के तपाईँलाई थाह छ

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
(के तपाईलाई थहाँ छबाट अनुप्रेषित)

सामान्य ज्ञान

  • .. मर्ने बेलामा गीत गाउने चरा राजहाँस हो ।
  • .. दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथा हो ।
  • .. दक्षिण एसियामा नै राजनीतिमा सबैभन्दा बढी महिला सहभागिता रहेको देश नेपाल हो ।
  • .. सगरमाथा मा विना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति फु डोर्जे हो ।
  • .. संयुक्त्त राष्ट्र संघको स्थापना २४ अक्टोबर १९४५ मा भएको थियो ।
  • .. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालको आकार अंग्रेजी अक्षर "Y" जस्तो छ ।
  • .. २०२२ फिफा विश्वकप कतारमा आयोजना हुँदैछ ।
  • .. भारतीय रेलवेको दार्जीलिङमा चल्ने रेललाई खेलौना रेल (टोय ट्रेन) भनिन्छ ।
  • .. भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कूलबीर थापा हुन् ।
  • .. रारा ताल नेपालको सवैभन्दा ठुलो ताल हो ।
  • .. खुम्बू हिमनदी नेपालको सबैभन्दा लामो हिमनदी हो । यो ७,६०० मिटर उचाईबाट शुरू भएर ४९०० मिटर सम्मको उचाईमा बग्दछ ।
  • .. काग यस्तो पंक्षी हो जसले आफ्नो चारो निश्चित ठाउँमा भण्डार गरेर राख्छ र आवश्यक परेको बेलामा खान्छ ।
  • .. नेपालको सबैभन्दा सुन्दर झरना रूप्से झरना म्याग्दी जिल्‍लामा पर्दछ ।
  • .. डा. फुहररले लुम्बिनीको उत्खनन् गरेपछि सन् १ डिसेम्बर १८९६ मा भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो ।
  • .. स्वयम्भूको पुरानो नाम पद्मकण्ठगिरी हो ।
  • .. सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६मा भएको थियो ।
  • .. झिङ्गे माछाको रगत रङ्गहिन हुन्छ तर जब यो बाहिर आउँछ अक्सिजनले यसलाई निलो बनाइदिन्छ ।
  • .. विश्वको सबैभन्दा लामो नदी नाइल नदीको लम्बाई ६६५० किलोमिटर छ ।
  • .. सिंगापुर ६४ वटा द्विपहरू मिलेको बनेको राष्ट्र हो र यो राष्ट्रको कुल क्षेत्रफल ७१६.१ वर्ग किलोमिटर छ ।
  • .. हवाइयन वर्णमालामा जम्मा १२ वटा मात्र अक्षर छन ।
  • .. भारतश्रीलंका बीच समुद्रमा चुनढुङ्गाले बनेको ४८ कि मि लामो पूललाई 'एडम्स ब्रीज' वा 'राम सेतु' भन्छन ।
  • .. मैथली भाषा विश्वमा बढि बोलिने भाषा मध्य २६ औं स्थानमा छ ।
  • .. उँटको दुध जम्दैन वा फाट्दैन ।
  • .. जुका सबैभन्दा बढी प्रजाति भएको जीव हो ।
  • .. सबैभन्दा अल्छी चरा ढुकुर हो ।
  • .. एनसेल मोबाइल सेवाबाट विकिपीडिया जिरो प्रयोग गरेमा पैंसा लाग्दैन ।
  • .. पछिल्लोपटक गरिएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ५०३ गैंडाहरू रहेका छन् ।
  • .. सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले आफ्नो एक तिहाई भू-भाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो । त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु पर्‍यो ।
  • .. संसारका ११ प्रतिशत मानिसहरूले वाँया हातको प्रयोग गर्दछन् ।
  • .. अंग्रेजी भाषामा सबैभन्दा बढी प्रयोग हुने अक्षर 'इ' हो भने सबैभन्दा कम प्रयोग हुने अक्षर 'क्यु' हो ।
  • .. सबै महाद्विपहरूको नामको शुरू तथा अन्त्य एउटै अंग्रेजी अक्षरबाट हुन्छ ।
  • .. सर्वप्रथम कफी इथियोपियामा पत्ता लागेको थियो ।
  • .. बिक्रम सम्बत् २०५१ मा नेपालमा प्रथम पटक मिस नेपाल प्रतियोगि‍ता आयोजना भएको थियो ।
  • .. ल्याप्टपका आविश्कारक बिल मग्रिज हुन ।
  • .. सबैभन्दा बढी फिफा विश्वकप जित्ने राष्ट्र ब्राजिल हो ।
  • .. बिल गेट्स हाल विश्वका सबै भन्दा धनी व्यक्ति हुन ।
  • .. स्वीडेनकी किकी ह्याकन्सन पहिलो विश्वसुन्दरी हुन ।
  • .. सबैभन्दा बढी फिफा बर्ष खेलाडी हुने व्यक्ति लियोनेल मेस्सी हुन ।
  • .. कोरियन गायक तथा संगितकार पार्क जि-साङ्गले गाएको गित गङ्नम स्टाइल युट्युबमा सन् २०१३मा सबैभन्दा बढि हेरिएको गित हो ।
  • .. विश्वकी पहिलो अश्लिल चलचित्र अभिनेत्री लुइस विल्ली हुन ।
  • .. चर्चित सामाजिक सञ्जाल फेसबुकको शुरुवात फेब्रुअरी २००४ मा भएको हो ।
  • .. विश्वको सबैभन्दा ठुलो जनावर निलो व्हेल हो ।
  • .. सिएनएन हिरो हुने पहिलो नेपाली अनुराधा कोइराला हुन ।
  • .. विश्वकी प्रथम महिला प्रधानमन्त्री सिरिमावो बन्दरानाइके हुन् । उनी श्रीलंकाकी प्रधानमन्त्री बनेकी थिइन् ।
  • .. विश्वको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने महिला पाकिस्तानकी बेनजिर भुट्टो २३ बर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन् ।
  • .. विश्वको पहिलो महिला अन्तरिक्ष यात्री सोभियत संघकी भ्यालेन्तिना तेरेस्कोभा हुन् ।
  • .. नेपालको पहिलो विमान चालक महिला रक्षा राणा हुन् ।
  • .. सगरमाथा आरोहण गर्ने विश्वको पहिलो महिला जापानकी जुन्को ताबेई हुन् भने नेपालको पहिलो सगरमाथा आरोहि महिला श्रीमती पासाङ ल्हामु शेर्पा हुन् ।
  • .. विश्वसुन्दरी प्रतियोगिता आयोजना गर्ने प्रचलन बेलायतबाट सुरू भएको हो ।
  • .. नेपालको पहिलो महिला सम्पादक साधना प्रधानकुमारी कामाक्षादेवी हुन् ।
  • .. नायबी शासन चलाउने पहिलो महिला रानी राजेन्द्र लक्ष्मी हुन् ।
  • .. रेडियो नेपालकी पहिलो गायिका कोइलीदेवी हुन् भने पहिलो गीत रेकर्ड गराउने महिला मेलवा देवी हुन् ।
  • .. नेपालकी पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी हुन् भने पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य हुन् ।
  • .. सर्वप्रथम मदन पुरस्कार पाउने महिला लेखिका पारिजात हुन् ।
  • .. विद्यावारिधि गर्ने पहिलो नेपाली महिला प्रभा बस्नेत हुन् भने नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला बानिरा गिरी हुन् ।
  • .. प्यारासुटबाट हाम्फाल्ने पहिलो नेपाली महिला सुन्दरी श्रेष्ठ हुन् ।
  • .. नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय सम्शेर जबरा हुन् ।
  • .. नेपालमा सबैभन्दा पहिलो बैंकनोट विक्रम सम्बत २००२ सालमा प्रकाशन भएको थियो ।
  • .. नेपालको सबैभन्दा ठूलो ढोका नारायणहिटी दरवारको ढोका हो ।
  • .. विश्वकै सबैभन्दा ठूलो मरूभूमि सहारा मरूभूमि हो ।
  • .. नेपालमा ३९१५ गाविस तथा १३० नगरपालिका छन । (७२ नगरपालिका २०७१ बैशाख २६ गते थप गरिएको)
  • .. विश्वको सबैभन्दा उचाईमा मुहान भएको नदी अरूण नदी हो ।
  • .. धरहराको निर्माण प्रधानमन्त्री भीमसेन थापाले वि.सं. १८८२मा गराएका हुन् ।
  • .. तिब्बतबाट सन् १९५९ देखि भारतमा शरण लिइरहेका दलाई लामाको आश्रम भारतको धर्मशालामा रहेको छ ।
  • .. नेपालमा पर्वतारोहणका लागि सबैभन्दा पहिले खुला गरिएको हिमाल अन्नपूर्ण हिमाल हो ।
  • .. काँडे भ्याकुर नेपालमा मात्र पाइने पंक्षी हो ।
  • .. कलियुग पौष कृष्ण औँसीबाट सुरु भएको मानिन्छ ।
  • .. गणेशमान सिंहको बाल्यकालको नाम हिराकाजी थियो ।
  • .. नेपालको भूकम्प नजाने शहर भनेर पनौती लाई चिनिन्छ ।
  • .. श्रीपशुपतिनाथलाई कार्तिक कृष्ण अष्टमीको दिन बुद्धको मुकुट पहिराइन्छ ।
  • .. नेपालको पहिलो प्रधानमन्त्रि भिमसेन थापा हुन्।
  • .. नेपालमा १८५ प्रकारका माछा पाइन्छन् ।
  • .. सप्तबुद्धमा कनकमुनी¸ शाक्यमुनी¸ शिखी विश्वभू¸ काश्यप, विपश्वी र ऋकुच्छन्द पर्दछन् ।
  • .. थर्ड पोल (Third Pole) नामले सगरमाथालाई चिनिन्छ ।
  • .. स्याऊ संसारमा सबैभन्दा धेरै उत्पादन हुने फल हो ।
  • .. हिम चितुवा (Panthera Uncia) नेपालको संरक्षित स्तनधारी वन्यजन्तु हो ।
  • .. सुगौली सन्धि सन् १८१६ मार्च ३मा नेपाल र इष्ट इण्डिया कंपनी बीच भएको थियो ।
  • .. माछा संरक्षण केन्द्र पोखरामा छ ।
  • .. गाईको ३२वटा दाँत हुन्छन् ।
  • .. भालुको ४२वटा दाँत हुन्छन् ।
  • .. स्विजरल्याण्डमा प्रति वर्ष प्रति व्यक्ति १० किलो गर्न बराबरको चकलेट खान्छन् ।
  • .. हिमपहाडको ९०% भाग पानी भित्र हुने गर्दछ ।
  • .. अष्ट्रेलियालाई पहिला नयाँ हल्याण्ड भनिन्थ्यो ।
  • .. मानिसको औसत मस्तिष्कमा करिब ७८% पानी हुन्छ ।
  • .. भ्यागुताले आफ्नो आँखा खुला राखि खाना निल्न सक्दैन ।
  • .. हरेक दिन संसारको कुनै न कुनै देशमा विदा भएको हुन्छ ।
  • .. डटपेनको आविष्कारक जोन जे. लाउड हुन् ।
  • .. नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवा वि.सं. २०६४ असार २३ देखि प्रारम्भ गरेको हो ।
  • .. चियामा टेनिस नामक विषालु क्षारिय तत्व हुन्छ ।
  • .. खुट्टामा जिव्रो हुने जीव पुतली हो ।
  • .. मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम आँखा झिम्काउने कार्य हो ।
  • .. जिब्रोको भित्री भागले तीतो स्वाद थाहा पाउँछ ।
  • .. रुघा संसारकै सबैभन्दा बढी सर्ने रोग हो ।
  • .. डेविड फिलो र जेरी याङ्ग याहुका संस्थापकहरू हुन् ।
  • .. भेनेजुयलामा असंलग्न राष्ट्रको १७ सम्मेलन सन् २०१५ मा आयोजना हुँदैछ ।
  • .. अस्ट्रेलियाको निर्वाचनमा मत नखसालेमा ४ डलर जरिवाना तिर्नु पर्ने नियम छ ।
  • .. विचित्र नामको गुफा गुल्मी जिल्लामा अवस्थित छ ।
  • .. नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार गोपाल प्रसाद रिमाल हुन् ।
  • .. जापान विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक हो ।
  • .. भगवान गौतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ मूल सर्वास्ति विनय हो ।
  • .. नेपालको चितवनमा अन्तराष्ट्रिय हात्ति पोलो खेल नियमित रुपमा हुने गर्दछ ।
  • .. माइक्रोसफ्ट कर्पोरेशन संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी हो ।
  • .. अल्वर्ट आइन्स्टाइनलाई इजरायल देशको राष्ट्रपति हुन आग्रह गरिएको थियो ।
  • .. चाल्र्स डार्बिनले प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा व्याख्या गरेको मानिन्छ ।
  • .. पृथ्वीको गति भन्दा परमाणु घडी ०.९ सेकेन्डले चलाख हुन्छ ।
  • .. नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत वि.सं. २०६६ मंसीर १ देखी वितरण गर्न थालियो छ ।
  • .. फिलामेन्ट बत्तीको आयु १००० घण्टा हुन्छ ।
  • .. हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास हिलियम हो ।
  • .. भारतीय संसद परिषदमा दुर्गा मल्ल (नेपाली व्यक्ति) को सालिक रहेको छ ।
  • .. जटापोखरी ताल सिन्धुपाल्चोक जिल्लामा पर्दछ ।
  • .. नेपालको सबैभन्दा होचो भाग मुसहरनिया ५९ मि. (धनुषा) हो ।
  • .. इतिहासका पिता भनि हेरोडोटसलाई भनिन्छ ।
  • .. क्यालकुलेटरका आविष्कारक पास्कल हुन् ।
  • .. घरमा हुने सामान्य कुराकानीमा ३० डेसिबल ध्वनी उत्पन्न हुन्छ ।
  • .. नेपालको अन्तरिम संविधान, २०६३ वि.सं. २०६३ माघ १ जारी भयो ।
  • .. संयुक्त राष्ट्र संघको महासभाको अध्यक्ष हुने पहिलो महिला विजया लक्ष्मी पण्डित (भारतीय) हुन् ।
  • .. विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक भारत हो ।
  • .. नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी सर एडमण्ड हिलारी हुन् ।
  • .. नेपालको सवै भन्दा बढी पानी पार्नी ठाउँ लुम्ले हो।
  • .. विश्वको सबैभन्दा बढी पानी पर्ने ठाँउ भारतको चेरापुञ्जी हो ।
  • .. विश्वमा सबैभन्दा पहिलो सुर्योदय न्युजिल्यान्डमा हुन्छ ।
  • .. सुर्यबाट सबैभन्दा नजिकको ग्रह बुध हो भने सबैभन्दा टाढाको ग्रह बरूण हो ।
  • .. अन्नको राजा भनेर धानलाई चिनिन्छ ।
  • .. नेपाली भाषाको नामांकन गर्ने व्याक्ती भानुभक्त आचार्य हुन् ।