सामग्रीमा जानुहोस्

विचार विज्ञान

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
                                                   विचार विज्ञान   
                                           श्री १००८ ब्रह्मवित् परमहंस योगी सच्चिदानन्द सरस्वती (खप्तड बाबा)
विचार विज्ञान
                                                   विषय सूची
१ विचार के हो ?
२ विचार कहाँबाट उत्पन्न हुन्छ ?
३ विचारहरूको रूप र रङ्ग
४ राम्रा विचार र नराम्रा विचार
५ विचार–शक्ति
६ शरीरमाथि विचारको प्रभाव
७ स्वास्थ्यमाथि विचारको प्रभाव
८ विचार परिवर्तन
९ विचार र भावनामा भेद
१० विचारबाट सर्व–कार्य सिद्धि

विचार के हो ?

   विचारमाथि विचार गनुभन्दा पहिले त यी प्रश्न नै उत्पन्न हुन्छन्– विचार के हो ? कहाँबाट उत्पन्न हुन्छ ? तथा विचारहरुको के प्रभाव पर्दछ ? विचारहरुमा कति शक्ति छ ? विचारको स्वरुप के हो ? के रङ्ग हो ? विचारहरुलाई बदल्ने उपाय के हो ? र त्यसबाट के लाभ हुन्छ ? वस्तुतः विचारहरुको विशेष रुप हुन्छ र रङ्ग पनि । यसै प्रकारले तिनमा जीवन शक्ति पनि हुन्छ । विचार तत्व अदृश्य छ र चर्म चक्षुद्वारा त्यो देख्न सकिदैन तापनि विचारहरुको उत्पत्ति परमाणुमय हुन्छ र ती परमाणु यति सूक्ष्म हुन्छन् भने तिनीहरुभन्दा सूक्ष्म र बेगवान् अन्य वस्तु संसारमा नै छैन । जुन वस्तु जति सूक्ष्म हुन्छ, त्यसको बल पनि उत्ति नै बढी हुन्छ । सबभन्दा सूक्ष्म हुनाको कारणले बिजुली आदि सारा वस्तुहरुभन्दा पनि विचारको नै बल बढी मानिएको छ ।
   जड वस्तुभन्दा चेतन र सूक्ष्म वस्तुमा सदैव नै अधिक बल हुन्छ । जस्तो ढुङ्गाभन्दा माटो सूक्ष्म छ र माटोमा ढुङ्गभन्दा पनि अधिक बल छ । ढुङ्गभन्दा माटोमा जडता कम छ, त्यसैले ढुङ्गाको अपेक्षा माटोमा जीवनशक्ति धेरै छ । माटोभन्दा पानी अधिक सूक्ष्म छ, पातलो छ त्यसैले त्यो भन्दा पानी ज्यादा उपयोगी र बलवान्र छ । पानीभन्दा बाफ सूक्ष्म छ र बाफभन्दा वायु सूक्ष्म छ, बलवान् छ । वायुभन्दा आकाश अर्थात् शब्द सूक्ष्म छ र शब्दको गतिभन्दा प्रकाशको बल धेरै छ । प्रकाशको भन्दा विजुलीको बल बडी र सूक्ष्म छ । तर विजुलीभन्दा पनि विचारहरुको बल अति सुक्ष्म छ । यद्यपि विचारभन्दा पनि सूक्ष्मतर वस्तुहरु जगत्मा छन् तर तिनको ज्ञान हामीहरुलाई भएको छैन । यसैल जगत्का सबै वस्तुहरुभन्दा विचार र बुद्धि अति सुक्ष्म र बलवान् भएको वर्णन उपनिषदहरुमा गरिएको छ ः–
   “इनिद्रयेभ्यः परं मनो मनसः सत्वमुत्तमम् । सत्वादपि महानात्मा महतोऽऽव्यक्तमुत्ततम् ।। अव्यक्तस्तु परः पुरुषो व्यापकोऽविङ्ग एव च ।” 

इन्द्रियहरु भन्दा पर मन छ, मनभन्दा पर बुद्धि छ, बुद्धिभन्दा महत्तत्व पर छ र महतत्वभन्दा अब्यक्त नाम प्रकृति पर छ प्रकृतिभन्दा पुरुष पर छ , यसरी एकभन्दा अर्को बढी सूक्ष्म र बलवान् छ ।

   एक अमेरिकी विद्वानले के लेखेका छन् भने प्रकाशको गति एक सेकेण्डमा १,८६,००० माइल भए झै विचारको गतिको प्रवाह ४०,००० नीलदेखि सत्तरी हजार नील माइलसम्म हुन्छ । विचारशक्तिका लहरहरुलाई दिनमा सूर्यका किरणहरुले खण्ड खण्ड गरिदिन्छन्, जसबाट तिनको गतिमा केही अवरोध (रोकावट) हुन जान्छ । रात्रिको समय वा अन्धकारमा विचार शक्तिको वेग तीव्र हुन जान्छ र यस वेगलाई कोही रोक्न पनि सक्दैन । पाश्चात्य देशहरुमा यस विद्याको दिनदिनै उन्नति भइरहेछ र यसको सहायताले ठूला–ठूला डाक्टर अनेक कठिन रोगहरुको उपचार पनि गरिरहेछन् । ठूलो हर्षको कुरा के छ भने हाम्रा ऋषिमुनिहरुको विद्याको अनुशरण पश्चिमि मानिसहरुद्वारा बढो तीब्रताका साथ भइरहेछ । अतः हामीहरुले पनि घोर निद्राबाट विउँझेर आफ्ना पूर्वजहरुद्वारा सम्पादित विद्यालाई पुनः विकसित गर्नु पर्दछ, जवबाट हाम्रो सर्वाङ्गीण उन्नति हुन सकोस् ।

विचारको वेग

विचार विजुलीभन्दा पनि अधिक वेगवान् छ । विजुली एक सेकेण्डमा सात पटक पृथ्वीको परिक्रमा गर्नसक्छ तर विचारहरुको गति त्योभन्दा पनि तीब्र छ, किनभने विचारहरुका परमाणु बिजुलीभन्दा पनि अति सूक्ष्म र बलवान् हुन्छन् । बिजुली आदि तत्वहरुभन्दा बिचारको शक्ति अधिक चैतन्य तथा विशेष गति भएको छ । त्यसैले विचारहरुलाई आफ्नो नजीकै खिच्न तथा टाढा पठाउनमा ज्यादा श्रम पर्दैन । प्रत्येक बस्तुका चार अवस्थाहरु हुन्छन् – दृढ, तरल, वाष्पमाय र तेजोमय । दृढ बस्तुमा कम्पनको गति मन्द तथा तरल र वाष्पमयमा तीब्र र तीब्रतर हुन्छ । यसैलाई सृष्टिक्रम भन्दछन् । चतुर्थ अवस्था प्रकाशमय (Radiant) छ ।

   कम्पनको साधारण प्रभावबाट शब्द उत्पन्न हुन्छ । उनै कम्पनहरुको तीब्र प्रभावले रङ्गहरुको रुप धारण गर्दछ र कम्पनहरुका भेदबाट रङ्ग प्रकाशमा पल्टन्छ । यी चार अवस्थाहरु बाहेक अरु पनि स्थूल र सूक्ष्म अवस्थाहरु छन् जसलाई देख्ने शक्ति हाम्रा स्थूल इन्द्रियहरुमा छैन तर विज्ञानले तिनको पत्ता लगाउन आरम्भ गरेको छ । क्लार्क माक्सबेल (Clark Maxwell) ले आफ्नो विद्युत्–चुम्बक तरङ्गहरु (Electro Magnetic Theory) मा भनेका छन् कि ताप, प्रकाश, विद्युत आदि जुन सबै शक्तिहरुको विकास हामी चारैतिर देख्दछौं, ती सबै विद्युत–चुम्बक तरङ्गहरु (Electro-Magnetic Waves) हुन् । तरङ्गाकारम नै यी एक स्थानबाट दोस्रो स्थानमा जान्छन् । यी तरङ्गहरु कसम चल्छन् वा कसका तरङ्गहरु हुन ? यस प्रश्नको उत्तर दिनका लागि वैज्ञानिकहरुले इथर (आकाशतत्व) नामक एक काल्पनिक पदार्थको अस्तित्व स्वीकार गरेर सबै पार्थिव शक्तिहरुलाई आकाशतत्वकै तरङ्ग मानिलिएका छन् । इथरका शक्तिहरुको लम्बाइको अनुसार नै विभिन्न शक्तिहरु बन्दछन् । जसको लम्बाई अधिक छ ती ताप (Heat) का तरङ्गहरु हुन्, त्यसभन्दा छोटो प्रकाश र त्यसभन्दा पनि छोटो अति बैजनी रश्मिहरु (Ultra-Voilet Rays) हुन जुन यी अति–बैजनी रश्मिहरुभन्दा पनि छोटा छन्, ती नै रज्जन रश्मि (X-rays) हुन् । जुन अझ पनि साना छन् ती गामारश्मि (Gamarays) हुन् र जुन सबैभन्दा साना छन् तीनको नाम हृयाण्ड रश्मि (Cosmic Rays) हो । यी ब्रह्माण्ड रश्मिहरु विश्वमा सर्वत्र विद्यमान छन् । जहाँ सूर्यको प्रकाश पुग्न सक्दैन त्यहाँ पनि यी रश्मिहरुको अस्तित्व छ ।
    जड (Matter) परमाणुहरुको जस्तै शक्तिका पनि सूक्ष्म गुच्छा हुन्छन् । जर्मन बैज्ञानिक माक्र्स पाँकले यी गुच्छाहरुको नाम क्वण्ट वा युनिट दिएका छन् । यी इकाइ नै शक्तिका सबैभन्दा साना वा क्षुद्रतम अंश अथवा परमाणु हुन् । यिनको आकृति शक्तिका तरङ्गहरुको लम्बाई माथि निर्भर गर्दछ । लम्बाई बढी हुनाले इकाइहरुको आकार अथवा शक्तिको परिमाण कम हुन्छ र तरङ्गहरु जति साना हुन्छन् तिनका इकाइको शक्तिको परिमाण उत्ति नै बढी हुन्छ । जड (Matter) र शक्ति (Energy) दुवैका नै परमाणु वा क्षुद्रतम अंश हुन्छन् र यी एक अर्कासँग मिल्न वा भिन्न रहन सक्छन् । शक्तिको स्वरुप तरङ्ग भएर पनि जड (Matter) का साथ सम्बन्ध स्थापनाको समय यो गुच्छाकार (Bundless) बनेर यातायात गर्दछ । यी गुच्छाहरुको नाम नै (Quantums) हो । 

विचारको परिणति हाम्रो जीवन

  जव हाम्रा विचार बाहिरतिर जान्छन् तब ती खालि हावामा उडदैनन् । ती हाम्रो दशालाई स्थिर परिवर्तित गर्नमा एवं धनवान् वा दरिद्र बनाउनमा हाम्रा कार्यहरुलाई सिद्ध वा नाश गर्नमा मुख्य कारण हुन्छन् । यदि हामीले आफ्ना विचारहरुलाई उचित मार्गमा चलाउन जान्यौं र चलाउन सक्यौं भने समस्त दुःखहरुबाट छुटकारा पाई हामी परमानन्दमय जीवन व्यतित गर्न सक्दछौ । हाम्रो मनमा आउने प्रत्येक विचार वाण सरह हुन्छ । आफूमा भएको शक्ति र तीव्रता अनुसार अरुको हृदयमा गएर त्यसले असर पार्छ र फर्केर हामीमाथि आफ्नो राम्रो–नराम्रो प्रभाव पार्छ । त्यसैले आफ्नो मनमा उत्तम विचारहरुलाई स्थान देऊ किनभने ती बिचार शीघ्रनै तिम्रा बाह्य जीवनको उत्तम अवस्थाका रुपमा प्रकट हुनेछन् ।
   आफ्नो आत्मिक–शक्तिलाई आफ्नो बशमा राख । यसो गर्नाले तिमी आफ्नो बाह्य जीवनलाई जस्तो चाह्यो उस्तै बनाउन सक्नेछौ । जिज्ञासु र विषयीमा के अन्तर छ भने एउटा आफ्ना इन्द्रियहरुलाई बशमा राख्दछ र अर्को इन्द्रियहरुका बशमा हुन्छ । जो आफ्नो मनलाई उपयोगी, बलवान् र प्रसन्नचित्त राख्न चाहन्छ त्यसले अनिष्टकारक, घृणित र अपवित्र विचारहरुलाई कहिल्यै मनमा आउन नदेओस् । यदि तिमी क्रोध, मोह, लोभ, ईश्र्या वा अन्य यस्तै नै वासनाहरुका अधीन रहेर उत्तम अवस्थाको इच्छा गर्दछौ भने यो असम्भव छ । तिमीले नीच विचार गरेर पनि आफ्नो स्वास्थ्य ठीक रहोस् भन्ने ठान्दछौं भने त्यो कदापि हुन सक्दैन ।
   योगीहरुको सिद्धान्त के छ भने विचार पनि एउटा परमबलवती शक्ति हो र विचारहरुद्वारा जे चाह्यो त्यही हुनसक्छ । विचार र भाव नै सब अङ्गहरुलाई पुष्ट बनाएर राख्न सक्छन् । यदि एउटा बाहुको व्यायाम विना विचारको र दोस्रो बाहुको व्यायाम गर्दा मेरो बाहुलीको बल खूवै वढिरहेछ भन्ने विचारका साथ गरियो भने पन्ध्र दिन पछि दुवै बाहुलीको बल शक्तिमापक यन्त्रले नाप्दा विचार पूर्वक व्यायाम गरिएको बाहुलीको बल अधिक पाइने छ । यसैले शक्तिको विचार गर्नाले शक्ति बढ्दछ, यो निश्चित रुपले सिद्ध छ ।

विचार – बल

परमात्माले मानिसलाई विचार–बल नामक एउटा अद्भुत वस्तु दिएको छ । सैकडौ मानिसहरुले यस बलद्वारा कठिनभन्दा कठिन कार्य गरिसकेका छन् । विचारको दृढता नै मनुष्यलाई ईश्वर बनाउन समर्थ हुन सक्छ । तर त्यो विचार साँचो र दृढ हुनुपर्छ । विचारहरुको प्रभाव र महत्व यति विधि छ भने तिनलाई बलवान् र दृढ बनाउने चेष्टा अवश्य गर्नुपर्छ ।

   विचार एकपछि दोस्रो, दोस्रोपछि तेस्रो यस प्रकारले उठ्ने गर्दछन् । तिनमध्ये कुनै त लय हुन जान्छन् तर जो दृढ हुन्छन् ती सफलता प्राप्त नगरुन्जेल लय हुँदैनन् । यसै प्रकार केही दृढ विचार नराम्रा पनि हुन्छन् । चोर जब चोरी गर्दछ तब त्यो निन्दित कार्य पनि उसका विचारको नै फल हो । व्यभिचारी र बालकहरुका विचारहरुमा पनि दृढता हुन्छ तर त्यसलाई विचारको संज्ञा दिइँदैन ।
  स्वार्थहीन विचारहरुलाई सत्यमय वा उत्तम विचार भन्नु अनुचित नहोला । दृढ विचार ती हुन् जो मन, वाणी र कर्मका साथै सात्विकता, निःस्वार्थपन तथा सत्यताले पनि युक्त हुन्छन् । यस्ता विचारलाई नै शास्त्रहरुमा विचार संज्ञा दिइएको छ । अन्य स्वार्थी तथा निन्द्य तामसी विचारहरुको निन्द्य विचार संज्ञा छ । यसैले उत्तम सात्विक विचार नै कल्याणकारी छन् । नराम्रा विचारहरुको कारण मानसिक दुर्बलता हो । त्यसैले दृढ शुद्ध विचारका लागि मन शुद्ध र दृढ हुनु अत्यन्त आवश्यक छ ।

विचार कुनै अदृश्य वस्तु होइन, बरु एक वास्तविक तत्व हो । जब हामी आफ्ना विचारहरुलाई कार्यरुपमा परिणत गर्दछौं । तब एउटा शक्तिलाई कार्यमा लगाउँदछौं । विचारको बललाई कसैले निरोध गर्न सक्दैन । विचार सब शास्त्रहरुभन्दा ठूलो छ । जसलाई परमात्माले मानिसका हातमा दिइराखेको छ । तै पनि हामी सदा नराम्रा विचारहरुका फन्दामा अल्झिई पराधीनताको गीत गाउँदछौं । यसैले सदा राम्रा विचारहरुलाई मनमा ल्याउने अभ्यास गर्नुपर्दछ, यसबाट नराम्रा विचार आफ से आफ नष्ट हुन्छन्, किनभने राम्रा विचार अविनाशी हुन्छन् ।

 	नराम्रा विचार अन्धकारका समान हुन् । हामीले प्रकाशलाई उपस्थित ग¥यौभने अन्धकार स्वयं भाग्नेछ । तिमीले आफ्नो शरीरमाथि आफ्ना विचारहरुको प्रभाववारे कहिल्यै विचार गरेनौ । आफ्ना राम्रा नराम्रा विचारहरुलाई आफ्नो मनमा अवाध (वेरोकतोक) घुस्न दिएका छौ यसैले ती आफ्ना इच्छानुसार तिम्रो शरीरमा प्रवेश गरी फेरि बाहिर निस्कने गर्दछन् र तिम्रा मस्तिष्कमा राम्रा वा नराम्रा चिन्ह छोडी जान्छन् तर यस कुरामाथि तिमीले कहिल्यै, किञ्चित् ध्यानसम्म पनि दिएका छैनौ ।

अब के कुरा राम्रोसँग निश्चय गरिहाल भने तिम्रा विचार पदार्थ रूपमा परिणत हुनजान्छन् र तिम्रो बाह्य रूप तिम्रा विचारहरुको तुल्य नै हुन्छ । एउटा योगीको भनाइ छ – जस्तो माथि उस्तै तल, जस्तो भित्र उस्तै बाहिर । तिम्रा आन्तरिक रूप तिम्रा विचार नै हुन र बाहिरी रुप उनैका प्रतिबिम्ब हुन् । राम्रा विचारबाट नै राम्रो अनुभव– शक्ति बढ्दछ । राम्रो अनुभव–शक्तिबाट हामी आफ्ना समग्र दुर्बलताहरुलाई हटाउन सक्छौ र दुर्बलकारी बाह्य प्रभावहरुको शक्तिबाट बाहिर हुन सक्छौ, अप्रभावित हुनसक्छौ । विचारहरु फ्याँक्नाले जत्ति आघात पुग्दछ, ढुङ्गा आदि फ्याँक्दा उत्ति आघात पुग्दैन । त्यसैले कसैलाई विचारद्वारा आघात पु¥याउनु नीच कर्म हो । अतः जब कसैसँग विचारविनिमय गर्छौ तब दया, आरोग्य र आनन्दको नै विचार देऊ, किनभने मनुष्य जस्तो विचार गर्दछ त्यो तत्काल त्यस्तै बन्दछ । जस्तो यदि कसैलाई मार्ने विचार ग¥यौ भने मार्ने क्रिया पहिले आफूभित्र उत्पन्न हुन्छ र यदि सुधार्ने विचार ग¥यौ भने सुधार्ने क्रिया पहिले आफ्नो मनमा हुन्छ र तत्क्षण हामी उस्तै बनी पनि हाल्छौं । यस विषयमा पछि सविस्तार वर्णन गरिनेछ ।

 	यदि तिमी आनन्द, आरोग्य, ऐश्वर्य प्राप्त गर्न चाहन्छौ भने विचारहरुलाई शुद्ध बनाउने अभ्यास गर । तिम्रा विचार जब उत्तम र उचित मार्गमा चल्न थाल्नेछन् तब तिम्रो तेज, बल, आरोग्य र ऐश्वर्य आफ से आफ बढ्न थाल्नेछ । त्यसबाट तिमीलाई अत्यन्त आनन्द र असीम शान्ति प्रतीत हुन थाल्नेछ र तिम्रो जन्म सफल हुन जानेछ । विचार भिन्न–भिन्न प्रकृतिका हुन्छन् । हामी तिनलाई राम्रा नराम्रा दुई श्रेणीमा विभक्त गर्न सक्छौ । प्रथम कोटिमा विश्वास, प्रेम, धैर्य, आनन्द, आशा, दया, स्नेह, पवित्रता र साहसको गणना हुन्छ । यदि हामीमा यी गुण छन् र हामी तिनलाई काममा ल्याउँछौ भने शरीरको विधानमा ती हामीलाई स्वस्थ र बलिष्ठ बनाउनमा सहायक हुने कुरा प्रतीत हुनेछ । दोस्रो कोटिमा घृणा, दुःख, विकलता, अधीरता, क्रोध, निष्ठुरता, अपवित्रता, कातरता र निराशा आदि पर्दछन् । मनुष्यमा यी मध्ये एक वा दुई दुर्गुण मात्र पनि शारीरिक स्वास्थ्य नाश गर्न र असमयमा बुढ्याइँ ल्याउनमा समर्थ हुन्छन् । क्रोधको प्रत्येक उत्थान आयुलाई घटाउने र रोग बढाउने हुन्छ । यसै प्रकारले धैर्य, प्रेमादिको प्रत्येक कार्यले आयु बढाउँछ र शरीरलाई स्वस्थ र बलिष्ठ बनाउँछ ।

इच्छाशक्ति – निरोगी रहने उपाय

  आफ्ना रोगीलाई प्रसन्नताको भावनामा बशीभूत गराउने आवश्यकता प्रत्येक चिकित्सकलाई अनुभव हुन्छ किनभने रोगीले एक पटक स्वस्थ हुने आशा छोड्यो कि फेरि निको हुन कठिन हुन जान्छ । यस्तै नै सब औषधीहरूमा स्वास्थ्यको आशा नै बलवान् औषधी हो । प्रेम केवल मानसिक शान्तिको मात्र होइन, शारीरिक रोगको पनि असल वैद्य हो । विश्वास, धैर्य र आनन्दको विषयमा पनि यही भन्न सकिन्छ ।

सवै वैद्यक ग्रन्थहरुमा स्वास्थ्यको एक साधारण स्वीकृतिको शतांशभन्दा पनि अधिक बलशाली कुनै औषधी छैन । अन्जानमा स्वीकार गरेको कुराले पनि प्रभाव नपारी रहँदैन तर एक ज्ञानवान् पुरुषद्वारा जानेर गरेको कुरा प्रतिज्ञाको नामले अटल हुन जान्छ । विचारका तरङ्ग अबाध र असीम हुन्छन् । जबसम्म कुनै मुख्य विचार दृढ रूपमा टिकाई त्यसका कम्पनले अरू कम्पनहरूलाई दबाइन्न, त्यस बेलासम्म मानिस बिनाबहनाको डुङ्गा सदृश यताउति बगिरहन्छ र कुनै पनि कार्य गर्न योग्य हुँदैन । त्यसैले एउटा कार्यलाई समाप्त गरेर नै अर्को आरम्भ गर्नु पर्दछ । यसबाट कार्यसिद्धिको साथसाथै काम पनि धेरै हुन्छ । यदि बीचमा कुनै अन्य विचार उठ्यो भने त्यसलाई दृढतापूर्वक मनबाट निकालिदिनु पर्दछ । सबभन्दा राम्रो रीति के हो भने त्यस विचारलाई बिर्सेर त्यसको स्थानमा कुनै अन्य विचार गरियोस्, यसबाट नराम्रा विचार स्वयं नष्ट हुन जानेछन् । त्यसैले सधैं के प्रयत्न गर्नुपर्छ भने तिमी विचारको बशमा नपर तर विचार तिम्रा बशमा होऊन् । प्रिय मित्रहरु । अब तिमीहरु आफ्नो मनबाट असन्तोष र निराशाका भावनाहरुलाई निकालिदेओ र मुख—मण्डलमा मृदु–हास्यका भावहरूलाई धारण गर, सदा प्रसन्नचित्त रहने गर । प्रेम र सहानुभूतिका भाव मनमा धारण गर । सदैव सोझो हिँड्ने र सोझो बस्ने अभ्यास गर जसले तिम्रो छाती बाहिरतिर निक्लिरहोस् र फोक्सोले पूर्णलय वायु लिन सकोस् । अनि त तिमीलाई होच्याउन सक्ने संसारमा कोही हुने छैन । यस कुरालाई दृढतासाथ धारण गर । संसारमा जति महापुरुष भएका छन्, सबले यस नियमलाई पालन गरेका हुन् । प्रत्येक व्यक्तिमा हुनुपर्ने सबभन्दा ठूलो कुरा चरित्र बल हो । सच्चरित्र भएको व्यक्तिमा लागि कुनै पनि कार्य दुर्लभ छैन । हाम्रो देशमा जो ठूला–ठूला ऋषि–मुनि भएका थिए ती सबैले चरित्र–बलबाट नै उच्चपद प्राप्त गरेका थिए । भविश्यमा उन्नत हुन चाहने प्रत्येक व्यक्तिले कुनै एक निर्णित कार्यमा सब विचारहरुलाई कसरी लगाउने भनी सिक्नु आवश्यक छ । यो कुरा केवल विचारद्वारा नै सिद्ध हुनसक्छ र विचारहरूबाट नै सब अङ्ग–प्रत्यङ्गहरूलाई एक सूत्रमा बाँध्न सकिन्छ । तर कुनै पनि कुरा सोचेर मात्र पूरा हुन सक्दैन, सोचेको अनुसार कार्य पनि गर्नु पर्दछ । जस्तो कोही वीणाको नजीक बसेर म यसलाई बजाउनमा कुशलता प्राप्त गरूँ भन्ने केवल विचार गर्छ भने त्यसबाट नै उसलाई कुशलता प्राप्त हुन सक्दैन । विचारको साथसाथै उसले वीणा बजाउने अभ्यास पनि गर्नुपर्छ, जसबाट उसका विचारहरु कार्यरूपमा परिणत हुन सकून् । यसैले पहिलो कुरा विचार उत्पन्न हुनु हो र दोस्रो कुरा विचारलाई कार्यरुपमा परिणत गर्नु हो ।

उत्तम विचारले भाग्य निर्माण

  विचारमा एकाग्रता हुनु जरूरी छ । यसैले एकाग्रतापूर्वक जुन कुराको विचार गर्छौ, त्यसमा तिमीलाई सफलता अवश्य होला । तिम्रा मनमा जस्ता विचार उत्पन्न हुन्छन्, उस्तै नै कार्यमा तिमी प्रवृत्त हुन्छौ । तिम्रा सब कार्य विचारहरू माथि निर्भर छन् । विचारहरूको परिणामबाट तिमी कहिल्यै पनि बच्न सक्दैनौ ।

संसारमा जो एकाग्रता र शान्तिले गर्दा सफलतापूर्वक हुन नसक्ने कुनै कामै छैन आत्मिक–शक्तिलाई सावधानी र बुद्धिमानीले उपयोगमा ल्याउँदा प्राप्त हुन नसक्ने कुनै पर्दाथ नै छैन । यसैले सदैव आफ्नो मनमा उत्तम विचार ग¥यौ भने ती विचार शीघ्र नै तिम्रो बाह्य जीवनमा उत्तम आवस्थाहरूका रूपमा प्रकट हुनेछन् । सदैव शुद्ध विचार गर्नाले नै आत्म–शक्ति र सर्वज्ञता प्रकट हुन्छ भन्ने कुरा निश्चय गर । तिमीले अल्पज्ञ हुनाले प्रायः मलिन र अशुद्ध विचार नै ग¥यौ यसैले अब शुद्ध, उत्तम विचार गर्ने नै अभ्यास गर ।

  कुनै व्यक्ति भाग्य, भाग्य भनी चिच्याउँछ र ऊ ठान्दछ त्यो उसको सामथ्र्यभन्दा बाहिर छ । तर यथार्थमा मनुष्य आफ्नो भाग्यको स्वयं निर्माता हो किनभने जस्तो उसको विचार हुन्छ उस्तै नै उसका सव कार्य पनि ती विचारहरूको अनुकुल नै हुनेछन् । यदि मानिसले सही ढङ्गले विचार गर्न सिक्यो भने भाग्य उसको हातका कठपुतली बन्ने छ ।

विचारद्वारा सुखी बन्न सकिन्छ

  सुखका बाहेक अन्य विचारहरूलाई मनमा आउन नै नदेऊ, किनभने मनमा सदैव जस्तो सोचिरहन्छौ उस्तै दशा प्राप्त हुन्छ । जुन वस्तुको सदा ध्यान रहन्छ उही वस्तु आफूतिर आकर्षित हुन्छ । यदि कोही धेरै दीन दशामा पुगेको छ भने उसको हिनताको कारण उसका विचार नै हुन्छन् । मनमा उठ्न लागेका विचार नै भविष्यका बीज हुन्छन् । दुःख र दरिद्रताका विचार दुःख र दरिद्रतालाई बढाउँछन् । सुखका विचार मनमा दृढ नगरी कोही सुखी हुन सक्दैन । मन खेत समान हो । त्यसमा केही न केही विचार उत्पन्न हुँदै रहन्छ । कुनै पनि विचार सुख वा दुःख दिने हुन्छ । यस कुरामा ध्यान राख्यौ भने तिम्रो जीवन सुध्रिने छ ।

यदि तिमी दुःखी छौ, दरिद्र छौ भने त्यसमा कसैको दोष छैन । दोष तिमीभित्र नै छ । त्यसलाई खोजि निकाल्नु तिम्रो नै काम हो । त्यसैले सदा आफ्नो मनलाई हेरिराख । तिम्रा मनमा दुःखदायक र अपवित्र विचार पस्न नपाऊन्, यसबाट तिम्रो उन्नति होला । आफ्नो अवस्थालाई देखेर आफू नै आश्चर्य मान्न थाल्नेछौ ।

 	मानिस भन्दछन्– ईश्वर आफ्ना भक्तहरूलाई दरिद्र बनाउँछ । त्यो कुरो ठीक होइन किनभने ईश्वरले कसैलाई दरिद्र बनाउँदैन, नत मूर्ख नै बनाउँछ, न धनवान्, न बलवान्, न विद्वान् नै बनाउँछ । ईश्वर त परम दयालु छ, सबको इच्छा पूर्ण गर्नेवाला छ, जो जस्तो इच्छा गर्दछ र जसका मनमा जस्ता विचार उत्पन्न हुन्छन्, तदनुसार ईश्वर उसलाई फल दिन्छ । जो जस्तो विचार गर्दछ, त्यो उस्तै बन्दछ ।
  गीता – ‘श्रद्धामयोऽयं पूरुषः यो यच्छूद्धः सः एव सः’ – यसैले जस्तो हुने इच्छा छ । आफूलाई उस्तै नै मान ।
 	दुई र दुई मिलेर चार हुनु जति सत्य छ । उति नै यो सिद्धान्त पनि सत्य छ, अनुभूत छ । हेर र अनुभव गर ।
  अलिकति विचार गर्दैमा तिमीलाई थाहा हुनेछ पूर्ण परमात्माले अपूर्ण संसारको सृष्टि किन गथ्र्यो । सम्पूर्ण विश्व र जीव दिव्य नियमका बशीभूत छन् । नियम विरुद्ध कार्य गर्नाले मानिसलाई परिणाममा कण्ट हुन्छ । प्रत्येक भूलले गर्दा जीवलाई कष्ट सहन गर्नुपर्ने हुन्छ । उसलाई नियमको उलङ्घन गरेको दष्ड मिल्दछ । तर ऊ आफ्नो दुःखको आफू नै कारण छ । तात्पर्य के हो भने मानिस पूर्ण हुनाको लागि नै बनाइएको हो तर स्वयं आफ्नो भूलले कष्ट भोगिरहेछ ।

शरीर मरे पनि विचार मर्दैन

  शरीरको नाश हुँदैमा विचारहरूको नाश हुँदैन । त्यसैले मरेपछि जब फेरि दोस्रो जन्म हुन्छ, पूर्वजन्ममा गरिएका राम्रा नराम्रा विचार नै उसलाई सुख दुःख दिन्छन् । जो विचार बारम्बार पुष्टताले गरिन्छ, त्यसलाई यदि कार्य पूर्तिको लागि तत्काल समय मिलेन भने पनि पछि जब समय मिल्दछ तब विचार पुनः मनमा उत्पन्न भई आफ्नो इच्छानुसार काम गराउँछ । जुन काम नगरौं भन्ने इच्छा छ, त्यसलाई लाचार भएर गर्नु पर्दछ । जस्तो कसैले धेरै दिनसम्म चोरीको विचार गरेको छ तर उसलाई चोरी गर्ने अवसर मिलेको छैन र पछिबाट कुनै सत्सङ्गमा गएर उसले आफ्नो चाल–चलन सुधार्न धेरै सावधानी राख्न लाग्यो र पहिले गरिएका चोरीका विचारहरूको स्मरणद्वारा पश्चाताप गरेर उसले अब म कहिल्यै चोरी गर्नेछैन भनी निश्चय ग¥यो भने पनि समय पाएर पूर्वमा गरिएका चोरीका विचारहरूले उसको मन लोभ्याउँछन् र इच्छा नभएर एवं चोरी नगर्ने पूर्ण निश्चय गरेर पनि उसबाट चोरी भई नै हाल्छ । किनभने उसका ती विचार मरेका छैनन् । यसैले जब तिनका सहायक विचार मिल्दछन् तब ती बलात् चोरी गराइदिन्छन् । यसै प्रकार पूर्वमा गरिएको विचारहरूबाट अन्य जन्ममा पनि मानिस लाचार भएर उही काम गर्दछ । विचारहरूमा यति ठूलो बल छ । शरीर नष्ट हुँदैमा विचार नष्ट हुँदैन । विचारहरूलाई विकसित गर्ने उपाय के हो भने जसरी एउटै मार्गमा गाडीहरू लगातार दौडिरहने गरे भने मार्गमा गाडीका पाङ्ग्राहरूको चिन्ह बन्दछ र इनारमा डोरीको घोटाइले ढुङ्गामा चिन्ह बन्दछ । त्यसैगरी एउटै विचार बारम्बार पुष्टताले गरिएको छ भने मस्तिष्कमा त्यस प्रकारका परमाणु पुष्ट हुनजान्छन् र ज्ञानतन्तुहरूलाई त्यस अनुकूल चल्ने स्वभाव पर्न जान्छ । यसैले शरीर र मनका परिश्रमबिना सब कार्य आफ से आफ हुने गर्दछन् । जब एक पटक एक प्रकारका विचारमाथि एकाग्रता गरिन्छ, तब त्यो विचार प्रष्ट हुनजान्छ । त्यसबाट फेरि अन्य विचार गर्नु सहज हुनजान्छ । जसरी नित्य व्यायाम गर्नाले शरीर पुष्ट हुन्छ । उसरी नै नित्य विचार गर्नाले विचार शक्ति पुष्ट हुन्छ । विचार–शक्तिलाई पुष्ट पार्नु छ भने एउटै प्रकारका विचार पुष्टताले बारम्बार गर्नु पर्दछ । यस्तै प्रकारले नराम्रा विचारहरूलाई नाश गर्न जान्यौं भने हामी धेरै नै सरलता र शीघ्रतासाथ उन्नति गर्न सक्छौ. किनभे नराम्रा विचार नै हामीलाई साना–साना कुरामा अल्झाइराख्दछन् । यसैले हामी अगाडि बढ्न पाउँदैनौं । जसरी दुर्गन्धित स्थानलाई शुद्ध गर्नका लागि सुगन्धित बस्तु छर्कनु पर्दछ र शीत निवृत्तिको लागि उष्ण औषधी सेवन गर्नु पर्दछ । उसरी नै खराब विचारहरूलाई नष्ट गर्नका लागि राम्रा विचार पुष्टतासाथ गर्नु पर्दछ । क्रोधका विचारहरूको नाशको लागि शान्त विचार एकाग्रताले गर्नु पर्दछ र लोभका विचारहरूको निवृत्यर्थ सन्तोष र उदारताको विचार अधिकताले गर्नु पर्दछ । द्वेषको विचारका नाशको लागि प्रेमको विचार र अभिमानको विचारको नाशका लागि नम्रताका विचार तथा भयका विचारका नाशको लागि निर्भयताको विचार गर्नु पर्दछ । यस्तै नै नराम्रा विचारका विरोधी तत्तत् शुभ विचारहरूलाई बढाउनु पर्दछ । यसैलाई योगशास्त्रमा प्रतिपक्ष भावना ‘तँत्प्रतिषेधार्थ प्रतिपक्ष भावनम्’(Counter- thought) भनेको छ । जब किसान आफ्नो खेतमा रोपेको खेतीलाई सुकाउन चाहन्छ तब ंिसंचाइ गर्न बन्द गरिदिन्छ । यसबाट त्यो बालीको आफ से आफ रोकिन्छ र खेती सुक्न जान्छ । त्यस्तै नै आफ्नो मनमा जमेका नराम्रा विचारहरूलाई नष्ट गर्नु छ भने तिनलाई सिँच्न बन्द गरिदिनु पर्छ अर्थात् त्यस प्रकारका विचारहरूलाई मनमा आउनै दिनु हुँदैन; यदि आइहाल्यो भने तिनलाई तत्काल निकालिदिनु पर्दछ । जस्तो पानी विना वृक्ष थोरै कालमा सुकेर जान्छ उस्तै नै नराम्रा विचारहरूलाई सहायता नमिल्नाले थोरै समयमा ती स्वयं नष्ट हुन्छन् । यसैले खराब विचारलाई उठ्नै नदिनु तथा त्यसका विरुद्ध मनमा राम्रा विचारहरूलाई स्थान दिनाले नराम्रा विचार अतिशिघ्र नष्ट हुन जानेछन् । मानिस नराम्रा विचार धेरै गर्छ र राम्रा विचार ज्यादै कम । यसबाट भय, सन्ताप, रोग, निराशादि अनेक व्याधिहरू देखा पर्दछन् किनभने सबै प्रकारका दुःख नराम्रा विचारबाट उत्पन्न हुन्छन् । राम्रो विचार गर्नमा जति श्रम पर्दछ उत्ति नै श्रम नराम्रो विचार गर्नमा पनि पर्दछ ।

राम्रा विचारले नराम्राको परिहार

  राम्रो विचार गर्नु अति सरल कार्य हो तापनि हामी राम्रा विचार गर्दैनौ । यसको कारण के हो भने हामीलाई नराम्रो विचार गर्ने बानी परिसकेको छ । त्यसैले राम्रा विचार गर्नमा बाधा पार्दछ । कुनै खेतमा बेकामको घाँसले ढाकेको छ भने त्यसमा राम्रा फलदार वृक्ष उम्रन सक्दैनन् । त्यसैले चतुर माली ती बेकम्मा घाँसका जरालाई खनेर निकालिदिन्छ । उस्तै नै हाम्रो मनरूपी खेतमा नराम्रा विचाररूपी घाँसले गहिरो जार गाडिसकेको छ । त्यसैले हामी सहजै राम्रा विचार गर्न सक्दैनौं । यसैले नराम्रा विचारहरूको जरालाई उखेलेर उत्तम फलदार वृक्षहरूलाई जमाउनु पर्दछ । ठूला वृक्षहरूको जरा धेरै गहिरो हुन्छ र जङ्गली घाँसहरुको जरा माथि नै हुन्छ । नराम्रा विचार जङ्गली घाँस समान हुन् र उत्तम विचार फलदार वृक्ष समान हुन् ।

भगवान्ले गीतामा भन्नु भएको छ– पाप काठ समान हो र ज्ञान अग्नि समान हो । काठ धेरै छ र अग्नि थोरै भए पनि सब काठहरूलाई भस्म गरिदिन्छ । उस्तै अलिकति उत्तम विचार भए तापनि त्यसले धेरै दिनका नराम्रा विचारहरूलाई नाश गरिदिन्छ । उत्तम विचारहरूको महिमा शास्त्रवेत्ताहरूले वर्णन गरेका छन् । नराम्रा विचार धेरै छन् र राम्रा विचार थोरै छन् भने पनि उत्तम विचारहरूको बल बढेर जान्छ र उत्तम विचारहरूले हजारौं नराम्रा विचारहरूको नाश गरिदिन्छ । पञ्चाक्षरी, षडाक्षरी, द्वादशाक्षरी आदि मन्त्रोच्चारणले मानिस ठूला–ठूला पापाहरूबाट मुक्त भएका छन् । यसै गरी मानिसहरूले जीवनभरि दुष्ट विचार गरेको भए पनि श्रद्धापूर्वक राम्रा विचार गर्न थाले भने थोरै समयमा उनीहरूको कल्याण हुन सक्छ । यसैैले आजन्म नराम्रा विचार गरिए भने अब थोरै जस्तो राम्रा विचारहरूबाट के होला भनी कदापि निराश हुनु हुदैन । नराम्रा विचारभन्दा राम्रा विचारहरूमा ठूलो बल हुन्छ । उत्तम विचारहरूलाई मन, बचन, कर्मले तन्मय भएर अतिशय प्रेमले गर्नु पर्दछ । त्यस बेला नराम्रा विचारहरूलाई किञ्चित मात्र पनि आउन दिनु हुँदैन । तर आजकल प्राय धेरैजसोले जुन प्रकारका् विचार गर्दछन्, त्यो पनि जान्नु आवश्यक छ ।

विचारद्वारा धन प्राप्ति

  यस विषयमा केही विद्वानहरू के भन्दछन् भने एकातिर हामी धन प्राप्तिको इच्छा गर्दछौ र अर्कातिर के पनि मान्दछौ भने धन प्राप्ति त प्रारब्धको अधीन छ । यसैले धन प्राप्तिको इच्छा हुँदाहुँदै पनि ती धन प्राप्तिका लागि अधिक विचार गर्दैनन्, उल्टो गरीबीको विचार नै अधिक गर्दछन् अर्थात् धन नष्ट होला, जागीर छुट्ला या व्यापार चलेन भने हामी के गरौला, यस्ता नाना चिन्तामा परिरहनाले गरीबी र चिन्ताका विचार बढ्छन् र धन प्राप्तिका विचार दबिन्छन् । प्रकृतिको नियम के छ भने गरीबीका विचारले मनलाई दरिद्र राखेर कोही धनी हुन सक्दैन । तर आश्चर्य के छ भने हामीलाई धनी बन्नु छ तैपनि हामी गरीबीको विचारमा डुबिरहन्छौ । जस्तै फलाना मानिसको धन नाश भयो त्यसैले धेरै दुःखी छ । उस्तै ने हाम्रो धन गयो भने हाम्रो के होला ? फलानो मानिस धेरै धनी थियो, नोकरी छुटेपछि उसलाई कसैले चिन्दैन, त्यस्तै हाम्रो हाल भएमा हामी के गरौंला ? छोराहरूको बिहा गर्नु छ, उनीहरूलाई जातिका अनुसार खर्च गर्नका लागि कर्जा लिनु पर्ला । घर पनि खराब भयो, यसलाई फेरि बनाउनु पर्ने छ । स्वास्नीको गहनाको कुरा आयो भने सुन्या नसुन्यै जस्तै गरिदिन्छौ अथवा अघिबाट नै भनिदिन्छौ हामी गरीब छौं । मित्रहरूसँग भन्ने गछौं हामी गरीब छौं । यस प्रकार हामी सदैव नै गरीबीका विचारमा डुबिरहन्छौं । त्यसमाथि पनि धनी हुन चाहन्छौं । यो कसरी हुन सक्छ ?

त्यसैले यदि धनी हुनु छ भने सदैव धनको नै विचार गर्नु पर्दछ । धनवान्हरूका जीवन चरित्र पढ्नु पर्दछ । धनवान्हरूका मनमा जस्तो उदारता रहन्छ उस्तै उदारता आफ्नो विचारमा ल्याउनु पर्दछ साथै धनवान्हरूले पहिले कति परिश्रम गरे अथवा धन प्राप्तिका लागि उनले कस्ता कस्ता क्लेश उठाए ती क्लेशहरूलाई र जिम्मेवारीलाई उठाउन उद्यत हुनु तथा धन प्राप्ति विषयक युक्तिहरू र चातुर्यको सम्पादन गर्नु एवं दरिद्रताको विचार कुनै समय पनि मनमा आउन नदिनु– यही धन प्राप्तिको सरल साधन हो ।

विचारद्वारा रोग निवृत्ति

  विचारहरूको बलबाट नै रोगहरूको वृद्धि र निवृत्ति पनि हुन जान्छ । उपर्युक्त रीतिबाट विचारहरूद्वारा जसरी दरिद्रता दूर गरिन्छ उस्तै गरी नाना प्रकारको रोग पनि विचारहरूबाट दूर गर्न सकिन्छ । यसलाई रोग निवृक्तिको उपाय पनि मान्नु पर्दछ किनभने जगत्मा प्रायः सबै नै मानिस रोगग्रस्त हुनजान्छन् । यसमा कुनै रोग त सामान्य औषधीले नै कुनै स्वतः नै निवृत्ति भैरहेछन् । रोग उत्पन्न गर्नु र नष्ट गर्नु हाम्रो नै हातमा छ किनभने ईश्वरको इच्छा छ सब जीव निरोगी र सुखी रहून् । रोग मानिसको भूलले नै हुन्छ त्यसैले सर्वप्रथम भूललाई सुधार्नु पर्दछ । त्यसको उपाय केवल आरोग्यताको विचार नै हो । जब घरमा छोरा–छोरी बिरामी हुन्छन् तब नारीहरू रोग र भयको विचार धेरै गर्दछन् र उनका विचारबाट नै छोरा–छोरी समेत मर्दछन् । मैले आफैँले देखेको छु नारीहरू छोरा छोरीहरूलाई रोगबाट बचाउनका लागि जति उपाय गर्दछन्, छोरा–छोरी उत्ति नै चाँडो मर्दैछन् । यसको कारण केवल उनका विचार नै हुन् । ती सदा कस्तो विचार गर्दछन्, भने फलानी स्त्रीका चार छोरा दुई वर्ष बीचमा मरे । अब पाँचौं भएको छ जसको ऊ खुबै हेरचाह राख्दछे तैपनि त्यो धेरै क्षीण भैसक्यो, बाँच्ने आशा छैन, डाक्टरले जवाफ दिइसकेको छ । यहाँ विचार गर्नु पर्ने कुरा के छ भने त्यो छोरो पनि हप्ता दिनमा म¥यो । यदि यो सारा विचारहरूको नै प्रभाव हो भने यस्तो किन हुन्छ ? यस्तो तर्क–वितर्क गर्ने धेरै छन् । आफ्ना छोरा—छोरी बाँचिरहून् भन्न् सबै आमाले चाहन्छन् । यस विचारमा जति बल छ त्यसभन्दा धेरै बल अति स्नेह गर्ने अज्ञानी माताहरूमाथि मलिन विचारहरूको हुन्छ । ती आफ्ना बालकका लागि आफ्नो मनमा सधै के डर लिइरहन्छन् भने उसलाई कहीं कुनै रोग नलागोस्, कहीं नलडोस, कसैले कहीं उडाई नलैजाओस् । टोलम खेलिरहन्छ कहीं कुकुरले नटोकोस्, यो बिरामी छ, यसको रोग मेटिने हो वा होइन, कसैको नजर नलागोस् । यदि मरे म के गरौंला यस्ता भयका विचार नै सदा तिनको आँखा अगाडि नाचिरहेका हुन्छन् । यी विचारहरूद्वारा माताहरू केटा–केटीलाई बिरामी गराइदिन्छन् । रोगका लागि ती बाहिरी उपायहरू त गर्दछन् तर हृदय बिग्रेको हुनाले बाहिरी उपाय किञ्चित् पनि लाभकारी हुँदैन किनभने बालकहरूलाई राम्रो गर्नका लागि जति विचार ती गर्दछन् त्यसबाट बालक झन् बिरामी हुन्छन् । स्मरण रहोस्– जहाँ परस्पर विरोधी विचारहरूको जम्काभेट हुन्छ, उहाँ दुबैबो बल घट्दछ । तिनमा जो बलवान् छ उसैको जय हुन्छ । जस्तो धेरै दूधमा अलिकति पनि अमिलो प¥यो भने दूध फाट्दछ उस्तै धेरै राम्रा विचारहरूलाई पनि अलिकति नराम्रा विचारले बिगारिदिन्छन् र असल विचारहरूको बल कम हुनजान्छ । त्यसैले आमाका राम्रा विचार कम हुनाले निर्बल हुने र नराम्रा विचार धेरै र बलवान् हुनाले बालकहरू बिरामी हुन्छन् र मर्दछन् । त्यसैले यदि बालकहरूलाई निरोग र चिरञ्जीवी राख्नु छ भने सदैव शुभ विचार गर्नु पर्दछ ।

रोगीसँगको व्यवहार कस्तो हुनुपर्दछ ?

 	रोगीलाई हेर्न जानेले रोगीलाई अरू रोगीहरूका कुरा सुनाएर उसको रोगलाई अरू झैँ बढाइदिन्छन् । यस्तै जब हामीहरूलाई कुनै रोग लाग्छ भने हामी त्यस रोगका विषयमा नै विचार गर्ने गर्दछौं । यस्तो रोगबाट कस कसको हानि भएको छ ? यदि हाम्रो आँखा दुखेको छ भने आफ्ना इष्ट–मित्रहरू जस जसका आँखा दुखेका छन् उनकै कुरा गर्दछौं र मनमनै डराउने गर्दछौ कि हाम्रा काका तथा हाम्रा मित्रका आँखा ऐलेसम्म निको भएनन् र हाम्रो छिमेकीको आँखा त बिग्रिहाल्यो उस्तै नै हाम्रो पनि दशा भएका हामी के गरौंला ? जब हाम्रो आँखा दुख्छ, तब कत्ति मानिसका आँखा निको भएको भए यसको विचार गर्दैनौं तर जसको आँखा खराब भयो उनैको हिसाब लगाइरहन्छौं र हाम्रो बिमारीमा जो मित्रादिहरू हालखबर सोध्न आउँछन् ती पनि उल्टो विचार नै हाम्रो मनमा भर्दछन् । यसरी नै हिजोआज नारीहरू पनि रोगलाई फैलाउने काम गर्दछन् । जस्तो कि जो बिरामी छ उस कहाँ गएर बडो स्नेहले भन्छन् ओहो ? तिमीलाई त कडा ज्वरो छ, यस्तै ज्वरो मेरो बालाई आएको थियो; त्यसैले गर्दा उहाँ तीन दिनमा गइहाल्नु भयो । हाम्रो छिमेकमा एउटा साहू छ, उसको भरखरै बिहे भएको छ । उसलाई पनि यस्तै ज्वरो आउँछ । डाक्टरले आशा छैन भनिसकेको छ । हेरौं के हुन्छ ? हिजो–आज त ज्वरो बडो विषलु आउँछ, यसैले भाइ, अलि विचार राख्नू । यस्ता अनेक शङ्काहरु ती रोगीका मनमा बीज रूपले जमाइदिन्छन् । यस्तै प्रकारले पुरुषहरूमा पनि एक जना आएर के भन्दछ भने– यस्तो ज्वरोमा त खोकी नभई छाड्दैन । मेरो भाइलाई यस्तै ज्वरो आएको थियो र तुरून्त खोकी लागिहाल्यो । तेस्रो के भन्दछ भने– खोकी लागेसम्म त ठीक छ तर छाती समालेर राख्नु पर्दछ । डाक्टरले के भन्दछ भने यस्तो ज्वरोमा फोक्सो सुनिन्छ । चौथो के भन्दछ भने– यो डाक्टरले निको पार्न सक्दैन, यसबाट धेरै रोगीले धोका खाएका छन् । यो भन्दा धेरै फीस लिने डाक्टर बोलाउनु पर्दछ । यस्ता कुराहरू रोगीको नजिकै बसेर गर्दछन् तर यसको के परिणाम होला यस कुराको तिनीहरू कत्ति पनि विचार गर्दैनने र यी कुराहरूको रोगीमाथी कस्तो विषालु प्रभाव पर्ला भन्ने कुरा सोच्दैनन्, चाँडै निको हुनुको बदला उसको रोग झन् बढेर पनि जान्छ, किनभने रोगले निर्बल हुनाको कारण मस्तिष्क धेरै निर्बल हुनजान्छ त्यसैले रोगी स्वतः केही विचार गर्न सक्दैन । जे पनि सुन्दछ उसलाई चाँडै पक्रिहाल्छ, जसको परिणाम धेरै नराम्रो हुन्छ । त्यसैले आफ्नो वा अर्काको रोग घटाउनु छ भने उसको नजिकमा रोग र रोगीको कुरा कहिल्यै गर्नु हुँदैन, बरु उसलाई धैर्य र चाँडै नै सञ्चो हुने कुरा सुनाउनु नै अत्यन्त हितकर हुनसक्छ ।

विचारबाट रोग हटाउने उपाय

  हाम्रो शरीरमा कुनै प्रकारको रोग आफ्नो मनोज्ञानले आउँदैन, बरु जब हामी उसलाई बोलाउँछौ तब ऊ डराई–डराई आउँछ । किनभने हामी रोगको विचार धेर गर्दछौं अर्थात् रोगको इच्छा गरेर नै रोगलाई बोलाउँछौ, अतः रोग आउँछ । यसैले प्राचीन ऋषिहरूले के सिद्ध गरेका छन् भने परम कृपालु परमेश्वरले हाम्रो शरीरको रचना यस्तो गरेको छ कि त्यसमा कुनै प्रकारको रोग इच्छाबिना स्वतः आउन सक्दैन । हाम्रो शरीरमा जे रोग आउँछ त्यसलाई हाम्रो प्रश्वासले बाहिर निकालिदिन्छ । यसै प्रकार धेरै जस्तो रोग पसिनाबाट निस्कन्छ । कति त मूत्रद्वारा निस्कन्छन् । कतिलाई जठरागिलने भस्म गरिदिन्छ, कैयौं त मन तथा बुद्धिको बलबाट नष्ट हुन्छन् र अरू कैयौं रोग हाम्रा नराम्रा विचारहरूले गर्दा शरीरलाई नष्ट पार्न सफल हुन्छन् । ईश्वरको इच्छा के छ मानिस सदा निरोगी र सुन्दर रहून् तथा जबसम्म पूर्ण ज्ञान प्राप्त हुँदैन, तबसम्म उसको उन्नति हुँदै रहोस् र यसैले हाम्रो शरीरमा कुनै रोग पनि आफ्से आफ आउन सक्दैन, किनभने हाम्रो शरीरमा आउँदा उसको सत्कार हुँदैन, बरु उसले लडाइँ गर्नु पर्दछ, तीतो औषधी पिउनु पर्दछ । त्यसैले हामीले चाह्यौ भने रोग सहज रीतिबाट हटाउन सकिन्छ । रोगहरूलाई हटाउनु शरीरको स्वाभाविक धर्म हो । यसमा प्रकृतिको केही विरोध छैन । यसैले आफ्नो ज्ञान र आत्म–बलबाट हामी भारी रोगलाई पनि बडो सरलतासाथ निवृत्त गर्न सक्छौ । यस्तो भएर पनि हामी रोगी रहन्छौ भने यसमा कसको दोष छ ? हाम्रो नै त दोष हो । जगत्मा जे जति रोग छन् ती सब मानिसहरूका भूलका नै फल हुन् । यदि भूलहरूलाई सुधार्यौ भने हामी धेरै जसो रोग हटाउन सक्छौं । यसैले महात्माहरू के भन्दछन् भने तिम्रो भाग्यको सुधार तिम्रै हातमा छ । तिमीले चाहेमा सब रोगादि दुःखहरूलाई हटाउन सक्छौं ।

नराम्रा विचारको दूरगामी प्रभाव

  नराम्रा विचार गर्नाले आफ्नो मात्र हानि नभई अरूको पनि हानि हुन्छ र त्यसको प्रभाव धेरै टाढासम्म पुग्न सक्दछ । कसैले आफ्नो छोरामाथि सामान्य अपराधमा क्रोध ग¥यो भने त्यो क्रोधको विचार त्यहाँबाट निक्लेर अगाडि बढ्छ । बाटामा अरूको क्रोधक विचारसँग मिलेर झन् स्पष्ट हुन्छ । त्यसपछि त्यो विचार घुम्दा फिर्दा कुनै अन्य देशको मानिसको मस्तिष्कमा गएर पस्यो, त्यो आफ्नस् पत्नीसँग झगडा गरिरहेथ्यो अनि उसले क्रोधको सनकमा आफ्नी पत्नीलाई धेरै पिट्यो । तर जब उसको क्रोध शान्त भयो तब उसलाई बडो पश्चात्ताप र आश्चर्य भयो कि सामान्य जस्तो अपराधमा मैले पत्नीलाई यतिबिधि किन पिटें ? अलिकति कुरा बिग्य्रो या कुनै खास कामले ढिला भयो त्यसका लागि यति ठूलो दष्ड किन दिएँ ? इत्यादि । उसलाई जब क्रोध उठेको थियो तब उसको इच्छा पत्नीलाई केही हप्काउनु मात्र थियो । किनभने उसबाट फेरि यस्तो भूल नहोस् । तर हप्काउनुको बदला यत्रो मारपीट गर्नाको कारण उ पनि जान्दैनथ्यो । अरू मानिसको क्रोधको विचार उसको क्रोधको विचारसँग मिल्न गएकोले उसको क्रोधको बल बढ्यो । सारांशमा प्रत्येक विचारले आफ्ना सजातीय विचारलाई आफूतिर खिच्दछ । यसैले जहाँ क्रोधका विचार रहन्छन् त्यहाँ अरूले गरेका क्रोधका विचार पाएर मिल्दछन् । यस्तै गरी विषय वासना आदिको विषयमा पनि जान्नु पर्दछ । यस्तै नै जहाँ परमात्माका दया, सत्य, अहिंसा, प्रेम, ज्ञानका विचार हुन्छन् त्यहाँ त्यही जातिका विचार आई मिल्दछन् । यसरी पहिलेका साना विचार पुष्ट भएर प्रत्येक विचार आफ्ना जातिका विचारलाई स्वाभाविक रीतिले खिच्दछन् । यस कुरालाई प्रत्येक मनुष्य बुझ्न सक्दैन । जसले विचारहरूको शक्ति, विचारको प्रभाव तथा रहस्य, स्वभाव र विचारशक्तिको महिमालाई जान्दैनन् उनका मनमा यो कुरा आउन सक्दैन । तैपनि शुभेच्छाको अभ्यास गर्नाले कालान्तरमा यो विषय स्वतः बुझिने सङ्कल्प छ ।
 	यो जगत् सङ्कल्पबाट नै भएको हो । सङ्कल्पले नै स्थित छ । यसबाट सङ्कल्पद्वारा के गर्न सकिंदैन त भनी थाहा हुन्छ । शुरूमा जो अखण्ड आनन्द स्वरूप थियो । त्यसैले आफ्नो सङ्कल्पबाट नै दबेर आफ्नो अनन्तलाई बिस्र्यो र आफूलाई परिमित मान्न थाल्यो । यसबाट के सिद्ध हुन्छ भने सङ्कल्पमा विचित्र सामथ्र्य छ । सङ्कल्पले के गर्न सक्दैन ? यही अखण्ड परमात्मा आफ्नो अद्व्रैत रूपलाई बिर्सेर आफूलाई नाना–योनिहरूमा देख्दै कतै सुखी, कतै दुःखी हुनलाग्यो र आफ्नो चैतन्य स्वरूपलाई भुलेर आफूलाई कर्ता–भोक्ता मान्न लाग्यो । यही नै सङ्कल्प वा विचार को चमत्कार हो ।

शुभ–सङ्कल्प उन्नतिको हेतु

     उन्नति–मार्गको मूल–मन्त्र शुभ–सङ्कल्प हो । सङ्कल्पबाट नै यस जगत्को उत्पत्ति र स्थिति छ । यो रहस्य जसलाई ज्ञान भएको छ त्यो उन्नतिको मार्गमा धेरै शीघ्रताले चल्न सक्छ । मार्गमा कठिनाइहरू धेरै आउँछन् तर ती कठिनाइहरू उसलाई हानिकारक हुँदैनन् । उसलाई यस लोकमा दुःखले सताउँदैन । उसलाई यो लोक र परलोक दुवै सुखदायी हुनजान्छन् ।

यो जगत् सङ्कल्पमय छ, सङ्कल्पबाट नै उत्पन्न भएको छ, यो कुरा जान्नेलाई दुःखको सामना कम्ती गर्न पर्दछ । जब यो निश्चय हुन जान्छ कि जति सुख दुःख छन्, ती हाम्रा नै सङ्कल्पहरूका फल हुन् भने त्यो दुःख अधिक दुःखदायी हुन सक्दैन । आफ्नै हातबाट जो चोट लाग्छ, त्यो त्यति दुःखदायी हुँदैन, तर त्यति नै चोट अर्काको हातबाट लाग्यो भने अधिक दुःखदायी प्रतीत हुन्छ । सङ्कल्पबाट विश्वको उत्पत्ति मान्नेलाई यसबाट दुःख हुँदैन वा कम हुन्छ किनभने ऊ जान्दछ जुन सङ्कल्पहरूबाट यस दुःखको प्राप्ति हुन्छ उनका विरोधी सङ्कल्पहरू (विचारहरू) गर्नाले पूर्व सङ्कल्पहरूको बल क्षीण हुनजान्छ । यही ज्ञान धर्मशास्त्रको जग हो यसै तत्वका अनुसार काम्य कर्मका नाना प्रयोग र अनेक प्रकारको उपासना उल्लेख गरिएको छ । यी सबको एउटै तत्व दृष्टिगोचर हुन्छ । त्यो के हो भने अनुकूल सङ्कल्पहरूलाई उत्पन्न गर्नु र पूर्वका प्रतिकूल सङ्कल्पहरूलाई त्याग गर्नु । कर्म उपासनाको रहस्य यदि हेरियो भने सुखमा बाधा पर्ने कर्महरू जीवबाट अज्ञानवश हुन गएका देखिन्छन् । अतः दुःखका विरोधी सङ्कल्प श्रद्धापूर्वक स्थापित गर्नु पर्दछ । जसबाट यही काम हुन्छ । सङ्कल्पको सीधा सुदृढीकरण मन्त्रजपबाट नै हुन्छ; यसैले भगवान्ले पनि गीतामा भन्नु भएको छ । ‘यज्ञानां जप यज्ञोऽस्मि’ अर्थात् सब यज्ञहरूमा म जप यज्ञ हुँ ।

  हाम्रा सब सुख दुःखहरूको कारण अज्ञान हो । सङ्कल्प उठ्ने बित्तिकै अज्ञानले आफ्नो सङ्कल्पमा दबेर जीव–भावको प्राप्ति हुन्छ । अज्ञान नै आफ्नो रूप बदलेर जीवको लागि दुःखदायी हुन्छ । यसैले दुःख निवृत्ति गर्नका लागि दुःखका विरोधी सङ्कल्प (विचार) गर्नु नै परम हितकर छ । शास्त्रहरूमा दुःख निवृत्तिको उपाय केवल ज्ञान प्राप्ति नै जनाइएको छ ।
	“ज्ञानादेव तु कैवल्य” अर्थात् ज्ञानबाट नै दुःख निवृत्ति र कैवल्य वा मोक्षको प्राप्ति मानिएको छ । यस ज्ञान प्राप्तिको अर्थ दृढ सङ्कल्प नै हो । गायत्री जपबाट नै कार्यसिद्धि हुन्छ । यसमा द्विजाति ब्राह््रमण, क्षेत्रिय, वैश्य मात्रको अधिकार छ । यसैले आफ्नो अधिकारानुसार गुरु मुखबाट अन्य मन्त्रहरू पनि ग्रहण गरी जप गर्नाले उक्त दृढ सङ्कल्पको पूर्ति हुनसक्छ र ज्ञानको अधिकारी पनि अवश्य हुन सक्छ, यसमा अणुमात्र पनि सन्देह छैन । जसले शुभ–सङ्कल्प वा शुभ–विचारहरूलाई निरन्तर आफ्नो मनमा स्थान दिनेछन् तिनले अवश्य आफ्ना प्रत्येक इष्ट कार्यको सिद्धि गर्नेछन् । यसमा किञ्चित पनि सन्देह छैन । यस विषयमा मेरो पूर्ण विश्वास छ । मैले अनेकौ पटक दृढ सङ्कल्प र दृढ विचारहरूका प्रभावहरूलाई स्वतः अनुभव गरेको छु र यी कुरा पूर्वका हाम्रा महर्षिगण तथा आधुनिक पाश्चात्य तत्व चिन्तकहरूद्वारा पनि प्रत्यक्ष प्रमाणभूत छन् ।

शुभ–विचारबाट शुभ–परिणाम

  हामीले आफ्ना विचारहरूको परिणाम र अरूमाथि असर गर्ने शक्ति र आफ्ना हृदयमा अरूको विचार उत्पन्न हुने सामथ्र्य आदि सब दशाहरूलाई यथार्थ रूपमा थाहा पायौं भने कहिल्यै दुःख, पाप, रोग वा मृत्युको विचार गर्ने छैनौं । दुःख निराशाका विचार गर्नाले स्वतः आफ्नो कति हानि हुन्छ, यस कुरालाई यदि हामीले राम्रोसँग बुझ्न सक्यौं भने तर्सिरहने छैनौं । यस विषयमा ज्ञानवान् सूक्ष्मदर्शी के भन्दछन् भने विचारले राम्रो वा नराम्रो असर नदेखाई छाड्दैन । जस्तो सानो वरको बीजबाट विशाल वृक्ष बन्न जान्छ, उस्तै नै सानो विचारको महान् फल हुन्छ । यदि यस्तो नभए हामी आफ्नो जीवन कहिल्यै सुधार्न सक्दैनौं तथा मोक्षको प्राप्ति गर्न सक्दैनौं । तर दयालु परमात्माको कृपा छ हाम्रो कुनै विचारलाई ऊ खेर जान दिंदैन, बरु व्याजमा स्याज सहित बढाउँछ । जस्तो पानीको एउटा सानो धाराबाट नदी बन्दछ उस्तै नै एउटा सानो जस्तो विचारबाट भावनाहरू बन्न जान्छन् र तिनै भावनाहरूको बलबाट मनुष्य नरबाट नारायण हुन सक्छ । त्यसैले सदा शुभविचार गर्नु पर्दछ र कुनै प्रकारको भय, दुःख, निराशा, रोगादिको विचार गर्नु हुँदैन ।

निराशाको विचारले हानि

  एउटा मानिस सदा निराशपूर्ण विचार गर्ने गर्दथ्यो । कुनै कार्य सिद्ध हुन योग्य हुँदाहुँदै पनि त्यो के ठान्दथ्यो भने त्यो काम सिद्ध हुनु असम्भव छ । कहीं बाहिर जान योग्य भएर पनि आफ्नो मनमा के सोच्दथ्यो भने म उहाँ जान सक्ने होइन । उसका मित्र उत्तम भएर पनि कारणवस केही भनाभन हुन गएमा ऊ आफ्नो मनमा के सोच्दथ्यो भने यी धेरै खराब हुन्, मेरा विषयमा कुनै सहायता गर्ने होइनन्  द्रव्य प्राप्तिको सम्बन्धमा कस्तो सोच्दथ्यो भने यस काममा केही पनि पाइने होइन । यो काम राम्रो प्रतीत हुन्छ । तर यसमा घाटा नभइरहने होइन । यस प्रकार प्रत्येक विषयमा त्यो सदा निराशाको नै विचार गर्ने गर्दथ्यो । यसले जति सुविधा भए पनि त्यो दुःखी नै रहन्थ्यो । उसको धर्म भावना पनि अधूरो नै थियो । उसलाई आफूद्वारा कुनै कार्य–पूर्ति वा सिद्धिको विश्वास हुँदैन थियो । उसको मनमा निराशाको विचार धेरै दृढ भइसकेको थियो । उसको विचार उसबाट निस्केर घुम्दा–फिर्दा एउटा विद्यार्थीको मस्तिष्कमा प्रविष्ट भयो । उसको परीक्षा हुने समय थियो । तर उसैबेला त्यो बिरामी प¥यो । उसलाई के प्रतीत हुनथाल्यो भने यसपटक मैले ठीकसँग पढिन त्यसकारण म पास हुन सक्दिन । त्यसैले यस वर्ष मैले परीक्षा दिनु भएन । यत्तिकैमा उसको मनमा त्यो निराशावादीका विचार आएर घुम्यो, उसले हिम्मत हा¥यो र उस्तै नै विचार गर्नलाग्यो अब म पास हुने छैन । असल बुद्धिमान विद्यार्थी आफ्नो मनको दुर्बलताले गर्दा फेल भयो । त्यो केवल निराशाको कारणले नै भयो । फेरि त्यस विचारले त्यहाँबाट पनि फैलेर अरू धेरैको हानि ग¥यो । यसबाट पाठकगणले बुझे होलान् एउटा सानो विचारबाट अन्त्यमा यस्तो नराम्रो परिणाम हुन्छ जसको अनुमानसम्म पनि गर्न सकिँदैन । त्यसैले आफ्नो मनमा नराम्रो विचार आउन नपाओस् भन्ने कुरामा विशेष ध्यान राख्नुपर्दछ ।

विचार–बल

  याद राख विचार कुनै सानो वस्तु होइन । विचारहरूमा ठूलो बल छ । यस समान दोस्रो कुनै बलवान् वस्तु छैन । परम कृपालु ईश्वरले हामीमाथि यतिसम्म कृपा गरी यस्तो ठूलो बल हामीलाई दिएका छन् । यसै बलले गरेर मनुष्यत्व उत्तम बनेको हो । यसले आफ्ना विचारहरूलाई उत्तम बनाएर आफ्नो वशमा गर्नु पर्दछ तथा तिनलाई आफ्नो इच्छानुसार डो¥याउनु पनि पर्दछ । यदि हामीलाई यस्तो पर्न आयो भने हामी आफ्नो जीवनका कतिपय दुःखहरूलाई हटाउन सक्छौं । अर्थात् आफ्ना दुःखहरूलाई हटाउनका लागि विचारका बललाई बढाउनु पर्दछ । यही उपाय आत्मोन्नति र सर्व–शक्तिमान् ईश्वरको ज्ञान तथा प्रेमको प्राप्तिको हो । विचारहरूको कस्तो स्वभाव छ भने हामी जस्तो विचार धेरै जसो गर्दछौं, उस्तै नै हाम्रो कार्य हुन्छ । हामीले दुःखका विचार धेरै गरेका छौँ भने चारैतिर भयको नै कारण देखा पर्नेछन् । उस्तै नै विरामी तथा मृत्युको विचार नै अधिक गछौं भने रोग र मृत्यु नै शीघ्र आउँछन् किनभने विचारहरूको प्रभाव कहिल्यै व्यर्थ जाँदैन । यति मात्र होइन केही समय पनि हाम्रा विचार फेरिऊन् तैपनि पहिले गरिएका विचारहरूको प्रभाव नष्ट हुँदैन, बरु केही समय ती दुःख दिई नै रहन्छन् । हामीले नचाहे तापनि बलपूर्वक आएर बारम्बार क्लेश दिने गर्दछन् । विचारको शक्ति आफ्ना अधिनमा आइसकेपछि तिनको प्राप्ति, वृद्धि र संचय गर्नाका लागि विशेष परिश्रम गर्नु पर्दैन । जसरी दम दिनाले घडी आठ दिन वा चौबीस घण्टा चल्ने गर्दछ र आवश्यकता अनुसार इन्जिनमा कोइला पानी दिनाले त्यो सैकडौं माइल दुगुर्दछ त्यही शक्ति विचारहरूमा पनि हुन्छ ।
  तिम्रा विचार सदैव रचना गर्दछन् । तिनबाट जस्तो रचना गराउँछौ उस्तै नै रचना ती गर्नेछन् । यसमाथि पनि यदि तिनको रचना तिमीलाई राम्रो लागेन भने यसमा तिनको केही दोष छैन किनभने तिनका शिक्षक तिमी नै हौ । तिमीले जस्तो शिक्षा दिएका छौ ती उस्तै रचना गर्दछन् ।
  परमात्माले नियम निर्माण गरेको छ जसलाई भङ्ग गर्न ऊ आफू पनि समर्थ छैन ।
  अपूर्णताको जिम्मेदारी तिमीमा नै छ । तिमीले अज्ञानतावश ती नियमहरूलाई पालन गरेनौ जसलाई पालन नगर्दा दुःख र दुर्भाग्य, रोग, शोक, वृद्धावस्था र मृत्युसम्म हुन जान्छ ।
  विचार गर्ने विधि बडो सरल छ । यदि तिमीलाई धनको इच्छा छ भने सदैव विश्वलाई धनले भरिएको हेर । आरोग्यता चाहिन्छ भने सदैव आफूलाई आरोग्य मान, प्रेम चाहन्छौ भने आफ्नो मनमा प्रेमको विचार गर । जुन बस्तुको इच्छा छ उसैमाथि आफ्नो विचार केन्द्रित गर । तर स्मरण राख कि आज धनको, भोलि दरिद्रताको विचार गर्नाले दुवै आफ्नो–आफ्नो फल दिन्छन् । यो पनि स्मरण राख कि बिना उद्योग विश्वभण्डारबाट केही मिल्न सक्दैन ।
   विचारहरूको कम्पन बाहिर, भित्र सबैतिर भइरहन्छ । एउटा विचारको असर मानिसको अङ्ग–प्रत्यङ्गमा हुन्छ । विचारको आभास मनुष्यको मुख मण्डलमा, नेत्रमा चालमा, रङ्ग–ढङ्ग र प्रत्येक क्रियामा प्रतीत हुनलाग्दछ ।
                                                    विचार कहाँबाट उत्पन्न हुन्छ ?
   विचारहरू मस्तिष्कबाट उत्पन्न हुन्छ । मस्तिष्क केन्द्र नै विचारहरूको माध्यम यन्त्र हो । अन्य यन्त्रहरूको अपेक्षा मस्तिष्क अधिक शक्तिशाली र पूर्ण छ । मस्तिष्कमा कति प्रचण्ड शक्ति छ भने यसको वर्णन हुन सक्दैन  यद्यपि यो शान्त र स्थिर प्रतीत हुन्छ तैपनि यस केन्द्रबाट विचारहरू बाहिर निस्कन्छन् । यी विचारहरूको उत्पत्ति इच्छको तीव्र र सामान्य रूपमाथि निर्भर गर्दछ ।

मस्तिष्क वर्णन

  मस्तिष्क दुई गोलाद्र्धहरूमा बनेको छ । यी दुवैको बीचमा एउटा गहिरो (चिरा) छ । ठूलो मस्तिष्कमा श्वेत वर्णको पदार्थ भरिएको हुन्छ र मज्जाको चारैतिर धुस्रो वर्णको एक स्तर छ । त्यसमा गाँठा जस्ता बनेका हुन्छन् । यी सबै रक्तवाहिनी नाडीहरूले बनेको एउटा जालोले ढाकिएका हुन्छन् । यसैलाई मस्तिष्क भन्दछन् । वैज्ञानिकहरूको भनाइ के छ भने मस्तिष्कको एक भाग गर्धनबाट ढाडको हड्डीभित्र कम्मरसम्म गएको छ । यसैले शरीरका प्रत्येक अङ्गहरूमा मस्तिष्कबाट बाह्र जोडा स्नायु निक्लेर जडिएका छन् ।
  मस्तिष्कको एक भागमा अनुभव, इच्छा, बुद्धि आदिको स्थान छ । मस्तिष्कको यस भागलाई हानि पुग्नाले मानसिक कार्य गर्ने सामथ्र्य धेरै न्यून हुन जान्छ ।
   मस्तिष्कको तल्लो तहबाट बाह्र जोडा नाडीहरू निक्लन्छन् । तिनमा एक जोडालाई कपालको नाडी भन्दछन् । प्रत्येक जोडाले शरीरमा इन्द्रियहरूलाई ज्ञान दिन्छ । तिनमा एक जोडा गन्धको ज्ञान, दोस्रो दृष्टिको, तेस्रो जोडा आँखाको पुतली हल्लाउने, चौथो र पाँचौको सम्बन्ध ती पुठ्ठाहरूसँग छ, जो आँखाको पुतलीलाई चलाउने गर्दछन् । सातौं मुख मण्डलको पुठ्ठालाई चलाउँदछ् । आठौं कानमा लागेको छ, नवौं जिब्रोले स्वाद दिनमा सहायक छ । दशौं । एघारौं कण्ठ, हृदय, आमाशय तथा पित्तासयलाई सूत्र पठाउँछन् र बाह्रौं जिब्रोले बोल्नमा सहायक हुन्छ ।

मस्तिष्क शक्ति

  मानिस सांसारिक वस्तुहरूको अनुभव पाँच ज्ञानेन्द्रियबाट गर्दछ । उसका सूक्ष्म नाडीहरू मस्तिष्कसँग मिलेका छन् जसको अनुभव पाँचै इन्द्रियहरू गर्दछन् । तिनको सूचना तत्काल नै मस्तिष्कलाई हुन्छ । यी इन्द्रियहरू आफ्नो–आफ्नो काम गर्दछन् तथा सांसारिक सुखका मुख्य साधन हुन् । यसैले हामीले यी पाँचै इन्द्रियहरूलाई सरल र स्वच्छ राख्नु परमावश्यक छ । एक इन्द्रियको काम दोस्रो इन्द्रियले गर्न सक्दैन । आँखाले सुन्न सक्दैन, कानले देख्न सक्तैन । सामथ्र्यभन्दा अधिक काम लिनाले इन्द्रियहरू माथि आघात पुग्दछ । यसैले जब इन्द्रियहरूमाथि आघात हुन्छ, मस्तिष्कलाई सन्देश पुग्नमा ढिलो लाग्दैन किनभने मस्तिष्कबाट सब नाडीहरूको जाल निक्लेर सब शरीरमा फैलिएको छ । माथिल्लो त्वचा, रौं, नङ आदिलाई छोडेर शरीरको कुनै भाग नाडीहरूले रहित छैन । जबसम्म मस्तिष्क कुनै कुराको सूचनालाई ग्रहण गर्दैन, तबसम्म प्राणीहरूलाई ती विषयको ज्ञान हुँदैन । शरीरको कुनै अङ्गमा विपत्ति परेमा मस्तिष्कबाट नै सहायता मिल्दछ । यदि अँध्यारोमा खुट्टा मुनि कुनै डोरी आदि प¥यो भने सर्प त होइन भनी शङ्का उत्पन्न हुन्छ । त्यसबेला मस्तिष्कमा ठूलो हलचल मच्चिन्छ । त्यस विपत्तिलाई हटाउनका लागि कतिपय अङ्गहरूलाई एकसाथ के आज्ञा हुन्छ भने अँध्यारोमा शीघ्र हेर्ने उद्योग गर । खुट्टालाई के आज्ञा हुन्छ भने शीघ्र नै अलग हट । हृदयलाई आज्ञा भयो भने ऊ तीव्रताले धडकिन थाल्छ । हातहरूलाई छडी आदि लिएर सावधान हुने आज्ञा मिल्छ । यसप्रकार जब मस्तिष्कबाट आज्ञा प्रसार हुन्छ, तब सब अङ्गहरू आ–आफ्नो कार्यमा तत्पर हुन जान्छन् । यसबाट के सिद्ध हुन्छ भने मस्तिष्क सब अङ्गहरूमा मुख्य अङ्ग हो । मस्तिष्कको सहायता नभए मृत्यु हुने सम्भव छ ।
  मस्तिष्क बनाउनलाई शुद्ध रक्तको आवश्यकता हुन्छ । मानिस जो पदार्थ खान्छ त्यो पाकस्थलीमा पित्ताग्निबाट पाक्दछ । त्यसको स्थूल भाग मल भएर बाहिर निक्लन्छ र सूक्ष्म भाग रक्त बनेर शरीरको पोषण गर्दै मासु बन्दछ र मासुबाट मेदा र त्यसबाट अस्थि (हाड) र अस्थिबाट मज्जा फेरि त्यसको पनि सूक्ष्म भागबाट वीर्य बन्दछ । त्यसैले सूक्ष्म भाग बनाउने सात्विक  पदार्थ धेरै खानु पर्दछ, जसबाट शुद्ध रक्त अधिक बनोस् किनभने मस्तिष्कको श्रम अथवा मानसिक उद्योगले रक्तको शक्ति घट्दछ र रक्त हृदयबाट मस्तिष्कतिर प्रवाहित हुन्छ ।
  ठूला–ठूला महात्मा एवं बुद्धिमान् पुरुष वीर्यको रक्षा गर्दागर्दै पनि निर्बल प्रतीत हुन्छन् । यसको कारण यही नै हो कि तिनले मस्तिष्कबाट धेरै काम लिनु पर्दछ, जसबाट रक्तादि पोषक भाग विचार शक्तिको साथ अधिक खर्च हुन्छ । रात दिनको पढाइको कामले विद्यार्थीको शारीरिक बल पनि नष्ट प्रायः हुन जान्छ किनभने चिन्ता, भय आदि विचारको कारण रक्तको गति मन्द हुन जान्छ र रक्तको कमी भयो भने बल कहाँबाट बढोस् ? तर बुद्धिमान् मनुष्यहरूको मस्तिष्क बडो बलबान् हुन्छ, जो भिन्न–भिन्न प्रकारको अनुभवलाई उत्पन्न गर्दछ । अतः यदि मस्तिष्कबाट धेरै काम लिइन्छ भने यसबाट निर्बलता पनि अवश्य हुन सक्छ ।
  मस्तिष्कलाई बलवान् बनाउने खाद्य पदार्थ तीन प्रकारका हुन्छन्; सत्वगुणी, रजोगुणी र तमोगुणी । यिनमा पनि सत्वगुणी पदार्थको धेरैजसो भाग मस्तिष्क–बलवर्धक छ । रजोगुणी पदार्थले शरीरमा एक प्रकारको जोश वा वेग उत्पन्न गर्दछन् तर मस्तिष्कको शक्तिलाई शीघ्र व्यय गरिदिन्छन् । यसैप्रकार तमोगुणी पदार्थ केवल मेदा भएर शरीरलाई मोटो गराउँछन् तर मस्तिष्कलाई धेरै प्रकारको हानि पु¥याउँछन् किनभने शरीरलाई मोटो गर्ने पदार्थ मस्तिष्कलाई कहिल्यै बल वृद्धि गर्न सक्तैनन् । यसैले सदा सत्वगुणी पदार्थहरूको नै सेवन गर्नु पर्दछ । जस्तो दूध, घिउ, चामल, गहुँ, जौ, केरा, अंगूर, स्याउ आदि नाना प्रकारका फल तथा वनस्पति आदि हल्का पदार्थ भोजन गर्नु धेरै हितकारी हुन्छ ।

मस्तिष्कको निर्बलताको कारण

  अनुचित भोजन, अशुद्ध वायु सेवन, मलिन वस्त्र धारण तथा शरीरलाई मलिन राख्नु, अधिक विचार गर्नु, यी कार्यहरूबाट र मादक पदार्थ सेवन, साँघुरो (कसिएका) बस्त्र, साँघुरो जुत्ता लगाउनाले मस्तिष्कमाथि धेरै बोझ पर्दछ । अधिक व्यायाम गर्नु वा किञ्चित पनि व्यायाम नगर्नुबाट पनि पनि मस्तिष्क निर्बल हुन्छ । धेरै हो–हल्लाको बीचमा बसेर र कमर झुकाएर पढ्नाले मस्तिष्कलाई धेरै हानि पुग्दछ । उस्तै नै भोक लाग्दा व्यायाम गर्नाले तथा भोजन गरेर तत्काल लेख्न पढ्ने वा विशेष विचार गर्नाले पनि मस्तिष्क र आमाशय दुवैलाई हानि पुग्दछ किनभने भोजन पचाउनका लागि आमाशय रक्तलाई आफूतिर खिंच्दछ र मानसिक कार्य गर्नाको लागि मस्तिष्क रक्तलाई आफूतिर खिंच्दछ र मानसिक कार्य गर्नाको लागि मस्तिष्क रक्तलाई आफूतिर खिँच्दछ । त्यसैले भोजन गरेर तत्काल कुनै कार्य गर्नु राम्रो होइन । त्यस्तै मासु, अमिलो, पीरो, रूक्ष(रूखो) अन्न तथा सडे गलेको बासी अन्न र ढिलो पच्ने भोजन तथा अफिम, गाँजा, भाङ, ताडी, तमाखु, सिरका आदिको सेवन तथा अति मैथुन, हस्त मैथुन, काम, क्रोध, लोभ, मोह, मद आदि कार्य मस्तिष्कलाई हानि पु¥याउने हुन्छन् ।
  धेरै लेख्ने, पढ्ने, राति धेरै जागा बस्ने र नियम विरुद्ध कार्य गर्नाले, मानसिक रोगहरूले स्वास्थ्यमाथि ध्यान नदिनाले र विचार सम्बन्धी कार्य धेरै गर्नाले असहय विक्षिप्तता रोग, बौलाहापन आदि उत्पन्न हुन जान्छ । शिरमा पीडा, निद्रा कम आउनु, स्मरण शक्ति घट्नु, रिङ्गटा लाग्नु, अरूचि, मन्दाग्नि, स्वप्नावस्थामा वीर्यपातादि लक्षण प्रथम अवस्थाका हुन् । केही दिनपछि रोगीको स्वभाव पनि बदलिन्छ । क्रोध र चिड्चिडाहट बढ्छ । मुखको कान्ति घट्दै जान्छ र प्रत्येक कार्यमा आलस्य आदि लक्षणहरूबाट प्रकृति सूचना दिन्छ “अब तिमीले सम्हालिनु आवश्यक छ ।” यदि रोगी यतिमा पनि चेतेन भने रोग बढ्दै आँखामा निर्बलता आइहाल्छ र प्रमेह, नपुंसकता, पक्षाघात, लकवा, मलावरोध, अग्निमान्द्य, शरीरको पहेंलोपना आदि भयङ्कर रोग भएर जीवनलाई नष्ट प्रायः गरिदिन्छन् । यसैले प्रथम अवस्थामा नै यसको उपाय गर्नु पर्दछ ।

मस्तिष्कको निर्बलता निवृत्तिका उपाय

   मस्तिष्कको निर्बलताबाट सब काम अधुरै हुन्छन् । अतः मस्तिष्कलाई बलवान् बनाउनका लागि परीक्षित केही प्रयोग तल दिइन्छन् । यसमा सर्वप्रथम शारीरिक स्वास्थ्यको आवश्यकता हुन्छ र स्वास्थ्य ठीक राख्न नियमित आहार–विहार अर्थात जहाँसम्म हुन्छ सब काम नियमपूर्वक गर्नु पर्दछ । जस्तो ब्रह्ममुहूर्तमा उठ्नु, शैच–स्नान, व्यायाम, भोजन, वायु सेवन, शयन आदि नियमपूर्वक उपयुक्त रीतिले गर्नु आदि नियमानुकूलताको मस्तिष्कमाथि विशेष प्रभाव पर्दछ । मस्तिष्कको शक्तिलाई घटाउने तमोगुणी वा रजोगुणी पदार्थको सेवन गर्नु हुँदैन । मादक–पदार्थ विशेषतः बुद्धि र मस्तिष्कलाई हानिकारक छन् । काम, क्रोध, लोभ आदिलाई त्यागेर शान्ति धारण गर्नु तथा सन्ध्या–बन्दना र प्राणायाम गर्नु तथा दया, धर्म, परोपकार आदि गुणहरूलाई धारण गर्नु परमोपयोगी छ । यस प्रकार निम्न लिखित क्रियाहरू पनि यसमा धेरै सहायक सिद्ध भएका छन् ।
  सोझो उभिएर शिरलाई जहाँसम्म हुन्छ पछाडि झुकाउ, यसबाट छाती र पेटको भाग माथि उठेको हुन्छ र शिर तल हुन्छ । दोस्रो रीति– आफ्नो हातले जमीनमा टेकेर भित्ताको सहारा लिई शिर तल पाउ माथि गरेर उभिनु । यस क्रियालाई योगशास्त्रमा विपरीत करणी भनेको छ । यी क्रियाहरूबाट मस्तिष्क, छाती, ग्रीवा, हृदय, बाहु, मेरुदण्ड आदि सब अङ्गहरूको बल बढ्छ र ती पुष्ट हुन्छन् । यसरी सब शरीर नै बलवान् हुन्छ । यी अङ्गहरूमा बढी महत्वका नाडीहरू हुन्छन् जो अद्भुत कार्य गर्दछन् । मेरूदण्ड निर्बल रहनाले मस्तिष्क पनि निर्बल रहन्छ किनभने यस भागमा मस्तिष्क मुनि ती नसा छन् जो मस्तिष्कलाई बलवान् बनाउँछन् र साथै शरीरको पाचन शक्तिलाई पुष्ट गरेर अन्य अङ्गहरूलाई बलवान् बनाउनमा सहायक हुन्छन् ।
  कण्ठको मध्य–भागमा एउटा यस्तो ग्रन्थि छ जसलाई जालन्धर बन्ध (Thyroid gland)भनिन्छ । यसमाथि दबाब पर्नाले प्राणहरूको निरोध हुन्छ र मेरूदण्ड तथा मस्तिष्कका कैयौं भागहरूमा तीव्र प्रभाव पर्दछ ।

मस्तिष्कलाई बलवान् बनाउने उपायहरू

  १. निम्नलिखित औषधीहरू पनि मस्तिष्कलाई बलवान् बनाउन र स्मरण शक्ति वर्धनमा परमोपयोगी सिद्ध भएका छन् । यसैले पाठकगणहरूको लाभार्थ लेखिन्छः मुगाभस्म, सारश्वत घृत, ब्राह्मी आरिष्ट, ब्राह्मी तेल, सारश्वत चूर्ण, सारश्वतारिष्ट, मालकङ्गनीको तेल, कागजी बदाम आदि फलहरूको बलानुसार युक्तिपूर्वक सेवन गर्नु पर्दछ । पाठकहरूको लाभार्थ र सर्वजन उपकारार्थ मेरो आफ्नै कति पटकको अनुभव तथा अरूमाथि अनुभव गरिएको प्रयोग पनि यहाँ लेखिन्छ जसबाट निर्बल मस्तिष्कवालाहरूले पनि लाभ उठाउन सकून् । ब्राह्मी १ तोला, बच ६ मासा, मिठो कुठ ६ मासा, फर्सीको बियाँ २ तोला, उस्तरबद्दूस ९ मासा, धनियाँ ९ मासा, गोरखमुडी ९ मासा, गुलाफको फूल १ तोला, बदामको गुदी १० दाना, मालकङ्गनी १ तोला, वंशलोचन २ तोला, सानो सुकुमेलको दाना १ तोला, मिस्री १० तोला सबलाई पिनेर ९ मासा औषधी चाँदीको बर्क (तपक) १ वा सुनको बर्क (तपक) १, मलाई वा मखन दुई तोलामा मिलाएर खानाले मस्तिष्कको निर्बंलता अवश्य दूर हुन्छ ।
 २.  तिमी आफू नै आफ्नो चरित्रका निर्माता हौ । संकल्प–शक्तिले नै मनुष्को चरित्रलाई अद्भुत रीतिबाट बनाउँछ । मस्तिष्कमा अटुट शक्ति भरिएको छ । मस्तिष्क नै सांसारिक सिद्धिहरूको कारखाना हो । कष्ट सहन गर्नाको लागि यदि संकल्प–शक्ति दृढ छ भने मस्तिष्कलाई चाहे जस्तो ढाल्न सकिन्छ बारम्बार अभ्यास गर्नाले नै इच्छा–शक्तिलाई उत्तेजना मिल्दछ र मस्तिष्कको केन्द्र बलवान् भएर चाहिएको इष्ट कार्यमा प्रवृत्त गर्न सकिन्छ । जस्तो मनको शासन शरीरमाथि हुन्छ, उस्तै नै इच्छाको शासन पनि मनमाथि हुन्छ । इच्छा आत्म–संयमको लागि आत्म–शक्ति हो तैपनि आत्माले यस कुराको निर्णय गर्नु पर्दछ कि कुन रीतिबाट यस शक्तिलाई प्रयोग गर्ने । इच्छाशक्तिलाई आफ्नो अधिकारमा गर्नु परमावश्यक छ ।

इच्छा–शक्ति

 संसारमा इच्छा–शक्ति संकल्पमा परिवर्तन हुन जान्छ । संकल्पबाट मनुष्य र मनुष्यबाट संकल्प हुन्छ । मानिसको इच्छा–शक्तिले नै भाग्यलाई बनाउँछ र त्यही नै जित्ने शक्ति पनि हो ।
 विजयको भावना जीवनको सबै कार्य र व्यवहारमा तबसम्म धारणा गर्नु पर्दछ जबसम्म आत्म–शक्ति आत्मविश्वासमा स्थिररूपले परिणत हुँदैन । जब मनमा विपरीत भावना उठ्छ, तब त्यसलाई बिल्कुल झुट्टा सम्झ । यस रीतिबाट सदा उदासीन भावहरूलाई दूर गर्न सक्नेछौ ।
 एकान्तमा बसेर मनलाई शान्त गर र पूर्वोत्त उत्तेजित भावहरूमा प्रवृत्ति गरेर उत्साहित र आनन्दित भएर निम्नलिखित भावना गर । केही समयसम्म यी भावनाहरूलार्य मनमा सञ्चार हुन देऊ–
 “म सिद्धिको लागि सिद्ध हुँ । म अवश्यमेव सिद्धिलाई प्राप्त गर्ने छु । मैले सिद्धि प्राप्त गरिसकेको छु ।”

मानसिक स्वतन्त्रता

 मानसिक स्वतन्त्रता मनुष्यको सबभन्दा ठूलो जित हो । सदा यही ध्यान गर्नु पर्दछ कि मैले दुःखहरूलाएै नष्ट गरिदिएँ, म स्वतन्त्र आत्मा हुँ । प्रातः काल एकान्तमा शरीरलाई स्थिर र मनलाई शान्त गरेर उपयुक्त भावनालाई मनमा बारम्बार धारणा गर र साथसाथै के कुराको निश्चय गर भने चुम्बकको समान इच्छा–शक्तिलाई साध्ना लागि मैले दृढ संकल्प गरेको छु । यस अभ्यासलाई चाहे जुन समयमा पनि गर्न सक्छौं । जो भइराखेको छ, त्यसको वास्ता नगर, सोझो उभिएर गहिरो श्वास लेऊ र भित्र आफूमा महाशक्तिको भावना गर ।
 “म समर्थ छु, जुनसुकै काम पनि जब म हातमा लिनेछु त्यसलाई अवश्य पूरा गर्ने छु ।” यस मन्त्रलाई पूर्ण शक्ति र आत्म–संयमका साथ दिनमा धेरै पटक जप गर । यदि स्थिरता साथ यसलाई उपदेश मानेर अभ्यास ग¥यौभने इच्छा–शक्ति, आकर्षक–शक्ति, मानसिक–शक्ति र व्यावहारिक योग्यताको विकास, आफ्नो तथा अरूको लागि पनि गर्न सक्छौ । गर्नु, नगर्नु तिम्रो हातमा छ ।
 “यादृशी भावना यस्य सिद्धि र्भवति तादृशी ।” त्यसको लागि यत्न गर । त्यसमाथि विचार गर, यत्न गर, काम गर, तत्पर होऊ, आशा राख, तिम्रो इच्छा–पूर्ति शीघ्र होला । जति शीघ्रता र निश्चयले मन त्यसमा लाग्नेछ, उति नै शीघ्रतासाथ कार्य सिद्धि हुनेछ, यसमा किञ्चित पनि सन्देह छैन । गरेर हेर । जो आत्मविजय गर्दछ, उसलाई सर्ववस्तु सुलभ हुन जान्छ । उद्योगी मनुष्यलाई अवसरको कमी हुँदैन ।
  विचारहरूको उत्पत्ति स्थान मणिपूरक चक्र हो । जहाँबाट परावाणी उत्पन्न हुन्छ, उहींबाट शुभाशुभ विचार उत्पन्न भएर सूक्ष्म नाडीहरूद्वारा जब मस्तिष्कमा पुग्दछ, तब त्यसको स्पष्ट ज्ञान उत्पन्न हुन्छ । यस्तै इच्छा–शक्ति, ज्ञान–शक्ति, क्रिया–शक्ति आदिको केन्द्र पनि मणिपूरक चक्र हो । विद्युत शक्ति उत्पादनका लागि ठूला–ठूला यन्त्रहरूको आवश्यकता हुन्छ । तर हाम्रो सानो जस्तो विचार–शक्ति यन्त्रबाट कम्पन, ताप, शब्द, प्रकाश र लौह चुम्बकवत् मानसिक–शक्ति, इच्छा–शक्ति, प्रेम, क्रोध, बुद्धि, बल आदि कति शक्तिहरू उत्पन्न हुन्छन् ।

मस्तिष्कको एक अर्कामा प्रभाव

 जब मस्तिष्कमा प्रेम, विरोध, प्रशंसा वा निन्दाको लहर उठ्दछ, तव त्यसले अर्काको मस्तिष्कमाथि आफ्नो प्रभाव पार्दछ । पहिलाको मस्तिष्कको प्रभावबाट दोस्राको मस्तिष्कमा प्रेम वा वैरभावना उत्पन्न हुन जान्छ । यदि तिमी कसैसँग प्रेम गछौं भने ऊ पनि तिमीसँग प्रेम गर्ला र शत्रुता गर्छौ भने शत्रुता गर्ला । धेरै जसो देखिएको छ कि जस्तो विचार तिम्रो मस्तिष्कमा अर्काको प्रति उत्पन्न हुन्छ, ठीक उस्तै विचार उसको मनमा तिमीप्रति पनि उठेको हुन्छ ।
 मनको सम्बन्ध मस्तिष्कसँग छ र मस्तिष्कको भित्र जो आकाशको भाग छ त्यसमा पहिले विचार उत्पन्न हुन्छ । मस्तिष्काकाश महाकाशको व्यष्टिरूपको अवयव हो । जब विचार वा इच्छा यस मस्तिष्काकाशमा फैलिन्छ, तब त्यहाँबाट वायुद्वारा महाकाशमा फैलिन जान्छ अर्थात् इच्छा–शक्तिका सूक्ष्म धाराहरू मस्तिष्कको पर्दालाई पार गरेर अधिक बलवान् भएभने शीघ्र बाहिर निक्लेर बडो बेगले महाकाशमा फैलिन्छन् र यदि इच्छा–शक्ति निर्बल भ एभने कठिनाइले पर्दा पार गरेर आस–पासमा हराउँछन् ।

मानसिक शक्ति

 जब मनन क्रियामा मस्तिष्कले चेष्टा गर्दछ तब स्थूल मस्तिष्कमा पांशुवर्णवाला प्रकृतिका रन्धहरूको वृद्धि हुन्छ । मृत्युपछि पशु शरीरको परीक्षा गर्नाले के प्रतीत हुन्छ भने विचारशील पुरुपहरूको मस्तिष्क अरूको अपेक्षा अधिक ठूलो मात्र होइन त्यसमा आवृत्तिहरूको (Grooves) संख्या पनि धेरै हुन्छ । यी आवृत्तिहरूबाट पांशुवर्णवाला मज्जातन्तुगत प्रकृतिलाई, जो मन क्रियाको समीपवर्ती यन्त्र हो, धेरै ज्यादा स्थान मिल्दछ । यसैगरी स्थूल शरीर र स्थूल मस्तिष्क व्यायामद्वारा विकसित हुन्छन् । अतः जो तिनलाई उन्नत र पुष्ट गर्न चाहन्छन् उनले निरन्तर प्रतिदिन मानसिक शक्तिहरूको उन्नति र वृद्धिका लागि मनन–क्रियाको अभ्यास गर्नु पर्दछ । यसबाट स्वाभाविक शक्तिहरू पनि धेरै चाँडो उन्नत हुन्छन् र तिनको प्रभाव मानसिक तथा शारीरिक विकासहरूमाथि धेरै बेगले पर्दछ । यो अभ्यास नियमबद्ध हुनु पर्दछ, जसबाट यसको प्रभाव पूरा–पूरा भएपछि मानसिक शक्तिको वृद्धि हुन्छ र जीवनका साधारण प्रश्नहरूमाथि पूर्वापेक्षा अधिकतर विचार गर्नमा सरलता र सामथ्र्य प्राप्त हुन्छ ।
 नीति एक न्यायशील वेतनाध्यक्ष हो । यो सबैलाई उति नै दिन्छ, जति उसले कमाएको छ । एक कौडी पनि त्यो अधिक दिँदैन । यसैले जो उन्नत दिव्य शक्तिरूप वेतन लिन चाहन्छन् उनले गूढ विचारद्वारा त्यसलाई प्राप्त गर्नु पर्दछ  जिज्ञासुहरूलाई जुन विषयमा रुचि छ त्यस विषयको एउटा ग्रन्थ खोज्नु पर्दछ, जसको कर्ता योग्य पुरुष होस् र जसमा नयाँ–नयाँ गूढ विचार हुन् । यस्ता पुस्तकको एक दुई वचन सुस्त–सुस्त पढेर एकाग्र चित्तले गूढ विचार गर । तर जति समयसम्म विचार गर्छौ त्यसभन्दा दुई गुणा समयसम्म मनन गर्नु धेरै उत्तम छ किनभने पढ्नाको प्रयोजन केवल नयाँ –नयाँ विचारहरू र युक्तिहरूलाई प्राप्त गर्नु नै होइन बरू मानसिक शक्तिहरूलाई पुष्टि दिनु पनि हो । त्यसैले आधा घण्टा प्रतिदिन यस अभ्यासमा लाग्नु पर्दछ । तर नव–शिक्षकको लागि चौथाइ घण्टा (पन्त्र मिनेट) पनि धेरै छ किनभने एकाग्रतापूर्वक गूढ विचार गर्दा पहिले पहिले थकाइ महसूस हुन्छ ।

एकाग्र चित्त र त्यसको शक्ति

 मानिसका मनमा सदैव नयाँ विचार उत्पन्न हुँदै रहन्छन् । मानसशास्त्र वेत्ताहरूले के सिद्ध गरेका छन् भने मानिस जो श्वास लिन्छ ती प्रत्येक श्वासमा तीन–तीन नयाँ विचार उत्पन्न हुन्छन् । अर्थात एक मिनेटमा ४८ देखि ५४ सम्म नयाँ विचार उन्पन्न हुन्छन् । बन्दुकमा छर्रा भरेर छोड्नाले चारैतिर फैलेर कुनै पुरा परिणाम हुँदैन तर उनै छर्राको गोली बनाएर छोड्नाले भयङ्कर परिणाम हुन्छ । वायु, जल, वाष्प, विद्युत, अग्नि आदिका परमाणु जबसम्म भिन्न–भिन्न भएर फैलिरहन्छन् तबसम्म तिनमा केही पनि शक्ति देखा पर्दैन तर तिनलाई एकत्र गर्नाले तिनमा अद्भुत शक्ति उत्पन्न भई तिनबाट ठूला–ठूला अशक्य काम पनि लिन सकिन्छ । उस्तै नै विचारहरूको शक्ति पनि अपरिमित, अप्रतिहत र अप्रतक्र्य छ तर जबसम्म ती अनेक विषयहरूमा फैलिरहन्छन् तबसम्म तिनको केही पनि फल हुँदैन । तर यदि तिनको ध्यानद्वारा निरोध गरियोस् अर्थात् ती विचारहरूको प्रवाहलाई रोकेर एउटै बस्तुमागि स्थिर गरिन्छ भने तिनमा अद्भुत शक्ति उत्पन्न भएर साधक जुन वस्तुको कल्पना गर्दछ त्यो उसको संकल्पबाट मात्र प्राप्त हुन सक्छ । छान्दोग्य उपनिषदमा भनिएको छ ।
 “यं यं काम कामयते सो ऽ स्यसंकल्पादेव समतिष्ठति”– एकाग्रचित्तले मानिस जुन वस्तुको कामना गर्दछ त्यो वस्तु संकल्पबाट मात्र पनि उसलाई प्राप्त हुन्छ ।

ध्यानशक्ति

   ध्यानद्वारा भिन्न–भिन्न विषयहरूको विचारबाट मनको चञ्चलता निवृत्त भएर त्यसलाई चाहे जुन विषयमा पनि स्थिर गर्ने अभ्यास दृढ हुन जान्छ । जहाँ मन स्थिर भयो त्यहाँ विचारहरूको संयम आफ से आफ हुन जान्छ किनभने मनबाट नै विचार गरिन्छ र विचारहरूको संयमबाट मन केन्द्रिभूत भएर ती विचार जसमाथि झर्दछन् अर्थात् मनको स्थिरताको विचार संयमद्वारा इच्छा सिद्धिको अमोध उपाय हो । तर यदि सूक्ष्म दृष्टिले हे¥यौ भने के ज्ञात हुनेछ भने, विचारहरूमा जुन शक्ति छ त्यो प्राणको शक्ति नै हो अर्थात् प्राण–शक्तिबाट नै विचार शक्तिमान् भएका छन् वा हुन्छन् । विचारहरूको स्फुरणमा प्राण–शक्तिका निरन्तर गतिरूप परमाणु भरिएका छन् । ती मरमाणुहरू पदार्थहरूको संयोग वियोगका विधायक हुन् र त्यस्तै नै कार्याकार्य विधायक हुन् । अग्निलाई शिथिल गर्नु, जललाई पत्थर बनाइदिनु, पृथ्वीलाई कम्पन गरिदिनु, वायुलाई स्तम्भित गरिदिनु आदि सब केवल विचारहरूका नै प्रभाव हुन् । प्रत्येक जड वा चेतन पदार्थहरूको अणुहरूमा विचार–शक्ति हुन्छ तर मानिसमा यो शक्ति धेरै छ । यसैले ऊ सबलाई पादाक्रान्त गर्न सक्दछ ।

विचार, मन र श्वास पारस्परिक सम्बन्ध

   शरीर जड छ तैपनि त्यसमा व्याप्त प्राण–शक्ति निरन्तर गतिमान् छन् । तिनको ध्यानबाट विचार–संयमद्वारा निरोध गरेर मानिस असाध्य कार्य पनि सिद्ध गर्न सक्छ र अलौकिक सिद्धिहरू प्राप्त गर्न सक्छ । ध्यानले निरुद्ध गरिएको प्राण–शक्तिको विचार–रूपबाट हुने सुक्ष्मातिसूक्ष्म स्फुरण पनि हिमालय पर्वतलाई प्रवाही बनाउन सक्दछ । पृथ्वीको कण–कण अलग गरेर हावामा उडाउन सक्छ एवं आकाशलाई निरवकाश बनाएर ग्रह ताराहरूलाई तल खसाल्न सक्छ । ध्यानद्वारा विचारहरूको संयम जति दृढ हुन्छ, उत्ति नै अधिक प्राण–शक्तिको निरोध दृढ भएर उसका स्फुरण शक्ति उत्पन्न हुन्छ । त्यस स्फुरण शक्तिको जति जति केन्द्रीभवन हुँदै जान्छ उति उति त्यो शक्ति तीब्र भएर इच्छा–शक्तिको अनुसार सबलाई आकर्षण गरेर कार्य सम्पादन गर्दछ किनभने प्राण–शक्ति अद्भुत आकार्षण शक्ति हो । मन नै विचार हो र विचार नै मन हो एवं श्वास लिनु नै विचार गर्नु हो र विचार गर्नु नै श्वास लिनु हो । बिनाविचारको मानिस श्वास लिन सक्दैन र बिनाश्वासको विचार गर्न सक्दैन अर्थात् मन, विचार र श्वासको यस्तो घनिष्ठ सम्बन्ध छ कि यसबाट कुनै एकको संयमले तीनौटैको संयम भएर प्राण–शक्तिको स्पन्दन प्रतीत हुन्छ । अर्थात् यी तीनौटै अव्यक्त शक्तिका नै व्यक्त रूप हुन् तर माथि भने अनुसार प्रथम प्राणायामद्वारा श्वासको निरोध गरेबिना सबको लागि आरम्भदेखि नै ध्यानद्वारा मात्र मन र विचारहरूको संयम गर्नु कठिन मात्र होइन अशक्य पनि छ ।
   परमात्माले मानिसलाई मस्तिष्क प्रदान गरेको छ । मस्तिष्कस्थित ज्ञान शक्तिलाई प्राप्त गर्नाले अद्भुत कुराहरू थाहा हुन्छन् । जो मनलाई विकसित गर्दछन् र स्थिर गर्दछन् ती भूत, भविष्यत्का कुरा भन्न सक्दछन् । यसैले तिमी शान्त रहन सिक । दिनभरि शान्त रहने अभ्यास ग¥यौ भने सब सिद्धिहरू प्राप्त हुनेछन् ।

ओजस्

   एकजना विद्वानको के भनाइ छ भने मस्तिष्कमा नै ओजस पनि छ जो पूर्ण शक्तिको भण्डार हो । मस्तिष्कमाथि जहाँ शिखा स्थान छ उहीं सब नाडीहरूको केन्द्र स्थान छ । ओजस् पीतवर्णको हुन्छ । सब नाडी समूह यसै ओजस्मा पौड्ने गर्दछन् । ओजस् एक प्रकारको धातु हो । जो मानिस ब्रह्माचर्यलाई राम्रोसँग पालन गर्दछ, उसमा ओजस् शक्ति धेरै हुन्छ । त्यो तेजस्वी, बलवान् र पुरुषार्थी हुन्छ । उसको मुख तेजले दन्किरहन्छ । उसको वाणी आकर्षक तथा रसिलो हुन्छ । उको नेत्रमा विशेष प्रकारको तेज हुन्छ । यदि कुनै हिंस्रक पशुलाई त्यो आफ्ना् सतेज नेत्रले हेरोस् त त्यस पशुलाई उसमाथि आक्रमण गर्ने साहस हुँदैन । यसको अतिरिक्त ओजस्–पूर्ण व्यक्तिको चारैतिर एक प्रकारको प्रकाश फैलिने गर्दछ ।
    मस्तिष्क नै ओजस् रहने स्थान हो । यसै मस्तिष्कमा नाडीहरूको एउटा समूह छ यसलाई ब्रह्मारन्ध्र भन्दछन् । जो यस ब्रह्मारन्ध्रमा ध्यान गर्दछ त्यो आफ्नो जीवनको अन्तिम लक्ष्य जन्म मरणको चक्रबाट छुटकारा पाउँछ । यस मस्तिष्कलाई प्रकृतिले सबैतिरबाट सुरक्षित गरिराखेको छ । यसैले हामीले पनि ओजस् उत्पन्न गरेर यसको रक्षा गर्नु पर्दछ ।
    जो कामी, क्रोधीर विषयी हुन्छ उसमा ओजस्, बल,पराक्रम हुँदैन । उसको मस्तिष्क निर्बल हुन्छ । यसैले मस्तिष्कलाई कहिल्यै बिग्रन दिन हुँदैन ।

आहारबाट मस्तिष्कमा पर्ने प्रभाव

   आहारबाट रक्त र रक्तबाट ज्ञान–तन्तु बन्दछन् । ज्ञान–तन्तुहरूबाट विचार बन्दछन् । यसैले सदैव सात्विक भोजन गर्नु पर्दछ । आहार जीवन स्थिर राख्नको लागि गर्नु पर्दछ, स्वादको लागि होइन । गरिष्ट र चट्पटे अमिलो, रूक्ष भोजन आदि गर्नु हुँदैन । आहारको कमीले मस्तिष्क निर्बल हुन जान्छ र अधिकताले त्यसमा जडता आउँछ; त्यसैले हितकर र परिमित भोजन गर्नु पर्दछ ।
   व्यायाम आफ्नो बलानुसार अवश्य गर्नु पर्दछ । यसबाट सब शरीरको सङ्गठन होस् । अति काम, क्रोध, लोभ, मोह मस्तिष्कलाई उत्तेजित गर्दछन् । त्यसैले यिनबाट बच्नु पर्दछ, जसबाट तिनको अनिष्ट परिणाम मस्तिष्कमा हुन नपाओस् । नसोधी, नबुझी मुखबाट कुनै कुरा ननिकाल । राम्रोसँग सुनेर, बुझेर बोल्ने प्रयत्न गर । जहाँसम्म हुन्छ बोल्ने कम र काम धेरै गर्ने गर्नु पर्दछ । सदा अन्तर–बाह्य पवित्र राख । आफ्ना विचार शुद्ध र पवित्र राख । पवित्रता र शान्तिको विचारहरूबाट मस्तिष्कमा ओजस् उत्पन्न हुन्छ ।
   मस्तिष्कको प्रथभ भाग बुद्धि सम्बन्धी काम गर्दछ र सानो मस्तिष्क जो मेरूदण्डको छेउ हो, त्यो इच्छानुवर्तिनी मांस–पेशीहरूलाई गति प्रदान गर्नछ ।
   अनुचित भाव तथा विचारहरूलाई मस्तिष्कमा प्रवेश हुन नदेऊ । दृढता साथ मनमनै भन “हे मलिन विचारहरू हो ! तिम्रो लागि यहाँ कुनै स्थान (ठाउँ) छैन यसैले जाऊ, गइहाल ।” ती तत्काल गइहाल्नेछन्, लोप हुनेछन् ।

शुद्ध विचारको अभ्यास

   सन्ध्याकाल वा रात्रिको अन्धकारमा आँखा चिम्लेर आफूभित्र नियाल र जे–जे त्रुटिहरू तिमीभित्र छन् तिनलाई निकाल्ने प्रयत्न गर । जे कुरा तिमी चाहन्छौ त्यसको मनमा कल्पना गर । बारम्बार यस्तो चिन्तन गर्नाले मस्तिष्कमा तिनको ध्यान चिरस्थायी हुन जाने छ र जीवनमा भित्रभित्रै परिवर्तन हुन लाग्नेछ ।
   नित्य उच्च विचार वा वाक्य सावधानीले चुन र तिनलाई कष्ठस्थ गर । फेरि साधन गर्ने बेला तिनको स्मरण गर र हेर कि कष्ठस्थ छ कि छैन । जब त्यो विचार वा वाक्य मस्तिष्कमा स्थिर हुन जान्छ अरू नयाँ भावहरूको संग्रह गर ।
   जुन मनुष्यहरूले तिमीलाई हानि पु¥याए, तिम्रो निन्दा गरे अथवा जो तिम्रा शत्रु छन्, उनका व्यवहारहरूलाई बिल्कुल बिर्सिदेऊ । उनका अनिष्टकारी प्रभावहरूलाई आफ्नो मस्तिष्कमा ग्रहण हुन नदेऊ । उनका प्रति दया र क्षमाका विचारहरूलाई प्रेरित गर, कहिल्यै कसैको निन्दा नगर, ग¥यौ भने त्यसको नराम्रो असर तिमीमा नपरी रहने छैन ।
   एकान्तमा बसेर १० मिनेटसम्म आँखा चिम्लेर मस्तिष्कमा पीतवर्णको ज्योतिको ध्यान गर, यसबाट तिम्रो मस्तिष्कमा ओजस्को वृद्धि भई मस्तिष्क बलवान् हुनेछ ।
   आँखाको सामुन्ने पहेंलो रङ्गको ज्योतिको ध्यान ग¥यौ भने तिम्रो देहको आलस्य घटेर बुद्धि विकास हुनेछ । काम, क्रोध, चिन्ता, निराशा, भय, मोह, उद्वेग आदि विकरहरूबाट प्राणहरूको गति तिव्र हुन जान्छ । त्यसमा जीवन–शक्तिको ह्रास भएर मृत्युसम्म हुन जान्छ । यसैले सब विचारहरू र भावहरूलाई त्यागेर सदा उच्च र शुद्ध भावनै मनमा राख्नु पर्दछ ।
                                            विचारहरूको रूप र रङ्ग
   अनुभवी महात्माहरू के भन्दछन् भने जगत्को प्रत्येक जड वस्तुको जसरी आकार र रङ्ग हुन्छ उसरी नै विचारहरूको पनि रङ्ग र आकार हुन्छ । तर विचार सूक्ष्म छन्, यसैले उनको र रङ्ग र आकार हुन्छ । तर विचार सूक्ष्म छन्, यसैले उनको आकार र रङ्ग यी बाहिरी नेत्रहरूबाट देखिदैनन् । केवल जसको अन्तर्दृष्टि छ, उनैलाई देखा पर्छ ।

रूप–

१. एउटी केटी आफ्नो पाल्तु पक्षीको मृत्युमा विलाप गरिरहेकी थिई, त्यसै समय उसको फोटो लिइयो । मृत पक्षीको फोटो पिजरा सहित प्लेटमा आयो ।

२. एउटी स्त्री आफ्नो मृत बालकको शोकमा तल्लीन भएर बसेकी थिई । उसको फोटो लिइयो, मरेको बालकको फोटो चित्र–प्लेटमा आयो ।

३. एउटा सिपाही आफ्नो मनमा गरूड पक्षीको चिन्तन गर्दै थियो, उसको फोटो लिइयो । प्लेटमा सुन्दर पक्षीको आकार प्रकट भयो ।

  यी मानसिक चित्र एकत्रित विचारहरूबाट बन्दछन् । यसबाट के सिद्ध हुन्छ भने जसरी बिजुलीद्वारा बेटारबाट खबरहरू दिइन्छन् उसरी हामी आफ्नो मित्रलाई ऊ चाहे जति टाढा होस्–मानसिक सन्देश कुनै यन्त्रबिना दिन सक्छौं । यसबाट के सिद्ध हुन्छ भने विचार शक्ति अथवा इच्छा शक्ति लौह–चुम्बकको समान प्रभावशाली शक्ति हो ।
  विचारहरूको असर केवल फोटो प्लेटमा चित्र बनाउन मात्र होन विज्ञानबाट यो पनि ज्ञात भएको छ कि विचारको बेला मस्तिष्कमा विद्युत उत्पन्न हुन्छ । यसको असर पनि मिकनांतिसी सुईद्वारा नापिएको छ । जहाँ बिजुली हुन्छ त्यहाँ आकाशका परमाणुहरूमा कम्पन हुन्छ । यसैले संकल्पद्वारा प्रत्येक मनुष्य आकाशमा परमाणुहरूको गतिलाई बदलिदिन्छ । परमाणुहरूको गति बदलिनाले आकाशमा रूप बन्दछन् । यी रूपहरूलाई संकल्प–रूप भन्दछन् । ती रूप आकाशमा परमाणुहरूद्वारा बन्नाको काराण चर्म–चक्षुहरूद्वारा देखिदैंन् । जस्तो संकप हुन्छ, उसको उस्तै नै रूप हुन्छ र यसैको अनुसार रूपको रङ्ग पनि हुन्छ । आकाशमा संकल्पद्वारा नाना प्रकारका रूप बन्दछन्, यी रूपहरूको बाह्य–रेखा कहिले स्पष्ट र कहिले अस्पष्ट हुन्छ । संकल्प जति बढी तीव्रता हुन्छ, उत्ति नै स्पष्ट रेखा पनि उसको हुन्छ । यदि संकल्प दृढ निश्चययुक्त छ भने त्यसको रूपले पनि एउटा विशेष आकार धारण गर्दछ । मनमा कुनै लक्ष्य निश्चित संकल्प आकाशमा कम्पन त उत्पन्न गर्छ, तर त्यसको रूप स्पष्ट नबन्ला ।
  प्रेममय भावले उत्पन्न भएका संकल्पबाट सुन्दर फूलहरूका आकार बन्दछन् र भक्ति भाव तथा ईश्वरबाट सुन्दर फूलहरूका आकार बन्दछन् र भक्ति भाव तथा ईश्वराराधनाले गुंबजका समान कमलाकार रूप बन्दछन् । क्रोध र हिंसाको संकल्पबाट छुरा र बरछीका आकार बन्दछन् र आकाशको प्रवाह यी रूपहरूलाई धारणा गरेर ध्येय पुरुषतिर जान्छ र उसलाई मानसिक उपाधि गरेर आफ्नो प्रभाव पार्दछ । संकल्पका नाना प्रकारका चित्र उसको तेजोमय बन्दछ, जो कि प्रत्येक मनुष्यको चारैतिर दुई–दुई फीट फैलिरहन्छ ।

रङ्ग

  यी नै विचारहरूको लघुता र पुष्टताका अनुसार रङ्ग र आकार पक्का, कच्चा र अधूरा पनि हुन्छन् तथा न्यूनाधिक समयसम्म टिक्छन् अर्थात् यदि कुनै विचार बारम्बार लक्ष्यपूर्वक गरिएको छ भने त्यसको आकार धेरै राम्रो र पूरा हुन्छ तथा त्यसको रङ्ग पनि पक्का हुन्छ । यसैले त्यो विचार पनि धेरै दिनसम्म रहन्छ तथा जो विचार हल्का रूपले र थोरै कालसम्म मात्र गरिन्छ त्यसको रङ्ग कच्चा हुन्छ । यसैले त्यो थोरै नै कालसम्म रहन्छ र पछि मेटिएर जान्छ ।
  भक्ति विषयक विचारको रङ्ग आकाशवत् आसमानी हुन्छ । त्यसको आकार विविध पुष्पहरू, सुन्दर लताहरूको जस्तो हुन्छ । जुन प्रकारको भक्ति छ, उस्तै प्रकारको पुष्पहरूको जस्तो आकार हुन्छ । कमलको फूल, बेलीको फूल, चमेलीको फूल वा धतूर आदिको फूलको आकार जस्तो भक्तिका विचारहरूको पनि आकार हुन्छ । यस्तै नै यदि कुनै कामोद्वेगबाट विचारको उत्पत्ति भएको छ भने त्यसको रूपमा लाल रङ्ग धेरै हुनसक्छ किनभने कामोद्वेगले सारा शरीरको रक्त क्षुभित भएर एक प्रकारको सनसनी शरीरमा फैलिन्छ । यसैले ती विचारहरूको रङ्ग पनि लाल हुनु अवश्यम्भावी छ । यदि तर्क वितर्कयुक्त विचार छन् भने तिनमा पहेंलो रङ्ग धेरै हुनसक्छ ।
  प्रेम र भक्तियुक्त विचारहरू भए पछि त्यसको रङ्ग गुलाबी जस्तो हुन्छ । यदि विचारहरूमा स्वार्थपरता अधिक छ भने त्यसमा हरियो रङ्ग प्रधान हुन्छ । यदि संकल्प क्रोधयुक्त छ भने त्यसको रङ्ग कालो र लाल हुन्छ । त्यो क्रोधी मानिसको तेज ९ब्गचब० बाट निक्लेर आकाश मार्गबाट त्यस मानिसतिर जान्छ जसमाथि क्रोध गरिएको हो र उसलाई हानि पु¥याउँछ । यसप्रकार जस्तो विचारहरूमा जस्तो भावना हुन्छ, उस्तै नै रङ्ग त्यस रूपमा आउँछ ।
  मन्त्र–शास्त्रहरूमा पूजा–पाठ, कर्मकाण्ड, उपासनादिको मर्यादा बाँधिएको छ । त्यो पनि यसै नियमको अनुसार हो ।
  मन्त्र–शास्त्रहरूमा देवताहरूका रूप, वर्ण,  छन्द, ऋषि आदि भिन्न भिन्न वर्णन गरिएका छन् र उनका सिद्धान्तानुसार मन्त्र–सिद्धिका लागि मन्त्रहरूका छन्द, ऋषि, देवता, वर्ण र रूपको ध्यन तथा विनियोग पनि जपभन्दा पूर्व गर्नु अत्यन्त आवश्यकीय छ । तर हामीहरू आफ्नो मूर्खतावश उक्त ध्यानादिलाई गोरख–धन्धा र मिथ्या कल्पना भनिदिने गर्दछौं ।
  जुन संकल्प एक पटक मनमा आएर बिलाउँछ त्यसको रूप धेरै चाँडो नष्ट हुनजान्छ तर स्थिर संकल्प मनमा दीर्घकालसम्म बनिरहन्छ र बारम्बार चिन्तन गर्नाले दृढ हुन जान्छ । यो कुरा कोरा कल्पना मात्र वा निर्बल चित्तको भ्रम होइन, अनुभव सिद्ध हो । हिजो आज अमेरिकादि पश्चिमी देश–निवासीहरूले विचारहरूको आकारको फोटो लिएका छन् र विचारहरूका रङ्गहरूका विषयमा धेरैजसो पुस्तकहरूमा वर्णन पनि गरिएको छ । विस्तार भयले यहाँ केवल दिग्दर्शन मात्र गराइएको छ ।
  राम्रा विचारहरूको रङ्ग धेरै सुन्दर र प्रकाशमान हुन्छ जसरी रेडियमको प्रत्येक परमाणु सदैव प्रकाशमान रहन्छ र त्यसबाट तेज सधैं निक्लिरहन्छ, उसरी नै विचारका परमाणुको चारैतिर एक प्रकारको स्वभाविक तेज तथा रङ्ग हुन्छ । यसका धेरै जस्ता परमाणु मिलेर प्रकाशमान र सुन्दर प्रतीत हुन्छन् । तिनले आफ्नो प्रकाशको अनुसार हामीमाथि प्रभाव पार्दछन् । यसबाट जब कुनै नवीन विचार मनमा आउँछ तब हाम्रो मनमा एक प्रकारको उज्यालो जस्तो हुन जान्छ । त्यस प्रकारको गर्मी हाम्रो मस्तिष्कमा पुग्न जान्छ । जसरी विजुलीबाट हाम्रो शरीरमा सन्सनाहट उत्पन्न हुन्छ, उसरी नै नयाँ विचारको प्रकाशले हामीमा कुनै नयाँ चेतना आउँछ । यी सब विचारहरूको प्रभावबाट नै हुन्छ । विचारका परमाणु छन् । यसैले योगी तथा मानसिक शक्ति भएका मानिस विचारहरूलाई असली रूप–रङ्गसहित देख्न र बुझ्न सक्दछन् ।
                                 राम्रा विचार र नराम्रा विचार
               राम्रा र नराम्रा विचार आफ्ना जातिका अनुसार आफूतिर खिच्दछन्
   एक जातिका पदार्थ आफ्ना सजातीय पदार्थलाई आफूतिर खिच्ने र परस्पर मिल्ने हुन्छन् । जसरी एक देशको तेल अर्का देशको तेलमा बिनापरिश्रम नै मिल्न जान्छ र पानीमा पानी मिलिजान्छ उसरी नै राम्रो विचार आफ्ना सजातीय राम्रा विचारहरूसँग मिल्दछन् र एक दोस्रालाई परस्पर आफूतिर पनि खिच्दछन् । यसैले सानो जस्तो विचार पनि पछि गएर बलवान् हुन जान्छ । यसै प्रकार नराम्रा विचार पनि आफूतिर नराम्रा विचारहरूलाई खिचेर उनमा मिल्न जान्छन् । तर नराम्रा विचार राम्रा विचारमा मिल्दैनन् तथा राम्रा विचार नराम्रा विचारमा मिल्दैनन् । जस्तो पतिव्रता र वेश्याको मित्रता हुँदैन । उस्तै राम्रा विचारहरूको नराम्रा विचारहरूका साथ सम्मिलित हुँदैन किनभने पतिब्रतालाई वेश्याको संगत रुच्दैन र वेश्यालाई पतिव्रताको संगत रुच्दैन । राम्रा र नराम्रा विचारहरूको विषयमा पनि यही जान्नु पर्दछ । यसैले यदि हामीले राम्रा विचार ग¥यौँ भने हाम्रो नजिक राम्रो विचार आउने छन् र नराम्रो विचार ग¥यौँ भने नराम्रो विचार हाम्रो नजिक आउलान् ।
   हाम्रो मनमा विचारहरूलाई खिच्ने स्वाभाविक शक्ति छ । पृथ्वीमा जड पदार्थहरूलाई खिच्ने स्वाभाविक शक्ति भए झैं मनलाई पनि विचारहरूलाई खिच्नमा विशेष परिश्रम पर्दैन । जसरी चुम्बकमा फलाम स्वतः खिचिन्छ उसरी नै शुद्ध अन्तःकरणमा राम्रा विचार र मलिन अन्तः करणमा नराम्रा विचार आफ से आफ खिचिन्छन् यो अन्तः करणको स्वभाव हो । यसैले हामीलाई त्यसमा विशेष परिश्रम पर्दैन तर तिनका नियमहरूलाई जानेर आफ्ना चरित्र शुद्ध गर्नु पर्दछ ।

विचारको सामथ्र्य

   हाम्रो मनमा धेरै टाढाका विचार खिच्ने सामथ्र्य छ । केवल यति नै होइन, अझै दुरबिनको जस्तो धेरै टाढा स्थित वस्तुलाई हेर्ने सामथ्र्य पनि हाम्रो मनमा छ । यसै शक्तिको बलबाट धेरैजसो महात्माहरू आफ्नो कुटीमा बसी–बसी ब्रह्माण्डका जान्नयोग्य सब कुराहरूलाई जान्न सक्थे र आफ्ना विचारहरूलाई अन्यत्र पठाउन सक्थे । उही शक्ति हामी सबैभित्र छ । तर दुर्वासनाको कारण मन मलिन हुनाले त्यो शक्ति विकसित हुँदैन । यसैले जसरी हुन्छ आफ्नो मनलाई शुद्ध गरेर ती शक्तिहरूलाई विकसित गर्नु पर्दछ । जस्तो फोनोग्राफ बाहिरको शब्दलाई ग्रहण गरी बाहिर निकालि दिन्छ, उस्तै नै मनमा अरूको विचार ग्रहण गर्ने तथा बाहिर निकाल्ने स्वाभाविक शक्ति छ । बेतारको तार पठाउनलाई आफ्नो अगाडि अग्लो स्थानमा दुइटा यन्त्र एउटै प्रकारका लगाइन्छन् । एउटा यन्त्र जहाँबाट तार पाउनु छ वहाँ हुन्छ र दोस्रो जहाँ तार लिनु छ वहाँ हुन्छ । यी दुवै यन्त्र एउटै प्रकारका हुन्छन्, तिनमा किञ्चित पनि भेद हुँदैन । एउटा यन्त्रमा जे क्रिया हुन्छ, उही दोस्रोमा पनि हुन्छ । यसबाट संकेतका चिन्हहरूद्वारा सन्देश बुझ्न सक्छौं । यस्तै नै जसको विचार जान्नु छ या जसलाई विचार पठाउनु छ, ती दुवैको मन शुद्ध र प्रबल शुभेच्छायुक्त छ भने धेरै चाँडो र सरलता साथ एक दोस्राको विचार जान्न सक्छौं तथा बाह्य सहायताको बिना नै धेरै टाढासम्म विचारलाई पठाउन सक्छौं । यस्तो गर्नमा मनलाई विशेष परिश्रम पर्दैन । यो त स्वाभाविक धर्म हो तर अज्ञानवश तुच्छ स्वार्थको कारण प्रकृतिका नियम नबुझ्नाले हामीले यी सब महाशक्तिहरूलाई गुमाइदिएका छौं । यी सब कुरालाई जानेर र पूर्ण तवरले बुझेर आफ्नो मनलाई पवित्र राख्नु पर्दछ । पवित्रताको मूल कारण शुभेच्छा हो । यसैले सदैव शुभेच्छा र शुभ विचार नै गर्नु पर्दछ ।

अरूका मनको विचार जान्ने तथा आफ्ना विचार अरूका मनमा पठाउने नियम

       हिजो आज मनमा मलिनताको यस्तो तह जमेको छ कि त्यसमा मल, विक्षेप, राग, द्वेष आदि कैयौं दोष भरिएका छन् । यसमा जति शुभेच्छा राख्नु पथ्र्यो उति नहुनाको कारण हामी त्यसबाट टाढा रहन्छौं । यसैले हामीले सर्वप्रथम शुभेच्छाद्वारा आफ्नो मन शुद्ध गर्नु पर्दछ ।
       मनमा उठ्ने संकल्प–विकल्पहरूलाई रोकेर स्थिर गरे पछि नै बाहिरका उत्तम विचार आउन सक्छन् । जस्तो स्थिर पानीमा प्रतिविम्ब पर्दछ, त्यो सफा देखिन्छ र बगिरहेको पानीमा प्रतिविम्ब सफा देखा पर्दैन उस्तै नै हाम्रो चित्तवृत्ति स्थिर र मन एकाग्र होस् तब मात्र हामी दोस्राका विचार लिन सक्छौं र सामुन्नेको मानिसको मन पनि एकाग्र होस् तब आफ्नो विचार उसमा पु¥याउन सक्छौं । यस्तै नै ब्रह्माण्डका शुभ विचारहरूलाई आफूतिर खिच्नु छ र आफ्ना शुभ विचारहरूलाई अर्काको नजिक पु¥याउनु छ भने पहिले आफ्नो मनलाई एकाग्र गर्न सिक्नु पर्दछ किनभने चञ्चल मनमा बाहिरका उच्च विचार आउन सक्दैनन् । मनमा जो संकल्प–विकल्परूपी, लहरहरू मनलाई फर्काएर एउटा महान् उद्देश्यमा यसलाई लगाउनु पर्दछ ।
       मानव–विज्ञान वेत्ताहरूका मतानुसार मनबाट उत्पन्न प्रत्येक विचार स्वभावानुसार आफ्नो स्थान खोज्छ र त्यहाँ पुगेर आफ्नो उत्पत्ति स्थानमा फर्केर आउँछ । प्राणी मात्रको मन एउटै सू्त्रमा गुँथिएका छन् र परस्पर एक अर्कामाथि पार्दछन् । स्वाथीएर्् र नराम्रा विचार जहाँ जान्छन् त्यहाँ नराम्रो असर फैलाउँछन् र पवित्र विचार दुःखी हृदयमा शान्ति र आनन्द बढाउने हुन्छन् ।
       यदि तिमी राम्रा विचार गर्छौ भने संसारमा सबैतिरबाट राम्रा विचार तिमीकहाँ आफ से आफ आउन थाल्ने छन् । यसैले सर्वप्रथम आफ्नो मनमाथि अधिकार जमाऊ । तब तिमी जस्तो बन्न चाहन्छौ उस्तै बन्ने छौ । आफ्नो मनलाई वशमा नगरी पूर्ण शक्ति र स्थिर शान्ति प्राप्त गर्ने दोस्रो उपायै छैन ।
       राम्रा विचार सूक्ष्म परमाणुले बनेको कारणमाथि रहन्छन् । यसैले तिनलाई खिच्नमा विशेष परिश्रम पर्दछ र नराम्रा विचार जडतायुक्त हुन्छन् यसैले तल रहन्छन् र सहजैमा भेटिन्छन् । विचारहरूका रूप र आकार पनि हुन्छन् । आकार वान् तथा रूपवान् वस्तु चाहे जति सूक्ष्म होस् त्यसमा केही वजनवाला वस्तु तल रहन्छ र आरोग्यवद्र्धक शुद्ध वायु माथि आकाशमा रहन्छ । अनुभवीहरू के भन्दछन् भने जसरी राम्रो निर्मल जल समुद्रको माथि रहन्छ र खराब जल तल फेदमा रहन्छ उसरी नै उत्तम विचार सूक्ष्म हुनाको कारण माथि रहन्छन् र नीच विचार हीन हुनाको कारण तल रहन्छन् । यसैले जो नराम्रा विचार गर्दछन् उनलाई नराम्रा विचारहरूबाट तत्काल सहायता मिल्दछ किनभने नराम्रा विचार जड्तायुक्त हुने र तल अथवा हाम्रा आसपासमा रहने हुनाले बिना परिश्रम र नबोलाएर नै पनि आफ से आफ दौडी आउँछन् । यस प्रकार जति नराम्रा विचार हामी गर्दर्छौ उत्ति नै अधिक हाम्रो हानि हुनेछ । यसैले सदा के लक्ष्य राख्नु पर्दछ भने एउटा पनि नराम्रो विचार मनमा उत्पन्न हुन नपाओस् । आकाशतत्वमा छरिएका अरूका राम्रा नराम्रा विचार आफूतिर खिच्ने रीति यो हो कि यदि हामी राम्रो विचार गर्छौ भने राम्रा विचार मनमा आउनेछन् र नराम्रा विचार ग¥र्यौ भने नराम्रा विचार शीघ्रतासाथ हामी कहाँ आउनेछन् । यसैले सदा राम्रो विचार गर्नु पर्दछ । प्रकृतिको नियम के छ भने सूक्ष्म वस्तु सूक्ष्मतिर खिचिन्छ र जड वस्तु जडतिर । पवित्रतिर पवित्र, पापीतिर पापी खिचिन्¥र्यौ भने नराम्रा विचार शीघ्रतासाथ हामी कहाँ आउनेछन् । यसैले सदा राम्रो विचार गर्नु पर्दछ । प्रकृतिको नियम के छ भने सूक्ष्म वस्तु सूक्ष्मतिर खिचिन्छ र जड वस्तु जडतिर । पवित्रतिर पवित्र, पापीतिर पापी खिचिन्छ । यदि उच्च श्रेणीका सूक्ष्म विचारहरूलाई आफूतिर खिच्नु छ भने आफ्नो मनलाई सर्वप्रथम सूक्ष्म बनाउनु पर्दछ किनभने जब मन सूक्ष्म प्रभाव ग्रहण गर्न योग्य हुन्छ तब मात्र सूक्ष्म बनाउनु पर्दछ किनभने जब मन सूक्ष्म प्रभाव ग्रहण गर्न योग्य हुन्छ तब मात्र सूक्ष्म विचारहरूलाई पक्रन सक्छ । जस्तो बेतारको तार पठाउने कल एउटा स्थानमा छ र दोस्रो स्थानमा उस्तै नै दोस्रो कल राखेको छ भने त्यो एउटाले दोस्राको प्रभाव सहजैमा ग्रहण गर्न सक्दछ र यदि एकातिरको कल बिग्रेको छ भने दोस्रो ठाउँबाट आएको सन्देश लिन सक्दैन । यसै प्रकार आकाश–तत्वमा गुप्त रूपले असख्य राम्राा विचार भरिएका छन् । उसको कल त सफा नै छ तर हाम्रो मनरूपी कल उस्तो सफा हुँदैन, यसैले माथिको कलबाट आएको सन्देश–रूपी तार भित्र लिन सक्दैन, यसैले माथिको कलबाट आएको सन्देश–रूपी तार भित्र लिन सक्दैनौं । अतः मनरूपी कललाई हामीले सर्वप्रथम सफा गर्नु पर्दछ । यसका लागि हामीहरूको सात्विक आहार र पवित्रता तथा शुद्ध–आचरण, सत्यता र सत्यभाषणादिको अभ्यास हुनु पर्दछ ।

विचारको पारस्परिक सम्बन्ध

       जस्ता हाम्रा विचार हुन्छन् उस्तै नै अरूका विचार हामी आफूतिर खिच्न सक्छौं र दुवै एक समान विचारका हुन जान्छौं र हामीमा परस्पर प्रेम हुन जान्छ किनभने समान धर्म भएकाहरूमा नै परस्पर एकता हुन्छ ।
       हामी कुनै एक मार्गमा विचारहरूलाई स्थापित गरेर नियन्त्रित विचारहरूको आह्वान गर्दछौं । जब हामी प्रसन्नता, सुखदर्शितातिर विचार गर्दछौं तब दोस्राका उस्तै नै विचारहरूका लहरलाई आकर्षित गर्दछौं । थोरै नै कालमा हामीलाई चारैतिरबाट प्रसन्नताका विचार आउन लागेका देखा पर्दछन् । यस्तै नै यदि हामीले निराशाका विचारहरूलाई आफूमा रहन दियौं भने उस्तै विचार हाम्रो मनमा सबैतिर बाट आउने छन् किनभने क्रोध, ईष्र्या, द्वेषका विचार आफ्नै सदृश विचारहरूलाई आकर्षित गर्दछन् । जो बल्दो आगोमा इन्धन हाल्ने काम गर्दछन् ती नीच वृत्तिहरूका अग्निलाई प्रज्वलित गर्दछन् । प्रेमका विचारले अरूका प्रेमका विचारहरूलाई आकर्षित गरेर प्रेमलाई बढाउँछन् । केवल यसै प्रकार अरूका विचार हामीमाथि असर मात्र नपारी सूचना (suggestion) द्वारा पनि दोस्रोका विचार र भाव, इङ्गित, आकार, चेष्टा, मुख र शब्दहरूबाट जो भावनाको वृत्ति उत्पन्न हुन्छ उनैको सदृश कार्य गर्ने वृत्ति मनमा उत्पन्न गर्दछन् । यदि हामी उदासीन स्वभावका मानिसको संगत गछौं भने सूचना (suggestion) को नियमानुसार हामीलाई पनि उसका मानसिक दोषलाई ग्रहण गर्ने इच्छा हुनेछ जब हामी उसका गुण–दोषलाई विचार गरेर ग्रहण वा त्याग गर्नेछौं ।
       यसै प्रकार हामी प्रसन्नतालाई पनि प्रसन्न चित्तले संगतिद्वारा धारण गर्न सक्छौं । यसैले हामी मानिसहरूका संगतले तिनबाट निक्लेको विचार धारालाई ग्रहण गछौं, उसैका चाल, रहन–सहन स्वभावका अनुभवहरूलाई ग्रहण गछौं । तर जो सूचना (suggestion) का नियमहरूमाथि प्रभुत्व राख्न र तत्व र क्रियाहरूलाई जान्नेछ त्यो निषेधात्मक संकेतद्वारा तिनका प्रभावहरूबाट बच्न सक्छ । जस्तो–फलानो विचार गइहालोस वा भस्म होओस् भने अवश्य दूर हुनेछ । अनेक मानिस परस्परका गुण–दोषहरूलाई उच्च र नीच स्वभावहरूलाई संगतबाट ग्रहण गर्दछन् । कसैको संगतबाट मन विकल हुन जान्छ किनभने उसका मनमा अश्रद्धा, अविश्वास, शङ्का आदि भरिएको हुन्छ भने कसैको शरीरबाट स्वास्थ्यको ओजस् निस्कन्छ, जसबाट शारीरिक स्वास्थ्य बढ्दछ । यदि सदुगुण प्राप्त गर्नुछ भने मनलाई शिक्षा दिएर आफ्नो वशीभूत गर र अरूका विचारहरूको प्रभावलाई सूचनाद्वारा ग्रहण वा त्याग गर ।
       जब मन कुनै उद्देश्यमा लागिरहन्छ तब उसको सर्वशक्ति त्यस उद्देश्यको प्राप्तितिर लागिरहन्छ त्यसबेला मन हजारौं रीतिबाट त्यस मानसिक भावनालाई वस्तुरूपमा प्राप्त गर्ने भावना गर्ने गर्दछ । मानसिक कार्यको अधिकांश भाग गुप्त मनमा रहन्छ । यसैले जुन कार्य पूर्तिको इच्छा छ त्यस कार्य वा वस्तुलाई सदैव आफूकहाँ नै भइरहेको कल्पना मनमा धारण गर्नु पर्दछ ।

एउटा विद्वानको भनाइ छ जो आफ्नो बाहुबलबाट कुनै कार्यलाइृ सम्पादन गर्नका लागि पूर्ण विश्वासले प्रवृत्त हुन्छ त्यसले अवश्य त्यस कार्यलाई सम्पादन गरिहाल्छ किनभने पूर्ण विश्वास गर्नु कार्य–सिद्धि गर्नु समान नै हो । अर्का विद्वानको भनाइ छ– प्रबल कामना असम्भवलाई पनि सम्भव गरी छोड्छ । उत्साह तथा हौसला यस कुराको भविष्यवाणी हो कि त्यो मानिस कहाँसम्म कार्य गर्न सक्छ । यसैले हे सज्जनहरू हो । वीरता र धैर्यले सबै कार्य सिद्ध हुन सक्छन् । त्यसैले पुरुषार्थ ग¥यो भने शीघ्र सफलता हुनेछ । गरेर हेर ।

                                                         विचार शक्ति
       पहिले के कुरा जान्नुपर्दछ भने विचारहरूमा कति शक्ति छ । भयका विचारहरूले एकै रातमा रौं सेता हुन जान्छन् । कुनै अपराधीलाई प्राणदण्ड दिइएको  थियो । ऊसँग डाक्टरले भन्यो हामी यो परीक्षा गर्न चाहन्छौं– मानिसको शरीरबाट कति रगत निक्ले पछि पनि त्यो जीवित रहन सक्छ । त्यसपछि उसको आँखामा पट्टी बाँधेर अँध्यारो कोठामा उसमाथि प्रयोग गरियो । यद्यपि उसको शरीरबाट थोरैनै रगत निकालिएको थियो तर डाक्टरले उसलाई यस्तो प्रतीत गरायो शरीरबाट धेरै रगत निस्किसक्यो र यसै भयको कारणले बिहानी हुँदा नहुँदै त्यो मरिहाल्यो । यो दृष्टान्तबाट विचारहरूको शक्ति समझमा आउन सक्छ ।
       विचार शक्तिको परीक्षा गर्नका लागि एउटा डाक्टरले एक यन्त्र तयार गरेको छ– एउटा काँचको पात्रमा सियो सदृश एउटा मसिनो तार लगाइएको छ । मनलाई एकाग्र गरेर केही बेरसम्म विचार शक्तिको प्रभाव त्यसमाथि पर्नाले सियो हल्लिन थाल्छ । यदि इच्छा–शक्ति निर्बल छ भने त्यसमा केही पनि हलचल हुँदैन । विचार शक्तिको गति बिजुलीभन्दा पनि तीव्र छ । पृथ्वीको एक कुनाबाट दोस्रो कुनासम्म एक सेकेण्डको सोह्रौ भागमा १२,००० माइलसम्म विचार जान सक्छ ।
       विचार शक्ति अपूर्व छ । विचारहरू आत्मशक्तिले ओत–प्रोत छन् । तिम्रो मनमा आउने प्रत्येक विचारमा बिजुलीको समान प्रचण्ड शक्ति विद्यमान छ । तिमी चाहे जस्तै भयङ्कर स्थितिमा भए तापनि आफ्नो जीवनलाई अधिकाधिक उन्नत गर्ने प्रयत्न गर ।
       तिम्रा ध्यानमा आउने सर्वोत्तम मनोभावलाई आफ्नो मनमा धारण गर । केवल दृढ विचार–शक्तिको प्रभावबाट नै आफूमा अद्भुत परिवर्तन गर्न सक्ने छौ ।

जब तिम्रो भोजनको समय हुन्छ र तिमीलाई भोक लागेको छैन भने के भावना गर भने सारा दिन उपवास गरेको हुनाले आफूलाई बडो जोडसँग भोक लागेको छ । यसको यथार्थ कल्पना गर्नाले तिमीलाई जोडको भोक लाग्ला । भोजन गर्ने बेला के भावना राख भने तिमी अति स्वादिष्ट भोजना गरिरहेछौ । यस भावनाले यसै बेला पाचन क्रियामा जुन रसहरूको आवश्यकता छ ती द्रवीभूत भएर भोजनलाई शीघ्र पचाइदिने छन् ।

       कल्पना गर तिमीमा अपूर्व मेघा–शक्ति र स्मरण–शक्ति छ । धारणा शक्तिद्वारा तिमी स्मृति–मेधावान्  अवश्य बन्न जानेछौ र धेरै बुद्धिमान र तेजस्वी पनि बन्न सक्ने छौ । अनुभव गरेर हेर । विचार–शक्तिबाट नै हामी खस्छौ र उठछौ, उभिन्छौ र हिडदछौ । विचारको तीव्र शक्तिले नै सब कार्य हुन्छन् । जो आफ्ना विचारहरूमाथि अनिधार जमाउँछ, त्यो आफ्नो मनोवेगमाथि पनि शासन गर्न सक्छ । त्यो हर्ष, प्रेम र शक्तिले भरिएका तन्तु–जान बुनिरहन्छ । जो आफ्नो उच्च लक्ष्यलाई अखण्ड सत्य–ज्योतिमा परिवर्तित गरिदिन्छ त्यो आफ्ना विचारहरूको अनुभवले बृद्धलाई युवा र रोगीलाई निरोगी बनाउन सक्छ । मानिस जस्तो विचार आफ्नो मनमा गर्दछ उस्तै नै त्यसको फल हुन्छ । यदि ती विचार यथार्थ छन् भने सब जीव–कोश (cells) उस्तै नै कार्य गर्न लागिहाल्छन् । 

“म सबथोक गर्नसक्छु”–यो विश्वास सदा राख्नाले सब जीव–कोश (cells) तिमीलाई उस्तै नै बनाइदिनेछन् तर यदि तिमीलाई आफ्नो योग्यतामा सन्देह हुन्छ अब तिम्रो बृद्धावस्था आइपुग्यो । अतः अब तिमी निर्बल हुन जानेछौ भने यस्तो विचारहरूलाई धेरै दिनसम्म गर्दै रहनाले वृद्धावस्था र निर्बलता अवश्य आइहाल्नेछ । प्रायः नाटकहरूमा देखिएको छ स्त्री–भेषधारी, संगीत–प्रिय नट धेरैसमयसम्म युवा बनिरहन्छन् र उस्तै नै हाउभाउ गरी आचरण गर्दछन् । मनका जति अप्रिय अवस्थाहरू छन् ती सक बृद्धावस्था उत्पन्न गर्ने र शक्तिलाई नष्ट गर्नेवाला हुन् । यसैले अप्रिय अवस्थालाई कहिल्यै आफ्नो मनमा उत्पन्न हुन दिनु हुँदैन । हामी प्रत्येक मानिसलाई देखेर उसको विचारलाई जान्न सक्छौं । उदास या प्रसन्नचित्त मुख देख्नाले नै यो कुरा थाहा हुन्छ । यसैले हामी सदैव जसरी अरूको विचारहरूलाई बुझ्दछौं उसरी नै आफ्नो विचारलाई पनि बुझ्ने नै उद्योग गर्नुपर्दछ । यदि हाम्रो मनमा भय, चिन्ता लागिरहन्छ भने हामी अवश्य नै खस्तै जानेछौं । हाम्रो जीवन तुच्छ र तुच्छतर बन्दै जानेछ । यस्तो दशामा ती विचाहरूलाई बदलिदिनु पर्दछ । जुन विचारहरूद्वारा हाम्रो जीवन सुख शान्तिले उन्नतिको मार्गमा प्रवृत्त हुन्छ उनै विचारहरूलाई मनमा ल्याउनु पर्दछ ।

       विचार वास्तवमा शक्तिमान र प्रभावशाली हुन्छन् । हाम्रो प्रत्येक विचारमा राम्रो वा नराम्रो प्रभाव हुन्छ । यदि हामी कसैलाई घृणा गछौं भने हामी आफ्नो शरीरबाट एक प्रकारको विष निकाल्दछा । जो हाम्रो चारैतिर फैलिन्छ तथा समीपवर्ती प्राणीहरूलाई हानि पु¥याउँछ । यस्तै नै जब हामी कसैसँग प्रेम गर्दछौं भने ऊ प्रति सहायता र कृपाको विचार पठाउँछौ, यसले उसको चारैतिर फैलेर उसलाई सहायता र शान्तिछ प्रदान गर्दछन् ।
       शक्ति त्यसलाई भन्दछन् जो अरूलाई गति प्रदान गरोस् । अरूलाई चलाउने विचार–शक्ति हो । यसैले सारा संसारलाई चलाइरहेछ । यस्ता विचार जहाँबाट उत्पन्न हुन्छन् त्यो मन हो र जुन यन्त्रद्वारा मनबाट विचार निकालिन्छ त्यो मस्तिष्क हो । विचारहरूलार्य कोही देख्न सक्दैन, न कसैले आजसम्म देखेको छ तर विचारको अद्भुत शक्तिलाई सबैले स्वीकार गरेका छन् । विचारले नै रचना गर्दछन्, भेद गर्दछन्, बनाउँछन् र नाश पनि गर्दछन् ।

मन–शक्तिको चमत्कार अमेरिका र इङ्गलैण्डका विद्वान् डाक्टर के सिद्ध गर्दैछन् भने मन–शक्ति अर्थात् विचार शक्ति औषधीको अपेक्षा अधिक बलवान् छ । जुन रोगहरूमा ठूला–ठूला डाक्टर, वैद्य, हकिम घुँडा टेकिदिन्छन् तिनमा मन–शक्तिले आफ्नो चमत्कारिक प्रभाव देखाउँछ र रोगीलाई बलपूर्वक मृत्यु–मुखबाट छुटाएर अचम्ममा पारिदिन्छ । ठूला—ठूला रोगहरूलाई पनि मनले शीघ्र राम्रो गरिदिन्छ । यसैकारण मनसँग भन हाम्रो यो रोग शीघ्र हटोस् । यदि विश्वासपूर्वक भन्यौ भने रोग अवश्य दूर हुन जानेछ । यसको प्रभाव अवश्य पर्दछ तर सुस्त पर्दछ । अतः ढिला भो भनेर निराश हुनुहुँदैन नित्य उठ्दा बस्ता, सुत्दा—जाग्दा रोग हटोस् भन्ने भावना गर यो भावना वा इच्छाले नै रोगहरूलाई हटाइदिनेछ । योग—चिकित्सामा लेखेको छ कि शीर यन्त्र हो यसलाई जस्तो बनाउन चाहान्छौ त्यो उस्तै नै बन्न जानेछ । विचारहरूमा रचना गर्ने शक्ति छ । यसैले मानिसका जस्ता विचार हुन्छन् उस्तै नै उसको उन्नति या अनति हुन्छ । जुन विद्यार्थीको मन सदा उत्साहपूर्ण हुन्छ तथा जसको मनमा सदा ठूलो हुने लालसा रहन्छ र जो लेखक, ठूलो बक्ता वा ठूलो अधिकारी हुन चाहन्छ तथा जसको मन सदा ठूलो वस्तुहरूको रचना गर्ने गर्दछ त्यो वास्तवमा ठूलो नै हुन्छ ।

मनलाई दास बनाऊ, मालिक होइन

[सम्पादन गर्नुहोस्]
       अध्यात्म–शास्त्रको अटल नियम छ कि यदि एउटै प्रकारको विचार धेरै कालसम्म बुद्धिमा रह्यो भने त्यस मानिसको बुद्धि त्यसैको अनुरूप हुन जानेछ । त्यो उस्तै नै कार्य गर्नलाग्नेछ । मानिसका राम्रा, नराम्रा कार्य यसै प्रकारका हुन्छन् । संयोगबश कुनै नराम्रो विचार कसैको मनमा आउन जान्छ तब त्यसमाथि एकाग्रतापूर्वक मनन गर्नाले अन्जानमा नै त्यस विचारका साथ उसको संगत हुन जान्छ र उसको बुद्धि उस्तै नै हुन जान्छ र विवश भएर ऊ त्यस विचार अधीन हुन पुगी खराब कर्म गर्दछ । तर यसै तत्वलाई जानेर यदि मानिस राम्रा विचारहरूको उपयोग गर्छ भने जीवन जस्तो चाह्यो उस्तो बनाउन सक्छ । मानिस स्थूल सृष्टिमा परतन्त्र भए पनि आन्तरिक–सृष्टिमा पूर्ण स्वतन्त्र छ । त्यो चाहे जस्तो विचार गर्नका लागि स्वतन्त्र छ । मन हाम्रो दास हो, यसैले उसले हाम्रै अधीनमा चल्नु पर्दछ । यदि त्यो हाम्रा वशमा छैन भने त्यसलाई वशमा ल्याउनु पर्दछ । त्यसको उपाय के हो भने प्रथमतः मनको स्वभाव कस्तो छ र ऊ कस्तो काम गर्दछ, यो विचार गर्नु पर्दछ । मनलाई जस्तो कुरा सिकाइन्छ, उस्तै नै ऊ सिक्छ । छिटो होस् या ढिलो होस्, सिक्छ अवश्य । यसमा किञ्चित मात्र पनि सन्देह छैन, एक पटक अभ्यासमा लगाएपछि उसले जस्तो सिकेको छ उस्तै नै गर्दछ । उसलाई बश गर्न शुरू शुरूमा सफलता हुँदैन भने पनि निराश हुनु हुँदैन । कालान्तरमा अभ्यासको दृढताले ऊ तिम्रो भनाइ अनुसार काम गर्नलाग्नेछ । जस्तो विचार तिमी गर्न चाहान्छौ, मन उस्तै नै विचार गर्न लाग्ने छ तर नराम्रा विचारहरूबाट मनलाई हटाउनु छ भने नराम्रा विचारहरूका साथ मनको संगत हुन दिनु हुँदैन । नराम्रा भावहरूलाई कुनै पनि रूपमा मनमा आउन नदेऊ । कुनै अशुभ विचार आउँछ भने तत्काल कुनै राम्रो विचारतिर वा आत्मसंयमतिर वा कुनै आत्म–संयमी महात्मातिर अथवा आत्म चिन्तनमा मनलाई लगाउनु पर्दछ । यस रीतिले नराम्रा विचारलाई रोक्न सकिन्छ । यस्तै सब असद् विचार दूर गर्न सकिन्छ र तिनलाई शुद्ध र प्रभावशाली बनाउन सकिन्छ । यस रीतिलाई बुझेर काममा लगायो भने त्यो मानिस क्रम–क्रमले उच्च आदर्शका अनुसार उन्नति गर्नसक्दछ ।

यस कार्यको सिद्धिका निम्ति दुई कुरामा बिशेष ध्यान राख्नु पर्दछ । एउटा हो आदर्शमाथि ध्यान र दोस्रो आदर्शको विरुद्ध काम नगर्नु । क्षण भंगूर सुखहरूमाथि दृष्टि दिएर आफ्नो आदर्शको विरुद्ध कहिल्यै चल्नु हुँदैन । भनेको पनि छ ः– “हठ न छुटे, छुटे बरू देहा” (हठ न छुटोस्, छुटोस् बरू देह) यसले प्रारम्भिक कार्यबाट निराश हुनु हुँदैन ।् स्वभावलाई बदल्नु सहज कुरो होइन, जो शीघ्र नै बदलियोस् । यसमा समयको आवश्यकता छ । जसै जसै अभ्यास बढ्दै जानेछ, उसै उसै शक्ति पनि बढ्दै जानेछ । अभ्यासबाट के हुन सक्दैन ? कठिनभन्दा कठिन कार्य पनि लगातार दृढ अभ्यासले अवश्य सिद्ध हुन जान्छ । यसमा कत्ति पनि सन्देह छैन । विचारहरूमा शक्ति एकाग्रताले उत्पन्न हुन्छ । प्रत्येक मनुष्यको आसपास आकाशमा राम्रा नराम्रा विचार घुमिफिरी रहन्छन् । जसको मन अशिक्षित छ, ती नराम्रा विचारहरूलाई आफूतिर खिच्दछन् जसको परिणाम भय, शोक, चिन्ता, उद्वेग आदि हुन्छन् । वास्तवमा मनलाई स्वतन्त्र छोडिदिनाले मनुष्यको जति अनिष्ट हुन्छ उति अरू कुनै कारणबाट हुँदैन ।

       बजारमा गएर हे¥यौँ भने मानिसहरूको मुखमा उनका मनको अवस्था स्पष्ट देखिन्छ । कसैको अनुहार चिन्ताले मलीन छ भने कसैको भयले उद्विग्न र कसैको शोकले उदासीन प्रतीत होला । यी सबको कारण आफ्ना आन्तरिक विचारहरू नै हुन् । विचारहरूको शक्ति बुझ्नाले मानिस चाहे जस्तो उन्नति गर्न सक्छ । मानिसको परिस्थिति र मित्र–शत्रु आदिको कारण अरू कोही होइन केवल उसका निजी विचार नै हुन् । राम्रा विचार सुख र नराम्रा विचार दुःख दिने हुन्छन् । भलाइ गर्ने इच्छामा नै महान् शक्ति भरिएको हुन्छ । त्यो शक्ति अन्जानमा गुप्त रूपबाट आफ्नो कार्य गर्दछ । यसैलाई मौन शक्ति पनि भन्दछन् । दुई मानिस परस्परको विश्वासले संसारमा यात्रा गर्दछन् र कही कही दुई मनुष्यमा सन्देह उत्पन्न हुन जान्छ, यो सब उसै मौन शक्तिको कारण हो ।
      विचारहरूलाई कहिल्यै निष्फल नसम्झ, सबै विचार केही न केही फल अवश्य उत्पन्न गर्दछन् । यसैले आफ्ना विचारहरूलाई सदा सावधानीले हेर्दै रहने गर कि ती उत्तम र सर्वोत्तम फल उत्पन्न गर्नेवाला हुन् वा होइनन् । यसभन्दा बढी आनन्दको साधन दोस्रो कुनै छैन । अदृष्ट सहायता सब कालमा, सब गाउँमा, सबकालागि सदा तयार छ । त्यसलाई प्राप्त गर्न जुन योग्यताको आवश्यकता छ त्यसलाई बुझेर प्राप्तिको अभ्यास ग¥यौ भने सब बस्तुहरू आफ्नो इच्छानुसार स्वयं पाउन सक्ने छौ ।
       एउटा विद्वान्को भनाइ छ– विचार जति शक्तिशाली हुन्छ, उति कुनै बस्तु संसारमा शक्तिशाली सिद्ध हुँदैन । जो मानिस हितकारी विषयहरूमाथि उचित रीतिले विचार गर्न सक्दछन्, ती कुनै न कुनै दिन संसारको महान् उपकार गरेर सफल मनोरथ अवश्य हुनेछन् । हामी जो पनि विचार गर्दछौँ उसको हामीले सदा ध्यान राख्नु पर्दछ । हामी वायुलाई देख्न सक्दैनौँ तर जान्दछौ कि वायु छ । सूर्यको किरणहरूबाट सरोवरको जल वाफ भएर आकाशतिर जान्छ, हामी त्यसलाई देख्न सक्दैनौँ । यसरी नै विचारलाई हामी स्थूल नेत्रद्वारा देख्न सक्दैनौँ । वायु र जलको लहरहरूको समान विचारहरूको पनि लहरहरू वा तरङ्गहरू हुन्छन् । जस्ता हाम्रा विचार छन् उस्तै नै विचारहरूलाई हामी आफूतिर आकर्षित गर्नेगछौँ । यदि हामी विचारहरूलाई स्थूल नेत्रले देख्नसक्ने भए हामीलाई एक मानिसबाट दोस्रो मानिसतिर गइरहेका अगणित विचारका तरङ्गहरू देखा पर्ने गर्थे र यो पनि ज्ञात हुन्थ्यो कि एउटा सज्जन–परोपकारी मानिसका विचार–तरङ्गहरू अन्य कुनै यस्तै प्रकृतिको मानिसका विचार–तरङ्गहरूसँग सर्वथा मिल्दाजुल्दा छन् । यस्तै नै निराशा क्रोधयुक्त मानिसका विचरा–तरङ्गहरू पनि सर्वथा समान हुन्छन् । वायुमा गएर यी समान तरङ्गहरू उठ्दछन् ती उस्तै नै तरङ्गहरूलाई सहायता पु¥याउँछन् र वलवान बनाउँछन् ।
        यो सत्य हो कि विचार गर्ने शक्ति सब मानिसहरूमा हुन्छ तर सबै अवसरमा र सबै ठाउँमा सर्वजन त्यस शक्तिलाई काममा ल्याउँदैनन् । धेरै जस्तो मानिस मोटो कुरामा पनि आफ्नो विचार शक्तिलाई काममा ल्याउँदैनन् वा ल्याउन सक्दैनन् । अगाडि बढेर विचार–शक्तिद्वारा ती आफ्नो भावनालाई विचारमा परिणत गर्ने कष्टसम्म उठाउँदैनन् । किनभने यस्ता मानिसहरूमा विचार शक्ति सुतिरहेको हुन्छ । विचारवान् हुन यस शक्तिलाई जगाउने आवश्यकता छ । जति धेरै विचार गर्ने अभ्यास हुन्छ उति नै विचार शक्ति जागृत हुन्छ किनभने विचार गर्ने शक्ति स्वाभाविक विचार गर्नले नै आउँछ । यदि इच्छा तीब्र छ भने मानिसले विचार गर्दा गर्दा कपिल, कणाद आदिको जस्तो आफ्नो सब जीवन विचारमय बनाउन सक्दछ ।
        परमात्माले मानिसलाई ऐश्वर्ययुक्त बनाएर उसलाई आफ्नो शक्तिको एक अंश प्रदान गरेको छ । यदि मानिस त्यस् अंशको सदुपयोग गर्छ भने जे चाहयो सो प्राप्त गर्न सक्छ । उसंग विश्व भण्डारको साँचो छ । यदि ऊ त्यसको उचित उपयोग गर्छ भने जस्तो सुन–चाँदीलाई गलाएर साँचामा ढाल्न सकिन्छ उस्तै नै त्यस सर्वशक्तिको अंशबाट यथोचित लाभ उठाउनका लागि ऊ आफ्नो विचारहरूलाई उच्च र दृढ बनाओस् । जस्ता विचार होलान् उस्तै नै त्यस शक्तिको उपयोग र फल होला ।

जस्तो विचार उस्तै फल

       कुनै पदार्थको उत्पत्तिको पूर्व त्यसको मानसिक चित्र अस्तिस्वमा आउँछ । हवाईजहाज, मोटर, रेलगाडी आदि बस्तुहरू एक्कासी बनेका होइनन् । पहिलेदेखि नै वैज्ञानिकहरूले तिनको विचार गरेका थिए र दृढतापूर्वक परिश्रम गरेपछि तिनले आफ्ना विचारहरूलाई कार्यरूपमा ल्याउन सकेका हुन् । दृढ विचारको अर्थ हो विचार र त्यसलाई कार्य रूपमा ल्याउने इच्छा र उद्योग । जुन विचार निर्बल हुन्छन् र जसमा तीब्र इच्छा हुँदैन ती विचार होइनन् कल्पना मात्र हुन् । एउटा वैज्ञानिकले एउटा नवीन विष बनाउने विचार ग¥यो र तदर्थ कार्य पनि आरम्भ गरिहाल्यो भने त्यसको त्यो सङ्कल्प पूरा भएने भने पनि उसले बनाएको पदार्थ विषाक्त त अवश्य होला–अमृत हुँदैन किनभने विचार नै जब खराब हुन्छन् तब फल राम्रो कहाँबाट हुन सक्छ । जस्तो बीज रोपिएको छ उस्तै नै फल लाग्छ ।
      यदि हामीले नित्य हुने कार्य माथि मुहूर्तभर मात्र विचार ग¥यौँ भने ज्ञात हुन्छ प्रत्येक कार्य गर्नुभन्दा पूर्व हामी त्यसको विचार गर्दछौँ । जुन कार्य हामी झट्ट गरि हाल्दछौँ त्यो पनि हामी अचानक गर्दैनौँ । त्यसको पनि विचार पहिले मस्तिष्कमा उठ्दछ अनि हामी उसै क्षण त्यस कार्यलाई गरिहाल्दछौँ । मस्तिष्कमा विचार नउठी मानिस कुनै कार्य गर्न सक्दैन, यो स्वयं सिद्ध–सत्य छ । कति मानिस यस्ता हुन्छन् जसको बुद्धि पापमय हुँदैन । ती व्यभिचारादि कुकर्म छोड्ने प्रतिज्ञा गर्दछन् र त्यसलाई पालना गर्ने पूर्ण इच्छा पनि उनमा हुन्छ तर फेरि पनि ती उनै पापहरूमा कहिलेकाही लिप्त हुन जान्छन् । यस्ता मानिस प्रायः यही सम्झन्छन् कि दैववश वा स्वभाववश ती पाप गर्दछन् । तर यस्तो सम्झनु महाभूल हो र उनको भ्रम हो । शान्तिपूर्वक विचार गरेमा तिनलाई ज्ञात होला ती दैववश या स्वभाववश प्रतिज्ञा भङ्ग गर्दैनन् तर विपरीत विचारहरूको कारणले नै तिनको अधपतन हुन्छ । प्रतिज्ञा गरेर पनि तिनका मस्तिष्कमा उस्तै नै विचार आउने गर्दछन् र त्यस बखत ती आफूलाई यस्तो भनेर भुलाउने गर्दछन् यी विचारहरूबाट के हुन्छ ? हामीले त प्रतिज्ञा गरेका छौ अब हामी कुकर्म गर्ने छैनौ इत्यादि । तर वास्तवमा तीनै विचारहरूको प्रभावबाट ती कुकर्म गर्दछन् किनभने ती विचार उसका गुप्त मन (Sub-Concious mind) मा अङ्कित हुन्छन् र समय पाएर फलिभूत हुन्छन् । यसैले कुनै पनि नराम्रो कामबाट बच्नका लागि नराम्रा विचारहरूलाई नै मनमा आउन नदेऊ ।

खराब संगतका अशुभ भावहरूबाट बच्ने उपाय

      बार्तालाप होस् वा नहोस्, संगतको असर अवश्य गर्छ । विचारहरूको प्रभाव समीपस्थ मानिसमाथि यस्तो हुन्छ कि साधारणतया त्यसलाई जान्नु कठिन छ । नराम्रो संगबाट सदा बच्नु पर्दछ तर सर्वथा बच्नु कठिन छ । यात्रामा, व्यवहारमा दुष्ट संगतबाट बच्नका लागि आफ्ना प्राणहरूको गतिलाई सुधार्नु पर्दछ ।
      प्रथम पूरक गर्ने बेला यो भावना गर कि, ‘म शुद्ध, बुद्ध, मुक्त हुँ’ र रेचक गर्दा यो भावना गर कि, ‘मेरो हृदयबाट प्रेम र शक्तिले भरिएका धाराहरू निक्लेर मेरो शरीरको आसपास विचारजन्य तेजको गोलाकार आवरण बनिरहेछ ।’ यस्तो दृढ भावनाको साथ लगातार सात पटक पूरक, रेचक गर्नाले यस्तो पक्का आवरण तयार हुनेछ हामीमाथि अरूका अशुद्ध भावहरूको किञ्चित प्रभाव पर्ने छैन । यस्तै प्रकारले सुत्ने बेला पनि यही आवरण बनाइयो भने खराब स्वप्नहरूबाट कहिल्यै क्लेश हुने छैन र निद्रा पनि राम्रो लाग्ने छ ।
      तिमी त्यस समयसम्म निर्बल र दीन दशामा रहन्छौ जबसम्म तुच्छ र नीच विचारहरूका अधीन रहन्छौ । तिमीले आफ्नो मनमा उच्च भावहरूलाई र उच्च आकांक्षाहरूलाई स्थान दिनु पर्दछ ।
      तिमीले वासनाको वशीभूत हुनु हुँदैन र न त्यसको दास नै बन्नु हुन्छ । आफ्ना उत्तम विचारहरूले त्यसलाई दवाएर आफ्नो बशमा गर्नु र आफ्नो दास बनाउनु पर्दछ ।
      यदि तिमीले आफ्ना इन्द्रियहरूलाई आफ्नो बशमा ग¥यौ र तिनमाथि आफ्नो पूर्ण स्वामित्व जमायौ भने ती इन्द्रियहरू तिम्रा दास भएर रहने छन् र तिम्रो सेवा गर्नेछन् ।
      मानिसहरूमा एक प्रकारको पाशविक शक्ति रहन्छ जो समय समयमा बदलिँदै रहन्छ । क्रोधको आवेशमा मानिस अन्धो हुन्छ जसबाट त्यसले मनुष्यत्वलाई तिलाञ्जलि दिन्छ । यदि मानिस त्यस पाशविक शक्तिमाथि अधिकार गर्छ र त्यसलाई आफ्नो वशमा गरेर उचित रीतिबाट काममा ल्याउँछ भने ईश्वरीय बललाई शीघ्र प्राप्त गर्न सक्छ ।
      नराम्रा विचारहरूमा अद्भुत शक्ति छ । हेर, मानिसलाई प्राणभन्दा अधिक प्यारो कुनै वस्तु छैन । धन, आदर त के पृथ्वीका समस्त बस्तुहरू पनि प्राणको शतांशकी बराबर पनि हुन सक्दैनन् । यो जानेर नै शास्त्रहरूमा भनेको छ । “आत्मार्थे पृथिवीं त्यजेत्” आत्माको लागि पृत्वीलाई त्यागोस् । जुन प्राण फेरि पाउन सकिदैन त्यसलाई मानिस स्वयं बाहिर निकालिदिन उद्यत हुन्छ । यसको कारण केवल निराशाका विचार नै हुन् अर्थात् आत्मघात गर्ने मानसिक विचार केवल निराशाबाट नै उत्पन्न हुन्छन् ।

आशा र निराशा

      संसारमा नित्य पाँच सय आत्मघातका बलिदान लिएर निराशा राक्षसी स्वस्थ भएर बसिदिए त कुनै हानि थिएन, तर संसारमा नित्य पाँच सय मानिसले आत्मघात गर्छन् भने पाँच लाख मनुष्य निराशाले केही समयको लागि या आजन्मको लागि पागल पनि हुन्छन् होलान् । ती पाँच निराशा राक्षसीका सारा विवादहरूले संसार नै शून्य प्रतीत हुन्छ । यसैले ती रातलाई दिन बनाउने गर्दछन् अर्थात् उनलाई नै नत रात्रिमा निद्रा न दिनमा चैन मिल्दछ ।
     निराशाले पागल भएर सताइएका निद्रा–रहित तडफडराइरहेका मानिसलाई देखेर आत्मघात निको जस्तो लाग्दछ र भन्दछन् तात्कालिक मृत्यु राम्रो हो तर दुर्दशा सहन सकिंदैन ।
     प्रत्येक मानिसलाई आत्म सामर्थको पूरा पहिचान होओस् र कसैमाथि पनि निराशाको सानो प्रसंग पनि नआओस्, इश्वरसँग यही हाम्रो हार्दिक प्रार्थना छ ।
     सवार्थ सिद्धि गर्ने आशा हो र सर्वार्थनाशक उसकी बहिनी निराशा हो । यसको केवल एउटै उत्तम उपाय छ– पुरुषार्थ । धैर्यपूर्वक आत्मविश्वासले पुरूषार्थ गर्नु परमोत्तम उपाय हो र यसबाट आशाको बृद्धि र निराशाको ह्रास गर्नु परमोत्तम उपाय हो । यसबाट आशाको बृद्धि र निराशाको ह्रास हुन सक्छ । यसैले भगवान्ले गीतामा प्रतिज्ञापूर्वक भन्नुभएको छ–
     “अनन्याश्चिन्तयन्तो मां ये जनाः पर्युपासते ।
     तेषां नित्याभियुक्तानां योग क्षेमं वहाम्यहम्” ।।
     जो हामीलाई अनन्य भएर भज्दछ उसको योग क्षेम हामी वहन गर्दछौँ अर्थात् अप्राप्य बस्तुको प्राप्ति र प्राप्त बस्तुको रक्षा हामी स्वयं गर्दछौँ । यस्तो वचन दिने ईश्वरमाथि निष्ठा राख्न निराशाबाट मुक्त हुन चाहने मानिस मात्रले यत्न गर्नु पर्दछ । ईश्वरमाथि तिम्रो निष्ठा छैन यसैले तिमी निराशाबाट मुक्त भई शिर उठाएर हिड्न सक्दैनौ । भगवान्ले गीतामा जो वाक्य भन्नुभएको छ त्यो केवल एकपटक पढ्नलाई भन्नुभएको होइन । भगवान्ले प्रत्येक मानिसलाई वचन पूर्ण गर्ने सामथ्र्य पनि दिएको छ । यसैले उठ, दृढ निश्चयले पुरुषार्थपूर्वक आफ्नो अभिष्टको सिद्धि गरेर निराशालाई समूल नाश गर । आत्मविश्वास तथा मानस–शास्त्रका सरल नियमहरूलाई चिनेर यिनका बलले प्रत्येक मानिस निराशालाई निवारण गर्ने अधिकार प्राप्त गर्न सक्दछ ।

खराब सङ्गत

     मानिसलाई केवल निराशाबाट नै सर्व क्लेश सहनुपर्ने होइन । अझ उसका सहकारी कार्य नराम्रा विचार र नराम्रा सङ्गत पनि हुन् जसबाट ठूलो हानि सहनु पर्दछ । यसैले तिनलाई जान्ने आवश्यकता छ । नराम्रा विचारहरूको वर्णन धेरै भइसक्यो अब खराब संगतको वर्णन पनि आवश्यक छ– खराब ठाउँ, खराब अन्न, फोहोर ग्रन्थ जसमा अश्लील ब्रह्मचर्यनाशक र उत्तेजना बढाउने विषय छन्, नराम्रो दृश्य, नराम्रो कुरो, अशुद्ध वातावरण जहाँ रक्सीवाज, बेश्यागामी, जुवाडी, चोर आदि रहन्छन्– यी सबै कुराहरू खराब सङ्गतमा सम्मिलित छन् । 
     लगातार नराम्रो संगत र नराम्रा परमाणुहरूबाट जब भित्रका राम्रा परमाणु दब्छन्, तब नराम्रा कुराहरू स्वाभाविकतया राम्रो लाग्ने गर्दछन् ।
     जस्तो मन हुन्छ, उस्तै नै दृष्टि हुन्छ । जस्तो दृष्टि हुन्छ, उस्तै नै दृश्य देखा पर्दछ । सच्चा साधुलाई सब साधु नै देखा पर्दछन् । चोरलाई चोर नै, कामीलाई सब कामी नै देखिन्छन् र लोभीलाई सब लोभी नै देखा पर्दछन् ।
     नराम्रो वातावरणमा रहँदा–रहँदा चित्तको स्वभाव नराम्रो हुन जान्छ, फेरि उसमा नराम्रा सङ्कल्प उठ्न लाग्छन् । जसको चित्तमा नराम्रा सङ्कल्प उठ्दछन् त्यसभन्दा ठूलो अपराधी कोही हुँदैन किनभने ऊ आफ्ना नराम्रा सङ्कल्पहरूलाई फैलाएर अरूलाई पनि नराम्रो बनाउँछ ।
     चित्तमा सदा सत्–सङ्कल्प रहनु पर्दछ यसका लागि सत्संग, सद्ग्रन्थ पाठ, सत्कर्म, सद्गुरु सेवा आदिको आवश्यकता छ । जसको चित्त सत्–सङ्कल्पले भरिएको छ, उही सुखी र परोपकारी हुन्छ किनभने उही आफ्नो सत्सङ्कल्पहरूबाट अरूलाई सन्मार्गमा लगाउन सक्छ ।
     तिम्रो चित्तमा कहिल्यै नराम्रो कल्पना आउन सक्दैन–तिमी आफूलाई पवित्र छु भन्ने निश्चय गर । भगवान्को कृपाले तिम्रो हृदय पवित्र भइहाल्छ ।
     भगवान्को अभयहस्त सदा तिम्रो शिरमा छ उसको छत्रछायाँमा पापताप तिम्रो नजिक आउन सक्दैन ।

केही अनमोल उपदेश

     प्रतिदिन केही समय एकान्तमा बिताऊ, मौन रहने गर । वाणीको मौन पनि बडो लाभकारी छ । यी दुवै भगवद्–ध्यान र नाम–स्मरणमा अति सहायक छन् ।
     वाणीको संयम गरेर अनावश्यक कुरो कहिल्यै नगर तथा कसैको निन्दा र चुक्ली पनि नगर न त स्तुति नै गर । कठोर बचन नबोल, असत्य तथा अरूको अहित गर्ने शब्द कहिल्यै नबोल । मनमा भय, अशान्ति द्वेष, विषाद्लाई कहिल्यै आउन नदेऊ । भगवान्को दया अथवा आत्माको पवित्रता र नित्यता माथि विश्वास गरेर सदा शान्त, निर्भय र प्रसन्न रहने उद्योग गर । 
     उत्तेजनाबाट सदा बच्ने गर । धैर्य कहिल्यै नछोड, उत्तेजना र अधैर्यले शारीरिक र मानसिक रोग उत्पन्न हुन्छन्, जसबाट छुट्नु कठिन हुन जान्छ । कसैको अनादर नगर तथा कसैलाई घृणा पनि नगर र कसैको चित्त नदुखाऊ । स्वयं सहू, तर स्वार्थबश कसैलाई कष्ट नदेऊ, कुनै राम्रो काममा सधैँ लागिराख, कसैको चित्त नतोड । अरूलाई उत्साह दिइराख र यथासंभव उसको राम्रो काममा सहायता गर । निर्धन, दीन–दुःखी, रोगी र आतुरहरूमा भगवान्को बिशेष रूपलाई देखेर उनको सेवा गर र बडो आदर तथा प्रेमपूर्वक तीसँग भेटेर यथाशक्ति उनको दुःख हटाउन सहायता गर र प्रभुको भजनमा जहाँसम्म हुन सक्छ आफ्नो समय लगाऊ । 
     हृदयको सरलतामा देवत्व र ऋषित्व छ र कपटमा असुरत्व छ यसैले मनलाई सरल स्वभाववाला बनाऊ । यदि युक्तिले कुरो बन्दैन भने चिन्ता छैन तर निश्चय राख कि कपट, चातुरीले आफूलाई बुद्धिमान सिद्ध गर्नेहरू भन्दा तिमी निश्चय नै उच्च स्थितिमा छौ ।
     एउटा महात्माको भनाइ छ– हिजोआज धेरैजसो मानिस मीठो चापलुसी कुरा गर्न त जान्दछन् तर मनमा भने दम्भ, कपट भरिएको छ । पहिलेका मानिस उति बोल्न जान्दैनथे तर तिनको हृदय सरल थियो, ती आफ्नो दोष लुकाउन जान्दैनथे । दम्भी, कपटी बनेर सुहाउँदो कुरा बोल्ने सभ्यको अपेक्षा सरल ग्रामीण बन्नु सच्चा उन्नतिको लक्षण हो । सरलतामा पवित्रता र कपटमा अपवित्रता छ । कपटी मानिस जति अरूलाई हानि पु¥याउँछ त्यसभन्दा बढी त्यो आफ्नो हानि गर्दछ ।
     आफ्ना पापहरूलाई नलुकाऊ र पुण्यहरूलाई प्रकट नगर । लुकाउनाले पाप बढ्ने छन् र प्रकट गर्नाले पाप घट्ने छन्, उस्तै नै पुण्य प्रकट गर्नाले घट्ने छन् र लुकाउनाले पुण्य बढ्ने छन् । पुण्यलाई कपूरको भाति जान । यदि बोतलको मुख खोलेर राख्यो भने त्यो (कपुर) उडेर जान्छ । पाप नराम्रो बस्तु हो, यसैले पापलाई लुकाएर राख्यो भने भित्रै बिष उत्पन्न गरेर हृदयका सब शुद्ध भावहरूलाई नष्ट गरि दिनेछ ।
     जीवनको एक क्षणलाई पनि मूल्यवान् जानेर बडो सावधानीले प्रत्येक क्षणलाई भगवत्–चिन्तन गर्दै लोकहितको कार्यमा बिताऊ ।
     अहित केवल शरीर या बाणीबाट नै हुँदैन मनले पनि हुन्छ । तिम्रो मनमा नराम्रा विचार आयोभने जान अब तिमी आफ्नो र अरूको समेत अहित गर्ने भयौ । यसैले नराम्रो विचार कहिल्यै मनमा आउन नदेऊ । यदि पूर्व संस्कारवश आइहाल्यो भने त्यसलाई तत्काल नै बाहिर निकालिदेऊ, नराम्रो विचारलाई क्षणभर पनि मनमा टिक्न नदेऊ । विचार दुई प्रकारका हुन्छन्, राम्रा या नराम्रा । राम्रा विचार–सत्य–भाषण, दया, क्षमा, परोपकार, ईश्वरको आराधना आदि हुन् र नराम्रा विचार–असत्य, भाषण, क्रोध, निर्दयता, दोस्रालाई दुःख दिनु अपकार गर्नु, स्वार्थपरता आदि हुन् ।
     राम्रा विचारहरूको प्रभाव मनमाथि राम्रो हुन्छ र नराम्रा विचारहरूको नराम्रो प्रभाव हाम्रो मनमा र शरीरमाथि पर्दछ तथा समीप रहनेहरूमा सँगै रहनेहरूमा एवं टोल छिमेकीहरूमा पनि पर्दछ । यसको बर्णन तल क्रमैले सविस्तार गरिनेछ ।
      जहाँसम्म हाम्रा विचारहरूको पहुँच छ त्यहाँसम्म जगत्लाई हामी सदा प्रभावित गर्दछौ र त्यसबाट हामी पनि प्रभावित हुँदै रहन्छौ । विचारहरूको कम्पनले जो क्षणभरमा हजारौ कोश जान सक्छन्–विचित्र घटनाहरू निरन्तर भइरहन्छन् । जस्तो कसैको पुत्र अमेरिकामा पढ्दछ् भने जुन समय त्यो आफ्नो पुत्रको सम्बन्धमा विचरा गर्दछ ठीक त्यही समय पुत्रको मनमा पनि पिताका सम्बन्धमा विचार उठ्न लाग्दछ । यसको कारण पूर्वोक्त विचारका कम्पन नै हुन् । यिनको ज्ञान प्राप्त गर्नाले विस्मयकारक रहस्यमय ग्रन्थिको उद्घाटन हुन्छ ।
      सद्–विचारहरूलाई मनमा ल्याउनाले मानिस दुष्कर्महरूबाट बच्न सक्छ । जब मानिस आफ्नो मनमा दुष्ट विचारहरूलाई स्थान दिन्छ भने त्यो तामसी बृत्तिको अनुभव गर्न लाग्दछ । यदि कोही सदा नराम्रो विचार राख्दछ, तिनैको चिन्तन गर्दछ र तिनैलाई मनमा धारण गर्छ भने उसलाई आफ्नो स्वभाव र प्रवृत्ति बदल्नमा बडो कठिनाई प्रतीत हुनेछ ।
      प्रत्येक मानिस अभ्यासद्वारा आफ्नो विचार र बाणीमा आशातीत सुधार गर्न सक्छ । हाम्रो अन्तरात्मामा हाम्रा भावनाहरूको धेरै नै प्रभाव पर्दछ । यदि हाम्रा भाव शुद्ध छन् भने हाम्रो अन्तरात्मा हामीलाई दुष्ट कार्यहरूतिर जाँदा सचेत गर्दछ र हाम्रा भाव नराम्रा छन् र हामीले आफ्नो अन्तरात्मालाई सोध्यौ भने हाम्रो अन्तरात्मा हामीलाई त्यसलाई गर्ने नगर्ने परिणाम सम्झाउन लाग्नेछ ।
      जो धेरै कालदेखि खराब भावनामा परिहेछन् उनीहरू अन्तरात्माको त्यो शब्दलाई सुन्दैनन् किनभने भावहरूको हो–हल्लामा उसको शब्द दबेर जान्छ ।
      कैयौ यस्ता मानिस पनि देखिन्छन् जसलाई आफू रोगी भन्न तथा आफ्नो दुःखलाई अरूभन्दा बढाएर भन्नमा सुख प्रतीत हुन्छ । यसको परिणाम केही समय त प्रतीत हुँदैन तर बारम्बार रोगी हुने कुरा गर्दा–गर्दा र मन कल्पित क्लेशहरूको वर्णन गर्दा–गर्दा भावनानुसार ती रोगी अवश्य हुन जान्छन् । धेरै जसो मानिस वृथा नै यता उताका कुरा गरेर आफ्नो जीवन बिताईदिन्छन् । शुद्ध भावनाद्वारा ती आफ्नो जीवन आनन्दपूर्ण बनाउन सक्थे । यसैले मानिसलाई उचित त सदा सज्जनहरूको अनुसरण गर्नु र उनका नित्यका व्यवहारबाट शिक्षा ग्रहण गर्नुहुन्छ । जसका विचार सदा पवित्र रहन्छन् र जो सदा अपवित्र विचार राख्दछन् ती दुवैको तुलना गरेर हेर । नीच श्रेणीका मानिसहरूको जीवन जेलखाना र पागलखानामा नै व्यतीत हुन्छ तथा तिनको प्रभाव ती नरहँदा पनि कस्तो मधुर र स्थिर हुन्छ ।
      श्रेष्ठ पुरुषहरूको यही भनाइ छ– हामीले जस्तो विचार मनमा आउन दियौ भने केही समय पश्चात् हाम्रो शरीर, हाम्रो आचार, व्यवहारादि उस्तै प्रकारका हुन लाग्ने छन् । मानिसका विचारहरूको प्रभाव उसको स्वास्थ्य र अङ्गहरूको बनावटमाथि धेरै पर्दछ । मन नै मार्दछ, मनै जिलाउँछ र मनमा नै रोगहरूको जरो हुन्छ ।

विचार–बल

    यदि विचारहरू अशुद्ध छन् भने रोग आएर दबाउँछ । लापरवाही र आत्मविश्वास नगर्नाको कारण नै रोगले सताउँछन् ।
    एउटा गरीब चिठ्ठामा सय रूपयाँ पुरस्कार मिलेको समाचार सुनेर एकदम प्रसन्नतापूर्वक मग्न हुनपुग्छ, उसको मुखमा लाली फैलिन्छ र शरीरमा स्फूर्ति प्रतीत हुन्छ । उस्तै नै जब एउटा बालक दोस्रो बालकलाई जिस्क्याउँछ भने तत्काल् उसको मुखमा श्यामता आउँछ ।
    क्रोधले मानिसका नेत्र लाल हुन्छन्, हृदयमा जलन उत्पन्न हुन्छ, रक्त उम्लिन लाग्छ । भयले मानिसको मृत्युसम्म हुन जान्छ । चिन्ता चिताको सदृश जिउँदै पोलेर मार्दछ । नराम्रो खबर सुन्दैमा भोक बिलाउँछ र तत्काल उद्विग्नता एवं विकलता हुन जान्छ । एउटा पुरुष धेरै दिनदेखि हृदय रोगले पीडित थियो, दिन–दिन उसको प्रकृति बिग्रिदै जान्थ्यो, खानको लागि हल्का र शीघ्र पच्ने भोजन उसलाई दिइन्थ्यो । तर जब उसले भूकम्पको दिन बगलको होटलमा आगलागीको समाचार सुन्यो तब उसलाई अग्निबाट आफ्नो सामान जोगाउनका लागि यस्तो बेग उत्पन्न भयो कि उसले सात पल्ट आफ्ना बहुमूल्य सामान माथिल्लो तलाबाट तल ल्यायो र ऊ एक्लैले नै धेरै जसो सामान आगोबाट जोगायो ।
    विचारहरूको आन्दोलनमा केही पनि शक्ति छैन भनी मान्ने मानिसहरू भन्लान् कि पाइलो पनि हिड्न नसक्नेमा यति शक्ति कहाँबाट आयो । फेरि उसै क्षणदेखि उसलाई सञ्चो हुन लाग्यो । उसको जठराग्नि पनि प्रबल भएर कडा भोजन पचाउनमा पनि समर्थ भइगयो ।
    दोस्रो दृष्टान्त– एउटी बृद्धा स्त्री पक्षाघातले धेरै बर्षदेखि पीडित थिई । भूकम्पको बखत जब सब मानिस आफ्नो आफ्नो ज्यान बचाउनका लागि भाग्न लागे तब त्यस बृद्धाको मनमा पनि आफ्नो ज्यान बचाउनका लागि विचारको यस्तो प्रबल बेग उत्पन्न भयो कि मोडिएका अङ्गहरूमा एकदम स्फूर्ति सञ्चार भई बिछ्यौनाबाट उठेर सबैकासाथ माथिबाट ओर्लेर ऊ भाग्न थाली । त्यस दिनदेखि फेरि कहिल्यै पनि पक्षाघातको व्यथा उसलाई भएन । त्यो बृद्धाको शरीरमा नबीन रक्त प्रवाह आरम्भ हुन गयो । यस्तो स्थितिमा कसैले भन्न सक्छ भनेर विचारहरूमा केही पनि बल छैन ।