महाभारत खण्ड १४

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

अर्जुनलाई उर्वशीको श्राप[सम्पादन गर्नुहोस्]

एक दिन चित्रसेन अर्जुन लाई संगीत र नृत्य को शिक्षा दिइरहेका थिए, त्यसबेला उर्वशी आइन् र अर्जुन लाई देखेर मोहित भइन्। केही समय पछि चित्रसेन त्यहाँबाट गए अनि त्यही अवसर पाएर उर्वशी ले अर्जुन लाई भनिन्, “हे अर्जुन! तपाईंलाई देखेर मेरो काम-वासना जागृत भएको छ, अतः तपाईं कृपया म सँग सम्भोग गरेर मेरी काम-वासना शान्त गर्नुहोस।” उर्वशी को वचन सुनेर अर्जुनले भने, “हे देवि! हाम्रो पूर्वज ले हजुर सँग विवाह गरेर हाम्रो वंश बढाउनुभएको थियो अतः हजुर पुरु वंश को जननी भएको कारण हजुर हाम्रो माता हुनुहुन्छ।" अर्जुन को कुरा सुनेर उर्वशी को मन मा ठूलो चस्को पर्यो र उनले अर्जुन लाई भनिन्, “तिमी पुरुष भएर पनि मेरो यौन प्यास मेटाउन सकेनौ, नपुंसक जस्तै रहेछौ, अतः म तिमीलाई शाप दिन्छु तिमी नपुंसक रहने छौ।” यति भनेर उर्वशी त्यहाँ देखि गइन्।

जब इन्द्र लाई यस घटना को विषय मा थाहा भयो अनि अर्जुनलाई भने, “वत्स! तिमीले जुन व्यवहार गरेको छौ, त्यो तिम्रो योग्य नै थियो। उर्वशी को यो शाप पनि भगवान को इच्छा थियो, यो शाप तिम्रो अज्ञातवास को समय काम आउँछ। आफ्नो एक वर्ष को अज्ञातवास को समय नै तिमी पुंसत्वहीन रहन्छौ र अज्ञातवास पूर्ण भए पछि तिमीलाई पुनः पुंसत्व को प्राप्ति हुनेछ।”

स्रोत[सम्पादन गर्नुहोस्]

सुखसागर को सौजन्य से


बाहिरी कडिहरु[सम्पादन गर्नुहोस्]

ढाँचा:महाभारत कथा ढाँचा:पुराण ढाँचा:वैदिक साहित्य ढाँचा:महाभारत ढाँचा:रामायण ढाँचा:हिन्दू धर्म