पाकपुस्तक:खिर

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
(खीरबाट अनुप्रेषित)
खिर

खिर दूधमा चामल हालेर तयार गरिने एक प्रकारको खाद्य परिकार हो ।यसको नेपाली समाजमा विशेष महत्व छ ।

सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  • दूध ५ कप,
  • घिउ २ चम्चा,
  • भिजाएको चामल २ चम्चा,
  • अलैंची तथा सुकमेलको धूलो २ सानो चम्चा,
  • कोरेको नरिवल २ चम्चा,
  • सजाउनका लागि काजु,
  • काजी बदाम,
  • किसमिस,
  • केशर तथा स्वादअनुसार चिनी

बनाउने विधि[सम्पादन गर्नुहोस्]

सबैभन्दा पहिले एउटा भाँडोमा दूध उमाल्ने । दूध उम्लिएपछि भिजाएर राखेको चामल हालेर विस्तारै चलाईरहने । जबसम्म चामल र दूधको मिश्रण मिल्दैन तबसम्म चलाईरहने । दूध र चामल लपक्क मिलेपछि चिनी र दुई चम्चा घिउ हाल्ने । त्यसमा अलैंची र सुकमेलको धूलो तथा कोरेको नरिवल राखेर चलाउने । त्यसपछि एउटा बाउलमा खीर खन्याएर काजु, किसमिस, काजी बदाम तथा केशरले सजाउने। तयार भएको खीरलाई रूपमा तात्तातै वा चिसो बनाएर खान सकिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]