पाकपुस्तक:मस्यौरा चप
स्वरूप
सोयाबिन मस्यौरा चप एक शाकहारी खाना हो। यसलाई घरमा पनि बनाउन सकिन्छ।
सामग्री
[सम्पादन गर्नुहोस्]- २५० ग्राम पालक
- ७५ ग्राम भटमासको मस्यौरा (सोयाबीन)
- १०० ग्राम पनीर
- ३० ग्राम पिसेको मूङ्गको दाल
- १ स्लाईस ब्राउन ब्रेड
- अलिकति काटेको अदुवा र लसुन
- १ सानो चम्मच जीरा
- १/२ चम्मच चना मसला
- १० ग्राम हरीयो धनियाँ
- २ हरीयो खुर्सानी
- नून स्वाद अनुसार
बनाउने विधि
[सम्पादन गर्नुहोस्]- भटमासको मस्यौरा (सोयाबीन)लाई १०–१५ मिनेट पानीमा भिज्न दिनुहोस्।
- त्यसपछि काटेको पालुंगो, लसुन, हरीयो धनियाँ, खुर्सानी, मूङ्गको दाल, ब्रेड, जीरा, नून, चाट मसाला र भिजेको सोयाबीनलाई एकसाथ मिसाएर सानो सानो चप जस्तो बनाउनुहोस्।
- एक फ्राइप्यानमा अलिकति तेल तताएर तयार गरेको मिश्रणलाई उल्टाई पल्टाई खैरो हुने गरी सेक्नुहोस्।
- हरीयो धनियाँको चटनी वा टमाटरको चटनीसँग चप पस्किनुहोस्।