श्रीमद्भगवद्गीता अष्ट अध्याय: संशोधनहरू बीचको भिन्नता

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Content deleted Content added
chapt 8
(कुनै भिन्नता छैन)

१५:१२, १८ जुन २०१७ जस्तै गरी पुनरावलोकन

अर्जुन उवाच


किं तद्ब्रहम किमध्यात्म किं कर्म पुरुषोत्तम । अभिधूतं च किं प्रोक्रमधिदैवं किमुच्यते ।। १
अधियज्ञ कथं कोद्रत्र देहे द्रस्मिन्मधुसूदन ।
प्रयाणकाले च कथं ज्ञेयाद्रसि नियतात्मभिः ।।२ vहे पुरुषोत्तम, त्यो ब्रह्म के हो ? अध्यात्म के हो ? कर्म के हो , अभिधूत कसलाई भनिएको हो ? र अधिदैव कसलाई भनिएको हो ? हे मधुसूदन, यहां अधियज्ञ को हो ? यस शरीरमा कसरी छ ? र युक्तचित्त भएकाहरुलृ अन्तसमयमा कसरी जान्न सक्छन् ?

श्रीभगवानुवाच


अक्षरं ब्रह्म परमं स्वभावो द्रध्यात्ममुच्यते ।
भूतभावोद्भवकरो विसर्गः कर्मसञ्ज्ञितः ।।३
परम अक्षर ब्रह्म हो । स्वभाव (आफ्नो स्वरुप) लाई अध्यात्म भनिन्छ । भूतको भावलाई उत्पन्न गर्ने विसर्ग (त्याग) लाई कर्म नामले जानिन्छ ।
अभिधूतं क्षरो भावः पुरुषश्चाधिदैवतम् ।
अधियज्ञो द्रमेवात्र देहे देहभृतां वर ।।
क्षर भाव (उत्पत्ति विनाश हुने सबै पदार्थ) अभिधूत हुन् । पुरुष (हिरण्यमय पुरुष) अधिदैव हो । हे देहधारीहरुमा श्रेष्ठ, यहां यस शरीरमा म (वासुदेव) नै अधियज्ञ हूं ।
अन्तकाले च मामेव स्मरन्मुक्त्वा कलेवरम् ।
यः प्रयाति स मद्भावं याति नास्त्यत्र संशयः ।।५
अन्तकालमा जसले मलाई नै स्मरण गर्दै शरीर त्याग गर्छ , त्यो मेरै साक्षात् स्वरुपलाई प्राप्त गर्छ । यसमा कुनै संशय छेन ।
यं यं वापि स्मरन्भावं त्यजत्यन्ते कलेवरम् ।
तं तमेवैति कौन्तेय सदा तदभावभावितः ।।६
हे कौन्तेय, अन्तकालमा जुन जुन भावको स्मरण गर्दै शरीर त्याग गर्छ, त्यो त्यो नै प्राप्त गर्छ । किनभने सोही भावले भावित भएको हुन्छ ।
तस्मात्सर्वेषु कालेषु मानुसमर युध्य च ।
मय्यर्पितमनोबुद्धिर्मामेवैष्यसंशयम् ।।७
त्यसैले सबै कालमा मेरो स्मरण गर अनि युद्ध गर । ममा अर्पण गरेको मन बुद्धिले युक्त भएर तिमीले मलाई प्राप्त गर्ने छौ ।
अभ्यासयोगयुक्तेन चेतसा नान्यगामिना ।
परमं पुरुषं दिव्यं याति पार्थानुचिन्तनम् ।।८
हे पार्थ, अभ्यासयोगले युक्त अन्य कतै नजाने चित्तले चिन्तन गर्दै पर दिव्य पुरुष (परमेश्वर)को प्राप्ति हुन्छ ।
कविं पुराणमनुशासितारमणेरणीयांसमनुस्मरेद्य ।
सर्वस्य धातारमचिन्त्यरुपमादित्यवर्णं तमसः परस्तात् ।।
जो पुरुष कवि (सर्वज्ञ) पुरानो (अनादि) सबलाई अनुशासनमा राख्ने, सूक्ष्म अणुभन्दा पनि सूक्ष्म छ । सबलाई धारण गर्छ । अचिन्त्यरुप छ । आदित्य जस्तो तेज छ। तमसभन्दा धेरै पर परमात्माको स्मरण गर्छ ।
प्रयाणकाले मनसाचलेन, भक्त्यायुक्रो योगबलेन चैव ।
भ्रुवोर्मध्ये प्राणमावेश्य सम्यक् स तं परं पुरुषमुपैति दिव्यम् ।।१०
त्यो भक्तियुक्त मानिसले योगबलले भृकुटिको बीचमा प्राणलाई राम्ररी आवेशित गरेर अनि निश्चल मनले स्मरण गर्दै त्यस दिव्यरुप परम पुरुष परमात्मालाई नै प्राप्त गर्छ ।
यदक्षरं वेदविदो वदन्ति विशन्ति यद्यतयो वीतरागाः ।
यदच्छन्तो ब्रह्मचर्यं चरन्ति तत्ते पदं सङ्ग्रहेण प्रवक्ष्ये ।।११
वेदवित् (वेदजान्ने) ले जस (परमपद) लाई अविनाशी भन्दछन्, वीतरागी यति (सन्न्यासी) जसमा प्रवेश गर्छन् र जुन परमपद चाहने (ब्रह्मचारी)ले ब्रह्मचर्य आचरण गर्छन्, त्यस परमपदलाई संक्षेपमा भन्दैछु ।
सर्वद्वाराणि संयम्य मनो हृदि निरुध्य च ।
मूध्र्याधात्मन: प्राणमास्थितो योगधारणाम् ।। १२
ओमित्येकाक्षरं ब्रह्म व्याहरन्मानुसमरन् ।
यः प्रयाति त्यजन्देहं स याति परमां गतिम् ।।१३
सबै (इन्दियका द्वार) संयम गरेर तथा मनलाई हृद्देशमा निरोध गरेर प्राणलाई मस्तकमा स्थापित गरेर परमात्म सम्बन्धी योगधारणामा स्थित भएर जसले ओम् यस एकाक्षर रुप ब्रह्मको उच्चारण गर्दै मेरो स्मरण गर्दै देहलाई त्याग गरेर जान्छ । उसले परम गति प्राप्त गर्छ ।
अनन्यचेताः सततं यो मां समरति नित्यशः ।
तस्याहं सुलभः पार्थ नित्ययुक्तसय योगिनः ।।१४
हे पार्थ, जसले अनन्यचित्त भएर नित्य निरन्तर मलाई स्मरण गर्छ परमात्मामा युक्त त्यस योगीका लागि म सुलभ छु ।
मामुपेत्य पुनर्जन्म दुःखालयमशाश्वतम् ।
नाप्नुवन्ति महात्मानः संसिद्धिं परमां गतिम् ।।१५
परम सिद्धि प्राप्त महात्माजनले मलाई प्राप्त गरेर क्षणभंगुर र दुखालय यस पुनर्जन्मलाई प्राप्त गर्दैनन् ।
आब्रह्मभुवनाल्लोकाः पुनरावर्तिनो द्रर्जुन ।
मामुपेत्य तु कौन्तेय पुनर्जन्म न विद्यते ।।१६
हे अर्जुन, ब्रह्मलोक पर्यन्त सबै लोकहरु पुनरावर्ती छन् तर हे कौन्तेय, मलाई प्राप्त गरेपछि पुनर्जन्म हुंदैन ।
सहस्रयुगपर्यन्तमहर्यद्ब्रह्मणो विदुः ।
रात्रिं युगसहस्रान्तां तेर द्रहोरात्रविदो जनाः ।।१७
ब्रह्माको एक दिन एक हजार युगको हुन्छ र एक रात एक हजार युगको हुन्छ भन्ने कुरा जसले जान्दछन् उनीहरु अहोरात्रका ज्ञाता हुन् ।
अव्यक्ताद्व्यक्तय: सर्वाः प्रभवन्त्यहरागमे ।
रात्र्यागमे प्रलीयन्ते तत्रैवाव्यक्त सञ्ज्ञके ।।१८
सबै चराचर भूतप्राणी (ब्रह्माको) दिनको सुरु हुंदा अव्यक्तबाट उत्पन्न हुन्छन् र (ब्रह्माको) रात्रि सुरु हुंदा त्यसै अव्यक्त भनिएकोमा प्रवेश गर्छन् ।
भूतग्रामः स एवायं भूत्वा भूत्वा प्रलीयते ।
रात्र्यागमे द्रवशः पार्थ प्रभवत्यहरागमे ।। १९
हे पार्थ, त्यो भूत समुदाय नै यसमा (बारम्बार) उत्पन्न भइ प्रकृतिको वशमा रात्रि आगमन हुंदा लीन हुनजान्छ । र दिनको सुरुमा पुन उत्पन्न हुन्छ ।
परस्तस्मात्तु भावोद्रन्योद्रव्यक्तोद्रव्यक्तात्सनातनः ।
यः स सर्वेषु भूतेषु नश्यत्सु न विनश्यति ।। २०
तर त्यस अव्यक्तभन्दा पर अझ अर्को अव्यक्त छ जुन सनातन अव्यक्त भाव हो । त्यो सबै कुरा नष्ट हुंदा पनि नष्ट हुंदैन ।
अव्यक्तोsक्षर इत्युक्तस्तमाहुः परमां गतिम् ।
यं प्राप्य न निवर्तन्ते तद्धाम परमां गतिम् ।। २१
(यसलाई) अव्यक्त अक्षर भनिन्छ । त्यसै (अव्यक्तभाव) लाई परम गति भनिन्छ । जसलाई प्राप्त गरेर फर्केर आउंदैन त्यो मेरो परम धाम हो ।
पुरुषः स परः पार्थ भक्त्या लभ्यस्त्वनन्यया ।
यस्यान्तःस्थानि भूतानि येन सर्वमिदं ततम् ।। २२
हे पार्थ, जुन परमात्मा अन्तर्गत सबै भूत प्राणी छन् । जसबाट यो समस्त जगत् छ, त्यो (परमपुरुष) अनन्य भक्तिले प्राप्त हुन्छ ।
यत्र काले त्वनावृत्तिमावृत्ति चैव योगिनः ।
प्रयाताः यान्ति तं कालं वक्ष्यामि भरतर्षभः ।। २३
हे भरतर्षभ, जुन कालमा शरीर त्याग गरेका योगीजन फेरि नफर्कने अनि जुन कालमा फर्कने गति प्राप्त गर्छन् त्यस कालको बारेमा पनि भन्छु ।
अग्निज्र्याेतिरहः शुक्लः षण्मासा उत्तरायणम् ।।
तत्र प्रयाता गच्छन्ति ब्रह्म बह्मविदो जनाः ।।
ज्योतिर्मय अग्नि देवता दिनको अभिमानी देवता हुन् यी शुक्ल पक्षका देवता हुन् र उत्तरायणका छ महिनाकाका देवता हुन् । यस मार्गबाट मरेर जाने ब्रह्मवित् योगी जनले ब्रह्मलाई प्राप्त गर्छन् ।
धूमो रात्रिस्तथा कृष्णः षण्मासा दक्षिणाण्नम् ।
तत्र चान्द्रमसं ज्योतिर्योगी प्राप्य निवर्तन्ते ।। २५
धूवांका देवता रात्रिका अभिमानी देवता हुन् तथा कृष्ण पक्षका देवता हुन् र दक्षिणायनका छ महिनाका देवता हुन् त्यस मार्गबाट जाने योगी चन्द्रमाको ज्योतिलाई प्राप्त गर्छ र फर्केर आउंछ ।
शुक्लकृष्णे गती ह्येते जतः शाश्वते मतेः।
एकया यात्यनावृत्तिमन्ययावर्तते पुनः ।। २६
जगतका यी दुई प्रकारका शुक्ल र कृष्ण (देवयान र पितृयान) मार्ग शाश्वत मानिएका छन् । एउटाबाट गएको फेरि आउंदैन (परम गति प्राप्त गर्छ) अर्को मार्गबाट गएको फेरि फर्किन्छ ।
नैते सृती पार्थ जानन्यागी मुह्यति कश्चन ।
तसमात्सर्वेषु कालेषु योगयुक्तो भवार्जुन ।। २७
हे पार्थ यी दुई मार्गलाई तत्त्वले जानेर कोही पनि योगी मोहति हुंदैन । त्यसैले हे अर्जुन तिमी पनि सबै कालमा समबुद्धि रुप योगले युक्त होउ । अर्थात् निरन्तर मलाई प्राप्त गर्ने प्रयत्न गर ।
वेदेषु यज्ञेषु तपःसु चैव, दानेषु यत्पुण्य फलं प्रदिष्टम् ।
अत्येति तत्सर्वमिदं विदित्वा योगी परं स्थानमुपैति चाद्यम् ।। २८
योगी जन यस रहस्य (आठ प्रश्नका उत्तर) लाई जानेर वेद (परमात्मा साक्षात्) जानेर ,यज्ञ गरेर,तपद्वारा र दान गरेर जुन पुण्यफल प्राप्त हुन्छ भनिएको छ, ती सबैलाई नै उल्लंघन गरेर सनातन परम पद प्राप्त गर्छ ।
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे अक्षरब्रह्योगो नाम अष्टमोद्रध्यायः ।।ठूलो अक्षर