार गर्ने कामलाई नै शोध योजना भनिन्छ । शोध प्रस्तावमा शोध योजनाको उल्लेख गरिएको हुन्छ ।

२.३.सामाजिक शोधका प्रकार[सम्पादन]

शोधको प्रयोजन, उद्देश्य, र विधिका आधारमा शोध केही मुख्य सामाजिक शोध विधिहरु यस प्रकार छन्–

१. ऐतिहासिक शोध[सम्पादन]

इतिहासको अर्थ हुन्छ विगत घटनाहरुको विवरण । तसर्थ विगतका तथ्य, घटना वा प्रमाणको आधारमा वर्तमानमा शोध अध्ययन गर्ने विधिलाई ऐतिहासिक शोध भनिन्छ । ऐतिहासिक सामग्रीका विशेषताहरु यस प्रकार छन्–

  • १. ऐतिहासिक सामग्री बन्द अन्तराल प्रकृतिका हुन्छन् अर्थात् जे जति र जस्ता छन् त्यही सामग्री हो । त्यसमा भर परेर अध्ययन गर्नु पर्छ । त्यसमा कुनै किसिमको थपघट गर्न पाईंदैन ।
  • २. प्राचीन अभिलेख र अवशेष सामग्री नै ऐतिहासिक अध्ययनका आधार हुन्छन् । यस अन्तर्गतका सामग्रीका स्रोतहरु यस प्रकारका हुन्छन् ।
  • प्राथमिक स्रोत–
  • निम्नलिखित स्रोतलाई प्राथमिक स्रोत भनिन्छ–
  • क) वंशावली,
  • ख) लोक कथा,
  • ग) चित्रकला,
  • घ) जनश्रुति,
  • ङ) सिक्का,
  • च) अभिलेख,
  • छ) वृत्तान्त ।
  • द्वितीयक स्रोत–
  • निम्नलिखित स्रोतलाई द्वितीयक स्रोत भनिन्छ–
  • क) जानकार व्यक्ति,
  • ख) लेख,
  • ग) शोध लेख ।

ऐतिहासिक शोध विधिको प्रयोग गरी समाजको वैज्ञानिक विश्लेषण गर्ने प्रथम व्यक्ति समाजशास्त्री अगस्ट कोम्टे हुन् । कोम्टे पछि समाजको वैज्ञानिक विश्लेषण गर्ने अर्का समाजशास्त्री दुर्खीम हुन् । ती दुवैले प्रयोग गरेको विधिलाई तार्किक तथ्यवाद भनिन्छ । वर्तमान समयमा सृष्टि सिद्धान्तको प्रतिपादन गर्न वैज्ञानिक स्टीफेन हकिङ्ले यसै विधिको प्रयोग गरेका छन् । जनकलाल शर्माको हाम्रो समाज पुस्तकमा ऐतिहासिक विधिको राम्रो प्रयोग गरिएको छ । ऐतिहासिक विधिको वैज्ञानिक विश्लेषण गर्ने दार्शनिकहरुमा तीन जनाको नाम प्रमुख छ– कार्ल माक्र्स, इमाइल दुर्खीम, र म्याक्स वेबर । माक्र्सले समाज विकासको आर्थिक व्याख्या, दुर्खीमले समाज विकासको मनोवैज्ञानिक प्रभाव, र वेबरले समाज विकासमा सांस्कृतिक प्रभावको व्याख्या गरेका छन् ।

२. प्रयोगात्मक शोध[सम्पादन]

शोधको वैज्ञानिक विधि भनेको नै प्रयोगात्मक विधि हो । मानव हितका लागि सबभन्दा बढी प्रयोग मनोविज्ञान र चिकित्सा क्षेत्रमा गरिएका छन् । उदाहरणका लागि वाटसनले पशुहरुमा गरेको प्रयोग, एविंघासका स्मृति र विस्मृतिका नियम, पवलवको उत्तेजना प्रतिक्रिया नियम, थोर्नडाइकको प्रयास र भूल सिद्धान्त, कोहलरको प्रत्यक्षीकरण नियम, वेबर र फेख्नरको मनोभौतिकी, कैटेलको प्रतिक्रिया काल, क्याननको संवेगात्मक प्रतिक्रिया तथा लेसलीको बानी बेहोरा निर्माणका प्रयोगहरु ।

१. मुख्य मान्यता–[सम्पादन]

प्रयोग त्यो विधि हो जसमा दुइ वा बढी चलराशि बीच कार्य कारण सम्बन्ध प्रदर्शित हुने आशा गर्न सकिन्छ । यो अर्थशास्त्री जे एस मिलको एक चलराशि नियम (बिध या कष्लनभि खबचष्बदभि० मान्यतामा आधारित छ । मिलका अनुसार– यदि दुइ समान परिस्थितिहरुमध्ये एउटामा त्यो घटना घटित हुन्छ र अर्कोमा घटित हुदैन भने यी दुइ घटना विवरणका आधारमा कारण र परिणामको व्याख्या गरिन्छ । प्रयोगात्मक शोधले के कुरा व्याख्या गर्छ भने यदि अन्य चलराशिहरु वा अन्य कुराहरु यथावत राखेर प्रयोगात्मक चलमा परिवर्तन गर्ने हो भने कुन परिणाम प्राप्त हुन्छ । सामाजिक विज्ञानमा यो विधि प्राकृतिक विज्ञानबाट लिइएको छ ।

२. प्रयोगात्मक विधिका विशेषताहरु[सम्पादन]

  • १. यो एक चलराशि मान्यतामा आधारित छ ।
  • २. जहां जहां चलराशिहरुमा नियन्त्रण गर्न सकिन्छ ती सबै क्षेत्रमा यो विधि सफलतापूर्वक लागू हुन्छ ।
  • ३. सबै मानवीय परिस्थितिमा सम्बन्धित चलराशिहरुलाई नियन्त्रण गर्न सकिंदैन । त्यसैले सबै समस्याहरुको प्रयोगात्मक अध्ययन गर्न सकिंदैन ।
  • ४. मौलिक, प्रयोगात्मक, र क्रियात्मक शोधहरुमा प्रयोगात्मक विधिको प्रयोग गर्न सकिन्छ ।
  • ५. सामाजिक विज्ञानहरुमा मानवता सम्बन्धी दृष्टिकोण र नैतिकता सम्बन्धी दृष्टिकोणले प्रयोगमा बाधा उत्पन्न गर्छ । यो कठिनाई प्राकृतिक विज्ञानमा पाईंदैन ।
  • ६. अर्थशास्त्र, शिक्षा, मनोविज्ञान र समाजशास्त्रमा प्रयोगात्मक विषय खोजी गर्न कठिन छ । त्यस माथि सहयोग प्राप्त गर्न अझै कठिन छ ।
  • ३.मुख्य शब्दहरु– प्रयोगात्मक विधिमा प्रयुक्त हुने प्रमुख शब्दावली यस प्रकार छ–
  • क) स्वतन्त्र चलराशि-

कुनै औषधि, कुनै शिक्षण विधि, कुनै पाठ्य पुस्तक इत्यादि हुन सक्छन् । यो प्रयोगकर्ताको नियन्त्रणमा हुन्छ । मनोविज्ञानका प्रयोगमा यसलाई स्टीमुलेटिङ्ग वेरिएबल - उत्तेजक चलराशि. पनि भनिन्छ । उत्तेजक चलराशिले संग्राहकलाई उत्तेजित गराउन सक्छ । जस्तै– प्रकाश बढाइदिनु, आवाज परिवर्तन गर्नु, सामाजिक वातावरणको समस्या समाधानमा प्रभाव पर्नु । जैविक चलराशि भनेका शारीरिक र मानसिक लक्षणहरु हुन् जस्तै लिंग, लम्बाई आंखाको रंग, बुद्धि, शैक्षिक स्तर इत्यादि । अर्थशास्त्रमा ती सबै चलराशिलाई स्वतन्त्र चलराशि भनिन्छ जसलाई ग्राफ कागजको एक्स अक्षमा देखाउन सकिन्छ । उदाहरणका लागि मूल्य स्वतन्त्र चलराशि हो जसको माग मात्रामा प्रभाव पर्छ ।

  • ख) आश्रित चलराशि -

त्यो चलराशि जुन स्वतन्त्र चलराशिको व्यवहारले प्रभावित हुन्छ, लाई आश्रित चलराशि भनिन्छ । मूल्यको माग मात्रामा प्रभाव, औषधिको स्वास्थ्यमा प्रभाव, शिक्षण विधि र पाठ्य पुस्तकको प्राप्तांकमा प्रभाव आश्रित चलराशि हुन्छ । बाह्य चलराशि– यसलाई इन्टरवीनिंग वेरिएबल वा अलमलाउने चलराशि पनि भनिन्छ । आश्रित चलराशिको मापन– अर्थशास्त्रीय चलराशिको मापनमा सबभन्दा प्रमुख नाप मुद्रा हो । यस बाहेक यूटिल्स, श्रम संख्या, प्रतिशत, अनुपात, दरको रुपमा पनि नाप गर्न सकिन्छ । केही उदाहरणहरु यस प्रकार छन्–

  • १. मूल्यमा परिवर्तन हु“दा मागमा कतिले परिवर्तन हुन्छ, त्यसको अनुपात नाप गर्ने ।
  • २. आयमा वृद्धि हुंदा उपभोग खर्चमा कति वृद्धि वा कमी हुन्छ त्यसको प्रतिशत नाप लिने ।
  • ३. रोटीको मात्रा थप गर्दा उपयोगिता कतिले फरक पर्छ त्यसको अनुमानित संख्या यूटिल्समा लेख्ने ।
  • ४. उत्पादनमा वृद्धि गर्दा लागतको मात्रामा कति परिवर्तन हुन्छ त्यसको नाप रुपैयांमा लिने ।
  • ५. ज्यालामा वृद्धि हुंदा मानिसले कति समय थप काम गर्न इच्छुक छ त्यो समय घण्टामा नाप गर्ने ।
  • ६. श्रमिकको संख्यामा वृद्धि गर्दा कुल उत्पादनमा कतिले परिवर्तन भएको छ त्यसको नाप गर्ने ?
  • ग) फंक्शन Function- स्वतन्त्र र आश्रित चलराशिको सम्बन्ध जुन व्यवहारले सम्बन्धित हुन्छ, त्यसलाई फंक्शन भनिन्छ । यो गणितको एक शाखा क्यालकुलसबाट लिइएको शब्द हो । उदाहरणका लागि मूल्य र मागको सम्बन्धलाई यस प्रकार व्यक्त गरिन्छ–

D=f(P, Y) P= price, Y= income मूल्यको प्रभाव माग मात्रामा के कति पर्छ भन्ने कुरा अध्ययन गर्दा आयले अलमलाई दिन सक्छ । त्यसैले अध्ययन अवधिमा त्यसलाई स्थिर मानिन्छ । आयलाई स्थिर मान्दा मूल्य परिवर्तनको माग मात्रामा के कस्तो प्रभाव पर्छ, त्यस सम्बन्धलाई फंक्शन भनिन्छ । यदि दुइ समूहमा पोषणको प्रभाव पत्ता लगाउनु छ भने बालकहरुको दुइ समूह बनाएर एक समूहमा एउटा पोषक तत्त्व बढी खान दिने र अन्य कुराहरु दुवै समूहमा बराबर बराबर खान दिने । यदि पोषक तत्त्व दिइएका बालकहरुको औसत तौल, उचाई वा स्वास्थ्य अर्को समूहको भन्दा बढी हुन्छ भने पोषक तत्त्व प्रभावकारी छ भन्ने स्पष्ट हुन्छ । तसर्थ यस्ता प्रयोगमा दुइ समूह हुन्छन्–जसमा विशेष व्यवहार (प्रयोग) गरिन्छ र जसमा यो व्यवहार गरिंदैन ।

प्रयोगात्मक विधिका चरण[सम्पादन]

  • १. समस्यासंग सम्बन्धित साहित्यको सर्वेक्षण
  • २. समस्याको छनौट र परिभाषीकरण
  • ३. प्राक्कल्पना निर्माण, र पदहरुको व्याख्या
  • ४. प्रयोगात्मक योजनाको निर्माण यसमा निम्नलिखित कुरा पर्दछन्
  • (क) सम्बन्धित चलहरु तथा नियन्त्रणको व्यवस्था
  • (ख) प्रयोगात्मक डिजाइनको निर्माण
  • (ग) प्रतिदर्शको छनौट, समूह वर्गीकरण, र प्रयोगात्मक क्रिया
  • (घ) प्रयोगका निष्कर्षको मापन गर्न उपयुक्त उपकरण र त्यसको विश्वसनीयता निश्चित गर्नु
  • (ङ) तथ्याङ्क संकलन गर्ने विधि निश्चित गर्नु
  • (च) शून्य प्राक्कल्पना
  • ५. प्रयोग गर्नु
  • ६. तथ्याङ्क संकलन र तालिकीकरण
  • ७. प्राप्त परिणाम मापन
  • ८. विश्लेषण र व्याख्या
  • ९. निष्कर्ष
  • १०. निष्कर्षलाई विधिवत प्रतिवेदनमा लेख्नु

फाइदाहरु[सम्पादन]

  • १. यसले कारण र परिणामको स्पष्ट व्याख्या गर्छ
  • २. अन्य कुनै पनि विधिभन्दा यो विधि बढी प्रामाणिक हुन्छ
  • ३. प्राक्कल्पना परीक्षणको सबभन्दा राम्रो विधि
  • ४.अध्ययनमा सरलता
  • ५. उच्च विश्वसनीयता

बेफाइदाहरु[सम्पादन]

  • १. कृत्रिमता, त्यसैले व्यावहारिक विषयमा कम उपयोगी
  • २. बाह्य चलराशि र अवरोधक चलराशिको प्रभावलाई पूर्णतया हटाउन नसकिने
  • ३. सामाजिक विषयमा अत्यल्प प्रयोग
  • ४. सामाजिक विषयमा सीमित प्रतिदर्श छनौट गर्न कठिन
  • ५. सामाजिक विषयमा शोध प्रारुप छनौट र निर्माण गर्न असुविधा

३. खोजमूलक शोध[सम्पादन]

ती सबै शोध जसको उद्देश्य कुनै अज्ञात कारणको खोजी गर्नु हो तिनीहरुलाई खोजमूलक शोध भनिन्छ । गहनाको स्वरुप नबिगारिकन असल स्वर्णको वास्तविक मात्रा पत्ता लगाउने प्रयासमा आकीमिडिजको प्लवनको नियम निर्माण भएको थियो । तर एक्स रे तथा कम्पयुटर ओवेनको खोजी आकस्मिक रुपमा भएको थियो । अर्थशास्त्रका अनेक सिद्धान्त यस विधिमा आधारित रहेर खोजी गरिएका छन् । उपभोक्ताको बचत सिद्धान्त, गिफन गुड्सको सिद्धान्त, ग्रेशमको नियम, केन्सको समर्थ मागको नियम इत्यादि सिद्धान्तहरुको निर्माण कुनै विशेष समाधान खोजीका लागि नै भएको हो । खोजमूलक शोधको महत्त्वपूर्ण विशेषता के हो भने यसमा प्राक्कल्पना गरिंदैन । समस्याको विश्लेषण र त्यसको समाधान खोजी गर्दै जfदा जुन समाधान सर्वाधिक उपयुक्त हुन्छ त्यो नै यसको निष्कर्ष हुन्छ । यस विधिका मुख्य चरणहरु निम्नलिखित छन्–

  • १. समस्याको पहिचान
  • २. समस्याको विस्तृत अध्ययन
  • ३. तथ्याङ्क संकलन
  • ४. प्रयोग
  • ५. विश्लेषण
  • ६. निष्कर्ष
  • ७. सामान्यीकरण

४. वर्णनात्मक शोध[सम्पादन]

व्यावहारिक विज्ञानहरुमा शोध गर्न वर्णनात्मक विधि सबभन्दा महŒवपूर्ण हुन्छ । त्यसैले यसको व्यापक प्रयोग गरिन्छ । बेस्टका अनुसार– वर्णनात्मक शोधले के छ भन्ने कुराको वर्णन गर्छ । परिस्थिति वा सम्बन्ध जुन अहिले विद्यमान छ, अभ्यास जुन चालू छ, विश्वास, अभिवृत्ति वा विचारधारा जुन अहिले देखिएका छन्, प्रक्रियाहरु जुन संचालित छन् अथवा नयां प्रवृत्तिहरु जुन विकसित हुन लागेका छन् त्यस प्रकारका कुराहरुसंग यसको सम्बन्ध हुन्छ । यस विधिलाई सर्वे, स्टेटस सर्वे र नर्मेटिभ ट्रेन्ड सर्वे पनि भनिन्छ । तर यसको अर्थ अन्य शोधमा यसको प्रयोग हुंदैन भन्ने होइन । सबै शोधहरुमा थोरै धेरै वर्णन गर्नै पर्छ ।

  • १. अन्य शोधसंग अन्तर–
  • क) ऐतिहासिक शोधले भूतकालको वर्णन गर्छ । वर्णनात्मक वा सर्वेले वर्तमानको । ख) प्रयोगात्मक शोधले नियन्त्रित रुपमा दुइ चलराशिको कार्य कारणको अध्ययन गर्छ । तर वर्णनात्मक शोधले विषयको अवस्थितिलाई स्पष्टसंग व्यक्त गर्छ ।

२.वर्णनात्मक शोधको आवश्यकता र महत्व–[सम्पादन]

कुनै समस्याको समाधान गर्नु अघि त्यससंग राम्ररी परिचित हुनु आवश्यक हुन्छ । व्यावहारिक शोध जस्तै शिक्षा शोधको सुरुमा कुनै घटना, विवरण, वा विषयको सम्बन्ध स्पष्ट गर्न यस विधिको प्रयोग हुने गथ्र्यो । विद्यार्थी, विद्यालय, प्रशासन, पाठ्यक्रम, वा कुनै शिक्षण विधि समस्याको समाधान गर्नु अघि शोधकर्ताको मनमा पहिलो प्रश्न के हुन्छ भने यो समस्या के हो ? कस्तो हो ? अहिले त्यो के कस्तो अवस्थामा छ ? वर्तमान दशा, क्रिया, अभिवृत्ति, र स्थितिको विषयमा ज्ञान प्राप्त गर्नु यसको मूल उद्देश्य हो । वर्णनात्मक शोधको उद्देश्य यस प्रकार छ

  • १. वर्तमान स्थितिको स्पष्टीकरण तथा भावी योजना र परिवर्तनमा सहायता
  • २. भावी शोधका लागि प्राथमिक सहायता, जसले शोध अझ नियन्त्रित र वस्तुगत बनाउन सकियोस्
  • ३. मानव व्यवहार सम्बन्धी विभिन्न पक्षको जानकारी
  • ४. मनोवैज्ञानिक विशेषताहरु जानकारी लिंदै, व्यवहार सम्बन्धी योजना बनाउनु,
  • ३. विशेषताहरु–
  • १. एकै समयमा थुप्रै चलराशिहरुको जानकारी प्राप्त गर्नु,
  • २. यो क्रस सेक्शन प्रकृतिको हुन्छ,
  • ३. व्यक्ति विशेषसंग सम्बन्ध नभएर पूरै जनसंख्यासंग सम्बन्धित हुन्छ,
  • ४.समस्या स्पष्ट र परिभाषित हुन्छ,
  • ५. उद्देश्य विशिष्ट हुन्छ,
  • ६. विशिष्ट र कल्पनापूर्ण योजना आवश्यक हुन्छ,
  • ७. तथ्याङ्कको विश्लेषणमा सावधानी राख्नु पर्छ,
  • ८. नियमको निर्धारण नभइ समस्याको समाधान उद्देश्य हुन्छ,
  • ९. गुणात्मक वा संख्यात्मक दुवै प्रकारको वर्णन हुनसक्छ,
  • १०.सरल वा कठिन वर्णन हुनसक्छ,
  • ११. व्याख्यात्मक वा गणितीय वर्णन हुनसक्छ ।

५.व्याख्यात्मक शोध[सम्पादन]

व्याख्यात्मक शोध वर्णनात्मक जस्तै भए तापन यसमा थोरै अन्तर हुन्छ । वर्णनात्मक शोधमा कुनै घटना र त्यससंग सम्बन्धित चलराशिको सर्सर्ती वर्णन गरिन्छ वा विश्लेषण प्रस्तुत गरिन्छ । तर व्याख्यात्मक शोधमा प्रत्यके चलराशिको विस्तृत विवरण प्रस्तुत गरिन्छ । यसमा चलराशि वा घटनाको विस्तृत व्याख्या गर्ने क्रममा शोधकर्ताले आफ्नो सीप र योग्यता पनि प्रयोग गर्नु पर्छ । यसको अर्थ के हो भने शोधकर्ताले विभिन्न चलराशिको आपसी सम्बन्ध र त्यसले गर्दा उत्पन्न परिस्थितिलाई राम्ररी बुझ्ने प्रयास मात्र गर्छ । उसको उद्देश्य चलराशिहरुमा नियन्त्रण गर्ने हुदैन । उसले ती चलराशिका सम्बन्धको आधारमा भावी अनुमान गर्ने प्रयास पनि गरेको हुदैन । यसका लागि तथ्याङ्कलाई मध्यक, मध्यिका, बहुलक, सूचक अंकमा रुपान्तरण गर्न सकिन्छ । वा तथ्याङ्कलाई रेखा चित्रमा व्यक्त गर्न सकिन्छ । यी सबै क्रियाबाट कुनै एक वा बढी चलराशिको बारेमा विस्तृत ज्ञान प्राप्त हुन्छ ।

वर्णनात्मक र व्याख्यात्मक शोधमा अन्तर[सम्पादन]

  • १. दुवै शोधमा वर्णन गर्नु आवश्यक हुन्छ तर व्याख्यात्मक शोधमा चलराशिहरुका सहायक चलराशिहरुको बारेमा पनि विस्तृत वर्णन गरिएको हुन्छ ।
  • २. समस्यालाई चर्चामा ल्याउने उद्देश्य राखिएको हुन्छ ।
  • ३. वर्णनात्मक विधिमा कुनै समस्याको वर्णन मात्र गरिएको हुन्छ । तर व्याख्यात्मक विधिमा वर्णनका साथै घटनाको कारण र अन्य सम्बन्धित कुराहरुको मूल्यांकन पनि गरिन्छ ।

६. पश्चोन्मुखी शोध[सम्पादन]

पश्चोन्मुखी प्रयोगात्मक विधिको ठीक विपरीत प्रक्रिया हो । यस विधिमा आश्रित चलराशिको माध्यमबाट स्वतन्त्र चलराशिको व्यवहार विश्लेषणको प्रयास गरिन्छ । सामाजिक विज्ञानहरुमा नियन्त्रित प्रयोग हुन सक्दैन । तथापि अन्य चलराशिलाई स्थिर मानेर केवल एउटा चलराशिको प्रभाव अध्ययन गरिन्छ । तर पश्चोन्मुखी शोधमा परिणामका आधारमा स्वतन्त्र चलराशिको अध्ययन को प्रयास गरिन्छ । यस अर्थमा यो विधि त्यति वैज्ञानिक छैन । त्यसैले यस विधिको प्रभावकारिता पनि कम छ । तथापि व्यावहारिक विज्ञानहरुमा आश्रित चलराशिको व्यवहारलाई आधारित मानेर अध्ययन गरिन्छ । एउटा उदाहरणद्वारा पश्चोन्मुखी शोधको व्याख्या गर्न सकिन्छ । मूल्य र मागको कारण र परिणाम सम्बन्धमा मूल्य स्वतन्त्र चलराशि र माग आश्रित चलराशि हो । अब मागको परिवर्तनलाई आधार मानेर त्यसमा कुन कुन तत्त्वले प्रभाव पार्छन् भनेर अध्ययन गरिन्छ भने त्यस अध्ययनलाई पश्चोन्मुखी भनिन्छ । यो कार्यकारण सम्बन्ध विधि जस्तै हो । त्यसैले यी दुवै विधिलाई एउटै मानिन्छ ।

७. कार्यमूलक शोध[सम्पादन]

कार्यमूलक शोधलाई नया विचार मानिन्छ । यसलाई लोकप्रिय बनाउने काम प्रोफेसर स्टीफेन एम कोरेले गरेका हुन् । कोरेका अनुसार, कार्यमूलक शोध त्यो प्रक्रिया हो जसले व्यावहारिक कार्यकर्ताहरुले वैज्ञानिक विधिले आफ्ना समस्याहरुको अध्ययन, आफ्ना निर्णय र क्रियाकलापमा निर्देशन र सुधार प्राप्त गर्छन् । मानवीय व्यवहारसंग प्रत्यक्ष सम्बन्धित क्षेत्रहरुमा यो शोध ज्यादै उपयोगी छ । जस्तै विद्यार्थीको शिक्षण सिकाइमा देखिएका समस्या, सामाजिक विषमताका समस्या, उपभोक्ताहरुको रुचि परिवर्तनसंग सम्बन्धित समस्या इत्यादि । कार्यमूलक शोधलाई निम्नलिखित विशेषताहरुद्वारा स्पष्ट गर्न सकिन्छ–

  • १. यस शोधमा व्यावहारिक क्रियाकलापहरुमा दैनिक बेहोर्नु पर्ने समस्याको बारेमा अध्ययन गरिन्छ ।
  • २. त्यसमा लागेका शिक्षक, अभिभावक, निरीक्षक, उपभोक्ता, समाजसुधारक, व्यवस्थापक आदिमा शोध गरिन्छ ।
  • ३. दैनिक समस्याहरुको अध्ययन व्यवहारमा चलिआएको क्रियाकलापमा सुधार र विकासका दृष्टिले गरिन्छ ।
  • ४. सबै कार्यकर्ताले वैज्ञानिक दृष्टिले क्रियाकलाप गर्छन् । पूर्वाग्रह र पक्षपातबाट बच्ने प्रयास गर्छन् ।
  • ५. क्रियाकलापमा प्रजातान्त्रिक मूल्यलाई प्रोत्साहन दिइन्छ ।
  • ६. कार्यमूलक व्यवहारले कार्यकर्ताहरुलाई चेतना प्राप्त हुन्छ । उनीहरु आफ्ना समस्याहरु प्रति बढी संवेदनशील हुन्छन् र समाधान हेतु प्रयास पनि गर्छन् ।
  • ७. उनीहरुले वस्तुगत भइ निरन्तर अध्ययन र सुधार गरिरहन्छन् ।

कार्यमूलक शोधका विभिन्न चरण[सम्पादन]

  • १. समस्याको पहिचान र सीमांकन– हामीले दिन प्रतिदिन अनेक समस्याहरु बेहोरिरहेका हुन्छौं । तर त्यसता समस्याहरु प्रति सामान्यतः सचेत पनि हु“दैनौं र ती घटनाहरु प्रति वैज्ञानिक दृष्टिले विचार पनि गरेका हु“दैनौं । यस प्रकारको शोध गर्नु अघि शोधकर्ताले कुन कुरा समस्या हो र यसका सीमा के हुन् भन्ने निधो गर्नु पर्छ । उदाहरणका लागि विद्यार्थीहरुले होम वर्क पूरा नगर्ने एक सामान्य समस्या हो । अब केवल कक्षा १० का विद्यार्थीहरुले कुन विषयको होम वर्क पूरा गर्छन् र कुनको पूरा गर्दैनन् । त्यस समस्यालाई लिने । मानौं विद्यार्थीहरुले गणित र सामाजिक विषयको होम वर्क पूरा गदैनन् । यसरी समस्याको पहिचान र सीमांकन गर्नु पर्छ ।
  • २. समस्याका कारणको विश्लेषण– समस्या पहिचान भइसकेपछि त्यसका कारणहरु खोजी गर्नु पर्छ । कारणको खोजीमा निम्नलिखित कुराहरु ध्यानमा राख्नु पर्छ
  • क) जुन कारणहरु पहिचान गरिएको छ तिनीहरु तर्क संगत छन् कि छैनन् ?
  • ख) समस्याका कारणहरु परीक्षण गर्न सकिन्छ कि सकिंदैन ।
  • ग) कारणहरु वास्तविक छन् कि भ्रमपूर्ण छन् ?
  • घ) कारणहरु वास्तविक छन् भन्ने कुरा विभिन्न दृष्टिकोणले परीक्षण गर्नु पर्छ ।
  • ङ) कारणहरुमा कसको नियन्त्रण छ ?

कारणहरुको निर्धारण गरे पछि तिनीहरुको समाधानका उपायहरु विचार गर्न सजिलो हुन्छ ।

  • ३. कार्यमूलक प्राक्कल्पना निर्माण–कार्यमूलक शोधको तेस्रो चरणमा आवश्यक प्राक्कल्पनाहरु निर्माण गरिन्छ । यसका दुइ भाग हुन्छन्–
  • क) लक्ष्य, र
  • ख) लक्ष्य प्राप्त गर्ने विधि ।
  • अर्थात् प्राक्कलप्ना निर्धारण गर्दा लक्ष्य र क्रियाकलापबारे एक साथ विचार गर्नु उपयुक्त हुन्छ । उदाहरणका लागि सामाजिक विषयको होम वर्क पूरा नगरेको समस्या हो भने यसको प्राक्कल्पना के हुन सक्छ भने विद्यार्थीहरुको रुचिलाई ध्यानमा राख्दै उनीहरुले इच्छा गरे जति होम वर्क दिने गरेमा यसमा सुधार आउ“छ ।
  • ४. कार्यमूलक प्राक्कल्पनाको रुपरेखा तयार गर्नु– यो कार्यमूलक शोधको ज्यादै महत्त्वपूर्ण चरण हो । यस अन्तर्गत प्राक्कल्पना परीक्षणको रुपरेखा वा प्रारुप निर्धारण गर्नु पर्छ । रुपरेखा तयार गर्दा के कुरा ध्यानमा राख्नु पर्छ भने शोध पनि भइरहोस र विद्यालयका कार्यहरु पनि यथावत सुचारु रुपले नियमित रुपले पूरा हुन बाधा नपरोस् । यसले फाइदा के हुन्छ भने क्रियाकलापमा वैज्ञानिकता हुन्छ, निश्चित परिणामको ज्ञान प्राप्त हुन्छ, तथा त्रुटि र कमजोरीहरुको जानकारी प्राप्त हुन्छ । त्यसैले निम्नलिखित कुराहरुमा विचार गर्नु पर्छ–
  • क) क्रियाकलापको विवरण,
  • ख) ती क्रियाकलापहरु कसरी पूरा गर्ने
  • ग) यसका लागि कुन कुन साधनहरुको आवश्यकता हुन्छ
  • घ) कति समय र कति धन खर्च हुन्छ, इत्यादि ।
  • यस पछि होम वर्क पूरा नभएको बारे निम्नलिखित रुपरेखा निर्माण गर्नु पर्छ
  • क) यदि सामाजिक विषयलाई अन्तिम पीरियडमा नराखेर त्यसभन्दा अगावै राख्ने हो भने त्यसमा विद्यार्थी नियमित हुनेछन्् । यसले उनीहरुलाई अध्ययनमा रुचि भइ होम वर्क पूरा गर्न सघाउने छ ।
  • ख) सामाजिक विषयमा नियमित कक्षा कार्य दिने गरेमा विद्यार्थीहरुले होमवर्कमा रुचि लिने छन् ।
  • ग) विद्यार्थीहरुलाई बढी रुचि हुने र कम रुचि हुने क्षेत्र छुट्टयाएर बढी रुचि हुने क्षेत्र विद्यार्थीहरुलाई पूरा गर्न लगाउने र कम रुचि भएका क्षेत्रमा कक्षा कार्य दिने, इत्यादि ।
  • यस पछि निम्नलिखित कार्यहरु गर्नु पर्ने हुन्छ–
  • क) कक्षा कार्य नियमित गर्न लगाउने,
  • ख) पीरियडको समय परिवर्तन गर्ने,
  • ग) होम वर्क दिने विधिमा सुधार गर्ने,
  • घ) यस विषयमा विद्यार्थी र विषय शिक्षकहरुको राय लिने,
  • ङ) यसका लागि तीन महिनाको समय लाग्ने छ र खर्च केही हुने छैन ।

तालिका २.४. कार्यमूलक शोधमा प्राथमिकता क्रमको निर्धारण सम्भावितकारण-प्रमाण-सुधार गर्न सकिन्छ ?-प्राथमिकता क्रम

   क	छैन	सकिंदैन 	....

ख छ छैन .... ग छ सकिन्छ प्रथम घ छ सकिंदैन ... ङ छ सकिन्छ द्वितीय

५. मूल्यांकन–[सम्पादन]

यो कार्यमूलक शोधको अन्तिम चरण हो । क्रियाकलाप सम्पन्न गरिसकेपछि शोधकर्ताले निश्चित रुपमा के भन्न सक्छ भने यस कार्यमूलक प्रणालीबाट लक्ष्य प्राप्त भयो वा भएन । यसै आधारमा भावी योजनामा सुधारको कार्य गरिन्छ । मूल्यांकनमा वस्तुनिष्ठता हुनु अवश्यक छ । यसका लागि निरीक्षण, मतावली, प्रश्नावली, अन्तर्वार्ता, चेक लिस्ट, रेटिंग स्केल, र तथ्याङ्कीय विधि इत्यादि आधारमा मूल्यांकन गरिन्छ । यी उपकरण प्रयोग गर्दा तिनीहरुको विश्वसनीयता र प्रामाणिकतामा ध्यान दिनु पर्छ ।

८. सर्वेक्षण अध्ययन[सम्पादन]

समस्याहरुको समाधान गर्न शिक्षाशास्त्री, समाजशास्त्री, मनोवैज्ञानिक उद्योगपति, अर्थशास्त्री, सरकार सबैले सर्वेक्षण गर्छन् । आर्थिक सर्वेक्षण, शैक्षिक सर्वेक्षण इत्यादि । उनीहरुले वर्तमान अवस्था वा क्रियाको सार्थकता पुष्टि गर्न वा वर्तमान अवस्था वा क्रियामा सुधार ल्याउन त्यससंग सम्बन्धित तथ्यांक संकलन गर्छन् । केही सर्वेक्षण विधि यस प्रकार छन्–

  • १. जीवनस्तर सर्वेक्षण
  • २. रोजगार विश्लेषण
  • ३. औद्योगिक सर्वेक्षण
  • ४. जनमत सर्वेक्षण
  • ५. समुदाय सर्वेक्षण
  • ६. आर्थिक सर्वेक्षण

सर्वेक्षणमा तथ्यांक प्राप्त गर्ने तरीकाहरु

  • ज्ञ। निरीक्षण
  • द्द। प्रश्नावली
  • घ। साक्षात्कार
  • द्ध। प्रामाणिकता परीक्षण
  • छ। मूल्य सूची
  • ट। मूल्यांकन मापदण्ड, रेटिंग स्केलर इत्यादि
  • क) सर्वेक्षण विधिका सामान्य चरणहरु
  • 1 शोध समस्याको कथन
  • 2। सर्वेक्षण वा वर्णन योग्य समस्या हो कि होइन निश्चित गर्नु
  • 3। उचित सर्वेक्षण विधिको छनौट
  • 4। उद्देश्यहरुको छनौट
  • 5। निम्नलिखित कुराहरु निर्धारण गर्नु,
  • 1. तथ्याङ्क प्राप्त गर्ने साधनको उपलब्धता,
  • 2. कति समयमा साधन प्राप्त हुनसक्छन्,
  • 3. के उपकरण कसरी प्राप्त गर्न सकिन्छ सो को जानकारी
  • 6। प्रस्तावित सर्वेक्षणको अनुमान
  • 7। प्रतिदर्शको छनौट
  • 8। साम्पल भए ठीक प्रतिनिधिमूलक छन् कि छैनन्
  • 10। जुन कुराको सर्वे गर्ने हो त्यसको निश्चय गर्नु
  • 11 तथ्याङ्क, त्यो प्राप्त गर्ने साधन आदिको निर्धारण गरिसकेपछि सर्वेक्षण सफलताको अन्तिम अनुमान
  • 12। तथ्याङ्क प्राप्त गर्ने तयारी
  • 13। तथ्याङ्क संकलन
  • 14। विश्लेषण
  • 15। प्रतिवेदन– वर्णनात्मक, तुलनात्मक, मूल्यांकनात्मक
  • 16। निष्कर्ष
  • ख) सर्वेक्षणमा आवश्यक तथ्याङ्क
  • १. उपभोक्ताका सुविधाहरु– वस्तुको उपलब्धता, अनुपलब्धता, उत्पादन समस्या, नाफाको अवस्था इत्यादि ।
  • २. उपभोक्तासंग सम्बन्धित जानकारी– नाम, आयु, लिंग, शिक्षा स्तर, सामाजिक आर्थिक अवस्था, सेवा अवधि, उनीहरुले पाउने सुविधा इत्यादि ।
  • ३. उपभोक्ताहरुको प्रकृति– क. उनीहरुको व्यवहार, रुचि, सम्पर्क, ख. उनीहरुको सामाजिक आर्थिक अवस्था, ग. उनीहरुको स्वास्थ्य, ज्ञान, शैक्षिक अवस्था, उपभोगको सामान्य र असामान्य व्यवहार, घ. स्वास्थ्य, भोजन, बोलीचाली सम्बन्धी व्यवहार, ङ. बजारमा जाने नियमतिता, अनियमितता, उपभोगमा नियमितता, अनियमितता, इत्यादि ।


अध्याय तीन- शोध प्रस्ताव लेखन[सम्पादन]

व्यावहारिक रुपमा ज्ञानको भण्डार पुस्तक र पुस्तकालयहरुमा नै संरक्षित छ ।

३.१. शोध प्रस्तावका अंग[सम्पादन]

कुन विधिबाट समस्या विश्लेषण गर्ने भन्ने कुरा स्पष्ट भइसकेपछि शोध समितिमा सम्बन्धित विभागले तोकेको ढांचामा प्रस्ताव प्रस्तुत गर्नु पर्छ । शोध प्रस्ताव शोध प्रतिवेदनको प्रारम्भिक ढांचा हो । प्रायः सबै निकाय वा विभागहरुले आआफ्नो ढांचा निर्माण गरेका हुन्छन् । तथापि त्यसका विभिन्न भागहरु आपसमा अन्तर्सम्बन्धित हुन्छन् । शोध प्रस्ताव तयार गर्दा शोध समस्याको संक्षिप्त परिचय, सम्भावित शोध समस्याको संक्षिप्त कथन, शोधका सम्भावित उद्देश्य, प्राक्कल्पना, पूर्वकार्यको संक्षिप्त समीक्षा, शोध विधि, शोधकार्यको औचित्य वा महत्त्व, शोध सीमाहरु, लागत, र समयावधि उल्लेख गर्न सकिन्छ । हुनत, शैक्षिक शोधमा समयावधि र लागत शीर्षक आवश्यक हु“दैन तर सरकारी, गैर सरकारी अनुसन्धान र लघु अनुसन्धानहरुमा भने यसलाई अनिवार्यतः उल्लेख गर्नु पर्ने प्रावधान हुन्छ । यी सबै विषय वस्तुलाई केवल तीन भागमा विभाजन गर्न पनि सकिन्छ–


१. प्रारम्भिक भाग,
२. मूल भाग–

क) साहित्यको संक्षिप्त अवलोकन,
ख) प्रस्तावित शोध विधि,
ग) शोध प्रबन्धको रुपरेखा (अध्याय विभाजन),
३. अन्तिम भाग (सन्दर्भ ग्रन्थ)

त्रि.वि.वि. अर्थशास्त्र विभागको शोध प्रस्तावमा निम्नलिखित पांच मुख्य विषय वस्तु स्पष्ट गरिएको हुनु पर्छ–

  • १. शीर्षक छनौट,
  • २. समस्याको पहिचान,
  • ३. सम्बन्धित साहित्यको समीक्षा,
  • ४. शोध विधि,
  • ५. सन्दर्भ ग्रन्थ ।

शोध प्रस्तावमा समावेश गर्नुपर्ने विषय वस्तु निम्नलिखित छन्–

३.१.१ शोध समस्या पहिचान[सम्पादन]

शोधको प्रारम्भिक प्रस्थान बिन्दु नै शोध समस्याको पहिचान गर्नु हो । शोध गर्ने विद्यार्थीहरुले आफ्ना साथी, निर्देशक वा अनुभवी व्यक्तिसंग यही सोध्छन्– कुन शीर्षकमा शोध गरुं ? बढी जिज्ञासा राख्नेहरुलाई निर्देशकहरुले कुन क्षेत्रमा गर्ने हो त्यो स्पष्ट गर्न भन्दछन् । यसपछि विद्यार्थी विषय खोज्न हिंड्छन् । उसलाई कति खेर के लाग्छ भने जुन विषयमा हात हाल्न चाहन्छ त्यस प्रत्येक विषयमा अरुले कार्य गरिसकेका छन् । अर्को विषयमा हात हाल्न खोज्दा कुनै सामग्री फेलापर्दैन । अंध्यारोमा कालो बिरालो खोजे झैं विद्यार्थी रनभुल्ल पर्छन् । यस्तो समस्या बेहोर्ने विद्यार्थीहरुलाई निर्देशकहरुले पनि राम्ररी बाटो देखाउन सक्दैनन् । लक्ष्य निश्चित भएकालाई बाटो देखाउन जति सजिलो हुन्छ, समस्यामा रनभुल्ल परेकालाई त्यति नै कठिन हुन्छ । उसले निर्देशकको प्रत्येक कुरा बुझ्नमा कठिनाई अनुभव गर्छ । हुन त, उसका अगाडि समस्याहरुको कुनै कमी हुंदैन तर उ त्यसको पहिचान गर्न छनौट गर्नमा आफुलाई पूर्णतः असमर्थ महसुस गर्छ । वास्तवमा यस्तो समयमा नै कुशल निर्देशकको आवश्यकता हुन्छ तर शोधार्थीले कुशल निर्देशक प्राप्त गर्ने समय त्यो हुंदैन । यस समस्याबाट पार पाउने एक मात्र उपाय भनेको साहित्यको गम्भीर अवलोकन र पुनरावलोकन गर्नु हो । आफ्नो रुचिकर क्षेत्रका शोध ग्रन्थहरुले केही मात्रामा सहयोग गर्न सक्छन् तर त्यति मात्र पर्याप्त हुंदैन । एउटा उदाहरणद्वारा समस्या निर्धारणलाई स्पष्ट गर्न सकिन्छ– मानवीय आवश्यकता अनन्त हुन्छन् र त्यसलाई पूरा गर्ने साधन सीमित हुन्छन् । मानव जीवनको यही प्रमुख आर्थिक समस्या हो । यो नै दुर्लभताको समस्या पनि हो, अर्थात्, अनन्त आवश्यकता– दुर्लभ साधन = समस्या उत्पत्ति यस समस्यालाई दुइ प्रकारले समाधान गर्न सकिन्छ– क) यदि आवश्यकता यथावत छन् र साधन परिवर्तनशील छन् भने साधन उपलब्ध हुनासाथ आवश्यकता पूरा हुन जान्छन् । अर्थात् समस्याको समाधान भयो । ख) यदि साधन स्थिर छन् भने कुन साधनले कुन आवश्यकता पूरा गर्ने भन्ने समस्या उत्पन्न हुन जान्छ । यसलाई छनौटको समस्या भनिन्छ । अर्थशास्त्रको मूल विषय वस्तु नै छनौटको समस्या हो । अर्थशास्त्रको यस समस्यालाई अर्थशासत्रको उत्पत्तिको आार भनिन्छ । शोध समस्या उत्पत्तिको आधार पनि यही हो । समस्याको प्रारम्भ त्यस परिस्थितिबाट हुन जान्छ जसलाई हामीले अनुभव गरिरहेका हुन्छौं । यदि हामीले अनुभव गरिरहेका परिस्थितिमा केही बाधा छन् भने त्यो नै समस्या हो । यस्ता समस्या हामीले दैनिक जीवनमा बेहोर्छौं तर समस्याबाट तर्केर हिंड्छौं । अर्कातिर जिज्ञासु व्यक्तिले प्रत्येक क्षेत्रमा समस्या देख्छ र त्यसलाई समाधानको आवश्यकता अनुभव गर्छ । अर्थात् उसमा रचनात्मक असन्तोषको प्रवृत्ति हुन्छ । यस रचनात्मक असन्तोषले उसमा शोध गर्ने प्रवृत्ति उत्पन्न हुन जान्छ । यदि कुनै वैज्ञानिक आफ्ना शोध कार्यबाट, शिक्षक आफ्ना विद्यार्थीहरुको प्रगतिबाट, अर्थशास्त्री आर्थिक विकासको प्रवृत्तिबाट, चिकित्सक रोग निदानका तरीकाबाट, सामाजिक कार्यकर्ता सामाजिक विषमताहरुबाट असन्तुष्ट छ भने अवश्य पनि उसलाई समाधान गर्ने बारेमा चिन्तनशील हुनु पर्ने छ । यस चिन्तनलाई वैज्ञानिक रुप प्रदान गर्ने प्रयास नै उसका लागि शोधको ढोका उघारिनु हो । समस्याको पहिचान गर्ने कुनै एक उपाय छैन । सभ्यताको इतिहास साक्षी छ, कैयौं आविष्कार आकस्मिक भएका छन् । विज्ञानमा गुरुŒवाकर्षणको सिद्धान्त, अर्थशास्त्रमा गिफेन गुड्सको सिद्धान्त, तथ्याङ्कशास्त्रमा प्राक्कल्पना परीक्षणको सिद्धान्त, कार्बनिक रसायनमा यौगिकहरुको संरचना सिद्धान्त, इञ्जिनीयरिंगमा बाफका शक्तिको सिद्धान्त आदि आकस्मिक रुपमा पत्ता लागेका सिद्धान्त हुन् । तर सबै समस्याहरु यसै गरी समाधान हुंदैनन् । मलेरिया रोगको औषधि खोज्न रोनाल्ड रौसले वर्षौ मेहनत गरेका हुन् । म्याडम क्युरीले युरेनियमको आविष्कार गर्न आफ्नो जीवन बलिदान गरिन् । बाबुराम आचार्य नेपालको इतिहासका अदृश्य पाना खोज्ने क्रममा आंखा गुमाउन पुगे र पनि अरुको सहायताले अध्ययन जारी राखे । सी भी रमनले बिरुवामा रहेको चेतना पत्ता लगाउने क्रममा गिलासमा राखेको तरललाई विष हो भन्ने चेतावनीका बावजूद पनि खान हिचकिचाएनन् । इलियास हावेले सिउने कल र वाटरम्यानले फाउन्टन पेनको आविष्कार गरे । मानव जीवनलाई सजिलो र गुणस्तरीय बनाउनका लागि शयौं वर्षदेखि दार्शनिक, वैज्ञानिक, अर्थशास्त्री, शिक्षाशास्त्री, र समाजशास्त्रीहरुले आफ्नो समयका समस्याहरुको अध्ययन र विश्लेषण गरेका छन् । एडम स्मिथले राष्ट्रको धनसम्पत्तिमा वृद्धि गर्ने उपाय पत्ता लगाउन र केन्सले मन्दीको कारणले उत्पन्न बेरोजगारी समस्या समाधान गर्न गहन अध्ययन गरेर समाधान प्रस्तुत गरेका हुन् । माल्थसले जनसंख्याका समस्याको समाधान गर्न आफ्नो जीवनकालमा अत्यन्त ठूलो आलोचना बेहोर्नु पर्यो । सिन्धु सभ्यताका मानिसहरुले टांक, तामाको रुलर, स्केल जस्ता कुराको आविष्कार गरेका थिए । वराहमिहिरले गहिरो कुवां खनाएर नक्षत्र अध्ययन गरे तर गेलीलियोले नक्षत्र हेर्न दूरबीनको आविष्कार गरे । चीनका मानसिले कागज, छपाई र गन पाउडर आविष्कार गरे । बांग्लादेशका मानिसले मलमलको कपडा, नेपाली वास्तुकारले पगेडा शैलीका मन्दिर र चैत्य आविष्कार गरे । जापानमा जनसंख्याको चाप बढे पछि दुइतल्ले ओछ्यान् आविष्कार भयो । यसरी मानव समाजले समस्या बेहोर्दा समाधान पत्ता लगाउ“दै आएको छ । कुनै पनि व्यक्तिले आफ्नो सामान्य क्षमता प्रयोग गरेर समाधान गर्न सक्ने प्रश्न नै शोध समस्या हो । यो निम्नलिखित कारणले उत्पन्न हुनसक्छ– १. यदि कुनै व्यक्तिले आफ्ना समस्याको तर्कयुक्त समाधान वर्तमान ज्ञानको संकलनबाट प्राप्त गर्न सक्दैन भने समस्या उत्पन्न हुनजान्छ । उदाहरणका लागि वर्तमान औषधिले निदान हुन नसक्दा रोगको नयां औषधि खोजी हुन्छ । एम एन श्रीनिवासले संस्कृतिकरणबाट समाज रुपान्तरको विधि पत्ता लगाए । केन्सले आर्थिक मन्दी र बेरोजगारीको समाधानका विधि पत्ता लगाए । २. कहिलेकाहीं विरोधी परिणामबाट उत्पन्न असन्तोष समस्याको कारण बन्न सकछ । जस्तै यू आकारको औसत लागत रेखा बनाउदा ज्याकब वाइनर भन्ने अर्थशास्त्रीले प्रत्येक अल्पकालीन औसत लागत रेखाको न्यूनतम बिन्दु दीर्घकालीन लागत रेखामा स्पर्शी हुन्छ भन्ने मानेका थिए । तर पछिका अर्थशास्त्रीहरुले यसलाई गलत प्रमाणित गरे । तथा केवल एक मात्र अल्पकालीन औसत लागत रेखाको न्यूनतम बिन्दुले दीर्घकालीन औसत लागत रेखाको न्यूनतम बिन्दुलाई स्पर्श गर्छ भन्ने कुरा प्रमाणित गरे । समुद्री जहाजहरुले कुनै कुनै स्थानमा प्रकाशस्तम्भको प्रकाश नदेखिने समस्या पछि प्रकाशको तरंग सिद्धान्त प्रतिपादन भयो । ३. कहिले काहीं कुनै नया तथ्य यस्तो हुन्छ जसको समाधान प्राप्त भइसकेको हुंदैन । यसलाई समस्याको रुपमा व्याख्या गर्न सकिन्छ । म्याक्स वर्दामरको फाइ फेनोमिना phi phenomena लाई मनोविज्ञानमा दृष्टिभ्रमको एक राम्रो उदाहरण मानिएको छ । बाफ पानीमा रुपान्तरण हुंदा त्यसमा तौल उत्पन्न किन हुन्छ ? यस बारेमा वैज्ञानिकहरु लामो समयसम्म अलमलमा थिए । पछि उनीहरु गड पार्टिकल वा हिग्स–बोसोन पार्टिकलले गर्दा तौल उत्पन्न हुन्छ भन्ने निष्कर्षमा पुगे । अर्थशास्त्रमा लामो समयसम्म पूजीपति र उद्यमीमा अन्तर स्पष्ट हुनसकेको थिएन । पछि मार्शलले संयुक्त पू“जी कम्पनीको उदाहरण दिएर लगानीकर्ता र जोखिम वहनकर्ताको अन्तर स्पष्ट गरे । वस्तुको मूल्य लागतले निर्धारण गर्छ कि उपयोगिताले ? भन्ने विवाद नै मूल्य निर्धारणको माग र पूर्तिको सिद्धान्त प्रतिपादन हुन गयो । सारांशमा मानवीय कल्याणका लागि हुने जिज्ञासा नै शोध समस्या हो । यसको उत्पत्ति कसरी हुन्छ भन्ने कुरा भने गौण हो ।
समस्याहरु प्रशस्त छन् । तिनीहरुको कमी छैन । कुन चाहिं समस्या शीर्षक छनौट गर्ने ? यसका लागि निम्नलिखित कुराहरुलाई ध्यानमा राख्नु पर्छ–

  • क) शोधकर्ताको रुचि
  • ख) शोधकर्ताको योग्यता र क्षमता
  • ग) समस्याको सैद्धान्तिक र व्यावहारिक उपयोगिता
  • घ) भाषा वा तथ्यको रुपमा परिभाषित गर्न सकिने

उदाहरणका लागि यदि शोध समस्या महिलाको आय स्तरले प्रजननतामा पारेको प्रभाव अध्ययन गर्नु हो भने शोध शीर्षक वा समस्या हुन सक्छ– महिलाको आय स्तर र प्रजननता बीच सम्बन्ध । हुन त शोध शीर्षक नै शोध समस्याको संक्षिप्त कथन हो । तर आवश्यक परेमा यसलाई छुट्टै शीर्षकमा वर्णन गर्न सकिन्छ । त्यस समस्यासंग मनमा गम्भीर रुपले उत्पन्न भएका प्रश्नहरु नै शोध समस्या हुन्छन् । त्यसैले यी प्रश्नवाचक बन्दछन् । प्रश्न भित्रै रहे पनि सबै सुरुमा स्पष्ट रुपमा व्यक्त नभएका हुन सक्छन् । केही अभ्यास पछि शोध समस्यामा केन्द्रित राखेर प्रश्न बन्न सक्छन् । महिलाको आय स्तर प्रजननता बीच सम्बन्ध शीर्षक समस्याका निम्नलिखित प्रश्न हुन सक्छन्–

  • क) के आयमा वृद्धि वा कमी गर्दा प्रजननतामा प्रभाव पर्छ ?
  • ख) आयमा वृद्धिको प्रजननतामा धेरै वा थोरै कस्तो प्रभाव पर्छ ?
  • ग) आयमा समान वृद्धिको प्रभाव धनी र गरीबको प्रजननतामा बराबर पर्छ कि फरक फरक ? इत्यादि ।

३.१.३. प्राक्कल्पना[सम्पादन]

प्राक्कल्पना एक अस्थायी कथन हो, जसको पुष्टि हुन बा“की छ । त्यसैले यसलाई प्रमाणित नभएको सिद्धान्त भनिन्छ । कुनै विषयमा हामीले गरेको यो एक प्रकारको पूर्वानुमान हो जुन साहित्य पुनरावलोकनबाट प्राप्त तथ्य र सूचनाहरुमा आधारित हुन्छ । केर्लिंगरका अनुसार– दुइ वा दुइभन्दा बढी चलराशिहरु बीचको सम्बन्ध बताउने कथनलाई प्राक्कल्पना भनिन्छ । यी चलराशिहरुलाई आश्रित र स्वतन्त्र चल राशिमा विभक्त गरिन्छ । यद्यपि यी चलराशिहरु गणितीय रुपमा व्यक्त गर्न सक्ने हुन पनि सक्छन् र नहुन पनि सक्छन् । तर सबै प्राक्कल्पनाहरुमा निम्नलिखित सम्बन्ध पाइन्छ–

  • १. एकाई– आश्रित चल, जसको बारेमा सूचना ग्रहण गरिन्छ ।
  • २. चल– स्वतन्त्र चल, जसको बारेमा सूचना प्राप्त गरिएको छ ।
  • ३. मूल्य वा सम्बन्ध– यी दुवैका बीचमा प्राप्त हुनसक्ने कार्यकारण सम्बन्ध ।
  • अर्थशास्त्र विषयका शोधमा प्राक्कल्पना दिने प्रचलन छ । समस्या समाधानको मार्ग प्रदर्शन गर्न, समस्यालाई सुनिश्चित गर्न, चलराशि छनौट गर्न, दुइ वा सोभन्दा बढी चलराशिबीच सम्बन्ध बताउन, साम्पल लिएर गरेका शोध, दुइ साम्पलको अन्तर जा“च गर्न, प्राक्कल्पनालाई परीक्षण योग्य बनाउन, प्राक्कल्पना (हाइपोथीसिस) गरिएको हुन्छ । अस्थायी रुपले सत्य मानिएको कल्पना नै प्राक्कल्पना हो । यो एक प्रकारको पूर्वकल्पना वा प्रमाणित नभइसकेको सिद्धान्त हो । असल प्राक्कल्पनामा निम्नलिखित गुण हुनु पर्दछ–
  • – प्राक्कल्पना प्रमाणित हुन सक्नुपर्छ
  • – प्राक्कल्पना विशिष्ट हुनुपर्छ
  • – त्यसका स्वतन्त्र र आश्रित चलराशि स्पष्ट परिभाषित र मापनीय हुनुपर्छ
  • – तथ्याङ्क वा सूचना उपलब्ध हुनुपर्छ
  • – विश्लेष

ण र परीक्षणका उपकरणहरु उपलब्ध हुनुपर्छ ।
के सबै विज्ञानहरुमा प्राक्कल्पना अनिवार्य छ ? के न्यूटनको प्रसिद्ध गुरुत्वाकर्षण सिद्धान्त र आइन्स्टाइनको सापेक्षता सिद्धान्तका पछाडि पनि प्राक्कल्पना थियो ? यसको उत्तर हो थिएन । प्राकृतिक विज्ञानहरुमा प्राक्कल्पनाको प्रयोगले विशेष महŒव राख्दैन । गुणात्मक शोधका अधिकांश पक्षमा प्राक्कल्पना आवश्यक मानिंदैन । विशेष गरी घटना क्रिया विज्ञान, नृशास्त्रीय विज्ञान, ग्राउण्डेड सिद्धान्तमा प्राक्कल्पना गरिएको हु“दैन । तथापि प्राक्कल्पना निर्माण नगरिकन शोध कार्य अगाडि बढ्न अलि कठिन हुन्छ भन्न सकिन्छ । उदाहरणका लागि कुनै रोगीको रोग निदान गर्नु अघि चिकित्सकले रोगका लक्षणहरुको आधारमा विभिन्न प्राक्कल्पना गर्न सक्छ । अनि यस आधारमा रोग पत्ता लगाएर औषधि सिफारिश गर्दछ । प्राकृतिक विज्ञानहरुमा कार्यकारण सिद्धान्त एक चलराशि मान्यतामा आधारित हुन्छ । त्यसैले प्राक्कल्पनाले विशेष स्थान नराख्न सक्छ । तर सामाजिक विज्ञानहरुमा कुनै एक घटनाका अनेक कारण हुन सक्छन् । त्यसैले प्राक्कल्पना पनि विविध प्रकारका हुन्छन् । जस्तै–

  • – घोषणा गर्ने खालको प्राक्कल्पना
  • – शून्य अन्तर प्राक्कल्पना
  • – प्रश्न गरिने प्राक्कल्पना

यदि समस्या बढी जटिल छ वा प्रयोगात्मक छ भने केवल एक प्राक्कल्पना गर्नु नै उपयुक्त हुन्छ तर सर्वेक्षण वा वर्णनात्मक समस्यामा भने अनेक प्राक्कल्पनाहरु निर्माण गरिएका हुन्छन् । संक्षेपमा, प्राक्कल्पनाको निर्माण समस्याको प्रकृतिमा भर पर्छ । माग, मूल्य, पूरक र प्रतिस्थापन वस्तुको मूल्य, र उपभोक्ताको आयको एउटा उदाहरणद्वारा प्राक्कल्पना निर्माणको विधि स्पष्ट गर्न सकिन्छ– D=f(P,Y,Cs) D भनेको वस्तुको माग, P भनेको सोही वस्तुको मूल्य, Cs भनेको पूरक र प्रतिस्थापन वस्तुको मूल्य Y भनेको उपभोक्ताको मौद्रिक आय f भनेको माग र यी चलराशिका बीचको सम्बन्ध । यहा D आश्रित चलराशि हो भने P,Cs,Y लाई स्वतन्त्र चलराशि भनिन्छ । यी सबै चलराशिको अलग अलग प्रभाव हुन्छ । यी सबै कुरासंग मागको सम्बन्ध जटिल भएकोले अन्यलाई स्थिर मान्दै कुनै एक (मानौं मूल्य) को मात्र प्रभाव अध्ययन गर्न सकिन्छ । शून्य प्राक्कल्पना ः मूल्यमा वृद्धि हुदा मागमा केही प्रभाव पर्दैन । वैकल्पिक प्राक्कल्पना ः मूल्यमा वृद्धि हुदा मागमा प्रभाव पर्छ । समस्या, प्राक्कल्पना र समाधानमा सम्बन्ध यदि कुनै समस्याको समाधानका लागि एकभन्दा बढी प्राक्कल्पना निर्माण गरिएका छन् भने त्यसमा जुन प्राक्कल्पनाले समस्याको समाधान प्रस्तुत गर्छ त्यसलाई स्वीकृत गरिन्छ र अन्यलाई अस्वीकृत गरिन्छ ।

तालिका ३.१. समस्या, प्राक्कल्पना र समाधानमा सम्बन्ध

प्राक्कल्पना- समस्या समाधान -अस्वीकृत/स्वीकृत प्राक्कल्पना १ समस्या समाधान प्रस्तुत गर्न सकेन प्राक्कल्पना अस्वीकृत प्राक्कल्पना २ समस्या समाधान प्रस्तुत गर्न सकेन प्राक्कल्पना अस्वीकृत प्राक्कल्पना ३ समस्या समाधान प्रस्तुत गर्न सक्यो प्राक्कल्पना स्वीकृत

३.१.४. सामग्री संकलन र सम्बन्धित साहित्यको समीक्षा[सम्पादन]

आफुले शोध गर्नु अघि सम्बन्धित विषयमा थोरै धेरै अध्ययन गर्नु आवश्यक हुन्छ । किनभने केही अध्ययन नगरी शोध समस्या नै स्पष्ट हु“दैन । जति अध्ययन गरिन्छ त्यति शोध समस्या स्पष्ट हुदै जान्छ । आफुले अध्ययन गरेका सामग्रीहरुको सार प्रस्तुत गर्दै आफुले त्यसमा थप्न चाहेको कुरालाई यस खण्डमा प्रस्तुत गर्नु पर्छ ।
ज्ञान अनन्त हुन्छ तर यो कहिल्यै पनि शून्यबाट प्रारम्भ हुदैन । जोन बेस्टले भनेका छन्– व्यावहारिक रुपमा ज्ञानको भण्डार पुस्तक र पुस्तकालयहरुमा नै संरक्षित छ । अन्य सामग्रीभन्दा ज्ञान के कारणले फरक छ भने यसको विगतमा अभिलेख र सञ्चय गरिएको हुन्छ र यस कोषमा निरन्तर वृद्धि हुने गर्छ ।
ज्ञानको प्रत्येक क्षेत्रमा केही नकेही कार्य अग्रजहरुले गरेका हुन्छन् । सबै कुरा हाम्रो जानकारीमा नहुन पनि सक्छ । तर आफुले पाएको जानकारीलाई अवश्य उल्लेख गर्नु पर्छ । आफ्नो विषय वस्तु हेरी यो खण्ड विस्तृत वा संक्षिप्त हुन सक्छ ।
शोध प्रस्ताव प्रस्तुत गरिसकेपछि शोधार्थीको ध्यान तथ्य, सूचना, र आफ्नो क्षेत्रका बढीभन्दा बढी जानकारी संकलन र अध्ययन गर्ने तर्फ जान्छ । तर साहित्य अवलोकन शोध प्रस्ताव तयार गर्ने समयमा पनि उपयोगी हुन्छ । यस प्रकार साहित्य अवलोकन निम्नलिखित दुइ कारणले उपयोगी छ–

  • १. यदि शोधार्थीलाई आफ्ना विषयबारे स्पष्ट जानकारी छैन । अथवा शोध समस्याबारे स्पष्ट हुन सकिरहेको छैन भने साहित्यको अवलोकन र पुनरावलोकनले ध्यान केन्द्रित गर्न सहयोग गर्छ । सुरुमा अध्ययनको क्षेत्र विस्तृत हुन्छ । त्यसपछि क्रमशः अध्ययन क्षेत्र संकुचित गराउ“दै जान पनि यसले मद्दतले गर्छ ।
  • २. तर यदि शोधार्थीलाई शोध शीर्षक र समस्याबारे स्पष्टता छ भने साहित्य अवलोकन भावी मार्गदर्शनका लागि उपयोगी हुन्छ । अध्ययनको उद्देश्य प्रतिवेदन तयार गर्नका लागि त्यसको प्रयोगहुन्छ ।


कति साहित्य अवलोकन गर्ने यो शोधको क्षेत्र, उद्देश्य, शोधार्थीको पह“ुच र योग्यता जस्ता कुराहरुमा भर पर्छ । किनभने शोधार्थीले शोधका लागि अनेक पुस्तक, जर्नल, श्रव्य दृश्य सामग्री इत्यादि संकलन गर्नुपर्छ । तर सबै सामग्री भविष्यमा उपयोगी नहुन पनि सक्छ । त्यसैले शोधार्थीले मुख्य सामग्री र सहायक सामग्री गरी विभाजन गर्दै जानु पर्छ । यस छनौटका लागि शोध निर्देशक र विशेषज्ञको राय सहयोगी हुन सक्छ ।
सामग्री संकलन गर्दा ध्यानमा राख्नु पर्ने कुराहरु यस प्रकार छन्–
क) प्राप्त सामग्री कति महŒवपूर्ण छ ?
ख) शोध समस्या र उद्देश्यसंग त्यसको कति तालमेल छ ?
ग) शोध समस्यासंग प्रत्यक्ष अप्रत्यक्ष के कति सम्बन्ध छ ?
घ) मार्गदर्शनमा कति लाभदायक हुनसक्छ ?
यति कुरा ध्यानमा राखेर साहित्य अध्ययन र सामग्री संकलन गर्नु पर्छ ।

साहित्य समीक्षा[सम्पादन]

शोध शीर्षक छनौट हुनासाथ आफ्नो जानकारीलाई शीघ्र अवलोकन गर्नु पर्छ । यस क्रममा केही सामग्री थप्न वा अनावश्यक केही सामग्री हटाउन सकिन्छ । सम्बन्धित सामग्रीको गम्भीर र तुलनात्मक अध्ययनले शोधार्थीलाई आफ्ना उद्देश्य संशोधन वा परिवर्तन गरिदिनसक्छ । किनभने उसका अवधारणाहरु स्पष्ट हु“दै जान्छन् । शोधार्थीले आफ्नो जानकारीलाई पुस्तक, पत्रिका, शब्दकोश, पारिभाषिक कोश, विश्वकोश, अनुसन्धान प्रतिवेदन, पुराना पाण्डुलिपि, इन्टरनेट, शोध प्रबन्ध आदिको अध्ययन गर्दै विषय विशेषज्ञ र शोध निर्देशकको सहयोगले निरन्तर अद्यावधिक गरिरहनु पर्छ । शोध अध्ययनका केही स्रोतहरु निम्नलिखित छन्–

प्रकाशित पुस्तक र पुस्तिका[सम्पादन]

प्रकाशित स्रोतहरुमा पुस्तक, ग्रन्थ, पुस्तिका, पर्चा, पैम्फलेट इत्यादि पर्दछन् । यी मध्ये केही पुस्तकालयमा केही संग्रहलायमा र कतिपय स्तरीय पुस्तक पसलहरुमा किन्न पाइन्छन् । तर कुनै पुस्तक वा पुस्तिकालाई आफ्नो अध्ययनमा समावेश गर्नु अघि प्रत्येक ग्रन्थको सूची अवलोकन गर्नु पर्छ । सर्वप्रथम आफ्ना शोध क्षेत्रसंग मिल्दो जुल्दो शीर्षक भएका पुस्तकहरु संकलन गर्नु पर्छ । तर केवल शीर्षकको भर गर्नु हुंदैन । त्यसैले पुस्तक भित्रको विषय वस्तु पनि सर्सर्ती हेर्नु पर्छ । त्यसमा सम्बन्धित अध्यायका शीर्षक, उपशीर्षक र उदाहरणहरुमध्ये कुन उपयोगी छ त्यो छुट्टयाउनु पर्छ । यदि विषय वस्तुबाट राम्ररी स्पष्ट हुन सकेन भने पुस्तकको अनुक्रमणिकामा आफ्ना शोधका अवधारणाहरु के कति प्रयोग भएका छन् ? त्यो अवलोकन गरेर कुन कुन पुस्तक शोधमा समावेश गर्ने र कुनलाई स्थगित राख्ने भनेर निक्र्यौल गर्नु पर्छ । यदि पुस्तकहरु पुस्तकालयबाट प्राप्त गर्ने हो भने पुस्तकालयका नियमहरुबारे परिचित हुनुपर्छ । कुन पुस्तक वितरणमा हुन्छ ,कुन सन्दर्भ पुस्तक हुन्छ ? कुन पुस्तकलाई कहां कसरी व्यवस्थित गरिएको छ ? त्यसको कोड नम्बरबाट पत्ता लगाउने तरीका जस्ता कुरा जान्नु पर्छ । जुन पुस्तकालयमा बसेर अध्ययन गर्ने सुविधा छ, त्यहा“ आफ्नो डेस्क बनाएर संकलन र अध्ययन गर्न सकिन्छ । अथवा पुस्तक दराजबाट निकालेर पुनः कसरी प्राप्त गर्ने भन्ने कुरा जानीराख्नु अध्ययनलाई सजिलो बनाउने तरीका हो । किनभने राम्ररी अध्ययन नगरी शोध लेखन सुचारु हुनै सक्दैन ।
इतिहास, राजनीतिशास्त्र, संस्कृति, समाजशास्त्र जस्ता विषयमा समय समयमा प्रकाशित गरिएका पर्चा पैम्पलेट, भित्ते लेखनका वाक्य जस्ता सामग्री पनि प्रयोग हुन सक्छ । शोध पत्रिका– शोध पत्रिकाहरु शोधार्थीका लागि ज्यादै उपयोगी हुन्छन् । यी शोध कार्यलाई नै केन्द्रित भएर लेखिएका हुन्छन् । प्रायः शोधार्थीले शोध क्रममा र शोध समापन पछि लेखेका हुन्छन् । त्यसैले सबभन्दा नया“ शोध पत्रिकालाई अध्ययनमा समावेश गर्दा त्यसका प्राविधिक पक्षहरुबारे पनि जानकारी हुन्छ । इन्टरनेटमा पनि शोध पत्रिकाहरु वा शोध लेखहरु राखिएका हुन्छन् । तिनीहरुको पनि उपयोग गर्न सकिन्छ ।

अप्रकाशित स्रोत[सम्पादन]

अप्रकाशित स्रोतहरुमा शोध प्रतिवेदन, अप्रकाशित लेख, पत्र, अभिलेख, पाण्डुलिपिहरु पर्दछन् । यस्ता सामग्री कहिले काहीं प्रकाशित सामग्रीभन्दा पनि बढी महत्त्वपूर्ण हुन जान्छन् । यस्ता सामग्रीले निम्नलिखित योगदान गर्छन्–

  • क) शोधलाई निश्चित स्वरुप दिन
  • ख) शीर्षकलाई अन्तिम रुप दिन
  • ग) शोध विधि निर्धारण गर्न
  • घ) थप शोध सामग्री संकलन गर्न

श्रव्य दृश्य सामग्री[सम्पादन]

यस अन्तर्गत क्यासेट, अडियो र विडीयो सामग्री, चित्र जस्ता कुराहरु पर्दछन् । इन्टरनेटमा राखिएका यूट्युबलाई पनि प्रयोग गर्न सकिन्छ । चलचित्र डाक्युमेन्ट्री, रेडियो र टी भीका समाचार सामग्री, टी भी सीरियल हुन सक्छन् । आधुनिक समयमा मोबाइलमा अनेक कार्यक्रमहरु हुन्छन् । यिनको श्रव्य दृश्य सामग्री अध्ययनमा प्रयोग गर्न सकिन्छ तर त्यसलाई प्रमाणको रुपमा सुरक्षित राख्नु पर्छ ।

साहित्य समीक्षाको महत्त्व[सम्पादन]

साहित्य संकलन र पुनरावलोकनको महत्त्व यस प्रकार छ–

  • यसले शोधकार्यको अनावश्यक पुनरावृत्ति हुनबाट बचाउछ
  • रुचिको अध्ययन क्षेत्र छनौट गर्न सहयोग गर्छ
  • शोध समस्यालाई गहन गराउ“छ
  • शोधविधि छनौट गर्न सहयोग गर्छ
  • अन्य व्यक्तिले गरेका शोध कार्यको विधि र विषयसंग तुलना गर्न सहयोग गर्छ
  • कम समयमा काम सम्पन्न गर्न सहयोग गर्छ
  • प्राक्कल्पना निर्धारण गर्न सघाउ“छ
  • शोध अध्ययनका चलराशि पहिल्याउन सबिन्छ
  • चलराशिहरुबीच सम्बन्ध अनुमान गर्न सकिन्छ
  • अध्ययनका क्षेत्रको प्रकृति विश्लेषण गर्न सकिन्छ
  • तथ्य विश्लेषण गर्न सकिन्छ
  • निष्कर्षको प्रामाणिकता पुष्टि गर्न सकिन्छ
  • आफ्ना क्षेत्रमा गहन अध्ययन गर्न सघाउ“छ

३.१.५. शोध विधि[सम्पादन]

शोध विधिमा यस चरणको ठूलो महत्त्व छ किनभने जति वैज्ञानिक विधिले शोध कार्य गरिन्छ, प्राप्त निष्कर्ष पनि त्यति नै तथ्यपूर्ण, व्यावहारिक र वैज्ञानिक हुन्छन् । त्यसेले यसलाई शोध प्रारुप वा रिसर्च डिजाइन पनि भनिन्छ । शोध विधिका दुइ मुख्य पक्ष हुन्छन्

  • १. शोधार्थीले आफुले गर्न आंटेको शोधका लागि के कस्ता तथ्याङ्क प्रयोग गर्ने हो सो स्पष्ट गर्नु पर्छ । तथ्याङ्क प्राप्त गर्ने केही मुख्य विधिहरु यस प्रकार छन्
  • क) संगणना विधि,
  • ख) प्रतिदर्श विधि,
  • स्रोतका आधारमा तथ्याङ्क यस प्रकार छन्
  • ग) प्राथमिक तथ्याङ्क,
  • घ) द्वितीयक तथ्याङ्क,
  • गुणका आधारमा तथ्याङ्क यस प्रकार छन्
  • ङ) गुणात्मक तथ्याङ्क,
  • च) परिमाणात्मक तथ्याङ्क
  • शोध विधिमा यस चरणको ठूलो महतव छ किनभने जति वैज्ञानिक विधिले शोध कार्य गरिन्छ, प्राप्त निष्कर्ष पनि त्यति नै तथ्यपूर्ण, व्यावहारिक र वैज्ञानिक हुन्छन् । त्यसेले यसलाई शोध प्रारुप वा रिसर्च डिजाइन पनि भनिन्छ । शोध विधिका दुइ मुख्य पक्ष हुन्छन्
  • २. संकलन गरिएका तथ्यको आधारमा विश्लेषण र व्याख्याका विधिहरु तय गर्नु पर्छ । यस अन्तर्गत निम्नलिखित विधिहरुको प्रयोग गर्न सकिन्छ
  • क) मध्यक, मध्यिका, बहुलक इत्यादि औसत,
  • ख) औसतबाट विचरणशीलता, मध्यक विचलन, प्रमाप विचलन,
  • ग) सहसम्बन्ध, प्रतिपगमन ।
  • ३. प्राप्त निष्कर्षहरुको परीक्षण गरिन्छ जसलाई प्राक्कल्पना परीक्षण गर्नु भनिन्छ ।

१. शोध तथ्याङ्का प्रकार[सम्पादन]

शोध अनुसन्धान क्रममा समस्याको निर्धारण र शोध प्रस्ताव बुझाएपछिको सबभन्दा प्राथमिक कार्य नै तथ्याङ्क संकलन हो । तथ्याङ्क संकलनलाई दुइ प्रकारले वर्गीकरण गर्न सकिन्छ– १. सूचनाको आधारमा, र २. शोध क्षेत्रको आधार

१. सूचनाको आधारमा[सम्पादन]

सूचनाको आधारमा शोध तथ्याङ्कलाई दुई भागमा विभाजन गर्न सकिन्छ–
(क) प्राथमिक तथ्याङ्क– प्राथमिक तथ्याङ्क भनेका ती तथ्याङ्क हुन् जसलाई शोधार्थीले प्रथम पटक शोधको उद्देश्य अनुरुप संकलन र विश्लेषण गरेको छ । त्यसैले यी तथ्याङ्क मौलिक र शोध अनुरुप भएकोले यसमा त्रुटि र विभ्रमहरु ज्यादै कम हुन्छन् । गुणात्मक शोधमा प्रायः प्राथमिक तथयाङ्कको उपयोग गरिन्छ ।
(ख) द्वितीयक तथ्याङ्क जुन तथ्याङ्क एक पटक प्रयोग भइ सकेका हुन्छन् तिनीहरुलाई नै दोस्रो पटक प्रयोग गरिन्छ भने ती द्वितीयक तथ्याङ्क हुन्छन् । यस्ता तथ्याङ्क तुलना गर्न, परीक्षण गर्न वा पुरानो शोधको त्रुटि सच्याउन वा नयां सिद्धान्त विकसित गर्न प्रयोग गर्न सकिन्छ । द्वितीयक तथ्याङक प्रयोग गर्दा शोधार्थी ज्यादै सतर्क हुनपर्छ र मौलिक स्रोतबाट ती तथ्याङ्कको परीक्षण गर्नु पर्छ । अन्यथा निष्कर्ष भ्रमात्मक हुन सक्छ । परिमाणात्मक शोधमा प्रायः द्वितीयक तथ्याङ्कको प्रयोग हुने गर्छ । शोधको प्रकृति र उद्देश्य हेरी यस्ता तथ्याङ्क प्रकाशित वा अप्रकाशित स्रोतबाट जम्मा गर्न सकिन्छ ।

२. शोध क्षेत्रको आधारमा[सम्पादन]

प्राथमिक तथ्याङ्क वा द्वितीयक तथ्याङ्क यी दुवै समष्टि वा प्रतिदर्शबाट प्राप्त गर्न सकिन्छ । यस आधारमा तथ्याङ्कका निम्नलिखित स्रोतहरु हुन्छन्–
(क) समष्टि - शोध अध्ययनको एकाई भएको सम्पूर्ण क्षेत्रलाई पपुलेशन ९एयउगबितष्यल०, युनिवर्स ९गलष्खभचकभ०, वा प्रतिदर्श क्षेत्र ९कबmउभि कउबअभ० भनिन्छ । उदाहरणका लागि कुनै विद्यालयका विद्यार्थीहरुको संख्यालाई सम्पूर्ण समष्टि भनिन्छ । यसमध्ये हामीले अध्ययन गर्न चाहेको विद्यार्थी संख्यालाई परिभाषित समष्टि भनिन्छ । यदि हामीले अध्ययन गर्न चाहेको कक्षा १० विज्ञानका विद्यार्थी हुन् भने यस उदाहरणमा विद्यालय वृहत् समष्टि हो । कक्षा १० समष्टि हो भने शोधको क्षेत्र कक्षा १० विज्ञान विषयका विद्यार्थी परिभाषित समष्टि हो । शोध अध्ययनका लागि समष्टिलाई तीन आधारमा वर्गीकरण गर्न सकिन्छ–

सीमित र असीमित समष्टि[सम्पादन]

यदि कुनै परिभाषित समष्टिका सम्बन्धित चलहरुको संख्या निश्चित छ भने त्यसलाई सीमित समष्टि भनिन्छ । यस्तो संख्या धेरै हुन सक्छ जस्तै कुनै देशको जनसंख्या अथवा थोरै हुनसक्छ– जस्तै पाचवटा प्राकृतिक संख्या १,२,३,४,५ इत्यादि । जुन समष्टिको संख्या अनिश्चित छ भने त्यसलाई असीमित समष्टि भनिन्छ । उदाहरणका लागि नयां जन्मिएका शिशुहरुको संख्या, बिरुवामा पातको संख्या, सिक्काहरुको चितपट Head-Tail संख्या इत्यादि । यद्यपि व्यावहारिक जीवनमा हामीले सीमित समष्टिबारे विचार गर्छौं तथापि सीमिति र असीमित समष्टिको अन्तर के कारणले महत्त्वपूर्ण छैन भने प्रतिदर्श चयनौट गरेर अध्ययन गर्दा दुवैको अन्तर समाप्त हुन जान्छ ।

समरुप र विषमरुप समष्टि[सम्पादन]

समरुप समष्टिमा रहेका सबै एकाईहरुको विशेषता र स्वरुप एकै प्रकारको हुन्छ । उदाहरणका लागि कुनै समष्टिमा रहेका दश वटा एकाई यस प्रकार छन्– ३, ३,३, ३,३, ३,३, ३,३, ३ । यो समरुप समष्टि हो । किनभने सबै एकाइ ३ छन् । रगतको प्रत्येक थोपामा एउटै विशेषता हुन्छ, पुलाउमा चामलको प्रत्येक सीता एउटै हुन्छ । यस्तो अवस्थामा प्रतिदर्शको समष्टिसंग तुलनात्मक परीक्षण गर्नु अनावश्यक हुन्छ । जुन समष्टिको प्रत्येक एकाई असमान छ त्यसलाई विषमरुप समष्टि भनिन्छ । यो अन्तर स्वरुप, आकार, विशेषता अनेक प्रकारको हुन सक्छ । जस्तै कुनै समष्टिमा केवल पांच अंक छन् १ २ ३ ४ ५ । यसमा प्रत्येक एकाईको विशेषता अर्कोभन्दा फरक छ । कक्षा १० मा पढ्ने विद्यार्थीको आइ क्युका तथ्याङ्क विषमरुप समष्टि हुन्छ किनभने प्रत्येक बालकको आइ क्यु अर्कासंग फरक हुन्छ । अर्थशास्त्र, मनोविज्ञान, शिक्षा, समाजशास्त्रका समष्टिहरु यसै प्रकारका हुन्छन् ।

वास्तविक र काल्पनिक समष्टि[सम्पादन]

जुन समष्टिका चलराशि वा संख्याहरु वास्तविक हुन्छन् अर्थात् ती सबै तथ्याङ्क वास्तविक आधारमा प्राप्त गरिएका हुन्छन् ती सबै समष्टिलाई वास्तविक समष्टि भनिन्छ । यस्तो समष्टि सीमित, असीमित अथवा समरुप वा विषमरुप हुनसक्छ। यस अघि व्याख्या गरिएका समष्टिहरु सबै वास्तविक समष्टिका उदाहरणहरु हुन् । तर कहिले काहीं समष्टिको कल्पना मात्र गरिन्छ भने यस्ता समष्टिलाई काल्पनिक समष्टि भनिन्छ । सामान्य वितरण, स्टुडेन्टको टी वितरण, द्विपद वितरण इत्यादि वितरण काल्पनिक वितरण हुन्छन् ।
(ख) प्रतिदर्श साम्पल शब्द ग्रीक exemplum बाट बनेको छ । समष्टिबाट प्राप्त गरिएका केही प्रतिनिधि एकाईहरुलाई प्रतिदर्श, साम्पल, बान्की, वा उदाहरण भनिन्छ । संस्कृत शब्द प्रतिदर्शको अर्थ हुन्छ प्रत्यक्ष गर्नु । जसले समष्टिलाई प्रत्यक्ष गर्छ, त्यो नै प्रतिदर्श हो । त्यसैले प्रतिदर्शलाई सानो समष्टि small universe पनि भन्न सकिन्छ । हुनत, यसलाई नमूना पनि भनिन्छ तर मोडेल (नमूना) र साम्पल (नमूना) दुइ भिन्न अवधारणा भएकाले प्रतिदर्श नै उचित प्राविधिक शब्द हुन्छ । प्रतिदर्श छनौट गर्ने तथ्याङ्कीय विधिलाई प्रतिचयन वा प्रतिदर्शन भनिन्छ । प्रतिदर्शका विशेषता, जस्तै मध्यकलाई यसै आधारमा प्रतिदर्शज भन्न सकिन्छ ।

३.१.६.विश्लेषणका उपकरण[सम्पादन]

तथ्याङ्कको प्रकृति, उपलब्धता, शुद्धता तथा शोधार्थीको योग्यता, सीप, र कम्प्युटर प्रविधिको प्रयोगका आधारमा तथ्याङ्क विश्लेषणका अनेक उपकरणहरु प्रयोग गर्न सकिन्छ । यी सबै उपकरणहरु म्’ख्यतः तथ्याङ्कका पुस्तकहरुबाट प्राप्त गर्न सकिन्छ । शोधको विषय वस्तु फरक प्रवृत्तिको भएमा शोधार्थी आफुले पनि नया“ उपकरणको विकास गर्न सक्छन् । तर प्रमापित उपकरण प्रयोग गरिएमा निष्कर्ष पनि प्रमापित बन्छ । केही मुख्य विश्लेषण विधि र उपकरणहरु यस प्रकार छन्–

  • १. शाब्दिक विश्लेषण
  • २. तालिकामा प्रस्तुतिकरण
  • ३. रेखाचित्र वा लेखाचित्रमा प्रस्तुतिकरण
  • ३. औसत प्रवृत्तिको मापन
  • ४. विचरणशीलताको मापन
  • ५. सहसम्बन्धको मापन
  • ६. भावी प्रवृत्तिको अनुमान, इत्यादि ।

३.१.७. शोधको औचित्य[सम्पादन]

शोधको कथनले नै यसको औचित्य पनि स्पष्ट हुन जान्छ । तर यदि त्यसमा स्पष्ट हुन सकेन भने यसलाई एक अलग शीर्षकमा व्याख्या गरेर स्पष्ट गर्न सकिन्छ । शोधका सैद्धान्तिक वा व्यावहारिक महत्त्व हुन सक्छन् । त्यस शोधले ज्ञानको वा व्यावहारिक समस्याको समाधानका लागि गर्ने सम्भावित योगदानलाई यसमा स्पष्ट गर्नु पर्छ ।

३.१.८. शोधका सीमाहरु[सम्पादन]

शोध कथन, शोधको उद्देश्य, र शोधको विधिमा उल्लेख गरिएका कुरा मात्र शोध अध्ययनको क्षेत्र र विषय वस्तु हुन्छ । यस बाहेकका कुराहरु शोध अध्ययन गरिंदैन । यसैलाई शोधको सीमा भनिन्छ । उदाहरणका लागि अर्थशास्त्रको विषय वस्तु आर्थिक क्रियाकलाप भने पछि अनार्थिक क्रियाकलाप यसको सीमा हुन जान्छ । यदि शोधको सीमालाई स्पष्ट सीमाङ्कन गर्नु भए अलग शीर्षकमा वयाख्या गर्नु पर्छ ।

३.१.९.सन्दर्भ[सम्पादन]

शोध प्रस्ताव तयार पार्दा जे जति सामग्री प्रयोग गरिएको हुन्छ त्यसको क्रमशः उल्लेख गर्नु पर्छ । सन्दर्भसूची वर्णानुसार अकारादिक्रममा निर्धारित ढाचामा उल्लेख गर्नु पर्छ । यसका ए पी ए र एम एल ए लगायतका अनेक पद्धतिहरु छन् । तथापि ए पी ए बढी लोकप्रिय हुदै गएको छ । जुन पद्धति प्रयोग गरेपनि लेखाईमा सबै स्थानमा सोही पद्धति प्रयोग गर्नु पर्छ । त्यसमा भिन्नता ल्याउनु हुदैन । ए पी ए र एम एल ए दुवै विधि प्रचलित छन् ।