पञ्चदशोध्यायः: संशोधनहरू बीचको भिन्नता

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Content deleted Content added

पङ्क्ति १८३: पङ्क्ति १८३:

चार प्रकारका अन्न : भक्ष्य (चपाइने),
चार प्रकारका अन्न : भक्ष्य (चपाइने),

भोज्य (निलिने), लेह्य (चाटिने), चोष्य (चुसिने) ।
भोज्य (निलिने), लेह्य (चाटिने), चोष्य (चुसिने) ।

०९:२७, २१ अप्रिल २०२०को रुपमा हालको पुनरावलोकनहरू

पुरुषोत्तमयोग[सम्पादन गर्नुहोस्]

श्रीभगवानुवाच
ऊर्ध्वमूलमधः शाखमश्वत्थं प्राहुरव्ययम् ।
छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित् (१)
भगवान्ले भने
उँभो फेद, उँधो हाँगा हुने पिपल अक्षय-
वृक्षका पात हुन् छन्द, यो बुझे वेद बुझ्दछ ।

अधश्चोर्ध्वं प्रसृतास्तस्य शाखा
गुणप्रवृद्धा विषयप्रवालाः ।
अधश्च मूलान्यनुसन्ततानि
कर्मानुबन्धीनि मनुष्यलोके (२)
फैली रहेका तलमाथि हाँगा,
मुनाहरू छन् गुणले बढेका ।
कुनै कुनै मूल उँधो झरेका-
छन्, कर्मको बन्धनमा परेका ।
उँधो = मनुष्यलोक ।

न रूपमस्येह तथोपलभ्यते
नान्तो न चादिर्न च सम्प्रतिष्ठा ।
अश्वत्थमेनं सुविरूढमूल–
मसङ्गशस्त्रेण दृढेन छित्त्वा (३)
न रूप केही उपलब्ध हुन्छ,
न आदि, अन्त, स्थिरता कुनै छ ।
वैराग्यरूपी गतिलो खुँडाले
अश्वत्थ फेदैसँग ढाल्न सक्छे ।
अश्वत्थ = पिपलको रुख

ततः पदं तत्परिमार्गितव्यं
यस्मिन्गता न निवर्तन्ति भूयः ।
तमेव चाद्यं पुरुषं प्रपद्ये
यतः प्रवृत्तिः प्रसृता पुराणी (४)
बुझी, गरोस् त्यो प्रभुमार्ग खोजी,
जहाँ पुगी आगति हुन्न फेरि ।
जो विश्व–उत्पत्ति, प्रसार गर्छ
सो ब्रह्मको आश्रय रोज्नु पर्छ ।
आगति = आगमन । आश्रय = शरण

निर्मानमोहा जितसङ्गदोषा–
अध्यात्मनित्या विनिवृत्तकामाः ।
द्वन्द्वैर्विमुक्ताः सुखदुःखसंज्ञै–
र्गच्छन्त्यमूढाः पदमव्ययं तत् १५(५)
निर्मूल छन् सङ्गत, मोह, मान,
अध्यात्ममा चित्त छ, छैन काम ।
स्वच्छन्द छन् जो सुख-दु:खबाट,
भेट्छन् तिनैले प्रभु दीननाथ ।
काम = कामना ।

न तद्भासयते सूर्यो न शशाङ्को न पावकः ।
यद्गत्वा न निवर्तन्ते तद्धाम परमं मम (६
न छ आदित्यको ज्योति, न अग्नि, न त चन्द्रको,
जहाँ गएर फर्कन्नन् त्यो मेरो उच्च धाम हो ।
आदित्य = सूर्य ।

श्रीभगवानुवाच
ममैवांशो जीवलोके जीवभूतः सनातनः ।
मनः षष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति (७)
भगवान्ले भने
जीवात्मा देहको मेरै नै हो अंश सनातन,
आत्माले प्रकृतिद्वारा मन, इन्द्रिय तान्दछ ।

शरीरं यदवाप्नोति यच्चाप्युत्क्रामतीश्वरः ।
गृहीत्वैतानि संयाति वायुर्गन्धानिवाशयात् (८)
अघिल्लो देह–संस्कार अर्कोमा सार्छ ईश्वर,
वायुले जसरी गन्ध स्थानान्तरण गर्दछ ।

श्रोत्रं चक्षुः स्पर्शनं च रसनं घ्राणमेव च ।
अधिष्ठाय मनश्चायं विषयानुपसेवते (९)
छाला, कान तथा आँखा, जिब्रो मन र नाकको-
लिई आश्रय जीवात्मा विषयादिक भोग्छ यो ।

उत्क्रामन्तं स्थितं वापि भुञ्जानं वा गुणान्वितम् ।
विमूढा नानुपश्यन्ति पश्यन्ति ज्ञानचक्षुषः (१०)
मर्दा, बाँच्दा, भोग गर्दा, गुणाधीन हुँदा पनि,
मूर्खले देख्न सक्तैनन्, देख्दछन् ज्ञानवान् मुनि ।
गुणाधीन = गुणका अधीन ।

यतन्तो योगिनश्चैनं पश्यन्त्यात्मन्यवस्थितम् ।
यतन्तोऽप्यकृतात्मानो नैनं पश्यन्त्यचेतसः (११)
प्रयत्नकर्ता योगीले देख्छन् आत्मस्थ ईश्वर,
गरून् प्रयत्न अज्ञानी देख्दैनन् परमेश्वर ।
आत्मस्थ = आत्मामा रहेको ।

यदादित्यगतं तेजो जगद्भासयतेऽखिलम् ।
यच्चन्द्रमसि यच्चाग्नौ तत्तेजो विद्धि मामकम् (१२)
मेरै हो सूर्यको तेज, गर्छ विश्व प्रकाशित,
चन्द्रको, अग्निको तेज मेरैे तेज भनी बुझ ।

गामाविश्य च भूतानि धारयाम्यहमोजसा ।
पुष्णामि चौषधीः सर्वाः सोमो भूत्वा रसात्मकः (१३)
पृथ्वीभित्र पसी सारा प्राणी गर्दछु धारण,
रसचन्द्र बनी यावत् औषधी गर्छु पोषण ।

अहं वैश्वानरो भूत्वा प्राणिनां देहमाश्रितः ।
प्राणापानसमायुक्तः पचाम्यन्नं चतुर्विधम् (१४)
प्राणीका देहको प्राण–अपानयुक्त पावक
बनी पचाउने गर्छु अन्न चार प्रकारका ।
पावक = अग्नि
चार प्रकारका अन्न : भक्ष्य (चपाइने),
भोज्य (निलिने), लेह्य (चाटिने), चोष्य (चुसिने) ।

सर्वस्य चाहं हृदि सन्निविष्टो–
मत्तः स्मृतिर्ज्ञानमपोहनं च ।
वेदैश्च सर्वैरहमेव वेद्यो–
वेदान्तकृद्वेदविदेव चाहम् (१५)
प्राणीहरूका मनमा छु नित्य,
मबाट मिल्छन् स्मृति, ज्ञान, तर्क ।
वेदान्त कर्ता, श्रुतिविज्ञ मै हुँ,
वेदादिले वेद्य पनि स्वयं छु ।
श्रुतिविज्ञ = वेद जान्ने । वेद्य = जानिने ।

द्वाविमौ पुरुषौ लोके क्षरश्चाक्षर एव च ।
क्षरः सर्वाणि भूतानि कूटस्थोऽक्षर उच्यते (१६)
विश्वमा छन् दुई वस्तु नासिने र ननासिने
नाश हुन्छन् सबै प्राणी, जीवात्मा छ ननासिने ।

उत्तमः पुरुषस्त्वन्यः परमात्मेत्युदाहृतः ।
यो लोकत्रयमाविश्य बिभर्त्यव्यय ईश्वरः (१७)
पुरुषोत्तम अर्कै छ, परमात्मा भनिन्छ जो,
त्रिलोकमा बसी रक्षा गर्छ अव्यय ईश त्यो ।
अव्यय = अविनाशी ।

यस्मात्क्षरमतीतोऽहमक्षरादपि चोत्तमः ।
अतोऽस्मि लोके वेदे च प्रथितः पुरुषोत्तमः (१८)
क्षयभन्दा म टाढा छु, अक्षय्यदेखि उत्तम
लोकमा, वेदमा मैं हुँ प्रसिद्ध पुरुषोत्तम ।
क्षय = नाशवान् । अक्षय्य = अविनाशी ।

यो मामेवमसम्मूढो जानाति पुरुषोत्तमम् ।
स सर्वविद्भजति मां सर्वभावेन भारत (१९)
मलाई जुन ज्ञानीले पुरुषोत्तम मान्दछन्
त्यस्ता सर्वज्ञले पार्थ ! मेरै भजन गर्दछन् ।
सर्वज्ञ = सबैथोक जान्ने ।

इति गुह्यतमं शास्त्रमिदमुक्तं मयानघ ।
एतद्बुद्ध्वा बुद्धिमान्स्यात्कृतकृत्यश्च भारत (२०)
अत्यन्त गोप्य यो शास्त्र भने, निष्पाप पाण्डव !
कृतार्थ, बुद्धिमान् हुन्छ यो जानेपछि भारत !

ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे पुरुषोत्तमयोगो नाम पञ्चदशोsध्याय: । हरिः ॐ तत् सत् ।।