विकिपीडीया:चौतारी: संशोधनहरू बीचको भिन्नता

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Content deleted Content added
नेपाली उखान टुक्काहरु
 
सा नेपाली उखान टुक्काहरु
 
पङ्क्ति २९: पङ्क्ति २९:


साभार ग्रन्थकार:- पुष्करशमशेर ज. ब. राणा द्वारा राम्रो नेपाली, मिठो को “नेपाली उखान टुक्काहरु” बाटा Sudan Bhattarai Upadhaya
साभार ग्रन्थकार:- पुष्करशमशेर ज. ब. राणा द्वारा राम्रो नेपाली, मिठो को “नेपाली उखान टुक्काहरु” बाटा Sudan Bhattarai Upadhaya
[[प्रयोगकर्ता:Sudan Bhattarai Upadhaya|Sudan Bhattarai Upadhaya]] ([[प्रयोगकर्ता वार्ता:Sudan Bhattarai Upadhaya|कुरा गर्ने]]) ०५:४१, १८ अप्रिल २०२० (नेपालको प्रमाणिक समय)
ऽऽऽऽ

०५:४१, १८ अप्रिल २०२०को रुपमा हालको पुनरावलोकनहरू

हाम्रो राम्रो नेपाली, मिठो नेपाली

केही प्रचलित नेपाली उखान टुक्काहरु, भाग- १। मिती:- ३ वैशाख २०७७ तदनुसार 15 April, 2020 (अष्टमी, वैशाख कृष्णपक्ष) सुदन भट्टराई उपाध्याय द्वारा संकलित।


१. आफु ताक्छ मूडो, बन्चरो ताक्छ घुँडो‌ अर्थात आफूले एउटा कुरा आँटदा् अर्कै हुनु। २. एक पन्थ दुई काज अर्थात एक प्रयत्नबाट दुइटा लाभ। ३. धोबीको कुकुर घरको न घाटको अर्थात ठाँउ-ठेगाना नभएको - कहीको पनि नहुनु। ४. लाटो देशमा गाँडो तन्नेरी अर्थात नजान्नेको माझमा अलिअलि जान्ने। ५. अकबरी सुनलाई कसी लाउनु पर्दैन अर्थात राम्रो वस्तुलाई सिगांरिरहने आवश्यकता छैन। ६. अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ भनेको अर्थ एक चोटि चोट पाएको मान्छे सधैँ डराउँछ। ७. अड्कोपड्को तेलको धूप अर्थ चाहिने कुरो नपाउँदा त्यस्तै अरु कुराले काम चलाउनु। ८. आकासको फल आँखा तरी मर अर्थात असम्भव कुरामा हात हाल्नु। ९. अचानाको चोट खुकुरीले जान्दैनवा खुकुरीको मार अचानाले बिर्सदैन भनेको भोग्नेले मात्र थाहा पाँउछ। १०. आफू नमरी स्वर्ग देखिन्न तात्पर्य सास्ती नभोगी सुख पाइन्न। ११. आलु खाएर पेडाको धाक अर्थात केही नभए पनि फोस्रो रवाफ देखाउनु वा काम एउटा कुरा एउटा गर्नु। १२. इन्द्रको अगाडि स्वर्गको बयान अर्थात धेरै जान्नेको सामु नजान्नेको बयान महत्वहीन हुन्छ। १३. इलमीका भागमा माछा र मासु भनेको अर्थ इलम गर्नेलाई सुख हुन्छ। १४. उम्केको माछो ठूलो, तात्पर्य आफूले भेटन नसकेको बस्तु बेस होला भन्ने तर्कना। १५. एक थुकी सुकी, हजार थुकी नदी, को अर्थ धेरै जना मिलेर गरेको काम सफल हुन्छ। १६.एक हातमा चुल्ठो एक हातमा टुप्पी, अर्थ लोग्नेस्वास्नीका बीचमा ठूलो झगडा। १७. एक हातले ताली बज्दैन, तात्पर्य एकोहोरो कुनै काम हुन्न। १८. अोरालो लागेको मृगलाई बाच्छोले खेदछ, को अर्थ तल परेकालाई सबैले हेप्छन्। १९. औंलो दिंदा हातनै तान्ने, को अर्थ, एक थोक दिएपछि पनि अझ सबै लिँउ भन्ने मानसिकता। २०. कहिले सासू त कहिले बुहारीकोपालो, भन्नुको अर्थ, मौका सबैको आँउछ।


साभार ग्रन्थकार:- पुष्करशमशेर ज. ब. राणा द्वारा राम्रो नेपाली, मिठो को “नेपाली उखान टुक्काहरु” बाटा Sudan Bhattarai Upadhaya Sudan Bhattarai Upadhaya (कुरा गर्ने) ०५:४१, १८ अप्रिल २०२० (नेपालको प्रमाणिक समय)